Monday, April 13, 2015

कुशल कर्म र अकुशल कर्मको फल





भगवान बुद्धको समयमा कोशल राज्यको ठूलो महत्व थियो । यस राज्यका राजा प्रसेनजित अत्यन्त शक्तिशाली राजा थिए । अग्रमहिषी रानी मल्लिका थिईन् । यिनि श्रावस्तिका एक साधारण मालाकारकि छोरी थिईन । तिनि हरेकदिन दिउँसोको खाजाको लागि तीनवटा रोटी फूलको टोकरीमा राखी उद्यानमा फूल टिप्न जान्थिन । १६ बर्षकि भएको बेला एक दिन उद्यान तर्फ गईरहँदा भगवान बुद्धलाई भिक्षुसँघ सहित भिक्षाटनको लागि जाँदै गरेको देखिन । बुद्धलाई देखेर अपार श्रद्धा जाग्यो र आफूले ल्याएको रोटी र फूल बुद्धलाई दान गिन । बुद्धले ति रोटी एक ठाउँमा बसेर खानुभयो । यसरी श्रद्धा र प्रितिले गदगद् भएकि मल्लिकालाई त्यहाँबाट घोडाबाट उद्यान तर्फ जान लागेको राजा प्रसेनजितले देखे । मल्लिका सुन्दरी थिईन प्रफुल्ल अनुहार देखेर राजा प्रभावित भयो र उनलाई घोडामा राखेर लगेर दरबारमा विधिवत अग्रमहिषि बनाएकाथिए । मल्लिकाले प्रसन्न चित्तले बुद्धलाई दान गरेको फल तुरुन्तै फल प्राप्त गरिन । राजा प्रसेनजितले मल्लिकालाई साह्रै मायाँ गर्थ्यो । म्ल्लिकाले पनि मनको कुरा निर्भिक भएर राजालाई भन्ने गर्थिन । एक दिन राजाले मल्ल्लिकालाई आफूलाई कतिको प्रेम गर्दि रहिछ भनेर प्रश्न गर्यो मल्लिका, तिमीलाई आफू भन्दा प्यारो अरु कवहि छ? मल्लिकाले तुरुन्त जवाफ फर्काईन महाराज यो सद्दसारमा आफू भन्दा प्यारो कोहि छैन । उनले पनि राजालाई त्यस्तै प्रश्न गरिन राजाले पनि त्यस्तै जवाफ दियो ।
यो शाश्वत सत्यहो हो कि वास्तवमा हरेकले आफूलाई भन्दा बढी कसैलाई प्रेम गर्दैन । अरुलाई प्रेम गर्छु भन्नु पनि आफ्नै सुखको लागि हो । आफूले प्रेम गरेको व्यक्तिले आफ्नो ईच्छा अनुसार काम गरेन भने त्यो सारा प्रेम क्षणभरमै विलाएर जान्छ । आमा बुवाले बच्चालाई प्रेम गर्नु पनि त्यहि हो आफ्नो मनको सुखको लागि प्रेम गर्छ । राजा प्रसेनजित मल्लिकाकव जवाफ सुनेर बुद्धकहाँ गयो र उनिहरको आपसि कुरा सबै बुद्धलाई सुनाए । भगवानले पनि त्यस कुराको समर्थन गर्नुभयो । वास्तवमा सबै दिशातिर चित्त फैलाई हेरेतापनि आफूभन्दा प्रियतर कवहि पाईनेछन । जसरी एकलाई आफू प्यारो लाग्छ उस्तै अरुलाई आफू नै प्यारो लाग्छ भन्ने बुझि आफ्नो हित चाहनेले अर्कालाई पनि आफू समान सम्झि हिँसा र पिडा नगर्नू । भगवानको वाणी सुनेर राजा सन्तसष्ट भयो ।
मल्लिकाले एक पटक राजा प्रसेनजितलाई जीवनको एक ठूलो दुर्घटनाबाट बचाएर उपकार गरेकि थिईन । उनिले राजालाई मात्रै होईन अनेक निरीह प्राणहरुको ज्यान बचाएर सबैको आशिर्वाद प्राप्त गरेकिथिईन । राजा प्रसेनजित भगवान बुद्ध प्रति श्रद्धा राख्ने भएतापनि धर्मको अभ्यास पाको भैसकेको थिएन । राजाले क्षणिक सुकको लागि निरीह जनतालाई दुख दिन पछि पर्दैन थ्यो । उनि साह्रै कामातु व्यक्त थिए । दरबारमा आफ्नै रानीहरु भएतापनि अन्यु सुन्दर महिलाहरु देख्ना साथ कामवासनाले उत्तेजित भैहाल्थे । एक पटक एकजनाको सुन्दरी श्रीमती देखेर कामातुर भयो र लोग्ने चाहिँलाई मार्ने षडयन्त्र गर्यो तर त्यस्को ज्यान त बच्यो राजाको कामवासना देखेर छटपटीयो । राजाले पनि भयानक सपना देखेर आत्तिन्छ र ठूलो आवाज सुन्छ । त्यो सपना विचार गर्न ब्राम्हणहरलाई बवलाएर सोध्छ तिनिहरुले आफ्नो स्वार्थ पूर्ति गर्न राजालाई ज्यानको खतराछ त्यो खतराबाट मुक्त हुन एक ठूलो यज्ञ गर्नुपर्छ भन्ने सल्लाह दिए । राजाले सल्लाह मानेर थुप्रै पशहरुलाई वली दिन जम्मा गरे । भयभित पशुहर चिच्याउन कराउन थालेको थियो । मल्लिकाले यस्तो आवाज सुनेर राजा मृत्युको भयले अक्रान्त भएको बुझि ति सबै प्राणीहरु प्रति करुणाभाव राखि यस्तो सल्लाह दिइन् । महाराज! कुनै प्राणीलाई मारेर कुनै प्राणीको जीवन बचेको कुरा तपाईले कहिल्यै देख्नु भएकोछ ? ति मूर्ख ब्राह्मणहरको कुरा सुनेर किन यतिका प्राणीहरुलाई दुःख दिनुहुन्छ? मनुष्यका शास्ता सर्वज्ञ बुद्ध बिहारमा बस्नुभएकोछ । वहाँ सित सोधेर त्यस अनुसार गर्दा राम्रो हुन्छ । राजाले रानीको कुरा स्विकार गरेर भगवान बुद्ध समक्ष गएर बिन्ति गरे । भगवानले राजाको सपनाको कुरा सुनेर ज्यानमा कुनै खतरा नभएको भन्नुभयो । भगवानको कुरा सुनेर राजाको मनमा भय बिस्तारै हटेर गयो । अनि वलि दिन बाँधेर राखेका प्राणीहरुलाई मुक्त गरिदिए । मल्लिकादेवीको कारणले ठुलो दुश्कर्मबाट बच्यो र अन्य प्राणीहरुको पनि प्राण बच्यो ।
अकशुल कर्मले मानिसलाई असर पार्छ । जबसम्म सद्धर्मको मार्ग फल प्राप्त हुँदैन  तब सम्म कुनैपनि व्यक्ति अपायतर्फ लाग्ने अकुशलकर्मबाट सुरक्षा प्राप्त हुँदैन । उस्ले जतिसुकै पुण्यकर्म गरेतापनि परिस्थितिअनुकुल हुनासाथ अकुशल चित्तले आफ्नो शक्ति देखाईहाल्छ । एक दिन राजाको दरवारमा महारानी मल्लिकादेवीकव जीवनमा यस्तै एक घटना भयो जस्ले गर्दा उन्को मृत्युपछि नर्क तर्फ गईन ।
उक दिन महरानी मल्लिकादेवी स्नानागारमा नुहाईरहेकि थिईन नग्न भएर । खुट्टा धुन अगाडी निहुरिँदा दरबारमा पाली राखेको ठूलो एक कुकूरले देखेर अचानक पछाडीबाट कामभोऊ गर्न थाल्यो तर मल्लिका देवी प्रतिकृया नगरेर यौन स्पर्शको रस स्वादन गरेरिरहिन । सँयोगवस राजा प्रसेनजितले झ्यालबाट त्यो दृष्य देखे र अचम्म माने । कस्ति कुलाँगार्नी रहिछे ककुकूर सित पो सम्भोग गराई भनेर क्रोधित भयो । रानी नुहाईसकेर कवठामा आईन । राजाले रिसाएर रानीलाई गाली गर्यो चण्डाल्नी तैले कुकूरसित सँसर्ग गरिस् ?
रानीले पनि तूरुन्त आफूलाई बचाउन झूठो बोलिन अहँ होईन महाराज ! मैले त्यस्तो केहि गरेकोछैन ।राजाले भन्यो अझै होईन भन्छेस मेरो आँखा झुठो भयो देखेको ?  आफ्नो गर्तिलाई लुकाउन झूठो बोल्दै भनिन यो कोठा यस्तै छ हजूर यहाँ बाट हेर्दा त्यहाँ फरक दृष्य देखिन्छ । नपत्याए हजूर यता जानुहोस मैले यहाँ बाट हेर्छु । राजाले त्यसै गरे नुहाउने कोठामा गएर फर्क्यो । रानीले भनिन महाराज तपाईले त्यहाँ बाख्रि सित कामभोग गर्नुभयो होईन ? राजाले भन्यो अहँ होईन मैले त्यस्तो केहि गरेकोछैन । मल्लिकाले भनिन् तपाईले भनेर म पत्याउँछु मैले आफैले देखेकि हुँ । राजा भ्रममा पर्यो र सोँच्यो होला त्यस्तै दृष्य देखिन्छ । रानीको कुरा विश्वास गरेर चुप लाग्यो । तर मल्लिकालाई आफूले गरेको दुष्कर्मले पश्चातापमा परिन । उनको मनमा बारम्बार चिन्ता हुन थाल्यो राजा मूर्ख भएकोले मैले सजिलै छक्याएँ राजालाई झूठ बोलेर दोषारोपण गरेँ । अहो मैले ठूलो अपराध गरेँ । यस्तै चिन्तै चिन्ताले मरिन र नरकमा उत्पन्न भईन र सातदिनसम्म महाताप दुःख भोगिन ।
यस प्रकार कुशल कर्म र अकुशल कर्मको फल भोग गर्नुपर्ने कुरा बुद्ध दर्शनमा अध्ययन गर्न पाईन्छ ।
भवतु सब्ब मङ्गङ्लम् !
 सन्दर्भ सामग्रिः भगवान बुद्ध र देव ब्रम्हाहरुः बोधिबज्र बज्राचार्य

सम्बेदना



हामीले वा मैले बुझ्दै आएको शव्द सम्बेदनाको अर्थ कसैको घरमा कोहि मृत्यु भयो भने दुःख व्यक्त गरिने शव्द हो सम्बेदना । वास्तवमा २५सय बर्ष अगाडी वेदना सम्बेदना शव्द फरक अर्थ लाग्थ्यो । बुद्धकालिन अवस्थामा वेदना अनुभूतिलाई भनिन्थ्यो । वेदना सुखद पनि हुन्छ र दुखद पनि । त्यसबेलाको भाषामा सुखद अनुभूतिलाई सुखवेदना र दुःख अनुभूतिलाई दुखवेदना र असुखद अदुखदलाई, असुख अदुख वेदना भनिन्थ्यो । तर आजभोली वेदना शव्द केवल दुखद अनुभूतिको अर्थमा वेदनामा सिमित भएको पाईन्छ । त्यसैले वेदना शव्दको ठाउँमा सम्बेदना शव्दको प्रयोग सुरु भएको पाईन्छ ।
विपश्यना साधनाको सन्दर्भमा सुखद वेदना ,दुखद वेदना, हाम्रो शरीरमा विविध गतिविधीहरु भैरहन्छ जुन सुखद र दुखद हुन्छ । अर्को सुक्ष्म र स्थुल हुन्छ । स्थुल वेदनालाई हामी अनुभूति गर्न सक्छौ तर सुक्ष्मलाई हामी अनुभूति गर्न सक्दैनौ । वातावरणमा समय समयमा बिभिन्न प्रकारको हावा चलिरहन्छ कहिले पूर्व दिशाबाट कहिले दक्षिण दिशाबाट । कहिले तातो कहिले शितल त कहिले धूलोयुक्त कहिले धुलो बिहिन कहिले सुगन्धित कहिले सुगन्ध बिहिन कहिले शान्त त कहिले भयम्कर हावाले उत्पात मच्चाउँछ तर स्थीर रहँदैन केहि समय पछि मन्थर हुन्छ यो त सबैले थाहा पाउँदै आएको कुरा हो । उदाहरणको लागि कोहि प्रिय व्यक्तिको मृत्युमा परिवारजन दुखि भएर रुन थाल्छ रुँदा रुँदा बेहोसै हुन्छ वा उस्को पनि मृत्यु हुन्छ । जस्तै मुमताजको मृत्युमा शाहजहाँ भन्ने राजा शोक विव्हल भएर रुँदा रुदा मृत्यु भएको थियो रे । एक दिन रुन्छ दुई दिन रुन्छ रुँदा रुँदा वा निदाउँछ वा बेहोसै हुन्छ फेरि जाग्छ फेरि सम्झेर रुन थाल्छ । यो सबै अनाहक हुन्छ जब प्रज्ञाले मूल्याङ्कन गर्छ । सज्ञाले मूल्याङ्कन गरे आफ्नो प्रियको दुखद निधन भयो त मन पोल्यो मनमा अशान्त भयो अनि रुने सहारा लियो । अनि देख्नेहरु भन्छ कति प्रेम गर्दो रहेछ । जब कोहि रोएन तब खास खुस हुन्छ कस्तो निर्दयि रहेछ आफ्नो घनिष्ठको मृत्युमा पनि रोएन मायाँ नै गर्दैन रैछ । रुने कति दिन रुने के रोएर कोहि फर्केकोछ ?
कुनै बस स्टेशनमा वा हवाई स्टेशनमा वा होटलमा यात्रुहरु आउँछन जान्छन् सबैजना स्थायी रुपले रहन्नन केहि दिन रहन्छन त्यसपछि फर्कन्छन । त्यस आउने जानेक्रममा बिभिन्न प्रकारका मान्छेहर हुन्छन अग्लो होँचो मो टो दुब्लो त कोहि शान्त स्वभावको कोहि झगरालु स्वभावको तथा कवहि सुन्दर सुन्दरी त कोहि कुरुप पनि हुन्छन त्यस्ल् स्थल कुनै प्रभावित हुँदैन । मान्छे आउँछन जान्छन थरि थरिका । त्यस्तै हाम्रो शरीरमा बिभिन्न प्रकारको सम्बेदनाहरु आईरहन्छ र गैरहन्छ । कुनै सम्वेदना केहि वेर सम्म रहन्छ केहि तुरुन्त आउँछ तुरुन्त जान्छ स्थायी सम्म कोहि कुनै वेदना रहँदैन तर हामी त्यसबाट हामी प्रभावित भैरहन्छौ प्रतिकृया गरिरहन्छौ । मन पर्ने खालको भएमा रागको प्रतिकृया गर्छौ मन नपर्ने खालको भएमा व्देषको प्रतिकृया गर्छौ जुन स्वफूर्त भैरहेको हुन्छ । यस्तो किन हुन्छ त किनकि हाम्रो भित्रको सज्ञाले त्यस्को मूल्यान्कन गर्छ र गलत मूल्यान्कन गर्छ केहिलाई सुखद केहिलाई दुखद । सुखद भयो अथवा कुनै घटना शरीरको प्रतिकर भए फेरि फेरि होस भन्ने चाहना हुन्छ । अप्रितिकर भए फेरि फेरि नहोस भन्ने हुन्छ तत्काल भएको अप्रतिकर घटनालाई व्देष सिर्जना हुन्छ । उदाहरणको लागि लामखुट्टेको डसाई बेहोसी अवस्थामा पनि अप्रितिकर हुन्छ र हातले पंतिकृया गरिहाल्छ । यहि सज्ञाकोन्कन स्थानलाई प्रज्ञाले लियो भने गलत मूल्यान हुँदैन अनि सबै सम्बेदनाको मूल्यान्कनको सहि मूल्यान्कन हुन थाल्छ जुन अनुभूतिहरुको स्तरमा तिनकै गुण धर्म स्वभावलाई जानेर ज्ञानपूर्वक हुन्छ । तब राग व्देषको प्रतिकृया हुन बन्द हुन्छ ।अर्थात प्रज्ञा व्दारा राग र व्देषलाई मध्यम स्थानमा राख्यो भने दुखद र सुखदलाई केहि मान्दैन कनकि सबै स्थायी छैन हुँदैन भनेर बुझ्दछ । त जुन अनित्य छ जुन अनात्म छ प्रकृति अनुसार छ त्यस प्रति गरिएको राग या व्देषको प्रतिकृया  दुःखद नै हो । प्रज्ञाको यहि मूल्यान्कन सत्य मूल्यान्कन हो । यहि त विपश्यना हो यहि त चित्त विशवधनी धर्म गङ्गा हो ।
 हाम्रो मन पनि त्यस्तै हो । तरिका तरिकाको बिभिन्न प्रकारको भावनाहरु बगिरहन्छ । एकान्त छ आफ्नो अगि पछि वरिपरि देखिने वस्तु केहि कोहि छैन तर मनको स्टेशन वा धर्मशालामा आउने र जानेक्रम त जारी नै छ नि । क्षण क्षणमा हाम्रो शरीरले प्रतिकृया गरिरहन्छ तर सज्ञाले मूल्याङ्कन गरे प्रतिकर र अप्रितिकरको गलत मूल्यान गरेर राग र व्देष सिर्जना गरिदिन्छ । तर त्यहि विचार घटनालाई प्रज्ञाले काम गर्न थाले सही मूल्याङ्कन गरेर अनित्य सम्झेर वास्ता गर्दैन र कल्याण हुन्छ । यसैमा सकारात्मक र नकारात्मक सोँच हुन जान्छ । नकारात्मक भयो अप्रतिकर भयो व्देष उत्पन्न हुन्छ जस्ले क्रोध सिर्जना हुनसक्छ । रागले प्रभावित गर्यो भनेपनि मन लोभ वा वासनाले ग्रस्त हुनसक्छ । उदाहरणको लागि कुनै सुन्दर फुल देख्दा वा कुनै सुन्दर पुरुष महिलाले दख्दा वा कुनै सुन्दरी महिला पुरुषले देख्दाको अवस्थालाई दुई किसिमले सज्ञा व्दारा वा प्रज्ञा व्दारा मूल्यान्कन हुन्छ । सज्ञाले मूल्याङ्कन गरे राग वा व्देषले ग्रस्त हुन्छ । प्रज्ञाबाट प्रभावित भए कल्याण हुन्छ ।
मान्छेको शरीरका अङ्गहरु यसै मूल्याङ्कन व्दारा नै चलायमान हुन्छ । यहि हो सम्बेदना केहि नकेहि भैरहने केहि न केहि भैरहने प्रतिकृया।
भवतु सब्ब मङ्गलम् ।

Sunday, February 15, 2015

शाक्यमुनी बुध्दले यस्तो धम्मंलाई जन्म दिनुभयो

शाक्यमुनी बुध्दले यस्तो धम्मंलाई जन्म दिनुभयो जस्मा ईश्वरको कुनै ठाउँ छैन । जस्मा परमात्मालाई कुनै स्थान छैन । बुध्दले संदेहबाट यात्राको सुरु गर्नुभयो र शून्यमा पूरा गर्नभयो । संदेह र शून्यको बिचमा बुध्दको सारा बोध छ । संदेहलाई धम्मंको आधार बनाउनभयो र शून्यलाई धम्मंको उपलब्धि। बाकी सबै धर्म विश्वासलाई आधार बनाउँछन र पूर्णलाई उपलब्धि। बुध्द धम्मंलाई बुझ्नको लागि जिज्ञासा चाहिन्छ । बुद्ध भन्नुहुन्छ, मान्नुले चल्दैन । गहीरो खोज गर्नुपर्छ । अरु धर्म भन्छ की, पहिला पाईला बस तिम्रो भरोसाको कुसरा हो, उठाउ, यसभन्दा बढि तपाईले केहि गर्नु पर्दैन । तर बुध्दको धम्मं त तिमी सित पहिलो पाईलामा पुग्नलाई पनि लामो यात्रा गर भन्नुहुन्छ । वहाँ भन्नुहुन्छ, संदेहको प्रगाढ़ अग्निमा जल्नुपर्छ, किनकि तिमी जुन भरपर्छौ त्यो तिम्रो बुध्दीमा भर हुन्छ ।  यदि बुध्दी  मा नै रोग छभने त्यस रोगबाट जन्मेको विश्वास विश्वास पनि विरामी हुन्छ ।
विश्वासको पछाडी सबै तरिकाको झूठो चल्छ ।  धर्म पाखण्ड हो किनकि शुरुवातमा नै चूक्छन ।  किनकि पहिलो पाईलामा नै तिमी कमजोर हुन्छौ । तिम्रो विश्वास तिमीलाई पारी लैजान सक्छ त्यसैले बुध्दले भन्नुभयो तोड विश्वास, छोड विश्वास सबै धारणाहरु भत्काउनुछ । सन्देहको अग्नि आगोमा ओर्लनुछ । दुस्साहसी चाहिन्छ, खोजी चाहिन्छ, अन्वेषक चाहिन्छ, चुनौती स्विकार गर्ने साहस निर्माण हुनुपर्छ ।
🌐
शाक्यमुनी बुध्द भन्नुहुन्छ, आश्वासन केहि छैन । किनकि कस्ले तिमीलाई आश्वासन दिन्छ ? यहाँ कोहि छैन जस्ले तिम्रो हात समावस । एक्लै जानुपर्छ मर्दा सम्म ।  बुध्दले भन्नुभयो अत्त दीपो भव ! आफ्नै दीप बन । म मरे नरुनु ।  म को हुँ ? मैले तिमीलाई धेरै दिशा दिन सक्छु । हिँड्नु त तिमीले नै पर्छ ।  म भए पनि तिमीले हिँड्नुपर्छ, नभएपनि तमीले हिडनै पर्छ । नझुक्नु, सहारा नलेउ , किनकि सबै सहारा अंततः अपाङ्ग बनाईदिन्छ । सबै सहारा तिमीलाई दृष्टिबिहिन बनाईदिन्छ । सहाराले बिस्तारै तिमीलाई कमजोर बनाउँछ । बैसाखि बिस्तारै बिस्तारै तिम्रो खुट्टाको परिपूर्ति गरिदिन्छ ।  अनि तिमी खुट्टाको चिन्ता गर्न छोडिदिन्छौ
🌐
शाक्यमुनी बुध्द भन्नुहुन्छ, संदेह गर, बुध्दको धम्मं वैज्ञानिक छ । सन्देह विज्ञान प्राथमिक चरण हो । त्यसैले भविष्यमा जसै जसै लोकमानस वैज्ञानिक हुन्छ, त्यसै त्यसै समय बुध्दको अनुकूल हुनजान्छ ।  जसै जसै मान्छेहरु सोच्न र विचार गर्न गहनतामा ओरेलिन्छ र उधारो र विश्वास गर्दैन, हरेक कुनै कुरालाई मान्न राजी हुँदैन, बिद्रोह बढ़छ, मान्छेहरु हिम्मती हुन्छ, विद्रोही हुन्छ,त्यसै त्यसै बुध्दको कुरा मान्छेहरुको नजिक आउन थाल्छ ।
🌐

अहिले ससारमा बुद्धको त्यो बेलाको उपदेश कुराहरु सार्क हुँदैछ र बुध्दको आदर बढ़्दैछ । मूर्खहरु मात्रै वास्ता गर्दैनन, विचारक  चिन्तक हुन, वैज्ञानिक हुन, उनको मनमा बुध्दको आदर दिनकै बढदैछ । बुध्द नलडी जितिरहेकाछन । बुद्ध कहिल्यै कसैसित झगडा गरेनन । बुध्द भन्नुहुन्छ, म तिमीसित मान्ने कुरा भन्दिन, खोज्न भन्छु । जब खोज्छौ तब मान्छौ, न खोजी कसरी मान्छौ यो बिज्ञानको सुत्रहो।
🌐
शाक्यमुनी बुद्ध भन्नुहुन्छ सत्य यति सस्तो छैन की नखोजी भेटीयोस। सत्य कुनै सम्त्ती पनि तहोईन, जस्तै बाबुको सम्पत्ती छोराहरुलाई पाईन्छ   भगवान बुद्ध भन्नुहुन्छ, सत्यलाई खोज्नुपर्छ. भ्रमजाल तथा मायालाई भुलेर खोज्नुपर्छ र तिम्रो भित्र पनि धेरै कमजोरीहरुछन । थाक्छौ भने कहिलेल भरोसागरेर रोकिन सक्छौ कुनै मन्दिरको अगाडी, थाकि हारी शिर झुकाउन सक्छौ, यस कारण होईन कि तिमीलाई कुनै ठाउँ भेटीयोस, जहा शीर निहुराउने ठाउँ आयो, बस यस कारण कि अब तिमी थाकि सकेकाछौ, अब अरु खोज्न सकिन्न. बुध्द तिमीलाई कुनै ठाउँ दिदैनन, तिम्रो कमजोरीको लागि उनि कुद्दै ठाउँ दिन्नन।  बुध्द भन्नुहुन्छ, ज्ञान त मिलाउँछ, आत्म परिष्कारबाट, शास्त्र सित होईन, सत्य कुनै धारणा होईन। सत्य कुनै सिध्दान्त होईन । सत्य त जीवनको सुन्दरता हो । सत्य त यस्तो हो, जस्तै सुनलाई कसैले आगोमा पोल्छभने सुनको सुन्दरता बढछ, सुन जल्छ अनि पग्लन्छ  व्यर्थ जल्छ, सार्थक बच्छ ।  सत्य त तिमीमाछ, फोहोरमा च्यापीएकोछ र जबसम्म तिमी आगोबाट नजाउ, तिमीले त्यस सत्यलाई कसरी खोज्न सक्छौ.?
🌐
भगवान बुध्द भन्नुहुन्छ, चाँडो नगर भरोसा गर्ने, भरोसा तब गर्नु जब सन्देह गर्ने ठाउँ नरहोस, तर सन्देहको विपरीत श्रध्दा गर्ने अरुले सल्लाह उपदेश दिन्छन ।  तर बुध्द सन्देह गर्ने पूरै छूट दिनुहुन्छ । यति सन्देह गर्नु कि, आखिमा तिम्रो सन्देह नष्ट होस र केवल परिणाम बचोस, जसलाई खोजिरहेकाछौ   बुध्द भन्नुहुन्छ, च्यापिएको कुहिउको बाहिर निकाल, त्यसबाट छुटकारा पाउने एकै उपाय हो,त्यसलाई प्रकाशमा ल्याउ
🌐
भगवान बुध्दले सन्देहलाई जन्म दिनुभएकोछ । बुध्दको युग कहिल्यै पनि बुद्धिवादी थिएन ।  केवल बुध्द मात्रै बुध्दिवादी थिए ।  उहाँले लामो र कठिन मार्गबाट यात्रा गर्नुभउकोथियो । छोटो बाटोको कुनै उपाय थिएन ।  तिमी जसलाई श्रध्दा मान्छौ, त्यो छोटो बाटो हो । तिमी नहिडी गयौ, नभनि पुग्यौ, केहि नगरि श्रध्दा गरिहाल्छौ ।  यस्तो श्रध्दा नपुसकता  बाहेक अरु केहि होईन। बिजारोपण बिना उत्पत्ती हुनु असम्भव तर अन्य शास्त्रमा यहि उल्लखछ, नास्तिकहरको कुरा नसुन, नास्तिकले केहि भने कानमा औला केच्नु ।  यो त डर त्रास भयो नि ।  डराउने धम्काउने बाहेक अरु केछ । यस्तो शास्त्रहरुले कमजोरी सिकाउँछ, अमुक मन्दिरमा भाकल गर सबै समस्या केहि नगरि पार हुन्छ यति डरपोक छ कि नास्तिकको कुराउन नै डराउँछ ।  यस भन्दा त नास्तिक ठिक भएन र, कम से कम उनका शास्त्रमा कतै लेखेन कि आस्तिकको कुरा सुन्न डराउनु। नास्तिक कहिल्यै डराउँदैन, तर आस्तिक सँधै डराउँछ।एक सत्य घटना तराईमा एक को विवाह भएको थियो । त्यो थाहा पाएर तराईवासी तेस्रोलिङ्गिहरु ढोलक बजाएर नाचेर पैसा माग्छन भनेको जति दिएन भने सराप दिएर जान्छन भनेर डराउँछन अन्ततः ५ हजार लिएर गयो । ५००।रुपैया दिदा मानेन महिलाहरु कराउन थाले यिनिहरुको चित्त नदुखाउनु भनेको जति दिनु । डराएर ५हजार निकालेर दिए ।
🌐
भगवान बुध्दले सन्देहलाई जन्माउनु भएकोछ, सन्देह गर्दै गर्दै तिमीले सन्देहबाट मुक्ति पाउँछौ।  जहाँ सन्देह सिद्धिन्छ त्यहाँ सूर्य उदाउँछ। परमात्मा असहाय अवस्थाको पुकार हुन्छ । जस्लाई तिमीले झुकनु बुझ्यौ, त्यो कतै तिम्रो कांपेको र भयभीत पाईलाको कमजोरी त होईन ।जस्लाई तिमीले समर्पण बुझेकाछौ, त्यो तिम्रो कायरता त होईन ?
🌐
शाक्यमुनी बुध्दले तिमीसित परमात्मा छिनेको छैन, उहाँले तिमीसित तिम्रो विचारी छिन्नु भएकोछ। बुध्दले तिमीसित मन्दिर छिन्नु भएकोछैन, तिम्रो कमजोरीको शरणस्थल छिन्नु भएकोछ । बुध्दले भन्नुभयो, तिमी आफै हिडनुपर्छ, बुध्दले तिम्रो खुट्टालाई सैयो हजारौ बर्ष पछि रगत दिनुभएकोछ । तिम्रो आफ्नो खुट्टामा उभिन हिम्मत दिनुभएकोछ ।  बुध्द त्यसैलाई सद्धर्म भन्नुहुन्छ, जुन तिमीलाई  तिम्रो भित्र लुकेको सत्य सित परिचित गराउनुभयो । झूठो आस्थाहरुमा होईन, धाराणाहरुमा होईन, शास्त्रहरुमा होईन, व्यर्थको शब्दजालमा होईन। बुद्धम् शरणम् गच्छामी । जब तिमी आफै जाँदै जाँदैनौ भने कसरी गच्छामी हुन्छ गच्छामी अर्थ जान्छु हो । बसि बसि गच्छामी कसरी होला ।
🌐
बुध्दले आत्माको स्वरूपलाई शून्य भन्नुभयो । उहाँले आत्मा शब्दमा खतरा देख्नुभयो किनकि उहाँलाई लाग्यो कि तिमी कुनै वस्तुको खोजमा छौ, जुन भित्र राखेको छ । जब तिमी भन्छौ तिमी भित्र आत्मा छ, जस्तो कि तिम्रो घरमा कुर्सी राखेकोछ, तिम्रो भित्र आत्मा राखेकोछ, आत्मा कुनै वस्तु हो र कि गयो भित्र र पायो । बुध्दले आत्मा शब्दको शब्दप्रयोग गर्नुभएन किनकि आत्मा सित जडको थाहा हुन्छ । आत्मा शब्दको मतलब यो भयो कि केहि तिम्रो भित्र पर्खेकोछ, रुका हुवा है, केहि तिम्रो भित्र मदजूद छ ।  त जुन मौजूद छ भने, त्यो जड हो।
🌐
बुध्दले भन्नु भएकोथियो, तिमी नै तिम्रो शास्ता हौ, तिमी नै तिम्रो गुरु हौ, तिमीनै तिम्रो शास्त्र हौ र तिम्रो चैतन्यको शिवाय अरु कवहि छैन । बुद्धको कुरा लाई काट्ने अहिले सम्म कोहि निस्केको छैन र निसन्न पनि किन कि हजारौ बर्ष अघि भनेका कुराहरु अहिले पनि सान्दर्भिक भएकोछ बैज्ञानिक भएकोछ ।
भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपछि ४५ बर्ष सम्म गाउँ गाउँ गएर मानवले सुखिहुने उपाय सिकाउनुभयो बिभिन्न उपायले भन्नु भयो त्यो भनिएको उपदेशहरुलाई सुत्तपिटक भनियो । सुत्त पिटक एउटा स्याना एकसय पानाको पुस्तक सम्झनु नासमझको विचार हुन्छ ।