Thursday, June 20, 2013

कर्मबिपाक प्रतिफल बौद्ध कथाहरु



चक्खुपाल सथविर की कथा कर्मविपाक प्रतफलको बारेमा
 श्रावस्तीको जेतवन महाविहारमा चक्खुपाल नामक एक दृष्टीबिहन अर्हत भिक्षु थियो।बिहान घुमफिर गर्दा पाईतला मुनी च्यापिएर थुप्रै कमीलाहरु मर्थ्यो । एक दिन केहि भिक्षुहरुले यो कुरा  भगवान्लाई भने। भगवान्ले भन्नुभयो  -भिक्षुहरु ! चक्खुपाल अर्हत भिक्षुहो, अर्हतलाई जीवहिंसा गर्ने चेतना हुंदैन।तब ति भिक्षुहरुले भगवान् सित सोधे -भन्ते! अर्हत्वको प्राप्ति गर्नको लागि पूर्वजन्ममा पुण्य गरेर पनि चक्खुपाल किन दृष्टिबिहिन भए त ?” भगवान्ले भन्नुभयो  - चक्खुपालले आफ्नो पूर्वजन्ममा एकपटक वैद्य भएर अकुशल विचारले एक महिलाको आँखा फोडिदिएकाथिए, त्यो पाप कर्म तब देखि चक्खुपालको पछि पछि आईरह्यो,जस्ले समय पाएर यस जन्ममा आफ्नो फल दिएको हो ।जसरी गाडामा भउको गोरुको खुट्टाको पछि पछि चक्का आउँछ, त्यस्तै नै व्यक्तिले गरेको पाप कर्म आफ्नो फल दिने समय सम्म त्यसको पछि आईरहन्छ ।
मन सबै प्रवृतिहरुको अगुआ हो, मन त्यसको प्रधान हो, ति मन बाट नै उत्पन्न हुन्छ । यदि कोहि दूषित मनबाट वचन बोल्छ या पापगर्छ भने, तब दुःख उसको अनुसरण  त्यसै प्रकार गर्छ,जसरी  चक्का गाडी तान्ने गोरुको खुट्टाको पछिलाग्छ । 
                                                                                                                                           
=====================================================================
एक दिन एक कृषक भगवान बुद्धको अगाडी आएर भन्यो, ‘प्रभु, म त एक साधारण किसान हूँ। बीउ रोपेर, हलो चलाएर अन्न उव्जाउँछु र तब त्यसलाई ग्रहणगर्छु । तर मेरो मनलाई आनन्द हुंदैन । मैले केहि यस्तो गर्न चाहन्छु जस्ले मेरो खेतमा अमरत्वको फल उव्जोस । तपाईं मलाई मार्गदर्शन दिनुहोस जस्ले मेरो खेतमा अमरत्वको फल उत्पन्न हुन थालोस ।कुरा सुनेर भगवान बुद्ध मुस्कराएर भन्नुभयो, ‘भलो मान्छे, तिमीलाई अमरत्वको फल त अवश्य पाउन सक्छौ तर यस्को लागि तिमीले खेतमा बीउ रोपेर नभै आफ्नो मनमा बीउ रोप्नुपर्छ ।यो सुनेर किसान अचम् भयो र भन्यो, ‘प्रभु, तपाईंले के भन्दै हुनुहुन्छ? मनको बीउ रोपेर पनि फल प्राप्त हुनसक्छ।भगवान बुद्ध ले भन्नुभयो, ‘अवश्य हुन सक्छ र यि बीउहरुले तिमीलाई जुन फल प्राप्त हुन्छ ति साँच्चै साधारण न भएर अद्भुत हुन्छ जो तिम्रो जीवनलाई पनि सफल बनाउँछ र तिमीलाई राम्रो बाटो पनि देखाउँछ।किसानले भन्यो , ‘प्रभु, तब त मलाई अवश्य भन्नुहोस कि मैंले मनमा बीउ कसरी रोपुं?’ बुद्ध ले भन्नुभयो, ‘तिमी मनमा विश्वासको बीउ रोप, विवेकको हलो चलाउ, ज्ञानको जलले त्यसलाई सिंचाई गर र त्यसमा नम्रताको मल हाल । यसले तिमीलाई अमरत्वको फल प्राप्त हुन्छ । त्यसलाई खाएर तिम्रो सारा दु:ख टाढा हुन्छ र तिमीलाई असीम शान्को अनुभव हुन्छ ।बुद्धबाट अमरत्व को फलको प्राप्तिको कुरा सुनेर किसानको आंखां खुल्यो। यस्ले बुझ्यो कि अमरत्वको फल सद्विचारहरुको बाट नै प्राप्त गर्न सकिन्छ ।
=========================================================================
प्रयास एक बोध कथा
एक किसान थियो. उ एक ठूलो खेतमा खेती गर्थ्यो । त्यस खेतको बिचमा ढुङ्गा माथि अलिकति निस्केको थियो जस्मा ठोकिएर उ कतिपटक लोटेकोछ र कैयौं पटक हलो त्यहीं ठोकिएर भाँचेको पनिछ । दिनकै जस्तै आज पनि बिहानै बिहान खेती गर्न पुगे जो बर्षौ देखि हुन्थ्यो त्यहि भयो ढुङ्गामा ठोकीयो र हलो भाँचीयो । किसान त रीसायो र उसले मनै मन
 सोच्यो कि आज जे होस यो ढुङ्गाको चट्टानलाई भुईंबाट खनेर निकालेर यस खेतको बाहिर
फालीदिन्छु । उ त्तकालै गाउँ तिर गयो र ४।५ जना साथीहरु बोलाएर ल्यायो र त्यस ढुङ्गाको नजिक पुग्यो र भन्यो साथीहरु यो हेर भुईंमा भएको यो ढुङ्गा यस्ले मेरो धेरै हानी नोक्सानी गरिसक्यो आज सबै मिलेर यसलाई तलै बाट निकालेर खेतको बाहिर फालिदिनुछ.र फरुवा चलाएर ढुङ्गा निकाल्न खन्न थाल्यो र भुईंबाट ढुङ्गा निस्कयो त्यहाँ अरु अचम्म मानेर हाँस्दै सोध्यो,”किन हो, तिमीले त भनथ्यौ नि खेतको बिचमा ढुङ्गाको ठूलो चट्टान छ तर यो त स्यानै ढुङ्गा पो रैछ त
किसान  पनि अचम्म पर्यो बर्षौं देखि उ एक ठुलै ढुङ्गाको चट्टान सम्झिरहेको थियो वास्तवमा एक स्यानो ढुङ्गा रहेछ !! उस्लाई पछुतो भयो कि त्यसलाई पहिलै देखि निकाल्ने कोशिश गरेको भए यति नोक्सान त हुने थिएन नि न त साथीहरुले दुख पाउंथ्यो न गिज्याउँथ्यो ।
 
साथीहरु यस किसान जस्तै हामी पनि जिन्दगिमा स्यानो तिनो बाधालाई पनि ठुलै ठान्छौं त्यसलाई समाधान गर्नुको साट दुःख पाउँछौ । आवश्यक त यसकुराको छ कि समय खेरो नफालेर ति समस्याहरु सित जुझ्नुपर्छ र जब हामी यस्तो गर्छौं थोरै समयमा नै त्यो ठुलो ढुङ्गाको चट्टान जस्तो देखिन समस्या एक स्यानो ढुङ्गाको जस्तै हुन्छ र सजिलै सित एक दुई फरुवा चलाएर ढुङ्गा निकाले जस्तै समस्याको समाधार भएर अघि बढन सक्छौं ।

  श्रावस्तीमा अकाल
एक पटक श्रावस्तीमा भयंकर अकाल पर्यो । कति मान्छे खानै नपाई भोकले तड़पेर मरे। सबै भन्दा चिन्ताजनक स्थिति ति महिलाहरुमा थियो जस्को बाखमा दुध पिउने थिए र तिनका घरको पुरुष कालको अवस्थामा पुगिसकेकाथिए। भगवानबुद्धले थाहापाउनु भएपछि चिंतित भए। उन्ले तत्काल धनीमान्छेहरुलाई बोलाएर एक सभा राखे र भने, ‘तपाईहरुले यि आमाहरु यिनको बच्चाहरुको  रक्षा गर्नुहोस।त्यहाँ उपस्थितहरु बोले, ‘हामीसित अन्न त छ तर उकै बर्षमा सिद्धीन्छ । यसमा हामीले अरुलाई अन्न दिए हाम्रो परिवार भोकै मरिहाल्छ । अरुको घरमा दीयो बाल्नु तब मात्रै राम्रो होला जब आफ्नो घरमा दीयो जलेको होस।यसमा बुद्ध गम्भीर भएर भन्नुभयो, ‘तपाईंहरु आफ्नो स्वार्थबाट माथि उठ्न सक्नुभएकोछैन । के तपाईंहरुलाई विश्वास छ कि तपाईंको परिवारको सदस्यको मृत्यु केवल अन्न नपाएर नै हुन सक्छ ?  के अन्य रोग या दुर्घटनाबाट बचिरहन सक्छन ? के तपाईंहरु यस कुरामा राम्रै आश्वस्त हुनुहुन्छ कि एक सालमा यि पीड़ित व्यक्तिहरुको अतिरिक्त कालले केहि गर्दैन ? तपाईलाई भविष्यको बारेमा सबै कसरी थाहाछ ?’यो सुनेर सबैले शीर झुकाए । यसपछि भगवान बुद्धले भन्नुभयो, ‘भाइहरु, आपतअवस्थामा मिलेर नै समाधान हुनसक्छ । यदि आज तपाई यिनिहरु सित मिलेर सहायता गरे, त अकालजस्तो यस विपत्तिबाट मुक्ति सम्भव छ । तर यदि तपाईं यिनिहरुको सहयोग गर्नुहन्न भने जीवन भरी कोहि तपाईलाई सहयोग गर्ने हुँदैनन । सम्झनुस, विपत्तिमा भएकाहरुको सहयोग गर्नु नै सबै भन्दा ठूलो धर्म हो।यो कुरा सुनेर श्रावस्तीका सबै साहु महाजनर व्यापारिहरुले आफ्नो अन्नको भण्डार खोलीदिए । ति स्वयम्ले भोकाहरुलाई अन्न बाँडन थाले । केहि समय पछि सबैजना को प्रसबाट अकाल जस्तो विपत्तिमा विजय पाए र सबै सुखपूर्वक रहन थाले ।
==================================================================================
बहुम्पि चे संहित [सहितं (सी॰ स्या॰ कं॰ पी॰)] भासमानो, न तक्‍करो होति नरो पमत्तो।
गोपोव गावो गणयं परेसं, न भागवा सामञ्‍ञस्स होति॥
धर्म ग्रन्थको कोहि जति नै पाठ गरोस ,तर प्रमादको कारण मनुष्य यदि तिन धर्म्ग्रथहरुको अनुसार आचरण गर्दैन भने अरुको गाई गिन्ने गोठालो जस्तै श्रमत्वको भागी हुंदैन ।
धम्मपद १९
एक समय भगवान बुद्ध श्रावस्तीमा मिगारमाताको पुष्वाराममा विहार गर्नुहुन्थ्यो । धम्म सिक्न र सुन्नेको लागि मोग्गालन नामक ब्राहमण लेखाकार पनि प्रायः आईरहन्थ्यो । एक दिन उ चाँडे आए र भगवानलाई एक्लै देखेर उस्को मनमा प्रायः यो एक प्रश्न उठिरहन्थ्यो कि भगवानको साथमा जो मान्छेहरु आउँछन ति मध्य त केहि परम ज्ञान पाएका देखिन्छन तर केहि जो भगवानको नजिक भएर पनि यस सुखलाई प्राप्त गर्न सकेको देखिंदैन । त भगवन , तपाई जस्तो अद्भुद शिक्षक र पथपदर्शक भएर पनि केहिलाई निर्वाण सुख प्राप्त हुन् छ अवश्य र केहिलाई हुंदैन किन ? त भगवन , तपाईं करुणाबाट नै सबैलाई निर्वाण सुख दिएर भवसागरबाट मुक्ति किन प्रदान गरिदिनुहुंदैन
भगवान बुद्धले मोग्गालन सित सोध्नुभयो , ” ब्राहमण ! , म तिमीलाई यस प्रश्नको उत्तर दिन्छु, तर पहिला तिमीलाई जस्तो लाग्छ यस्को उत्तर देउ मैले सोध्छु । ब्राहमण ! , “यो भन कि तिमी त यहाँको मान्छे जस्तो त लाग्दैन अनुहार हेर्दा । मोग्गालनले भन्यो हो भगवन । अनि तिमी त राजगृह आउने जाने बाटो राम्ररी थाहा होला ? “
मोग्गालनले भन्यो , ” भगवान ! हो मैले निश्चय नै राजगृह आउनेने जाने बाटो राम्री थाहा छ ।
भगवानले फेरि सोध्नुभयोजब कोहि एक मान्छे आएर  राजगृहको बाटो सोध्छ तर त्यसलाई छोडेर त्यो अर्को अलग बाटो जान्छ । पूर्व जानुपर्ने पश्चीम जान्छ । तब एकअर्को मान्छे आउँछ र त्यो पनि बाटो सोध्छ र तिमी उसलाई उस्लाई पनि ठीक ठाकले नै बाटो देखाउँछौ र त्यो पनि तिमीले भनेको बाटोमा जान्छ र सकुशल राजगृह पुग्छ ?ब्राहमणले भन्यो , ” त मैले के गरुँ मैले बाटो भनिदिने हो भनिदिए पुग्यो पुगेन मलाई के थाहा के मतलब । भगवान बुद्धले भन्नुभयो , ” त ब्राहमण ! , मैले पनि के गरु त , तथागतको काम पनि केवल मार्ग देखाउने हो नि ।

चार आर्य सत्य
१. दु:ख छ।
२. दु:खको कारण छ ।
३. दु:खको निदान छ ।
४. त्यो मार्ग हो , जस्ले दु:खको निदान हुन्छ ।
अष्टागिंक मार्ग
१. सम्यक दृष्टि ( अन्धविशवास तथा भ्रमले रहित जस्तो हो त्यस्तै देख्नु ) 
२. सम्यक संकल्प (उच्च तथा बुद्दियुक्त समर्पण ) 
३. सम्यक वचन ( नम्र , उन्मुक्त , सत्यनिष्ठ ) 
४. सम्यक कर्मान्त ( शानितपूर्ण , निष्ठापूर्ण ,पवित्र ) 
५. सम्यक आजीव (आफ्नो परिवारको भरण पोषण गर्न कुनै पनि प्राणीलाई आघात या हानि न नगरि जिविका चलाउने ) 
६. सम्यक व्यायाम ( आत्म-प्रशिक्षण एवं आत्मनिग्रह हेतु ) 
७. सम्यक स्मृति ( सक्रिय सचेत मन होस राखेर कार्य गर्ने ) 
८. सम्यक समाधि ( जीवनको यथार्थतामा गहन ध्यान ) ।
|
 - समयको अतिरिक्त कुनै पनि व्यक्ति या वास्तुलाई सर्वसमर्थ सर्व शक्तिमान इश्वरको रूपमा स्विकार नगरौं र भगवान् बुद्धलाई नै यस समय चक्रको मार्गदाता मानौं, उन्को मार्गमा हिंडौं ।
- समयलाई वंदना गर्नुहोस जस्लाई गर्न संधै बिहान बिछौनाबाट एठ्दा पहिला दुबै हातलाई गोलाई मा समय चक्र बनाउँदै निम्नलिखित प्रार्थना गर्छौं ।
 हे सर्वसमर्थ समय मैले जान्दछु र मान्छु की भ्रमंडमा सबै चल अचलको अस्तित्व केवल तपाईबाटै छ |जब न सूर्य थियो न धर्ती थियो,न कुनै धर्म,न कुनै इश्वरिये नाम नै तब पनि तपाई नै सर्व व्याप्त थियो आज पनिछ, र जब केहि नरहला तब पनि तपाईं नै हुन्छ र फेरि जीवन सर्जन गर्नुहुन्छ ।

Wednesday, June 19, 2013

त्रिरत्न वन्दना र अर्थ





बुद्ध रत्न
धर्म रत्न
संघ रत्न

बुद्ध वन्दना

नमोः तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स । ईतिपिसो भगवा अरहं सम्मा सम्बुद्धो विज्जाचरण सम्पन्नो सुगतो लोकविदू अनुत्तरो पुरट्ठदम्म सारथि सत्था देवमनुस्सान बुद्धो भगवा ति ।
ये च बुद्धा अतीता च ये बुद्धा उनिअनागाता ।
पचुपन्ना च ये बुद्धा अहं वन्दामी सब्बदा ।
नत्थी मे सरणं अञ्ञं बुद्धो मे सरण वरं ।
एतेन सच् वज्जेन होतु मे जय मङ्गलम् ।
उत्तमङ्गेन वन्देहं पादपंसु वरुत्तम तं ममं ।
बुद्ध जीवितपरियन्तं सरणं गच्छामि ।
बुद्ध वन्दनाको अर्थ


भगवान अरहत सम्यकसम्बुद्धलाई नमस्का। सबैअर्थात नमस्कार तपाईलाई भगवत्ता प्राप्त गरेका अरहत भएका सबै आफै भएकाबुद्धहरुलाई । उनी भगवान अरहं ब्रम्हादिदेव मनुष्यहरुले पुजा गर्न योग्य राग व्देषादि सम्पूर्ण शत्रुलाई दमन गरिसक्नुभएका कहिल्यै गुप्तताप नगरेका । सम्मा सम्बुद्धो= सम्पूर्ण धर्मलाई बिशेष रुपले स्वयं जानेर ग्रहण गरेका ।बिज्जाचरण सम्पन्नो=तीन विद्या आठ विद्या पन्ध्रचरणले सम्पूर्ण भएका । सुगतो= मृत्यु हुनुबाट रहित भैरहेको निर्वाण प्राप्त लोकविदू=सत्तलोक संखारलोक ओकाश लोक यि तिनै लोकलाई जानेका । अनुत्तरो पुरीस दम्म सारथि= देव मनुष्य तिर्यक र वेनेय्य प्राणीहरुलाई असदिस रुपले सभ्यहुने गरी दमन गरेका । सत्था देव मनुस्सांन=ब्रम्हादिदेव मनुष्यहरुको शास्ता गुरु बुद्धो =चतुर्यार्यलाई भिन्न गरिसत्य भिन्न भिन्न गरी छुट्याई जानेका । भगवा= छ प्रकारको भाग्य गुणले सम्पन्न हुनुहुन्छ ।
उनी सम्यकसम्बुद्धलाई नमस्कार पहिला भएका बुद्धहरु पछिहुने बुद्धहरुलाई पनि मैले संधै वन्दना गर्दछु । बुद्ध बाहेक मेरो अरु शरण छैन बुद्ध नै उत्तम शरण हो । यो सत्य वचनको प्रभावले मलाई जय मङ्गलहोस । उनको पाउको धुलोलाई पनि म श्रेष्त्तम सम्झेर शीरले वन्दना गर्दछु । यदि बुद्ध प्रति केहि अपराध गरिराखेकोभए त्यसलाई बुद्धले क्षमा गर्नुहोस ।
जीवन छउन्जेलसम्म म बुद्धको शरणमा जान्छु ।
 यहाँ शरणको अर्थ बुद्धको ज्ञान धारण गर्ने हो भनेर बुझ्नुपर्छ । अभिवादन कुनै व्यक्तिको होईन शरण पनि कुनै व्यक्तिमा होईन यहाँ गौतम बुद्ध शरणम पनि भनिएकोछैन सिद्धार्थ गौतम वा शाक्यमुनी बुद्ध शरणम पनि भनिएको छैन आफू भन्दा अगाडि भैसकेका र पछि हुने बुद्धलाई अभिवादन गरिएकोछ । वहाँ मनु
ष्य मात्रको गुरु होईन देवताहरुको पनि गुरु हुनुहुन्छ त्यसैले यस्मा रत्तिभर पनि साम्प्रदायिकता छैन यस्मा संकुचित हुनुपर्ने कुरा नै छैन ।

धर्म वन्दना
स्वाक्खातो भगवतो धम्मो सन्दिटिठको, अकालिको,
एहिपस्सिको, ओपनयिको, पच्चंत्तं वेदितब्बो विञ्ञू ही ति ।
नमो तस्स निय्यानिकस्स धम्मस्स ।
ये च धम्मा अतीता च, येच धम्मा अनागता ।
पच्चुपन्ना च ये धम्मा, अहं वन्दामि सब्बदा ।
नत्थि मे सरणं अञ्ञं धम्मो मे सरणं वरं ।
एतेन सच्च वज्जेन, होतु मे जयमङ्गलं ।
उत्तमङ्गेन वन्देह, धम्मञ्च दुविधं वरं ।
धम्मे यो खलितो दोसो, धम्मो खमतु तं मम ।
धम्म जीवीत परियन्तं सरणं गच्छामि ।
धर्म वन्दनाको अर्थः

उनी भगवान बुद्धको देशना गर्नुभएको धर्म स्वाक्खातो=आदि मध्य अन्त सम्म कल्याण हुने रुपले देशना गर्नुभएकोछ । सन्दिटिठको = यहाको यही नै फःल दिने अथवा आर्यपुद्गलहरुले आफैले सात्क्षात्कार गर्न योग्य भएको । अकालिको,=समय नबित्दै फःल प्राप्त हुने । एहिपस्सिको,= आएर हेर भनिकन बोलाई देखाउन योग्य भएको । ओपनयिको=बार्यहरुलाई निब्बाण सम्म पुर्याईदिने । पच्चंत्तं वेदितब्बो विञ्ञू ही ति ।=विव्दानहरुले अलग अलग छुट्याई आफैले अनुभव गरेर जान्न बुझ्न सक्ने भएको हो ।
त्यस्ता निर्वाणमा पुर्याउने धर्मलाई नमस्कार ।
पहिले भएको धर्मलाई पछि हुने धर्मलाई र अहिले भईरहेको धर्मलाई सदैव वन्दना गर्दछु । धर्म बाहेक अरु मेरो सरण छैन धर्म नै मेरो उत्तम सरण हो यो सत्य वचनको प्रभावले मलाई जयमङ्गल होस ।
लौकिक र लोकोत्तर रुपले दुई प्रकारले पनि उत्तम भउको धर्मलाई म शीरले वन्दना गर्दछु । यदि धर्म प्रति केही अपराध गरी राखेकोभए त्यसलाई धर्मले क्षमा गर्नुहोस ।
जीवन छउन्जेल म धर्मको शरणमा जान्छु ।
अब यहाँ गहीरो रुपले विचार गर्नुपर्ने कुरा साम्प्रदायिकरुपले बुद्धधर्मलाई वन्दना भनिएकोछैन शुद्ध धर्मलाई जो पहिले देखि थियो अहिलेछ र पछि हुनेलाई भनिएकोछ । आफैले अभ्यास गरेर हेर भनिएकोछ । यहाँ गौतम बुद्धको धर्म वा सिद्धार्थ शाक्यको धर्मलाई वन्दना भनिएकोछैन कुनै व्यक्तिलाई वन्दना भनिएकोछैन । प्रकृतिमा भएको वास्तविकता नै धर्म भन्ने स्पष्टछ ।
संघको वन्दनाको अर्थ
सुपटिपन्नो भगवतो सावक संघो, उजुपटिपन्नो भगवतो सावकसंघो, ञायपटिपन्नो भगवतो सावकसंघो, सामिचिपटिपन्नो भगवतो सावकसंघो , यदिदं चत्तारि पुरिसयुगानि अट्ठपुरिसपुग्गला एस भगवतो सावकसंघो आहुनेय्यो पाहुणेय्यो दक्खिणेय्यो अञ्लिकरणीयो अनुत्तरं पुञ्ञक्खेत्तं लोकस्सा ति ।
नमो तस्स अट्डारियपुंग्गल महांघस्स ।
ये च संघा अतीता च ये च संघा अनागता ।
पच्चुपन्ना च ये संघा, अहं वन्दामि सब्बदा ।
नत्थि मे सरणं अञ्ञं, संघो मे सरणं वरं ।
एतेन सच्च वज्जेन होतु मे जय मङ्गलम् ।
उत्तमङ्गेन वन्देह, संघञ्च तिविधुज्ञमं ।
संघे यो खलितो दोसो, संघो खमतु तं मम ।
संघ जीवित परियन्तं सरणं गच्छामि ।
उनी भगवान बुद्धका श्रावक संघहरु सुपटिपन्नो= जस्तो उपदेश गर्नुभएकोहो त्यस्तै आचरण गर्नुहुने । उजुपटिपन्नो सोझो आचरण गर्नुहुने । ञायपटिपन्नो= निर्वाणको हेतुले आचरण गर्नुहुने । सामिचिपटिपन्नो= आदर सत्कार गर्न योग्य हुने रुपले आचरण गर्नुहुने । यस्ता मार्ग चार र फःल चारका हिसाबले जुन चार जोडा उत्तम पुरुषहरुहुनुहुन्छ वहाँहरु एक एकको हिसाबले आठजना पुद्गलहरु हुनुहुन्छ वहाहरु आहुनेय्यो= आह्वान गर्न योग्य हुनुहुन्छ । पाहुणेय्यो=पाहुना सत्कार गर्न योग्य हुनुहुन्छ ।। दक्खिणेय्यो= निर्वाणसम्मको विश्वास राखी दिएको दानलाई ग्रहण गर्न योग्य हुनुहुन्छ । अनजलिकरणीयो= उत्तम फलदिने आशाले हात बिन्ति गर्न योग्य हुनुहुन्छ ।अनुत्तरं पुञ्ञक्खेत्तं लोकस्सा= ब्रम्हा देव मनुष्य तीनै लोकको बेजोड भएको पुण्यरुपी बिउ रोप्न अति उत्तम खेत समान हुनुहुन्छ ।
यस्ता आठ पुद्गल महासंघहरुलाई नमस्कार । पहिले हुनुभएका संघहरु पछिहुने संघहरु र अहिले हुनुभएका संघहरुलाई पनि म संधै वन्दना गर्दछु ।
संघ बाहेक अरु मेरो सरण छैन संघनै उत्तम शरण हो । यो सत्य वचनको प्रभावले मलाई जय मङ्गलहोस ।
तीन प्रकारले उत्तमसंघहरुलाई म शीरले वन्दना गर्छु यदि संघ प्रति कुनै अपराध गरी राखेकोभए त्यसलाई संघले क्षमा गर्नुहोस ।
जीवन छउन्जेल म संघको शरणमा जान्छु ।
ल विचार गरौं कस्तोलाई संघ भनियो कस्तोको सरओमा जानलाई प्रतिज्ञा गरीयो ।
यहि हो बुद्धको शरण धर्मको शरण र संघको शरण ।