Monday, October 14, 2013

शाक्य कहाँके



                                                           जीवनकुमार शाक्य
शाक्य इक्षाकु(सूर्य)वंशी क्षत्रीय हैं । जब विरुद्धकने कपिलवस्तुमे अचानक चारौ तरफसे हमला कियाथा तब वीर शाक्य सेना नायकोंने सीमित हतियारोंसे डटकर सामना कियाथा । अकेले कैयौं विरोधी सेनाओंको धराशायी बनायाथा ईतिहास  है लेकिन सीमित साधन, स्रोत ‌और अचानक भारी सेनाओंसे सामना करना पडा तो बहुतसे शाक्य सेना लगायत जनधनका क्षति लेनापडा ।

जव शाक्यों कपिलवस्तु छोड्कर यधर उधर उत्तराखण्ड बागमतीके किनारों से होतेहुवे नेपाल उपत्यकामा आएथे। उन्होंने अपनेसाथ लाया कलाकौशल था । सोनेका गहनो से अन्य धातुके अपना कला लाए थे। अरनिको ललितपुर पाटनके शाक्य परिवारके थे । भीमसेन थापा प्रधानमन्त्रीके समय नेपालके पूर्व भोजपुरके टक्सार, पश्चिमके पाल्पा तानसेनके टक्सारमे पाटनके शाक्यो ने डोली पैसामै टकमारी कर्ने गएथे । बादमे वे शाक्यों ने उधर हि टक्सार बजार बसाकर टक बनाने के साथ साथ धातुका अन्य सामान उत्पादन करने लगा ऐसे इतिहाँसमा लिखा पायाजाताहै ।

शाक्यों नेपाल उपत्यकमा आनेके बाद नेवार होगए । जैसे भारत मे मौर्य भि शाक्य कहे जातेहैं सुनाहै अभि भारतमे रहनेवाले सब भारतीय बोला जाता है । उसवक्त जो काठमाणडु नेपाल उपत्यकामे आकर बसने वाले इधरकेहि होकर बसे, वे सब नेवार हुवे । ऐसेहि भारतके बिभिन्न जगहोंपर रहकर रहनेवाले शाक्योंको दलित मानना ताज्जुबकि बात है । हमारे शाक्योंको अपनाहि एक पहचान और ईतिहास है । यसको नेपालके ईतिहासकार स्वर्गीय भुवनलाल प्रधानने "शाक्य और बुद्ध धर्म" एक मोटी किताब लिखा है । नेपालभाषामे भि शाक्यों के लिए अलग्ग सम्मानजनक शब्द प्रयोग कियाजाताहै । जो कि देवता और राजाओंको प्रयोग कियाजाताहै । जैसे शाक्यको आपको छपिं आइए को "बिज्याहुँ" कहाजाताहै तो गैर शाक्योंको "दिसं"।

सुनाजाता है कि शाक्यलोग जब कपिलवस्तुसे बिड्डुभके आक्रमणसे बचनेके लिए भागकर दक्षिण तरफ गए लोग कोहि मोर पालने कि वस्तिमे  रहनेवाले मौर्य हुये कुशकि खेति करनेवालेकप जगह जानेवाले कुशवाहा हुये । ये शाक्यलोग इतन् चालाक थे कि जहाँ जात थे वहिंके तरिके से रहने लगतेथे वहि समाजमे घुलमिल जातेथे ।
जो भि हो शाक्य लोग इक्षाकुशके क्षत्रीय शाक्यवंशी हैं ।
भवतु सब्ब मङ्गलम् ।

बौद्ध सम्राट अशोक महान र बौद्ध धम्म



संसारको इतिहाँसमा भारतका सम्राट अशोक यसकारण प्रशिद्ध छन् कि उनले निरन्तर मानवको नैतिक उन्नतिको लागि प्रयास गरे। जुन सिद्धान्तहरुको पालनले यो नैतिक उत्थान सम्भव थियो, सम्राट अशोकको लेखहरुमा त्यसलाई 'धम्म' भनिएकोछ । अर्को तथा सातौं स्तम्भ-लेखहरुमा  अशोकले धम्मको व्याख्या यस प्रकार गरेकाछन्, "धम्म हो साधुता, धेरै नै कल्याणकारी असल काम गर्नु, पापरहित हुनु, मृदुता, अरुप्रति व्यवहारमा मधुरता, दया-दान तथा शुचिता।" अगाडी भनेकाछन् कि, "प्राणीहरुको हत्या नगर्नु, जीवहिंसा नगर्नु, आमा बुवा तथा ठूलाबडाको आज्ञा मान्नु, गुरुजनहरु प्रति आदर, मित्र, परिचितहरु, सम्बन्धिहरु, ब्राह्मण तथा श्रवणहरु प्रति दानशीलता तथा उचित व्यवहार र दास तथा भृत्यहरु प्रति उचित व्यवहार।"
·         ब्रह्मगिरि शिलालेखमा यि गुणहरुको अतिरिक्त शिष्य व्दारा गुरुको आदर पनि धम्मको अन्तर्गत मानिन्छ । अशोकको अनुसार यो पुरानो परम्परा हो ।
·         तेश्रो शिलालेखमा अशोकले अल्प व्यय तथा अल्प संग्रहको पनि धम्म मानेकाछन । अशोकले न केवल धम्मको व्याख्या गरेकाछन, बरु उन्ले धम्मको प्रगतिमा बाधक पापको पनि व्याख्या गरेकाछन - चण्डता, निष्ठुरता, क्रोध, मान र ईर्ष्या पापको लक्षण हो। प्रत्येक व्यक्तिलाई यसबाट बच्नुपर्छ ।
·         अशोकले नित्य आत्म-परीक्षणमा जोडदिएकाछन । मनुष्य जहिलेपनि आफू व्दारा गरेको असल कामलाई नै हेर्छ, यो कहिलै देख्दैन कि मैले के पाप गरें । व्यक्तिलाई हेर्नुपर्छ कि यि मनोवेग - चण्डता, निष्ठुरता, क्रोध, ईर्ष्या, मानव्यक्तिलाई पाप तिर नलैजावस र त्यसलाई भ्रष्ट नगरोस ।
धम्ममा प्रवृत्त
कलिंग युद्ध पछि नै अशोकले आफ्नो शिलालेखहरुको अनुसार धम्म मा प्रवृत्त भएकाथिए । यहाँ धम्म को आसय बौद्ध धर्म लिइन्छ र उनि चाँडै नै बौद्ध धर्म को अनुयायी भए । बौद्ध मतावलम्बी भएपछि अशोकको व्यक्तित्व नै बदलीयो । आठौ शिलालेखमा जो सम्भवत: कलिंग विजयको चार वर्ष पछि तयार गरिएकोथियो, अशोकले घोषणा गरे- 'कलिंग देशमा जति मान्छेहरु मारीए या क़ैद भए त्यस्को सयौं या हज़ारौ भागको नाश पनि अब देवताहरुको प्रियलाई बड़ो दु:खको कारण होला ।' उनले अगाडी युद्ध नगर्ने निर्णय लिए र पछिल्लो 31 वर्ष आफ्नो शासनकालमा उनले मृत्युपर्यन्त कुनै लड़ाई चाहेनन् नी। उनले आफ्नो उत्तराधिकारिहरुलाई पनि परामर्श दिए कि ति शस्त्रहरु व्दारा विजय प्राप्त गर्ने मार्ग छोड़ीदेउ र धर्म व्दारा विजयलाई वास्तविक विजय सम्झनु । ]

लहसुन एक लाभ अनेक( घरेलु उपचार )




हाम्रो आहारको कारण ग्यास्टीकको रोगी नभएको बिरलैहोलान । खाने समयको नियमितता छैन । तेल मसला पीरो बढी प्रयोगले ग्यास्टीक सिर्जना हुन्छ ।तथा बिभिन्न रोगबाट ग्रस्त हुन्छ हाम्रो घरको भान्छामा भएको मसला मध्य लहसुन पनि अमृतै सरीछ हेरौ न त के के लाभ हुन्छ ।
१ ग्यास्टीक र कब्जियतबाट राहत पाउन: यदि पेटमा वायु बन्दैछ ढ्याउ ढ्याउ डकार हुन्छ या  कब्जियतको समस्या बाट हैरान हुनुहुन्छ भने लहसुन स्वास्थ्यबर्द्धक हुन्छ । यसलाई खान केहि समयसम्म नियमित रूपले प्रयोग गरौं, चाँडै लाभ हुन्छ
जोड्नी जोड्नी दुख्छ: लहसुनलाईमसीनो बनाएर दूधमा उमाल्ने र पीउन लायक भएपछि पिउने । जोड्नी दुख्ने लाभ हुन्छ ।
सुन्ने क्षमता बढ़ाउँ: सुन्ने क्षमता  राम्रो बनाउन लहसुनको बोक्रा खोल्स्याउने । त्यसलाई टुक्रा टुक्रा गरेर तोरीको   तेलमा पकाउने पाएसम्म सर्स्यूको। जब तेल चीसो हुन्छ त्यस्को केहि थोपा कानमा हाल्ने ।
४ कान दुखेकोभए पनि लाभ हुन्छ नियमित रूपले कानमा प्रयोग गर्नाले सुन्ने क्षमता बढ्दैजान्छ ।

हृदयको लागि लाभकारी: हृदय रोगिहरुको लागि पनि लहसुन अति नै लाभकारी मानिन्छ। यो कोलेस्ट्रलको मात्रा कम गर्न सहयोगिछ । यसको सेवनले रक्त संचारमा व्यवधान हुँदैन र रक्तको धमनिहरुमा लचीलोपन बनिरहन्छ । भोजन पछि लहसुन खानु वा दूधमा उमालेर पिउनु यस रोग मा अति नै लाभकारी हछ। हृदयको रोगिको लागि लहसुन नियमित सेवन अवश्य गर्नुपर्छ ।

६ स्मरण शक्तिको लागि लाभकारी : लहसुन नियमित सेवन गर्नाले स्मरण शक्ति बढ्छ तथा दृष्टिमा पनि सुधार हुन्छ ।

७ रुघामा लाभकारी : रुघा लागे लहसुनको रसलाई कपासमा राखेर सुँघनाले आराम हुन्छ ।

८ दांतको समस्यामा लाभकारी: पायरिया, गीजाको सूजन, दांतमा सड़न तथा अन्य दंतविकारमा लहसुनको रस मह सित  मल्नाले लाभ हुन्छ ।

Thursday, September 19, 2013

चित्त




                                                                              जीवनकुमार शाक्य

मानिसको चित्त चंचल चपल छ यो संसारलाई चित्तले नै नियन्त्रण गरि राखेकोछ चित्तले नै तान्दै लगिराखेकवछ । यहि चित्तले नै सबैलाई बसमा पारेकोछ । चित्ते नीयति लोको चित्तेन परिक्स्ती । जुनसुकै अवस्थामा पनि
 मन पूर्वगामी हुन्छ मन श्रेष्ठ छ मनले नै सबै व्याप्त भएकोछ अथवा यो संसार मनोमय छ मनो पुब्बङ्गमा धम्मा मनोसेठ्ठा मनोमया ।
भगवान बुद्ध भन्नुहुन्छ मैले अर्को कुनै एउटा धर्मलाई देखेको छैन जसलाई दमन नगरेपछि नसम्हाले पछि रक्षा नगरेपछि अत्यन्त अनर्थकारी हुन्छ त्यो धर्महो चित्त । भिक्षुहरु दमन गरेपछि सम्हालेपछि रक्षा गरेपछि संयम गरेपछि यो चित्त महान अर्थकारीहुन्छ।
बुद्धको शासन सबै प्रकारको अकुशल त्रपाप कर्मलाई छोड्नको निम्ति सबै किसिमका कुशल कर्म गर्नको निम्ति आफ्नो मनलाई शुद्ध निर्मल गर्नको निम्ति नै हो सब्ब पापस्स अकरणं कुसलस्स उपसम्पदा । सचितपरियोदनमं एतं बुद्धासासं ।
चित्तलाई शुद्ध र निर्मल गर्नको निम्ति समथ र विपश्यना ध्यानको अभ्यास गर्नुपर्छ । चित्तको स्थिति बुझ्न चित्तलाई नियन्त्रण गर्न चित्तलाई नै तालीम दिन अरुकुनै उपाय कसैमा कुनैमा ५न केवल विपश्यना व्दारामलाई कफा मात्रै चित्तलाई शुद्ध निर्मल गर्न सकिन्छ । साबुन पानीले शरीरको मैलो धुने जस्तै चित्तलाई ध्यानले नै धुनुपर्छ । फलामकै करौंती वा धारीलो छडीले काट्ने जस्तै चित्तलाज्ञ चित्तले नै अनुसन्धान खोज गरी चित्तको बिकारहरु मैलाहरु सफा ग विधि नै ध्यान हो जो अरुकुनै आलम्बनको ध्यान नभै आफ्नै चित्तले नै अर्थात मनले नै मनलाई बिगार्छ मनले नै शुद्ध गर्छ । संसारमा मन भन्दा ठूलो कुरा अरु केहि छैन ।
यहि मनले नै मानिसलाई असल बनाउँछ यहि मनले खराब बनाउँछ । चित्तमा क्रोधको बिकार जागृत नभए सम्मकसैले पनि अरु प्रति हानी कार्य गर्न सक्तैन । चित्तलाई क्रोधमा जागृत गराउने साधन कि आँखा हो कि स्रोत अथवा कान हो। आफ्नो चित्तको व्देष उत्पन्न नभै क्रोध उत्पन्न हुँदैन । त्यसतै वासना पनि हो वासना चित्तमा  उत्पन्न हुन स्पर्श वा दृष्यले कार्य गर्छ । अभिधम्मअनुसार चित्तलाई १२१ प्रकारले बिभाजन गरेकोछ । यसो हेर्दा चित्त त एउटै जस्तो देखिन्छ । भगवान बुद्धले अंगुत्तर निकायमा भन्नुभएको छकि चित्त स्वभावैले प्रभायवरछ । यसलाई बाहिरको उपक्लेशले उपक्लिष्ट गरेको हुन्छ । चित्तको बारेमा बुझ्न सरलछैन । चैतसिकहरु कुशल वा अकुशल स्वभावका हुन्छन । श्रद्धा लज्जा पापदेखि त्रास प्रज्ञम आदि कुशल चैतसिकहरु मिलेको चित्तलाई पनि कुसल चित्त भनिन्छ । अभिधर्म पिटकको पहिलो ग्रन्थ धम्मसङ्गणी मा चित्तलाई कुशल अकुशल र अव्याकृत रुपले विभाजन गरिएकाछन् ।
धम्म पदमा यसरी भनिएकोछ ।
मन सबै प्रवृत्तिहरुको प्रधान हो। सबै धर्म (असल या खराब) मन बाटै उत्पन्न हुन्छन् । यदि कोहि दूषित मनबाट कुनै कर्म गर्छ भने त्यसको परिणाम दुःख नै हुन्छ । दुःख त्यसको अनुसरण त्यस्को प्रकारले गर्छ जुन प्रकारले बयलगाडी चक्का गोरुको खुरको चिन्हको पछि पछि लाग्छ ।
मन सबै प्रवृत्तिहरुको प्रधान हो। पुण्य र पाप सबै धर्म मनबाटै उत्पन्न हुन्छन् । यदि कोहि प्रसन्न मनबाट केहि भन्छ वा केहि गर्छ भने त्यसको फल पनि सुख नै हुन्छ । सुख उस्को पछि लाग्छ त्यसै छोडदैन जुन प्रकारले मान्छेको छायाँ उस्को साथ कहिल्यै छोडदैन । यहाँ धर्मको अर्थ "विचार" हो कृपया गलत अर्थ नलिनुहोला ।
धम्मपदको चीत्तवग्गमा यसरी उल्लेखछ ।

धम्मपद चित्त वग्ग
३४ जसरी पानीबाट निकालेर भुईमा फालिएको माछा छटपटाउँछ
   त्यस्तै मारको फन्दाबाट उम्कनको लागि यो चित्त छटपटाउँछ ।

३५ यस्तो चित्तको दमन गर्नु राम्रो हो जसलाई बसमा गर्नु कठीनछ
जो शिघ्रगामी छ र जहाँ चाह्यो यता उति जान्छ दमन गरिएको चित्त सुख दिने हुन्छ ।

३६ जो बडो दुर्दशछ कठीनाईपुर्वक देखिने बडो चलाकछ
जहाँ चाह्यो त्यहिं पुग्छ बुझ्नेलाई चाहिन्छ कि यस्तो चित्तको रक्षा गरोस
सुरक्षित चित्त बडो सुखदायि हुन्छ ।

३७ जो कोहि पुरुष महिला गृहस्थ वा प्रवज्जित दूरगामी एक्ले हिंड्ने
शरीर रहित गुहाशायि चित्तलाई संयमित गर्छ उ मारको बन्धबाट मुक्त हुन्छ ।

३८ जस्को चित्त अस्थिरछ जो सद्धर्मलाई जान्दैन ।
 जस्को श्रद्धा असन्तुलनछ उस्को प्रज्ञा परिपूर्ण हुन सक्तैन ।

३९ जस्को चित्तमा राग छैन जस्को चित्त व्देष रहितछ ।
जो पा पुण्य विहिन छत्यस सजग क्षिणासब रहनेलाई कुनै भय हुन सक्तैन ।

४० यस शरीरलाई घैंटो समान भङ्गुर जानेर र चित्तलाई गढको समान रक्षित र दृढ बन्यो
 प्रज्ञारुपी सस्त्रको साथमा मार सित युद्ध गरेर त्यसलाई जितेर पनि चित्तको रक्षा गर्यो अनाशक्त भैरह्यो ।


 भवतु सब्ब मङ्गलम् ।