Monday, April 2, 2012

दुल्लुमा सम्पन्न समपदा दिवस


गोविन्द केसी
दैलेख, २० चैत ।
विश्व सम्पदा दिवसको पूर्व सन्ध्यामा पहिलो पटक दुल्लुमा विशेष कार्यक्रम भएको छ । हेरिटेज नेपालको आयोजनामा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेका दैलेखमा १ सय ५६ सांस्कृतिक सम्पदाहरू मध्ये ३४ वटा लोप भैसकेका जनाएको छ ।
दुल्लुमा सम्पन्न सम्पदा दिवसमा १५ लोक संस्कृतिहरुको बेजोड प्रस्तुती देखाईएको थियो । विशेषगरी दैलेखमा पुरै सम्पदा लोप भैसकेकाहरुमा ढुङ्गे देवल ८४, धारा ७, नाउला ३, प्रस्तर अभिलेख १४, वीरखम्बा २९, दरबार भग्नावशेष ३, प्राचीन मन्दिर १३, धातु प्रतिमा १ र किल्लागढी २ मध्ये ३४ सम्पदा रहेका छन् । ११ संरक्षित अवस्थामा, ७८ लोपोन्मुख, ३३ उच्च जोखिम र ३४ वटा लोप भैसकेको विश्व सम्पदा दिवसमा बताइएको हो । लोप भएका सम्पदाहरुमा भूर्ती, कालिका, पादुका, दुल्लु, किमुगाउ“, कुईकाना, तर्ताङ्गका गरी २४ वटा ऐतिहासिक कलात्मक देवल रहेका छन् । त्यस्तै, दुल्लुस्थित भूमेथान धारा, दैलेखको मूलधारा, पादुकाको रुप्से धारा, तर्ताङ्गको वीरखम्बा, दुल्लु र बेलासपुरका तीन वटा दरबार पनि लोप भैसकेका छन् ।
सम्पदा संरक्षणमा स्थानीय सहभागिता जुटाउने, विश्व सम्पदा सूचीमा समावेश गराउन पहल गर्ने र सांस्कृतिक पर्यटनका माध्यमबाट जिल्लाको आर्थिक विकास गर्ने उद्देश्यले हेरिटेज नेपालले दुल्लु भब्य रुपमा सम्पदा दिवस मनाएको हो । सदरमुकाममा पनि कार्यक्रम गरिने जनाईएको छ ।
हालसम्म कसैले पनि पढ्न नसकेको दुल्लु सैनिक परिसरभित्रको शिलालेखको वैज्ञानिक परीक्षण गरिनेछ । अध्ययनका लागि लिपि विशेषज्ञ दिनेशराज पन्त, कर्णाली प्रदेशको इतिहास विज्ञ प्रा.डा. राजाराम सुवेदी, पश्चिम नेपालको किल्ला, वास्तुकला र संस्कृतिविज्ञ प्रा. डा. डिल्लीराज शर्मा, पुरातत्वविद् श्री प्रकाश दर्नाल, वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी, लोकसाहित्यका ज्ञाता जयराज पन्त लगायतका विज्ञको टोलीले दुल्लुको किर्तिस्तम्भमा लेखिएको कुरा नेपाली र संस्कृति भाषामा लोकार्पण गरेका छन्   यसलाई कीर्तिस्तम्भ भन्दा ठूलो र पुरानो मानिन्छ ।
कर्णाली प्रदेशको मध्यकालीन इतिहासको जिवित प्रमाणको रूपमा रहेको कीर्तिस्तम्भ, नेपाली भाषाको पुरानो शिलालेख जस्ता उत्कीर्ण अभिलेखहरू खिइएर पढ्न नसकिने अवस्थामा रहेकाले संरक्षणका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पहल गर्न दुल्लुमा कार्यक्रम राखिएको आयोजक संस्था हेरिटेज नेपालका अध्यक्ष विश्व केसीले बताए ।
साभारःकांक्रेबिहार

स्था बि अ रेग्मी तेस्रो राष्ट्रिय स्थानीय विकास अवार्ड–२०६८


ने सं ११३२ चउलाथ्व दशमी

            सुर्खेतका स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले तेस्रो राष्ट्रिय स्थानीय विकास अवार्ड२०६८ प्राप्त गरेकाछन् । स्थानीय स्तरको आवश्यकता अनुसारको जनतासग सहकार्य, साधन स्रोतको परिचालन र विकास निर्माण कार्यमा सबैस हातेमालो गरी जिल्लाको चौतर्फी विकास गरेकोले स्टार मिडिया नेटवर्क प्रा.लि. काठमाडौंले रेग्मीलाई अवार्ड प्रदानगरेको हो ।
यही चैत १० गते एक कार्यक्रमका बीच स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले रेग्मीलाई अवार्ड प्रदान गरेकाहुन् । अवार्ड पाउने रेग्मी मध्यपश्चिमका पहिलो स्थानीय विकास अधिकारी हुन् । जि बि स को वेरुजु फछ्र्योट, सुशासन कायम र पारदर्शीताका लागि रेग्मीले महत्वपूर्ण भूमिका खेलेकाले उनलाई सम्मान गरिएको हो ।
अवार्डले आफूलाई जिम्मेवारी र दायित्व पुरा गर्न हौसला मिलेको रेग्मीले बताए । उनले भने,‘कुशल व्यवस्थापक बन्न मलाई उत्प्रेरणा मिलेको छ ।उक्त अवार्डबाट रेग्मीसहित अन्य १२ जिल्लाका स्थानीय विकास अधिकारीलाई पुरस्कृत गरिएको छ । यस्तै २ जना योजना अधिकृत, नगरपालिकाका ५ जना कार्यकारी अधिकृत, २ जना गाविस सचिव र २ जना प्राविधिक कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ । सुर्खेतमा जन्मेका मुखिया देखि जागीर खाएका लोकसेवाबाट पास हुंदै उप सचिव सम्म पुगेका रेग्मी स्थानीय विकासमा सकृय रहेकाछन् । हार्दिक बधाई यस ब्लकपोष्टका तर्फबाट

Sunday, April 1, 2012

दृष्टिबिहिनहरुको ऋण तथा बचत समूह गठन

 नेपाल सम्बत ११३२ चउलाथ्व दशमी
बि सं २०६९ चैत्र २० सुर्खेत
    आज नेपाल नेत्रहीनसंघको केन्द्रीय सदस्य सीता सुवेदीको अगुवाईमा नेत्रहीन संघ सुर्खेतले अन्तरदृष्टि ऋण तथा बचत समूह गठन गरेकोछ । समूहको संयोजकमा तोरण अधिकारी, सचिव सपना पोख्रेल, कोषाध्यक्षमा योगेन्द्र शाही, सदस्यहरुमा बिमल खत्री, सोमना खड्का, अमृत कसेरा, तथा शेरबहादुर वली रहेकाछन् । समूहको गठन पछि सपथग‍हण गरेका थिए । दृष्टिबिहिनहरुलाई एकिकृत गरेर आर्थिक रुपमा सबल बनाउन यो बचत समूहले सहकारी संस्थाको रुप धारण गर्ने बताईएकोछ ।
संयोजक तोरण अधिकारी
सचिव सपना पोख्रेल खड्का

कोषाध्यक्ष योगेन्द्र शाही


भोली भेरी कर्णाली बन्दको आह्वान

  १९ चैत्र २०६८, सुर्खेत
प्रधानमन्त्रि डा. बाबुराम भट्टराइको सरकारबाट जनताले धेरै अपेक्षा गरिएपनि एकै महिनामा / पटक पेट्रोलियम पदार्थको मुल्य बढाएर जनताको ढाड सकेको राष्ट्रिय जनमोर्चाका छैटौ जिल्ला कमिटीका अध्यक्ष बालकृष्ण सुनारले बताउनुभएको आफ्ना माग प्रति सरकारले कुनै प्रतिकृया नदिएको भन्दै भोली एकदिने भेरी कर्णाली बन्दका लागि सुर्खेतको वीरेन्द्रनगरमा गरिएको मसाल जुलुसलाइ सम्बोधन गदै अध्यक्ष सुनारले यस्तो बताउनुभएको हो । यस्तै जनताको ढाड सेक्ने गरि गरिएको मुल्य बृद्धि तत्काल फिर्ता लिन पनि उहाँले आग्रह गर्नुभयो । स्थानिय स्तरका विकास निर्माणको कार्यको लागि करोडौ रुपयाको विनियोजन भएपनि सम्बन्धित ठाउँसम्म नआउदा विकास निर्माणका कमहरु अलपत्र परेकोले छिटो भन्दा छिटो स्थानियस्तरको निर्वाचन गर्नुमा उहाँले जोड दिनुभयो । यसैगरि भेरी कर्णाली रक्तिमका सदस्य मिरा थापाले राज्य चाहिएको होइन अधिकार चाहिएकोले संघियताको नाममा देशलाइ टुक्राउने काम गरिएको अपराधिक घटनाहरु दिनप्रतिदिन बढ्दै गइरहेको बताउनुभयो । यस्तै अनेरास्ववियु छैटौका अध्यक्ष धिरन थापाले भारतीय विस्तारबादले नेपाललाइ टुक्राउनका निम्ती चहलखेल गरिरहेको आरोप लगाउनुभयो । संघियताका कारण देश टुक्राउने, विखण्डन गर्ने हामी नेपाली भएर बाँच्न समेत नपाइनेमा उहाँले दुख व्यक्त गर्नुभयो । राष्ट्रिय जनमोर्चाले भोली एकदिनका लागि भेरी कर्णाली बन्द आव्हान गर्नु अघि वीरेन्द्रनगरमा राँके जुलुस प्रदर्शन गरेको । भेरी कर्णालीस्थित सबै जिल्लाका शैक्षिक संस्था, बजार, यातायात, कलकारखाना, लगायत उद्योगधन्दा बन्दको आव्हान गरकेा

नेत्रहीन संघको चौथो साधारण सभा

२०६९ जेठ १९ सुर्खेत

आज नेत्रहीन संघ सुर्खेतको चौथो साधारण सभा र ऋण तथा बचत तालीमको मूख्यअतीथि स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले दीव प्रज्वलित गरेर कार्यक्रमको उद्घाटन गर्नुहुंदै अपाङ्गताको क्षेत्रमा आफू सम्बेदनशील रहेको र एउटा राम्रो नीति बनाउन सकेमा भबिष्यमा राम्रो अवस्था हुने बताउनु भयो । अपाङ्गताहरुको लागि एक आवासगृह आवश्यक रहेको नित्तान्त सत्य रहेको मलाई जुनसुकै अवस्थामा यहाँहरुले बोलाउनुभयो भने अवश्य समय दिन बताउनभयो । सम्भवतः मूख्य अतीथिहरुले अपाङ्गताको कार्यक्रममा पूरै समय दिएर प्रोत्साहित गरेको पहीलो हो । सो अवसरमा उद्योग बाणीज्य संघका उपाध्यक्ष मवतीलाल कंडेल, दृष्टिबिहिन हेरविचार केन्द्रका अध्यक्ष जीवनकुमार शाक्य, अपाङ्ग शशक्त्तीकरणका अध्यक्ष यज्ञबहादर कार्की लगाएत चन्द्रमणी पोख्रेल ,नीलकण्ठ भट्टराई, तारा ढकाल सोमना खड्का, बोल्नुभएको थियो । कार्यक्रमको संचालन नीलकण्ठ वाग्लेले गर्नुभएको थियो । उक्त्त अवसरमा चर्चित दृटिबिहिन गजलीका सोमना खड्काले मनछुने गजल प्रस्तुत गरेकिथिईन।मूख्यअतीथि रेग्मीले सरकारी जागीरमा आफू यहिं ठाउंमा जन्मेर हुर्केर पढेर मुखिया देखि लोकसेवा दिंदै पढाई गर्दै खरिदार सुब्बा अधिकृत हुंदै उपसचिव सम्म लोकसेवा दिंदै पास हुंदै आफ्नै जिल्लाको स्थानीय विकास अधिकारी भएर तपाईंहरुको माझमा सेवा गर्ने मौका पाएर ७५ जिल्लामा १३ जना मध्य मैले पनि पुरस्कृत भएको बताउनु भयो ।