Thursday, August 23, 2012

गजल सोमनाको


आफू स्वयम् गरि खान अवस्थाले हुन्दिएन
हाम्रो आवाज मरिगए यो राज्यले सुन्दिएन ।
झ्वाट्ट हेर्दा चट्ट देखिने टाउकाहरु गन्दैगयो ।
अल्पमतका अपाङ्गको गिदी सम्म गन्दिएन ।
    हाम्रो आवाज मरिगए यो राज्यले सुन्दिएन ।
   आफू मैत्री  नीति नियम आफै बनाउन मन थियो ।
हामी जस्ता नेत्रहीनलाई सभासद चुन्दिएन ।
हाम्रो आवाज मरिगए यो राज्यले सुन्दिएन ।
अपाङ्गता सरुवा रोग झै सर्छहोला जस्तैगरि
ठेस लागेर लडदा पनि हात सम्म छुन्दिएन 
हाम्रो आवाज मरिगए यो राज्यले सुन्दिएन ।
सर्वहारा निमुखालाई राहत दिने नीति ल्यायो ।
असहाय र अपाङ्गलाई एक डोरी उन दिएन।
हाम्रो आवाज मरिगए यो राज्यले सुन्दिएन ।
दायां बायाँ ठेस लागेर खाडलमा खस्नुपर्छ ।
हामी मैत्री बाटो घाटो कहिं कसैले खन्दिएन ।
हाम्रो आवाज मरिगए यो राज्यले सुन्दिएन ।
कालोबजार  आडम्बरी दिनानुदिन चर्किंदैछ ।
सहिसत्य अपराधी साबित गरी थुन्दिएन ।
हाम्रो आवाज मरिगए यो राज्यले सुन्दिएन ।
आफू स्वयम् गरि खान अवस्थाले हुन्दिएन ।
                                  
                                      









  सोमना खड्का ( दृष्टिबिहिनता)










एक गजल



                                                               जीवनकुमार शाक्य

हजूरको दर्शन गर्न गएको गजूरको दर्शन गरेर आएं ।
जिन्दगि सेवामा समर्पण गर्दा हजूरको आश्वान पाएं 
भोजनमा नूनको कमिले गर्दा आंसु मुछेर खाएं ।
         हजूरको दर्शन गर्न गएको गजूरको दर्शन गरेर आएं ।
देख्नेहरुको तिरस्कार भएर के भो आँखा नदेख्नेहरुको मायाँ पाएं ।
संगीतको ताल नजानेर केभो शोरमा शोर मिलाएर गीत गाएं ।
अनुमानको पनि एउटा हद हुन्छ भने मैले अकुत सम्पत्ती कमाएं।
             हजूरको दर्शन गर्न गएको गजूरको दर्शन गरेर आएं ।
घाम र पानीको मलाई कुनै परवाह छैन बेसाहाराहरुको सहारा बनाएं ।
धनसम्पत्ती र सुख त अभिसाप नै भयो अभाव र दुःखलाई साथ बनाएं।
युवा छंदा पिरती लाउन जानिन दृष्टिबिहनताहरु सित मायाँ लाएं ।
             हजूरको दर्शन गर्न गएको गजूरको दर्शन गरेर आएं ।
के खायो के खाएन के भयो के गर्यो हेरकपल उतै मन लगाएं ।
छामेर लेखपढ गर्ने  छामेरै संसार देख्ने सेवाको संस्था बनाएं ।
आफ्नो कमाईको अलिकति भाग खुत्रुकेमा खनाएर पनि मगन्ते जनाएं ।
             हजूरको दर्शन गर्न गएको गजूरको दर्शन गरेर आएं ।
गजल रचना गर्छु भन्दा भन्दै यस्तो कबिता पो बनाएं ।
पत्रकारिता मेरी ईतिहांस भएछ त्यसैले त बुढो पत्रकार भनाएं ।
जिन्दगि डेरामा बिताई ऋण पाएर एउटा घर बनाए ।
के कमाए के गुमाए जिन्दगिमा आफूलाई समाजस्वी बनाएं ।
          हजूरको दर्शन गर्न गएको गजूरको दर्शन गरेर आएं ।



Sunday, August 19, 2012

दुई गजल


सजाएंथें फूल तिम्रै लागि झरीसक्यो हजूर।
एक्लै छु म सबै बसाई सरिसक्यो हजूर।
पहिला भन्दा मन फरक बनायौ र तिम्ले
मनका सबै ईच्छा जति मरिसके हजूर ।
 



  







 सिर्जना गाहामगर ( शारिरीक अपाङ्गता)


फक्रिएको फूल झरिसकेपछि,
के अर्थ छ ओखतीको मरिसकेपछि।
थोपा थोपा संगालेर भर्न खोज्या के अर्थ भो
रित्तीएको प्रेम घडा भरिसकेपछि
के अर्थ छ ओखतीको मरिसकेपछि ।
 कस्ले सक्छ बचाउन देह छोड्या मृत आत्मा
अमृत भनि बिषादी छरिसकेपछि
के अर्थ छ ओखतीको मरिसकेपछि ।
केहि त अर्थ देखिएन रामले सिता पत्नी पाको
उहि सिता रावणले हरिसकेपछि।
के अर्थ छ ओखतीको मरिसकेपछि ।
जंघारको किनारमा आई तराउनुको के अर्थछ।
आधा जंघार मैले आफै तरिसकेपछि ।
के अर्थ छ ओखतीको मरिसकेपछि
आमा कसम बैनी कसम खानकोमा अर्ठ्ठ केछ
घात माथि प्रतिघात गरिसकेपछि ।
के अर्थ छ ओखतीको मरिसकेपछि .,
फक्रिएको फूल झरिसकेपछि,
के अर्थ छ ओखतीको मरिसकेपछि.
                       










 सोमना खड्का.( दृष्टिबिहिनता)





Thursday, August 9, 2012

क्याल्शियम : हरेक उमेरका लागि




हरेक युवाको चाहनाहुन्छ कि उस्को बलबाहु बलिष्ठ होस र अनुहारबाट धेरै आकर्षण पूरै शरीरमा देखियोस। जस्को लागि बिभिन्न किसिमका कसरत व्यायाम गर्छन र आजभोली त अत्याधुनिक मेशीन सुविधाहरुले सुसज्जित जिमखानाहरुमा जान्छन । तर यहाँलाई थाहाछ कि बलीयो बाहु र बलिष्ठ शरीरको लागि कुन तत्वको आवश्यक हुन्छ? क्याल्शियम एक यस्तो तत्व हो,जस्ले हरेक युवाले अनुशरण गर्नु राम्रो हुन्छ। क्याल्शियमको हाम्रो शरीरमा बिशेष महत्वहुन्छ । मानिसको शरीर जति जति छिप्पिंदै जान्छ त्यति त्यति शरीरमा क्याल्शियमको अभाव हुंदै जान्छ । जस्को कमीले गर्दा शरीरमा बिभिन्न ठाउंमा दुख्न थाल्छ ।
आउनुस हेरौं हामीले खाने भोजनमा यो कसरी प्राप्त हुन्छ र शरीरलाई शक्ति प्रदान गर्छ। यस्को महत्वलाई प्रायः सबै आमाहरु जान्नुहुन्छ। बच्चाहरुलाई कम्तीमा दिनमा दुई तिन पटक जबरजस्ती भएपनि दूध पिलाउने आजभोली आमाहरु जान्दछन कि क्याल्शियम उस्को बढ़िरहेको हाडहरुको लागि कति आवश्यकछ । हुन त दुध प्रयाप्त मात्रामा बच्चाले कहां पिउन पाउंछन ५०रुपैया लिटर भैसकेकोछ त्यो पनि शुद्ध हुंदैन ।
दूध पीउनाले बच्चाको शरीर उंचाई बढछ नसन्देह । बिशेष गरि आमाको दुध प्रयाप्त मात्रा पिउनपाएको बच्चा अरु बच्चाको तुलनामा बलीयो नै हुन्छ । यद्यपि दूधमा पाईने अनमोल क्याल्शियमको बारेमा ज्ञान नहोला, जो बच्चाहरुको हाड, दांतको स्वरूप, त्यस्को आकार र त्यसलाई स्वस्थ र बलीयो बनाउनमा अतिनै सहायक सिद्ध भएकोछ। यहि क्याल्शियमको निरन्तर कमीको कारण बच्चाको दाँत, हाडहरु र शरीर कमजोर हुन्छ ।
आयुर्वेद चिकित्सा पद्धतिमा पनि क्याल्शियमको साह्रै महत्व छ । क्याल्शियम कमजोर र पातलो  हड्डिहरुलाई बलीयो बनाउन ,हृदयको कमजोरी, मिर्गौलाको पत्थरीहरु नष्ट गर्न र महिलाहरुको मासिक धर्मसित सम्बन्धित रोगहरुको उपचारमा लाभकारी पाईन्छ ।
कस्लाई कति क्याल्सियम आवश्यक पर्छ त
* गर्भवती र दूध पिलाउने महिलाहरुको लागि १२०० मिलीग्राम।
* ६ महिना देखि स्यानो बच्चाहरुको लागि ४०० मिलीग्राम।
* ६ महिना देखि १  वर्षको बच्चाको लागि ६००मिलीग्राम।
* १ वर्ष देखि १०वर्षको आयुको बच्चाको लागि ८०० मिलीग्राम।
* ११ बर्ष देखि माथि सबैको लागि १२०० मिलीग्राम।
दैनिक भोजनमा हामीलाई केहि पदार्थहरुबाट क्याल्शियम तत्व प्राप्त हुन्छ जस्तै पनीर, सुकेको माछा, राजमा, दही, नरिवल गोला, सोयाबीन आदि।
यस्तै प्रकार दूध एक गिलास (गाई) बाट २६०मिलीग्राम, दूध एक गिलास (भैंसी)बाट ४१० मिलीग्राम क्याल्शियम पाईन्छ ।
प्रेशरकुकरमा पकाईएको भातमा, मोटो पीठोको टी, टमाटरबाट हामीलाई प्रयाप्त क्याल्शियम पाउन सकिन्छ ।
क्याल्शियम उचित मात्रामा खानाले हाम्रो बुद्धि पनि प्रखर हुन बल हुन्छ र तर्क शक्ति पनि बढछ । हरीयो पातभएको तरकारीमा पनि यो तत्व पाईन्छ । आजभोली बिभिन्न कम्पनीले सपल्लीमेन्ट्री फूडको रुपमा पनि क्याल्शियम उपलव्ध गराएको पाईन्छ ।
                             भवतु सब्ब मङ्गलम् ।

१८औं विश्व आदिवासी जनजाती दिवस


आज बर्षा हुंदा हुंदै पनि धुमधामका साथ नृत्यहरुको साथमा १८औं विश्व आदिवासी जनजाती दिवसको उपलक्ष्यमा नेपाल आदिवासी जनजाती महासंघको आयोजनामा आज बिशेष समारोहका बिच जातीय संस्थाहरुको जातीय भेषभूषामा मङ्गलगढी चोक देखि नगर परक्रमा गरि खुलामन्चमा सभामा परिवर्तनभई सम्पन्न भएकोछ । दिवसको सातौ दिनको कार्यक्रम नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष मोहन गुरुङ्गको सभापतीत्वमा र क्षेत्रीय प्रशासन कार्यालयका निमित्त क्षे.प्रशासक सूर्यबहादुर खत्रीको मूख्य आतीथ्यमा सम्पन्न भयो । उक्त समारोहमा जातीय बुद्धिजिवी प्रा शिला गुरुङ्ग जातीय संस्थाहरुको तर्फबाट नेवा देय दबूका अध्यक्ष जीवनकुमार शाक्य,सुर्खेत क्याम्पसका स क्या.प्रमुख जनजाती प्रा.हरिबहादुर थापा,नेपाली कांग्रेसका देवकुमार सुवेदी,नेपाल पत्रकार महास‌घका उपाध्यक्ष गणेश कन्चन भारतीले शुभकामना मन्तव्य गर्नुभको थियो । कार्यक्रमको बिच बिचमा जातीय लोक नृत्यहरु प्रस्तुत गरीएको थियो ।

Wednesday, August 8, 2012

जानौं किन हुन्छ एसिडिटी?




आजभोली ग्यास्टिक नहुने मान्छे बिरलै हुन्छ यहि ग्यास्टीक एसिडिटी हुन्छ र अल्सर त्यसपछि क्यान्सर सम्म हुन सक्छ ।
पित्तलाई बढ़ाउने प्रकुपित गर्ने अन्न (धेरै चील्लो पीरो-मसला भएको, अत्यधिक मद्यपान, नयाँ चामल आदि) धेरै समय देखि निरन्तर सेवन गर्नु या धेरै सेवन गर्नाले एसिडिटी हुन्छ । इसके अतिरिक्त कई कारण हैं एसिडिटी बढ़ने के, जस्तै : एसिडिटी भएमा चुकीलो बुलुक्क आउनु र छाती पोल्नु हुन्छ ।
* ठीक समयमा भोजन नगर्नु । अत: भोजन समय मै गरौं ।
* अजीर्ण हुंदा पनि गरिष्ठ भोजन गर्नु । अत: गरिष्ठ भोजनबाट बचौं।
* भोजन गरेपछि दिउंसो सुत्नु । अत: दिउंसो सुत्ने कम गरौं या सुत्दै नसुतौं ।
* भोज्य पदार्थहरुको भोजनको अतिरिक्त दिनमा अत्यधिक पटक पटक सेवन गर्दै गर्नु ।
अत: भोजनलाई नियम निर्धारित गरौं।
* अधिक समय सम्म मानसिक रूपले तनावग्रस्त  पनि एसिडिटी बढ़छ ।
अत: तनावमुक्त हुने प्रयास गरौं ।
* अधिक समयसम्म पटक पटक भवको रहनु ।
अधिक समय सम्म खाली पेट रहनु ।

सूजीको मीठाई बनाऔं



सामग्री : एक कप भुटेको सूजी, दुईकप फुल क्रीम दुध, केसर 5-6 लच्छा(मनतातो दूधमा भिजाएको),१पाउ घीउ, 1 कप चीनी, डायफ्रूट्‍स को मिक्स कतरन पाउ कप, लायची पाउडर आधा चम्मच। मिश्रण भन्नाले काजू छोहारा नरिवल ईत्यादि नभएपनि केहि फरक पर्दैन ।
बनाउने बिधि : सबै भन्दा पहिला दूधलाई उमाल्ने र केसर पंहेलो मीसाईदिउं । चीसो गरेर यस्मा भुटेको सुजी मिसाईदिने । 15-20 मिनेट गल्न दिंउं। अब एक कड़ाहीमा घीउ तताउंर सुजीलाई हल्का खैरो हुन्जेल भुटौं, चीनी मिसाईदिउं ।
जब मिश्रण घीउ छोड़न थाल्छ तब चिल्लो लागेको थालमा मिश्रण छरीदिउं । डायफ्रूट्‍सको मिक्स कतरन एवं ईलायची राखिदिउं। अब मनलागेको आकारमा काटौं। तयार सूजी डिलाइट स्वीट्स प्रस्तुत गरौं ।
कृष्णजन्माष्टमी स्पेषल