Wednesday, January 9, 2013

बुद्धको बारेमा



कपिलवस्तु गणराज्यमा क्षेत्रीय कुलका शाक्यवंशी राजा शुद्धोदनको छोरो जन्मेको समाचार सुनेर हेर्न आउने प्रथम व्यक्ति हिमालयमा तपस्यारत शाक्य राजपुरोहित असित कालदेवल ब्राह्मण थिए। असित ऋषिको साथमा उनकै भान्जा नालक पनि थिए। बालक सिद्धार्थलाई ऋषिखुट्टामा ढोगाउन खोज्दा बत्तीस लक्षण युक्त, असाधारण गुणले सोभित बोधिसत्व बालकलाई उल्टै ऋषिले ढोगे। बालकलाई हेरेपछि असित ऋषि शुरुमा हाँसे अनि आँसु बगाए। हाँस्नुको कारण थियो- पृथ्वीमा यस्तो बालक जन्मेको छ, जो गृहस्थ भए चक्रवर्ती राजा र गृहत्याग गरे बुद्ध बन्नेछ, संसारलाई दुःखबाट मुक्त गर्ने विश्वगुरु हुनेछ। ऋषि अनि रोए, किनकि बालक बुद्ध बनेर ज्ञान बाँड्ने बेलामा उनको देहान्त भइसक्नेछ, ज्ञान प्राप्तिको अवसर पाइने छैन भनेर। असित ऋषिले तत्क्षण चौरासी करोड धनका स्वामी भान्जा नालकलाई बालकले बुद्धत्व प्राप्त गरेपछि उपदेश लिन काषायबस्त्र पहिरनमा गृहत्याग गर्न लगाई तपस्याका लागि हिमालय पठाए थिए। पछि नालकसँग भेट हुँदा बुद्धबाट नालकोवाद भन्ने सूत्र देशना (उपदेश) भएको थियो।
बालकको नामकरण बेला कपिलवस्तुका राम, धज, लक्षण, मन्ती, भोज, सुयाम, सुदत्त र कौण्डन्य नामका आठ ज्योतिष विव्दानहरु भेला भएका थिए। तीमध्ये सात जनाले दुई औंला ठड्याएर बालक चक्रवर्ती राजा वा बुद्ध बन्ने सङ्केत गरे। तर, सबभन्दा कान्छा कौण्डन्यले एउटा मात्र औंलो ठड्याउँदै बालक सर्वअर्थ सिद्ध गर्ने बुद्ध नै बन्ने ठोकुवाका साथ सिद्धार्थ गौतम नामकरण गरेका थिए। गौतम (उत्तम गाई) नाउँ हो, थर होइन, बुबाको नाउँ शुद्धोदन (पवित्र भात) भए जस्तै तर गोतम बुद्धका नामले प्रख्यात भए। राजकुमार सिद्धार्थ शाक्यले २९ वर्षमा गृहत्याग गर्दा ती आठ ज्योतिष ब्राह्मणमध्ये कौण्डन्य मात्र जीवित थिए। राजकुमारले गृहत्याग गरेको सुन्नेबित्तिकै दिवङ्गत सात ब्राह्मणका छोराहरू वप्प, भद्दिय, महानाम र अस्सजिले पनि कौण्डन्यसँगै गृहत्याग गरी प्रवजित (भिक्षु) बनी साथमा लागे।

बौद्ध भग्नावशेष काँक्रेबिहार बुद्धीष्टको अध्ययनको बिषय ( जीवनकुमार शाक्य )



 
बौद्धमार्गीका लागि सुर्खेतको काँक्रेबिहार बौद्ध भग्नावशेष बिहार हो भने हिन्दुहरूका लागि हिन्दु मन्दिर भनेर भनाई रहेकोछ यद्यपि यो शिखर शैलीको महायानी बिहार भन्नुपर्छ। मान्यता वा धारणा बेग्लाबेग्लै भए पनि नेपालको इतिहासमा काँक्रेबिहार एउटा पुरातात्विक महत्त्वको थलो रहेकोमा विवाद छैन ।
झण्डै दुईदशक अघि पुरातत्व विभागले सुर्खेत उपत्यकाको लाटीकोइली गाउँमा उत्खनन गरेर कलात्मक बुद्धका मुर्ति सहितका भग्नावशेष देखिएपछि विश्वकै ध्यान यसतर्फ तानिएको हो । मध्य कालमा निर्माण भएर लामो समय ओझेलमा रहेको काँक्रेबिहारले त्यसपछिका दिनमा निकै चर्चा पाईरहेकोछ । पुरातात्विक महत्व, इतिहास र कलाकृतिको खुल्ला विश्वविद्यालय,  खस क्राचल्ल अशोक चल्ल राजाहरूको इतिहास र धर्मको खोज-अनुसन्धानका दृष्टिले मात्र होइन, पर्यटकीय दृष्टिले पनि यो क्षेत्र महत्वपूर्ण भइसकेको छ ।
यसैलाई केन्द्रविन्दु बनाएर केहि विदेशीहरु तथा नेपालका बौद्धभिक्षुले पश्चिम नेपालको महाचैत्य लुम्बिनीपछिको ठूलो र पुरानो बिहारको रुपमा काँक्रेबिहारको दर्शन गरिरहेका छन् । बुद्धको बारेमा अध्ययन गर्ने विद्यार्थीका लागि त यो झन अन्वेषणको नयाँ विषयवस्तु बनेको छ । यति मात्रै नभएर अहिले काँक्रेबिहार थेरवाद बुद्धीज्म बिषयमा स्नातकोत्तर अध्ययन गर्नेहरुको लागि स्थलगत अध्ययनको बिषय बनाएकोछ ।

भगवान बुद्धको अन्तिम भोजन



भगवान बुद्धको आखिरी छ: महीना धेरै पीडामा बीत्यो। पीड़ामाहाँबाट,जस्ले देखे; बुद्धको तरबाट होईनभगवान बुद्ध एकदिन एक गाँउमा हुनुहुन्थ्यो त्यस गाँमा एक गरीब शुद्रले भगवान बुद्धलाई निमन्त्रण गरे कि मेरो घरमा भोजन गर्नुहोस । भगवानले उस्को निमन्त्रण प्रेमपुर्वक स्‍विकार गर्नुभयो । बिहान बिहान उ चाँडै भगवानको वास निजक आयो । उसलाई सोंचेको थियोकि उस्को पालो पछि आउने होकि भनेरयो भन्दा अघी नै कसैले निमन्त्रण न देओस भनेर बिहानै उठेर भगवानकोन्धकुटीको अगाडि आएर बस्यो । उस्को चाहना थियो कि जिन्दगिमा एकपटक भगवान उस्को घरमा पनि भोजन ग्रहण गरोस
निमन्त्रण दिंदैगर्दा त्यसैबेला गाउंको एक धनपतिले आएर भगवानलाई भोजनको निमन्ण गरेर भने भगवन आज मेरो घरमा भोजन ग्रहण गर्नुहोस भगवान बुद्धले भन्नुभयो धनपति! आजको भोजनको निमन्त्रण आईसक्यो यिनि प्रेमीले आज आफ्नो घरमा बोलाएकोछ त्यस अमीरले त्यस मान्छे तिर हेरेर भन्यो, यस्को निमन्त्रण, शायद उ सित खाने कुरा नै केहि छैन होला उ आफैलाई त के खाने भनेर चिन्ताछ अनि उतिर हेरेर सोध्यो के मैले गलत भनेकोछु ? त्यस बिचरा गरीबले हो भनेर टाउको हल्लायो योसित ख्वाउनको लागि केहि होला तब त यति टाढाबाट मलाई निमन्त्रण दिन आयो भनेर भगवानले करुणापुर्वक भन्नुभयोउसित जे भएपनि  मैले निमन्त्रण स्‍विकार गरिसकेकोछु अब उसकै घरमा भोजन गर्छु । जा गृहपति तिमी भोजनको तयारी गर आजको भोजन तिमीकहाँ गर्छु
भगवान बुद्ध जानुभयो त्यस गरीबलाई विश्वास थिएनकि भगवान उस घरमा पनि कहिल्यै  भगवानले भोजन ग्रहण गर्न आउनुहुन्छ हुन त वास्तवमै उ सित भगवानलाई ख्वाउन केहिपनि थिएनत्यस अमीरले भन्न त ठीकै भनेको थियो सुख्खा रोटी थियो तरकारीको नाममा बिहारमा गरीब किसान त्यो जो बरसातको बेला कुकुरमुत्‍ते च्याउ काठमा उम्रिन्छ, फोहोर ठाउंमात्यो कुकुरमुत्‍तेलाई संगालेर सुखाउंछन त्यसैको तरकारी बनार खान्छन्। कहिलेकाहिं यस्तो पनि हुन्छ कुकुरमुत्‍ते बिषालु हुन्छ । सात्यहाँ भएर जाँदा बिषालु हुन्छत्यो कुकुरमुत्‍ता बिषालु भैसकेकोथियो जसलाई सुकरभद्दव पनि भनिन्छ सुंगुर चर्ने ठाउंमा उम्रेको थियो ।