Sunday, September 9, 2012

तिन व्यक्ति


 जो दुबै आंखा भएका,एक आंखा मात्रै भएका र दुबै आंखा नभएका
) अन्धो व्यक्ति (BLIND)
) काना -एक आंखा भएको) (ONE EYE PERSON)M
) २ आंखा भएको व्यक्ति
)अन्धो व्यक्ति कस्तो हुन्छ त?- यहां कोहि व्यक्तिसंग त्यस्तोको आंखा हुंदैन जुन रुपको आंखा व्दारा भोगलाई प्राप्त गर्न सकोस र प्राप्त भएको भोगलाई बृद्धि गर्न सकोस । त्यस रुपको आंखा हुंदैन जुन रुपको आंखा व्दारा कुशलाकुशल धर्मलाई जान्न सकोस,दोषादोष धर्मलाई जान्न सकोस,हीन-प्रणित धर्मलाई जान्न सकोस। पाप र पुण्य धर्मलाई जान्न सकोस त्यस्तो व्यक्तिलाई अन्धो व्यक्ति भनिन्छ । यहां धर्मको अर्थ प्राकृत नियमलाई भन्न खोजिएको हो स्वभाविक र असल

) अंध्यारोबाट उज्यालो तर्फ लाग्ने व्यक्तिःयस संसारमा कोहि व्यक्ति दुःखको जीवन बिताईरहेकोहुन्छ ।दरिद्र भएर समस्या झेली रहेकोहुन्छ । शरीर पनि नराम्रेा,मीठो भजनको अभाव राम्रो लुगाको अभाव हुन्छ तर आफ्नो आचरणमा परिवर्तन गरि अरुको लाभ हुने वचन बोल्न कार्य गर्ने धर्मानुशाशनमा रहने आचारण गर्दछन् । राम्रो र लोकहितकारी कार्यले गर्दा यसै जुनीमा वा मरण पछि सुगतिमा उत्पन्न हुन्छ । यस्तो व्यक्तिलाई अंध्यारोबाट उज्यालो तर्फजाने व्यक्ति भनिन्छ । अंगुलीमाल खतरनाक डांका भएपनि बुद्धको शरणमा गएपछि  अरहत प्राप्त गर्दछ ।
) उज्यालो बाट अंध्यारो तर्फजाने व्यक्तिःयस संसारमा कोहि व्यक्ति सर्बसम्पन्न हुन्छन् धन सम्पत्ती,रुप,गुण, मीठो भोजन,लुगा सबै राम्रो शरीर र वचनले पनि राम्रो । तर मति भ्रष्ट भएपछि अहितकारी कार्य गर्ने दर्वन बोल्ने गर्नाले दुर्गति तिर बढदछ यसै जुनिमा र मरण पछि अर्को जुनीमा पनि यस्तो व्यक्तिलाई उज्यालोबाट अंध्यारो तर्फजाने व्यक्ति भनिन्छ ।
) उज्यालो बाट उज्यालो तर्फजाने व्यक्तिः यस संसारमा कोहि व्यक्ति सबै कुराले सम्पन्न हुन्छन् । भोजन लुगा,सन्तान तथा रुप आवास सबै  र वचनले पनि लोकहितकारी आचारण गर्ने यहि जुनीमा सुख भोग गर्दै जाने हुन्छन् उत्तरोत्तर प्रगति हुंदै जान्छ र मरण पछि पनि सुगतिमा उत्पन्न हुने हुन्छ । यस्तो व्यक्तिलाई उज्यालोबाट उज्यालो तर्फजाने व्यक्ति भनिन्छ ।
हितकारी अहितकारी चार थरिका व्यक्तिः
) आफ्नो हितको लागि आचरण गर्ने कोशिश गर्ने तर अरुको लागि केहि नगर्ने व्यक्ति ।
) अरुको हितको लागि सबै गर्ने तर आफ्नो लागि केहि नगर्ने ।
)आफ्नो लागि र अरुको हितको लागि मरि मेट्ने व्यक्ति ।
) आफ्नो लागि होस वा अरुको हितको लागि पनि केहि कोशिश नगर्ने व्यक्ति ।
-आंखा चिम्लेर यहांनिर आफुले आफुलाई मूल्यांकन गरौं )
अभिध्मपिटकबाट


आर्य आष्टाङ्गकि मार्ग


यस मार्गलाई तिन भागमा बिभाजन गरिएकोछ शील,समाधि र प्रज्ञा ।
शीलमा तीन अङ्ग ,समाधिमा तीन अङ्ग र प्रज्ञामा दई गरेर आठ अङ्ग भनिएकोछ । शीलबाट समाधि र समाधि बाट प्रज्ञा विकसित हुन्छ ।
शील अन्तरगत तीन अङ्गहरुः वास्तवमा साधारण देखि असाधारण मानिसले शील सदाचारको पालन गर्न पंचशीलको पालन गरेमा निम्न तिन कर्म    पूरा हुन्छ ।
) प्राणी हिंसा नगर्ने शिक्षा पद ,,झुठो नबोल्ने शिक्षा ३, चोरी नगर्ने वा अरुले नदिई न लिने शिक्षा पद,, मदिरापान नगर्ने शिक्षा पद र ५, व्यभिचार नगर्ने शिक्षा पद ।
-) सम्मा वाचा -सम्यक वचन)
-) सम्यक कर्म
-) सम्मा आजिव-सम्यक आजिविका)
-) सम्यक वचनविशेष गरि अरुको हित हुने गरि मैत्रिपूर्वक गरिने कुरा मात्र गर्नु र आफ्नो र अरुको पनि अहित नहुने गरि नबोल्नु । सम्यक वचनमा झूठो कुरा बोल्नुलाई वर्जित गरिएको छ ।
आफुले बोलेको शव्द  यस्तो निस्कोस कि अरुलाईलाई शितलता मिलोस र सत्य बोध होस अनि परिवारमा सुख शान्ति छाओस । यसैलाई सम्यक वचन भनिन्छ । यस्मा पनि नगर्ने चार वाचिक कर्म छन् । झुठ बोल्नु ,चुक्ली गर्नु ,कठोर वचन बोल्नु,अनावश्यक कुरा गर्नु । यि असम्यक वचन हुन्
-) सम्यक कर्मःशरीरबाट गरिने शुर्द्धकर्मलाई सम्यक कर्म भनिन्छ । शरीरले ठीक कर्म नगरिंदा अरुलाई र आफैलाई हानी हुन पुग्छ । शरीरबाट    गरिने कर्म लोकहितकारी होस् । शरीरबाट चार अकुशल कर्मबाट टाढीनर्ुपर्छ । प्राणी हिंसा,कुटपीट,चोरी वा अरुलेले नदिई नलिनु ,परस्त्रि  प्रति व्यभिचार खराब विचार गर्नु वा असंयमी र मादक पदार्थ सेवन । यी कर्म मानिसबाट प्रायः सचेत नभई अचेत हुंदा अकुशल कर्म हुन जान्छ । क्षणीक मनोरन्जन वा क्षणीक आनन्द प्राप्तीकोलागि आफ्नै शरीरलाई लाभ नभई हानी हुने कर्म गर्दछन् ।
) सम्यक आजिविकाःपाप रहित कर्म अर्थात आफ्नो जिविकोपार्जनको लागि अरुलाई हानि नोक्सानी नपुगाई आफुमा आश्रतिहरुको भरणपोषण गर्नु । मादकपदार्थ वा लागुपदार्थको व्यापार ,प्राणी हिंसा गरि मासुको व्यापार र मानिसको व्यापार,जनताको सेवा कार्यमा लागेकाले प्रलोभनमा परि अनैतिक शुल्क लिनु ,हिंसा हुने गरि हात हतियार          शस्त्रको व्यापार गर्नु ,अर्काको सम्पत्तीमा आक्रमण गरि लिनु,चोर्नु,ठग्नु अर्थात यि व्यवसाय बाहेक अन्य र असल व्यापार गर्नु हो तर आज भोली विशेष गरि यसैमा बढी फाईदा हुने हुंदा यसैको व्यापार व्यवसाय गर्दछन्.
समाधि अर्न्तर्गत तीन अङ्गहरुः
) सम्यक व्यायामः-) सम्यक स्मृतिः
) सम्यक समाधिः-) सम्यक व्यायामः ठिक कुरामा ठिक सित प्रयत्न गर्नु अर्थात कुशल कर्ममामा ध्यान दिनु हो  ।यस अन्तरगत चार कुरामा प्रयत्नशील हुनपर्छ यो मानसिक व्यायाम हो । मानसिक व्यायामले मान्छेलाई असल कर्मतिर बल पुगाउंछ ।अकुशल भावना त्यागि कुशल
भावना उत्पन्न गर्नु,अकुशल भावनालाई उत्पन्न हुन नदिनु ।कुशल भावनालाई फेरी उत्पन्न गर्नु ।उत्पन्न भई नसकेको कुशल भावनालाई उत्पन्न गर्न प्रयत्न गर्नु । अर्थात अरु प्रति सकारात्मक भावनाको विकास गर्नु तर आज भोली ठिक विपरित भई रहेकोछ । यो सरल छैन तर यस्कै अभ्यास गर्नु सम्यक व्यायाम हो ।
) सम्यक स्मृतिःराग,व्देष बिहीन आलम्बन भएको घटनामा एकाग्र चित्त भई ठिक तरिकाले जान्नु वा अनुभव गर्नु सम्यक स्मृति हो । यस्मा चार  तरिकाले स्मृति राख्न सकिन्छ ।
) कायानुपश्यना- कायलाई यथाभुत हेर्नु जे शरीर बाट हुन्छ त्यसलाई सचेत भएर हेर विचार गर्नु -) वेदनानुपश्यना -सम्बेदनालाई यथाभुत हेर्नु अर्थात जे भैरहेकोछ त्यस्लाई यथाभुत महसुस गर्नु ।आंखा चिम्लेर एक छिन आफ्नो शरीरमा जे भैरहेकोछ त्यसलाई महसुस गरौं शरीरमा कतै न कतै केहि न केहि परिस्थिति भैरहेको हुन्छ । जस्तै- टाउको चिलाउनु,सुलसुल हुनु चिसो हुनु तातो हुनु पट्याइ लाग्नु -) चित्तानुपश्यना -चित्तलाई यथाधुत हेर्नु चित्तमा के भैरहेको छ चित्त अथावा मनले के सोंचि रहेकोछ चित्त या त भूतकालमा हुन्छ या भविष्यमा हुन्छ । भूतमा भएमा बिगतमा भएका कार्यको समीक्षा गर्न थाल्छ या पछुताउंछ रीसाउंछ या आनन्दित हुन्छ । भविष्यको बारेमा चित्त गएमा बिभिन्न योजना बनाउंछ । यसो गर्छु उसो गर्छु यसो भन्छु उसो भन्छु -) धर्मानुपश्यना-स्वभाव धर्मलाई यथाभुत हर्नु आफुबाट अरुको निम्ति संधै असल सोंच्नु धर्मानुपश्यना हो जस्तै जस्तै सबैको जय होस सबैको मङ्गल होस,सबै सुखि होउन्,सबै रोग र शोक बिहिन होउन । राज्य सत्ता संचालक अर्थात सरकारले जनताको हितको निमित्त सम्यक स्मृति राख्न नसकिएमा राज्य संचालन गर्नु योग्यता ठहर्दैन ।
)सम्यक समाधिःराग,व्देष बिहीन आलम्बन भएको घटनामा एकाग्र चित्त भई ठिक तरिकाले मनलाई वशमा लिनु वा नियन्त्रण गर्नु सम्यक समाधि हो । उदाहरणको लागि कुनै स्वादिष्ट वस्तु खाईयो अहा कस्तो स्वादिष्ट अरु खान पाए हुन्थ्यो फेरि खान पाए हुन्थ्यो भनेर चित्तबनाउनु राग हो । अर्को उदाहरणमा कुनै राम्रो परिस्थिति भयो मानो कुनै पद प्राप्ती भयो र हषिर्त भएर पदमै आसिन भैरहने चाहना हुनु राग हो । सुखद  परिस्थितिमा गदगदे नहुने दुःखद परिस्थितिमा पछुताएर दुखि नहुने परिस्थिति बनाउनु सम्यक समाधी हो । शील सदाचार ठिक भएमा समाधि ठिक हुन्छ अन्यथा यो सफल हुन सक्दैन । संधै झुठ बोल्न वा हिंसा गर्नेको समाधी राम्रो हुन सक्तैन ।
समाधिलाई अर्कै वर्गले अर्कै अर्थ लगाउंछ जस्तै जल समाधि थल समाधि अर्थात समाधि धेरै प्रकारका छन् । समथ भावना र विपश्यना भावना मूख्यतः दुई प्रकारको समाधि उल्लेख्यछ । निवरण ध्यानलाई समथ ध्यान र नामरुपको अनित्यता,दुःख,अनात्मा र अशुभ आदिलाई प्रज्ञा दृष्टिले देख्नु वा नामरुपको उत्पत्ति र विनाशलाई विपश्यना ध्यान भनिन्छ । विपश्यनाको अर्थ आफैले आफैलाई विशेष गरि हर्नु नै विपश्यना भनिएकोछ । यसै बाट सम्पूर्ण क्लेशलाई नष्ट गरि जरा जन्म व्याधि र मरणको बन्धनबाट मुक्त   रहेको निर्वाण समेतको साक्षत्कार गर्न सकिन्छ । यसैलाई सम्यक समाधि भनिएकोछ । संसारमा सबै वस्तु,जिव र परिस्थिति अनित्य छ सबै परिवर्तनशील छ । पल पल परिवर्तन भैरहन्छ। जस्तै मानिस वा कुनै प्राणीको जन्म हुन्छ विस्तारको क्रम बढदै जान्छ हेर्दा हर्दै परिवर्तन हुंदै जान्छ , दुधे वालक खेल्न रुन थाल्छ हांस्न थाल्छ,बामे सर्,हिंडन थाल्छ । एवम प्रकारले युवा हुन्छ प्रौढ हुन्छ बृद्ध हुन्छ र मृत्यु हुन्छ ।
प्रज्ञा अन्तरगत दुईइ अङ्गहरुछन्
-) सम्यक दृष्टिः
-)सम्यक संकल्प
)सम्यक दृष्टिःअनावश्यक दृष्टि विचारलाई त्यागि यथार्थ ज्ञान हुनु देखिएको वस्तुलाई यथार्थ रुपमा देख्नु जान्नु ,परमार्थ सत्यको
 कर्म गरेपछि त्यसको फल प्राप्ती हुन्छ भन्ने कुरालाई मनन् गर्नु माथिका चार्य आर्यसत्यको ज्ञान हुनुलाई नै सम्यक दृष्टि भनिएकोछ ।
)सम्यक संकल्पःअसल,लोकहितकारी विचार र धारण लिनु त्यस रुपले चिन्तन मनन गर्नु सम्यक संकल्प हो । यस्ले अनावश्यक विचार वा    नकारात्मक विचारलाई रोकिदिन्छ वा विस्थापित गरिदिन्छ । मैत्री चित्त अर्थात अरुको संधै भलो चिताउन चाहे जुनसुकै प्राणी किन नहोस,करुणा सबै प्रति दया गर्नु,मुदिता अर्थात अरुको खुसिमा खुसि अरुको दुःखमा दुखि हुने र उपेक्षायुक्त विचार र संकल्प भरेर हामीलाई निर्वाण तिर उन्मुख    गर्राईदिन्छ । यहि नै सम्यक संकल्प भनिएकोछ । यहीनै आर्य आष्टाङ्गकि मार्ग हो । यो मार्गको अनुशरण गर्नाले मान्छे अवश्य दुःखबाट मुक्त हुन्छ ।
भवतु सब्ब मङ्गलम् ।


              







चतुर्आर्य सत्य




              
चारवटा ध्र्रुवसत्य बौद्ध दर्शनमा यि चार आर्य सत्य सर्बोपरि छ यस्को जानकारी बिना बौर्द्धदर्शनको जानकारी अधुरै हुन्छ अर्थात बौद्धमत बारे केहि जानेकै छैन भन्दा पनि हुन्छ । अतः यस बारे संक्षिप्तमा भए पनि जानकारी प्रस्तुत गर्ने ढृष्टता गरेकोछु । बुद्धले भारतको बाणारसी -बनारस)मा बुद्ध ज्ञान प्राप्त गर्नुभएपछि  ऋषीपतन मृगदाबन जहांआफ्ना पुराना मित्रहरु पंचबर्गीय भिक्षुहरु थिए कौण्डण्य,वप्प,भद्रीय,महानाम,अश्वजीत । यि पंचबर्गीयहरु सिर्द्धार्थले नियम तोडे भनेर साथ छाडेका थिए ।
त्यहां पुगे पछि बुद्धले प्रथम  पटक धर्मचक्र प्रवर्तन गर्नुहुंदा दिनु भएको उपदेश -हे भिक्षुहरु   प्रवज्जित  भिक्षुहरुले  ुई प्रकारका हीन धर्म सेवन गर्नु हुंदैन । त्यो के भने १,अनर्थको काम कामरागमा लिप्त हुने धर्म । जस्ले अज्ञानपुर्वक अनावश्यक झमेलायुक्त काममा फस्नु ।
,आफ्नो शरीरलाई पिडा दिने धर्म खराब अनर्थ । यही दुई धर्म छाडेर तथागतले मध्यम मार्ग प्राप्त गरें । त्यही मध्यम मार्ग-दिव्य चक्षु प्राप्त हुने,यथार्थ ज्ञान प्राप्त हुने रागव्देष मोह नभएर शान्त भएर जाने अभिज्ञान र निर्वाण पद लाभ हुने धर्म हो । मैले यि कुराहरु पत्ता लगाएं । त्यो हे भिक्षुहरु त्यो मध्यम मार्ग कस्तो हो भने - सम्यकदृष्टि,सम्यक संकल्प,सम्यक वाचा,सम्यक कर्मान्त, सम्यक आजिव,सम्यक व्यायाम,सम्यकस्मृति र सम्यक समाधि हो ।
प्रथम  दुःख आर्यसत्य - यस संसारमा दुःखछ भन्ने ध्रुव सत्य ह। दुःखभन्दा -जन्मनु  दुःख हो ,बृद्ध हुनु ,रोग लाग्न दुःख हो ,मृत्यु हुनु , प्रिय बस्तु प्राप्त नहुनु, अप्रीय बस्तु प्राप्त हुनु ,अप्रीय सित साथ हुनु र्,इच्छा गरे अनुरुप पूरा नहुनु आफ्नो प्रतिकूल हुनु अर्थात पंच उपादस्कन्ध नै दुःख हो । मैले यो ज्ञान जाने ।
दोश्रो दुःख समुदय सत्य हो-  यो संसारमा दुःखको कारण    यो एउटा ध्रुव -आर्य सत्य हो । दुःखको मूल कारण   तृष्णाहो । लोभ चैतसिक वा तिष्णा हो ।
व्याख्या- जन्मने फेरि चाहना,खुसी हुने चाहना,हरेक पक्षबाट खुसी हुने अभिलाषानै दुःख समुदय आर्य सत्य
हो । अर्को सरल अर्थमा भनने हो भने जे हुन्छ त्यस्को केहि न केहि कारण हुन्छ बिना कारण केहि हुने वाला छैन । कुनै रोग लाग्नुको कारण हुन्छ कुनै परिस्थितिको कारण हुन्छ । कुनै कारण बिना परिस्थति उत्पन्न हुनै सक्दैन ।
तेश्रो दुःख निरोध आर्य सत्य हो -दुःखको निरोध गर्न सकिन्छ । अवश्य पनि दुःखको कारण पत्ता लगाई सकेपछि दुःखको निवारण गर्न सकिन्छ यहि नै दुःख  निरोध आर्य सत्य हो । उदाहरणको लागि खानामा नुन चर्को भएमा नुनपानी थपेर सुधार गर्न सकिन्छ बिलिनो भएमा नुन थपेर ठिक अवस्थामा ल्याउन सकिन्छ ।
चौथो दुःख निरोमार्ग आर्य सत्य हो । दुःख निरोध गर्ने उपाय छ । दुःखलाई निवारण गर्न सकिन्छ त्यो  आर्य आष्टाङ्गकि मार्ग हो  । दूःखलाई निरोध गर्ने मार्ग आठवटा छन् जस्लाई आर्य आष्टाङ्गकि मार्ग भनिन्छ । यो मैले जानें । अर्थात आठवटा नियमको पालना गरियो भने दुःख हुनुबाट बच्न सकिन्छ अज्ञानबाट दुःख आई परिहाल्यो भने त्यस्को निवारण गर्न सकिन्छ । आर्य र अनार्य कुरा अर्कै हो । जस्ले चार आर्य सत्यलाई बुझ्न सफल हुन्छ उस्ले दुःख निवारण गर्न सक्छ ।
शाक्यमुनी बुद्धले मध्यम मार्गको बारेमा व्याख्या गर्नु भएकोछ । चतुयार्य सत्यको ज्ञानमा मध्यम मार्ग महत्वपूर्ण छ ।
यो नै चतुयार्य सयको ज्ञान हो भन्ने मेरो बुझाई रहेकोछ ।भनेर शाक्यमुनी बुद्धले देशना गर्नुभयो ।
 यो चार आर्य सत्यलाई बुझन सकियो मनन गर्न सकियो अभ्यास गरियो भने बर्तमान समय महत्वपूर्णा समयहो भनेर त्यसलाई सदुपयोग गर्न सक्छौं । अन्यथा बिगतलाई सम्झेर चिन्ता गरेर शोक गरेर समय खेर फाल्छौं ।