Saturday, July 7, 2012

धम्मपद गाथा डण्ड वग्गो

१२९.
सब्बे तसन्ति दण्डस्स, सब्बे भायन्ति मच्‍चुनो।
अत्तानं उपमं कत्वा, न हनेय्य न घातये॥
सबै दण्ड देखि डराउंछन् सबैलाई मृत्यु देखि डर लाग्छ ।
त्यसैले सबैलाई आफू जस्तै समझेर  कसैको हत्या नगर , न त हत्या गर्न प्रेरित गर ।
१३०.
सब्बे तसन्ति दण्डस्स, सब्बेसं जीवितं पियं।
अत्तानं उपमं कत्वा, न हनेय्य न घातये॥
सबै दण्ड देखि डराउंछन । सबैलाई मृत्यु देखि डर लाग्छ । त्यसैले: सबैलाई आफू जस्तै सम्झेर न त कसैको हत्या गर या हत्या गर्न प्रेरित गर ।
१३१.
सुखकामानि भूतानि, यो दण्डेन विहिंसति।
अत्तनो सुखमेसानो, पेच्‍च सो न लभते सुखं॥
जो सुख चाहने प्राणिहरुलाई आफ्नो सुखको चाहनाले , दण्ड देखि विहिंसित गर्छ ( कष्ट पुगाउंछ ) त्यो मरेर पनि सुख पाउंदैन ।
१३२.
सुखकामानि भूतानि, यो दण्डेन न हिंसति।
अत्तनो सुखमेसानो, पेच्‍च सो लभते सुखं॥
जो सुख चाहने प्राणिहरुलाई आफ्नो सुखको चाहनाले ,
दण्ड सित विहिंसित गर्दैन ( कष्ट पुगाउंदैन है ) त्यो मरेर सुखः  पाउंछ ।
१३३.
मावोच फरुसं कञ्‍चि, वुत्ता पटिवदेय्यु तं [पटिवदेय्युं तं (क॰)]।
दुक्खा हि सारम्भकथा, पटिदण्डा फुसेय्यु तं [फुसेय्युं तं (क॰)]॥
तिमि कसैलाई कठोर वचन न बोल , बोल्यौ भने अरुलेपनि तिमीसित त्यसरीनै बोल्छ ।
 क्रोध या विवाद हुने वाणी दु:ख हो । उसको बदलामा तिमीलाई दु:ख पाउंछौ ।
१३४.
सचे नेरेसि अत्तानं, कंसो उपहतो यथा।
एस पत्तोसि निब्बानं, सारम्भो ते न विज्‍जति॥
यदि तिमी आफूलाई फुटेको शिशा झै नि:शब्द गर त बुझ्नु कि तिमीले निर्वाण प्राप्त गर्यौ ।किनकि तिमीमा कुनै विवाद र प्रतिवाद नै रहेन
१३५.
यथा दण्डेन गोपालो, गावो पाजेति गोचरं।
एवं जरा च मच्‍चु च, आयुं पाजेन्ति पाणिनं॥
जसरी गोठालोले लौरोले गाईहरुलाई हांकेर चराउन लैजान्छ
त्यसरीनै बुढौली र मृत्यु प्राणिहरुको आयुलाई  हांकेर लैजान्छ ।
१३६.
अथ पापानि कम्मानि, करं बालो न बुज्झति।
सेहि कम्मेहि दुम्मेधो, अग्गिदड्ढोव तप्पति॥
बाल बुद्धि भएको मूर्ख  व्यक्ति  पापकर्म गर्दा होश राख्दैन ।
तर त्यही कर्महरु त्यो यसरी तप्छ जसरी आगोमा जलेकोहो ।
१३७.
यो दण्डेन अदण्डेसु, अप्पदुट्ठेसु दुस्सति।
दसन्‍नमञ्‍ञतरं ठानं, खिप्पमेव निगच्छति॥
जो दण्डरहितहरु या निर्दोषहरुलाई दण्ड बाट पीडित या अकारण दोष लाग्छ ,
उस्लाई यि दश कुरा मध्य कुनै एक अवशय हुन्छ ।
१३८.
वेदनं फरुसं जानिं, सरीरस्स च भेदनं [सरीरस्स पभेदनं (स्या॰)]।
गरुकं वापि आबाधं, चित्तक्खेपञ्‍च [चित्तक्खेपं व (सी॰ स्या॰ पी॰)] पापुणे॥
त्तीव्र वेदना २- हानि ३. अंग-भंग ४. ठूलो रोग ५.चित्तविक्षेप ( उन्माद ),
१३९.
राजतो वा उपसग्गं [उपस्सग्गं (सी॰ पी॰)], अब्भक्खानञ्‍च [अब्भक्खानं व (सी॰ पी॰)] दारुणं।
परिक्खयञ्‍च [परिक्खयं व (सी॰ स्या॰ पी॰)] ञातीनं, भोगानञ्‍च [भोगानं व (सी॰ स्या॰ पी॰)] पभङ्गुरं [पभङ्गुनं (क॰)]॥
६. राजदंड ७.कडा निंदा ८. सम्बधिहरुको विनाश ९. भोगहरुको क्षय , अथवा
१४०.
अथ वास्स अगारानि, अग्गि डहति [डय्हति (क॰)] पावको।
कायस्स भेदा दुप्पञ्‍ञो, निरयं सोपपज्‍जति [सो उपपज्‍जति (सी॰ स्या॰)]॥
यस्को घरलाई आगो लगाईदिन्छ । शरीर छूटेपछि त्यो नरकमा उत्पन्न हुन्छ ।
१४१.
न नग्गचरिया न जटा न पङ्का, नानासका थण्डिलसायिका वा।
रजोजल्‍लं उक्‍कुटिकप्पधानं, सोधेन्ति मच्‍चं अवितिण्णकङ्खं॥
जुन मनुष्यको सन्देह समाप्त भएकोछैन उस्को शुद्धि न नाँङ्गो रहनाले, न जटा धारण गर्नाले , न हीलो दल्नाले , न ब्रत बस्नाले , न त कडा घामामा भूईमा सुत्नाले , न खरानी दल्नाले र न घोप्टो परेर बस्नाले नै हुन्छ ।
१४२.
अलङ्कतो चेपि समं चरेय्य, सन्तो दन्तो नियतो ब्रह्मचारी।
सब्बेसु भूतेसु निधाय दण्डं, सो ब्राह्मणो सो समणो स भिक्खु॥
वस्त्र , आभूषण आदि ले अलंकृत हुंदा पनि यदि कोई शान्त , दान्त स्थिर ब्रहमचारी  छ र सारा प्राणिहरुको प्रति दण्ड त्यागेर समताको आचरण गर्छ त्यो ब्राहाम्ण हो, श्रर्मण हो , भिक्षु हो ।
१४३.
हिरीनिसेधो पुरिसो, कोचि लोकस्मि विज्‍जति।
यो निद्दं [निन्दं (सी॰ पी॰) सं॰ नि॰ १.१८] अपबोधेति [अपबोधति (सी॰ स्या॰ पी॰)], अस्सो भद्रो कसामिव॥
संसारमा कुनै पुरूष यस्तो पनि हुन्छ जो स्वयम नै लाजले निष्द्ध कर्म गर्दैन।
उ निन्दालाई सहन सक्दैन जसरी साधीएको घोडा कोर्रालाई सहन सक्दैन ।
१४४.
अस्सो यथा भद्रो कसानिविट्ठो, आतापिनो संवेगिनो भवाथ।
सद्धाय सीलेन च वीरियेन च, समाधिना धम्मविनिच्छयेन च।
सम्पन्‍नविज्‍जाचरणा पतिस्सता, जहिस्सथ [पहस्सथ (सी॰ स्या॰ पी॰)] दुक्खमिदं अनप्पकं॥
कोर्रा खाएको घोडाको समान उधोगशील बन । श्रद्धा , शील , वीर्य , समाधि र धर्म विनिशचय सित युक्त होस विधा र आचरणले सम्पन्न र स्मृतिवान बन यस महान दु:खको अन्त गर्नसक्छौ ।
१४५.
उदकञ्हि नयन्ति नेत्तिका, उसुकारा नमयन्ति तेजनं।
दारुं नमयन्ति तच्छका, अत्तानं दमयन्ति सुब्बता॥
दण्डवग्गो दसमो निट्ठितो।
पानी लैजानेले जता चाह्यो उतै पानी लैजान्छ , बाण बनाउने बाणलाई तताएर सोझो गर्छ सिकर्मी काठलाई आफ्नो सुविधानुसार सोझ्याउंछ र सदाचार परायण गर्ने आफ्नो नै दमन गर्छ ।

समाचार




भिरबाट ढुंगा खसेर लाग्दा २ बालिकाको ज्यान गयो

 मौसमको प्रतिकुलताका कारण नेपालगंज र सुर्खेतवाट कुनैपनि हवाईजहाजले
जुम्लाका लागि उडान भर्न सकेका छैनन् ।
जुम्लामा लगातार पानी परेर बाक्लो कुहिरो लागेका कारण हवाईजहाजले उडानर्
भर्न नसकेको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
हवाई यातायात बन्द हुँदा जुम्लावाट नेपालगंज र सुर्खेत र सुर्खेत र
नेपालगन्जवाट जुम्लामा आउने यात्रुहरु समस्यामा परेका छन् ।
लगातार परेको पानीका कारण कर्णाली राजमार्गमा पनि यात्रा असुरक्षित हुने
भएकाले पनि जुम्ला विमानस्थलमा यात्रुको घुईचो वढेको छ ।
यसैबिच, जाजरकोटको टालेगाउँ गाविसमा झाडापखालाकबाट एक जनाको मृत्यु भएको छ ।
टालेगाउँ गाविस-९ रमालगाउँ का ३५ वर्षिया शसिराम जैसीको मृत्यु भएको हो ।
गाउँमा राम्रो उपचार हुन नसकेपछि थप उपचारका लागी जैसीलाई नेपालगञ्ज
लैजाने क्रममा सुर्खेतको छिन्चुमा मृत्यु भएको स्थानिय जयबहादुर चलाउनेले
जानकारी दिएका छन् ।
बर्षातसँगै जाजरकोटका बिभिन्न गाउँमा झाडापखालाका बिरामी बढ्दै गएको
बताईएको छ । तत्कालै सरकारले यस तर्फ ध्यान नदिए खतरा बढ्न सक्छ ।

Friday, July 6, 2012

बौद्ध जातक कथा



साथीहरुको कुरामा सचेत हुनु

एक समयमा एउटा जङ्गलमा मदोतकता भन्ने सिंह बस्थ्यो उस्को साथमा स्याल कौवा ब्वाँसो साथी भएर बसेकोथियो । तिनहरुको आपसमा मित्रताथियो । सिंहले शिकार गरेको तिनिहरुको लागि भोजन हुन्थ्यो । तिनिहरुले बिना मेहनतको भोजन खान पाउने भएकोले सिंहको खुबै सेवा चाकरी गर्थे र आफ्नो राजा मान्थे।सिंहले शिकार गरेको तिनिहरुलाई दिन्थे । एकदिन एउटा उँट बाटो बिर्सेर त्यस जङ्गलमा प्रवेष गरेर अलमलिएछ निस्कने बाटो नै देखेन । उँटलाई आफ्नो क्षेत्रमा आएको देखेर स्याल ब्वाँसो कौवाको बंगारा रसायो । स्यालले भन्यो अहा हाम्रो आहार त पाईयो लौ मारेर खाउं । ब्वाँसोले भन्यो ओहो यो त ठूलो जनावरछ हामीले मार्न सक्तैनौं ।हाम्रो राजालाई भनौं कौवाले हो ठीक हो पहिला राजालाई बिन्ती गरौं भन्यो ।ति राजा सिंहको अगाडी पुगेर बिन्ती गरे सरकार तपाईको रामजधानी भित्र एकजना उँट बिना ईजाजत प्रवेषा गरेकोछ त्यसलाई मारेर भोजन गरौं ।सिंहले भन्यो धत् त्यस्तो कुरा पनि गर्ने तिनी त हाम्रो शरणमा आएको पाहुना हो सम्मान गर्नु पर्छ जाउ बोलाएर ल्याउ ।स्यालले उँटलाई राजाले बोलाएको हुकुम सुनायो । उँटसिंह  राजा भएको ठाउंमा पुग्यो । उँटलाई देखेर खुसि भएर स्वागत गर्यो । उँट पनि सिंह जस्ती साथी पाएर खुसि भयो र सिंहको कुरा साह्रै मन पर्यो । उँट ति ब्वाँसो स्याल कौवा संग संगै रमाएर बस्यो । एक दिन सिंह एउटा बलीयो हात्ती सित लडदा नराम्ररी घाईते हुन्छ । जस्ले गर्दा शिकार गर्न नसकेर  भोकै हुन थाल्यो । ति तीन जना साथीहरु भोकले व्याकुल भएपछि सल्लाह गरे किन त्यो उँट लाई मारेर नखाने भनेर राजालाई भन्यो । सिंह गर्जेर भन्यो तिमीहरुले यस्तो कुरा  मसित  गर्न कसरी आँट गर्यौ हँ अब देखि मलाई यस्तो सुझाव नदिनु बुझ्यौ  नत्र  ठीक हुंदैन । तिनहरुले लोभी नजरले उँटलाई हेर्यो । यस्तो मज्जाको मासु नखाएर राजाले पनि के सोंचेको होला कति दिन सम्म भवङ्क्ङ्कै आस्ने हो कुन्नी । एक दिन फेरि तिनीहरुले योजना बनाए उँटलाई मारेर खाने ।

सेतो छडी सहित दृष्टिबिहिनताहरुको सहज बारे


 २०६९ असाढ २२
सुर्खत     । आज वीरेन्द्रनगर नगरपालीका सुर्खेतको सहयोगमा नेत्रहीन संघ सुर्खेतको आयोजनामा दृष्टिबिहिनताहरुले प्रयोग गर्ने सेतो छडी सहित  दृष्टिबिहिनताहरुको सहज सुरक्षित यात्राको १ दिने गोष्ठी  कार्यकारी अधिकृतको प्रमुख आतीथ्यमा सम्पन्न भएकोछ । कार्यक्रममा सरोकारवाला अतीथिहरुको उपस्थिति नगण्य अवस्थामा रहेको थियो । तकार्यक्रममा प्रमख अतायाततीथिले आगामी दिनमा दृष्टिबिहिन संस्थाहरु सित सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा मध्य पश्चिम यातायात व्यवसायी संघका उपाध्यक्ष मोती प्रसाद चपाईले सरकारको कानून अनुसार अपाङ्गता भएकाहरुलाई आवश्यक छुट प्रदान गर्ने र छूट नदिने वा अभद‍्र व्यवहार गर्नेलाई कारवाही गर्ने प्रतिबद्धता गर्नु भएकोथियो भने  जि बिस का योजना अधिकृत कृष्ण खरेल आई एन एफका शोभा रेग्मी सहयोगको प्रतिबद्धता गर्नु भएकोथियो र अपाङ्ग शशक्तिकरणका     बिष्णु शर्मा नेत्रहीन सेवा संघका   मयाप्रसाद जैशी  लगाएत दृष्टिबिहिन हेरविचार केन्द्रका जीवन शाक्यले दृष्टिबिहिन   अपाङ्गता भएकाहरुको समस्याका बारेमा बोल्नु भएकोथियो ।                                        

प्रज्ञा र प्रज्ञा धन



प्रज्ञा भनेको सरल अर्थमा भन्नुपर्दा ज्ञान हो । यसलाई अग्रेजीमा ज्ञानलाई knowledge र प्रज्ञालाई Wisdom भनिएकोछ हेर्दा एउटै एउटै भए पनि भावना फरकछ । चच्छु भनेको आँरा त हो तर भित्रिमनको हेराईलाई मैले चच्छु भन्दछु । ज्ञान त चोर फटाहा र दुराचारीलाई पनि ज्ञान नभई उस्ले कुकर्म गर्नै सक्तैन चोर्ने ज्ञान कला नभई चोर्न सक्तैन तर चोर्नु प्रज्ञा होईन चेर्नबाट बचाउनु वा चोर हुनबाट बचाउनु प्रज्ञा हुन सक्छ । अर्थात अर्को अर्थमा भन्ने हो भने बिशेष प्रकारको उच्चज्ञान नै प्रज्ञा हो वा बुद्धी विवेक हो भन्ने बुझिन्छ । प्रज्ञाले ठीक बेठीक राम्रो नराम्रो कुशल अकुशल पाप धर्मलाई राम्रोसंग छुट्याउन सकिन्छ । मूर्ख मानिस जति नै राम्रो सुन्दर मान्छे राम्रो धर्मको सत्संग पाए पनि उस्ले केहि राम्रो लिन सक्दैन। यसको विपरित प्रज्ञावान व्यक्तिले पण्डितहरुको सत्संग पाए पनि धेरै कुरा सिक्न सक्छन धेरै कुरा लिन सक्छन । बुद्ध वचन धम्मपदमा यसरी पनि आएकोछ -
"महुज्ञम 'पि चे वञ्ञु-पण्डित पयिरुपासति ।
खिप्प धम्मं विजानाति - जिव्हा सूपरसं यथा ।।"
अर्थात जिब्रोले त्युन तरकारीको स्वाद पाएझैं विज्ञजनले लक्षणमात्र भएपनि पणडितहरुको सत्संग पायोभने धर्मको रस बुझिहाल्छ ।