Wednesday, August 28, 2019

के हुन बुद्धका गुण ?



बुद्धका गुण अनेक हुन्छन तर तिनिहरुमा ९ प्रमुख  जस कारण विश्व विख्यात हुनुभयो ।
इतिपिसो भगवा अरहँ सम्मासम्बुद्धो विज्जाचरण सम्पन्नोसुगतो लोकविदू अनुत्तरो पुरिसदम्म सारथी सत्था देव मनुस्सानँ बुद्धो भगवाति ।
॰ अरहं:
तथागत बुद्ध पाँच दृष्टिकोणबाट अरहत भनिन्छ। (क) उहाँले सबै अपवित्रताहरुलाई निकालेर फ्याँक्नुभयो । (ख) उहाँले अपवित्रताहरुको उन्मूलन (शमन)मा बाधक सबै शत्रुहरुको दमन गर्नुभयो। (ग) उहँले भवचक्रको सबै बाधाहरुलाई दमन गर्नुभयो । (घ) वहाँ दान प्राप्त गर्न तथा सम्मान पाउने सुपात्र हुनुहुन्छ । (ड) उहाँले आचरण र आफ्नो शिक्षाहरुमाकुनै कुराकोलाई रहस्यमयी तरिकाले लुकाएर राख्नुभएन । उहाँको जीवन दोषरहित र निष्कलंक थियो । उहाँको शिक्षाहरुमा कुनै गोपनीयता छैन । उहाँ उपदेश सबैको लागि खुला किताब जस्तै हो । आऔं निरिक्षण गरौँ ।
सम्मासम्बुद्धो
बुद्धलाई सम्यकसम्बुद्ध  भनिन्छ किनकि उहाँले संसारको अस्तित्वलाई यस्को सही परिप्रेक्ष्यमा बुझ्नुभएकोथियो तथा स्वयंको बोधिगम्यताले वहाँले “आर्यहरु सत्यहरुको खोजी गर्नुभयो । बुद्ध- जुन बोधिसत्वको रूपमा  जन्मिनुभएको थियो उहाँले गृहत्याग गर्नुभयो र निरन्तर छ वर्ष सम्म लामो समयसम्म ज्ञान प्राप्तिको लागि कठोर तपस्या गर्नुभो । तर ज्ञान प्राप्त गर्नुभएन ज्ञानको सन्तुष्टि भएन । धार्मिक विश्वासहरुबाट हटेरउन्हाँले असंतोषजन्यतासंघर्ष तथा निराशा (दु:ख) जस्तो सांसरिक समस्याहरुको अन्तिम समाधान खोजेर निकाल्नुभयो । यस प्रकार महाप्रबोधन सम्पन्न भएर उहाँले कार्य-कारणको सिद्धान्तको खोजी गर्नुभयो जस्को आधारमा उहाँले संसारको सत्यताको मूल्यांकन गर्नुभयो ।
विज्जाचरणसम्पन्नो
यस शब्दावलीको अर्थ हो बुद्ध पूर्ण स्पष्ट दृष्टि एवं उदाहरणात्मक उत्तम सदाचरणले सम्पन्न हुनुहुन्थ्यो।  जस्तो कि त्रिरत्न ज्ञान र अष्ठांगिक मार्गमा भनिएकोछ। त्रिरत्न ज्ञान निम्न प्रकार छन। (क) बुद्ध आफ्नो विगत स्मृतिहरुको सहारा तथा अरुको पूर्व कालको अस्तित्वलाई दृष्टिगत गर्नसक्नुहुन्थ्यो । (ख) अरुको अतीतको स्मृतिहरु जान्नमा सक्षम हुनाले उहाँमा उत्कृष्ट दूरदर्शिता एवं क्षण भरमा समस्त संसारको घटनाहरुबाट स्व-दृष्टा हुने क्षमता थियो। (ग) तेश्रो उहाँमा अरहत्व पदबाट संबन्धित गहीरो ज्ञान थियो। उहाँ विद्याले मात्रै होईन आचरणले पनि सम्पन्न हुनुहुन्थ्यो । अष्टांगिक ज्ञानको आधारमार बुद्धको निम्नानुसार विशेषताहरु थियो।आत्मबोधको अदभुत देन। असाधारण साहसिक कार्य गर्ने शक्तिको अदभूत देन। लामा लामा कान । यस्को अर्थ अरुको धेरै कुरा तथा विचारलाई सुन्न सक्ने क्षमता । । अतीतका स्मृतिहरु जान्ने योग्यता। ठूला-ठूला स्वरूप आँखा। परम पवन जीवन जीउने श्रेष्ठ ज्ञान।
सुगतो:
बुद्धलाई सुगतो पनि भनिन्छ जस्को अर्थ हो उहाँले देखाउनुभउको माअसलछ,उद्देश्य उत्कृष्टछ उहाँ हानिरहित र निष्कलंक हुनुहुन्छ । हाँको वाणी नै उत्कृष्ट र भ्रमरहित छन् है। उहाँको बाणी नैं सुगति प्राप्त छ ।
लोकविदु:
लोकविदु शब्दबुद्धको लागि उपयोग गरिएको छ किनकि उहाँ सन्सारको समस्त उत्कृष्ट ज्ञानले सम्पन्न हुनुहुन्छ। महाप्रज्ञामयी बुद्धले स्वयंको अनुभूतिले ज्ञान प्राप्त गर्नुभयो सांसरिक जीवनको हरेक पक्ष भौतिकताको साथ-साथ आध्यात्मिकतामा पनि प्रयोग गर्नुभयो । आफ्नो शरिरको सबै गतिविधिबारे पूर्ण हुनुभएको ज्ञान ।
अनुत्तरोपुरिसधम्मसारथी:
अनुत्तरों का अर्थ हो अनौठो र अद्वितीय पुरुषत्यस व्यक्तिको लागि उपयुक्त गरिएकोछ जुन जो धम्मको देनबाट सम्पन्न (धर्म धारण गरेका)छन्है। जबकि सारथी को अर्थ पथप्रदर्शक हो । यि तीनै शब्दहरुलाई एकैसाथ नै एकै व्यक्तिको लागि प्रयुक्त गरिएको मानिन्छ कि एकयस्तो अनौठो व्यक्तित्व अथवा नेतृत्व जुन मनुष्यलाई ठीक दिशामा लैजान सक्षम होस । बुद्धको धर्म तिर आकर्षित भएर र खराबीको शमन गरेर जो मान्छेहरु धम्मको अनुयायी बनेकाथिए तिनमा जघन्य हत्यारा जस्तै कि अंगुलिमालआलवकतथा नालागिरी हात्तीसैंकड़ौं लुटेराहरुनरभक्षी,तथा सकक जस्ता उदण्ड व्यक्ति पनि थिए । ति सबैलाई धर्म भावनाले जोड़ीयो र यस्तो भनियो कि त्यसमध्य केहिले आफ्नो धार्मिक जीवनमा नै आदर्श उच्च भिक्षु पद पाएकाथिए । देवदत्तजो बुद्धको घोर विरोधी थिए नाताले आफ्नो भाईपर्नेउनलमई पनि आफ्नो  संघमा प्रवेश गराउनुभएकोथियो ।
सत्था देवमनुसान्न:
यस शब्दको भावार्थ यो होकि बुद्धदेवता, (जागृत पुरुष) र मनुष्यहरुको शिक्षक हुनुहुन्थ्यो । यस परिप्रेक्ष्यमा यो उल्लेखनीय छ कि देवता तिनिहरुलाई भनिन्छ जो आफ्नै कुशल कार्यहरुबाट मनुष्यको स्तर भन्दा माथि गैसकेको हुन्छकिनकि बुद्धको अनुसार मात्र जैविक शारीरिक विकास नैं मनुष्यको सर्वांगीण विकासको अवस्था होईन। बौद्ध धम्मको परिप्रेक्ष्यमादेवताको पौराणिक सैद्धांतिक मान्यताहरु सित कुनै सम्बन्ध छैन । बुद्ध एक विलक्षण गुरु (शिक्षक) हुनुहुन्थ्योजो धेरै नै उदार हुनुहुन्थ्यो र आफ्नो शिक्षालाई प्रचारित गर्नलाई मान्छेहरुको मानसिक स्तरचरित्रबलतथा मान्छेहरुको भिन्ना-भिन्नै मानसिकतालाई दृष्टिगत राख्दै विभिन्न विधिहरुको उपयोग गर्नमा सक्षम हुनुहुन्थ्यो। वतिनिहरुलाई विशुद्ध जीवन जिउने शिक्षा दिनमा प्रयासरत रहनुहुन्थ्यो । बुद्ध वास्तवमा सार्वभौमिक जगत गुरु हुनुहुन्थ्यो ।
बुद्धो
बुद्धको अर्थ विशेष उपनाम – “बुद्धोंयस वर्गको द्वितीय भागको पुनरावृति प्रतीत होला यद्यपी यस शब्दको आफ्नो सार्थक गुण एवं निर्देश (संकेत) हो । ‘बुद्धों’ को तात्पर्य त्यो गुरु हो जो सर्वज्ञताको गुण सम्पन्न हुनाले अरुलाई आफ्नो खोज सित अवगत गराउने असाधारण शक्ति राख्नुहुन्छ उहाँको सम्झने  विधिहरु यति उत्तम थियोकि अन्य कुनै पनि गुरु उहाँभन्दा अगाडी जान सकेन। ‘बुद्धों’ शब्द को अर्को अर्थ जागृत पुरुष’ भनेर लिईन्छजबकि साधारण व्यक्ति प्राय: उदासीनताको स्थितिमा रहन्छ। बुद्ध सबैभन्दा अघि पहिलो जागृत पुरुष हुनुभयो र उहाँले यस उदासीनताको अवस्था लाईनै बदलिदिनुभयो। तदोपरान्त उहाँले तिनिहरलाई पनि जागरूक बनाउनुभयो जो अज्ञानताको कारण गहोरो निद्रामा लामो समयदेखि हराएकाथिए ।
भगवा:
बुद्धको परिचय गराउन अथवा उहाँलाई प्रस्तुत गर्नमा उपयोग गरिपएको सबै शब्दावलिहरु मा ‘बुद्धों’ – एवं ‘भगवा’ अलग-अलग प्रयोग गरियो अथवा यि दुबै शब्दहरुलाई एकैसाथ मिसाएर जस्तै कि ‘बुद्धों भगवा’ प्रयोग गरियो यि सबैको अर्थ हो आशीर्वाद दिनेवाला। यही शब्द सबैभन्दा धेरै प्रचलित छ र बुद्धको लागि सामान्य रूपले प्रयुक्त गरिन्छ । यस प्रकार महाश्रद्धा र परम आदरको ‘बुद्ध’ नामको उपाधि को वहाँ अधिकारी हुनुहुन्छ। ‘भगवा शब्दको धेरै विश्लेषण कर्ताहरुले विभिन्न अर्थहरु देखाए । बुद्ध शब्दको अर्थ ‘भगवा’ अथवा आशीर्वाद दिने योग्य पुरुष मानियोजस्तै कि ति समस्त मानवहरुमा सबैभन्दा धेरै प्रसन्न रहने तथा सबैभन्दा धेरै भाग्यवान पुरुष हुनुहुन्थ्यो किनकि उहाँले सबै खराबीहरुमा विजय पाउने जान्नुभयो,सर्वोच्च धर्म प्रति फड़ैत गर्नुभयो तथा वहाँ सर्वोच्च ज्ञान शक्तिले सम्पन्न महमानव हुनुहुन्थ्यो ।
सारांश:
प्रज्ञावान व्यक्तिको गुणहरुमा चिन्तन गर्ने प्रणाली बौद्ध परम्परामा नै आचरणमा ल्याईन्छविशेषत: प्रबुद्ध व्यक्तिको, अर्थात जो पूर्णत: प्रज्ञावान छ यस्तो व्यक्तिको गुणहरुमा चिंतन गराउने अनुसंशा गर्नुपर्छ । यसैलाई नै ‘बुद्धानुसती’ यस्तो भनिन्छ । अनुस्सती अर्थात स्मरणसम्झना र विस्तारपूर्वक भन्नु नै मनमा लिनु। मनमा राख्नुध्यानमा राख्नुहो । अनुस्सती ध्यानको कतिपय सोँचमा एक ध्यानको अभ्यास होतीन अनुस्सतिहरुको यो सोँच होजस्मा बुद्धधम्म र संघको गुणहरुको सूचि दिईएकोछ ।त्यसलाई नै बुद्धानुस्सती,धम्मनुस्सतीर संघानुस्सती भनिन्छ । जब हामी प्रज्ञावान व्यक्तिको गुणहरुमा चिन्तन गर्छौं तब अनावश्यक रूपले आफ्नो तुलना उहाँको साथमा गर्ने प्रवृति हुन्छ । तथागत बुद्धमा निहित यो गुण सेवा साधनाको विषय हुनसक्छ यदि उहाँको गुणहरको विभिन्न व्याख्याहरुको ध्यान पूर्वक सावधानीले विश्लेषण गरियो र उन्को वास्तविक मन्तव्य र सार ग्रहण गरेर धारण गरिन्छ । सूत्रहरुलाई राम्ररी नबुझि त्यस्को उच्चारणा मात्रले त्यसको कुनै प्रभाव मान्न सकिंदैन यहाँ सम्म कि पुजा-उपासनामा पनि सबै भन्दा राम्रो थरिका हुनसक्छ की सूत्रहरुलाई पटक पटक स्मरण गरियोस। जब सूत्रहरको व्याख्या गरिन्छ तब प्रत्येक उपासक आफ्नो ध्यान यस्मा केन्द्रित गरेर यस्को सत्यतालाई जाँचौ जसले बुद्धहरको अनुयायी सम्यक रूपले यस गुणहरुलाई बुझ्ने यथेष्ट चेष्ठा गर्न सकोस ।
वजीरटाण महाथेरोंको पुस्तक (Buddhist Meditation) (नेपालीमा –ध्यानको केहि कुछ लाभ)मा बुद्धको ध्यानको लागि यस प्रकार लेखिएकोछ; “जो बुद्धा नुस्सती ध्यान गर्छ उस्को मनमा बुद्धको  गुणहरुको सन्दर्भमा निरन्तर विचार आउँछउच्च प्रतिको आनन्दी मनको कारणअत्यानंद एवं प्रीतिको कारण उनमा श्रद्धा र भक्ति यसको ठूलो मात्रामा वृद्धि हुन्छ । त्यसको अंत:मनमा त्यसलाई बुद्धको अनुभूति हुन्छ र उत्यसलाई सतत यस्तो लाग्छ कि उ बुद्धको संम्पर्कमा छ । बुद्ध प्रति उसको मनमा निश्चित नै नजिकको भावना निर्माण हुन्छ । किनकि निरन्तर बुद्धहरको गुणहरको साथ-साथै उस्को मन एकरूप हुनजान्छ तथा उस्लाई महसूस हुनथाल्छ कि उभित्र निरंतर चिंतन-मनन गर्नेवाला सक्रिय भएकोछ । भारतीय भाष्यकार बुद्धघोषको मतानुसार जोसुकै बुद्ध नुस्सती ध्यानको अभ्यास गर्छ- उ परिपूर्ण श्रद्धास्मृतिज्ञान र पुण्य प्राप्त गर्छ। उ डर र चिन् यि  विजय हासिल गर्छ र स्वयं सदैव गुरुहरुको सम्पर्कमा हुने अनुभूति प्राप्त गर्छ ।
(लेखक, डॉ. मनीष मेश्राम, गौतम बुद्ध विश्वविद्यालय, ग्रेटर नोयडा के बौद्ध अध्ययन विद्यापीठ में सहायक प्रोफेसर हैं) बाट हिन्दिबाट अनुवाद



Tuesday, January 22, 2019

प्रजापती गौतमी परिचय




प्रजापती गौतमी को हुन यिनि महान नारी बुद्धकालीन महान महिलाहरु मध्य प्रजापती गौतमी जो राजकुमार सिद्धार्थकि सानीआमा हुन अर्थात कपीलवस्तुका राजा शुद्धोधनका कान्छि महारानीहुन् । महामाया सिद्धार्थलाई जन्म दिएपछि सातौ दिनमा दिवगत भएकाथिए । महामाया र प्रजापती साख्खै दुई दिदि बहिनी थिईन । त्यसताक पुरुषार्थी राजाहरुलाई दुई वा दुई भन्नदा बढि विवाह गर्ने अनुमती थियो । महामाया तथा प्रजाती गौतमी राजा अञ्जन शाक्यको छोरीहरु थिईन । त्यति वेला नै भविष्यवाणी गरिएको थियो कि यि दुबै राजकुमारीहरुको कोखबाट जन्मिने वालक चक्रवती सम्राट हुनेछन् । कालान्तरमा महामायाबाट सिद्धार्थको जन्मभयो जो लोकमा सम्यक सम्बुद्ध भए । महाप्रजापती गौतमीले पनि त्यहि समयमा एक छोरालाई जन्म दियो जस्को नाम नन्द रहन गएकोथियो । दिदी महामायाँको मृत्यु भएपछि आफ्नो छोरा लाई ड्ढाई आमाको जिम्मा लगाएर सिद्धार्थलाई आफूले जिम्मालिएकि थिईन । राजा शुद्धोधनले प्रजापतीलाई राज महिषीको पदमा प्रतिष्ठित गरे ।
समय आएपछि राजकुमार सिद्धार्थ सम्यक सम्बुद्ध भएपछि शुद्धोधनको निमन्त्रणमा गृहत्याग गरेको सात बर्ष पछि कपीलवस्तु आउनुभयो । भोलीपल्ट विहानै नगरवासीहरुलाई सँघदानको पण्यबाट लाभान्वित गर्न भगवान भिक्षु सँघ सहित घर घर भिक्षाटन गर्दै निस्कँदा राजा शुद्धोधनले आफै गएर बुद्धलाई सँघ सहित राजमहलमा ल्याए । त्यस दिन भगवानबाट धर्मोपदेश सुनेर स्रोतापन्न अवस्था प्राप्त गरे । अर्को दिन भाई नन्दलाई प्रवज्जित गरिदिनुभयो र सात बर्षीय पुत्र राहुललाई पनि प्रवज्जित गरिदिनुभयो र बैशाली तिर प्रस्थान गर्नुभयो ।
दिदि महामायाँको दिवगत भएपछि राजा पनि दिवँगत भयो एक छोरा बुद्ध भए अर्को पनि प्रवज्जित भए बुद्धको पछि लागे । बिस्तारै राजमहल खाली भयो । प्रजापती गौतमीको मनमा निर्वेद र वैराग्य जाग्यो र उनले पनि तथागत व्दारा उपदिष्ट धर्म वनयमा प्रवज्या लिने निश्चय गरिन तर भगवानलाई यो स्विकार्य भएन । कारण स्पष्ट थियो कि जब भिक्षुणिरुलाई यात्रा गर्नुपर्छ तब केहि भिक्षुहरुलाई पनि साथमा जानुपर्ने हुन्छ जुन अनुचित हुन्छ कवहि एक्ली भिक्षुणी वन प्रदेशमा तपीरहेकव हुनेछ तब कुनै गृहस्थ युवकमा सवार भएर मारले उस्लाई दूषित गर्ने प्रयत्न गर्न सक्छ र सफल पनि हुन सक्छ । मारको कुनै रुप हुँदैन उस्ले कसैको रुपमाथि सवार भएर उबाट दूष्कर्म गराउँछ । जस्तो सुकै तपश्विहोस उसमाथि सवार हुने अन्त सम्म भरमग्दूर प्रयत्न गर्छ । मार भनेको अदृष्य बाधकहो । सकृय कृयाशील मान्छेलाई अल्छि बनाईदिने ध्यान गरिरहेकोहरुलाई निद्रामा मस्त पारिदिने । आ..केको ध्यान आनन्द सित निदाउन छोडेर जाडोमा सास्ती भन्ने भावना जगाईदिने हुन्छ ।
क्रमशः…….
एक समयमा भगवान कपीलवस्तुको निग्रोधाराममा विहार गर्दै हुनुहुन्थ्यो । तब महाप्रजापती गौतमी भगवानको नजिक पुगेर अभिवादन गरेर एकातिर उभिई । हमाप्रजापतीले भनिन् भन्ते ! यो राम्रव होला कि तथागच व्दारा उपदिष्ट धर्मविनयमा महिलाहरुलाई पनि प्रवज्जति हुने अवसर प्राप्त होस ।
गौतमी ! हुन सक्छ तपाईलाई तथागत व्रा उपदिष्ट धर्म विनयमा घरबाट बेघर भएर प्रवज्या पाउनु रुचिकर नहोस ।
 तब प्रजापतीले दोश्रो र तेश्रो पटक पनि अनुरोध गरिन । भगवानले तीनै पटक निवेदन अस्विकार गर्नुभयो । तब गौतमी महिलाहरुले प्रवज्या नपाउने भएर दुखि भईन रुँदै भगवानलाई अभिवादन गरेर फर्किन । भगवान कपीलवस्तुबाट चारिका गर्दै वैशालट्ठ पुग्नुभयो । भगवान वैशालीको महावनमा कुटागारमा विहार गरिरहनुभएकोथियो । तब प्रजापती गौतमी धेरै नै शाक्य महिलाहरुको साथमा कपाल मुण्डन गरि काश्यायवस्त्र धारण गरि वैशाली हमवन कूटागारमशालामा पुगिन । उनको पाईला सुन्निएको अवस्था थियो शरिर धूलोले रङ्गिएकोथियो उनि दुखि हुँदै कू६गारको ढोकामा उभिईन । तब आयुष्मान आनन्दले देखेर के हो भनेर सोधे । उनले भगवान सित धर्म विनयमा प्रवज्याको अनुमति प्राप्त नभएको कुरा बताईन । आनन्दले सान्तवना दिँदै भगवानको नजिक गएर यो समचार सुनाए ति महिलाहरुलाई धर्म विनयमा प्रवज्जित हुने ईच्छा अवगत गराए। तब भगवानले भन्नुभयो कि आनन्द ! हुन सक्छ कि तिमीलाई महिलाहरुलाई तथागत व्दारा उपदिष्ट धर्म विनयमा प्रवज्या दिनु ठिक नलाग्ला ।
 आनन्दले तीन पटक अनुरोध महिलाहरुलाई पनि धतथागतकव धर्म विनयमा प्रज्जित हुन पाउन अनुरोध सिफारीशका साथ अनुरोध गरे । भगवानले पनि महिलाहरुले प्रवज्जित हुने अनुचित ठहराएको कुरा व्यक्त गर्नुभयो । आनन्दले कुनै पनि तरिकाले महिलाहरुलाई तथागत व्दारा निर्दिष्ट धर्म विनयमा प्रवज्जित गराउन अनुरोध गर्नुपर्ने सोँचे । आनन्दले भगवान सित हात जोडेर अनुरोध गर्दै भने- भन्ते ! के तथागत व्दारा उपदिष्ट धर्म विनयमा घरबाट बेघर भएर प्रवज्या लिएर महिलाहरु स्रोतापतिफल,सकदागामीफल,अनागामिफल,अरह्त फलको साक्षात्कार गर्न सक्छन?
तब भगवानले आनन्दलाई भन्नुभयो आनन्द ! महिलाहरुले पनि तथागत व्दारा उपदिष्ट धर्म विनयमा घरबाट बेघर भएर प्रवज्या लिएर महिलाहरु स्रोतापतिफल,सकदागामीफल,अनागामिफल,अरह्त फलको साक्षात्कार गर्न सक्छिन ।
भंते यदि महिलाहरुले पनि भगवान व्दारा उपदिष्ट धर्म विनयमा घरबाट बेघर भएर प्रवज्या लिएर महिलाहरु स्रोतापतिफल,सकदागामीफल,अनागामिफल,अरह्त फलको साक्षात्कार गर्न सक्छिन भने महाप्रजापति गौतमीले त हजूरको उपकार गरेकि हुन हजूरको सानीआमा हुन क्षीरदायिका हुन पोषिका हुन् । भंते हजूरको आमाले शरिर त्याग्नुभएपछि भगवानलाई दुध खुवाईन । यो राम्रव होला कि यदि महिलाहरुलाई तथागच व्दारा उपदिष्ट धर्म विनयमा घरबाट बेघर भएर प्रवज्या प्राप्तहोस ।
अनि भगवानले भन्नुभयो आनन्द ! यदि महाप्रजापति गौतमी यि आठ गूरुधर्महरु स्विकार गरेमा उपसम्पदा हुनसक्छ ।
१ चाहै भिक्षुणी १०० बर्षकिले उपसम्पदा प्प्त गरेको होस चाहे भिक्षुले त्यसैदिन उपसम्पदा प्राप्त गरेको किन नहोस भिक्षुणीले भिक्षुलाई अभिवादन प्रत्युत्थान,अञ्जलीकर्म हात जोड्नुपर्ने हुन्छ यस धर्म विनयलाई स्विकार गर्नुपर्ने हुन्छ उसलाई मान्नप्ने हुन्छ पुज्नुपर्ने हुन्छ जीवनभरि पालन गर्नुपर्ने हुन्छ ।
२ भिक्षुहणले यस्तो आवासमा बर्षावास नगर्नुपर्ने हुन्छ जहाँ भिक्षु रहन्छ । यस धर्म विनयलाई स्विकार गर्नुपर्ने हुन्छ मान्नुपर्ने हुन्छ जीवनभरि पालना गर्नुप्ने हुन्छ ।
३ प्रत्येक १५ दिनमा भिक्षुसँघबाट दुई धर्महरुको आसा राख्नुपर्छ भिक्षु सम्मुख धर्म श्रवणको लागि आगमन तथा उपोसथ संबन्धि प्रश्नको उत्तरको लागि आगमन । यस धर्म विनयलाई स्विकार गर्नुपर्ने हुन्छ मान्नुपर्ने हुन्छ जीवनभरि पालना गर्नुप्ने हुन्छ ।
४ बर्षावास भैसकेपछि भिक्षुणीले भिक्षुसँघ तथा भिक्षुणी सँघमा  दृष्ट तथा श्रुत संदिग्ध तीनै प्रकारको दोषलाई लिएर प्रवाणना गर्नुपर्छ । यस धर्म विनयलाई स्विकार गर्नुपर्ने हुन्छ मान्नुपर्ने हुन्छ जीवनभरि पालना गर्नुप्ने हुन्छ ।
५ संघादिषेक नामक गम्भीर अपराध भएमा भिक्षुणीले दुबे संघहरुमा   पक्ष भरको प्रायश्चित गर्नुपर्छ । यस धर्म विनयलाई स्विकार गर्नुपर्ने हुन्छ मान्नुपर्ने हुन्छ जीवनभरि पालना गर्नुप्ने हुन्छ ।
६ दुई बर्षावास सम्म ६ धर्ममा अभ्यासिनी भिक्षुणीले दुबै संघमा उपसम्पदा हुनुपर्छ । यस धर्म विनयलाई स्विकार गर्नुपर्ने हुन्छ मान्नुपर्ने हुन्छ जीवनभरि पालना गर्नुप्ने हुन्छ ।
७ भिक्षुणीले कुनै पनि स्थितिमा भिक्षुको अपमान गर्न पाईनेछैन । यस धर्म विनयलाई स्विकार गर्नुपर्ने हुन्छ मान्नुपर्ने हुन्छ जीवनभरि पालना गर्नुप्ने हुन्छ ।
८ आजको दिन पछि भिक्षुणीहरुलाई केहि पनि भन्ने ९का बन्द भयो यद्यपि भिक्षुहरुलाई केहि पनि भन्न ढोका भने खुलेको हुनेछ । यस धर्म विनयलाई स्विकार गर्नुपर्ने हुन्छ मान्नुपर्ने हुन्छ जीवनभरि पालना गर्नुप्ने हुन्छ ।
आनन्द !  यदि प्रजापति गौतमी यि आठ गुरु धर्महरुलाईस्विकार गरेमा यो उस्को उपसम्पदा भयो । तब आनन्दले भगवानबाट प्राप्त यि आठ धर्म महाप्रजापति गौतमीलाई भने कि ल गौतमी यदि यि ड धर्महरु सव्कार भएमा यो तिम्रो उपसम्पदा हुन्छ ।
भन्ते आनन्द! जसरी कुनै शदकिन महिला पुरुष अल्पवयस्क या तरुण सिरबाट स्नान गरेर उत्पल माला जूही माला अथवा मोतीहरुको माला दुबै हातले लिएर स्विकार गरेर धारण गर्छ त्यसै प्रकार भन्ते मैले यस गम्भिर धर्महरु जीवनपर्यन्त पालन गर्ने सव्कार गर्छु ।
 आनन्दले भगवानलाई यो कुराको निवेदन गरे ।
भगवानले आयुष्मान आनन्दलाई भन्नुभयो आनन्द ! यदि महिलाहरुलाई तथागत व्दारा उपदिष्ट धर्मविनयमा घर बाट बेघर भएर यफ धर्म विनयमा महिलाहरु एक हजार बर्ष सम्म स्थिर रहन्छ । तर अब यो धर्म विनय महिलाहरुलाई अनुमती हुनाले सद्धर्म केवल पाँचसय बर्ष मात्रै स्थिर रहनेछ ।
 आनन्द! जुन घरमा पूरुष कम रमहिला धेरै छ त्यषो घर चोरहरु तथा भाँडहरु व्दारा चोरी गर्ने योग्य हुन्छ त्यसै प्रकार आनन्द! जुन धर्म विनयमा महिलाहरुको प्रवेष भएर घरबाट निस्केर प्रवज्या लिन्छ त्यहाँ ब्रह्मचर्य चिरस्थायी रहँदैन ।
आनन्द ! जसरी कुनै पाकेको धानखेतमा सेतो रोग लाग्छ र त्इ धान खेत चीरस्थायी नभएर चाँडै नै नष्ट भएर जान्छ त्यसै प्रकार जुन धर्म विनयमा महिलाहरुलाई घरबाट निस्केर प्रवज्जित हुने अनुमती पाउँछ त्यहाँ ब्रह्मचर्य स्थायी हुँदैन ।
आनन्दलाई बिभिन्न उदाहरण दिएर भन्नुभयो कि महिलाहरुले प्वज्जित भएमा भविष्यमा धर्म विनय चीर स्थायी हुँदैन जस्तै कि कुनै पुरुषले पानीको रोकथामको लागि पहिलै बाट कुनै ठूलो तलाउको चारैतिर बाँधको व्यवस्था गर्छ त्यसै प्रकार मैले पहिल्यै भिक्षुणीहरु व्दारा जीवनपर्यन्त पालन गर्ने यि कठिन ८ धर्म हरुलाई प्रज्ञप्त गरिदिएकोछु । 
क्रमशः     

Wednesday, January 9, 2019

धम्म अनित्य-संज्ञाको भावना



एक समय भगवान श्रावस्तीको अनाथपिंडिकको जेतवनाराममा विहार गर्दै हुनुहुन्थ्यो। तब भिक्षुहरुलाई संबोधन गर्नुभयो -
भिक्षुहरु ! अनित्य-संज्ञाको भावना गर्नाले सबै कामराग, रूपराग, भवराग र अविद्या हटेरजान्छ । सबै अहंकार र अभिमान समूल नष्ट हुन्छ ।
भिक्षुहरु ! जस्तै, शरदकालमा कृषक राम्रो हलोले जोतदै सबै जड़ मूललाई छिन्न-भिन्न गर्दै जोत्छन त्यस्तै नै भिक्षुहरु ! अनित्य- संज्ञाको भावना गर्नाले सबै कामराग, रूपराग, भवराग, अविद्या तथा अहंकार र अभिमान छिन्न-भिन्न हुन्छ ।
भिक्षुहरु ! जस्तै, घाँसी घासलाई गोरेर, माथिको झारपात यता उति फ्याँक्छ । भिक्षुहरु !त्यसरी नै, अनित्य-संज्ञाको भावना गर्नाले सबै कामराग.....छिन्न भिन्न हुन्छ ।
"
भिक्षु ! जस्तै, कुनै आँपको हाँगा काट्नाले त्यस्मा भएको सबै आँपहरु खस्छ । भिक्षुहरु ! त्यस्तै नै, अनित्य-संज्ञाको भावना गर्नाले सबै कामराग...... छिन्न भिन्न हुन्छ ।
भिक्षुहरु ! जसरी, सबै मूल-गन्धहरुमा कालानुसारी उत्तम मानिन्छ । भिक्षुहरु !त्यस्तै नै, अनित्य संज्ञाको भावना।
भिक्षुहरु ! जस्तै, सबै सार गन्धमा लाल चन्दन उत्तम मानिन्छ । भिक्षुहरु त्यस्तै नै, अनित्य-संज्ञाको भावना ।
भिक्षुहरु ! जस्तै, सबै पुप्प-गन्धहरुमा जूही उत्तम मानिन्छ ! भिक्षुहरु ! त्यस्तै नै, अनित्यसंज्ञाको भावना।
जस्तै, सबै स्याना तिना राजा सबै चक्रवर्ती राजाको अधीन रहन्छ, र चक्रवर्ती राजा तिनका प्रधान मानिन्छ ! भिक्षुहरु ! त्यसरी नै, अनित्य-संज्ञाको भावना हो ।
जस्तै, सबै सबै ताराहरको उज्यालो प्रकाश चन्द्रमाको उज्यालो १६औँ भाग पनि हुँदैन, र चन्द्रमा ताराहरुमा प्रधान मानिन्छ। भिक्षुहरु ! त्यसरी नै अनित्य-संज्ञाको भावना मानिन्छ ।
"भिक्षुहरु ! अनित्य-संज्ञाको कसरी भावना र अभ्यास गर्नाले सबै कामराग.....समूल नष्ट भएर जान्छ ?
यह रूप है, यह रूप की उत्पत्ति है; यह रूप को अस्त हो जाना है। वैसे,
यो वेदना,यो  संज्ञा, यो संस्कार, यो विज्ञानलाई अस्त हुनु छ।
भिक्षुहरु ! यस प्रकार अनित्य-संज्ञाको भावना र अभ्यास गर्नाले सबै कामराग, रूपराग, भवराग र अविद्या हटेर जान्छ; सबै अहंकार र अभिमान समूल नष्ट भएर जान्छ।
भवतु सब्ब मङ्गलम् !