Sunday, July 21, 2013

शाक्यमुनी बुद्धको धर्मचक्र प्रवर्तन




 गुरुपूर्णिमाको उपलक्ष्यमा समर्पित
कपिलवस्तुका शाक्य राजा शुद्धोधनको जेठी रानी महामायाबाट बैशाख पूर्णीमा जन्मेका बच्चा जन्मने बित्तिकै ओलोकिक तरिकाले सात पाईला हिंडेका थिए । जन्मेको सातौं दिनमा महामायाको मृत्यु पछि सानीआमा प्रजापती गौतमीले आफ्नो दुध ख्वाई हुर्काईन् । देवदहका डण्डपाणीकि छोरी यशोधरासित बिहे हुने संयोग जुड्यो । राजपाठको कुनै मायाँमा नपरि बैराग्यता छाएपछि मानव कल्याणको लागि २९ बर्षको उमेर गृहत्याग गरे ।
जन्म जन्मान्तर सम्म दशपारमिता पार गरिसकेपछि राजकुमार सिद्धार्थ ६ बर्ष कठोर तप र अभ्यास स्वनुभुतिबाट ३५ बर्षको उमेरमा बैशाख पूर्णीमाको दिनमा सम्यक सम्बुद्ध हुनुभएपछि ७ दिन सम्म आफूलाई बुद्धत्व प्राप्त हुन्जेल सहयोग गर्ने सेवा गर्ने सबैलाई अन्तरमा करुणाको साथमा कृतज्ञताको भाव जाग्यो र सम्झि सम्झि गुण स्मरण गरेर मङ्गल कामना गर्नुभयो । त्यसपछि अब यो धर्म कसबाट आरम्भ गरु पहिला कस्लाई बाँडु को हुन योग्य पात्र ?  भनेर बोधिचित्त व्दारा हेर्नुभयो । गृहत्याग पछि आचार्य आलारकालाम र उद्दकरामपुत्त बाट सातौं र आठौं ध्यान सिकेका थिए । पहिला त यि दुबै योग्यछन तर दुबै दिवंगत भैसकेछन् । सातौं र आठौं ध्यानको समापत्तिको साधक हुनाले अरुप ब्रम्हलोकमा पुगिसकेकाछन् भनेर देख्नुभयो र तर अरुप भएकाले विपश्यना सिक्न असमर्थ हुने भएकाले अरुतिर करुणाको साथमा बोधिचित्त व्दारा हेरे कौण्डण्य, भद्दीय, वप्प, महानाम र अश्वजित  यनिनहरुले ६ बर्ष सम्म सेवा गरेर धेरै सहयोग गरेर साथ छोडेर गएपनि योग्यपात्र हुन अवश्य सद्धर्मलाई राम्ररी बुझेर धारण गरेर मुक्त हुन सक्छन् तिनैबाट आरम्भ गर्नु उचित हुन्छ भन्ने सम्झि बोधिनेत्र व्दारा हेरेर बाणारसीको नजिक ऋषीपतन मृगदायमा छन् भन्ने देखेर भगवान उरुवेला बोधगया पुगे ।
पाँचै जनाले भगवान आफै तिर आईरहेको देखेर मनमा पूर्वाग्रहले ग्रस्तथियो र सोंच्यो उ ! पथभ्रष्ट योगी आईरहेकोछ ।उपवास त्यागेर खान पिउन थाले दुर्बल चित्त को छ । कष्ट सहन नसकेर तपश्यम त्यागे यस्ता कसरी सम्यक सम्बुद्ध होलान् हामी तिर आईरहेकाछन् कुनै सम्मान गर्ने होईन न त कुनै बस्ने आसन नै दिने हो । तर ईक्ष्वाकु क्षत्रीय वंशमा जन्मेकाले आसनको त अधिकारी छ आसन राखि दिन्छु मनलागे बस्ला वा नबस्ला ।
भगवान नजिक पुग्दा नपुग्दै तिनिहरुको मन मैत्री र करुणाकव तरङ्गले उठेर अभिवादन गरेर चिवर पात्र समातेर सम्मान गरे । पाँचैजनाको मन अझै स्यानै छ भन्ने सोंचेर आयुष्मान भनेर सम्बोधन गरे तर भगवानले तिनिहरुको भूल सुधार गर्दै भन्नुभयो तथागतलाई नाम पुकारेर अथवा आयुष्मान भनेर पुकारनु हुंदैन । ति अब अमृतदर्शी सम्यक सम्बुद्ध भैसके । हेर मैले यस भन्दा अघि कहिल्यै सम्यक सम्बुद्ध भउको दावी गरिन । अब भए तब मात्रै भन्दैछु । यो सुनेर कौण्डण्यले सोंचे साँच्चै उस्ले झूठो बोलिरहेकोछैन । राजमहलमा राजकुमार छँदा पनि कहिल्यै झूठो कुरा नगरेर सत्यवादी भएको चर्चित नै थिए हुन सक्छ सम्यक सम्बुद्ध नै भैसके कि भनेर भगवानको देदिव्यमान अनुहारमा हेरे वहाँमा छाएको करुणा मैत्रीको आभा देखेर विश्वस्त भए । सबै लक्षणहरुबाट विश्स्त भएपछि उपदेश सुन्ने मनस्थिति तयार भयो । तैपनि अन्य चार जनामा अझै शंका त बाँकिनै थियो धर्म ग्रहण गर्ने योग्य भैसकेको थिएन । भगवानको उपदेश पाँचैले सुने सुन्न त तर कौडिण्यलाई तत्काले लाभ भयो । कौडण्यलाई धर्म देशना सुन्दा सुन्दै आफ्नो भित्र अन्तरमनमा उदय व्ययको सत्यको सत्य अनुभव गर्न थाल्यो र पूर्वजन्मको संचित पुण्यपारमिताहरुको कारण सबै सत्य धर्म ज्ञातभयो । विपश्यना गर्दा गर्दै त्यसको सबै निरोध भयो । नाम रुप आधारित छवटै ईन्द्रीयहरुले साक्षिभावले हेर्दा हेर्दै निरुद्ध भयो । ईन्द्रीयहरुको परमसत्य पहिलोपटक साक्षात्कार भयो र कौडण्य धन्य भए । बाँकि चारजना स्रोतापन्न हुन सकेन तैपनि बिचिकित्सा समाप्तभयो । सद्धर्मप्रति प्रकृतिको सत्यता प्रति श्रद्धा जागृत भयो आस्था जाग्यो र तिनिहरु पनि आफ्नो पूरानो संग्रहित पारमिताहरुको आधारमा मुक्तिको मार्गमा अघि बढन योग्य भए । अर्को दिन भगवानले विपश्यनाको मार्गदर्शन दिएर वप्प स्थवीरलाई स्रोतापन्न अवस्थामा पुग्न सहयोग गरे तेश्रो दिन भद्दीयलाई चौथो दिन महानामलाई र पाँचौं दिन अश्वजितलाई स्रोतापन्न  भए र अर्को धर्मोपदेश "अनात्म लक्षण सुत्र"को देशना दिनुभयो जसलाई सुनेर पाँचैजनाको विपश्यना गहीरोमा जाग्यो र सबै सकदागामी र अनागामी अवस्थाबाट भएर नित्तान्त विमुक्त भए । यि पंचवर्गीय भिक्षु अरहंत भए । के थियो सम्यक सम्बुद्धको प्रथम उपदेश जस्ले  लोकचक्रमा पिस्दै मानिसहरुमा धर्मचक्र जगाउन शुभारम्भ गरीयो र त्यसैले धर्मचक्र प्रवर्तन सुत्र भनीयो ।
भवतु सब्ब मङ्गलम् ।

Sunday, July 14, 2013

बौद्ध दिक्षा




बुद्धं शरणं गच्छामि : म बुद्धको शरणमा जान्छु ।
धम्मं शरणं गच्छामि : म धर्मको शरणमा जान्छु ।
संघं शरणं गच्छामि : म संघको शरण जान्छु।

बौद्ध धर्म के हो ?
यो च बुद्धं च धम्मं च संघं च सरणं गतो।
चत्तारि अरिय सच्चानि सम्मप्पञ्ञाय पस्सति॥

दुक्खं दुक्खसमुप्पादं दुक्खस्स च अतिक्कमं।
अरियं चट्ठगिंकं मग्गं दुक्खूपसमगामिनं॥

एतं खो सरणं खेमं एतं सरणमुत्तमं।
एतं सरणमागम्म सव्वदुक्खा पमुच्चति॥

बौद्ध धर्म भन्छ कि जो मान्छे बुद्ध, धर्म र संघको शरणमा  आउंछ, सम्यक्‌ ज्ञानबाट चार आर्य सत्यहरुलाई जान्दछ। यि आर्य सत्य हुन- दुःख, दुःख को कारण, दुःखबाट मुक्ति वा निवारण र दुःखबाट मुक्तिको बाटो अष्टांगिक मार्ग। यहि मार्गको शरण लिनाले कल्याण भएर र मनुष्य सबै दुःखहरुबाट छुटकारा पाउंछ ।


निर्वाण के हो ?

बौद्ध धर्म निर्वाणको अर्थ । तृष्णा को अन्त हुनु। वासनाहरुको शान्त हुनु । तृष्णा र वासनाबाटै दुःख हुन्छ । दुःखहरुबाट राम्ररी मुक्तिको नाम हो- निर्वाण।

भगवान बुद्धले भन्नुभएकोछ- 'भिक्षुहरु! संसार अनादि छ। अविद्या र तृष्णाबाट संचालित भएर प्राणी भौंतारिरहन्छ । त्यस्को आदि-अंतको थाहा नै हुंदैन । भवचक्रमा फँसेको प्राणी अनादिकाल देखि पटक पटक जन्मदै-मर्दै आएकोछ ।
संसारमा पटक पटक जन्म लिएर प्रियको वियोग र अप्रियको संयोगको कारण रुँदा रुँदा आँसू कति बगाए कति । दीर्घकाल सम्म दुःखको, तीव्र दुःखको अनुभव गरेकोछ । अब त सबै संस्कारहरुबाट निर्वेद प्राप्त गर, वैराग्य प्राप्त गर, मुक्ति प्राप्त गर।'

जिघच्छा परमा रोगा, संखारा परमा दुखा।
एव ञत्वा यथाभूतं निब्बानं परम सुखं॥

बुद्ध कहते हैं रोगों की जड़ जिघृक्षा है। ग्रहण करने की इच्छा, तृष्णा। सारे दुःखों का मूल है संस्कार। इस तत्व को जानकर तृष्णा और संस्कार के नाश से ही मनुष्य निर्वाण पा सकता है।

सचे नेरेसि अत्तानं कंसो उपहतो यथा।
एस पत्ती सि निब्बानं, सारम्भो तेन विज्जति॥

बुद्ध सलाह देते हैं यदि तुम टूटे हुए काँसे की तरह अपने को नीरव, निश्चल या कर्महीन बना लो तो समझो तुमने निर्वाण पा लिया। कारण, कर्मों का आरंभ अब तुम में रहा नहीं और उसके न रहने से जन्म-मरण का चक्कर भी छूट गया।

तिम्रो नाम मेटाउने पो कुनै उपाय छैन ।








तिमीले मायाँ मार्दैमा
रोएरै मर्ने मेरो अभिलाषा छैन ।

तिमीलाई एक दिन नदेखे
भोकै बस्ने मेरो कुनै योजनाछैन ।

तिमि स्वार्थी भयौ भने
म मात्रै नहुने कुनै कुरा छैन ।

तिमिलाई दिने उपहारहरुमा
तिम्रो नाम मेटाउने पो कुनै उपाय छैन ।

हरेक स्वास प्रस्वासमा तिमीलाई देख्थे
अब आफैलाई हेर्ने अभ्याय गर्दैछु ।
30 asadh 2070

बुद्धको बारेमा ओशोको भनाई



शाक्यमुनी बुद्ध भन्नुहुन्छ,
तिमी केवल मेरो निमन्त्रण स्विकार गर मान्नु या न मान्नु त्यो पछिको कुरा हो । स भवनमा दीयो बलेकोछ, तिमी भित्र आउ। र यो भवन तिम्रै हो  यो तिम्रो नै अन्तर्मनको भवन हो।
पहीलो, शाक्यमुनीबुद्ध दार्शनिक होईन, द्रष्टा हुन।
दार्शनिक त्यो, जो सोंच्छ। द्रष्टा त्यो हो, जो देख्छ। सोंच्नाले दृष्टि पाईंदैन । सोंच्नु अज्ञातको हुन पनि सक्दैन । जो ज्ञात होईन, त्यसलाई हामी कसरी सोच्ने ? सोंच्नु त ज्ञातको भित्र नै परिभ्रमण हो। सत्य अज्ञात छ । त्यस्तै नै अज्ञात हो जस्तो कि जन्मे दृष्टिबिहिनलाई प्रकाश अज्ञात हुन्छ। दृष्टिबिहिन जति सोंचोस उस्ले सोंचेर के थाहा पाउँछ ! आंखाको शल्यकृया भए मात्रै । शाक्यमुनी बुद्धले पटक पटक भन्नुभएकोछ कि म चिकित्सक हूँ। बुद्ध कुनै सिद्धांतको प्रतिपादन  गर्दैनन। नी कुनै दर्शनको सूत्रपात गर्दैनन । वे केवल जब मान्छेहरु बुद्धको नजिक गए, तब बुद्ध बुद्धले ध्यान सिकाए किनकि ध्यानबाट आँखा खुल्छ भित्रको ।

शाक्यमुनी बुद्ध कुनै कुरामा पारम्परिक छैन, मौलिक छ।
वहाँ कुनै परम्परा, कुनै त्यस्तो बिरोध वाकि अतीतका ऋषिहरुले यस्तो भनेकाछन यसलाई मान, । उनि यो पनि भन्दैनन कि वेदमा यस्तो लेखेकोछ यसलाई मान मैले भन्छु त्यसैले मान्नुपर्छ। उनि भन्छन, जब सम्म तिमी जान ,नमान्नु । उधारो श्रद्धा दुई कौड़ीको हो विश्वास नगर । उनि न त कुनै ग्रन्थको  न त म जेभन्छु त्यहि मात्रै ठीक हो भन्छु । मैले भनेको कुरा मान्नै पर्छ भन्ने छैन । मैले भनेकोछु कि भित्र आउ, यहाँ भवनमा दीयो जलिरहेकोछ । तब तिमीले मान्न जरुरी छैन तिमीले श्रद्धापुर्वक मान्नु जरुरीछैन। नत तिमीले नमान्नाले दीयो निभ्ने पनि होईन, दीयो जलिरहन्छ । तिमीले नमान्दा निभ्ने वा मान्दा जल्ने होईन बुद्ध भन्नुहुन्छ  तिमीले केवल मेरो निमन्त्रणा स्विकार गर ।  हेर दीयो जलेकोछ कि छैन जब तिमी देख्छौ दियो जलेको तब मान्नुपर्ने पनि के जरुरी दियो जलेको छ त, तिमी ढुङ्गा पहाडलाई मान्दैनौ, परमात्मालाई त मान्छौ । तिमीले सूर्य चन्द्रलाई नमाने पनि, ति त छन नि ।तिमी स्वर्गलोक, मोक्ष, नर्कलाई मान्छौ । जो देखिंदैन,त्यसलाई मान्छौं । जो देखिन्छ,त्यसलाई मान्नुपर्नै के जरुरी, त्यस्को यथार्थ त स्पष्ट छ नि
 बुद्ध भन्नुहुन्छ, मेरी कुरामा भरपर्नु आवश्यक छैन, यति नै प्रयाप्तछ कि तिमी मेरो निमन्त्रण स्विकार गर । बुद्ध पारम्परिक छैन, मौलिक छ । विचारको परम्परा हुन्छ, दृष्टिको मौलिकता हुन्छ । विचार अतीतका हुन्छन, दृष्टि वर्तमानमा हुन्छ । विचार अरुका हुन्छन, दृष्टि आफ्नो हुन्छ

तेश्रो कुरा,
 शाक्यमुनी बुद्ध शास्त्रीय होईन । पण्डित होईन, वैज्ञानिक हुन।
बुद्धले धर्मलाई पहीलोपटक वैज्ञानिक प्रतिष्ठा दिए ।  बुद्धले भने, अन्धविश्वासको जरूरी छैन । धर्म त जीवनको परम सत्य हो । एस धम्मो सनन्तनो। यो धर्म त शाश्वत र सनातन हो । जब तिमी आँखा खोल्छौ त बदेख्छौ । त्यसैले बुद्धले यो भनेनन कि नरकको भयको कारण मान, र यो पनि भनेनन् कि स्वर्गको लोभको कारण मान । यसैले यो पनि भननन् कि परमात्माले सताउँछ मानेन भने, अनि परमात्माले पुरस्कार दिन्छ यदि मान्यौ भने ।
बुद्धले त सारसूत्र भनेकाछन। बुद्धले भनेकाछन, यो धर्म तिम्रो स्वभाव हो । यो तिम्रो भित्र बगिरहेकोछ । यसलाई खोज्न आकाशतिर हेर्नुपर्दैन,यस भेट्टाउन त केवल भित्र खोज्नुपर्छ । यो तिमी हौ, तिम्रो नियति हो, यो तिम्रो स्वभाव हो। एक क्षीणपनि तिमीले यसलाई बिर्सेनौ, केवल विस्मरण भयो ।
बुद्ध जे भन्छन ठीक भनेकाछन् तिनी मेरा आफन्त होईन त्यसैले उन्को कुरा मानेकोछु।
,
| बुद्धको साथमा धर्म अन्धविश्वास रहेन, अन्तर्खोज बन्यो। बुद्ध ईश्वरलाई मान्दैन, केहि पनि मान्दैन। बुद्ध भन्छन् कुनै मान्नु जरुरी छैन नमानिकनै आफ्नो भित्र जान सक्छौ । भित्र जानलाई  मान्नु आवश्यकता छैन ! न त ईश्वरलाई मान्नुछ, न आत्मालाई, न स्वर्ग-नर्क मान्नुछ।यसलाई त नास्तिकले पनि नकार्न सक्तैन । नास्तिक भन्छन, यो भित्र शाश्वत छैन। बुद्ध भन्छन्हैं, चिन्ता छोड, पहिला यो जतिछ त्यति जान, यहि जान्नाले यदि शाश्वतको दर्शन हुन्छ भने मान्नुको के आवश्यकता; तब त तिमी मानिहाल्छौ । बुद्धले नास्तिकहरुलाई  धार्मिक बनाउने काम गरे बुद्ध प्रति जो आकर्षित भए ति बुद्धिमान थिए ।  बुद्ध महान दार्शनिक हुन,बुद्धका पछाडी यति धेरै ठूल ठूला दार्शनिक जम्मा भए । बुद्ध एक्लै एक व्यक्तिको पछाडी यति दर्शनशास्त्र जन्मीयो,जति मनुष्य-जातिको इतिहासमा कुनै अरु व्यक्तिको पछाडि भएन र बुद्धको पछाडी यति महत्वपूर्ण विचारक भए कि जस्को तुलना सारा पृथ्वीमाथि पनि खोज्न गाह्रोछ ।
कसरी यो घटीट भयो ? बुद्धले महा नास्तिहरुलाई आकर्षित गरे । बुद्ध वैज्ञानिक हुन,यसकारण कि नास्तिक पनि उत्सुक भए। विज्ञानलाई त नास्तिकलाई नकार्न सक्दैन । बुद्धले भने, संदेह छ, लौ त, सन्देहको नै भर्याङ्ग बनाउं । सन्देह भन्दा अरु शुभ के हुन सक्छ !

शाक्यमुनी बुद्ध
एक धेरै पूरानो कथा हो कि ब्रह्माले जब सृष्टि गरे र सबै बनाए, त्यहिबेला उस्ले यथार्थ र सपना पनि बनाए । बन्दै झगड़ा शुरू भयो । यथार्थ र सपनाको झगड़ा त पूरानै हो । पहिलो दिन नै झगड़ा । यथार्थले भन्यो, म श्रेष्ठ हुँ; सपनाले भन्यो, तिमी होईन म हुँ, तिमीमा के छ ! झगड़ा यहाँ सम्म भयो कि ब्रह्मा कहाँ पुग्यो । ब्रह्मा हाँसे र उनले भने, यसो गर, सिद्ध होउ प्रयोग बाट। तिमी मध्य जस्ले भुईंमा खुटटा जमाएरै आकाशलाई छुन सक्यो, त्यहि श्रेष्ठ हो।
दुबै लागे । सपनाले त तुरुन्तै आकाश छोयो,  तर खुट्टा भुईंमा पुग्न सकेन । झुण्डीयो आकाशमा। हातले त छोयो आकाशमा । यथार्थ भुईंमा खुट्टा जमाएर उठ्यो रुख जस्तै, तर आकाश छुन सकेन
ब्रह्माले भन्यो, बुझ्यो केहि ? सपना एक्लै आकाशमा अड्किन्छ, यथार्थ एक्लै भुईं मै रन्थनीयो । केहि यस्तो चाहिन्छ कि सपना र यथार्थको मेल होस ।
त बुद्ध वायवी होईन । तर यो होईन कि उन्ले आकाश छोएन । आकाश छोए, तर यथार्थको आधारमा छोए।
यस फरकलाई बुझ।
बुद्धले खुट्टा त भुईं मै टेके, बुद्धले यथार्थलाई अदकति पनि बिर्सेन, यथार्थमा जग राखे; भवन उठायो, मंदिर माथि उठ्यो, जसलाई हामी नास्तिक भन्छौं, ति भुईंमै रहे त्यही ठूटो जस्तै। यथार्थको ठीटो। मार्क्सवादी होंस या चार्वाकवादी होंस, ति यथार्थको ठूटो हो ।

बुद्ध स्वप्नवादी छैनन्, परम व्यावहारिक छन्।तर चार्वाक जुतो व्यवहारवादी पनि होईन।  जब कोहि बुद्धको अऊडी आएर ईश्वरको बारेमा सोध्छ अनि उनि भन्छन व्यर्थको कुरा नसोध। कतिपयले सोंचे बुद्ध अनीश्वरवादी हुन,त्यसैले त ईश्वरको बारेमा उत्तर दिन्नन। यो कुरा साँचो होईन । बुद्ध भन्छन, पहिला भुईंमा त खुट्टा टेक, पहिला ध्यानमा ओर्ल अनि  अन्तस चेतनामा त  जड़ा फैलाउ। यो अचानक नै आफ्नो ठाउँ लिन्छ। जब रुख बलीयो सित भुईंमा जम्छ रुख आफै आकाशमा उठ्न थालिहाल्छ
 बुद्ध धेरै गहीरो यथार्थवादी हुंन, तर उन्को यथार्थ आदर्शलाई लिएकैछ नि।
,
शाक्यमुनीबुद्ध विधिवादी होईन मानवीय हुन्।
एक त विधिवादी हुन्छन्है, जस्तै मनु। सिद्धान्त महत्वपूर्ण छ, मनुष्य महत्वपूर्ण होईन ।
बुद्ध वर्ण-व्यवस्थालाई मानेनन् के। त्यसैले बुद्ध आश्रम-व्यवस्थालाई पनि मानेन । किन कि यि जड़ सिद्धांत हुन् हैं। बुद्धले भने, ब्राह्मण त्यहि जो ब्रह्मलाई जान्दछ । ब्राह्मणको घरमा जन्म लिनाले कोहि ब्राह्मण हुँदैन र शूद्र  त्यो जो ब्रह्म जान्दैन । शूद्र-घरको घरमा जन्मींदैमा कोहि शूद्र हुंदैन । त कैयौं ब्राह्मण शूद्र भए बुद्धको हिसाबले अनेकौ शूद्र बाह्मण भए। सबै अस्तव्यस्त भयो । मनुको पूरै शास्त्रलाई बुद्धले उखालेर फ्याँकि दिए । त्यहि भएर बुद्ध सित ब्राम्हणहरु अहिले सम्म रिसाएकाछन् हिन्दू अहिले सम्म पनि बुद्ध सित रिसाएकैछन् बुद्धको बिषयमा बिभिन्न षडयन्त्र चलाईरहेकैछन् । वर्ण-व्यवस्थालाई यस प्रकार नराम्रो सित फोडे बुद्धले । यो कुनै आकस्मिक कुरा होईन भारतका डाक्टर बाबासाहेब अम्बेडकरले २५०० बर्ष पछि फेरि शूद्रहरुलाई बौद्ध हुन निमन्त्रण दिए । अम्बेडकरले धेरैकुरा सोंचेका थिए । पहिला त ईसाई हुने होकि, किनकि हिन्दु यति सताए, अनि सोंचे मुसलमान हुने होकि । तर यो पनि ठीक लागेन मुसलमानहरुमा पनि त्यहि उपद्रव छ । वर्णको नामले शिया-सुन्नी छ ।
अन्ततः अम्बेडकको दृष्टि बुद्धमा गयो तब ज्ञान भयो अम्बेडकरले बुद्ध बाहेक शुद्रलाई स्विकार्ने अरु कोहि छैन । किनकि शूद्रको लागि पनि सिद्धान्त कोहि मनाउन सक्छ भने केवल शाक्यमुनी बुद्ध हुन
यह आकस्मिक हैन कि डा अम्बेडकर बौद्ध भए । पच्चीससय बर्ष पछि शूद्रहरुलाई फेरि बौद्धत्व तिर जानु ।
बुद्धले वर्णको व्यवस्था तोड़े र आश्रमको व्यवस्था पनि तोडे। जवान, युवकहरुलाई संन्यास दिए तब। हिन्दू रिसाए। त हिन्दूहरुको संन्यास एक किसिमले मुर्दा संन्यास हो, जो अन्तीम घड़ीमा हुन्छ । त्यसैले ब्राम्हण हिन्दू यति रिसाए कि बौद्ध भिक्षुहरु र बौद्ध बिहारहरु नष्ट गर्न थाले । यति सम्म रिसाउन थाले कि कसैले बुद्धको वचन मात्रै स्विकारेकाछन् भने पनि तिनिहरु सित समेत रिसाउन थाले । ढुङ्गामा कोरीएको धर्मो जस्तै एउटा युग बितेर अर्को युग सम्म ।

 शाक्यमुनी बुद्ध नियमवादी होईनन्, बोधवादी हुन्।
यदि बुद्धसित सोध, के ठीक छ, के खराब , तब बुद्ध उत्तर दिन्नन् । बुद्ध यहि भन्दैनन कि यो काम खराब छ यो काम ठीक छ । बुद्ध भन्छन् , जो बोधपूर्वक गरिन्छ, त्यो ठीक; जो अबोधले गरिन्छ, खराब । यहि फरकलाई बुझ्नु । बुद्ध यो भन्दैनन कि सबै कामको स्थितिमा भलो हुन सक्छ । या कुनै काम सबै स्थितिमा खराब हुन सक्छ । कहिले कुनै कुरा पुण्य पन न सक्छ, र कहिले कुनै कुरा पाप हुन सक्छ-त्यहि कुरा पाप हुनसक्छ, भिन्न परिस्थतिमा त्यहिकुरा पुण्य र पाप हुन सक्छ । यसैले पाप र पुण्य कर्मको माथि लेबिल टाँसिएको छैन।
अहिले गरीएको काम पुण्य होला साँझ फेरि त्यहि काम शायद पाप हुनसक्छ । भिन्न परिस्थिति।
बुद्धल आधार दिए-बोध, जागरूकता। यसलाई राम्ररी सम्झिराख्नु । अचेतमा गरिएको सबै काम पाप हुन सक्छ त बुद्ध भन्छन्, यदि तिमी क्रोध पनि जागरूकतापूर्वक गर्न सके त पुण्य नै हुन्छ । अब फर्क बुझ्नु । यसको अर्थ यो भयो कि सबै क्रोध पाप हुंदैन र सबै क्रोध पुण्य हुंदैन । कहिले आमा जब आफ्नो बच्चा माथि क्रोध गर्छिन, कति करुणा पुर्वक यो जरुरी होईन कि पाप हुन्छ। शायद बिना क्रोधले बच्चा बिग्रन्छ । तर यति नै बुद्धको भनाई छकि, होशपूर्वक गरीयोस । सचेततापुर्वक एक कथा सुनेकोछु । एक समुराई, एक क्षत्रियको गुरुलाई कसैले हत्या गरिदयो । र जापानमा यस्तो छ, यदि कुनै गुरुलाई हत्या गरीयो भने शिष्यको कर्तव्य हो कि बदला लिने । चुपलागेर बस्ने त कुरै छैन ढुक्क लाएर कहाँ बस्न पाईन्छ यि समुराई ठूलै भयानक योद्धा हुन्छन। चेलाले २ बर्ष सम्म खोज गर्दागर्दा एक गुफामा समातीयो छातीमा छुरा हान्नै लागेको थियो कि त्यो मान्छेले समुराईलाई थूकी दियो। जसै उस्ले थुक्यो, उस्ले छुरा आफ्नो म्यानमा राखेर गुफाबाट बाहिर निस्केर आयो ।
त्यस मान्छेले भन्यो,किन के भयो ? दुई बर्षदेखि मलाई खोजिराथियौ बल्ल् भेट्टायौ म भने लुक्दै  थिएँ आज तिमीले भेट्टायौ, तर के भयो छुरा त फर्काएर म्यानमा राख्यौ ?
उस्ले भन्यो मलाई क्रोध आयो। तिमीले थूक्यौ, मलाई क्रोध आयो । मेरो गुरुको उपदेश थियो, मारे पनि यदि कसैलाई मूर्छामा नमार्नु । तब मार्नुमा कुनै पाप छैन । तर तिमीले जो थूक्यौ, दुई बर्ष सम्म मैंले होश राखें-यो त केवल एक व्यवस्थाको कुरा थियो कि मेरो गुरुलाई तिमीले मार्यौ त मैले तिमीलाई मार्न लागेकोथिएँ, मेरो यस्मा कुनै व्यक्तिगत लिनु-दिना थिएन-तर तिमीले थूक्यौ मलाई, मैले भूलें कि गुरुलाई र मेरो मनमा भाव उठ्यो कि मारु यस मान्छेलाई, यस्ले मलाई थुक्यो ! म बीचमा आएँ, मूर्छा आयो। अहंकार बीचमा आयो, मूर्छा आयो । यसैले अब म जान्छु। अब फेरि जब यो मूर्छा हट्ला तब सोचूंला। तर मूर्छामा केहि गर्न सकिंदैन ।
बुद्धले भने, जो तिमी मूर्छामा वा बेहोसमा गर, त्यहि पाप; जो जागरूकतामा गर त्यो नै पुण्य हो । यो पाप र पुण्यको ठूलो नयाँ व्यवस्था थियो । र यस्मा व्यक्तिलाई परम स्वतन्त्रता छ ।

,
बुद्ध असहजका पक्षपाती होईन, सहजका उपदेष्टा हुंन ।
बुद्ध भन्छन, कठिनको नै कारण आकर्षित नहोउ । किनकि कठिनमा अहंकारको लगाव छ ।
यह हिलारी र तेन्जिङ्ग शेर्पा माथि यति हल्ला मचाईयो यिनिहरुले कुन ठूलो काम गरे ,सगमाथाको टुप्पामा झण्डा गाडे, मैंले पनि झण्डा गाड़ें ! तर तिम्रो त्यो हिमाल होंचो छ जो पनि चढन सक्छ। जहाँ जो पनि चढन र पुग्न सक्छ, त्यसमा  अहंकारलाई तृप्तिको उपाय छैन ।
बुद्धले भनेकाछन कि अहंकार प्रायः नै कठिनमा र दुर्गममा उत्सुक हुन्छ ।
सुनीयो, मान्छे चन्द्रमामा पुगे । अहिले सम्म आफैमा पुगेकाछैनन\ ! तिमीले कहिल्यै बुझ्यौ यस्मा ? चन्द्रमा पुग्नु प्राबिधिकको अद्भुत विजय हो । गणितको विज्ञान को अदभुत विजय हो। ! त्यो बिजय भएर के भयो, रुघा उपचार खोज्न सकेको छैन ! रुघा त सँधै रहन्छ यसबाट मुक्तिको कुनै उपाय छैन । किन कि चिकित्सक त क्यनसरमा उत्सुक छ, रुघा खोकिमा होईन । ठूलो कुरा अहंकार को चुनौती हुन्छ । मान्छे आफ्नै भित्र पुगेन जो नजिकै छ तर चान्द्रमा पुगे । पुग्न त जहाँ पनि पुग्ला ग्रहहरुमा । बुद्ध असहजवादी छैनन । बुद्ध भन्छन्, सहजतामा ध्यान देउ । जो सरल छ, सुगम छ त्यहि साधना हो । बुद्धले जीवनचर्यालाई अत्यंत सुगम बनाउन उपदेश दिएकाछन् । स्यानो बच्चा जस्तै सरलतापुर्वक जिउनु। सन्यासी हुनुको अर्थ जटील काम गर्ने भोकै बस्नै शरीरलाई कष्ट दिने टाउकोले टेक्ने यि सबै अनर्थ हुन बुद्धले भने यि सबै  अहंकारको प्रतिष्पर्धाहो । जीवन त सुगम छ सरल छ। सत्य सुगम र सरल नै हुन्छ । तिमी नैसर्गिक बन र अहंकार को आकर्षणमा न फंस ।
-ओशो रहस्यदर्शियों पर ओशो एस धम्मो सनंतनो, भाग 9 (प्रवचन नं. 82 से संकलित) बाट अनुवाद तथा साभार
 ओशोले जति शाक्यमुनी बुद्धलाई कसैले बुझेन । ओशोले बुद्धलाई नजिकबाट बुझे जो साँच्चै नजिक थियो ।