Saturday, July 7, 2012

समाचार




भिरबाट ढुंगा खसेर लाग्दा २ बालिकाको ज्यान गयो

 मौसमको प्रतिकुलताका कारण नेपालगंज र सुर्खेतवाट कुनैपनि हवाईजहाजले
जुम्लाका लागि उडान भर्न सकेका छैनन् ।
जुम्लामा लगातार पानी परेर बाक्लो कुहिरो लागेका कारण हवाईजहाजले उडानर्
भर्न नसकेको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
हवाई यातायात बन्द हुँदा जुम्लावाट नेपालगंज र सुर्खेत सुर्खेत
नेपालगन्जवाट जुम्लामा आउने यात्रुहरु समस्यामा परेका छन् ।
लगातार परेको पानीका कारण कर्णाली राजमार्गमा पनि यात्रा असुरक्षित हुने
भएकाले पनि जुम्ला विमानस्थलमा यात्रुको घुईचो वढेको छ ।
यसैबिच, जाजरकोटको टालेगाउँ गाविसमा झाडापखालाकबाट एक जनाको मृत्यु भएको छ ।
टालेगाउँ गाविस-९ रमालगाउँ का ३५ वर्षिया शसिराम जैसीको मृत्यु भएको हो ।
गाउँमा राम्रो उपचार हुन नसकेपछि थप उपचारका लागी जैसीलाई नेपालगञ्ज
लैजाने क्रममा सुर्खेतको छिन्चुमा मृत्यु भएको स्थानिय जयबहादुर चलाउनेले
जानकारी दिएका छन् ।
र्षातसँगै जाजरकोटका बिभिन्न गाउँमा झाडापखालाका बिरामी बढ्दै गएको
बताईएको छ । तत्कालै सरकारले यस तर्फ ध्यान नदिए खतरा बढ्न सक्छ ।

Friday, July 6, 2012

बौद्ध जातक कथा



साथीहरुको कुरामा सचेत हुनु

एक समयमा एउटा जङ्गलमा मदोतकता भन्ने सिंह बस्थ्यो उस्को साथमा स्याल कौवा ब्वाँसो साथी भएर बसेकोथियो । तिनहरुको आपसमा मित्रताथियो । सिंहले शिकार गरेको तिनिहरुको लागि भोजन हुन्थ्यो । तिनिहरुले बिना मेहनतको भोजन खान पाउने भएकोले सिंहको खुबै सेवा चाकरी गर्थे र आफ्नो राजा मान्थे।सिंहले शिकार गरेको तिनिहरुलाई दिन्थे । एकदिन एउटा उँट बाटो बिर्सेर त्यस जङ्गलमा प्रवेष गरेर अलमलिएछ निस्कने बाटो नै देखेन । उँटलाई आफ्नो क्षेत्रमा आएको देखेर स्याल ब्वाँसो कौवाको बंगारा रसायो । स्यालले भन्यो अहा हाम्रो आहार त पाईयो लौ मारेर खाउं । ब्वाँसोले भन्यो ओहो यो त ठूलो जनावरछ हामीले मार्न सक्तैनौं ।हाम्रो राजालाई भनौं कौवाले हो ठीक हो पहिला राजालाई बिन्ती गरौं भन्यो ।ति राजा सिंहको अगाडी पुगेर बिन्ती गरे सरकार तपाईको रामजधानी भित्र एकजना उँट बिना ईजाजत प्रवेषा गरेकोछ त्यसलाई मारेर भोजन गरौं ।सिंहले भन्यो धत् त्यस्तो कुरा पनि गर्ने तिनी त हाम्रो शरणमा आएको पाहुना हो सम्मान गर्नु पर्छ जाउ बोलाएर ल्याउ ।स्यालले उँटलाई राजाले बोलाएको हुकुम सुनायो । उँटसिंह  राजा भएको ठाउंमा पुग्यो । उँटलाई देखेर खुसि भएर स्वागत गर्यो । उँट पनि सिंह जस्ती साथी पाएर खुसि भयो र सिंहको कुरा साह्रै मन पर्यो । उँट ति ब्वाँसो स्याल कौवा संग संगै रमाएर बस्यो । एक दिन सिंह एउटा बलीयो हात्ती सित लडदा नराम्ररी घाईते हुन्छ । जस्ले गर्दा शिकार गर्न नसकेर  भोकै हुन थाल्यो । ति तीन जना साथीहरु भोकले व्याकुल भएपछि सल्लाह गरे किन त्यो उँट लाई मारेर नखाने भनेर राजालाई भन्यो । सिंह गर्जेर भन्यो तिमीहरुले यस्तो कुरा  मसित  गर्न कसरी आँट गर्यौ हँ अब देखि मलाई यस्तो सुझाव नदिनु बुझ्यौ  नत्र  ठीक हुंदैन । तिनहरुले लोभी नजरले उँटलाई हेर्यो । यस्तो मज्जाको मासु नखाएर राजाले पनि के सोंचेको होला कति दिन सम्म भवङ्क्ङ्कै आस्ने हो कुन्नी । एक दिन फेरि तिनीहरुले योजना बनाए उँटलाई मारेर खाने ।

सेतो छडी सहित दृष्टिबिहिनताहरुको सहज बारे


 २०६९ असाढ २२
सुर्खत     । आज वीरेन्द्रनगर नगरपालीका सुर्खेतको सहयोगमा नेत्रहीन संघ सुर्खेतको आयोजनामा दृष्टिबिहिनताहरुले प्रयोग गर्ने सेतो छडी सहित  दृष्टिबिहिनताहरुको सहज सुरक्षित यात्राको १ दिने गोष्ठी  कार्यकारी अधिकृतको प्रमुख आतीथ्यमा सम्पन्न भएकोछ । कार्यक्रममा सरोकारवाला अतीथिहरुको उपस्थिति नगण्य अवस्थामा रहेको थियो । तकार्यक्रममा प्रमख अतायाततीथिले आगामी दिनमा दृष्टिबिहिन संस्थाहरु सित सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा मध्य पश्चिम यातायात व्यवसायी संघका उपाध्यक्ष मोती प्रसाद चपाईले सरकारको कानून अनुसार अपाङ्गता भएकाहरुलाई आवश्यक छुट प्रदान गर्ने र छूट नदिने वा अभद‍्र व्यवहार गर्नेलाई कारवाही गर्ने प्रतिबद्धता गर्नु भएकोथियो भने  जि बिस का योजना अधिकृत कृष्ण खरेल आई एन एफका शोभा रेग्मी सहयोगको प्रतिबद्धता गर्नु भएकोथियो र अपाङ्ग शशक्तिकरणका     बिष्णु शर्मा नेत्रहीन सेवा संघका   मयाप्रसाद जैशी  लगाएत दृष्टिबिहिन हेरविचार केन्द्रका जीवन शाक्यले दृष्टिबिहिन   अपाङ्गता भएकाहरुको समस्याका बारेमा बोल्नु भएकोथियो ।                                        

प्रज्ञा र प्रज्ञा धन



प्रज्ञा भनेको सरल अर्थमा भन्नुपर्दा ज्ञान हो । यसलाई अग्रेजीमा ज्ञानलाई knowledge र प्रज्ञालाई Wisdom भनिएकोछ हेर्दा एउटै एउटै भए पनि भावना फरकछ । चच्छु भनेको आँरा त हो तर भित्रिमनको हेराईलाई मैले चच्छु भन्दछु । ज्ञान त चोर फटाहा र दुराचारीलाई पनि ज्ञान नभई उस्ले कुकर्म गर्नै सक्तैन चोर्ने ज्ञान कला नभई चोर्न सक्तैन तर चोर्नु प्रज्ञा होईन चेर्नबाट बचाउनु वा चोर हुनबाट बचाउनु प्रज्ञा हुन सक्छ । अर्थात अर्को अर्थमा भन्ने हो भने बिशेष प्रकारको उच्चज्ञान नै प्रज्ञा हो वा बुद्धी विवेक हो भन्ने बुझिन्छ । प्रज्ञाले ठीक बेठीक राम्रो नराम्रो कुशल अकुशल पाप धर्मलाई राम्रोसंग छुट्याउन सकिन्छ । मूर्ख मानिस जति नै राम्रो सुन्दर मान्छे राम्रो धर्मको सत्संग पाए पनि उस्ले केहि राम्रो लिन सक्दैन। यसको विपरित प्रज्ञावान व्यक्तिले पण्डितहरुको सत्संग पाए पनि धेरै कुरा सिक्न सक्छन धेरै कुरा लिन सक्छन । बुद्ध वचन धम्मपदमा यसरी पनि आएकोछ -
"महुज्ञम 'पि चे वञ्ञु-पण्डित पयिरुपासति ।
खिप्प धम्मं विजानाति - जिव्हा सूपरसं यथा ।।"
अर्थात जिब्रोले त्युन तरकारीको स्वाद पाएझैं विज्ञजनले लक्षणमात्र भएपनि पणडितहरुको सत्संग पायोभने धर्मको रस बुझिहाल्छ ।

Sunday, July 1, 2012

दृष्टिबिहिनहरुलाई पत्रकारिता तथा रेडीयो उद्घोषण तालीम

जिल्ला विकास समिति सुर्खेतको सहयोगमा नेत्रहीन सेवा संघ सुर्खेतले दृष्टिबिहिनहरुको लागि १५ दिने पत्रकारिता तथा रेडीयो उद्घघोषण तालीम सम्पन्न गरेकोछ । सरकारी काम कहिले जाला घाम भने जस्तै यस तालीममा दृष्टिबिहिनहरुले सकृयपुर्वक सहभागि नभएको देखियो । केहि सक्षम दृष्टिबिहिनहरुलाई रेडीयोमा कार्यक्रम संचालन गर्ने असवसर दिएमा उतसाह हुने थियो तर देखावटी मात्रै सहयोगि भावना देखाउनेहरुको कमी नभएको स्पष्ट देखिन्छ ।

दृष्टिबिहिनहरुलाई सेतो छडि

१८ असाढ २०६९
सुर्खेत

वीरेन्द्रनगर नगर पालिका सुर्खेतको सहयोगमा नेत्रहीन संघ सुर्खेतले आज एक समारोह का विच २० जना दृष्टिबिहिनहरुलाई कार्यक्रमका प्रमुख अतीथि तथा वी न न पा का योजना अधिकृत प्रकाश पौडेलले सेतो छडी वितरण गर्नु हुंदै भन्नु भयो वास्तवमै सेतो छडि दृवमा अष्टिबिहिनहरुलाई अति नै महत्व रहेकोछ यस्को महत्व बारे अरुलाई पनि सचेत गराउनु पर्ने र कसैको दवागि बजवमा साङ्गले अपाङ्गताको लागि संचालन गरेको कार्यक्रमको लागि उक्त अवसर बजेट नदिने भन्ने कुनै निर्णय नभएको बताउनु भयो । उक्त अवसरमा अध्य दृष्टिबिहिन हेरविचार केन्द्रका को अध्यक्ष जीवनकुमार शाक्यले सरकारले यस्तो वितरण गर्दा जिल्लाको ष्बिभेद नगरेको भए जाती हुने बताउनु भयो भने सोहि अवसरमा रा अध्यष्ट्रीय अपाङ्ग समाज समन्वय समिति सुर्खेतका अध्यक्ष समर बहादुर मल्ल नेत्रहीन सेवा संघ सुर्खेतका अध्यक्ष मया प्रसाद जैशी लगाएत कलाका थिर मैतुराम नेपालीले बोलेका थिए । कार्यक्रम संघका अध्यक्ष शुरेस खड्काको सभापतीत्वमा उत्तम बिक ले संचालन गरेका थिए ।

वी न न पा का प्रकाश पौडेल द्वारा मैतुराम नेपालीलाई छडी प्रदान गर्दै ।


दृष्टिबिहिन हेरविचार केन्द्रका जीवनकुमार शाक्य द्वारा मया प्रसाद जैशीलाई