Thursday, August 20, 2020

बुद्धले के स्विकार्नुभएन

 

बुद्धले के स्विकार्नुभएन, के परिवर्तित गर्नुभयो, के स्विकार गर्नुभयो !

 बुद्धले के अस्वीकार गर्नुभयो ? !

 ुन कालमा तथागत बुद्ध आफ्नो देश कपीलवस्तुमा हुनुहुन्थ्यो आफ्नो उपदेश दिँदै हुनुहुन्थ्यो, त्यसबेला केहि विचारहरुले मान्छेहरुलाई छ्यापिराखेको थियो ।

 बुद्धले मानव जातिको कल्याणमा बाधक विचारहरुलाई अस्वीकार गर्नुभयो ति हुन-

 . को हुँ, के हुँ  कहाँबाट आएको हुँ ? आदि निराधार कल्पनामा आधारित विचारहरुलाई बेकार हो भन्नुभयो ।

 . हाँले आत्माको अनधिकृत मतलाई स्विकार्नुभएन । वहाँले भन्नुभयो, “आत्मालाई शरीर, वेदना, संज्ञा, संस्कार, विज्ञान आदि केहि होईन ।

 . धार्मिक उपदेशकहरु द्वारा प्रतिपादित सबै उच्छेदवादी मतहरुलाईहाँले बहिष्कार गर्नुभयो ।

 . हाँले नास्तिकहरुको मतहरुको निन्दा गर्नुभयो ।

 . विश्व विकासको आरम्को ज्ञान विदिति सिद्धात उहाँले मान्नुभएन ।

 . “ईश्वरले मान्छेको निर्माण गरेको भन्ने सिद्धान्लाईण्डन गर्नुभयो ।

. हाँले आत्माको अस्तित्वलाई अस्वीकार गर्नुभयो ।

 बुद्धले के परिवर्तित गर्नुभयो  !

 . कार्य-कारणको महान नियमलाई प्रतीत्यसमुत्पादको रूपमा स्विकार गर्नुभयो ।

 . हाँले जीवनको निराशावादी भाग्यवादी दृष्टिकोणको खण्डन गर्नुभयो । उहाँले यस मूर्खतापूर्ण दृष्टिकोण को पनि खण्डन गर्नुभयो कि किसी ईश्वरले पहिलैबाट निश्चित गरे कि मान्छे र संसारको साथ के घटीछ हुने वालाछ ।

 . हाँले यस सिद्धान्तलाई अस्वीकार गर्नुभयो कि पूर्व जन्महरुमा गरिएको कर्म वर्तमान कार्यहरुलाई कमजोर या निष्क्रिय बनाउने सामर्थ्य राख्छ । कर्मको यस निराशावादी भाग्यवादी दृष्टिकोणकोहाँले त्याग गर्नुभयो ।हाँले पुरान कर्म-वादको स्थानमा  एक धेरै वैज्ञानिक कर्म-सिद्धान्तको स्थापना गर्नुभयो ।

 . आत्माको एक शरीरबाट निस्केर अर्को शरीरमा जाने कुराको स्थानमाहाँले संसरण-रहित पुनर्जन्म लाई स्विकार गर्नुभयो ।

. हाँले मोक्ष (आत्मा को मुक्ति) क स्थानमा निर्वाणको सिद्धान्तको स्थापना गर्नुभयो ।

 बुद्धले के स्विकार गर्नुभयो !

 . बुद्धले मान्नुभयो कि मन सबै चीजहरको केन्द्र बिन्दु ह तथा मन सबै प्रवृत्तिहरुको पूर्वगामी हो ।. मन प्रवृत्तिहरमा अधिकार राख्छ, त्यसलाई उत्पन्न गर्छ । यदि मनलाई वशमा गरीयोभनेबै प्रवृत्तिहरु वश मा हुन जान्छ । मन सबै प्रवृत्तिहरुको प्रधान र अगुवा हो । अतः सर्वप्रथम मनलाई सुसंस्कृत गर्नमा ध्यान दिनुछ ।

 . मन नै सबै असल र खराबहरुको मूल स्रोत ह, ुन हाम्रो भित्र जन्मिन्छ जस्को हामी शिकार हुनपर्छ ।

 . बैसलहरु बै खराबहरु मनको नै उपज हो ।

 . यदि कोहि खराब मनबाट केहि बोल्छ या गर्छ भने दुःख त्यस्को पछि पछि त्यसरी नै जान्छ जसरी गाड़ी तान्ने गोरुको पछि पछि गाडीको चक्का । यसैले चित्तलाई निर्मल बनाई राख्नु नै धम्म को सार हो ।

 . बै खराब कर्महरुबाट टाढा रहनु, बुद्धको शिक्षाहरुको महत्वपूर्ण भाग हो ।

 . बुद्धको वास्तविक धम्म धार्मिक-ग्रन्हरुमा छैन बरु धम्म सिद्धान्तहरु पालन गर्नुमा छ ।

वेद, मानव समाज र मानवता :

 वेद मंत्रहरु / स्तोत्रहरु / ऋचाहरु / स्तुतिहरुको संग्रह हों । यि ऋचाहरुलाई पाठ गर्नेहरुलाई ऋषि भनिन्छ यि न्त्र इंद्र, वरुण, अग्नि, सोम, ईशान, प्रजापति, ब्रह्मा, महद्धि, यम तथा अन्य देवताहरुको आह्वान (प्रार्थनाहरु) मात्र हो ।

 आह्वान (प्रार्थनाहरु) केवल शत्रुहरुको विरुद्ध सहायता प्राप्त गर्न, उपहार स्वरूप धन प्राप्त गर्न तथा भक्तहरुबाट भोजन, मासमदिराको भेंट स्विकार गर्नको लागि हो ।

 वेदहरुमा दर्शनको मात्रा धेरै छैन । तत्कालीन अघमर्षण, प्रजापति परमेष्ठी, वृहस्पति, अनिल, दीर्घतमा, नारायण, हिरण्यगर्भ तथा विश्वकर्मा नामक ऋषिहरुले दार्शनिक ढ़ङ्गको निराधार परिकल्पनाहरु दिए । यि वैदिक ऋषिहरु / दार्शनिकहरुको मुख्य विचारणीय बिन्दु थिए संसारको उत्पत्ति कसरी भयो ? भिन्न-भिन्न वस्तुहरुको उत्पत्ति कसरी भयो? त्यस्को एकता र अस्तित्व किन छ? कस्ले उत्पत्ति गर्यो कस्ले व्यवस्था गर्यो ? संसार कोबाट उत्पन्न भयो ?  फेरि केमा विलीन हुन्छ ?

 बुद्धलाई वेद मन्त्रहरुमा त्यस्तो केहि देखिएन जो मानवको नैतिक उत्थानमा सहायक होस । बुद्धको दृष्टिमा वेद मरुभूमि जस्तै व्यर्थ छ। त्यसैले बुद्धले वेद मन्त्रोहरुलाई बहिष्कार गर्नुभयो र त्यसलाई यसकारण योग्य लागेन कि त्यसबाट केहि सीख्न या ग्रहण गरिएला ।

 यसै प्रकार बुद्धलाई वैदिक ऋषिहरुको दर्शनमा पनि कुनै सार देखिएन । ऋषि सत्यको खोजमािए तर ति सत्य सम्म पुग्न सकेनन् । तिनका सिद्धान्त केवल मनोकल्पनालाई उड़ाउने थियो, ुन न तर्क र न ह यथार्थमा आधारित थियो । दर्शनको क्षेत्रमा उनक योगदानले कुनैपनि सामाजिक मूल्यको उत्पत्ति गरेन । त्यसैले बुद्धले वैदिक ऋषिहरुको दर्शनलाई बेकार जानेर अस्वीकार गर्नुभयो ।

 अतः बुद्धको दृष्टिमा वेद मानव समाज र मानवताको लागि मरुभूमि जस्तै बेकार हों । यस प्रकार शाक्यमुनी बुद्ध वेदको विरोधी भएकोले विष्णुको अवतार भन्नु मिथ्या हो । वहाँले वेदमा कुनै वैज्ञानिकता देख्नुभएन बरु मानव मानवमा तल माथि पारेको देख्नुभयो ।

 नमो बुद्धाय


सन्दर्भ सामग्रि लाला बौद्धको लेखबाट

 

केहि बुद्धहरुको बारेमा संक्षिप्त जानकारी

 

फुस्स बुद्ध        

 

चौबीस बुद्धहरुको परिगणनामा फुस्स बुद्धको स्थान १८औँ हो । यहाँको जन्म काशीको सिरिमा उद्यानमा भएकोथियो । यहाँको पिताको नाम जयसेन थियो जुन एक कुलीन क्षत्रिय थिए । मनोरत्थपूरणी अनुसार उहाँको पिताको नाम महिन्द्र थियो । उहाँको एक बहिनी थियो र तीन सौतेनी भाई थियो यहाँको पत्नीको नाम  किसागोतमा थियो, जसबाट उहाँलाई आनन्द नामको पुत्र-रत्न प्राप्त भएकोथियो ।

परम्परा अनुसार उहाँको लम्बाई अट्ठावन हातहरुको थियो तथा व गरुड, हाँस तथा सुवम्णभार नामक तीन प्रासादहरुमा छ: हज़ार वर्षहरु सम्म रह्यो। तत: एक हात्तीमा सवार भएर उहाँले गृहस्थ-जीवनको परित्याग गर्नुभएकोथियो । एवं छ: वर्ष सम्म तपश्या गरेपछि उहाँले सम्बोधि प्राप्त गर्नुभएकोथियो ।

सम्बोधिको ठिक पूर्व उहाँले एक श्रेष्ठी कन्या सिरिवड्ढाको हातबाट खीर र सिखिवड्ढ नामको एक संयासी व्दारा प्रदत्त घाँसको आसन ग्रहण गर्नुभएकोथियो । एक अमन्द (आम्लक) रुखको तल विद्या बोधि प्राप्त गर्नुभएकोथियो ।

सुखित र धम्मसेन उहाँको प्रमुख शिष्य थिए तथा साला र उपसाला उहाँको प्रमुख शिष्याहरु थिए। संजय, धनन्जय तथा विसारक उहाँको प्रमुख उपासक थिए तथा पदुमा र नागा उहाँको प्रमुख उपासिकाहरु थिए । उपर्युक्त दुबै महिलाहरु उहाँको मुख्य प्रश्रय-दाता थियो ।

त्यसताक बोधिसत्व अरिमंद नामक स्थानमा उत्पन्न भएकोथियो। तब उहाँको नाम निज्जितावी थियो ।

नब्बे हजार वर्षको अवस्थामा उहाँले सेताराम (सोनाराम)मा परिनिर्वाण प्राप्त गर्नुभएकोथियो । तत: उहाँको अवशेष छरिदिएको थियो । 

भवतु सब्ब मङ्गलम् !

वेसम्भू बुद्ध

वेस्सभू बुद्ध पालि परम्परामा २१औँ बुद्धको रुपमा मानिन्छ । उहाँको पिताको नाम सुप्पतित्त तथ माता को नाम यसवती थियो । उहाँको जन्म अनोम नगरमा भएकोथियो तथा उहाँको नाम वेस्सभू राखीएकोथियो । किनकि जन्मने बित्तिकै उहाँले वृसभको आवाज़ निकाल्नुभएकोथियो। उहाँको पत्नीको नाम सुचित्रा तथा पुत्रको नाम सुप्पबुद्ध थियो।

छ: हज़ार बर्ष सम्म रुचि, सुरुचि र वड्ढन नामको प्रासादहरुमा सुख-वैभवको जीवन-यापन गरेपछि सुनको पालकीमा बसेर उनहाँले आफ्नो गृहस्थ-जीवनको परित्याग गर्नुभएकोथियो ।

 छ: महीनाको तप पछि उहाँले एक साल रुखको तल सम्बोधि प्राप्त गर्नुभएकोथियो । सम्बोधिको पूर्व उहाँले सिरिवड्ञना नामक कन्याको हातबाट खीर ग्रहण गर्नुभएकोथियो । उहाँकोका आसन नागराज नरीन्द ले एक साल रुखको तल बिताउनुभएको थियो । उहाँले आफ्नो प्रथम उपदेश आफ्नो दुई भाई सोन र उत्तरलाई दिनुभएकोथियो, जुन कि उहाँको दुई प्रमुख शिष्यहरुको रुपमा जानिन्छ। उपसन्नक उहाको प्रमुख उपासक थियो । उहाँको प्रमुख प्रश्रयदाता सोत्थिक एवं राम, गोतमी र सिरिमा तथा उहाँको प्रश्रयदातृ थिंईन ।

साठी हज़ार वर्षको अवस्थामा उहाँले खोमाराममा परिनिर्वाण प्राप्त गर्नुभयो । उहाँको अवशेषहरुलाई अनेक स्थानहरुमा छरिदिएकोथियो । त्यसताक बोधिसत्व सारभवती मा  राजा सुदस्सनको नामले राज्य गरिन्थ्यो ।

भवतु सब्ब मङ्गलम् ।

 

 

 

 

 

 

 

विपस्सी बुद्ध    

 

पालि परम्परामा विपस्सी १९औँ बुद्ध मानिन्छ । उहाँको जन्म बन्धुमतीको खेम-उद्यानमा भएकोथियो । उहाँको आमाको नाम पनि बन्धुमती थियो । उहाँको बुवाको नाम बन्धुम थियो, जस्को गोत्र कोनडञ्ञ थियो । उहाँको विवाह सूतना सित भएकोथियो जसबाट उहाँलाई समवत्तसंघ नामको छोरा भएकोथियो ।

एक रथमा सवार भएर उहाँले आफ्नो गृहस्थ-जीवन परित्याग गर्नुभएकोथियो । तत: आठ महीनाको तपश्या पछि उहाँले एक दिन सुदस्सन-सेट्ठीको छोरीको हातबाट खीर ग्रहण गरेर पाटलि रुख मुनी बसेर सम्बोधि प्राप्त गर्नुभएकोथियो । त्यस रुखको तल उहाँले जुन आसन बनाउनु भएकोथियो त्यस्को लागि सुजात नामको एक व्यक्तिले घाँस दिएकोथियो ।

सम्बोधि प्राप्ति पछिह उहाँले आफ्नो पहिलो उपदेश आफ्नो भाई संघ र आफ्नो कुल पुरोहित पुत्र-लिस्सलाई खोयमित्रदायमा दिनुभएकोथियो । अशोक उहाँको मुख्य उपासक थिए तथा चंदा एवं चंदमिता उहाँको मुख्य उपासिकाहरु थिईन । पुनब्बसुमित्त एवं नाग उहाँको मुख्य प्रश्रयदाता तथा सिरिमा एवं उत्तरा उहाँको प्रमुख प्रश्रयदातृ थिंईन। अस्सी हजार वर्षको अवस्थामा उहाँ परिनिवृत  हुनुभएकोथियो ।

विपस्सी बुद्धको कालमा बोधिसत्व अतुल नामक नागराजको रुपमा जन्मेकोथियो । तब उहाँले विपस्सी बुद्धलाई एक रत्न-जड़ित स्वर्ण-आसन प्रदान गर्ने गौरव प्राप्त गरेकोथियो ।

 

 

 

 

 

 

शिखि बुद्ध

पालि परम्परामा शिखि बुद्ध बीसौँ बुद्ध हुन । वहाँको पिताको नाम अरुनव र माताको नाम पभावति हो। अरुणावती नामक स्थानमा वहाँको जन्म भएकोथियो । वहाँको पत्नीको नाम सब्बकामा थियो । यहाँको अतुल नामको एक छोराथियो ।

यहाँले हात्तीमा सवार भएर गृह-त्याग गर्नुभन्दा पूर्व, सात हज़ार वर्षहरु सम्म सुछन्दा, गिरि र वेहनको प्रासादहरुमा निवास गर्नुभयो । आठ महीना यहाँले तपस्या गर्नुभयो। बुद्धत्व-प्राप्ति भन्दा पूर्व यहाँले प्रियदस्सी सेट्ठीको छोरीबाट खीर ग्रहण गर्नुभएकोथियो र अनोमादास्सी द्वारा निर्मित आसनमा वहाँ बस्नुभयो । पुण्डरीक (कमल)को रुखको तल यहाँलाई ज्ञान-प्राप्तभयो । मिगचिर उद्यानमा यहाँले आफ्नो प्रथम उपदेश दिनुभएकोथियो र सुरियावतीको नजिक एक चम्पक-रुखको तल यहाँले आफ्नो चमत्कार व्दयको प्रदर्शन गर्नुभएकोथियो । यहाँको पट्टशिष्य थिए- अभिभू र सम्भव। अखिला (या मखिला) र पदुमा यहाँको प्रमुख शिष्याहरु थियो । खेमंकर यहाँको प्रमुख सेवक थिए। सिरिवद्ध र छन्द (या नन्द) यहाँको मुख्य आश्रयदाता थिए तथा चित्ता एवं सुगुत्ता यहाँको प्रमुख आश्रयदातृहरु थियो ।

यहाँ सत्तर हज़ार वर्ष सम्मरहनुभयो र सीलावतीको दस्साराम (अस्साराम)मा यहाँले देह-त्याग गर्नुभयो ।

यहाँको पगड़ी (उन्हिस; संस्कृत- उष्णीष) शिखा (आगोको ज्वाला) झै देखिने हुँदा यहाँलाई शिखि भनिएको भनिन्छ ।

यस युगमा बोधिसत्वको अवतार राजा अरिन्दमको रुपमा भयो र उहाँले परिभुत्तमा राज्य गर्नुभएकोथियो ।

भवतु सब्ब मङ्गलम् ।

 

 

 

वेसम्भू बुद्ध

वेस्सभू बुद्ध पालि परम्परामा २१औँ बुद्धको रुपमा मानिन्छ । उहाँको पिताको नाम सुप्पतित्त तथ माता को नाम यसवती थियो । उहाँको जन्म अनोम नगरमा भएकोथियो तथा उहाँको नाम वेस्सभू राखीएकोथियो । किनकि जन्मने बित्तिकै उहाँले वृसभको आवाज़ निकाल्नुभएकोथियो। उहाँको पत्नीको नाम सुचित्रा तथा पुत्रको नाम सुप्पबुद्ध थियो।

छ: हज़ार बर्ष सम्म रुचि, सुरुचि र वड्ढन नामको प्रासादहरुमा सुख-वैभवको जीवन-यापन गरेपछि सुनको पालकीमा बसेर उनहाँले आफ्नो गृहस्थ-जीवनको परित्याग गर्नुभएकोथियो ।

 छ: महीनाको तप पछि उहाँले एक साल रुखको तल सम्बोधि प्राप्त गर्नुभएकोथियो । सम्बोधिको पूर्व उहाँले सिरिवड्ञना नामक कन्याको हातबाट खीर ग्रहण गर्नुभएकोथियो । उहाँकोका आसन नागराज नरीन्द ले एक साल रुखको तल बिताउनुभएको थियो । उहाँले आफ्नो प्रथम उपदेश आफ्नो दुई भाई सोन र उत्तरलाई दिनुभएकोथियो, जुन कि उहाँको दुई प्रमुख शिष्यहरुको रुपमा जानिन्छ। उपसन्नक उहाको प्रमुख उपासक थियो । उहाँको प्रमुख प्रश्रयदाता सोत्थिक एवं राम, गोतमी र सिरिमा तथा उहाँको प्रश्रयदातृ थिंईन ।

साठी हज़ार वर्षको अवस्थामा उहाँले खोमाराममा परिनिर्वाण प्राप्त गर्नुभयो । उहाँको अवशेषहरुलाई अनेक स्थानहरुमा छरिदिएकोथियो । त्यसताक बोधिसत्व सारभवती मा  राजा सुदस्सनको नामले राज्य गरिन्थ्यो ।

भवतु सब्ब मङ्गलम् ।

 

 

 

 

 

 

 

क्रकुछन्द बुद्ध

क्रकुछन्द बुद्ध थेरवादा परम्परा अनुसार नेपालको कपीलवस्तुको गोटीहवामा खेमवती उद्यानमा जन्मनुभएका २२औँ हुनुहुन्छ  । वहाँ खेमा वनमा बुवा अग्गदत्त खेमावतीका राजा खेमकरको पुरोहित थिए । आमा विशाखाबाट जन्मनु भएको थियो । वहाँको पत्नीको नाम विरचमना र छोराको नाम उत्तर थियो ।

वहाँ ४हजार बर्ष सम्म रहनुभयो ।८ महिनाको तपश्या वज्जिरिन्द गाउँको  सुचिरिन्द्र ब्राम्हण पुत्रीबाट खीर ग्रहण गरेर बुद्धत्व प्राप्त गर्नुभएको थियो शुभद्र ले बनाएको कुशआसनमा बसेर शिरिषको रुख मुनी बसेर बुद्धत्व प्राप्तगर्नुभएको भनिन्छ । वहाँले प्रथम उपदेश मकिलाको नजिक एक उद्यानमा ८४हजार भिक्षुहरुलाई दिनुभएकोथियो । भिक्षुहरुमा निकटतम विदुर र सन्जिव र भिक्षुणी  शिष्याहरुमा समा र चम्पा नामको थियो । प्रमुख आश्रय दाता थिए अछुत र समन तथा महिलामा नन्दा र सुनन्दा थिए । अछुतले क्रकुछन्द बुद्धको लागि एक विहार बनाईदिएका थिए जहाँ कालान्तरमा अनाथपिण्डकले जेतवन विहार बनाएका थिए ।

.सँयुक्त निकाय १९४मा उल्लेख भएअनुसार राजगीरको वेपुल पर्वतको नाम पच्छिनवस थियो  र त्यस का तिवर थिए .।उहाँको ४०हजार बर्षमा निब्बाण प्राप्त गर्नुभएको थियो ।यस समयमा बोधिसत्व राजा खेमको रुपमा जन्म लिएका थिए ।

 

 

 

 

 

 

 

 

 

कोणगमन बुद्ध

कनकमुनि (पालि : कोणागमन बुद्धगौतमबुद्ध  पूर्ववर्ती एक बुद्ध जस्को कथा बुद्धवंश को अध्याय २३मा मिल्छ।

प्राचीन बौद्ध साहित्यमा गौतमबुद्धको छ पूर्ववर्ती बुद्धहरु अथवा तथागतहरुमा यहाँको उल्लेख पाईन्छ । महावस्तु, कर्मविभंग आदि केहि ग्रंथहरुमा यहाँको 'कोनाकमुनि' अथवा 'कोनाकमन' को नामले पनि उल्लेख गरिएकोछ । बौद्ध विश्वास अनुसार यहाँको नाम कनकमुनि यसैले भएको देखिन्छ कि यहाँको जन्म  हुँदा जंबूद्वीप भरि मा स्वर्णवर्षा भएको भनिएकोछ । यहाँको जन्मस्थान सोदवती थियो । वहाँको बुवा सैन्यदत्त र आमा उत्तरा थियो। आफ्नो छोराको जन्म पछि वहाँ आफ्नो ३०,००० अनुयायिहरुको साथ राज्य छोड़ेर निस्कनुभयो र वहाँले भिक्षुधर्म स्विकार गर्नुभयो । केहि बर्ष तपश्या पछि वहाँलाई बोधि ज्ञान प्राप्त भयो । वहाँले गौतमबुद्धको आविर्भावको विषयमा पनि भविष्यवाणी गर्नुभएकोथियो वहाँ प्रागैतिहासिक युगको मानिन्छ ।

मेजर फ़ोर्ब्सले गौतमबुद्धको पूर्ववर्ती तीन बुद्धहरुको कालनिर्धारण गर्ने प्रयत्न गर्नुभएकोथियो (जर्नल ऑव एशियाटिक सोसाइटी, जनू, १८३६)। उहाँको अनुसार क्रकुच्छंद ३१०१ ई.पू. बुद्ध हुनुभएकोथियो । यस कालगणना अनुसार कनकमुनिले २०९९ ई.पू. र काश्यप ले १०१४ ई.पू. बुद्धत्त्व प्राप्तिगर्नुभएकोथियो । यद्यपि स्वाभाविक नै यो सर्वसम्मत मत भने देखिँदैन। कनकमुनिको मंजुश्रीमूलकल्प, दिव्यावदान, महावस्तु, लंकावतार, ललितविस्तर, कर्मविभंग आदि अनेक प्राचीन बौद्ध ग्रंथहरुमा अन्य तथागतहरु, विशेष रूपले, क्रकुच्छंद र काश्यप को साथ, उल्लेख भएकोछ।

 

कोनगमनको कथा केवल साहित्यिक स्रोत्रहरुमा नै आधारित होईन, उहाँको पुरातात्त्विक आधार पनि छ किनकि सम्राट अशोक ले आफ्नो राज्याभिषेकको बीसौँ वर्षमा कोनगमन बुद्धको स्तुपलाई जुन उहाँको जन्मस्थानमा निर्मित थियो, दुगुना ठूलो गराएकोथियो । यस्को अतिरिक्त, फाहियान र ह्वेनसांगले पनि त्यस स्तुपको चर्चा गरेकाछन ।

 

 

 

 

 

 

 

 

कस्सप बुद्ध

कस्सप बुद्ध पालि परम्परामा परिगणित चौबीसौ बुद्ध थिए। यिनको जन्म सारनाथ को इसिपतन मृगदायमा भएको थियो, जहाँ गौतम बुद्धले वर्षों पछि आफ्नो पहिलो उपदेश दिनुभएकोथियो।
काश्यप गोत्रमा उत्पन्न कस्सपको बुवाको नाम ब्रह्मदत्त थियो आमाको नाम धनवती। उन्को जन्मकालमा वाराणसीमा राजा किकी राज्य गर्थे । यिनको धर्मपत्नीको नाम सुनन्दा थियो, तथा छोराको नाम विजितसेन।
दुई हज़ार वर्ष सम्म गृहस्थ जीवन भोगेपछि उन्ले संन्यास लिएकाथिए । सम्बोधिको पूर्व उन्को धर्मपत्नीले उन्लाई खीर खुवाएकिथिईन र सोम नामको एक व्यक्तिले आसनको लागि घाँस दिएको थियो। उन्को बोधि-वृक्ष एक वटको रुख थियो।
कस्सप बुद्धले आफ्नो पहिलो उपदेश इसिपतनमा दिएकाथिए। तिस्स र भारद्वाज उन्को प्रमुख शिष्य थिए तथा अतुला र उरुवेला उन्को प्रमुख शिष्याहरु थिए। उनको कालमा बोधिसत्वको  जन्म एक ब्राह्मणको रुपमा भएको थियो, जस्को नाम ज्योतिपाल थियो।
बीस हज़ार वर्षको अवस्थामा कस्सपको परिनिर्वाण काशीको सेतव्य उद्यानमा भएको थियो।
फाह्यायान र ह्वेनसाँगले पनि कस्सप बुद्धको तीर्थस्थलहरुको चर्चा गरेकाछन।
संस्कृत परम्परामा कस्सप बुद्धको नामले जानिन्छ ।

भवतु सब्ब मङ्गलम् ।