Wednesday, September 6, 2017

छाउ गीत आजको



कोही भन्छ छाउ घर हटाउ
देउता भन्छ छाउ घर बनाउ ।
छाउ हुन्छ नानी छुन हुन्न पानी ।
टाढै बस छाउ नगर आनाकानी ।
अशुद्ध हुन्छ घर टाढै बस ढिप्पी नगर ।
अरु बिसन्चो हुन्छ नाई हुन्न नभन ।
पाप हुन्छ नानी छुई छाई गर्नु हुँदैन ।
घरबाट टाढै बस अटेढ गर्नुहुँदैन ।
म कहाँ बसुँ घर पसे देउता रिसाउने ।
स्वच्छ र सफा हुन्न घाम पनि नआउने ।
छाउ नभए गर्भवती नहुने बिहेे गर्न नपाउने ।
दैवले नै भनिदेउ म मर्ने कि बाँच्ने ।
११ साउन २०७४


सुर्खेतको गोठीकाँडा फिनिकाँडा

सुर्खेतको गोठीकाँडा फिनिकाँडा
दैलेखको मिल्ने लालिकाँडा ।
जता हेर्यो उतै रमणीय डाँडा ।
दैलेखको दहि खानु दुल्लुमा वास ।
पन्चकोशी वीरखम्बा यहाँ खास ।

बारह बण्डाल अठार खण्डाल ।
सुर्खेतको चिनारी बुलबुले ताल ।
सूरवीरहरुको बस्ती भन्थ्यो।
कालापानी पनि भनिन्थ्यो ।

औलोले साँझै मास्तिर भाग्थ्यो ।
अबेर भए छकालै शंख बज्थ्यो ।
लाटीकोईलीमा हेर्नुपर्छ काँक्रेबिहार ।
देउती मन्दीरमा छन् पुरानो हतियार ।

जङ्गल घट्यो बस्ति बढयो ।
मोटर त जतासुकै चढ्यो  ।
पश्चिमबाट कर्णाली बग्ने पूर्वबाट बग्ने भेरी ।
लाको माया छुट्नेछैन केइ गर्दाखेरि ।

चौकुनेको चुनखानी बराहको ताल
सुब्बा कुना नजिकै गाग्रेताल
बुलबुलेमा घुम्दा छुट्यो मायाँजाल ।

ने सं ११३४ दिल्ला गा त्रयोदशी
२०७१ साउन ८


तिम्रो साथको धेरै अवसरहरु छुटाएकोछु

तिम्रो साथको धेरै अवसरहरु छुटाएकोछु ।
तिम्रै लागि नै आफूलाई धेरै लुटाएकोछु ।
नदी झैँ बग्यो यो जिन्दगि रुकेन कतै ।
साथ भन्दै आफ्नै जिन्दगि टुटाएकोछु ।
यस्तो साउन पनि ६२वटा कटाएकोछु ।
लुगा लत्ताहरु अनगिन्ति फटाएकोछ ।
टालो हालेर लगाउने लुगाँ धेरै धेरै लाएँ ।
खीर खाने भनि ल्याएको दुध फटाएकोछु ।
तिमी सित प्रित लाउन समय जुटाएकोछु ।
तिमीलाई सम्झेर चित्तलाई सम्झाएकोछु ।
मिलन त आक्कल झुक्कल हो नि यस्तै
तिमी सितको मिलनको ज्योतिष देखाएकोछु ।
१ साउन २०७४


सरकार कैठो नेता यइठो समबिधान छैन हितको

आजको मेरो कविता
सरकार कैठो नेता यइठो समबिधान छैन हितको
कै गरि बाँचुँ नानो घिउ देलपन एक रोटा सितको ।
भुईकम्प आई घर हप्पै नास्यो आठ हजार मान्ठा मास्यो ।
बाढी आयो हप्पै लग्यो पैरोले हप्पै बगायो ।
घर नाई वास नाई हामीकन बिच्ल्ली बनायो ।
आमा बा बिर्सी गो भुकम्पले खायो ।
छा छोरी कैगरि पालुँ मकन बैराग बनायो ।
राहत आयो भन्दाछन् कता आयो कता गयो ।
कैकन दियो राहत म त रित्तै भैगया आहत ।
आएको पाल बेच्या जसता बेच्या मकन दिया नाई ।
राहतमै चामल आयो रे खाने कुरा आयो रे हामी त भोकै ।
गाउँ कति पो मरे हामी त परिगया शोकै ।
गतिला सरकार गतिला नेता भैदिए यैठो किन हुन्थ्यो र ।
अब समबिधानको मश्यौदा आयो र हाम्मो दुख हराईदिया हुन्थ्यो ।
हप्पै मिली बसौ‌ मारकाट न अरि झमेला नअरे ।
धम्म भन्दा छौ अधम्म नअरे हप्पै दुख हरे ।
जे भएनि जसो भएनि नाम म्योहोरेङ्गे क्यो गरे ।
नाम म्योहोरेङ्गे क्यो गरे ।
नाम म्योहोरेङ्गे क्यो गरे ।

10. 7.2015

मेरो पत्रकारिता सुरुवात


२०३४ सालमा मैले पञ्चायत तालीम सहायकको तालीम पूरा गरेपछि म बझाङ्ग जाँदै थिएँ । एक दिन नेपालगन्जका बरिष्ठ पत्रकार पूर्ण चुकेज्यू धम्वोजी चोकमा भेटिनुभयो । मलाई भन्भनुयो निष्पक्ष ध्वनि साप्ताहिकको सम्बाददाता पनि भएर जानुहोस । मैले खोजेको काम पाएँ । बझाङ्गको लागि सम्बाददाता नियुक्ति दिनुभयो । भाद्रमहिना तिर म परिवार सहित ग्जहाजबाट बझाङ्ग विमानस्थल पुग्दा यस्तो लाग्यो कि त्यहाँका ग्रामिण जनता मलाई स्वागत गर्न भिड लागेका थिए । अचम्म मानेँ कसैलाई चिन्दिन थिएँ । गुण्टा गान्टी वोकाएर कान्छा छोरा बोकेर चैनपुर बजार पुगीयो । डेरा जिल्ला कार्यालय नजिकै व्यवस्था भयो मासिक रु ९०।
जिल्ला कार्यालयमा हाजीर भएँ । जिल्ला कार्यालयको साथै जिल्ला पञ्चायत कार्यालय पनि थियो । त्यो दिन त्यत्तिकै आराम गरेँ । राती भुईचालो आयो ।
भोली पल्ट मलाई प्रगति चार्ट बनाउने काम दिईयो यद्यपि मेरो काम त्यो थिएन । मेरो तत्कालिन हाकिम सानो विकास परियोजनाका प्रमुख बलराम अधिकारी हुनुहुन्थ्यो । वहाँ पनि पञ्चायत तालीम अधिकृतबाट बढुवा हुनुभएको रहेछ । त्यसवेला प्रमुख जिल्ला अधिकारी रुपबहादुर स्वाँर हुनुहुन्थ्यो । मेरो चौतर्फि कामको सीपले म सबै सित झयाम्मिएँ ।
पहिलो शनिबारको दिनमा बजारको वस्तुस्थिति बुझ्न बजार घुमे बजार सँगै सेती नदी रैछ । नदीमा मान्छेका लाश देखेँ । त्यहाँ को चलन दाउराको अभावमा पुरै नजलाएर नदीमा हुत्याईदिने चलन थियो । मलाई यो चलन मन परेन समाचारको लागि राम्रो मसला बन्यो ।
बझाङ्गमा पसेको केहि दिनमा नै निष्पक्ष ध्वनि साप्ताहिक १० प्रति भैरहवाबाट आईपुग्यो । प्रति पत्रिका २ रुपैया मात्रै थियो सबैले सित्ति मै लिएर पढे मैले बानी बसाल्न सित्तिमै पढन दिएँ । पत्रिकामा मेरो रचनाहरु र समाचारहरु पनि आउन थाल्यो । पत्रिका बझाङ्ग आईपुग्दा मासिक भैसकेको हुन्थ्यो हुलाकबाट आउँदा । त्यसताक स्नातकोत्तर गर्न १ बर्ष राष्ट्रिय विकास सेवाको स्वयम् सेवक भएर जिल्लामा खटिनुपर्ने हिसाबले रबिमोहन कोपिला र राजाराम सुवेदीज्यूहरु सित मेरो राम्रै हिमचीम भयो ।
मलाई एकदिन सिडियो साहेबले कड्केर भन्नुभयो ए शाक्यजी सरकारी कर्मचारी प्रेस सित सम्बन्ध गर्न पाईन्न भन्ने थाहा छैन ? मैले सोझो उत्तरदिएँ थाहा छैन हजूर । ल ठिक ठिक समाचार लेख्नु । रुपबहादुर स्वाँरज्युको सरुवा भएर अगाडीकव नाम बिर्सेँ रायमाझी सिडीयो भएर आउनु भयो । उहाँ त झन रमाईलो मान्छे शनिवारकव दिन रमाईलो गर्ने पत्रकारजी भनेर तास खेल्न वोलाउनुहुन्थ्यो । अरु सुब्बा खरिदार सीडीयोको अगाडी आउन पनि डराउँथे ।
म बझाङ्गको चर्चित १ मात्रै पत्रकार पो भएछु । रासस प्रतिनीधि त थिए तर जाशुश जस्तै मात्रै मैले चिन्दिन थिएँ ।
म पञ्चायत सम्बन्धि तालीम चलाउन गाउँ गाउँ १२ गाउँ पुगेर तालीम दिने मौका पाएँ । प्रधानपञ्च उप प्रधान पञ्च सदस्यहरुलाई पञ्चायत व्यवस्था अपरिहार्य आधार ,सर्बोपरि साध्य राज व्यवस्था, परिवfर नियोजन ,योजना तर्जुमा लगाएतका विषयहरु ३ दिनको तालीम दिनुपर्थ्यो । तालीमको साथै मैले समाचार सङ्कलन गर्ने पनि मौका पाएँ ।
म एक पत्रकार पनि भएकोले खरिदार सरहको कर्मचारी भएपनि जिल्लाका अधिकृतहरु मेरो साथी सरह भए ।
कान्छा छोराको भातख्वाई गर्न खीर बनाउन दुधको आवश्यक पर्यो तर दुध किन्न कतै पाईएन दुध बेच्ने चलन नै थिएन वल्लतल्ल एकमाना दुध निशुल्क पाईयो । साथीहरुलाई सामान्य जलपान गराईयो । तोरीको तेल जिरा किन्न नपाईने फलको नामा केरा पाईन्थ्यो ५ रुपैया कोशा त्यति बेला । गाउँ ठाउँ जताततै बाबुसाहेबहरुको रवाफ मात्रै । त्यहाँ बस्दा पृथ्वी जङ्गबहादुर सिँहका परिवार तथा राजा देवीजङ्ग सिँहका परिवार सित हेलमेल भएर ईतिहाँसको जानकारी लिने मौका पाईयो । २२से २४से राज्य मध्य बझाङ्ग पनि एक ठूलै शक्तशाली राज्य थियो । एकिकरण भएपछि एकिकरण हुन नमानेर गोर्खाली सेना सित लडाई भएर तत्कालिन राजाको मृत्यु भएको रैछ । बझाङ्गि राजाको छोरा सित स्व.राजाको वीरेन्द्रको बहिनी शान्तिको विहे भएकोले त्यहाँको सिँह परिवारको राजपरिवार सितको ठाट बाँट थियो । छोरा बिरामी भएर श्रीमतीको साथमा नेपालगन्ज पठाएँ ।
बझाङ्गको समाचारहरु रमेशनाथ पाण्डेको सम्पादनमा नयाँ सन्देश साप्ताहिकमा मा पनि सम्प्रेषण गर्न थालेँ । मेरो समाचार लेख्ने तरिकाको सुधार हुँदैगयो ।
बझाङ्गमा १० महिना बसाई पछि तालीमको लागि नेपालगन्ज जानु पर्यो आधा सामानहरु छोडेर बााकि सामान आफै बोकेर हवाई टिकटको अभावमा पैदलै ४ दिन हिँडेर बैतडी पुगेर त्यहाँबाट झुलाघाट पिथौडागढ हुँदै रेलबाट रुपैडिहा पुगीयो अनि पञ्चायत विकास प्रशिक्षण केन्द महेन्द्रनगर नेपालगन्ज ।
पत्रकारिता निरन्तर चल्यो २०४० सालमा हाकिम सित जहिल्यै झगडा भैरहने हुँदा मलाई व्यवस्था विरोधी राजद्रोही शङ्कास्पद व्यक्ति सजग हुनुपर्ने कर्मचारी भन्ने आरोप लगाएर सुर्खेत सरुवा भयो । सुर्खेत आएपछि रासस प्रतिनीधी, देशान्तर साप्ताहिक, मातृभुमि साप्ताहिक, समीक्षा साप्ताहिक, जाआस्था साप्ताहिक, घटना र विचार साप्ताहिक, लगाएत जनमत अर्द्ध साप्ताहिक, कान्तिपुर दैनिक, त्यसपछि त सुर्खेतका साथीहरुलाई थाहै छ मैले के के गरेँ ।

भवतु सब्ब मङ्गलम्

मेरो एउटा अनुभव


२८ बर्ष अघि अचानक पेटको दाहिने तिर असह्य पिडा भयो साथीहरुले नजिकेको नर्सिङ्ग होममा लगिदिए । डाक्टरले चेकगरे सर्जन डाक्टरले घोषणा गरे कि तत्कालै अप्रेशन गर्नुपर्छ । सम्झना भए अनुसार सिहिमाल नर्सिङ्ग होम थियो । मैले सोधेँ कति खर्च लाग्छ डाक्टरले भन्यो कि २५ देखि ३५हजार सम्म लाग्न सक्छ । मैले भने ओहो म सित त त्यति धेरै पैसा त छैन । डाक्टरले भन्यो त्यसोभए तपाई टिचिङ्गमा जानुस त्यहाँ धेरै कम खर्च लाग्छ । मलाई टिचिङ्गमा लगियो भर्ना भयो । जे जे भन्यो सबै परिक्षण भयो । आज आज भोली भोली भन्दा भन्दै १२ दिन पर्खियो त्यस पछि डाक्टरले भन्छ तपाईलाई खासै केहि भएको छैन वालुवाका कणहरु मिर्गौला निर भएकोले दुखेको हो । पानी बेस्सरी पिउनुस वालुवाहरु जान्छ । औषधी पनि लेखिदिए फर्केर घर आएँ । तर दुखाई अलि कम भएको थियो । 
२०४८ सालमा म डोटीमा काज सरुवा भएर गएको थिएँ त्यतिवेला कान्छो भाईको दुर्घटनाबाट मृत्युको खबर पाउँदा दपायल बाट नेपाल गन्ज आउने वेला नेपाली काँग्रेसका नेता गणेशमान सिँहज्यूको भाषण थियो । म आत्तीरहेको थिएँ । नेताज्यू आउनु भन्दा अगाडी मलाई अचानक पेट दुख्यो छटपटाएँ । सैनिक ले दया गरेर एक ईन्जेक्शन लगाईदिए । केहि सन्चो भयो । त्यसबखत गणेशमानज्यूलाई मात्रै चिनेको थिएँ ४ जनामात्रै यात्रु थिए म समेत ५ जना भयो । विमानस्थलका प्रमुख चिनेको साथी भएकोले मलाई टिकटको व्यावस्था गरिदिनुभएकोथियो । नेपालगन्ज आईपुगेँ तर भाईलाई भेटाउन सकिन ।
त्यो दुखाईलाई लागो भनियो फुकाई झराई भयो अरुलाई हानेको बोक्सी बाण झुक्किएर लागेको भनियो ।
फेरि केहि बर्ष पछि बैठक बसिरहेको वेला असह्य पिडा भएर म लडेछु र मलाई नजिकैको मवडेल अस्पतामा लगीयो । बेहोस भएर लडेको श्रीमतीलाई पनि थाहा थिएन । सबै जाँच भएपछि मिर्गौला बिशेषज्ञकहाँ पठाईयो एपोलो हस्पीटलमा । ८ एकसरे पछि बाट थाहा भयो मिर्गौलामा पत्थरी छ भनेर फेरि त्यहाँबाट डा असर्फि साह भएको एभरेष्ट नर्सिँह होम पठाईयो त्यहाँ पुगेकव भोली पल्टनै अप्रेशन गर्नुपर्ने बताए । अप्रेशन कसरी गर्ने पेट चिरेर गर्ने भए २५ हजार लेजरबाट गर्ने भए ४५ हजार । जे जसरी राम्रो हुन्छ गरौँ भनेपछि । पेट चिरेर गर्दा १ महिना वेडरेष्ट गर्नुपर्ने लेजरबाट गर्दा दोश्रो दिन मै डिस्चार्ज गर्ने । लेजरबाटै गर्ने नीधो भयो । अप्रेशन सफल भयो । त्यसताक म रेयूकाईकाे कर्मचारी भएकाेले मेरो उपचार रेयूकाईबाटनै भयो । त्यो उपचारको लागि कृतज्ञ भएँ र छु पनि । घर आएपछि १ हप्ता आराम गरेँ र नियमित अफिस गएँ ।
यसरी तत्काल अप्रेशन गर्नुपर्छ भनेको १२ बर्ष पछि भयो । कस्को कुरा पत्याउनु र न पत्याउनु । बाँचेर सँघर्ष गर्नुपर्ने रेछ र अहिले सेवा कार्यहरुमा छु ।
जय होस भवतु सब्ब मङ्गलम् ।

गाउँघरमा आजभोली हुने गरेको सुनेको घटना


हरेक जवान महिलालाई धन योन र मायाँप्रेम अनुभूत आवश्यकता हुन्छ । यस मध्य एकको पनि कमि भए परिवार समाजमा जुनसुकै घटना हुन सक्छ । आजभोली युवाहरु देशमा रोजगारको अभावले खाडी मुलूकमा गएर केहि कमाएर ल्याउँछन र परिवारको आर्थिक स्थिति माथि उठ्छ । रहन सहन बसाईकव स्थितमा सुधार आउँछ । जस्ले युवतीहरुको युवकतिर आकर्षण बढछ । उसितकव जीवनयापन सुखमय हुने निश्चित गर्छ । विवाहको लागि मागेमा तुरुन्त स्विकार गर्छ परिवारले पनि स्विकार गर्छ वा आफै प्रेम गरेर विवाहित हुन्छ । सुर्खेतकैं पश्चिम एक अमुक गाउँमा मलेशियाबाट छुट्टीमा आएको युवक सित एक युवतीको प्रेम हुन्छ र विवाह पनि हुन्छ । गर्भवती भएपछि युवक आफ्नो काममा फर्कन्छ १ छोराको जन्म भएपछि उ कामबाट फेरि छुट्टीमा आउँछ यस प्रकार ४वटा बच्चा हुन्जेल सम्म आउने प्रकृया जारी हुन्छ । चौथो पछि युवककव घर आउने र पैसा पठाउने अलि टाढीन्छ । २ बर्षको बिचमा २ पटक मात्रै पैसा पठाउँछ सन्चार सम्पर्क पनि टाढिन्छ । चार बच्चाको आमा भएपनि भरखर २९ बर्ष पुगेकि लहलहाउँदो जवानी त छँदैछ ।
एकदिन मनकलीले एक देवर नाता पर्नेलाई फोन गरिन बाबु कता हुनुहुन्छ ?
म बजाएमा छु भाउजु किन र ?
ए ल राम्रै भएछ हेर्नुस न बच्चाहरुले मासु खाने मन गरेकोछ । साँझ आउँदा गोजामा पैसा छभने एकडेढ कीलो मासु ल्याईदिनुस न पैसन यतै दिउँला ।
आ भाउजु भैहाल्छ नि ल मरमसला ठिक्क पारि राख्नुस मैले ल्याई हाल्छु ।
साँझ भएपछि देवर बाबुले २ किलो मासु लैजान्छ । भाउजु मनकलीले भान्छामा तयारी गर्दै गर्दा देवरले पनि सघाई दिन्छ । फटक पटक देवर भाउजुको यौन तृष्णापुर्वक आँखा जुध्छ । खाना खाने वेला बच्चाहरु पनि धेरै दिन पछि रमाउँछ । देवरबाबुले मासुको साथमा एक अध्धी पनि ल्याएका रहेछन् ।
भाउजु मैले त अलिकति यो पनि ल्याएकोछु थोरै तपाई पनि लिनुहुन्छ कि ।
 आहा देवरबाबु त एक्लै एक्लै सुईकाम्ला भनेको होला कति धेरै दिन पछि आउनुभो त्यहि पनि एक्लै पो खाने सूर ।
हेन हैन भाउजु सोध्न त पाईयो नि भनेर भाउजुलाई पनि राखिदियो । खाना खाईवरि सुत्ने वेला भयो । ल भाउजु म घर जान्छु है ।
आ देवर बाबु यति रात परिसक्यो काँ घर जानु यतै सुत्दा त हुन्छ नि कि डराउनुभो ?
किन डराउनु आफ्नो भाउजु सित । उ पनि मन मनै रमायो ।
राति बत्ती निभ्यो सबैजना निदाए तर देवर भाउजु भने निदाउन सकेन । भाउजुले कतिवेला देवर आफूतिर आउला भनेर आस गरिरखेको देवरले पनि भाउजु सुत्लान र सुटुक्क भाउजु सित सुतम्ला भनेर आस गरेको ।
रात छिप्पिएपछि देवरलाई रक्सीकव नसाले उत्तेजित पारेकै थियो । लुसुक्छ भाउजुसित सुत्न गैहाल्यो भाउजु आनन्दित भयो । झिसमिसे बिहान जेठो छोराले भाउजु सित अङ्कल नाङ्गै सुतेको अवस्था देखेर उ दगुरेर मावल बाजेलाई भन्न गयो । मनकलीको बुवा आउँदा त देवर भाउजु मस्त सुतेको देख्यो । मनकलीको बुवालाई झनक्क रीस उठ्छ र केटोलाई उठाउँछ केटो जुरुक्क उठेर पेन्टि लगाएर लुगा लगाउँछ । केटोलाई समातेर वडा अध्यक्षकवमा लगेर सबैकुरा भन्छ । वडा अध्यक्षले केटोलाई थुनेर राख्छ । बिहान हुन्छ परवारका बिशेष नजिकका नातेदार आउँछन । केटोले सफाई दिन्छ मेले भाउजुलाई केहि गर्या छैन म आफ्नै बिछौनामा सुतेको यादछ मलाई रक्सीले बेस्सरी लागेछ म कहाँ सुतेँ थाहै भएन । वडा अध्यक्षले पूरानो बदला लिने सोँच्यो र मनकलीको बुवालाई सुझाव दियो बलत्कार गर्यो भनेर मुद्दा दिने कि १० लाख रुपैया लिने । युवकले आफूसित १० लाख नभएको बतायो । कुरा स्थानीय प्रहरी चौकी सम्म पुग्यो । कानुन अनुसार हदै सम्मको सजाय हुने देखियो । यो कुरा फोनबाट मनकलीको श्रीमानलाई पुग्यो उ फोनबाटै रोएर जे जसरी हुन्छ मिलाउनु पर्यो मेरो श्रीमती मेरै हो भनेर अनुनय विनय गर्यो । देवर हुने युवक अलमल्ल केहि वोल्न नसक्ने अवस्था थियो उ भाउजु स्याहार्न तयार भयो भाउजु पनि देवरसित जान तयार भयो । मनकलीको श्रीमान पनि मलेशियाबाट हस्याङ्ग फस्याङ्ग गर्दै आईपुग्यो । घटना सबै बुझ्यो र उस्ले निर्णय गर्यो गल्ति मेरो हो मैले वेलामा पैसा पठाउन सकिन र वेला वेला आईन । म नभएको वेला मैले नदेखेको घटना मलाई केहि थाहा छैन मलाई मेरो श्रीमतिको मायाँ लाग्छ उस्लाई केहि गर्दिन मैले नै राख्छु भन्यो । मनकलीलाई डर थियो कतै श्रीमानले देवर सित सम्बन्ध राखिस भनेर पिटेने हो किनकलीको मन फेरियो । बाबुले बल्कार गरेको होईन हाम्रो राजी खुशिले हो सँगै सुतेको तर हामी चोखै छम ।
घटनाको रङ्ग फेरियो । श्रिमान श्रिमती अङ्गालो हालेर रोए । ए सन्तेको बा ! ए सन्तेको आमा दुबै जना यसरी रोए । प्रहरी र वडा अध्यक्षको आम्दानीको बाटो बन्द भयो ।
फेरि नयाँ षडयन्त्र चल्यो । कम्तिमा २ लाख युवकले तिर्नै पर्ने नत्र घटनालाई प्रहरीले अगाडी बढाउने भयो । मनकलीको श्रीमानले घटना अघि बढे परिवार लथालिङ्ग हुने बेईज्जत बढने देखेर बरु आफूले चालाखै दिने घटना अघि नबढाएर घर परिवार मिलाईदिन अनुरोध गर्यो । ४ लाख बाँडफाँडको योजना बन्यो घटना अघि बढे त्यो चार लाख पनि गुम्ने देखेर यसरी मिलाईयो ।
युवकले मनकली भाउजुलाई आमा सरि मायाँ गर्थे । त्यसदिन सँयोगले रक्सी लागेर भाउजुको साथमा गएपनि यौनकृया केहि भएन देवर बिउँझेपछि आफै लजाएर माफी मागेको हुँदा भाउजुलाई ढोकेर माफी माग्न लगाई अब आईन्दा रक्सी पिएर पराई घरमा नसुत्ने चेतावनी दिई मिलईयो ।
चार बच्चाको बुवा ले फेरि यो घटना दोहोरिन सक्ने देखेर अब मलेशिया नजाने अब गाउँ मै पसल गरेर जिवकोपार्जन गर्ने सोँचेर फर्केन । तर देवर लाजले उ काठमाण्डु तिर लाग्यो ।

भवतु सब्ब मङ्ग ।