Friday, November 8, 2013

सद्धर्म लंकावतार सुत्रम्



  पं दिव्यबज्र बज्राचार्य
                                 नेपाली अनुवाद जीवनकुमार शाक्य

अनि राक्षसाधिपति रावण सकल परिवारको साथमा पुष्पक बिमानमा बसेर जहाँ भगवान बुद्ध बस्नु भएको थियो त्यहँ गए । बिमानबाट तल झरेर सपरिवार बुद्धलाई वन्दना गरि प्रदक्षिणा गरि बिभिन्न बाजाहरु  बजाएर बसे ।
चित्तको स्वभावको नियम नै धर्म हो सम्पूर्ण वस्तु बिधान हो । नैरात्म ज्ञानले युक्त दृष्ट रहितको क्लेश नभएको  प्रत्येक व्यक्तिहरु आआफै अनुभव गर्ने ज्ञानको उत्पत्तिलाई सूचित गर्ने धर्मलाई यहिं नायक !भगवान हजूरबाट देशना दिनुहोस ।
ह कुशल धर्म संग्ह गरेर बनेको शरीर भएका हे सुगत ! निर्माण सिद्धि व्दारा बनाएर प्रदर्शन गरी आउनुहुने शरीरै पिच्छे आफैले अनुभव गर्ने धर्मको धर्ममा लागेर आएनुभएका हे मुनी ! अहिले लंकामा जाने समय भयो ।
यो लंकामा धेरै जसो पहिलाका बुद्धहरु धेरै नै रुप धारण गरेका बुद्धपुत्रहरु आईसक्नुभएकोछ हे नाथ !  यहाँ उत्तम धर्म देशना गर्नुहोस । धेरैले रुप धारण गरेका यक्षहरुले त्यो धर्म सुन्नेछ ।
त्यसपछि लंकाधिपति रावणले तोटक छन्द व्दारा स्तुति गरेर फेरि गाथा व्दारा गीत सहित स्तुति गर्नुभयो ।
समुद्रमा गोहीहरुको घर भैरहेको अवस्थामा सागरनागराजाको भवनमा पुगेर भगवान बुद्ध किनारमा बस्नु भएकोथियो । भगवान बुद्ध पुग्ने बित्तिकै रावण अप्सरा यक्षत शुक सारण आदि अनेक पण्डितहरु सित ऋद्धिव्दारा नायक भगवान बुद्ध बस्नुभएको ठाउँमा पुष्पक बिमान बाट तल झरेर अलिकता पैदल जानुभै पुज्यनीय तथागतलाई वन्दना गरी रावणले आफ्नो परिचय दिए म दश टाउको भएको रावण राक्षसको इन्द्र यहाँ आएकोछु । भगवान बुद्धले अधिष्ठान गर्नुहोस आज मेरो लंकालाई शहरहरुमा बस्नेलाई पनि दया राखि दिनुहोस ।
यो रत्नको पर्बत भएको शहरको बिच पहिलाका सम्यक समुबद्धहरुले पनि प्रत्यागोमगति गोचर भएको अर्थात प्रत्येक व्यक्ति आफैले अनुभव गर्न सकिने धर्म प्रकाश गरिदिनुहोस ।
भगवान बुद्धले पनि देशनाको नियम पहिलाका बुद्धहरुले बोधसत्वहरुले यो रत्न बिभुषित पर्बत शिखरमा यक्षहरुलाई कृपा गर्न यहि दिव्य सुत्रलाई देशना गर्नहुनेछ ।
रावणले हात जोडी अनुरोध गरेर भने हे भगवान ! मलय पर्बतमा आउनुहोस कुम्भकर्ण आदि शहरवासीहरु राक्षसहरुले महानगरमा तत्परभइ यो प्त्यात्मगति गरेको हेर्नेछन । ति राक्षसहरुले अहिलेपनि बुद्ध सित धर्मको अधिकार प्राप्त गर्नेछन त्यसो भएकोले मलाई कृपा गरेर बोधिसत्व सहित हजूर लंकमा पाल्नुहोस भनेर रावणले बिन्ति गरे ।  त्रिभवको इश्वर हुनु भएका भगवान बुद्धले यक्षेन्द्रलाई सम्बवधन गरेर यसरी आज्ञा भयो हे रावण ! यो पर्बतमा पहिलाका नायकहरुले प्रत्यात्म धर्म आज्ञा गर्नुभयो । तिमीलाई पनि अनुकम्पा गर्नुभयो । भबिष्यका बुद्धहरले पनि 
रावणकव प्रार्थना सुनेरबिभुषित भउको यो पर्बतमा धर्म देशना गर्नेछन । यथाभुत धर्म दर्शन गरेका योगिहरको यो पर्बत त निवास स्थान नै हो । हे यक्षेन्द्र! मैले पनि अनुकम्पा राखेकैछु । बुद्धहरुले पनि राखेकैछ । भगवान बुद्धले यति आज्ञा भइ रावणको प्रार्थनालाई मौन भावले स्विकार गरी शान्त चित्तले रावणले ल्याएको पुष्पक बिमानबाट गएर रावण विव्दानहरु बोधिसत्वहरु हास्यलास्य युक्तहरु अप्सराहरुले पूजा सम्मान गराएर शहरमा जानुभयो भन्ने उल्लखछ ।


अनि भगवान बुद्धले त्यहि पर्बतमा लाख श्लवक भएकोझ लंकावतार सुत्र व्याख्या भयो ।

यो भनेको केहो? कस्ले देशना गरेको? कस्ले सुनिराखेको? कस्ले हेरि राखेको? त्यो शहर त्यो भगवान त्यो बुद्ध क्षेत्र त्यो रत्नको शोभा त्यो बोधिसत्वहरु कता जानुभयो ? कस्ले कसरी अचम्म गर्यो के यो गन्धर्ब नगर हो अथवा के मेरो आँखामा भ्रम भयो त यो मृग तृष्णा हो कि मैले जे देखें के अचम्मको हो । त्यसो भए हेर्ने वस्तु र हेर्ने व्यक्ति पनि होईन । यस्लाई कसरी देख्यो साँच्चै भन्नेहरुले भगवान बुद्धलाई देख्न सक्तैन । यस प्रकार यहाँ औलोक चमत्कारै देखाइएको पाईन्छ । जब मनमा विकल्प हुन्छ कल्पना हुँदैन       अनि बुद्धलाई पनि देख्दैन । विकल्प रहितको भवसागर नै बुद्ध सम्बुद्धलाई देखाउन सक्छ । अर्थात बुद्धले नै कल्पना व्दारा देखेन भन्दैमा बुद्धलाई देखेको समान भयो भनेको हो । भनेर यहाँ निर उल्लेखछ ।

पराबृत्ताश्रय अर्थात चित्त मात्रै  छ अर्को बाह्य पदार्थ छैन भन्ने समाधी उठाएर आफ्नो चित्त बाहेक अर्को दृष्य कुनै छैन भन्ने ज्ञान लाभ भएपछि निर्विकल्पको अवस्थामा बसेको रावणले आकाश चित्र मात्रै सुन्ने शव्द सुनेको भयो ।यो कुरा रावणको पूर्व जन्मको कूशल मूलले लाभ हुने हो ।आलय बिज्ञान कल्लष्ट मन मनो बिज्ञानको स्वभावलाई विवेचना गर्ने बानी भएको । यस प्रकार व्याख्या गर्दै हे लंकाधिपति! तिमीलाई साधुवाद ! फेरिपनि हे लओंकाधिपति अरुले कसरी जान्यो योगीहरुले यो कुरा जान्नुपर्छ । तथागतहरुलाई र धर्मलाई तिमिले देखे जस्तै देखाउनु पर्नेहो । त्यसो होईन भने त्यो अन्तै पर्छ । चित्त ल्किष्ट मन मनोबिज्ञानले रहित भएर सबै धर्मलाई भावना गर्नुपर्छ । हे लंकाधिपति अर्को सिद्धान्तलाई खण्डन गर्न अकूशल दृष्टि नबनाउनरे आत्म दृष्टि संकेत सुक्ष्मकव अभिबिज्ञान इत्यादिहरु भनेर लंकाधिपतिलाई भगवानले उपदेश दिनुभयो । अनि फेरि त्यहि बखत रावणलाई अनुत्पत्तिक धर्म क्षान्ति अर्थात कुनै वस्तु उत्पन्न भएको होईन भन्ने कुरा बुझ्ने क्षमता लाभ भउको जानेर पहिलाको जस्तै त्यो दश टाउके रावणलाई करुणा राख्न फेरि धेरै रत्न भएको पर्बतको टुप्पाको किंगिजाल राखेर सुन्दर ठाउँमा पुगेर दर्शन दिनुभयो । लंकाधिपति रावणलाई बिभिन्न उपदेश दिनुभइ भन्नुभयो हे लंकाधिपति तिमिले सुन तथागतले मौका दिएकोछ हे प्रचलित मौली ढीलो नगर तिमीले सोधेकव प्रश्नकव उत्तर दिएर मन शान्त गिदिन्छु । बिभिन्न उपदेश दिनुभएपछि प्रश्नको लागि मौका दिनुभएपछि लंकाधिपति रावणले आफ्नो उज्वल सफा रश्मी निस्केको रत्नकोजस्तै शिखर आसनबाट बिभिन्न तरिकाले भगवानको सम्मान गरि मदका पाएर प्रश्न गरे  पहिला मैले सम्यक सम्बुद्ध अरहत तथागतहरुलाई यो प्रशन सवधिसकेको हुँ । हजूरहरुले उत्तर पनि दिइसक्नुभएको हो । अहिले फेरि हजूर सित सोध्दैछु यो कुरा देशना भएको पहिलाका बुद्धहरु र हजूरले अवश्य बर्णन हुने नैछ । हे भगवान ! मूलतः तथागतहरु समाधी सुखको बिषयलाई अनुभव गरि राख्छन रुपादि बिषयलाई कल्पना गर्नुहुँदैन धर्म देशना पनि गर्नुहुँदैन हे भगवान ! सबै धर्म वस्तु आफ्नो वसमा भएको तथागत अर्हत सम्यक सम्बुद्ध हजूरले धर्म देशना गर्नुभएमा असल होला यषो बोधिस्त्वहरु र मैले पनि सुन्न पाउनेछु ।


भगवान बुद्धले लंकाधिपतिको बिभिन्न प्रश्नहरुको उत्तरलाई राम्ररी बुझाउनुभयो ।

लंकाधिपति रावणले भने हे भगवन ! हजूरको प्रज्ञा करुणा हेर्दा यो लोक उत्पत्ति भएको पनि छैन नाश भएको पनि छैन । आकाशमै फूलेको फूल जस्तै छ छैन भनेर निमित्त ग्रहण गर्नुभएन । हजूरको प्रज्ञा र करणा हेरेर सम्फुरण वस्तु चटक गरेर बनाएको ज्तो चित्त र बिज्ञान रहितको छ छैन भन्ने पनि ग्रहण गर्नुभएन । इन्द्रीय र इन्दरीय ज्ञानको बिषय नभएको नदेखिने हे मुनी भगवान ! हजूरले निनदा वा प्रशंसा कसरी गर्न सक्नुहुन्छ । हजूरको प्रज्ञा र करुणा गरेर धर्म नैरात्म्य र पुद्गल नैरात्म्य तथा क्लेशावरण सधैं अनियमित बिमोक्ष व्दारा बिशुद्ध भएकोछ ।
निर्वाण व्दारा हजूर निर्वाण हुने होईन हजूर संगै निर्वाण बसेकोछ । यस प्रकार यो बुझ्नुपर्ने भनेर नभएको पक्ष र छैन भन्ने पक्ष नभएको उत्पत्ति भएको नहुने शान्तको मुनीलाई कस्ले देखायव र मन क्लेश नभएर उपादान नभएर यो लोकमा न परलोकमा पबित्रको हुन्छ । अनि महामति बोधिसत्व महासत्व भगवानलाई लोक गाथा व्दारा स्तुति गरेर नाम गोत्र भगवानको अगाडि सुनाए ।
 बवधिसत्वहरुलाई भन्नुभयो हे महामति !  बोधिसत्वहरु र तिमीले प्रश्न गर्न हुन्छ गर मैले तिमिहरुलाई प्त्यात्मगतिको बिषय भइरहेको कुरा देशना गर्छु । अनि महामति बोधिसत्वले भगवान बुद्ध सित प्रशन गर्न मौका दिनुभयो भनेर भगवान बुद्धकोव चरण कमलमा वन्दना गरेर भगवानलाई यसरी प्रश्न गरे ।
कसरी तर्क शुद्ध हुन्छ तर्क कसरी बाहिर निस्कन्छ भ्रान्ति कसरी देखिन्छ भ्रान्ति कसरी बाहिर आउँछ? बुद्ध क्षेत्र कहाँ देखिन्छ? निर्वाण बुद्धको लक्षण के हो तैर्थिक भनेको के हो? निराभाष क्रम कसरी हुन्छ ? बोधिसत्वहरु कहाँ हुन्छ ? मोक्ष हुनेहरु कहाँ जान्छ? बन्धनमा लागेका भनेको के हो?बन्धन कसरी मुक्त हुन्छ? ध्यानीहरुको बिषय के हो? तीन यान कसरी भयो?हेतु प्रत्येय के भएर आउँछ ? कार्य भनेको के हो ? उभयान्त कथा भनेको के हो यो कसरी भएर आउने हो ? आरुप्यसमापत्ति निरोध समापत्ति संज्ञा निरोध समापति कसरी लाभ हुन्छ ? मोक्ष कसरी लाभ हुन्छ? प्राणीहरुको क्रिया कसरी उत्पन्न हुन्छ? कसरी हिंड्न सकेको? कसरी दृष्यलाई भावना गर्ने? हाम्रो भूमि कसरी प्राप्त हुन्छ? त्रिभवलाई कसरले समाप्त गर्यो ? ताला खोलेर जाने कहाँ? तिनिहरुको शरीर कस्तो छ ?बोधिसत्व कसरी हुन सक्छ ? आज्ञा कसरी लाभ हुन्छ ?चित्त एकाग्र कसरी हुन्छ?हे भगवान मलाई आज्ञा होस ।
आलय बिज्ञान भनेको के हो?  सम्बृत्तिमनो बिज्ञान कहाँबाट आयो? दृष्य कसरी फर्कन सक्छ? गोत्र अगोत्र भनेको के हो? गोत्र चित्त मात्रै हो भनेर कसरी बुझ्ने? लक्षणको व्यवस्था कसरी गर्ने ? नैरात्म्य कसरी हुन्छ? सत्व प्राणी छैन भनेर कसरी जान्ने? सम्बृत्तिसत्यले देशना गरेर कसरी हुन्छ ? शाश्वत दृष्टी र उच्छेद दृष्टी कसरी गर्दा आउँदैन ? तिर्थिक र छवि लक्षण व्दारा कसरी छुट्छ ? भविष्य नैयायिकत कसरी भएर आउँछ ? आज्ञा गर्नु गर्भ कसरी हुन्छ? यो लोकको चेष्टा छैन भनेको कसरीहोस ?सुन्यता भनेको के हो ? क्षण भंग सिद्धान्त के हो? गर्भ कसरी हुन्छ यो लोकको चेष्टा छैन भनेको कसरी? यस प्रकार बिभिन्न अरु प्रश्नहरु गरीयो। राज्य कसरी के गरे पछि रक्षा हुन्छ देवताहरु कति प्रकारका छन?  गद्य पद्य भन्ने कस्तो हुन्छ? युक्ति कति प्रकारको छ? व्याख्या कति प्रकारको हुन्छ? अन्नपानको विचित्रको जात जस्तो कसरी भयो? भाले र पोथी महिला पुरुष कसरी भयो? चक्रवर्ति राजा नभइ राजा कसरी भयो? स्वभाव कति प्रकारको छ? चित्त कति प्रकारको छ? हे वेदावंतर भगवान मलाई आज्ञा दिनुहोस। शाक्यवंश इच्छाकुवंश कसरी उत्पन्न भयो? दिर्घतपा ऋषि भन्ने कसरी आयो ?
 उनले के प्रभाव देखायो ? हजूर नै सबै बुद्ध क्षेत्रमा बिभिन्न नाम भएर रुप लिएर बसेका बोधिसत्वहरु चारैतिर राखेर बाघ भालु जातका जन्तुहरुले किन मासु मात्रै खान्छन्? यस्तो प्रशनहरु सुनिसकेपछि लोक जान्ने बुझ्ने मध्य उत्तम हुनुभउका महाबीरको बुद्धले महामतिलाई सम्बवधन गरेर साधु ! साधु! भनेर तथा महाप्रज्ञा भनेर आज्ञा भएर महायान स्वरुपको बुद्धहरुको हृदय स्वरुपको बल स्वरुपको चित्तको कुरा ध्यान राखेर सुन तिमीले सुनेको सबै भन्नेछु भन्नुभयो ।
महामतिले भगवान बुद्धलाई बिभिन्न नानाप्रकारको प्रश्नहरु गरिसकेपछि। भगवान बुद्धले यसरी आज्ञा भयोः हे महामति !  बिज्ञानको उत्पत्ति स्थिति निरोध दुई प्रकारको हुन्छ तर तार्किकहरुले प्रबन्ध निरोध र लक्षण निरोध गरेकव कुरा राम्ररी बुझ्दैन त्यसरी नै बिज्ञानको उत्पत्ति पनि प्रबन्धातपाद लक्षणोत्पादको भेद दुई प्रकारकोछ । यस प्रकार उत्तर दिनुहुँदै भगवानले भन्नुभयो यति मध्य सबै इन्द्रीय र बिज्ञान निरोध हुने भनेको नै महामति आलय बिज्ञानको नभएको छ भनेर कल्पना गर्ने वासना (वानी)को विचित्रता निरोध हुने हो । यसैलाई हे महामति !लक्षण निरोध भनेकोछ हे महामति निरोध केमा भयो भने आश्रय र आलम्बनको भेद हुने हो । यहाँ आश्रय भनेको अनादि कालको प्रपंच (भेदभाव)को भद्दाको वासना भनेको हो । आलम्बन भनेको चित्त नै देखिएकोझ बिज्ञानको बिषय विकल्प भनेको हो । कसरी भने हे महामति! माटोको पर।माणु भन्दा माटोको डल्ला पनि अर्कै हो न अर्कै होईन । त्यसरी नै सुन र सुनको गहना पनि त्यहि हो न अलग हो । हे महामति यदि माटो डल्ला माटोको परमाणु भिन्न भएको भए परमाणु व्दारा र माटो डल्ला बनेको हुँदैन ।यस प्रकार उत्तर दिनुहुँदै भगवानले अऊडि भन्नुभयो हे महामति परमार्थ पनि सात प्रकारको छ । चित्त गोचर ज्ञन गोचर प्रज्ञा गोचर दृष्ट्य गोचर दृष्टिव्दयतिक्रानतगोचर सुतभुम्यनुक्रम गोचर सातवटा तथागतको प्रत्यात्म गोचर भयो हे महामति! यो अतित अनागत प्त्युत्पन्नहरु तथागत अर्हत सम्यक सम्बुद्धहरुको भाव स्वभाव परमार्थ हृदय भनिन्छ । जुन जुन परमार्थहयुक्तहरु तथागतहरुले लौकिक लोकोत्तर धर्मलाई आर्यहरको प्रज्ञा चच्छु व्दारा सामान्य लक्षणमा पमरेर व्यवस्था गरेकोछ । वहाँहरुले व्यवस्था गरेकोले  सित तिनिहरुको कुरा फरकछ । अनि फेरि महामति !तीर्थकरहरुको वाद र कुदृष्टि रहित भएकोछ । हे महामति तिर्थंकरहरुको वाद र कुदृष्टि कसरी फरक भनेदेखि तीर्थकरहरुले आफ्नो चित्त नै विकल्प दृष्य हो भनेको नबुझेर आलय बिज्ञान सित तिनिहरुको कुरा फरक छ । अनि फेरि हे महामति ! यहि चित्त नै दृष्य होभनेको नबुझेर वाल पृथगजनत छ भन्ने र छैन भन्ने स्वभाव परमार्थ दृष्टि दुईटालाई कुरा गर्नेहरु भएको हो ।
...........क्रमशः .............................
 

  
यस प्रकार रावण बुद्धको शिष्य भएकैले हिन्दु पण्डितहरुले जनमानसलाई गलत तरिकाले उपदेश दिएको देखिन्छ ।यो लंकावतार सुत्रबाट रावणाध्येषणापरिवर्तः प्रथमबाट उदृत गरीएकोहो यसबाट यो थाहा हुन्छ कि लंकाधिपति रावण बुद्धका शिष्य थिए त्यसो भए रामायण मा उलेलख अनुसार बुद्ध भन्दा राम कान्छा देखिन्छ जब कि हिन्दू पण्डितहरु बुद्ध राम भन्दा पछिका हुन भनिन्छ कि लंकावतार सुत्र झूठी भयो कि हिन्दू शास्त्र यो एउटा छलफलको बिषय बनेको छ के हो आआफ्नो विचार प्रस्तुत गर्नुहोला

Thursday, November 7, 2013

महायान बौद्ध धर्मको शाखा होईन




महायान बौद्ध धर्मको शाखा होईन । महायान बौद्ध धर्मको साथमा विश्वासघात हो  भन्छन केहि बौद्ध विव्दानहरु । महायानले बौद्ध धर्ममा केहि बिकृति लयाएकोछ बौद्ध धर्मलाई प्रदूषित गरिदिएकोछ । त्यति मात्रै होईन बज्रयान पनि यसैको सिको गरेको देखिन्छ । महायानले कालांतरमा ब्राह्मण धर्मको साथ तालमेल गरेको देखिन्छ । महायानले बुद्धलाई ईश्वर बनाएर प्रस्तुत गरेकोछ । महायानले बुद्धको पूजा शुरू गराएर बुद्धको मूर्ति को पूजा पनि गराए । बुद्धसित भाकल गर्न गराउन थालीयो शाक्यमुनी बुद्धलाई हिन्दू देवता बनाईदिए    बुद्धलाई अलौकिक बनाईदिए । वास्तवमा महायान बौद्ध धर्मको शाखा होईन बरु महायान हिन्दू धर्मको एक पंथ भनेमा अत्युक्ति नहोला र वैदिक धर्मको एक पंथ हो । दलाई लामा बुद्ध-धम्मलाई हिन्दू धर्मको शाखा मान्छन जबकि बुद्ध-धम्म हिन्दू धर्मको शाखा हुँदै होईन बहुलाहरु फत्ताउँदैमा हुने होईन ।  बुद्ध थेरवादी, श्रावकयान बुद्ध यान भनिन थालीयो मूल बुद्ध-धम्मको हत्यारा, महायान, कहाँबाट आयो? महायानको पृष्ठभूमि केहो? महायान उत्तरोत्तर शक्तिशाली कसरी भयो ?
बुद्ध यस धर्तीमा ८० बर्ष रहनुभयो बुद्धको जन्म ५६३ ई.पू. मा नेपालको लुम्बिनीमा तथा निर्वाण ४६३ ई.पू.मा भारतको कुशिनगरमा भएकोथियो । वहाँले स्वयं बुद्धत्व प्राप्त पछि आफ्नो धम्मको ४५ बर्ष सम्म जनमानसमा प्रचार-प्रसार गर्नुभयो सिकाउनुभयो वहाँले भ्रमण गरेर मानिसहरुलाई आफ्नो धम्मको प्रकाश दिनुभयो । बुद्ध धम्मको कारण अंध-विश्वास, असमानता, अज्ञान, हीनता कैयौं शताब्दिहरु सम्म यहाँबाट टाढा भयो । शाक्यमुनी बुद्धले ईश्वर, आत्मा, स्वर्ग, नरक, पुनर्जन्ममा कहिल्यै विश्वास गर्नुभएन तर वहाँले समाजलाई योजनाबद्ध तरीकाले बुझाउनुभयो कि दुःखबाट कसरी मुक्ति पाउन सकिन्छ । शाक्यमुनी बुद्धले मान्छेहरुलाई संगठित गर्नुभयो छिन्न-भिन्न भएका थिए । बुद्धले वैज्ञानिक, आधिकारिक, वास्तविक र तार्किक ढंगले मान्छेहरुलाई सम्झाउनुभयो कि कसरी दुःखबाट मुक्ति पाएर प्रसन्न र शांतिपूर्ण जीवन जिउन सकिन्छ । यस्को लागि वहाँले उन्होंने कहिल्यै स्वयंलाई मोक्षदाता, पैगम्बर, ईश्वर या देवता भन्नुभएन वहाँले कहिल्यै निरर्थक चमत्कार प्रदर्शन या विज्ञापन गर्नुभएन ।
शाक्यमुनी बुद्धले यहि कुरामा बिशेष जोड दिनुभयोकि कि कसरी मानव दुःखको खतराबाट टाढा हुन सकिन्छ । वहाँले दुखबाट मुङ्क्त हुने बाटो निर्माण गर्नुभयो वहाँले सँधै मनुष्यको जस्तै शिक्षा दिनुभयो र दुखहरुलाई निर्मूल गर्न मानवीय तरीकाहरुको प्रयोग गर्नुभयो वहाँले दुःखलाई समूल नष्ट गर्ने मार्ग देखाउनुभयो ।
बुद्धले सिकाउनुभएको कुराहरु राम्री बुझ्न सक्थे धेरैले वर्णभेदको कारण उत्पन्न आफ्नो जिन्दगीको अनेकौं दुखहरुबाट छुटकारा पाउँथे । एक नृत्यांगना शीलवतीको छोरा जीवकप्रसिद्ध र निपुण वैद्य बने, स्वच्छक सुनीत, उपाली नउ, अछूत सोपक र सुप्रिया, निम्नजाति सुमंगल, कुष्ठ-रोग प्रभावित सुप्रबुब्भा तथा  अरु धेरै धेरैको कल्याण भयो । बुद्धले त्यसताक खतरनाक डाकू अंगुलिमाल, कैयो अनाथ पती छोरा छोरी आमा बुवा बाट बियोग भएर बहुलाएकिहरुको कल्याण गर्नुभयो धम्म-दीक्षित गर्नुभयो । यि सबै कैयौको जीवन बुद्धको उपदेश कारण प्रकाशित भयो जीवन सुखमय भयो ।
बुद्धको जीवनकालमा आफ्नो प्रभुत्व जमाउन नपाउनाले शत्रु पनि भए । छंदा तथा उपनंदा बुद्धको प्रति सदा शत्रुतापूर्ण रह्यो आफ्नै नजिकको नाता पर्ने भाइ देवदत्त बुद्धको प्रशिद्धि देख्न सकेनन र धेरै वैदिक ब्रम्हणहरु  ईर्ष्यालु भए बुद्धको चाँडै मृत्यु भएको भए वा कसैले मारिदिए हाम्रो प्रभुत्व जमथ्यो भन्ने बिभिन्न षडयन्त्र पनि गरे । बिम्बिसार को छोरा अजातशत्रुको सहयोग लिएर देवदत्तले बुद्धलाई मार्ने धेरै धेरै असफल प्रयासहरु गरे। तैपनि देवदत्त भिक्षु संघलाई विभाजित गर्न सफल भए ।
बुद्धको निर्वाण भएपछि केहि बिरोधीहरु साह्रै खुशि पनि भए ति संगठित भए जस्लाई धम्म ठीक लाग्थेन ति थिए । तिनिहरु मूल धम्म  त्यागेर महासांघिक पंथबनाए महासांघिक पंथलाई महायान पंथमा बदल्यो । यो कार्य बुद्धको महापरिनिर्वाणको लगभग १०० बर्ष पछि यिनिहरुले वैशालीमा आयोजित अर्को बौद्ध अधिवेशन गरे  महायान तिनिहरुले उत्पन्न गरे जस्लाई बुद्ध धम्म केहि नियमहरु कडा लाग्यो मन परेन महायानिहरुले बुद्धको मूख्य सिद्धान्तलाई थन्क्याइदिए । महायानिहरुले त्रिपिटकको पालीको मूल सिद्धान्तलाई संस्कृतमा अनुवाद गरेर मानिसहरुले पढन नसक्ने गरि अपठनीय बनाइदिए । यस प्रकार बिस्तारै बिस्तारै पाली साहित्य नष्ट गरेर यिनिहरुले पाली भाषालाई निर्बल बनाएर धम्मलाई विकृत गरे । यस्तो गर्नेमा जापानका धेरै महायानी संस्थाहरु देखिए जस्मा रेयूकाई अघि देखिए यो संस्थामा पंचशीललाई महत्व नदिएर बुद्धको नियम बिपरित मान्छेहरुलाई भ्रममा पारे । बुद्धको सट्टा व्यक्तिहरुलाई धनको बलले पुजा आराधना गर्न लगाए ।
महायानिहरुलाई बुद्धलाई अवतारको रुपमा प्रस्तुत गरे । बुद्धलाई ईश्वर माने बरु हिन्दुहरुको ब्रह्मा, विष्णु, महेश, कार्तिके, चामुंडा, गणपति, महाकाल आदि देवींको पूजा पनि जारी राखे यस परम्परामा नेपालमा देखिएको महायानि हरुले हिन्दुहरुको नौग्रह, यक्ष, गंधर्व, विद्याधर आदिको पूजा पनि गर्न थाले । पशुवलीलाई पनि प्राथमिकता दिएर बुद्धको धर्मलाई बङ्ग्याइदिए बज्रयानीहरु शक्तिपीठहरुको पुजारी पनि भए महायानलाई दैविक र चमत्कारिक विश्वासहरुमा फंसाइदिए । मान५हरुलाई चमत्कार अति मन पर्छ ।
बुद्धको महापरिनिर्वाण पछि जातक कथाहरु लिखीयो यि कथाहरु बुद्धको अघिल्लो जन्मको कथाहरु हुन । बुद्धलेआफ्नो अघिल्लो जन्मको सबै घटनाहरु कथाको रुपमा भन्नुभएको पाईन्छ । जातक कथा को अन्तर्गत राजा दशरथ, राम, सीता, युधिष्ठिर, विदुर, कृष्ण आदि पात्र रामायण र महाभारतको पनि छन । जातक कथा ईस्वी दोश्रो शताब्दीमा लेखीएको थियो । बुद्धको मूल अऩीश्वरवाद, अनात्मावादलाई महासांघिकहरु र महायानिहरु व्दारा निकालेकाथिए । बोधिसत्वको अवधारणा महायान पंथबाट आएको हो र जातक कथाहरु केवल बोधिसत्व को हो जातक कथाहरु बुद्धको मूल शिक्षाहरु अनुरूप छैन । बुद्ध आत्मामा विश्वास गर्नुहुन्थेन भने किन पुनर्जन्ममा विश्वास गर्न थाले? र जातक कथाहरु हिंदू धर्मको पुनर्जन्मको सिद्धांतलाई प्रतिस्थापित गर्छ ।  बुद्ध भन्दा पहिले ब्राह्मण धर्मको धेरै प्रभाव थियो । यहि प्रभावलाई पूर्णतः खत्तम गरिनु नै बुद्ध धम्म क्रांतिको आदर्श वाक्य थियो । बुद्धको महापरिनिर्वाण पछि बुद्धको मूल शिक्षाहरुमा चल्न सकेन परिणामतः उनिहरुले जातक कथाहरु निर्माण गरे । वृक्ष, देवता, यक्ष, भगवानको पूजालाई धेरै महत्व र दर्जा पायो । केहि पुस्तकहरुमा बुद्धको अघिल्लो जन्मको कथाहरु रहेकोछ । ललितवित्सर, जातक कथा, बुद्धचरित र सद्धर्मपुण्डरिक सुत्र महायानको मूख्य ग्रन्थहरु हुन जो जापानमा बिशेष प्राथमिकता दिईन्छ ।
जातक  कथाहरु विज्ञान विरोधी र बुद्ध विरोधी देखिन्छ । जातक कथाहरुलाई ब्राह्मण धर्मको प्रभाव र मूल्यलाई  पुनःस्थापित गर्न रचना गरिएको हो । एक जातक कथामा सुमेध ब्राह्मणलाई स्वयंम बुद्धको अघिल्लो जन्म भनिएकोछ । मोक्ष प्राप्तिको लागि उनि तपस्या गर्न हिमालय तिर गए । आकासमा एडेको भनिएकोछ अमरावती बस्तिमा पुगपछि दिपंकर बुद्धको दर्शन भएको भनिएकोछ र दिपंकर बुद्धले सुमेधको भबिष्यवाणी गरेको र आशीर्वाद पाएको भनिएकोछ आशिर्वादले सुमेध ब्राह्मण बोधिसत्व भएको भनिएकोछ कैयौ जन्म पछि उन्लाई अन्ततः महामाया र शुद्धोधनको माध्यमबाट जन्म लिने अवसर पाएको देखाइएकोछ । ति उनै गौतम बुद्ध हुन भनिन्छ । यहा निर गहीरो रुपमा विचार गर्नुपर्ने कुरा के छ भने केहि ठाउँमा शुद्धोधन शाक्य कूलका आदित्य गोत्रका हुन भनिएकोछ र मावलको गौतम गोत्रलाई प्रयोग गरेको दिखन्छ किनकि गौतम गोत्र हिन्दू धर्ममा पनि रहेकोछ ।
नेपालमा महायानीहरु बज्रयानीहरु शक्ति पुजा गर्दछन महा यानको अर्थ यो संसारलाई महा भव सागर हो र यसलाई सरल तरिकाले सामान्य यानले पार गर्न सकिंदैन  महायान कै आवश्यक पर्छ भनेर व्याख्या गरिन्छ ।तिब्बतका अवतारी दलाईलामाले महायानलाई बिशेष रुपमा प्रचार गरिरहेकोछ महाया नै मानिसको दुखलाई पार लगाउने एउटै महायान नै हो भनेर भनिरहेकाछन् । महायानीहरु इश्वरको अवतारवादलाई प्राथमिकता दिन्छ जबकि बुद्धल् ईश्वर्को बारेमा केहि बोलेकाछैनन । त्यसकारण महायान बुद्ध धर्मको शाखा होईन भन्ने अध्ययनबाट देखिएको विचार यहाँ प्रस्तुत गरिएकोछ ।
भवतु सब्ब मङ्गलम्