Friday, September 14, 2012

पुत्र राहुललाई भगवानबुद्ध व्दारा विविध बिज्ञान बारे उपदेश



धातु भावना सम्बन्धी उपदेश भगवान बुद्धले आयुष्मान राहुललाई दिनुभएको मज्झिमनिकायको महाराहुलोवाद सुत्तमा यसरी उल्लेख भएकोछः
राहुल! पृथ्वी समान भावनाको (ध्यान)गर पृथ्वी समान हुने भावनाको भावना गर्दा राहुल! तिम्रो चित्तमा स्पर्शले थाहाहुने बलियो गरेर समातेर राख्न सकिदैन जस्तैकि राहुल! मान्छेले शुद्ध वस्तु पनि फाल्दछन अशुद्ध पनि फाल्नेगर्दछन् । पिसाब, मल, कफ, सिंगान, रगत ईत्यादि सबै फाल्ने गर्दछन् । यसो गर्यो भनेर पृथ्वी दुखि हुंदैन ग्लानी पनि गर्दैन र घृणा पनि गर्दैन । त्यसै गरेर राहुल! तिमीले पृथ्वी समान हुने भावना राख । तिम्रो चित्तमा थाहापाउने स्पर्श बलीयो गरि समातीराख्न सक्तैन ।
 राहुल! कति शरीर (अध्यात्म)  प्रति शरीर (शरीर बाहिर प्रत्यात्म) बलीयो चाम्रो साह्रो भैराख्ने पदार्थको स्वभावछ । जस्तै किः कपाल, आखि भौं, नङ्ग, छाला, मासु  बस्तु ईत्यादि छन् । राहुल!  यस्तो सबैलाई अध्यात्म पृथ्वी धातु भनिन्छ । जतिपनि अध्यात्म पृथ्वी धातु छन् अनि जतिपनि शरीर बाहिर भैराख्ने कडा स्वभाव भएको बस्तु छन् सबै बाह्य पृथ्वी धातु हो । अध्यात्म बाह्य पृथ्वी धातु दुबै नै पृथ्वी धातु हुन । यसलाई  यो मेरो होईन, यो म होईन, यो मेरो होईन यस प्रकार पाएर हेर्नुपर्छ । यथार्थपुर्वक राम्ररी बुझेर हेर्ने गर्दा । पृथ्वी धातु तिरबाट उदास हुन्छ  ( आकर्षक नहुने हुन्छ) पृथ्वी तर्फबाट चित्त बिरक्त ( टाँसिएर काम नगर्ने) हुन्छ ।
 राहुल ! जतिपनि शरीर प्रति शरीरमा भैराख्ने पानी र पातलो पदार्थछ त्यो सबै जल धातु ।जस्तै कि पित्त,खकार,घाउमा हुने पिप,पसिना इत्यादि जतिपनि शरीर भित्र भैराख्ने हो त्यो सबै आध्यात्मिक जल धातु । शरीर बाहिर हुने बाह्य जल धातु आध्यात्म बाह्य जल धातु दुबै जल धातु हो । यसलाई मेरो होईन, यो म होईन. यो मेरो आत्मा होईन यसप्रकार यथार्थपुर्वक बुझेर हेर्नुपर्छ । राहुल ! जतिपनि शरीर प्रति शरीरमा भैराख्ने तातो र तताउने स्वभाव हुनेछ  सबै अग्नी धातु हुन । जस्ले पोलेको नपोलेको अनुभव भएर आत्तिनेहुन्छ । जिर्ण  मसीनो गरेर खाएर पिएको वस्तुलाई पचाउने काम गरिरहन्छ यस्तो स्वभाव भएको सबै अग्नी धातु हो । यसलाई मेरो होईन, यो म होईन. यो मेरो आत्मा होईन यसप्रकार यथार्थपुर्वक बुझेर हेर्नुपर्छ ।
राहुल ! जतिपनि शरीर प्रति शरीरमा भैराख्ने वायु छ त्यो सबै वायु धातु । जस्तै कि माथिबाट(मुखबाट)निस्कने वायु तलबाट निस्कने वायु पेटमा बस्ने वायु । शरीरको ठाउं ठाउंबाट चलाएमान भैरहने वायु सबै वायु धातु ।शरीर भित्रको अध्यात्म वायु धातु शरीरको बाहिरको वायु धातु हो यसलाई मेरो होईन, यो म होईन. यो मेरो आत्मा होईन यसप्रकार यथार्थपुर्वक बुझेर हेर्नुपर्छ ।
यसरी सम्झाएको कुरालाई सम्झेर भावना गर्ने कामले निपूर्ण भएमा रुप,शव्द,गन्ध,रस,स्पर्श,धर्म आरम्मण र रुप,वेदना,संज्ञा,संस्कार,विज्ञान र स्कन्धमा टाँसिएर बस्ने दुःख उत्पन्न गराउन हो भन्नेलाई बुझ्नसक्ने हुन्छ । आम्मरण र उपादान स्कन्ध तर्फबाट चित्तलाई प्रभावित गर्न नदिई आफ्नो शरीर धातु स्वभावले रचना भएको हो भनेर बुझेर म,मैले,मेरो भाव आत्मभाव अलग्ग भएर साक्षिभाव क्रियाभावले काम गर्न सक्ने पनि हुन्छ ।

Sunday, September 9, 2012

तिन प्रकारका व्यक्तिहरु


शाक्यमुनी बुद्धले आफना शिष्यहरुलाई उपदेश दिने क्रममा भन्नु भएको थियो ।
यस संसारमा बिभिन्न प्रकारको व्यक्तिहरु अर्थात मान्छेहरु हुन्छन्

) पाषाण बिलेखुपमो - ढुङ्गामा लेखिएका जस्तो) Person Like a line drawn on stone.
) पठ बिलेखुपमो - ुइं-जमीन)मा लेखिएको जस्तो ) Person Like a line drawn on earth.
)उदक बिलेखुपमो -पानीमा लेखिएको जस्तो ) Person Like a line drawn on water.
) ढुङ्गामा लेखिएका जस्तो व्यक्ति कस्तो हुन्छ -यस्तो व्यक्ति जो बारम्बार रिर्साई रहन्छ धेरै दिन सम्म रिसको आवेग रहि रहन्छ । जति बदला लिए पनि रीस मरेको हुंदैन । जस्तै ढुङ्गामा लेखिएको वा कोरिएको युगौं सम्म रहि रहन्छ । आंधी पानीले भरसक मेटाएको हुंदैन । अर्को अर्थमा भन्नु पर्दा कुशल ज्ञान धेरै समय सम्म स्मरण गर्न सक्ने स्मृति भैरहने हुन्छ कुनै पनि बाधा ले स्मरण गरेको ज्ञान मेटाउन सकेको हुंदैन । बुद्धको निकटम शिष्य जो आफ्नो काकाको छोरा पनि थिए आनन्द एक पटक सुनेको बुद्धको वचन धेरै समय सम्म रहि रह्यो ।जस्को फलस्वरुप बर्तमान समयमा हामीले शास्त्रको रुपमा अध्ययन गर्ने मौका पाएका छौं । सकारात्मक रुपमा भन्ने हो भने मानिसको ज्ञान ढुङ्गामा लेखिएको जस्तै हुन सकेमा कति राम्रो हुन्थ्योहोला ।
)भुमा लेखिएको जस्तो व्यक्ति कस्तो हुन्छ ? -यहां त्यो व्यक्ति बारम्बार रिसाउन त रिसाउंछ तर रिस धेरै समय नभएर शान्त हुन्छ । जस्तै भुमा कोरिएका वा लेखिएको केहि समय सम्म मात्र रहन्छ पछि हावा पानीले मेटिन्छ । त्यस्तै व्यक्तिको रीस पनि झगडा गर्छ रीसाउंछ भोकै बस्छ तर केहि समय पछि उ बोल्छ र खाना पनि खान्छ । अर्को अर्थमा ज्ञानको बारेमा भन्नु पर्दा ज्ञान हांसिल गर्छ तर बिर्सन्छ मानसपटलमा स्मरण रहि रहन सक्तैन सोधेको प्रश्नको उत्तर दिन सक्तैन। जस्ले गर्दा रीषमा असफल हुन्छ । जस्तै भुमा कोरिएको वा लेखिएको धेरै समय सम्म रहन सक्दैन ।
)पानीमा लेखिएको जस्तो व्यक्ति कस्तो हुन्छ ?-यहां त्यो व्यक्ति जस्लाई जति कठोर शव्द प्रहार गरे पनि कुनै असर पर्दैन जस्तै पानीमा रेखा कोर्दा देखिंदैन । बुद्धलाई कसैले पनि दुर्वचन प्रहार गरे पनि पानीमा कारिएको जस्तै हुन्थ्यो । अनि अर्को अर्थमा जतिनै ज्ञान दिए पनि पटक्कै मानस पटलमा बस्न नसक्ने व्यक्ति ।
अभिधम्मपीटकबाट







चार प्रकारका बिषधारी सर्प समान व्यक्ति



) छिटो तर कडा बिष नहुने सर्प समान व्यक्ति यस्तो व्यक्ति पानी र्सप जस्तै रिसाहा तर बिष नभएको अर्थात डसे पनि केहि नहुने र्सप समान व्यक्ति । रिस लागेपनि कसैको हानि नोक्सानी नगर्ने व्यक्तिहरु हुन्छन् ।
)कडा तर छिटो बिष नहुने र्सप समान व्यक्तिः कोहि व्यक्ति बार बार रिसाउंदैन तर जब रीसाउंछ उस्को रीस धेरै समय सम्म रहिरहन्छ । त्यस्तो व्यक्ति कडा तर छिटो बिष नहुने र्सप समान व्यक्ति भनिन्छ ।
) कडा र छिटो बिष हुने र्सप समान व्यक्तिः तर्राईको गौमन र्सप समान कडा र छिटो बिष भएको हुन्छ । यस्तो र्सप छिटो रिसाउंछ र बिष पनि कडा हुन्छ डसेको कहि समयमै मानिसको मृत्यु हुन्छ । त्यस्तै व्यक्ति पनि बारम्बार रीस पनि उठ्छ र हानिकारक प्रतिकृया पनि हुन्छ ।
) कडा पनि नहुने छिटो बिष पनि नहुने र्सप समान व्यक्ति कोहि व्यक्ति बारम्बार रिसाउंदैन पनि उस्को रीस धेरैबेर टिक्दैन पनि । हानि नोक्सानी हुने गरि रिसाउंदैन र धेरै समय पनि रिसाउंदैन यस्तोव्यक्तिलाई भनिन्छ ।
काममा पांच प्रकारका व्यक्तिः
-) काम गर्ने र पश्चाताप पनि गर्ने ।
-) काम गर्ने तर पश्चाताप नहुने ।
-) काम नगर्ने र पश्चाताप हुने ।
-) काम पनि नगर्ने पश्चाताप पनि नहुने ।
-) नकारात्मक भावनालाई हटाउने ।
) अंध्यारोबाट उज्यालो तर्फ लाग्ने व्यक्तिःयस संसारमा कोहि व्यक्ति दुःखको जीवन बिताईरहेकोहुन्छ ।दरिद्र भएर समस्या झेली रहेकोहुन्छ । शरीर पनि नराम्रेा,मीठो भजनको अभाव राम्रो लुगाको अभाव हुन्छ तर आफ्नो आचरणमा परिवर्तन गरि अरुको लाभ हुने वचन बोल्न कार्य गर्ने धर्मानुशाशनमा रहने आचारण गर्दछन् । राम्रो र लोकहितकारी कार्यले गर्दा यसै जुनीमा वा मरण पछि सुगतिमा उत्पन्न हुन्छ । यस्तो व्यक्तिलाई अंध्यारो बाट उज्यालो तर्फजाने व्यक्ति भनिन्छ । अंगुलीमाल डांका भए पनि बुद्धको शरणमा गए पछि  अरहत प्राप्त गर्दछ ।
) उज्यालो बाट अंध्यारो तर्फजाने व्यक्ति ःयस संसारमा कोहि व्यक्ति र्सब सम्पन्न हुन्छन् धन सम्पत्ती,रुप,गुण, मीठो भोजन,लुगा सबै राम्रो शरीर र वचनले पनि राम्रो । तर मति भ्रष्ट भए पछि अहितकारी कार्य गर्ने दर्ुवन बोल्ने गर्नाले दर्ुगति तिर बढदछ यसै जुनिमा र मरण पछि अर्को जुनीमा पनि यस्तो व्यक्तिलाई उज्यालो बाट अंध्यारो तर्फजाने व्यक्ति भनिन्छ ।
) उज्यालो बाट उज्यालो तर्फजाने व्यक्तिः यस संसारमा कोहि व्यक्ति सबै कुराले सम्पन्न हुन्छन् । भोजन लुगा,सन्तान तथा रुप आवास सबै  र वचनले पनि लोक हितकारी आचारण गर्ने यष्हि जुनीमा सुख भोग गर्दै जाने हुन्छन् उत्तरोत्तर प्रगति हुंदै जान्छ र मारण पछि पनि सुगतिमा उत्पन्न हुने हुन्छ । यस्तो व्यक्तिलाई उज्यालो बाट उज्यालो तर्फजाने व्यक्ति भनिन्छ ।
हितकारी अहितकारी चार थरिका व्यक्तिः
) आफ्नो हितको लागि आचरण गर्ने कोशिश गर्ने तर अरुको लागि केहि नगर्ने व्यक्ति ।
) अरुको हितको लागि सबै गर्ने तर आफ्नो लागि केहि नगर्ने ।
)आफ्नो लागि र अरुको हितको लागि मरि मेट्ने व्यक्ति ।
) आफ्नो लागि होस वा अरुको हितको लागि पनि केहि कोशिश नगर्ने व्यक्ति ।
-आंखा चिम्लेर यहांनिर आफुले आफुलाई मूल्यांकन गरौं )
चार प्रकारका बिषधारी र्सप समान व्यक्तिः
) छिटो तर कडा बिष नहुने र्सप समान व्यक्ति ः यस्तो व्यक्ति पानी र्सप जस्तै रिसाहा तर बिष नभएको अर्थात डसे पनि केहि नहुने र्सप समान व्यक्ति । रिस लागे पनि कसैको हानि नोक्सानी नगर्ने व्यक्तिहरु हुन्छन् ।
)कडा तर छिटो बिष नहुने र्सप समान व्यक्तिः कोहि व्यक्ति बार बार रिसाउंदैन तर जब रीसाउंछ उस्को रीस धेरै समय सम्म रहिरहन्छ । त्यस्तो व्यक्ति कडा तर छिटो बिष नहुने र्सप समान व्यक्ति भनिन्छ ।
) कडा र छिटो बिष हुने र्सप समान व्यक्तिः तर्राईको गौमन र्सप समान कडा र छिटो बिष भएको हुन्छ । यस्तो र्सप छिटो रिसाउंछ र बिष पनि कडा हुन्छ डसेको कहि समयमै मानिसको मृत्यु हुन्छ । त्यस्तै व्यक्ति पनि बारम्बार रीस पनि उठ्छ र हानिकारक प्रतिकृया पनि हुन्छ ।
) कडा पनि नहुने छिटो बिष पनि नहुने र्सप समान व्यक्ति कोहि व्यक्ति बारम्बार रिसाउंदैन पनि उस्को रीस धेरैबेर टिक्दैन पनि । हानि नोक्सानी हुने गरि रिसाउंदैन र धेरै समय पनि रिसाउंदैन यस्तोव्यक्तिलाई भनिन्छ ।
काममा पांच प्रकारका व्यक्तिः
-) काम गर्ने र पश्चाताप पनि गर्ने ।
-) काम गर्ने तर पश्चाताप नहुने ।
-) काम नगर्ने र पश्चाताप हुने ।
-) काम पनि नगर्ने पश्चाताप पनि नहुने ।
-) नकारात्मक भावनालाई हटाउने ।

छैठौं स्तर सम्मको व्यक्तिः
-) सम्यक सम्बुद्ध व्यक्तिः
सबैको भलो चाहने व्यक्ति
-) प्रत्येक बुद्ध व्यक्तिः
आफ्नो मात्रै खुसि चाहने व्यक्ति
-) महाश्रावक व्यक्तिः
 हरेक असल कुरा सुन्न मन पराउने व्यक्ति
-) अरहन्त व्यक्तिः सबै काम कुुराबाट मुक्त भएको
-) अनागामी व्यक्तिः सब  च्छाबाट मुक्त
-) श्रोतापन्न सकृदागामी व्यक्तिः अग्रश्रावकको रुपमा सुनेर सम्पन्न भएको ।