Monday, November 21, 2011

आम्रपाली



आम्रपाली
काल्पनिक लघु कथा
 जीवनकुमार शाक्य
मेरो कोठाको उत्तरपट्टीको झ्यालको पर्दा खोल्दा स्वयम्भूको दर्शन गर्न पाईन्छ ।यहि मेरो जिन्दगिको सबै भन्दा महत्वपूर्ण दृष्य हो । काठमाण्डौ आएर यो फ्ल्याट किनेर कोठामा पसे देखि तल झरेकोपनि छैन र झर्नु पनि परेको छैन । मेरो स्यानो संसारमा मेरा सहयोगिहरु एकजना बहिनी छन् एउटा दाई छन् तर यि मेरो आमाले जन्माएका होईनन् । मैले कहिले देखि आफ्नो उपनाम आम्रपाली राखेछु भन्ने हेक्का सम्म पनि छैन । मेरो एउटा नियम छ म सित कोहि मोलतोल गर्न आउनु पर्दैन सबै दाईले मिलाउंछन् । त्यो दाईको घर कहां हो के जातको हो मैले अहिले सम्म सोधेकि पनि छैन केवल नाम थाहाछ संयोग रे । अनि बहिनीको नाम नम्रता रे उन्को पनि घर र थर केहि सोधेको छैन । नम्रताको काम केवल खाना बनाउनु र घरको सरसफाई गर्नु हो । कहिलेकाहीं मैले पनि सघाउंछु । संयोगदाईलाई एउटा मोबाईलको व्यवस्था गरिदिएकोछु । म कहां आउने बिहानै ६ बजे आए पछि सांझ सातबजे प्रस्थान गर्नुपर्छ र सांझ आएपछि बिहान ६ बजे प्रस्थान गरि सक्नुपर्छ । यस्को लागि दुर्इ किसिमको दर राखेकिछु । बिहान आउनेले एक हजार तिर्रपर्छ र सांझ आउनेले पन्ध्रसय तिर्नुपर्छ । एक हप्ता बस्न चाहनेले पांच हजार दिएपुग्छ । ग्राहकलाई सबै सुबिधा उपलव्ध गराएकिछु । को आउंदैछन् कस्तो व्यक्ति आउंदैछन् क्यामेराको व्यवस्थाले सबै थाहापाउंछु । म कहां सामान्य देखि बिशिष्ट व्यक्तिहरु सबै आउंछन् । मलाई छिल्लिएको पटक्कै मन पर्दैन । जो आउंछन् सबै भन्दा पहिला नुहाएर फ्रेस हुने अनि तातो चिसो के मन पर्छ कफि,चिया,चीसो पेय् पदार्थमा केवल कागतीको सर्बत मात्रै । त्यसपछि खानेकुरा के मन पर्छ म कहां केवल शाकाहारी सामग्रीको मात्रै व्यवस्था छ । अनि मदिरा मा व्हिस्की र जिन लगाएत अन्य व्यवस्था गरेकि छु चार पेग भन्दा बढी पटक्कै व्यवस्था छैन । शारिरीक सर्म्पर्क गर्न चाहेमा बढिमा दुर्इपटक सम्म मात्रै तर साधन प्रयोग अनिवार्यछ ।
        मासिक आम्दानीको लेखाजोखा मैले गर्दिन संयोग दाईलेनै गर्छन् । हप्तामा एक पटक मलाई रकम ल्याएर दिन्छन् । दुबै जनालाई आवश्यकताअनुसार खर्च गर्न अनुमति दिएकिछु घर जानु परेमा एक हप्ता अगाडी खबर गर्न भनेकि थिएं तर अहिले सम्म गएका छैनन् । सायद मलाई मायां गर्छन क्यारे । मैले टि.भि. हेर्दिन पत्रिका पढ्छु । कम्प्युटरमा समय सदुपयोग गर्छु । ग्राहक आउनु भन्दा  अगाडि रेस्ट रुममा व्यवस्थित भएर बस्छु । कोठामा अश्लिल तस्विरुहरु केहि राखेको छैन सगीत पनि त्यति साह्रो सुन्दिन कहिलेकाहीं पुराना आधुनिक गीतहरु सुन्छु र कोठामा सितारको मधुरो संगीत गुन्जीरहेको मन पर्छ । जो ग्राहक आउंछन् अचम्म मान्छन् । वास्तवमा म एक लखपती वेश्या त हुं नि,तर टोल छिमेकका मान्छेहरुले मलाई देखेका पनि छैनन् सर्म्पर्क पनि छैन । के गर्ने मैले जिन्दगिलाई यसरी व्यवस्थित गरेकिछु । मलाई कुनै पछुतो पनि छैन उदासीनता पनि छैन जे छु ठिकैछु कसैको सहानुभूतिको आवश्यकता पनि चाहएकोछैन । आमा बुवा कहांछन् मरे कि बांचे थाहा छैन त्यति सम्झना पनि आउंदैन केवल मलाई जन्म दिएकोमा कृतज्ञता चढाउंछु । समय समयमा पत्रिकामा लेख पठाउंछु । लेखबाट पनि महिनामा खाजा खर्च उठेको छ यद्यपि यो मेरो शौक मात्रै हो जिविकोपार्जनको लागि होईन ।
   एक रात एक जना युवक झोला बोकेर रातीको ११ बजे मेरो कोठामा संयोग दाईले ल्यायो । युवकलाई निस्लोट जोरो आएको रहेछ । हेर्दा सम्पन्न परिवारको जस्तै थियो मैले अतीथि कक्षमा राखें । युवकले हात जोडेर अनुरोध गर्यो प्लिज म अहिले आराम सित सुत्न चाहान्छु हुनसक्छ भने  एक ट्याब्लेट सिटामोल दिनुहोस । मैले सिटामोलको व्यवस्था गरि दिएं । अनि उ लुगा फेरेर खाटमा पल्ट्यो मैले कुनै डिर्स्र्टब गरिन "राती केहि चाहिएमा निस्फिक्री मेरो कोठामा आउनु" भनें युवकले हुन्छ भन्यो । मपनि आफ्नो कोठामा गएं । नम्रता आएर केहि चाहियो कि मेम- भनेर सोध्यो मैले नो थ्यांक्स भने ।
राती १बजे म भरखर बाथरुमबाट फर्केर खाटमा पल्टेकि मात्रै थिए युवक मेरो कोठामा आयो अनि भन्यो( मेम म तपाईंसित सुत्न चाहान्छु । मैले वक्के भनें उ आएर शिष्टतापुर्वक मेरो छात्तिमा अनुहार राखेर निदायो अरु केहि गरेन मपनि निदाईछु ।एउटा आनन्दको निद्रा लाग्यो यस्तो आनन्दको अनुभुति कहिल्यै भएन । युवकको जोरो कम भएको थियो यद्यपि निर्मूल भएको थिएन । उस्को टाउको उठाएर म उठ्न पनि चाहिन । मेरो छात्तिको लुगा सबै लुछुप्पै भिजेको थियो सायद उ रात भरि रोएछ क्यारे मैले उस्को कपाल मुसारेकि थिएं । बिहान ७ बजे उ उठेपछि लाज माने जस्तो गर्यो । म पनि उठेर बाथरुममा गएर फ्रेश भएं । नम्रताले चिया ल्याएर दिईन् युवक बाथरुम गएको थियो ।
बाथरुमबाट फर्केपछि अभिवादनको आदान प्रदान भयो । संगै चिया पियौं मैले कुनै परिचय मागिन को हो कहां बाट आउनुभयो कसरी आउनुभयो कुनै औपचारिकता पूरा गरिन । अनि युवकले भन्यो ( बस अबेला ल्याई पुगायो बसबाट ओर्लेपछि कसरी तपाईंकहां आईपुगें मलाई त्यति सम्झना छैन संयोगदाईले मलाई सहयोग गर्नुभयो ।
वास्तवमा म विदेश जानको लागि आएको थिएं । मैले कुनै प्रतिप्रश्न गरिन युवकले पटक पटक मेरो अनुहारमा हेरेर मुसुक्क हांस्थ्यो । मलाई उस्को हांसोमा कता कता प्रेम झल्केको पाएं । युवक र मेरो लागि परेठा भिण्डी फ्राई नास्ता नम्रताले ल्याईन् हामीले चुपचाप खायौं । सायद उ पनि अचम्म मान्यो होला कस्ती घमण्डी .... रहेछ भनेर । अनि युवकले नास्ता खाएपछि भन्यो मेम् सहयोगको लागि धन्यवाद अब म बिदा हुन्छु । मैले भनें मेरो नियम संयोगदाईले भन्नु भएनछ क्यारे । युवकले भन्यो सरी के नियम रहेछ - म कहां सांझ आउनेले बिहानै ५ बजे प्रस्थान गर्नुपर्छ त्यसपछि समय नाघ्यो भने त्यो दिनभरि आराम गर्नुपर्छ । युवकले खुसि भएर भन्यो ओहो  यव त मेरो सौभाग्य हो । के मैले एक महिना पनि पेर्इङ गेष्ट भएर बस्ने सौभाग्य पाउनसक्छु -मैले भने (व्हाईनट योर सेटिशफेक्शन  इज माई मोट्टो । त्यस पछि युवकले अनायास मलाई म्वाई खायो मैले पनि उत्तरमा म्वाई खाएं मलाइं अंगालो हालेर उ रोयो बेस्सरी रोयो।मैले किन रोएको भनेर प्रश्न पनि गरिन ।उ संधै हरेकपल मेरो छात्तिमा सुत्न चाहृयो । मैले त्यसै गरेर उस्लाई आफ्नो छात्तिमा सुताएर कपाल मुसारी रहें । उस्ले मलाई अरु लोग्ने मान्छे यौनपिपासुले जस्तै केहि गरेन केवल म्वाई मात्रै खान्छ हरेक पटक उस्को म्वाई लगभग प्रेम हुन थाल्यो तर मैले व्यक्त गरिन । अन्य ग्राहकहरुलाई संयोगदाईले फर्काई दिएछन् राम्रै भयो ।
युवकले चिया पिईसकेपछि म्वाई खाएर भन्यो मैले नाम सोधिन तपाईंले पनि सोध्नु भएन । मैले छोटो शव्दमा भनें ठिकै हो । के हो त तपाईको शुभ नाम -उस्ले भन्यो( तपाईले मेरो नाम राखि दिनुस हिजो सम्म जे थियो थियो । मैले उस्को नाम बिंम्बि भनें उस्ले अहा  कस्तो नया नाम आई लाईक इट । मैले मेरो नाम आम्रपाली हो पहिला के नाम थियो मलाई थाहा छैन अनायास आफ्नै मुखबाट निस्केको हो । अनि मेरो बिंबिसार जिन्दगिको के योजना छ त -उस्ले भावुक भएर भन्यो( पर्खि रहेकोछु । मैले सोधें ( कस्लाई - उस्ले आंखाभरि आंसु गरेर भन्यो मृत्युलाई । मैले भनें( किन र मेरो समक्ष आएर नै मृत्युलाई पर्खनु परेको मेरो सेवामा कुनै कमि भयो कि - उस्ले भन्यो ( आम्रपाली तिम्रो मायां पाएर त मलाई मर्न मन लागेको छैन तर मेरो मुटुको क्यान्सरले केवल एक महिनाको समय पर्खने   रे । उस्को कुरा सुनेर उसप्रति झन मायां बढेछ तैपनि मैले कुनै कुरा व्यक्त गरिन । उस्लाइ सान्त्वना दिएर भनें ( बिंबि मृत्यु एउटा ध्रुव सत्य हो कसैले रोकेर रोकिन्न यस्लाई सहर्ष स्विकार गर्नुपर्छ । बरु बांचुन्जेल सम्म आफुले अरुकोलागि के गर्न सकिन्छ त्यो विचार गरे जाति होला बरु तिमिसित भएको रकम क्यान्सर पिडित असहायहरुको लागि दान गरि देउ । उस्ले भन्यो ( एज यु लाईक यस्तो लाग्छ तिम्रो मायां पाएर मेरो जीवनबिमा भएछ । आम्रपाली तिमि साह्रै सुन्दरी छौ । मैले भने( त्यसैले त मेरो भाउ पनि बढीछ । मेरो रुपको लागि बढी रकम तिरेपनि कुनै गुनासो गर्दैनन् ।
हाम्रो यस प्रकार सहमती हुंदै गयो । हामी एक अर्का प्रति समर्पित हुंदै गयौं हाम्रो सहमती स्वतः हुंदै गयो । आजभोली पत्रिकाहरु पढछु साह्रै चिन्ता लाग्छ । सहमतीको नाउंमा आफ्नो अडान अरु माथि थोपरेर सहमती खोज्छन् ।मैले सहमतीको नाउंमा उ प्ति कुनै अधिकार जमाईन । मान्छेहरु भनुं कि नेताहरु अरुको दुःख कष्टको विचारै गर्दैनन् देशको र्सार्वभौमसत्ता प्रति पटक्कै मायां छैन ।
हाम्रो सहमती अन्ततः यस प्रकार भयो जे भयो बिगतलाई बिर्र्सौ जति दिन बांच्छौं सुख चयन संग बांचौं हाम्रो अन्त्यको शेषपछि संयोग दाईलाई २५ प्रतिशत २५ प्रतिशत नम्रतालाई बांकि बचेको अस्पतालहरुमा असहायहरुको लागि बिंबि(आम्रपाली ट्र्स्ट खोल्ने ।
 बसि रहेको फ्ल्याट संयोगदाई र नम्रताको लागि । झ्यालको पर्दा खोलेर हेरें आज किन हो स्वयम्भू देखिंदैन बादलले ढाकेको रहेछ कस्तो उराठ उराठ । मस्त निदाएको बिंबि कहिल्यै नउठ्ने गरि सुतेछ । मुसुक्क हांसेर संधैलाई हांसिरह्यो ।
बिंबिको अन्त्येष्ठि टोलछिमेकको सहयोगमा सम्पन्न भयो । बिंबिको अन्त्यष्ठि भएको पनि एक महिना भएछ । मलाई उस्को नाममा सेतो साडी लगाउन मन लागेर लगाएं र बिधवा साबित भएं ।यद्यपि हाम्रो साथ बसुन्जेल यौन सम्बन्ध भएन । पवित्र भएर बस्यौं तर अरुले त के मान्लान लोग्ने स्वास्नी रहेछ भनेछन् ठिकै छ जे भने पनि सम्बेदना प्रकट गर्नेहरु छिमेकि लोकोचार पार्न आएका थिए । सबैलाई कुनै चिन्ता न मानेर भने( सबैले जन्मेपछि एक दिन सबै छोडेर जानुपर्छ । उहां पनि जानुभयो मलाई कुनै दुःख छैन दुःखि भएर फर्कने भए दुखि हुन्थें । तपाईंहरुले पनि दुःख नमान्नुहोला भनि पठाएं । सबैजना जो आउंछन् मलाई सान्त्वना दिने प्रयास गर्छन उल्टै मैले सान्तवना दिएर पठाउंछु । अचम्ह मान्छन् । रोएर के गर्ने - मलाई जन्म दिने आमा बुवा कहां छन् थाहा छैन मलाई साथमा नपाएर रोएका होलान् । जे जस्तो छु ठिकैछु कुनै हिनता बोध छैन कुनै दुःख छैन । केहि दिन बिंबिको मायां पाएको थिए । अब छैन त्यत्ति हो । संयोगदाई र नम्रताको मायां पाएकैछु यहि हाम्रो परिवार भएकोछ ।
        यहि को मेरो दैनिन्दनी .................................................
                                      भवतु सव्व मङ्गलम
                                लोकमन्च -२०६५ असाढ २८

बौद्ध जातक कथा


चराहरुको सल्लाह बाँदरहरुलाई
यो एउटा रोचक कथाहो हितोपदेशबाट संग्रहितः एक समयमा एउटा नदीको किनारमा रुख थियो । त्यो रुख चराचुरुङ्गीहरुको लागि मानो घर जस्तै थियो । ति सबै आनन्दले बस्दै आएकाथिए । एकदिन आकाशमा काली बादल छायो र दह्रो बर्षा भयो । केहि बाँदरहरु ट्ट्यही अर्को रुखमा खेलिरहेकाथिए तिनिहरुलाई आपतपर्यो जाडोले थुरथुर काँप्नथाले । चराहरुले बाँदरलाई भन्यो ए बाँदरहरु तिमिहरुको यस्तो बस्ते ठाउं छैन तिमीहरुले पनि यस्तै बनाएकोभए हुन्थ्यो नि । जब हामी आफ्नो यो स्यानो चुच्चोले गुँड बनाउन सक्छौभने तिमीहरुले किन सक्तैनौ । जबकि भगवानले तिमीहरुलाई दुई हात पनि दिएकाछन । यो कुरा सुनेर बाँदरहरुलाई रीस लाग्यो र भने कि यि चराहरुलाई अब पाठ सिकाउनुपर्यो पर्ख बर्षा त रोकिनदेउ बडो हामीलाई अर्ति दिने भएकाछौ । अनि हामीले खाईदिन्छौ कसरी घर बनाउने भनेर । बर्षा पनि रोकीयो । बाँदरहरु रुखमा चढेर गुँडहरु भत्काईदिए अण्डाहरु भुईमा फालिदिए विचरा चराहरु डरले यताउती उडन थाले र सोंचे बेक्कारमा तिनिहरुलाई सल्लाह दिएछौ निदनुपर्ने आफैलाई आपतपर्यो । सल्लाह त्यस्तालाई दिनु जो बुद्धीमानछ जस्ले सोध्छ ।
अन्धो गिद्ध र चराहरु
हितोपदेशमा यो पनि एउटा रोचक कथाछ एक समयमा पहाडको को तल सुनसान नदी थियो । त्यहाँ रुखहरुमा चराचुरुङ्गीहरु बस्थे । एक दिन एए६ कानो गिद्ध त्यहाँ बस्न आयो ।अरु चारहरुले उस्लाई बुढो भएकोले स्वागत गर्यो ।त्यो कानो गिद्धले जब चराहरुलाई देखेर रमाए र सोंचे मलाई यिनिहरुले कति मायाँ गरेको । चराहरुले उस्लाई खान दिनेथ्यो र गिद्धले पनि त्यसै गरेर रमाएर बसेकाथिए ।एक दिन एउटा बिरालो त्यो रुखमा आयो । बिरालो आएको देखेर चराहरु कराउन थाले । बिरालोले चराको बच्चालाई समातेर खाने आसा गरेको थियो ।स्यानै बच्चाले देखेर बेस्सरी करायो । कानो गिद्धले सोध्यो कोहो त्यहाँ नहेरेरै ।बिरालोले सोंच्यो हे भगवान म मरेको जस्तै गर्न जानेकवछु तर बलीयो हुनुपरछ है र मैले निधो गर्नुपर्छ ।एक पटक बिरालोले भन्यो ए बुद्धीमान म आएं है । गिद्धले सोध्यो तिमी को हौ । बिरालोले भन्यो म बिरालो हुं ।गिद्धले भन्यो यहाँबाट गैहाल नत्र ठीक हुन्न है मै खान्छु तिमीलाई । बरालो चलाख थियो उसेले तुरुन्तै भन्यो गिद्धज्यू मेरो कुरा सुन्नुहोस । तपाईले कुरै नबुझि तुरुन्त यस्तो निर्णय गर्नु ठीक हो। हाम्रो यस संगैको यात्रामा। गिद्धले निर्णय गर्यो उस्को कुरा सुन्नलाई बिरालोले भन्यो म नदीको अर्को छेउमा बस्छु मैले तपाईको विद्वताको बारेमा धेरै सुनेकोछु चराहरुबाट तिनहरुले मलाई भनेकोछ कि मैले धेरै कुराहरु धर्मको बारे सिक्नुपर्छ त्यसैले म यहाँ आएकोहुं तपाईको शिष्टता सीप र ज्ञान सिक्न ।अनि उस्ले भन्यो मैले केहि पनि मनमा लिन्न ति चराहरुले के सत्य भन्यो भनेर जब तपाई म कमजोरलाई मार्न तयार हुनुहुन्छ । तपाईले त मलाई राम्री सम्मान गर्नुपर्छ हामी त सबै भगवान कहाई बाट आएका हौ अतीथि भएर । यदि तपाई सित मलाई सम्मान गरेर ख्वाउने केहि छैन भने तपाईले मलाई राम्रोसित भन्न सक्नुहुन्छनि । बुढो गिद्धले भन्यो मैले कसरी पत्याउन सक्छु तिम्रो कुरा । बिरालो त चलाख थियो । उस्ले आफ्नो कानले भुई छोएरल ईमकान्दार सोझोले झैं र भन्यो मैले धेरै कुरा पढे जानेकोछु सत्यताको हत्या भैरहेकोछ भनेर । मैले किन चराहरुलाई मार्छन त भनेर बुझ्न आएकोहुं ।बुढ गिद्धले उस्को बाठो कुरा माथि पत्याएर रुखमा बस्नदियो । दिन बित्दै गएपछि बिरालोले गिद्धले थाहा नपाउनेगरि स्याना चराहरु एक एक गर्दै खान थल्यो । चराहरुले देख्यो कि बच्चाहरु त कम देखिन्छ नि अनि तिनिहरुले यता उति बच्चालाई खोज्यो । बुढो गिद्धले के भैरहेको केहि थाहाछैन यस्सो उस्ले रुखको तल हेरेको त बिरालोले चराका बच्चाहरु खाएर हड्डी फालेको देख्यो । जब चराहरुले ति फालिएका हड्डीहरु देखेर सोंच्यो हेर यो गिद्धले त हाम्रो बच्चा खाएर हड्डी फालेको । चराहरुले त्यो बुढो गिद्धलाई कुरै नबुझेर ठुंगेर मार्न थाल्यो । गिद्धलाई भन्ने कुने अवसरनै दिएन तिनिहरुले र मारिदयो ।
कुरै नबुझि कसैलाई तेसै सजाय नदेउ ।

रेयूकाईका संस्थापक महागुरु काकुतारो कुबो जयूको ६८औं पुण्य समृति समारोह

काठमाण्डौ ।
रेयूकाईका संस्थापक महागुरु काकुतारो कुबो जयूको ६८औं पुण्य समृति समारोह एवपम् यूराशिया रेयूकाईको ७औं भव्यभेला समारोह यहि मंसीर २ गते तदनुसार १८ नोभेम्बर २०११का दिन आर्मी अफिसर्स क्लब काठमाण्डौमा सम्पन्न भयो ।उक्त अवसरमा यूराशिया रेयूकाईका संस्थापक अध्यक्ष श्री युशुन मासुनागाज्यूले पानसमा बत्ती बाली उदघाटन गर्नु भएको थियो र सदस्यहरुलाई मार्गनिर्देशन प्रदान गर्नु भएको थियो ।
 उक्त अवसरमा यूराशिया रेयूकाई नेपालका प्रवक्ता शिबुचो श्री बिष्णुप्रसाद पौडेलले यूराशियाको अपील घोषणा गर्नु भएको थियो ।

यूराशिया रेयूकाईको अपील
यूराशिया रेयूकाई विशुद्ध सामाजिक संस्था हो । सबैजना एक आपसमा मिलेर समुन्नत समाज नर्माण गरी विश्वमा शान्ति ल्याउने उद्देश्य लिई यस संस्थाको स्थापना भएको हो । आफ्नो घर परिवार समाज, राष्ट्र र विश्व प्रति कृतज्ञ भई विभिन्न क्रियाकलापहरु सन्चालन गर्ने मौका प्राप्त भैरहेकोछ । यो संस्था कुनै जाति, धर्म, बर्ण, लिङ्ग एवं राजनैतिक पार्टीसंग सम्बन्धित छैन र कसैको पक्ष विपक्षमा रहेर कार्य गर्दैन । यूराशिय रेयूकाईका सदस्यहरुले आफ्नो जीवनको श्रोत पुरखाहरुको दैनिक स्मरण गर्ने मौका प्राप्त गर्दछन् । पुर्खाहरुको स्मरण गर्ने कार्यद्वारा विश्वशान्ति निर्माण गर्ने लक्ष्य लिई हाल यूराशिया महाद्वीप अन्तरगत नेपाल, भारत, बंगलादेश र म्यानमार देशहरुमा विभिन्न क्रियाकलापहरु आयोजना गरी महान रेयूकाई शिक्षाको विस्तार गर्नको लागि प्रयास गरी कारयान्वयन गररहेका छौं । त्यसैले हामी सबै मिलेर सुन्दर र समुन्नत समाज निर्माणका लागि सँगसँगै प्रयास गरौं ।
     विश्वको वर्तमान स्थिति र जलवायु परिवर्तनप्रति चिन्ता लिई भावि सन्ततीलाई उज्वल भविष्य हस्तान्तरण गर्ने क्रियाकलापहरु गरौं ।
     आफ्नो खुशी र आफ्नो लागि मात्र सोंच्ने नभै विश्व शान्ति स्थापनार्थ समाजका धेरै भन्दा धेरै मानिसहरुको खुशी र शान्तिको लागि समर्पित भई रेयूकाई शिक्षामा आबद्ध होऔं ।
     यूराशिया महाद्वीपलाई समुन्नत र विकसित बनाउने लक्षय लिई बिभिन्न देशहरुमा विद्यमान प्रकृति र संस्कृति प्रति कृतज्ञताको भावना लिई त्यसको उचित सम्मान संरक्षण र समेबरद्धन गरौं ।
     यो देशको भूमिमा जन्मन पाएकोमा गर्व गरी उतसाह लिई देश प्रति गुण फर्काउने क्रियाकलापहरु कारयान्वयन गरौं ।
     महिलाहरु आफ्नो घर परिवार मात्र सिमित नभई अग्रसर भई नेतृत्व लिई अरुको खुशीको लागि कार्य गर्ने धेरै भन्दा धेरै महिलाहरु हुर्काऔं ।
     आजका बच्चाहरु भविष्यका कर्णधार हुन त्यसैले बच्चाहरुलाई आजै देखि आमा बुवा समाज देश र विश्व प्रति कृतज्ञताको भावना लिन लगाई उनिहरुलाई सुमार्ग देखाऔं ।
      समय नै जीवनहो सुमयको उचित सदुपयोग गरौं ।
     एक आपसमा मुस्कानयुक्त अनुहारले आदरभाव प्रकट गरौं र आफू बसेको क्षेत्रलाई उज्यालो मुस्कानयुक्त्त क्षेत्र बनाऔं ।
     मनको धनी बन्नको लागि सबैजना सँगसँगै मिलेर रेयूकाई शिक्षालाई कार्यान्वयन गरौं ।
१०     स्वयम् सेवाको भावना बोकी एक आपसमा हातेमालो गर्दै आफ्नो देशलाई समृद्ध र समुन्नत बनाउंदै जाऔं ।
११     सिक्ने भावना कृतज्ञताको भावना र माफिको भावनालाई कारयान्वयन गरी अरुलाई  पनि कार्यान्वयन गराउन सक्ने व्यक्ति बनौं ।
यूराशिया रेयूकाई
महिला शिक्षा मार्गनिर्देशक जिम्मेवारकर्ता स्पाउस शिबुचो दुर्गा गुरुङ्गले महिलाहरुमा अपील गर्नु भएको थियो भने यूवाहरुमा अपील यूवा बिभाग संयोजक जुनशिबुचो श्री जाहेन्द्रप्रसाद शेरचनले गर्नु भएकोथियो ।               


Sunday, November 6, 2011

दृष्टीविहिन हेरविचार केन्द्र सुर्खेतको प्रथम बार्षिक साधारण सभा

सुर्खेत कार्त्तिक १९
दृष्टीविहिन हेरविचार केन्द्र सुर्खेतको प्रथम बार्षिक साधारण सभा एक समारोहका बिच सम्पन्न भएकोछ । केन्द्रका मनाअध्यक्ष जीवनकुमार शाक्यको सभापतित्वमा मुख्य अतीथि राष्ट्रिय जनशक्त्ती पार्टी एवम् धर्मोदय सभा सुर्खेतका अध्यक्ष बसन्त थापाले दीप प्रज्वलन गरेर आरम्भ भयो । उक्त समारोहमा नेत्रहीन संघका अध्यक्ष शुरेश खड्का आराधना संगीत कला प्रतिष्ठानका अध्यक्ष नरेन्द्र कोईराला तथा नागरिक समाजका सदस्य पत्रकार शुशिल शर्माले शुभकामना व्यक्त गरेका थिए । केन्द्रको प्रगति प्रतिवेदन सचिव सोमना खड्काले आयव्यय कोषाध्यक्ष यामकुमारी ढकालले प‍्रस्तुत गरेका थिए। मुख्य अतीथि बसन्त थापाले केन्द्रलाई चन्दा सहयोग गर्नेहरु हरि बिष्ट राकेश अग्रवाल र तुलसी थापा र बसन्त थापालाई अतीथि नरेन्द्र कोईरालाले खादा ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमको संचालन सोमना खड्का र स्वागत केन्द्र कि उपाध्यक्ष मेनका आचार्यले गर्नुभएको थियो । कार्यक्रममा फेसबूक साथी सउदीमा काम गर्ने नेपाली नरेन लिम्बुले रु२८२६५।चन्दा पठाएको र नेपालगंजका हिराकाजी शाक्यले ५२०००। प्रदान गरेकोमा सम्मान प्रकट गरिएृको थियो । उक्त अवसरमा बसन्त थापाले मासिक रु ५००।नरेन्द्र कोईरालाले आजिवन मासिक रु. १००। रुद्र आचार्यले मासिक रु.१००। संधै दृष्टिबिहिनहरु लाई मायाँ तथा सहयोगमा साथ दिने भिमबहादुर टमटाले मासिक रु.१५०।दिने नि आरम्भ गर्नुभयो भने दाता राकेश अग्रवालले २ क्वीण्टल चामल रु‌.८०००।बराबरको उपलव्ध गराउने प्रतिबद्धता जनाउनुभयो । यसै गरि मासिक रुपमा चन्दा सहयोग गर्ने केयर नेपालका शोभा बि‌ कमासिक रु. २००।, तारा भाँडा पसलका तारा दाहालबाट रु. १००।, टास्क फोर्शका डिलबहादुर बंशीमगरबाट रु. १००।, नेपाल मगर बौद्ध समाजका अध्यक्ष चमबहादुर थापाबाट रु १००, कोशेली जनरल स्टोरका शिव अधिकारीबाट रु१००। शाक्य ट्रेडर्सका संजिवमान शाक्यबाट रु.१००।नियमित प्राप्त भएकोमा सम्मान गरीएको थियो । कार्यक्रममा आभाष व्याण्डको सहयोगमा साङ्गितिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
मुख्य अतीथि बसन्त थापा दीप प्रज्वलन गर्दै

केन्द्रकी उपाध्यक्ष मेनका आचार्य बाट स्वागत
नेत्रहीन संघका अध्यक्ष शुरेश खड्काको मन्तव्य
हरि बिष्ट चन्दादातालाई सम्मान

चन्दा दाता तुलसी थापालाई सम्मान
आभास व्याण्डबाट प्रवाशकुमार शाक्यको प्रस्तुति