Sunday, March 17, 2013

विपश्यनामा आर्यमौन मेरो अनुभव ( जीवन शाक्य )



विपश्यना शिविरमा सहभागि हुनेबेलामा आर्यमौन पालना गर्नु पर्छ भनेर सुनाईन्छ आचार संहितामा पनि उल्लेख हुन्छ । तैपनि अकतिपय साधक साधिकाहरु नियम र संकल्प बिर्सेर नियम भङ्ग गर्छन् र शील भङ्ग गर्छन् । आर्य मौन विपश्यनामा साह्रै महत्वपूर्ण नियम हो । प्रस्तुत छ यसपटक मैले लुम्बीनीमा १५ फरवरी देखि सहभागि भएर पाएको अनुभव ।
एक समयमा एउटा तलाउको नजिक दुई हाँस र एक कछुवा बस्थ्यो । हाँस बुझ्ने थियो र प्रायः शान्त भएर चुप हुन्थ्यो जब आवश्यक हुन्थ्यो तब मात्रै बोल्थ्यो तर कछुवा दिनभरी तात्तो न छारोको कुरा गरेर बोलिरहन्थ्यो । ए कदिन हाँस आफ्नो घर हिमाल तिर जान तयारी गर्दै थियो । कछुवाले भन्यो ओहो लौन मलाई पनि लैजाउ न तिमीहरुको हिमालको घरमा । हाँसले भन्यो हेर कछुवा तिमीलाई लैजान्न हाम्रो उता तिरका हाँसहरु शान्त प्रियछन वार वार बोलिरहेको मन पराउंदैनन तिमी दिनभरी वाईहातका कुराहरु बोली रहने त्यहाँ बस्न सक्दैनौ । कछुवाले भन्योः होईन मैले तिमीहरुले भने जस्तै मौन ब्रत नै बस्छु पटक्कै बोल्दीन । हांसहरुले कछुवाको कुरा माने । कछुवालाई भन्यो ल त त्यसोभए एउटा लट्ठीमा दुई किनारमा हामीले मुखले समात्छौं तिमीले बीचमा मुखले समात  । कछुवाले हुन्छ भनेर त्यसै गर्यो । कछुवालाई लिएर हाँसहरु उड्यो । आकासमा उडदा कछुवालाई खुबै रमाईलो र आनन्द लाग्यो यो कुरा हाँसहरुलाई भन्न चाहान्थ्यो अहा! कति रमाईलोछ बादलहरु, पहाड, बतास भनेर तर कुरा गर्न त मुख खोल्न गाह्रै थियो मौन ब्रतलाई सम्झ्यो र चुप लाग्यो ।
तिनैजना हाँसहरु उडदै उडदै अघी बढदै गएर एउटा गाउंको माथिबाट उडदै थियो । गाउंलेले आकाशमा यो विचित्रको देखेर अचम्म मान्दै कुरा गरे  हेर ! त दुई हाँसले एक मरेको मुर्दा कछुवालाई उडाएर लग्दैछ । कछुवालाई यो कुरा सुनेर साह्रै झोंक चल्यो र नबोली बस्न सकेन र चिच्याएर ए मूला हो म मरेको होईन जिउंदै हो भन्न मुख के मात्रै खोलेका थिए लट्ठीबाट मुख फुस्केर माथीबाट भुईंमा धडाम्म खस्यो र उस्को साह्रो हाड जस्तो खोल फुटेर साँच्चै जिउंदो बाट मुर्दा भयो ।
यो रोचक बोध कथा विपश्यनामा चकचके बोलीरहनेहरुको लागि हो । जस्ले मौनको अर्थ बुझ्न सकोस । हरेक विपश्यनाको शिविर संचालन हुनु भन्दा अघि आर्य मौन बस्नु पर्ने नियम बताईन्छ । आर्य मौनले समाधी बलियो हुन्छ ईशारा अथवा कुनै पनि सांकेतिक भाषामा बोल्नुहुंदैन भनिएको हुन्छ तर विपश्यना शिविरमा आउनेहरुले नियमको ख्याल नगरेर आ! जाबो अलिकति बोलेर के हुन्छ र भनेर खासखुस्स गरेर बोली हाल्छन् अर्थात शील भङ्ग गर्छन र आफैलाई हानी गर्छन् । नियमको ईमान्दारीपुर्वक पालना गरेर अनावश्यक कुरामा लाग्नुहुंदैन । भगवान बुद्धले मान्छेहरुलाई सचेत गराउंदै वाणीले कम्तीमा पाँच पाप गर्नुहुंदैन भनेर उपदेश दिंदै आउनुभएको थियो । चाहिने बेलामा मात्रै चाहिने कुरा गर्ने धेरै बोल्न थाले धेरै गल्तीहरु हुन्छन् । भगवान बुद्ध अनमोल समयलाई सदुपयोगका पक्षधर हुनुहुन्थ्यो अनावश्यक कुरामा समय खेरो फाल्नेमा बिरोध गर्नुहुन्थ्यो ।
एक पटक एकजना भगवानको अगाडी आएर भन्यो भगवन ! हजूरले पटक पटक दुःख र दुःख बिमुक्तिको बारेमा उपदेश गर्नुहुन्छ कृपया यो भनिदिनुहोस कि यो दुःख कस्लाई हुन्छ र दुःखबाट बिमुक्ति कस्को हुन्छ ?
 समाजमा कोहि कोहि मान्छेहरु बोल्न जानेकोछु बुद्धीमानछु भन्ने भ्रममा परेर गलत तरिकाको प्रश्न गर्छन त्यस्तै यो मान्छेले पनि गर्यो । तर भगवान यस्ता वाईहात कुरामा अल्झिरहनुहुँदैन र सम्झाउँदै भन्नुभयोः तिमीले प्रश्न नै ठीक तरिकाले गरेनौ । दुःख कस्लाई हुन्छ भनेर प्रश्न गर्ने नै होईन बरु दुःख किन हुन्छ भनेर पो सोध्नुपर्छ । अनि दुःखबाट बिमुक्ती कस्लाई हुन्छ भनेर सोध्ने होईन कसरी हुन्छ भनेर पो सोध्ने हो ।
सार्थक कुरा, मतलबको कुरा यो हो कि दुःखबाट मुक्ती पाउने र यो जान्नु आवश्यकछ कि दुःखको कारण के हो र कसरी दुःख निवारण हुन्छ । यो बाहेक सबै चर्चा अनावश्यक वाईहात हो । फेरि कोहि यसरी पनि सोध्छन् भगवान यो संसारलाई कस्ले बनायो ? अनि भगवानले पनि राम्ररी सम्झाएर भन्नुहुन्छः कुनै बिषालु तीरले घाईतेलाई कस्ले तीर बनायो भनेर सोध्नु भन्दा त्यो घाईतेलाई चाँडै चाँडै घाउको उपचार गर्नु हो ताकि उस्को पिडा मुक्त होस दुःख मुक्त होस चाँडो भन्दा चाँडो । विपश्यना शिविरमा आएपछि यहि महत्वपूर्ण कुरा सिक्ने हो न कि वाईहातको कुरा गरेर समय खेर फाल्ने । एउटा शिविरमा मसित एउटाले सुटुक्क सोध्यो हैन "यो साँसलाई नै किन हेर्ने मुटुको ढुकढुकि हेरे हुन्न र"? मैले स्यानो स्वरमा भने म केवल धम्म सेवकहो आचार्य होईन पछि उहाँ संग सोध्नु होला । आर्य मौनको अर्थ बाणीले मात्रै मौन होईन शरीर र मनलाई पनि मौन राख्नु पर्छ । बाणीको मौन त नित्तान्तै आवश्यकछ । त्यसैले शिविरको सुरुमा नियम पालन गर्छु भनेर आत्म समर्पण गरिन्छ पञ्चशीललाई ग्रहण गरिन्छ । मनको मौन त भनियो तर मनले हुने नहुने कल्पनाहरु गर्न थाल्छ योजनाहरु बुन्छ अनि आफ्नो मनको कुरा अरु सित बोल्न मन लाग्छ । नगर्ने नबोल्ने भनिएको कुरालाई नियम उलंघन गरेर खुसुक्क लाएर साथीहरु सित कुरा गरि हाल्छन् । सुटुक्क खैनी गुट्का सेवन गरि हाल्छन् र शील भङ्ग गर्छन अनि समाधी बलीयो हुंदैन समाधी बलीयो नभए पछि प्रज्ञा प्राप्त हुने त कुरै भएन । पाँच बर्ष अघि अर्थात २०६५ साल मंसीर महिनामा मैले नेपालगंजमा सहभागि हुंदा अज्ञानमा शील भङ्ग गरेको सम्झना छ । अहिले शिविर व्यवस्थापनको सेवामाछु अरुले शील भङ्ग गरेको देख्दा दया लाग्छ । दोश्रो पटक लुम्बीनीमा सहभागि हुने मौका पाएं एक्लै कोठामा बस्ने मौका पाएपनि शीललाई पक्का रुपमा जोगाएँ । आर्य मौन भने पछि लेखपढ गर्न पनि वर्जित हुन्छ कसैले नदेख्ने लेखेपनि हुन्थ्यो तर संकल्प गरिसकेपछि आफ्नै लागि गरिने आफै ईमान्दारी हो । शरीरको मौन भनेको अधिष्ठानमा बस्ने बेला शरीर नहल्लाएर शीर ठाडो गरेर बस्ने हो पटक पटक खुट्टा चलाउने यताउति गर्ने आर्यमौनको अर्थै रहेन । जस्ले वाणीले मौन बस्न सक्दैन आर्य मौनको पहिलो पाईला नै भएन उ अघिल्लो पाईला कसरी चाल्छ । आर्य मौन बस्न सकेन भने मन स्थीर हुन सक्दैन मन चंचल त छँदैछ । बोल्ने बित्तिकै विवाद भैहाल्छ । नियम उलंघन भैहाल्यो आत्मसमर्पण गर्नुको कुनै अर्थ नै भएन । हुन सक्छ पहिलो चोटी बिभिन्न अज्ञानताले शील भङ्ग गरीयो अर्को पटक शिविरमा सहभागि भएर आफूले अभ्यास गरेको कामलाई पुष्टी गर्न साँजको गुरुजीको प्रवचनलाई राम्ररी ध्यान दिएर ग्रहण गरेमा फाईदा नै हुन्छ बेफाईदा होईन । विपश्यना शिविर बाणी विलास बुद्धी विलास मनोरन्जनको लागि १० दिन घर व्यवहार छोडेर गएको  होईन अन्तरमुखी भएर आफैलाई हेर्न सम्यक दर्शन गर्न हो ।
भवतु सब्ब मङ्गलम् ! सबैको कल्याण होस ! सबै सुखी होउन !
सन्दर्भ सामग्रिः जागे अन्तरबोधः विश्व विपश्यना आचार्य सत्यनारायण गोयन्का

Friday, March 15, 2013

शाक्य राजवंश र शाक्य सम्बत



कल्पको आरम्भमा जब मनुष्य जाती एक समूहमा बस्न थाले तब पारस्परिक सम्बनधमा उत्पन्न हुने जटीलताहरु र समस्याहरुलाई समाधान गर्न तथा सामाजिक सम्बनधलाई व्यवस्थित गर्नको लागि एक शासककव आवश्यकता महशुशस गरीयो । त्यसैले सबै मिलेर एक योग्य यक्तिलाई चुनीयो जो उनीहरुमा शासन गर्न सकोस । काकि उनि सर्व सम्मतिले चुनीएको थियो त्यसैले महासम्मत भनीयो । पृथ्वीमा पहिलो शासक भयो । यहि महासमम्तको वंशमा एक महाप्रतापी राजा भए ओक्काक (इक्ष्याकु)सूर्यको समान त्जस्वी हुनाले उस्कव वंशलाई सूर्यवंशी पनि भनियो । महाराज ओक्काकबाट पाँच छोरी र चार छोराको जन्म भयो ।महारानी भक्ताको मृत्यु भएपछि एक नवोढा युवती सित बिहे गरेर उनलाई अग्रराज महिषीका पद दिईयो जसले आफ्नो छोराको लागि राज्यको उत्तराधिकारको मांग गरिन । काम मवहमा डुब्का राजाले उन्को मांग स्विकारे तर पछि पश्चाताप भयो ।जेठी महारानीबाट जन्मेका सन्तानहरुलाई टाढा सुरक्षित ठाउमा  निवास गर्ने आदेश दिए र आफ्नो मृत्यु पछि राज्यकव अधिकार आफ्नो हातमा लिन सिकाए । जेठी रानीका छोरा छोरीहरुले देशबाट निकाला हुन स्विकार गरेर निस्के । तर बुवाकव मृत्यु पछि सौतेनी भाईहरुबाट राज्य छिन्ने कुरा ठीक लागेन । उनिहरुले आफ्ने पराक्रमबा६ छुट्टे एक राज्य बसाल्ने संकल्प गरे । त्यसपछि ति हिमवत प्रदेश ( तत्कालिन नेपाल नाम थिएन) कपीलमुनीको आश्रममा बसे  र त्यहिं कपिलवस्तुराजधानीको स्थापना गरे जो आज भोली नेपालको लुम्बीनी अंचलको एक जिल्ला हो । तिनिहरुले नया राज्यको स्थापना गर्न सफल भए । यस सह्रानीय शक्यताको कारण नै यिनिहरु शाक्य कहलीए । रक्त शुद्धता त्यतिबेलाको चलन थियो त्यसैले आपसमा विवाह गरेर सन्तान उत्पादन भयो । प्रिया नामकि जेठी दिदीले बनारसका तत्कालिन राजा राम सित बिहे गरे ।उन्ले कपिलवस्तु कै नजिकै दवदहमा राजधानी बनाएर कोलीय राज्यको स्थापना गरे । दुबै राजकुललाई आफ्नो रक्त शुद्धताको बडो अभिमान थियो त्यसैले अन्य कुलमा बिवाह गरेर रक्त मिश्रणको दोषबाट बच्नको लागि पुस्तौं पुस्ता सम्म कोलीय र शाक्यमा परस्पर आवाह विवाह को प्रचन भयो । त्यसताका आवाहको अर्थ छोराले बिहे गरेमा आवाह छोरी बिहे गरिदिएमा विवाह भनिन्थ्यो । यो क्रम सदीयौ सम्म चल्यो आज भोली गुरुङ्, मगर, शाक्य, बज्राचार्य तथा थारु समुदायमा चलन कायमनै । तर फुफु चेला मामा चेली मगरहरुमा फुफु चेली मामा चेला गुरुङ्गहरुमा शाक्य बज्राचार्यहरुमा फुफु र मामाका नाती नातीनीहरुमा आवाह विवाह चलन अहिले पनि देखिन्छ । त्यसै पनि त्यसताक मामा र फुफुको दाजु बहिनीमा विवाह प्रचलित थियो भन्ने कुरा ईतिहाँसबाट पनि स्पष्ट देखिन्छ । अहिले पनि मगर समुदायमा मामाको छोरी सित बिहे गर्न हकनै लाग्छ त्यसैले सम्बोधन गर्दा पनि सोल्टी भन्ने चलनछ ।त्यसै गरि गुरुङ्ग समुदायमा पनि फूफुको छोरी सित बिहे गर्ने अधिकारै छ ।
त्यस बखत जयसेन शाक्यवंशका प्रतापी राजा थिए एस्को छोरा सिंहनु र छोरी एक यशोधरा थिईन् ।त्यसै बेला कोलीयहरुका राजा देवदह शाक्य थियो जस्को छोरा अन्जन र छोरी कात्यायिनी थिईन ।देवदहको छोरा अन्जनको विहे जयसेनको छोरी यशोधरा सित भयो । जयसेनको को छोरा सिंहनुको विहे देवदहको छोरी कात्यायिनी सित भयो । अन्जन र सिंहनु दुबै नै जयसेन जस्तै बडो प्रतापी थिए ति दुबैका राजपुरोहित ब्राम्हण असित काल देवल थियो जो ज्योतिष र शरीर लक्षण शास्त्रका विव्दान नै थिए र साथै आठै ध्यान समाधीहरमा पनि पारंगत थिए र अनेकौ  ऋद्धीहरुका धनी थिए । त्यसताक पुरानो शाक्यसम्बत चलिरहको थियो जस्को ८६४७ बर्ष पूरा भएपछि कोलीय महाराज अन्जनले राजपुरोहित ऋषी असित कालदेवलको परामर्शमा रोकिदिएर एक नयाँ महाशाक्य सम्बत चलाए जो कतै कतै अन्जन सम्बत भनेर पनि भन्ने चलनछ । यस सम्बतको दशौं बर्ष अषाढ पुर्णीमा शनिवारका दिन महाराज सिंहनुको रानी कात्यायिनीले पहिलो छोरा जन्माए जस्को नाम शुद्धोधन राखीयो त्यसैगरि अरु चार छोराहरु  धौतोदन,शक्कोदन,शुक्कोदन र अमितोदन नाम राखिए र दुई छोरी अमिता र पमिता पनि जन्मे 
नयाँ महाशाक्य सम्बतको बाह्रौं बर्षमा कोलीय राजा अन्जनको रानी यशोधराले छोरी जन्माए जस्को नाम महामाया ना राखीयो र अर्को छोरी पनि जन्मीयो जस्को नाम प्रजापती तथा दुई छोरा जन्मे जस्को नाम दण्डपाणी र सुप्पबुद्ध नाम राखीयो । शुद्धोधनको विहे कोलीयधीता महामाया र बहिनी प्रजापती सित भयो र सुप्पबुद्धको विहे शाक्यधीता अमिता सित भयो । महारानी महामायाले शाक्य सम्बत ६७ अषाढ पुर्णीमा  गर्भधारण गरेर ६८ बैशाख पूर्णीमाको शुक्रवारमा छोरा जन्माए जस्को नाम सर्वार्थ सिद्ध भएकोले सिद्धार्थ नाम राखीयो । यस हिसाबले शाक्य सम्बत ११३५० भएको ईतिहाँसले बताएकोछ ।
महामाहा सिद्धार्थ जन्मेको सातौं दिनमा दिवंगत भईन र प्रजापती गर्भवती भएर एक छोरा जन्माए जस्को नाम नन्द राखीयो तिनलाई धाईहरुलाई सुम्पेर सिद्धार्थलाई आफ्नो दुध ख्वाएर पालनपोषण गर्ने जिम्मेवारी लिईन र दुई बर्ष पछि छोरी पनि जन्माईन जस्को नाम नन्दा राखीयो । कोलीय सुप्पबुद्धको अमिताबाट यशोधरा छोरी जन्मी र देवदत्त छोरा जन्म् । शाक्य सम्बत ८४मा सिद्धार्थ र यशोधरा विवाह भयो ९७मा अषाढ पुर्णीमाको राती गृहत्याग गरे १०३ बैशाख पुर्णीमामा सम्यक सम्बोधी प्राप्त गरेर बुद्ध भए १४८ बैशाख पूर्णीमा मै महापरिनिर्वाण प्राप्त गरे । यहि १४८ बर्ष पछि शाक्य सम्बत लोप भएको ग्रन्थहरुबाट प्रमाणित हुन्छ ।

सन्दर्भ सामग्रीः जागे अन्तरबोध (आचार्य सत्यनारायण गोयन्का )

Friday, February 8, 2013

तपाईं हात्ती होईन मान्छे हो (जातक कथा )




एकजना मान्छे कतैबाट जाँदैथियो, ्यहिबेला उस्ले सड़कको छेउमा खुट्टामा मोटो रस्सीले बाँधेको हात्ती देखे, त्यो देखेर अचम्म मानेर रोकीयो । उस्ले देख्यो हात्तीको अगाडी पट्टीको खुट्टामा  डोरी बाँधेकोछ, यो देखेर अच्म्लाग्यो कि हात्ती जस्तो विशालकाय जीव फलामको जंजीरको ठाउंमा बस एक स्यानो डोरीले बाँधेको !!! यो स्पष्ठ थियो कि हात्तीले जब चाह्यो तब त्यो जाबो डोरी चुँडाएर जान सक्थ्यो, तर त्यो हात्तीले त्यसो गरेको थिएन चुपचाप सुँड हल्लाउंदै आँखा चिमिक्क चिमिक गर्दै थियो ।
अनि त्यो मान्छेले नजिकै बसेको माउते सित सोध्यो ए माउते दाई ! यो हात्ती कसरी शान्ती पुर्वक जाबो यो डोरीले बाँधिएर बसेको भाग्ने विचार पनि गरेकोपनि छैन ? तब माउतेले भन्यो, ” यि हात्तीहरुलाई स्यानो छंदै यहि डोरीले बाँधिन्छ, त्यसबेला यो सित यति शक्ति हुंदैन की यो डोरीलाई चुडाल्न सकोस । गर्न त पटक पटक प्रयास नगरेको कहाँ हो र गर्दा पनि डोरी चुँडाल्न नसक्नाले उलाई बिस्तारै बिस्तारै बिश्वास भयो कि उ यो डोरीलाई चुडाल्न सक्तैन भनेर र ठूलो भएपछि पनि यहि विचार बलीयो भैरह्यो, यसकारण पनि कहिलेकाहिं पनि चुँडाल्ने कोशिश गर्दैन.
त्यो देख्ने मान्छे अचम्म मान्यो कि यो ताकतवर जनावर केवल यसकारण आफ्नो बन्धन चुँडाल्न सक्तैन किनकि उ यो कुरामा बिश्वास गर्छ कि मसित यो डोरी चुँडाल्न शक्ति छैन !!
यि हात्तीको जस्तै नै हामीमा कतिजना खाली पहिलो भएको असफलताको कारण यो मानेर बस्छौं कि म बाट यो सफल हुन सक्तैन आफैले बनाएको मानसिक जंजीरमा बाँधिएर सम्पूर्ण जीवन बिताउंछौं । के हामी यो हात्ती जस्तै हौं त ? बुझौं असफलता जीवनको एक अङ्ग हो
भवतु सब्ब मङ्गलम्
 र निरन्तर प्रयास गर्नाले मात्रै सफलता प्राप्त हुन सक्छ । यदि तपाईं पनि यस्तो कुनैन्धनमा बाँधिनुभएको छ जो तपाईंको आफ्नो योजना सफल बनाउन बाधा भएकोछ त्यसलाई चुडाल्नुस.. तपाई हात्ती होईन मान्छे हो ।
त्यस्तै एउटा पूरानो कथाछ ।
राजाको एउटा बलीयो ल८ईमा भागलिने हात्ती बुढो भयो । कुनै कतै कार्यक्रममा सहभागि भएको थिएन । माउतेले पनि बुढो भयो सक्तैन भनेर त्यत्तिकै छोडेको थियो । त्यो बुढो हात्ती एक दिन डुल्दै जङ्गलतिर गएको एउटा हीलो दलदलमा जाक्कीयो उस्ले धेरै कोशिश गर्दा पनि उठन सकेन । उ बेस्सरी कराउन थाल्यो मान्छेहरुलाई टीठ लागपनि हीलोको दलदलबाट हात्तीलाई उठाउने कसरी । जति कोशिश गरेपनि नसकेर त्यत्तिकै थाकेर अब मत यहि हीलोमा मर्छु कि क्याहो भनेर सुतेको थियो । राजाले आदेश दियो कि ल यो हीलोमा फँसेको हात्तीलाई कस्ले निकाल्न सक्छ त्यस्लाई राम्रो ईनाम दिन्छु । कसैले सकेन एउटा बुढोले उपायो भन्यो महाराज! म सित केवल उपायछ यदि मेरो भनेको कुरा मान्नुहुन्छ भने सुन्नुहोस । यो हात्ती पहिला बाजा गाजाका साथ लडाईमा जान्थ्यो सबैलाई उछिनेर अगाडी हुन्थ्यो हैन ? हो जोशीलो पाराको बाजा बजाएर यस्को चारै तिर घुमाउनुस अनि हेर्नुस अचम्म । राजाले त्यसै गर्न आदेश दियो । बाजा बज्यो जोशको साथमा । हात्तीले सोंच्यो लौ दुश्मन त नजिक आईसकेछ उस्ले जवानीको लडाईको जोश निकालेर जुरुक्क उठ्यो र हीलोबाट बाहिर आयो । रामा अचम्म मान्यो ।
हामीमा पनि १०४ बर्षे जाहानिया राणा शासन फाल्ने २५ बर्षे निरंकुश पंचायति व्यवस्था फाल्ने । दो श्रो जन आनेदोलनबाट केयौं शहीदको वलिदानीबाट निरंकूश राजाको शासन फाल्ने शक्तिछ भने भारतीय विस्तारवाद र बिदेशी ईशारालाई लत्याउने शक्ति पनि निहितछ । भारत सित हामी निहु खोज्न सक्तैनौं तिनको नीतिलाई परास्त गर्न सकतैनौ भन्ने मनस्थितबाट उठ्नु मात्रै पर्छ ।
भवतु सब्ब मङ्गलम्
————————————–