Saturday, May 18, 2013

शाक्यमुनी बुद्ध नेपालमा जन्मेकाहुन


                                                                 
                                           
                                              जीवनकुमार शाक्य

भारतले बेलाबखतमा बुद्धको जन्मस्थानलाई लिएर भ्रामक प्रचार गरिराखेको छ । उसले नेपालको लुम्बिनीसँगको भारतीय सीमानामा नै जोडेर अर्को लुम्बिनी बनाएको छ । बुद्ध भारतीय हुन उनी जन्मिएको भूमि लुम्बिनी भारतमा पर्दछ भनी प्रमाणित गर्नका लागि विद्युतीय सञ्चार माध्यम, बलिउडमा निर्मित चलचित्र, विद्यालयहरुमा पढाइने पाठ्यपुस्तक, साधुसन्तहरुको प्रवचनलाई समेत उपयोग गरेको छ । यद्यपि भारतीय योग गुरु रामदेवले यस्को बिरोध गरेर भनेकाछन कि बुद्ध भारतमा जन्मेका हुन् भन्नु सरासरमहा गल्ती हो बुद्धको जन्म नेपालमै जन्मेकाहुन् ।
उसले बलिउडले बनाएको चाँदनी चौक टु चाइना नामक चलचित्रको मुख्य नायकको मुखबाट नै "लुम्बिनी भारतमा पर्दछ ।" भन्ने सम्बाद ओकल्न लगायो । २०६९ माघ ३ गतेका दिन बाबुराम भट्टर्राई सरकारका पर्यटन मन्त्री पोष्टबहादुर बोगटीलाई लुम्बिनीमा बोलाएर "लुम्बिनी भारतमा पर्दछ । र, बुद्ध भारतमा जन्मिएका हुन् ।" भनी भारत सरकारले तयार पारेको "दी पाथ" नामक किताव नै हातमा थमाइ दिएको थियो । नेपाल सरकारका मन्त्रीकै हातमा यसरी भारतले लुम्बिनी र बुद्धलाई भारतीय भएको दावी गर्दा मन्त्रीज्यूले कुनै प्रतिक्रिया नजनाउनु भारतको चाकरी गरेको ठहर्छ
राजधानीका देशमाको विभिन्न ८ स्थानहरुमा विपश्यना केन्द्रहरु खोलिएका छन् । त्यहाँ दश दिनसम्म ध्यान राखिने गरिएको छ । प्रत्येक दिन साँझ ७ बजे देखि ८ः३० सम्म डेढ घण्टा सत्यनारायण गोयन्काको हिन्दी वा अंग्रेजी माध्यमका प्रवचन श्रव्यदृश्य मार्फ प्रसार गरिन्छ । यो ध्यान बुद्ध धर्ममा आधारित छ भनेर आरोप लगाउनेहरुले लगाएतापनि यसो ठाडै आरोप लगाउन मिल्दैन किन कि यस ध्यानमा बुद्धको ध्यान गरिंदैन केवल आफ्नो मनको स्थितिलाई हेरिन्छ । उनको दश दिनको प्रवचनका दशवटै श्रृखलामा भगवान बुद्धको जन्म भारतको लुम्बिनीमा भएको सम्बाद सुन्न पाइन्छ भनेर भन्नु गलत हो किनकि भारत नभनेर लुम्बीनी मात्रै भनिएकोछ ।भनेर गलत कुरा भनेपनि त्यसो भनिएको हुंदैन मन शान्त पार्न बिपश्यना ध्यान गर्ने गरेका छन् । त्यहाँ सहभागि हुने कुनै महानुभावहरुले अहिलेसम्म यी कुरा बाहिर ल्याएका छैनन् भनेर आरोप लगाएतापनि यसको बारेमा मैले कुरा उठाएकोछु।
काठमाण्डौका विद्यालयहरुले वषौ देखि राजधानीमा यस्ता विद्यालयहरुका बालबालिकाहरुलाई पढादैं आइरहेको कक्षा ६ को इन्टिग्रेडेड सोसल स्टडिज् बुक ६ को पृष्ठ संख्या ४५ को "नयाँ विचारको विकास" पाठको प्रथम र द्वितीय हरफमा "लगभग इसा पर्ूवको छैठौं शताब्दीमा, झण्डै २५०० वर्षअगाडि, भारतमा दर्ुइ जना महान् मानवहरुको जन्म भएको थियो । तिनीहरु गौतम बुद्ध र महाबीरा भर्दमन थिए । तिनीहरुका शिक्षाहरुले बौद्ध र जैन धर्मको जन्म दिएका थिए ।", १३
"गौतम बुद्धको नामबाट बौद्ध धर्मको नाम राखियो । उनको वास्तविक नाम शाक्य कूलका सिर्द्धार्थ थियो । उनी लुम्बिनीमा जन्मिएका थिए । भनी पढाइराखिएको छ । यति मात्र होइन कि कञ्चनजङ्घा र अन्नपूर्ण हिमाल भारतीय हिमालय श्रृखलामा पर्दछ भनी पनि पढाइएको छ । "अन्नपूर्ण र कञ्चनजङ्घा हिमाल गंगा र ब्रहृमपुत्र नदीको उद्गम हिमनदी रहेको हिमाली श्रृखलामा पर्दछन्" भनिएको छ । बिसौं बर्षेखि यस्ता पाठहरु पढाइदासम्म पनि यहाँको सरकार, शिक्षा मन्त्रालय मौन छन् । यसरी मौन बस्नु कुनै चासो नदेखाउनुको पछाडिको नियत के हो - हामीले के पढिराखेका छौं, के पढाइराखेका छौं र के अनुगमन गरिराखेका छौं ।
यस्तो अवस्थाको मुख्य कमजोरी हाम्रा देशका मुख्य नेताहरु भारतको बिरुद्धमा चुँ सम्म पनि बोल्न नसक्नु राज्यको तर्फबाट कुनै आधिकारिक पत्राचार गर्न नसक्नु हो । किन लाचार हुन्छन त भन्दा भारतले तिनिहरुलाई थुप्रै सुबिधा प्रदान गरेकोछ नेताका बालबच्चाहरु नातेदारहरुलाई छात्रबृत्ती प्रदान गरिनु मुख्य रहेकोछ । भारतीय नुन खाएको हुंदा नुनको सोझा भएकाहुन त्यसको गुण जे गर्दा पनि जेभन्दापनि चुप लागेका हुन् भन्दा अत्युक्ति नहोला
यद्यपि विश्ववपश्यनाचार्य सत्यनारायण गोयन्काज्यू नेपाल आउनुहुंदा भगवान बुद्ध नेपालमा जन्मेका हुन भनेर सुधार गरि सक्नुभएकोछ अब प्रवचनको विडीयो तथा सिडीहरुमा पनि सुधारहरनु नित्तान्त आवश्यकछ । भगवान बुद्ध नेपालमा जन्मेका हुन भनेर बकमफुसे धक्कु लगाएर मात्रै हुंदैन वहाँले प्रतिपादन गरेको शिक्षालाई हाम्रा प्राथमिक विद्यालय देखि माथिका पाठ्यक्रमहरुमाने समावेश गरिनुपर्छ ।
भवतु सब्ब मङ्गलम्

Friday, May 17, 2013

बौद्ध दर्शनमा संस्कार पंच स्कन्ध


संस्कार-स्कन्ध
रूप, वेदना, संज्ञा र विज्ञानबाट भिन्न शेष संस्कार संस्कार-स्कन्धमा संगृहीत। संस्कार-स्कन्ध कन्तर्गत चित्त सम्प्रयुक्त (४६) र चित्त विप्रयुक्त (१४) संस्कारहरुको गणना गरिन्छ पांच स्कन्ध क्षणिक र नित्य परिवर्तनशील। यि मनुष्यको व्यक्तित्वको निर्माण गर्छ र वस्तु, इन्द्रिय र विज्ञान, स त्रिक सन्निपात रूप प्रत्ययबाट उत्पन्न हुन्छ यसबाट भिन्न आत्मा कुनै अर्को नित्य नामको पदार्थ छैन त्यसकारण भगवानले भन्नुभएकोछ, कर्म, कर्मफल, तैपनि कुनै कारक छैन, ुन धर्महरुको  संकेत अर्थात् हेतुफल सम्न्धको व्यवस्थाबाट पृथक स्कन्धहरुको परित्याग या ग्रहण गरोस । प्रतीत्यसमुत्पादको नियमको अनुसार यि पांच स्कन्ध नै सन्तान रूपमा मरणभवबाट उपपत्तिभव पर्यन्त विस्तारलाई प्राप्त गर्छ । यि नै आमाको कोखमा प्रवेश गरेर पुनर्जन्मका भागी हुन्छन्
भगवान बुद्धले जुन सापेक्षताको इदम्प्रत्ययतारूप, कारणतावादको सिद्धान् प्रतीत्यसमुत्पादको प्रतिपादन गरिएको थियो, त्यसको बाह्र अंक छन्,जसलाई भवाङग पनि भनिन्छ । यि हुन- अविद्या, संस्कार, नामरूप, षडायतन, स्पर्श, वेदना, तृष्णा, उपादान भव, जाति र जरामरण, दु:ख, दौर्मनस्य, उपायास र उपक्लेश, जुन एक अर्का प्रतीति गरेर सम्भूत हुन्छ । एकको हुनाले अर्कोङ्ग अभिनिवृत्त हुन्छ । एकको विरुद्ध हुँदा अपर अंङ्गको पनि निरोध हुन्छ

Thursday, May 16, 2013

बौद्ध तीर्थ स्थल श्रावस्ती एक परिचय


                        जीवनकुमार शाक्य
भारतवर्षको उत्तर प्रदेश प्रान्को गोंडा-बहराइच जिलाको सीमामा यो प्रसिद्ध बौद्ध तीर्थ स्थान होगोंडा-बलरामपुरबाट २४ किलोमीटर पश्चिममा आजको सहेत-महेत गांउ नै श्रावस्ती हो। प्राचीन कालमा यो कोशल देशको दोश्रो बलीयो राजधानी थियो। भगवान रामको पुत्र लवले यसलाई आफ्नो राजधानी बनाएकाथिए । श्रावस्ती बौद्ध जैन  दुबैको तीर्थ स्थान होभगवान बुद्ध दीर्घ सम्म श्रावस्तीमा बर्षा वास बस्नुभएको थियो । यहाँका श्रेष्ठी अनाथपिण्डिक असंख्य स्वर्ण मुद्राहरु खर्चेर भगवान बुद्धको लागि जेतवन बिहार बनाउनलगाएका । अब यहाँ बौद्ध धर्मशाला, मठ र मन्दिरहरुछन

यो बुद्धकालीन नगर थियो, जस्को भग्नावशेष उत्तर प्रदेश राज्यको, बहराइच एवं गोंडा जिलाको सीमामा, राप्ती नदीको दक्षिणी किनारामा  फैलिएकोछ
बौद्ध कालको साहित्यमा श्रावस्तिको वर्णन प्रशस्त छ र भगवान बुद्धले यहाँक जेतवनमा सबै भन्दा बढी बर्षा वास बिताउनुभएकोछ यहाँको 'गंधकुटी' जस्मा भगवान्‌ बुद्ध वर्षावास गर्नुहुन्थ्योयो अहिले महेतम भएकोछ र यहाँ धेरै पटक उत्खनन भएकोछ जस्ले श्रावस्ति नगर सिद्ध गर्छ
ो बुद्धकालिन कोसल-जनपदको एक प्रमुख नगर थियो। यहाँको अर्को चर्चित नगर अयोध्या थियो। श्रावस्ती नगर अचिरावती नदीको तटमा बसेको थियो, बौद्ध धर्म-ग्रन्थहरुको अनुसार स समृद्ध नगरमा दैनिक जीवनमा कामनी तिनो आयातमा धेरै सुबिधा हुन्थ्यो। प्राचीन श्रावस्तीको अवशेष आधुनिक सहेत’-‘महेतनामको स्थानहरु भेटीएकोछ । यो नगर २७°५१उत्तरी अक्षांश र ८२°०५पूर्वी देशांतरमा स्थिर थियोसहेत समीकरण जेतवनबाट तथा महेत प्राचीन 'श्रावस्ती नगर' बाट गरीएको हो नेपालगंजबाट रुपैडिहा हुँदै प्राचीन टीला एवं भग्नावशेष गोंडा एवं बहराइच ज़िलाको सीमामाछ, जहाँ बलरामपुर स्टेशनबाट पनि पुग्न सकिन्छ । बहराइच एवं बलरामपुरबाट यस्को दूरी क्रमश: ५२ किमी एवं २० किमी छ । आजभोली सहेतको भाग बहराइच ज़िलामा महेतगोंडा ज़िलामा पर्छ । प्राचीन श्रावस्ती नगर अचिरावती नदी,जस्को आधुनिक नाम राप्ती ह, को किनारमा स्थित थियो। य नदी नगर को निजकै बग्छ । बौद्ध युगमा यो नदी नगरलाई घेरेर बग्थ्यो। बौद्ध साहित्यमा श्रावस्तीको वर्णन कोशल जनपदको राजधानी र राजगृहबाट दक्षिण-पश्चिममा कालक र अस्सक सम्म जाने राजमार्गमार सावत्थी नामक दुई महत्त्वपूर्ण बस्तीको रूपमा पाईन्छ यो ठाउँ शाक्यहरुको राजधानी कपिलवस्तुबाट पनि नजिकै अथवा वारी पारी भएकोले कपीलवस्तुको शाक्य गणराज्य सित सम्बन्ध भएको देखिन्छ ।
 बुद्धकालीन भारतको ६ महानगरहरु, चंपा, राजगृह, श्रावस्ती, साकेत, कोशांबी र वाराणसी मध्य एक मानिन्थ्यो । सावत्थी, संस्कृत श्रावस्तीको पालि र अर्द्धमागधी रूपहो। बौद्ध ग्रन्थहरुमा यस नगरको नामको उत्पत्तिको विषयमा एक अन्य उल्लेख पनि पाईन्छ ।
महाभारतको अनुसार श्रावस्तीको नामको उत्पत्तिको कारण  अर्कै थियो रे । श्रावस्त नामक एक राजा थिए जो कि पृथुको छैठौं पीढ़ीमा उत्पन्न भएकाथिए त्यहि यस नगरको जन्मदाता मानिन्छ उन्कै नामले श्रावस्ती भयो भनिन्छ । पुराणहरुमा श्रावस्तक नामको स्थानमा श्रावस्त नाम पाईन्छ
एक बौद्ध ग्रन्थको अनुसार यहाँ ५७ हज़ार कुल रहन्थ्यो र कोसल-नरेशहरुको आमानी सबैभन्दा धेरै यसै नगरबाट हुन्थ्योभगवान बुद्धको समयमा भारतवर्षको ६ ठूला शहरहरु मा श्रावस्तीको नाम आउँथ्यो यहाको पुरा तात्वीक क्षेत्रमा बुद्धकालिन रुख जहाँ उपदेश गर्नुहुन्थ्यो र आनन्दले पानी पिएको कुवाँ पनि देख्न सकिन्छ र अंगुलीमालको गुफा पनि देख्न सकिन्छ । केहि प्राचीन ग्रन्थहरुको अनुसार कोसलकोो मुख्य नगर सर्वदा रमणीक, दर्शनीय, मनोरम र धनधान्यले  म्पन्न थियो
बौद्ध धर्मका अनुयायी
यहाँको नागरिकहरु भगवान बुद्धका साह्रै भक्त थिए 'मिलिन्दप्रश्न' नामक ग्रन्थमा भनिएकोछ कियसमा भिक्षुहरुको संख्या करोड़ थियो रेस नगरमा 'जेतवन' नामको एक उद्यान थियो जसलाई त्यहाँका जेत नामक राजकुमारले सथापना गरेका थिए स नगरको धनाड्य साहु अनाथपिण्डिक सेठ जो बुद्धको प्रिय शिष्य थियो, स उद्यानको शान्तिमय वातावरणबाट प्रभावित थिएउनले ८४ करोड असर्फिले किनेर बौद्ध संघलाई दान गरेका थिए । बौद्ध ग्रन्थहरुमा जेतवन लाई सुनको मुद्राहरु बिछाएर ढाकेर लिएका थिए । अनाथपिंडिकले जेतवनको भित्रर अरु बिहारहरु बनाईदिए जहाँ भिक्षुहरु रहन्थे।अहिले पनि नयाँ नयाँ बौद्ध बिहारहरु निर्माण भएकाछन । यिनमा प्रत्येकको निर्माणमा त्यसताका एक लाख स्वर्ण मुद्रा ख़र्च भएकोथियो यसका अतिरिक्त उनले कुवाँ, तलार चौतरा पनि बनाउन लगाएकाथिए बौद्ध धर्ममा आस्था राख्नेहरु र बौद्ध दर्शन पढने पढाउनेहरु यहाँ एकपटक जानु उचित हुन्छ ।
भवतु सब्ब मङ्गलम् ।