Sunday, May 13, 2012

आचार्य सत्यनारायण गोयन्का ( प्रवचनबाट)


 
बुद्धिविलास धर्म होईन

चिन्तन मनन् द्वारा धर्मकव सैद्धान्तिक जानकारी लिएर मात्रै हाम्रो वास्तविक लाभ हुन सक्तैन । यव जानेर मात्रै कि लड्डु पेंडा मिठो हुन्छ भनेर हाम्रो मुख मीठो हुंदैन त्यसकव लागि त खानै पर्छ । केवलयो जानेर मात्रै हुंदैन कि दुध शरीरलाई पौष्टीक हुन्छ हाम्रो शरीर पुष्ट हुंदैन त्यसकोलागि त दुध पिउनै पर्छ । जान्नु र बुझ्नु हाम्रो कल्याणको पहिलो खु८्किलो हो । तर केवल जानेर बुझेर मात्रै रोकियौं र कार्यान्वयन गरिएन भने यस्तो जान्नु र बुझ्नु व्यर्थैछ । कोरा बुद्धिविलासकोरा दिमागि व्यायाम भयो र यहि त हामी गर्छौं । धार्मिक र दार्शनिक सिद्धान्तहरुको छलफल वादविवाद चर्चा परिचर्चा खण्डन मण्डन तर्क बितर्क सम्जने सम्जाउने पढने पढाउने लेख्ने लेखाउने बोल्ने बताउन मै हामी जीवन व्यतित गर्छौं । र दुर्भाग्य त यो हो कि यसैमा हामीले जीवन सफल मान्छैं ।  अचम्मकव सन्तोष छ हामिलाई आफ्नो धर्म जिज्ञासा पूरा गर्नमा तथा बौद्धिक स्तरमा जानेको त्यस धर्म ज्ञान रसीलो भाषामा व्यक्त गर्ने क्षमता प्राप्त गर्दैमा । यस आत्म सन्तुष्टी लाईनै हामिले जीवनकव अन्तिम लक्ष्य मानेकाछौं । साँच्चै कस्तो आकर्षणछ यो मृगजाल जस्मा हामी यति सजिलै सित फस्छौं जसरी माकुरवको जालवमा झिंगा फस्छ र अनि यो बन्धनलाई नै आभुष० मानेर गर्व अनुभव गर्छौं । 
धर्म आदर्श जीवनका आधारबाट हिन्दिबाट अनुवाद साभार


ने सं ११३२ बछलागा अष्टमी
२०६९ बैशाख ३१ःसुर्खेत


सुर्खेत विपश्यना केन्द्र प्रस्तावितको आयोजनामा  र१० दिवशीय विपश्यना शिविर आज बिहान सम्पन्न भएकोछ । उक्त शिविरमा १८ जना पुरुष र महिला ९ जना समेत २७ जना साधक साधिकाहरु रहेको थियो । यस शिविरलाई आचार्य भिमवरसिंह थापाले संचालन गर्नुभएको थियो ।शिविरको सहभागिहरुमा शसस्त्र प्रहरी बाहिनीपती ( DIG)  तथा क्षेत्रीय शिक्षा निर्देशककव सहभागिताले महत्वपूर्ण रहेकव थियो भने सेना र प्रहरीका सहभागिता रहेको थियो । अनित्यताको बोध तथा शुद्ध धर्मलाई महसुस गर्ने यो विपश्यना जीवन जिउनेकला तथा मर्ने कलाको अभ्यास साम्प्रदायिकता भन्दा माथि उठेर गरिने अभ्यासमा बिशिष्ट व्यक्त्तीहरुको बिशेष धर्मसेवाबाट सम्पन्न भएकोछ । सुर्खेत कटकुवा रमणीय शान्त स्थलमा  यो दोश्रो पटक सम्पन्न भएकोछ ।

विपश्यना केन्द्रबाट देखिने सुन्दर दृष्य
साधकहरुको आवास
साधकहरु खाजा खाँदै

Saturday, April 28, 2012

सप्तरत्न आर्यधन (संक्षिप्त परिचय)



                                          सप्तरत्न आर्यधन




धनको बारेमा कसैलाई परिचय दिईरहनु पर्दैन होला । धन कस्लाई मन पर्दैन र कस्लाई चाहिंदैन र चाहेत्यो गरीब होस वा धनी । हरेक मानिस अवश्य धनवान हुन चाहन्छन्। धन प्राप्तीकै लागि मानिसहरु भरमग्दूर प्रयत्न गर्छन मेहनत गर्छन बदमासी गर्छन ठीक बेठीक छुट्याउंदैनन पाप धर्म  योग्य अयोग्य केहि छूट्याउंदैन । पुस्तौं पुस्ताका आफ्ना सन्तानका लागि धनआर्जन गर्न चाहन्छन । धनको लागि नै बाबु छोरा नाती दाजुभाईमा क्लेश उत्पन्न हुन्छ । मरेर जानुपर्ने यो शरीरले सकुन्जेल धन आर्जन गर्न के के मात्रै गर्दैन तर सबै छोडेर जानुपर्छ भनेर पटक्कै सोंच्दैन । हामी हाम्रो मन लोभले भरीएकोछ । धन नचाहिने होईन अवश्य चाहिन्छ हरेक कार्य गर्न धन नभै हुंदैन । वास्तवमा धन बाँच्ने एक आधारभूत मात्रै होईन अनुभूत आवश्यकताहो तर यहि साध्य त होईन । धनको लागि कूल ईज्जत मान प्रतिष्ठा गमाएर चरित्र हीन दुश्शील भएर जस्तोसुकै गर्न पछि नपर्ने मुर्खताहो । शान्तिका महानायक भगवान बुद्धले सातवटा आर्यधन कमाउनुपर्ने सप्तरत्न आर्यधन बनाउनुपर्ने उपदेश दिनुभएकोछ । हामीले हाम्रो जीवनयापनको सन्दर्भमा आर्यधनको महत्वपूर्ण स्थान रहेकोछ । यदि मानिस आर्थिकरुपले धनले सम्पन्नछ तर कर्मले विचार विपन्न छभने त्यसको कुनै सार्थकता हुंदैन कुनै अस्तित्व हुंदैन । धनले विपन्न हुनु भन्दा विचारले विपन्न भयोभने बरबाद हुन्छ । विचारले विपन्न भयोभने उस्ले नत आफूलाई जन्मदिने आमाबुवाको अस्तीत्वको कुनै मान मर्यादा गर्छ देश त परै जावस । धन मात्रैले सम्पन्नछ र आर्यधनले विपन्न छभने आदर्श व्यक्त्ती हुन सक्दैन । भगवान बुद्धको उपदेश अनुसार मानव महामानव बन्न, पुरुष सत्पुरुष बन्न आध्यात्मिक गुण सम्पत्ती अनिवार्यछ ।
के हो त सप्तरत्न आर्यधनः सप्त भन्नाले त स्पष्टैछ सात रत्न भन्नाले बहुमुल्य बस्तु र आर्य भन्नाले राम्रो सभ्य र धन भनेकव त भौतिक सम्पत्ती भैहाल्यो । सातवटा राम्रो सभ्य बहुमुल्य सम्पत्ती यि हुन् 
, श्रद्धाधन 
, शीलधन 
३ हिरि (लज्जा) धन, 
४ ओतप्प (भय) धन, 
५ श्रुतधन  ६ त्यागधन, 
७ प्रज्ञाधन । यि अनिवार्यछ ।
केहो त सप्तरत्न आर्यधन जो कोहि व्यक्त्तीमा हुने धन होईन । यो केवल सत्पुरुषहरुमा हुने धनहो । सत्पुरुष असत्पुरुषको बारेमा भगवान बुद्धले यसरी उपदेश गर्नुभएकोछ । भिक्षु हो । यहाँ कोही प्राणी हिंसा गर्नबाट टाढा रहन्छ, चोरीबाट टाढा रहन्छ, व्यभिचार गर्दैन, झूठो बोल्दैन, चुक्ली गर्दैन, कडावचन बोल्दैन, अरुको निन्दा चर्चा गर्दैन, लोभी हुंदैन, द्वेषी हुंदैन र सम्यकदृष्टिको हुन्छ यसलाई सत्पुरुष भनिन्छ । जस्ले पंचशील सदाचारलाई पालन गर्छ उ सत्पुरुष हो । सत्पुरुष भन्दा पनि झनै सत्पुरुष यहां कोहि कोहि आफु पनि प्राणी हिंसा गर्नबाट टाढा रहन्छ अनि अरुलाई पनि हिंसा गर्नबाट बचाउंछ वा गर्न लगाउंदैन गर्दैन, आफू चोरी बाट टाढा रहन्छ र अरुलाई पनि चोर्न दिंदैन वा बचाउंछ, आफु व्यभिचार गर्दैन र अरुलाई पनि टाढा राख्छ, आफु झूठो बोल्दैन र अरुलाई पनि झूठो बोल्न दिंदैन, आफूले पनि चुक्ली गर्दैन अरुलाई पनि गर्न दिंदैन, आफु पनि कडावचन बोल्दैन  अरुलाई पनि बोल्न लगाउंदैन, आफु पनि निन्दा चर्चा गर्दैन अरुलाई पनि गराउंदैन, आफु पनि लोभी हुंदैन र अरुलाई पनि निर्लोभी हुन सिकाउंछ, आफु द्वेषी हुंदैन अरुलाई पनि निर्द्वेषी हुन सिकाउंछ, आफु पनि सम्यकदृष्टिको हुन्छ अरुलाई पनि सम्यकदृष्टिको हुन लगाउंछ । भीक्षु हो यसैलाई झनै सत्पुरुष भनिन्छ । यसको ठीक विपरीत गर्ने गराउने असत्पुरुषहो । सत्पुरुषको जन्म जहां हुन्छ त्यहाँ सुख शान्ती हुन्छ । जुन घरमा सत्पुरुषको जन्म हुन्छ ।त्यो घरमा हित, कल्याण र सुख हुन्छ । कसैको घरमा सत्पुरुषको जन्म हुन्छ लोक हितार्थ कल्याणार्थ सुखार्थ हुन्छ ।यस्को विपरित असत्पुरुषको जहां जन्म हुन्छ त्यहां आफै बुझौं के हुन्छ ।
यहां पुरुषहरुको मात्रै चर्चा भयो भनेर महिलाहरुले गुनासो गर्न सक्छन् यहि गुण धर्म आर्यधन महिलामा पनि हुनुपर्छ सिद्धार्थको पत्नी यशोधरामा यि सत्पुरुषको आर्यधन थियो । सप्तरत्न धन र सप्तरत्न आर्यधनमा भिन्नता ।सप्तरत्न आर्यधनको बारेमा माथि चर्चा भैसक्यो । अब सप्तरत्न धनः १) सुन,) चाँदी,) मोती,) मणी,) वैदूर्य,) हिरा र ७) मुंगा । बौद्ध ग्रन्थ सुत्तपिटकको दीघनिकाय महासुदस्सन सुत्तमा भगवान बुद्धले चक्रवर्ती राजाहरुमा हुने सात प्रकारका रत्नको बारेमा यसरी उल्लेख भएकोछ ।
  
) चक्र रत्नःसहस्र आरा भएको, नेमि नाभि भएको र सबै प्रकारले परिपूर्ण दिव्य चक्ररत्न
 ) हस्ती रत्नःसर्वथा श्वेत, सप्त प्रतिष्ठित, ऋद्धिमान, आकाशमा पनि विचरण गर्न सक्ने, उपोसथ हस्तिराज भन्ने हस्तिरत्न
 ) अश्व रत्नःबिल्कुलै सेतो, कालो टाउको भएको, मुञ्ज जस्तो केश भएको, ऋद्धि सम्पन्न, आकाशचारी बलाहक अश्वराज भन्ने अश्वरत्न
,) मणी रत्नःवैलूर्य शुभ्र, राम्रो जातको, अष्टांश गरी कुंदेको, सफा, निर्मल, चमकदार, मोहक एवं सर्वालंकार सम्पन्न, एकयोजन सम्म चारैतर्फ आभा वा प्रकाश फैलिएको मणिरत्न .
 ) स्त्री रत्नःबिल्कुलै अभिरुपा, दर्शनीय, चित्तलाई प्रशन्न गर्ने, परम सौन्दर्यमयी, न धेरै होंची, न धेरै दुब्ली, न धेरै मोटी, न धेरै काली,, न धेरै गोरी मनुष्य वर्गभन्दा माथिकि परन्तु देववर्णभन्दा केहि कमकी, शरीर शीत ऋतुमा शीतल हुने, जिउबाट चन्दनको र मुखबाट कमलको जस्तो वासना आउने स्त्रीरत्न ।
 ) गृहपती रत्नःकर्म विपाकको कारण दिव्यचच्छु उत्पन्न भएको, स्वामित्व भएको वा नभएको जमिनमुनि गाडिराखेको खजाना पत्ता लगाउन सक्ने सहायक गृहपतिरत्न र
 र ७) परिणायक रत्नः पण्डित, व्यक्त, मेधावी र स्वीकारणीय बस्तुलाई स्वीकार गराउने र छाड्नु पर्ने बस्तुलाई छाड्न लगाउन समर्थ भएको अनुशासक परिणायकरत्न ।
सांसारिक यी अमूल्य धनहरुभन्दा पनि मूल्यवान र बहुमूल्य हुने गर्दछ सप्तरत्न आर्यधन ।

                           भवतु सब्ब मङ्गलम ।

Thursday, April 26, 2012

पाक शिक्षा (अनुभवमा आधारित)




लेखकः जीवन शाक्य

रमादेवी शाक्य
 


पाक शिक्षा आजको परिप्रेक्षमा प्रत्येक व्यक्तिले जान्नुपर्ने आवश्यक बिषय हा। यो शिक्षा महिलाले मात्रै जान्नुपर्ने भन्ने छैन सबैले जान्नु पर्छ । हामीले हामीसित भएको घरायसी वा स्थानीय श्रोत साधनको परिचालन गर्न नजानेर र त्यस्को सदुपयोग गर्न नजानेर बस्तु खेर गईरहेकोछ । कुनै पनि खाद्य बस्तुलाई तरिकाबद्ध मरमसला हालेर बनायौं भने स्वादिष्ट मात्रै होईन पौष्टिक पनि हुन्छ ।
अब हाम्रो वरिपरि भएको फलफूल हरियो तरकारीको अचार बनाएर धेरै दिन सम्म खान मिल्ने गराउन सकिन्छ । आउनुस यस्को अभ्यास गरौं ।

करेला -तिते० अचारःकरेलाको अचार तुरुन्तै खानु पर्ने र केहि दिन सम्म खान मिल्ने अचार दुई   प्रकारको बनाउन सकिन्छ ।

, - करेलाको भरुवा अचार ः
आवश्यक सामग्रीः
करेला -अलि ठूलो०              १ के।जी।
भुटेको कलौंजी                   २५ ग्राम
भुटेको सोंप                     ५०ग्राम
भुटेको धनिया                    २००ग्ा्रम
भुटेको जिरा                     ५०ग्राम
ुर्सानी धुलो                     ५० ग्राम
खाने तेल                      ५०० मि।लि।
सुकाएको आंपको धुलो            ५० ग्राम नभएमा कागतीको रस
बनाउने बिधिः