Sunday, September 15, 2013

अत्त दीपो भव



अत्त दिपो भव ! अत्त व्दीपो भव!
बौद्ध दर्शनमा एक सूत्र वाक्य छ अत्त दीपो भव र अर्को अत्त व्दीपो भव म यो शव्दमा व्दिबिधामा भैरहन्थें विपश्यनाको महासतिपठानको ८ दिनको अभ्यास गर्ने मौका पाएपछि बल्ल बुझें । दीप र व्दीपको भिन्नता
 अर्थात आफ्नो प्रकाश स्वयं बन आफ्नो व्दीप स्वयं बन । शाक्यमुनी बुद्धको उपदेशको अर्थ यो हो कि अरु कसैको आसा गर्नु भन्दा आफै प्रकाश र आफै सागरको व्दिप बन्नु। आफै त प्रकाशित हुनु र आसाको व्दिप बन्नु,  अरुको लागि पनि एक प्रकाश स्तम्भ झैं जगमगाउंदै रहनु अनि सागरमा आपतकालिनहरुको लागि व्दिप बन्नु।
शाक्यमुनी बुद्धले आफ्नो शिष्य आनन्द सित उस्ले यो प्रश्न सोध्दा जब सत्यको मार्ग देख्नको लागि तपाईं या तपाईंको जस्तो कुनै पृथ्वीमा छैन तब मैले कसरी आफ्नो जीवनलाई दिशा दिन सकूंला तब भगवान बुद्धले यो उत्तर दिनुभएकोथियो - "अत्त दीपो भव" अर्थात आफै दीयो बन कोहि पनि कसैको मार्गको लागि सँधै मार्ग प्रशस्त गर्न सक्तैन केवल आत्मज्ञान र अन्तरात्माको प्रकाश बाट नै हामी सत्यको मार्गमा अघि बढ़न सक्छौं।
भगवान बुद्धले भन्नुभयो कि, तिमीले मलाई आफ्नो टेक्ने लौरो नबनाउ । तिमी यदि खुट्टा टेक्न नसक्ने छौ, र मेरो सहारा लिएर हिंडछौ भने कति टाढा सम्म हिंडौला ?गन्तब्य सम्म पुग्न सक्छौ र । आज पो म तिम्रो साथमा छु, भोली म साथ नहुँला, अनि तिमि त आफ्नै भरमा हिंड्नुपर्छ । मेरो प्रकाशको सहाराले न हिंड, किनकि थोरै समय साथ साथै भएँ अँध्यारोमा । तिमी मेरो प्रकाशले थोरै समय प्रकाशित हुन्छौ; अनि फेरि हाम्रो बाटो फरक हुन्छ । मेरो प्रकाश मेरो साथमा हुन्छ, तिमी अँध्यारोको साथमा हुन्छौ । आफ्नो प्रकाश आफै उत्पादन गर। अत्त दीपो भव !
- अत्त दीपो भव :
जस्ले देख्यो, उस्ले जान्यो ।
जस्ले जान्यो, उस्ले पायो
जस्ले पायो, उ बदलीयो,
यदि बदलिएन भने बुझ्नु कि
उस्ले जान्नमा कुनै गल्ति गर्यो ।
संसार भरीको इतिहाँसमा बुद्ध एक मात्र यस्तो धम्म प्रचारक हुनुहुन्छ जो व्यक्तिलाई तर्क र विज्ञानको विपरीत कुनै कुरामा पनि विश्वास विश्वास नगर्न भन्नुभएकोछ | भगवान बुद्ध भन्नुहुन्छ , जस्लाई ईश्वर भनिन्छ उ सित मेरो कुनै लिनु -दिनु (सम्बन्ध ) छैन ? कुनै कुरालाई केवल यसकारण स्विकार नगर किनकि मैले भनेकोहुँ I प्रत्येक कुरा आफ्नो तर्कबुद्धिले परिक्षण गरेर हेर , अन्यथा तिमी तर्कशक्ति भएको मान्छे होईन | बुद्ध को जस्तो स्वतन्त्रता कुनै अन्य धर्मले दिएको छैन भनेमा अत्युक्ति नहोला | बुद्धले स्वयमलाई मार्ग दर्शक भन्नुभएकोछ र कहिल्यै   पनि विशेष उपाधी दिएकोछैन | बुद्ध धम्ममा बिशेष गरि नैतिकतामा बल दिनुभएकोछ ।
कूटदंत सुत्तमा बुद्धले शासकहरुलाई शिक्षा दिनुभयो कि नवयुवकहरुको लागि रोजगार को साधन खोजियोस, उनलाई रोजगार योग्य शिक्षा दिईयोस, स्यना व्यापारिहरुलाई न्यूनदरमा पूँजी दिइयोस, किसानहरुलाई राम्रो र उन्नत  बीउ, उर्वरा र सिंचाईको साधनहरुको व्यवस्था गरीयोस । उनका उत्पादनहरु उचित मूल्य दिइयोस । यस प्रकार यदि गरीबी र बेरोजगारी समाधान गरीयोभने कसैले हिंसा गर्दैन, चोरी र बेईमानी गर्दैनन, कानून-व्यवस्था राम्रो हुन्छ । सबैलाई समुचित विकासको अवसर हुने र देश समृद्ध हुन्छ । कसैलाई सोझै भोजन दिनाले उसको पेट त केहि समयलाई हुन्छ  तर तिनलाई आत्मनिर्भर बनाउनाले न केवल स्वयम्का पेट भर्ला बरु पुरै देशको भलो गर्छ |
बुद्धले भन्नुभएकोछ : 'दुई अतिहरुबाट बच्नुपर्छ । एक हो काम भोगमा लिप्त हुने इच्छा, जो कमजोर बनाउने काम हो । दोश्रो हो स्वयमलाईई पिड़ा दिने प्रवृत्ति, जो दुखद र ब्यर्थ छ । वहाँले भन्नुभएकोछ, हाम्रो मन र शरीर संधै बाहीरी घटनाहरुबाट प्रतिक्रिया गर्छ । अचेतन मन निरन्तर राग-व्देष जगाउँछ र त्यस्तै  नै संस्कार पनि बनाउँदै गर्छ । यि संस्कार तीन प्रकारको बन्छ : पहीलो प्रकारको संस्कार पानीमा लेखीएको धर्कौ समान हुन्छ । ति तत्कालै मेटीन्छ । दोश्रो प्रकारको संस्कार भुईं अथवा बालुवामा लेखिएको जस्तै हुन्छ, जो मेटाउन अलि समय लाग्छ। तेश्रो किसिमको संस्कार ढुङ्गामा लेखिएको वा कुँदीएको जस्तो हुन्छ जो अंतर्मनको गहराइ सम्म छाप हुनछ र जस्लाई समाप्त हुन धेरै लामो समय लाग्छ । अज्ञानको कारण हामी यि प्रति बज्ञानतामै लिप्त जन्माउँछौं र मन त्यसैमा भौंतारिरहन्छ ।
बुद्धले भन्नुभयो, सारा दुःख हाम्रो यो साढेतीन हातको शरीर र चित्तमा भैरहेकोछ । सबै परिवर्तनशील छ, केहि पनि  नित्य अर्थात स्थायी भन्ने छैन । जीवनको अनित्यता दुःखको कारण हो। दुःख केवल बिमारी, बुढ़्यौली या मृत्यु सित मात्रै होईन, बरु दिन-प्रतिदिनको विफलताहरु, कुण्ठाहरु र अभावबाट पनि उत्पन्न भैरहेको हुन्छ । वहाँले चारआर्य सत्य र आठ आष्टांगिक मार्ग बताउनुभयो जस्को मार्गमा जाँदा जो भएपनि मान्छे बुद्धत्व प्राप्त गर्न सक्छ । बुद्धत्वको मार्ग सबैको लागि खुल्ला छ । हरेक मान्छेको भित्र बुद्धत्वको अंकुर विद्यमान हुन्छ । शाक्यमुनी बुद्धले आफ्नो गुरु स्वयं बनेर आफ्नो मार्ग खोज्नुभयो ।
सनदर्भ सामग्रि...समयबुद्धा बौद्ध धम्ममार बौद्ध दार्शनिक एव गुरु समयबुद्धाको धम्म देशना "बौद्ध धम्मको शिक्षा" को एक भाग बाट
जीवनकुमार शाक्य


Sunday, August 25, 2013

बौद्ध/बहुजन सम्राट अशोक महान र बौद्ध धम्म



संसारको इतिहासमा भारतका सम्राट अशोक यसकारण प्रशिद्ध छन कि उनले निरन्तर मानवको नैतिक उन्नतिको लागि प्रयास गरे। जुन सिद्धान्तहरुको पालनले यो नैतिक उत्थान सम्भव थियो, सम्राट अशोकको लेखहरुमा त्यसलाई 'धम्म' भनिएकोछ । अर्को तथा सातौं स्तम्भ-लेखहरुमा  अशोकले धम्मको व्याख्या यस प्रकार गरेकाछन्, "धम्म हो साधुता, धेरै नै कल्याणकारी असल काम गर्नु, पापरहित हुनु, मृदुता, अरुप्रति व्यवहारमा मधुरता, दया-दान तथा शुचिता।" अगाडी भनेकाछन कि, "प्राणिहरुको हत्या नगर्नु, जीवहिंसा नगर्नु, आमा बुवा तथा ठूलाबडाको आज्ञा मान्नु, गुरुजनहरु प्रति आदर, मित्र, परिचितहरु, सम्बन्धिहरु, ब्राह्मण तथा श्रवणहरु प्रति दानशीलता तथा उचित व्यवहार र दास तथा भृत्यहरु प्रति उचित व्यवहार।"
·         ब्रह्मगिरि शिलालेखमा यि गुणहरुको अतिरिक्त शिष्य व्दारा गुरुको आदर पनि धम्मको अन्तर्गत मानिन्छ । अशोकको अनुसार यो पुरानो परम्परा हो ।
·         तेश्रो शिलालेखमा अशोकले अल्प व्यय तथा अल्प संग्रहको पनि धम्म मानेकाछन । अशोकले न केवल धम्मको व्याख्या गरेकाछन, बरु उन्ले धम्मको प्रगतिमा बाधक पापको पनि व्याख्या गरेकाछन - चण्डता, निष्ठुरता, क्रोध, मान र ईर्ष्या पापको लक्षण हो। प्रत्येक व्यक्तिलाई यसबाट बच्नुपर्छ ।
·         अशोकले नित्य आत्म-परीक्षणमा जोडदिएकाछन । मनुष्य जहिलेपनि आफू व्दारा गरेको असल कामलाई नै हेर्छ, यो कहिलै देख्दैन कि मैले के पाप गरें । व्यक्तिलाई हेर्नुपर्छ कि यि मनोवेग - चण्डता, निष्ठुरता, क्रोध, ईर्ष्या, मानव्यक्तिलाई पाप तिर नलैजावस र त्यसलाई भ्रष्ट नगरोस ।

Thursday, August 15, 2013

भिक्षु कुमार काश्यपलाई देवताको सल्लाह





एकपटक भिक्षु कुमार काश्यप अन्धवनमा थिए । एकरात एकजना देवता प्रकटभए र भिक्षुलाई ब्राम्हण र शिष्य बिचको वार्तालाप सुनाए । एक धमीराको गोलोलाई देखाएर शिष्यले आफ्नो गुरु ब्रम्हालाई भने भन्ते यो धमीराको गोलोबाट राती धुवांको मुश्लो निस्कन्छ र दिउंसो दनदनी आगो बल्छ ।
अनि ब्राम्हणले जवाफ दिए सुमेध ! ज्वावलले खन्दै जाउ । शिष्यले खन्दै गए । पहिला चुकुल भेट्यो । अनि त्यसपछि भ्याकुता, त्यसपछि क्रमैसंग दुईबाटो, चालनी, कछुवा, एक चुपी र अचानो, त्यसपछि एक नाग भेट्यो । गुरुले भने खन्दा भेटीएका जतिलाई पन्छाएर नागलाई नमस्कार गर्नु भने ।
यो वार्तालापको गम्भीर अर्थ सम्यक सम्बुद्ध एकजना बाहेक अरु कसैलाई थाहा हुंदैन । त्यस कारण भिक्षु ! सम्यक सम्बुद्ध कहाँ गएर यस्को अर्थ सुन्नु र त्यसै अनुसार गर्नु । यति भनेर देवता बिलाए भिक्षु बुद्ध कहाँ गएर सबै सुनाए अनि बुद्धले सम्झाएः
१ धमीराको गोलो भनेको मातापिताको संयोगले उत्पन्न महाभूत आहारबाट बनेको नाशवान भएको मानव शरीरहो ।
२ दिउंसोको काम काम राती गर्छ धुवाँको मुश्लो भनेको यहि हो।
३ दिउंसोको काम काम राती गर्छ दिउसो आगो बल्छ भनेको यहि हो ।
४ ब्राम्हण भनेको भगवान अर्हत सम्यक सम्बुद्ध हो । त्यसै गरि सुमेध भनेको शैक्ष भिक्षु । ज्वाल भनेको आर्य प्रज्ञाहो ।खन्ने भनेको वीर्य पराक्रमहो । चुकुल भनेको अविद्या हो । भ्यागुता भनेको क्रोध हो । दुई बाटो दोधार शंका हो । चालनी भनेको पञ्चनिवरण अर्थात छान्ने हो । कछुवा भनेको पञ्च उपादान स्कनध हो । चुपी र अचानो भनेको पाँच काम गुण हो । मासुको डल्लो भनेको नन्दी राग हो र नाग भनेको क्षीणश्रव भिक्षु हो । भगवानको यति कुरा सुनेर भिक्षु प्रशन्न भइ अभिनन्दन गरेर गए ।
सन्दर्भ सामग्रीःमज्झीम निकाय ओपम्म वर्ग वम्मिक सुतं को बोधो बज्र बज्राचार्य व्दारा लिखित भगवान बुद्ध र देवब्रम्हाहरु

बुद्धकालिन महत्वपूर्ण घटनाहरु




हात्तीको सेवा
हात्तीको जस्तो पशुले भगवान बुद्धको अनुपम सेवा गरेर पुण्य आर्जन गरेको एक आश्चर्यजनक घटना छ ।
त्यस बखत भगवान श्रावस्तिकव जेतवन बिहारमा बसिरहनुभएकोथियो । एकपटक घासिताराम बिहारमा भिक्षुहरु आपसमा झगडा भयो भगवानले मिलाउन खोज्दा पनि तिनिहरु मिलेनन् । भगवान तीन महिनाको लागि एकान्तवासको लागि पारिलेय्यक नजिकको बनमा जानुभयो । त्यहाँ एउटा हात्तीले भगवानको सेवा टहल गरे ठाउंको सरसफाई गर्ने पानी छर्किने तथा भोजनको लागि फलफूलको व्यवस्था गर्ने भिक्षाटनमा जाँदा बिभिन्न स्थानमा आवश्यक सेवा गर्यो ।
भिक्षुहरु भगवानको दर्शन सेवा गर्न नपाएकोमा गृहस्थहरुले भिक्षुहरुलाई भोजनदान दिन छाडेकाथिए । भिक्षुहरुलाई पनि आपत पर्यो आआफ्नो भूल स्विकार गरेर मिलेर बस्न थाले । गृहस्त दाताहरु र भिक्षुहरुको आग्रह स्विकार गरी आनन्द स्थवीर पाँचसय भिक्षुहरु सहित भगवानलाई बोलाउन पारिलेय्यक बन गए । आनन्दको कुरा सुनि हात्तीलाई बनमै छोडेर भगवान जानुभयो। हात्तीले भगवान सितको बिछोड सहन नसकेर मृत्यु भयो । भगवानको अनुपम सेवा ले गर्दा त्रायश्त्रिंशत् देवलोकमा जन्मन पुग्यो अनि तिनको नाम पारिय्यलक देवपुत्र रहनगयो ।

बाँदरको दान सेवा
 भगवान पारिय्यलेकमा बास बसिरहनुभएकोबखतमा हात्तीले भगवानको सेवा गरिरहेको देखेर बाँदर जस्तो चञ्चलको मनमा पनि भगवानको सेवा  गर्ने भावना जाग्यो र भगवानलाई मद्यरीको महको चाका ल्याएर चढाए । भगवानले चाकामा माहुरीको फूल देखेर भुईंमा राख्नुभयो । बाँदरले त्यो देखेर भगवानले किन मह खानुभएन भनेर चाकाहेर्यो मौरीको फुल झिकेर फेरि चढाए भगवानले खानुभयो । यो देखेर बाँदर खुशिले प्रफुल्ल भएर हांगाबाट हाँगा यताउति  उफ्रिंदा हाँगाबाट खसेर मर्छ । भगवान प्रति चित्त प्रशन्न भएको प्रतापले तत्कालै त्रायश्त्रिंशत् लोकमा जन्म भयो । बाँदरको कूशल कर्मले उद्दार भयो ।

कन्थक घोडाको सदगति

भगवान बुद्ध राजकुमार सिद्धार्थ हुंदा राजकुमारको घोडा कन्थक घोडाको पनि त्यहि दिन जन्म भएको थियो । राजकुमार सिद्धार्थले राजमहल सुखसुयल छोडेर अनुत्तर सम्यकसम्बोधीको खवजीको लागि गृहत्याग गर्नेबेला सँधै राजकुमारलाई देख्दा हिनहिनाउने कन्थक घोडा कुनै आवाज नगरि राजकुमारलाई कपिलवस्तु पार गरेकोथियो साथै सारथी छन्दक पनि सेवामा पछिपछि गएको थियो । कन्थक घोडाले राजकुमार सिद्धार्थ प्रति अतिनै स्नेह थियो । गृहत्याग गर्दा सिद्धार्थले घोडाको पिठ्यूँमा बसेर भनेकाथिए हे! सौम्य मलाई लैजाउ उत्तम सम्बोधि प्राप्त गरि मैले लोकबासीहरुलाई पार तार्नेछु । कन्थकले सिद्धार्थको यो महान बाणी सुनेर निकै प्रशन्न भएकोथियो । राजकुमारले घर फर्केर जाउ भनेर पिठ थपथपाएकाथिए । राजकुमार सित बिछोडले पिडाले उस्को मृत्युभयो र त्रायश्त्रिंशत देवलोकमा अति प्रभावशाली देवपुत्र भएर जन्मयो उस्को नामपनि कन्थक देवपुत्रनै थियो ।
आफ्ना सुगतिको लागि शास्ता प्रति कृतज्ञ भएको कन्थकदेवपुत्र एकपटक बुद्धकहाँ गएर को उपदेश सुनी स्रोतापन्न भएकोथियो । अनि बुद्धलाई वन्दना गरी देवलोकमै फर्केर गएकोथियो ।