Monday, November 21, 2011

बौद्ध जातक कथा


चराहरुको सल्लाह बाँदरहरुलाई
यो एउटा रोचक कथाहो हितोपदेशबाट संग्रहितः एक समयमा एउटा नदीको किनारमा रुख थियो । त्यो रुख चराचुरुङ्गीहरुको लागि मानो घर जस्तै थियो । ति सबै आनन्दले बस्दै आएकाथिए । एकदिन आकाशमा काली बादल छायो र दह्रो बर्षा भयो । केहि बाँदरहरु ट्ट्यही अर्को रुखमा खेलिरहेकाथिए तिनिहरुलाई आपतपर्यो जाडोले थुरथुर काँप्नथाले । चराहरुले बाँदरलाई भन्यो ए बाँदरहरु तिमिहरुको यस्तो बस्ते ठाउं छैन तिमीहरुले पनि यस्तै बनाएकोभए हुन्थ्यो नि । जब हामी आफ्नो यो स्यानो चुच्चोले गुँड बनाउन सक्छौभने तिमीहरुले किन सक्तैनौ । जबकि भगवानले तिमीहरुलाई दुई हात पनि दिएकाछन । यो कुरा सुनेर बाँदरहरुलाई रीस लाग्यो र भने कि यि चराहरुलाई अब पाठ सिकाउनुपर्यो पर्ख बर्षा त रोकिनदेउ बडो हामीलाई अर्ति दिने भएकाछौ । अनि हामीले खाईदिन्छौ कसरी घर बनाउने भनेर । बर्षा पनि रोकीयो । बाँदरहरु रुखमा चढेर गुँडहरु भत्काईदिए अण्डाहरु भुईमा फालिदिए विचरा चराहरु डरले यताउती उडन थाले र सोंचे बेक्कारमा तिनिहरुलाई सल्लाह दिएछौ निदनुपर्ने आफैलाई आपतपर्यो । सल्लाह त्यस्तालाई दिनु जो बुद्धीमानछ जस्ले सोध्छ ।
अन्धो गिद्ध र चराहरु
हितोपदेशमा यो पनि एउटा रोचक कथाछ एक समयमा पहाडको को तल सुनसान नदी थियो । त्यहाँ रुखहरुमा चराचुरुङ्गीहरु बस्थे । एक दिन एए६ कानो गिद्ध त्यहाँ बस्न आयो ।अरु चारहरुले उस्लाई बुढो भएकोले स्वागत गर्यो ।त्यो कानो गिद्धले जब चराहरुलाई देखेर रमाए र सोंचे मलाई यिनिहरुले कति मायाँ गरेको । चराहरुले उस्लाई खान दिनेथ्यो र गिद्धले पनि त्यसै गरेर रमाएर बसेकाथिए ।एक दिन एउटा बिरालो त्यो रुखमा आयो । बिरालो आएको देखेर चराहरु कराउन थाले । बिरालोले चराको बच्चालाई समातेर खाने आसा गरेको थियो ।स्यानै बच्चाले देखेर बेस्सरी करायो । कानो गिद्धले सोध्यो कोहो त्यहाँ नहेरेरै ।बिरालोले सोंच्यो हे भगवान म मरेको जस्तै गर्न जानेकवछु तर बलीयो हुनुपरछ है र मैले निधो गर्नुपर्छ ।एक पटक बिरालोले भन्यो ए बुद्धीमान म आएं है । गिद्धले सोध्यो तिमी को हौ । बिरालोले भन्यो म बिरालो हुं ।गिद्धले भन्यो यहाँबाट गैहाल नत्र ठीक हुन्न है मै खान्छु तिमीलाई । बरालो चलाख थियो उसेले तुरुन्तै भन्यो गिद्धज्यू मेरो कुरा सुन्नुहोस । तपाईले कुरै नबुझि तुरुन्त यस्तो निर्णय गर्नु ठीक हो। हाम्रो यस संगैको यात्रामा। गिद्धले निर्णय गर्यो उस्को कुरा सुन्नलाई बिरालोले भन्यो म नदीको अर्को छेउमा बस्छु मैले तपाईको विद्वताको बारेमा धेरै सुनेकोछु चराहरुबाट तिनहरुले मलाई भनेकोछ कि मैले धेरै कुराहरु धर्मको बारे सिक्नुपर्छ त्यसैले म यहाँ आएकोहुं तपाईको शिष्टता सीप र ज्ञान सिक्न ।अनि उस्ले भन्यो मैले केहि पनि मनमा लिन्न ति चराहरुले के सत्य भन्यो भनेर जब तपाई म कमजोरलाई मार्न तयार हुनुहुन्छ । तपाईले त मलाई राम्री सम्मान गर्नुपर्छ हामी त सबै भगवान कहाई बाट आएका हौ अतीथि भएर । यदि तपाई सित मलाई सम्मान गरेर ख्वाउने केहि छैन भने तपाईले मलाई राम्रोसित भन्न सक्नुहुन्छनि । बुढो गिद्धले भन्यो मैले कसरी पत्याउन सक्छु तिम्रो कुरा । बिरालो त चलाख थियो । उस्ले आफ्नो कानले भुई छोएरल ईमकान्दार सोझोले झैं र भन्यो मैले धेरै कुरा पढे जानेकोछु सत्यताको हत्या भैरहेकोछ भनेर । मैले किन चराहरुलाई मार्छन त भनेर बुझ्न आएकोहुं ।बुढ गिद्धले उस्को बाठो कुरा माथि पत्याएर रुखमा बस्नदियो । दिन बित्दै गएपछि बिरालोले गिद्धले थाहा नपाउनेगरि स्याना चराहरु एक एक गर्दै खान थल्यो । चराहरुले देख्यो कि बच्चाहरु त कम देखिन्छ नि अनि तिनिहरुले यता उति बच्चालाई खोज्यो । बुढो गिद्धले के भैरहेको केहि थाहाछैन यस्सो उस्ले रुखको तल हेरेको त बिरालोले चराका बच्चाहरु खाएर हड्डी फालेको देख्यो । जब चराहरुले ति फालिएका हड्डीहरु देखेर सोंच्यो हेर यो गिद्धले त हाम्रो बच्चा खाएर हड्डी फालेको । चराहरुले त्यो बुढो गिद्धलाई कुरै नबुझेर ठुंगेर मार्न थाल्यो । गिद्धलाई भन्ने कुने अवसरनै दिएन तिनिहरुले र मारिदयो ।
कुरै नबुझि कसैलाई तेसै सजाय नदेउ ।

रेयूकाईका संस्थापक महागुरु काकुतारो कुबो जयूको ६८औं पुण्य समृति समारोह

काठमाण्डौ ।
रेयूकाईका संस्थापक महागुरु काकुतारो कुबो जयूको ६८औं पुण्य समृति समारोह एवपम् यूराशिया रेयूकाईको ७औं भव्यभेला समारोह यहि मंसीर २ गते तदनुसार १८ नोभेम्बर २०११का दिन आर्मी अफिसर्स क्लब काठमाण्डौमा सम्पन्न भयो ।उक्त अवसरमा यूराशिया रेयूकाईका संस्थापक अध्यक्ष श्री युशुन मासुनागाज्यूले पानसमा बत्ती बाली उदघाटन गर्नु भएको थियो र सदस्यहरुलाई मार्गनिर्देशन प्रदान गर्नु भएको थियो ।
 उक्त अवसरमा यूराशिया रेयूकाई नेपालका प्रवक्ता शिबुचो श्री बिष्णुप्रसाद पौडेलले यूराशियाको अपील घोषणा गर्नु भएको थियो ।

यूराशिया रेयूकाईको अपील
यूराशिया रेयूकाई विशुद्ध सामाजिक संस्था हो । सबैजना एक आपसमा मिलेर समुन्नत समाज नर्माण गरी विश्वमा शान्ति ल्याउने उद्देश्य लिई यस संस्थाको स्थापना भएको हो । आफ्नो घर परिवार समाज, राष्ट्र र विश्व प्रति कृतज्ञ भई विभिन्न क्रियाकलापहरु सन्चालन गर्ने मौका प्राप्त भैरहेकोछ । यो संस्था कुनै जाति, धर्म, बर्ण, लिङ्ग एवं राजनैतिक पार्टीसंग सम्बन्धित छैन र कसैको पक्ष विपक्षमा रहेर कार्य गर्दैन । यूराशिय रेयूकाईका सदस्यहरुले आफ्नो जीवनको श्रोत पुरखाहरुको दैनिक स्मरण गर्ने मौका प्राप्त गर्दछन् । पुर्खाहरुको स्मरण गर्ने कार्यद्वारा विश्वशान्ति निर्माण गर्ने लक्ष्य लिई हाल यूराशिया महाद्वीप अन्तरगत नेपाल, भारत, बंगलादेश र म्यानमार देशहरुमा विभिन्न क्रियाकलापहरु आयोजना गरी महान रेयूकाई शिक्षाको विस्तार गर्नको लागि प्रयास गरी कारयान्वयन गररहेका छौं । त्यसैले हामी सबै मिलेर सुन्दर र समुन्नत समाज निर्माणका लागि सँगसँगै प्रयास गरौं ।
     विश्वको वर्तमान स्थिति र जलवायु परिवर्तनप्रति चिन्ता लिई भावि सन्ततीलाई उज्वल भविष्य हस्तान्तरण गर्ने क्रियाकलापहरु गरौं ।
     आफ्नो खुशी र आफ्नो लागि मात्र सोंच्ने नभै विश्व शान्ति स्थापनार्थ समाजका धेरै भन्दा धेरै मानिसहरुको खुशी र शान्तिको लागि समर्पित भई रेयूकाई शिक्षामा आबद्ध होऔं ।
     यूराशिया महाद्वीपलाई समुन्नत र विकसित बनाउने लक्षय लिई बिभिन्न देशहरुमा विद्यमान प्रकृति र संस्कृति प्रति कृतज्ञताको भावना लिई त्यसको उचित सम्मान संरक्षण र समेबरद्धन गरौं ।
     यो देशको भूमिमा जन्मन पाएकोमा गर्व गरी उतसाह लिई देश प्रति गुण फर्काउने क्रियाकलापहरु कारयान्वयन गरौं ।
     महिलाहरु आफ्नो घर परिवार मात्र सिमित नभई अग्रसर भई नेतृत्व लिई अरुको खुशीको लागि कार्य गर्ने धेरै भन्दा धेरै महिलाहरु हुर्काऔं ।
     आजका बच्चाहरु भविष्यका कर्णधार हुन त्यसैले बच्चाहरुलाई आजै देखि आमा बुवा समाज देश र विश्व प्रति कृतज्ञताको भावना लिन लगाई उनिहरुलाई सुमार्ग देखाऔं ।
      समय नै जीवनहो सुमयको उचित सदुपयोग गरौं ।
     एक आपसमा मुस्कानयुक्त अनुहारले आदरभाव प्रकट गरौं र आफू बसेको क्षेत्रलाई उज्यालो मुस्कानयुक्त्त क्षेत्र बनाऔं ।
     मनको धनी बन्नको लागि सबैजना सँगसँगै मिलेर रेयूकाई शिक्षालाई कार्यान्वयन गरौं ।
१०     स्वयम् सेवाको भावना बोकी एक आपसमा हातेमालो गर्दै आफ्नो देशलाई समृद्ध र समुन्नत बनाउंदै जाऔं ।
११     सिक्ने भावना कृतज्ञताको भावना र माफिको भावनालाई कारयान्वयन गरी अरुलाई  पनि कार्यान्वयन गराउन सक्ने व्यक्ति बनौं ।
यूराशिया रेयूकाई
महिला शिक्षा मार्गनिर्देशक जिम्मेवारकर्ता स्पाउस शिबुचो दुर्गा गुरुङ्गले महिलाहरुमा अपील गर्नु भएको थियो भने यूवाहरुमा अपील यूवा बिभाग संयोजक जुनशिबुचो श्री जाहेन्द्रप्रसाद शेरचनले गर्नु भएकोथियो ।               


Sunday, November 6, 2011

दृष्टीविहिन हेरविचार केन्द्र सुर्खेतको प्रथम बार्षिक साधारण सभा

सुर्खेत कार्त्तिक १९
दृष्टीविहिन हेरविचार केन्द्र सुर्खेतको प्रथम बार्षिक साधारण सभा एक समारोहका बिच सम्पन्न भएकोछ । केन्द्रका मनाअध्यक्ष जीवनकुमार शाक्यको सभापतित्वमा मुख्य अतीथि राष्ट्रिय जनशक्त्ती पार्टी एवम् धर्मोदय सभा सुर्खेतका अध्यक्ष बसन्त थापाले दीप प्रज्वलन गरेर आरम्भ भयो । उक्त समारोहमा नेत्रहीन संघका अध्यक्ष शुरेश खड्का आराधना संगीत कला प्रतिष्ठानका अध्यक्ष नरेन्द्र कोईराला तथा नागरिक समाजका सदस्य पत्रकार शुशिल शर्माले शुभकामना व्यक्त गरेका थिए । केन्द्रको प्रगति प्रतिवेदन सचिव सोमना खड्काले आयव्यय कोषाध्यक्ष यामकुमारी ढकालले प‍्रस्तुत गरेका थिए। मुख्य अतीथि बसन्त थापाले केन्द्रलाई चन्दा सहयोग गर्नेहरु हरि बिष्ट राकेश अग्रवाल र तुलसी थापा र बसन्त थापालाई अतीथि नरेन्द्र कोईरालाले खादा ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमको संचालन सोमना खड्का र स्वागत केन्द्र कि उपाध्यक्ष मेनका आचार्यले गर्नुभएको थियो । कार्यक्रममा फेसबूक साथी सउदीमा काम गर्ने नेपाली नरेन लिम्बुले रु२८२६५।चन्दा पठाएको र नेपालगंजका हिराकाजी शाक्यले ५२०००। प्रदान गरेकोमा सम्मान प्रकट गरिएृको थियो । उक्त अवसरमा बसन्त थापाले मासिक रु ५००।नरेन्द्र कोईरालाले आजिवन मासिक रु. १००। रुद्र आचार्यले मासिक रु.१००। संधै दृष्टिबिहिनहरु लाई मायाँ तथा सहयोगमा साथ दिने भिमबहादुर टमटाले मासिक रु.१५०।दिने नि आरम्भ गर्नुभयो भने दाता राकेश अग्रवालले २ क्वीण्टल चामल रु‌.८०००।बराबरको उपलव्ध गराउने प्रतिबद्धता जनाउनुभयो । यसै गरि मासिक रुपमा चन्दा सहयोग गर्ने केयर नेपालका शोभा बि‌ कमासिक रु. २००।, तारा भाँडा पसलका तारा दाहालबाट रु. १००।, टास्क फोर्शका डिलबहादुर बंशीमगरबाट रु. १००।, नेपाल मगर बौद्ध समाजका अध्यक्ष चमबहादुर थापाबाट रु १००, कोशेली जनरल स्टोरका शिव अधिकारीबाट रु१००। शाक्य ट्रेडर्सका संजिवमान शाक्यबाट रु.१००।नियमित प्राप्त भएकोमा सम्मान गरीएको थियो । कार्यक्रममा आभाष व्याण्डको सहयोगमा साङ्गितिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
मुख्य अतीथि बसन्त थापा दीप प्रज्वलन गर्दै

केन्द्रकी उपाध्यक्ष मेनका आचार्य बाट स्वागत
नेत्रहीन संघका अध्यक्ष शुरेश खड्काको मन्तव्य
हरि बिष्ट चन्दादातालाई सम्मान

चन्दा दाता तुलसी थापालाई सम्मान
आभास व्याण्डबाट प्रवाशकुमार शाक्यको प्रस्तुति

Saturday, October 29, 2011

सुर्खेतमा प्रथम पटक विपश्यना शिविर

सुर्खेतमा प्रथमपटक विपश्यना शिविर वीर्रेन्द्रनगर न पा वडा नं ८ कटकुवा धार्मिक वन तपोभूमीमा यही असोज १६ गते सम्पन्न भएकोछ ।उक्त विपश्यना शिविरमा ९ जना पुरुष र २ जना महिला सहभागि थिए भने शिविरको संचालन पूर्णप्रसाद ढकालले गर्नुभएको थियो ।धम्म सेविका रमा वान्तवा हुनुहुन्थ्यो भने धम्म सेवक जगत उपाध्याय हुनुहुन्थ्यो । उक्त शिविरको आयोजकहरु बसन्त थापा र जीवन शाक्य थिए । उक्त्त शिविर संचालन गर्न बिशेष सहयोग एवम् प्रेरणाको स्रोत म प पृतनाका कर्णेल खगेश्वर अर्याल हुनुहुन्थयो ।
विपश्यना शिविर केन्द्रमा नेपालको सबै भन्दा उत्कृष्ट भई पर्यटनको विकास हुने वलीयो सम्भावना रहेको कुरा आचार्य पूर्णप्रसाद ढकालले बताउनुभएकोछ ।
सहभागिहरुको नाम यसप्रकार रहेकोछ ।
१  ओमदत्त रेग्मी                            २ नरेन्द्रबहादुर गाहामगर                      ३ कूलबहादुर ठाडामगर
४ रत्न   नामजालीमगर                   ५ नीरज गिरी                                       ६ मोहनबहादुर थापामगर
७ करवीर ठाडामगर                       ८ भक्तीप्रसाद पौडेल                               ९ भीमप्रसाद देवकोटा
१० प्रभा मल्लाह                             ११ खगिसरा नामजालीमगर
 गुरु पूर्णप्रसाद ढकाल
                                                             

Friday, October 28, 2011

नेपालको सबैभन्दा ठूलो बौद्ध बिहार भगनावशेषा अलपत्र


 

सुर्खेतको कांक्रेबिहार भग्नावशेष

       मध्यपश्चिमान्चल क्षेत्रको भेरी अंचल सुर्खेत जिल्ला लाटीकोईली गा.बि.स. भित्र पर्ने जिल्लाको मात्रै नभएर देशकै ऐतिहांसिक पुरातात्विक महत्वको बिषय हो। यस्को बारेमा व्यापक प्रचार प्रसार हुन नसकेकोले ओझेलमा परेकोछ ।
       सुर्खेत उपत्यका जर्बुटा,लाटीकोईली,उत्तरगङ्गा गा.बि.स. र वीरेन्द्रनगर नगरपालिका समेटेको  सबै भन्दा उचाईमा अवस्थित कांक्रेबिहार जङ्गल भित्र सबै भन्दा उंचाई अवस्थामा रहेको बौद्ध भग्नावशेष बिहार उत्खनन्को समयमा लगभग ४०० फिटको परिधिमा फैलिएको २० फिट जति अग्लो थियो । यस कांक्रेबिहार परिसरमा एउटा नलंकर नामको  बिहार थियो भनिन्छ । त्यसैको नामबाट यो कांक्रेबिहार भएका भनाई रहेकोछ । २०६० सालमा पुरातत्व बिभाग व्दारा उत्खनन् गरिएको थियो । यो उत्खनन् बेलामा स्थानीय व्यक्तिको रोहवरमा गर्नु पर्ने थियो तर त्यसो भएन । खास गरि २०२९ सालमा स्व.राजा वीरेन्द्रको सवारी भए पछि यस्को महत्व बढेको हो । त्यस पछि मात्रै यस्को संरक्षण तर्फध्यान गएको हो ।
१)यस भग्नावशेष बिहारमा शिखरयुक्त उतुङ्ग बौद्ध मन्दिर निर्मित भएको महसुस हुन्छ ।त्यहां आमलकयुक्त ससाना शिखर आकृतिका पाईएकाछन् ।प्रा.डा.सूर्यमणी अधिकारी खस साम्राज्यको इतिहांस पृष्ठ१४६) (-तर हिन्दुको मन्दिर,मुश्लिमको मश्जिदर्,इशाईको चर्च भने झै बौद्धको गुम्बा र बिहार हुन्छ । गुम्बज आकारको भएमा गुम्बा र भिक्षुहरुको आवास स्थान भएकोलाई बिहार भनिन्छ विव्दान पुरातत्वविदहरुले यस तर्फविचार पुगाउनुपर्नेहो ।)(ले.
२)उक्त मन्दिरको जगको क्षेत्रफल७२हृ७०.५,०४र्०बर्गफिट हुंदा त्यो ठूलै मन्दिर -बिहार)भग्नावशेष प्रतित हुन्छ । -हुन्छ होईन हो)यस्ता ढुङ्गाको खानी नजिकमा कतै छैन -भए पनि चारकुनै भन्ने ठाउंमा छ तर त्यहां भएको ढुङ्गासंग मेल खांदैन )(ले.मन्दिरको सिलिङ्गको बुट्टेदार प्रस्तर खण्ड पाईएकोछ त्यहांका प्रस्तरखण्डमा बुद्ध बोधिसत्व,देव,दानवपशुपंछी रसरिसृपका सुन्दरआकृत आलक तथा आमलक,चक्र,कलश,तोरणफूल लहरा ,रथको पांग्रा उत्कृष्ट बुट्टाहरुले शोभायमान देखिन्छ ।जोसुकै नव आगन्तुकहरुको लागि यो एउटा आर्श्चर्य लाग्ने सुन्दर कलात्मक मुर्तिहरुको दर्शन गर्न पाईन्छ । 
योगी नरहरिनाथले त्यसको तुलनामा पाटनको "कृष्ण मन्दिर शिलादृष्टिले व्दादशांश होला,कलाकृतिले शतांश पनि छ कि छैन । यो बिहार त्यो बेला मूलकाजी भीमसेन थापाका ध्रुव-धरहरा) भन्दा अग्लो हुंदो हो। टुटे फुटेका लुप्तशेषर् इनै ढुङ्गा जोरे पनि आज शय हात अग्लो हुने ।सयकडौं गजमा जग छ।वरिपरि मन्दिरोपकरण विशाल शिलाराशि थुप्रिएकोछ " भनि २०१२(१३ सालतिर टिप्पणी गरेका थिए ।जहांसम्म मन्दिर -बिहारको)अनुमानित उंचाईको कुरा छ त्यो धरहरा जत्रो वा शयहात अग्लो नभएर जगको परिधि अलि बढी भएर पांच शिखरमध्य मुख्य शिखरको उंचाई लगभग ६५ फिटको हुन सक्ने देखिन्छ । त्य भग्नावशेष उत्खनन् गर्दा केहि नभेटिनु अचम्म लाग्दो कुरा हो । यहां कुनै अभिलेख पाइएन भनिएको छ धेरै ठाउंमा अभिलेख चोरी भए झै यहांको पनि चोरी नभएको हाला भन्न सकिन्न
खस राज्यमा बौद्ध धर्म चरम उत्कर्ष थियो राजा क्रचल्ल वि.सं.१२६४(८०) र अशोकचल्ल-वि.सं.१३१२(३५)ले बौद्ध धर्म सम्बन्धि धेरै कार्यहरु गरेका थिए ।
बोद्ध धर्मलाई बदनाम गर्ने मटियामेट गर्ने कार्य बुद्धको शासन कालमा पनि बैदिकहरुले गरेका थिए प्रशस्त सताउने काम गरेका थिए । भनिन्छ अभिसमयालङ्का नामको बौद्ध ग्रन्थ सुर्खेत बाटै प्रतिलिपि गरिएको थियो भनिन्छ तर्सथ कांक्रेबिहार तेह्रौ शताव्दीमा संभवतः अशोकचल्लको राज्यकालमा वि.स.१३१२(३५)का गौरवपूर्ण दिनहरुमा निर्माण गरिएको थियो ।"-प्रा.डा.सूर्यमणी अधिकारी( खस साम्राज्यको इतिहांस )एउटा मनन योग्य कुरा के भने माथि जुन बौद्धग्रन्थको कुरा उल्लेख गरिएको छ त्यो त्रिपिटक वा अन्य कुनै ग्रन्थमा यस्को उल्लेख भएको पाईंदैन तर लङ्कावतारसुत्र छ ।
कांक्रेबिहारका बौद्ध मुर्तिहरुः
       यस कांक्रेबिहार बौद्ध भग्नावशेष बिहारका प्रस्तरखण्डमा अनगिन्ती बुद्धमुर्तिहरु कलाकृतिहरु उल्लेखनीयछन् लोकेश्वरहरु, बौद्ध चिन्ह, अष्टमङ्गल,बुद्ध मुर्ति निकट हात्ती र बाघ समेत दर्शाईएको र ठूलो मुर्ति मायांदेवी र सानो मुर्ति नवजात शिशिु शिर्द्धार्थको मानिएमा लुम्बिनी बनमा बुद्ध जन्मेको घटनासंग यसले तादम्य राख्ने देखिन्छ ।अर्को एउटा प्रस्तरखण्डमा अंकित मुर्तिहरु बुद्धको "मारविजय"घटनासंग सम्बन्ध राख्दछन् अर्को शिलाखण्डमा सरस्वतीका पांच प्रतिमा अंकित गरिएकाछन् सरस्वतीलाई बुद्ध धर्ममा प्रज्ञापारमिता मानिन्छ । -प्रज्ञापारमिता नभएर मन्जुश्री बोधिसत्व हुनु पर्नेहो किनकि प्रज्ञापारमिता भनेको एउटा ग्रन्थहो एउटा बोधिसत्वहरुको अभ्यास स्तर हो ।
       शाक्यमुनी बुद्धले १० पारमिता पार गर्नुभएपछि बुद्धको स्थितिमा पुगेकाहुन् । यस स्थानबाट सुर्खेत उपत्यकाको मनोरम दृष्यावलोकन राम्रो सित हेर्नसकिन्छ यो कून समयमा निर्माण भएको हो भन्ने अनुमान गर्दा लगभग ७०० बर्षअघिको भन्ने अनुमान गरिएकोछ ।
       यस क्षेत्रमा क्रकुछन्द बुद्धले पदार्पण गरेको हुंदा क्रकुछन्द बिहार भएको हुनपर्छ भन्ने बौद्ध मत मान्नेहरुको भनाई रहेको छ ।यस लेखकले समय समयमा स्थानीय पत्रिका तथा राजधानीबाट प्रकाशित हुने कान्तिपुर दैनिकबाट समेत विचारहरु प्रस्तुत भई सकेकोछ ।
१)    बौद्ध भग्नावशेष कांक्रेबिहारको जङ्गलको सुर्खेत जिल्लाको मात्रै नभएर देशकै ऐतिहांसिक  पुरातात्विक सम्पत्ती हो । जो सरकारले यस्को संरक्षण र सम्बर्द्धनको लागि बिशेष पहल गर्नु पर्ने नित्तान्त आवश्यक छ । यसको संरक्षण र पुनर्निर्माण हुन सके पर्यटन क्षेत्रको रुपमा विकास हुन सक्ने बलियो सम्भावना रहेकोछ । यस जङ्गलको वरिपरि बस्ति भएकोले जंङ्गलको विनास भएकोछ । जङ्गलको संरक्षण हुन नसकेकोले यस्को सुन्दरतामा पनि ह्रास आएकोछ । यद्यपि दाउरा घांस पात यसका वरिपरिका बासिन्दाहरुलाई सरल भएकोछ । अबिलम्ब चारैतिर कांढे तारबार गरेर चौकिदारको व्यवस्था गर्नुपर्छ । भग्नावशेष सम्म पुग्न मोटर बाटो बनाउनु नित्तान्त आवश्यक छ ।तर यस्को पबित्रताको लागि पीच मोटरबाटो नभई पैदल हिंडने बाटो उपयुक्त्त हुन्छ भन्ने मेरो धारणाहो ।
       २) यहां भएको बौद्ध बिहारलाई शिखर शैलीको हिन्दु मन्दिर हो भनेर हिन्दु मानसिकता भएका पुरातत्वविदहरु आफ्ना तर्कहरु प्रस्तुत गर्दै आएकाछन् यद्यपि केहि पुरातत्वविदहरु तथा विश्व विद्यालयका इतिहांसकार प्रा.डा.सूर्यमणीले बुद्ध बिहार भनेर आफ्नो पुस्तकमा उल्लेख गरि सकिएकोछ । शिखर शैलीमा बुद्ध बिहारहरु भारत र नेपालमा प्रशस्त बुद्ध बिहारहरु छन् । यति धेरै बुद्धका बिभिन्न आसनका मुर्तिहरु कुने पनि हिन्दु मन्दिरहरुमा हुनै सक्तैन र छैन पनि एक दुई देवीका मुर्तिहरु हुनुलाई हिन्दु शिखर शैली मन्दिर नै हुनुपर्छ भनेर गलत तर्क राखेर शिखर शैलीको बुद्ध बिहारलाई हिन्दु मन्दिरमा परिवर्तन गर्ने प्रयास गर्नु भनेको साम्प्रदायिक मानसिकता हो भनेमा अत्युक्ति नहोला । यो कांक्रेबिहारको परिस्थितिलाई हेर्दा बौद्धहरुको अष्टमङ्गलको आकारमा देखिन्छ ।
        ३) ऐतिहांसिक परिस्थितिलाई अध्ययन गर्ने होभने गुरु पद्मसम्भव सुर्खेतको बाटो भएर कालिकोट,जुम्ला,हुम्ला हुंदै  मानसरोवर हुंदै  तिब्बत तर्फलागेका हुन् भन्ने भनाई छ । साथमा कलाकारहरु पनि साथमा भएकोले बाटोभरी आफ्नो कलाहरु प्रस्तुत गर्दै बिभिन्न ठाउंमा आफ्नो पहिचान राख्दै गएका हुन भन्ने बौद्ध मत मान्नेहरुकोे भनाई  पाईन्छ ।
४) केहि भनाईमा कुनै बौद्ध राजा वा धार्मिक सहिष्णुता भएको राजाले यो विशाल बिहार निर्माण गर्न लगाएका हुनु पर्छ ।
५) यस कांक्रेबिहारको अन्तिम पूर्व दक्षिण तर्फ पातालगङ्गा छ जहां एउटा बिशाल पिपलको रुख छ सम्भवतः यस क्षेत्रको सबैभन्दा पूरानो रुखहो । यहां एउटा स्यानो पोखरी थियो अविरल पानी बगि रहन्थ्यो । हाल ट्यांकीको रुपमा प्रयोग भएकोछ स्थानीय वासिन्दालाई पिउने पानी र नुहाउनको लागि सुबिधा भएकोछ । यस पोखरीमा एउटा अचम्मको दृष्य के देख्न पाईन्थ्यो भने दैलेखको श्रीस्थानमा चर्ढाईएको अबिर फूल अक्षेता नैवैद्य यस पोखरीमा बगेर आई पुग्थ्यो भनेर देख्ने बुढापाकाहरु भन्ने गर्दछन् । पातालबाट बग्दै यहां आई पुग्ने भएको हुंदा  पनि यो पोखरीलाई पातालगङ्गा भनिएको भनिन्छ । आजभोली देखिंदैन कारण सोध्दा पहिला पो सत् थियो अहिले सत हराएकोछ भन्दछन् ।
       ६) यदि गुरु पद्म सम्भवले निर्माण गरेको भए ओं मणी पद्मे हुं   अक्षरांकन अवश्य गर्नेथिए । त्यस्तो यस बिहारमा छैन । यो कुनै बौद्ध राजाले आफु सुरक्षित हुन बिहार बनाएर बसेको हुनु पर्छ ।
       ७) अर्को एक थरीको भनाई अनुसार कुनै एक जोडी लाटा लाटी साली भेनाले कखुरा नबास्दै बौद्ध बिहार निर्माण गरेर सिध्याउनु पर्ने तर निर्माण गर्दा गर्दै  बिहान भएकोले भताभुङ्ग अधुरो अवस्थामा छोडेको भनिन्छ । बिशाल ढुङ्गाहरुलाई हर्ेदा विश्वास गर्न सकिने  अवस्था देखिंदैन । यस भग्नावशेषमा ठूलठूला ढुङ्गाका प्रस्तर मुर्तिहरु कलात्मक बुट्टाहरु छन् यि यहां पाईने ढुङ्गा सित मेल खांदैन नत त्यस्तो ठूलो कुनै ढुङ्गा खानी नै छ भए पनि च्यारकुलेमा भएको ढुङ्गाखानीको ढुङ्गा सित मेल खांदैन। पुनरनिर्माणका क्रममा यहांको ढुङ्गालाई प्रयोजन गरिएकोछ । ४।५ जना मान्छेले उठाउन नसकिने यि ढुङ्गाहरु निश्चित रुपमा बाहिरबाट ल्याएको अनुमान गर्न सकिन्छ बाहिरबाट कसरी ल्याएको होला भनेर अनुमान गर्दा हात्तीबाट बोकाएर ल्याएको हुन भग्नावशेष हुनुको मुख्य कारणहरुःलेखकको अनुमान कलात्मक ढुङ्गे मुर्तीहरु हात्तीबाट बोकाएर ल्याएको हुनसक्छ सक्छ भन्ने लेखकको अनुमानलाई पातालगङ्गाका बयोबृद्ध थारुहरुले कांक्रेबिहार जङ्गल भित्र हात्तीकिला थियो हामीले देखेका हुम् भन्छन् । पहिला मान्छे बस्ने घरको नमुना पनि थियो भन्दछन् अहिले पनि इंटाका टुक्राहरु भेटिएको अवस्था छ ।किन बाहिरबाट ल्याईयो भन्ने अनुमानका सदर्भमा कलात्मक ढुङ्गाहरुलाई जोडेर बिशाल बनाउन ढुङ्गामा प्वाल पारेर फलामको छड हालेर जोडीएको अवस्था रहेकोछ ।
१) जगद्गुगुरु शंकराचार्यले बुद्ध धर्मको व्यापकतालाई निस्तेज गर्न बौद्ध गुम्बा,बिहारहरु तथा स्तुपहरु नष्ट गर्दै भारतबाट यहि बाटो भएर तिब्बत प्रस्थान गरेका थिए  । अतः बाटोमा पर्ने यो कांक्रेबिहारलाई पनि नष्ट गरे र जुम्लामा भएको गुम्बालाई दत्तात्रयको मन्दिरमा परिवर्तन गरे ।
       २)  हिन्दु मतका भनाई अनुसार मुश्लिमहरुले मन्दिर तथा  बौद्ध बिहार भत्काएका हुन भन्ने प्रमाण नपुग भएको देखिन्छ । कारण मुश्लिमहरुले भत्काएको भए समकक्षको शिवालय नष्ट गरेका छैनन् । 
       हिन्दु मन्दिर नभएको अर्को तथ्यः सबै भन्दा पहिलो प्रमाण बिहार नामाकरण गरिएकोछ । काठमाण्डौको स्वयम्भुमा हारतीमाताको मन्दिर भएकै कारणले स्वयम्भुलाई हिन्दु चैत्य भन्न मिल्दैन । त्यसै गरि पाटनको बिभिन्न बिहारहरुमा शिखर शैलीको बिहारहरु देख्न सकिन्छ । भारतको पटना बौद्ध गयामा शिखरशैलीमा बिहारहरु हुनु हिन्दु मन्दिर होईन ।
३) बौद्ध धर्मावलम्बीहरु  हिन्दु धर्मका केहि संस्कारलाई अंगिकार गरेकै भरमा हिन्दु भन्न मिल्दैन । बौद्धहरुले सरस्वती ,गणेश,भैरव,विश्वकर्मालाई आराध्य देव तथार् इष्ट देवताका रुपमा मान्दछन् । गणेशको अर्थ बौद्ध विश्वासमा पार्वती पुत्रको रुपमा नभएर गणको देवता समान बुद्धि विवेक भएको हात्तीको समान टाउको,धेरै कुराहरु विचारहरु ग्रहण गर्न सक्ने ठूलो कान,कामको सिद्धिमा पारंगत नायकका रुपमा पुजा गर्दछन् ।त्यसैले पनि गणेशको पर््रार्थना गर्दा गुरु गणेश सिद्धि बिनायक पनि भनिन्छ ।
शाक्यमुनी बुद्धले वेदलाई स्विकार गरेका थिएनन् यद्यपी बुद्धलाई हिन्दु धर्ममा बिष्णुका नवौं अवतारका रुपमा मान्ने गरेको पाईन्छ । यदि बुद्ध सांच्चै बिष्णुका नवौं अवतार भएको भए किन बुद्धको बिहार निर्माण लगाएत बुद्ध जयन्ति मनाउन सरकारी पक्षपात  हुन्छ ।  शाक्यमुनी बुद्धले आफ्नो मुखबाट कतै पनि आफु कसैको अवतार हुं भनेको पाईदैन । बुद्ध धर्तिमा अनगिन्ति अवतरण भईसके शाक्यमुनी बुद्ध गिन्तीमा २८औं बुद्ध हुनुहुन्छ । कांक्रेबिहारमा बुद्धका थुप्रै आसनका कलात्मक प्रश्तर मुर्तिहरु रहेकाछन जो जानाजान मतिभ्रष्ट भएकाहरुले नष्ट गर्ने कार्य भएकोछ । सुरक्षाको लागि सरकारका तर्फबाटखासै चानसो लिएको देखिंदैन जबकि हिन्दु मन्दिरहरुको सुरक्षा व्यवस्था गरिन्छ ।देशमा धर्मनिरपेक्षाताको नाममा हिन्दुपन लादीएको अवस्था स्पष्टछ  कलात्मक ढुङ्गाका मुर्तीहरुकै कारण सुर्खेतमा पुरातत्व बिभागको संग्राहालय रहेकोछ तर कुनै काम छैन केवल कर्मचारी पाल्ने काम मात्र भएकोछ । यसको पुनरनिर्माणाको लागि अन्तर्राष्ट्रिय सहयोगको खांचो रहेकोछ । यो जे भए पनि जस्तो थियो भरिसक्य त्यस्तै पुनर्निर्माण भएमा सुर्खेतको पर्यटन विकासमा महत्वपूर्ण योगदान हुने निर्विवाद सत्यछ ।

  धन्यवाद। भवतु सब्ब मङ्गलम । भवतु सब्ब मङ्गलम । भवतु सब्ब मङ्गलम ।