Sunday, March 18, 2012

The Shakyas introduction




The Shakyas were settled in the territory bounded by the Himalayas in the north Nepal , The Rohini (the present-day Kobana, a tributory of the Rapti) in the east and the Rapti in the south. Some Buddhist texts, Mahāvastu, Mahavamsa and Sumangalavilasini give accounts of the Śhākyas.[2]
Indologist Michael Witzel has suggested that the similarity of the name Śhākya and Śaka  is no coincidence. He thinks the Śhākyas were "an early incursion of the Scythians" into India and Nepal.[5]
The Shākyas appear to have retained features that have other Indic or Vedic precedent such as burial mounds (stūpas), which are referred to in the Śatapatha Brāhmaṇa as "demonic" (ŚB 12.8.1.5), and are similar to the Kurgan mounds in Central Asia. Witzel has also suggested, informally, that the idea of being judged on the basis of your actions in life comes into India from Zoroastrianism. Certainly karma has no Vedic precedent, and Johannes Bronkhorst has argued that Brahmins were assimilating the idea of karma from another possible connection with Iran is the division of the person into body, speech and mind by Buddhists, which has no Vedic precedent but is prominent in Zoroastrianism.[6] However by the time we know of them the Śākyas have been thoroughly Indianised

Saturday, March 17, 2012

दीघनिकाय संक्षिप्त परिचय


  • दीघनिकाय
  • संक्षिप्त परिचय
  •  
  • दीघनिकाय बौद्ध ग्रंथ त्रिपिटक को सुत्तपिटक को प्रहिलो निकाय हो। दीघनिकायमा जम्मा ३४  सूत्रहरु छन। यो लामो सुत्रहरुको संग्रह हो । यो सुत्रको आकार दीर्घ (लामो) छ त्यसैले यस निकायलाई दीघनिकाय (पालि दीघ=दीर्घ) भनिएको हो ।
परिचय
दीघनिकाय तीन वर्गमा विभाजन छ- १. सीलक्धवग्ग,. महावग्ग, र ३. पाथिकवग्ग। पहिलो वग्ग मा १३ सुत्रहरु छन,अर्कोमा १०छन, र तेश्रोमा ११ छन। यस प्रकार यस निकायमा जम्मा ३४ सुत्र छन। पहिलो वग्गको मुख्य विषय शील हो। त्यसैले नाम सीलक्खंधवग्ग नाम राखिएको छ। दोश्रो वग्गमा महापरिनिब्बान, महासतिपठ्ठान जस्तो ठूला ठूला सुत्त संग्रहीत छ। त्यसैले महावग्ग नाम राखिएको हो। तेश्रो वग्गको नामकरण त्यसको प्रथम सुत्त अनुसार भएको हो।
भगवान् बुद्धले निर्वाण प्राप्तिको लागि मध्यम मार्गको उपदेश दिनुभएको थियो। यो अष्टांगिक मार्ग हो। यसमा शील, समाधि र प्रज्ञा  समावेश छ त्यसैले बिभिन्न स्थानमा भगवानले  आर्यमार्गको उपदेश शील, समाधि र प्रज्ञा को रूपमा नै दिनुभयो। दीघनिकायको बिभिन्न सुत्रहरुमा पनि यो कुरा स्पष्ट भएकोछ।

२८ बुद्धका नामहरु (The name of 28 Buddhas )



The name of 28 Buddhas

१      तन्हंकर बुद्ध  Tanhankar     २     मेधंकर बुद्ध   Medhankar
३      शरणंकर बुद्ध Sharanankar    ४     दिपंकर बुद्ध   Dipankar
५     कोडङ्गो बुद्ध  Kodango       ६     मङ्गलो बुद्ध   Mangalo
७     सुमनो बुद्ध्    Sumano       ८     रेवतो बुद्ध     Rewato
९      सोभित बुद्ध   Sovit         १०    अनोमदर्शी बुद्ध  Anomdasshi
११     पद्मो  बुद्ध्    Padmo        १२    नारदो बुद्ध     Narado
१३     पद्मुत्तरो बुद्ध  Padmuttaro     १४    सुमेधो बुद्ध     Sumedho
१५     सुजातो बुद्ध Sujato          १६    प्रियदश्शी बुद्ध   Priyadasshi
१७     अत्थदशी बुद्धAtthadasshi     १८    धम्मदशी बुद्ध   Dhamma Dasshi
१९     सिद्धार्थ बुद्ध  Siddhartha      २०    तिस्सो बुद्ध     Tisso
२१     फुस्सो बुद्ध  Fusso          २२    विपश्शि बुद्ध    Bipasshi
२३    शिखि बुद्ध  Shikhi           २४    वेसम्भु बुद्ध     Wesambhoo
२५    क्रकुछन्द बुद्ध Krakuchhand    २६    कोणागमनो बुद्ध  Konagamano
२७    कस्सपो बुद्ध  Kassapo        २८   गौतम बुद्ध      Gautama
२९     मैत्रय बुद्ध भविष्यका Maitraya

Friday, March 16, 2012

परम्परा


परम्परा
के आफ्ना पृयजन मृतकको नाममा रोएर कष्टपुर्वक किरीया बसेर सेतो लुगा लगाएर शैया दान गरेर केहि उपलव्धी हुन्छ र ।आमाले प्राण त्याग गरेपछि मैले र श्रीमतीले सद्धर्मपुण्डरिक सुत्रपाठ गरेर श्रद्धन्जली चढाउने मौका पाएको थियौं । शरीर घाटमा लगेर चीतामा राखुन्जेल सम्म शरीर नरम थियो । शरीरको लुगा च्यात्नु नपरेरै सजिलै निस्कीयो अरु अचम्मै माने । किनकि मृत्यु भएको केहि समयमै शरीर कक्रक्क हुन्छ ।
हामीले गरेको वस्तु दान मृतकलाई के उपलव्धी हुन्छ र । हुन त यो आ आफ्नो सम्रप्रदायको तथाकथित धर्मको परमपरा हो । राम नाम सत्त है सत्त बोलो मुक्त्त है भनेर मृतकको शरीरलाई बाँसमा बांधेर श्मशानमा लैजांदा मलामीहरु फलाक्छन् । चीतामा शव राखेर शवको परिक्रमा गरेर मुखमा आगो लगाउंछन मुखैमा किन अन्यत्र लगाए हुंदैन र तर यो परम्परा हो रे । मैले यि सबै परम्पराको विपरित गरें आमाको अन्त्यष्टिको समयमा । मैले बुद्धम् शरणम् गच्छामी धम्मं शरणम् गच्छामी संघम् शरणम् गच्छामी भनेर फलाकें अरु मलामिहरु अचम्म माने हुन पनि नेपालगंजको लागि यो नौलो कुरा भयो ।

शाकाहारी भोजनको फाईदा


                      
                     शाकाहारी आहार खाएर त हेरौं ।










म शाकाहारी भएको लगभग २१ बर्ष भैसको छ अर्थात बि सं २०४८ साल देखि मासु माछा त्यागिदिएं । शाकाहारी हुनु कुनै हानी छैन। मांसाहारिहरुलाई जुन तत्व मासुबाट प्राप्त हुन्छ, त्यहि तत्व शाकाहारिहरुलाई बिभिन्न प्रकारको शाग शव्जीबाट प्राप्त हुन्छ । प्रोटीन जो कि माछा, मासु र अण्डाबाट प्राप्त हुन्छ, त्यो वनस्पतिबाट पनि प्राप्त हुन्छ यस्को अर्थ यो हो होईन कि मासुनै खायो। मानव शरीरलाई कार्य गर्नको लागि यस्तो कुनै पौष्टिक तत्व छैन, जो वनस्पतिबाट प्राप्त हुन नसकोस । मैले कहिलेकाहिं विकासी अण्डा खान्छु अर्थात भाले कुखुराको बिज नपरेको । शाकाहारी हुनु भनेको पाप कर्मबाट पनि बचाउंछ भनेर मैले बुझेकोछु ।

फोलेटको अत्यधिक मात्रामा हुनुको कारण र न्यून मात्रामा सेचुरेटेड वोसो, कोलेस्ट्रॉल र पशु प्रोटीन मात्राको कारण शाकाहारी भोजनले हामीलाई रोगहरुबाट बचाउंछ। म मांशाहारी भएको भए म धेरै रोगबाट पिडित हुने थिएं।

रामायण एक विवेचना



रचनाकाल
केही भारतीय विद्वान भन्दछन कि यो ६०० ईपू भन्दा  पहिला लेखिएको हो । त्यसपछि युक्ति यो छ कि महाभारत जुन यस पश्चात आएको बौद्ध धर्म को बारे मां मौन छ । यद्यपि त्यसमा जैन, शैव, पाशुपत आदि अन्य परम्पराहरुको वर्णन गरिएकोछ। त्यसैले रामायण गौतम बुद्धको काल भन्दा  पूर्वकै हुनुपर्छ । हरेक घटनाक्रमले प्रमाणित गरेको देखिन्छ । भाषा-शैलीले पनि  यो पाणिनि को समय भन्दा  पहुनु पर्छ ।

Thursday, February 23, 2012

डाक्टरहरु


डाक्टरहरु सम्बेदनशील र दयाशील हुनुपर्छ क्रुर क्रोधी भएमा पाप हुन्छ । आजभोली चिकित्सा क्षेत्रमा काम गर्नेहरु दयाशील छैनन् क्रूर छन घमण्डी भएकाछन् । म आमाको उपचार क्रममा यो महशुश गर्ने मौकापाएं । नेपालगंज शिक्षण अस्पतालमा आ‌ टसी यूमा ५ दिन राखीयो । रोगको निदान भएन बाहीर लैजाउ भने । सीटी स्क्यान अल्ट्रासाउण्ड पनि भयो र एक्सरे पनि । मुटु रोगको उपचार हुंदा हुंदै फोक्सो कलेजोको रोग देखियो क्यान्सरको शंका गर्यो । एम्बुलेन्सलाई १७हजार दिएर काठमाण्डौ पहिला ओम हस्पिटल लगीयो ।साथमा माहिली भाई बुहारी कान्छि बहिनी शुशिला र भान्जा बिशालको साथमा बिहान ४बजे ओम हस्पिटलपुगेका थियौं । लापरवाही पुर्वक बेड छैन भनेकोले टिचिङ्ग हस्पिटल आपतकालिन सेवामा लगीयो । शिष्टरहरुको व्यवहार रुखो थियो । भर्ना भयो । रगत पिसाब परिक्षण भयो अल्ट्रासाउण्ड एक्सरे भयो । एकजना डाक्टर जो बंगलादेशबाट पढेर आएका थिए उस्ले भने यो क्यान्सर हो यस्तो बिरामी बाँच्ने सम्भावना कम हुन्छ अन्तिम अवस्था भैसक्यो हुन त हामीले एकैचोटी भन्न त नमिल्नेहो । मान्छेलाई क्यान्सर भएको लक्षण सुरुमा देखिंदैन र थाहा पाउन पनि गाह्रो हुन्छ । खाना खान छोडे एकैपटक तौल घट्यो भने क्यान्सरको सुरुवात भनेर बुझ्नुपर्छ । अन्ततः झ्याउ मानेछन् र क्यान्सर अस्पताल भक्तपुर लैजाउ भनेर रिफर गरिदियो ।भक्तपुर क्यान्सर अस्पताल लगीयो । त्यहाँ डाक्टरले भन्यो जब सम्म रोगको निदान हुंदैन हामीले उपचार गर्न सक्तैनौ परिक्षण गर्न उतै पठाउनुपर्छ । टिचिङ्गले यस्तो लापरवाही गरेर नपठाउनु पर्नेहो भने । के एम सीमा लैजानुस ।आमालाई ह्वीलचेयरमा राखिसकेको फेरि एम्बुल्न्समा राखेर हामीले आमालाई के एम सी शिक्षण अस्पताल सीनामङ्गलमा लग्यौं । साँझ ६ बजिसकेको थियो बल्लतल्ल भर्ना भयो । डा किरणले दया गर्नुभयो । मेडिकल वार्डको १०२मा राखियो । अस्पताल  पिउने पानीको अभाव फोहोर शौचालय बिरामी कुर्ने ठाउं छैन । नेपालगंजबाट ल्याएको सबै कागजात हेरीयो । पुनः रगत पिसाब परिक्षण भयो । मेरो चिनेको एक डाक्टर बिएन बि दिन मा काम गर्ने डा प्रेम शाही ले सर्जन डा बिकेशको परिचय गराए जे जस्तो सहयोगको आवश्यक पर्ला नआत्तिनुस भनेर उत्साह दिए भोली मैले हेर्छु भने परिक्षणका सबै कागज हेरे छलफलभयो । तर  शिवरात्री परेकोले आएनन अन्य कुनै डाक्टरहरु पनि आएन । अर्को दिन आएर नेपालगंज तथा टिचिङ्गबाट ल्याएको कागजहरु हेरेर ओंठ लेप्राएर अन्तीमै अवस्था रहेछ तैपनि हामी प्रयास गर्छौ । ईण्डोसकोपी जस्तै बन्दस्कोपी गरेर हेर्छु फोक्सोको अवस्था कहाँबाट रोगको सुरुवात भएको भनेर भने र  ईण्डोसकोपी गर्ने कोठा चौथो तल्लामा लिफ्टबाट लगीयो शरीरमा अक्सीजनको मात्रा कम थियो । बरिष्ठ चिकिकत्सकले नेपालगंजको सीटीस्यान हेरेर भने बृद्ध अवस्थाको शरीरमा यो परिक्षण गर्न गाह्रै हुन्छ नगराएर फिर्ता लगेकै जाति ।फोक्सोबाट कलेजोमा र मिर्गौलामा पुगिसकेकोछ अन्तीमै भएको रहेछ बरु सपोर्टीङ्ग मेडिसीन दिएर राख्नुपर्छ । म हतोत्साही भएं त्यसपछि । अर्को डाक्टरले भने हामीले पटक्कै सक्तैनौ भनेको त होईन दुई चारदिन राखेर एक पटक परिक्षण गर्न पाए बाटो देखिन्थ्यो कि जेहोस पैसा मात्रै खेरो जाने हो लैजाने भए फिर्ता लैजानुस भने आंसुहरुलाई संगाल्दै फेरि एम्बुलेन्स व्यवस्था गर्नु पर्यो बल्लतल्ल २२ हजारमा व्यवस्थाभयो प्रति किमि दोहोरो ४०।का दरले हिजो नेपालगंज भाईको डेरामा ल्याई पुगाएं कामना गर्दै गर्दै अब केवल आमाको मुख हेर्दै बस्ने बाहेक केहि छैन।