Wednesday, November 20, 2013

बिहार र नालन्दा संक्षिप्तजानकारी




भारत बिहारको ऐतिहासिक नाम मगध हो, बिहारको नाम बौद्ध विहारहरुको शब्दको अपभ्रंश रूप मानिन्छ,यसको राजधानी पटना हो जस्को पुरानो नाम पाटलीपुत्र थियो.!विहार मतलब घूम्नु हो,जुन धर्तिमा बुद्ध घूम्नुभयो वा वहाँ विहार गर्नुभयो त्यो नै बौद्ध विहार हो यहि विहार बाट बिहार  भएको हो । बिहारको अर्थ नै भगवानहरुको रमण गर्ने वा बौद्ध भिक्षुहरु वास वस्ने स्थानलाई बिहार भनिन्छ ।
nalandaruins2nalandainfo
बिहारमा एक जिला छ नालंदासंस्कृतमा नालंदाको अर्थ हुन्छ ज्ञान दिने वाला” (नालम = कमल, जो ज्ञान को प्रतीक हो; दा = दिनु) भनिनन्छ कि यसको स्थापना ४७० ई./४५० ई. [?]मा गुप्त साम्राज्यको राजा कुमारगुप्त ले गरेकाथिए । यो विश्वको प्रथम पूर्णतः आवासीय विश्वविद्यालयहरुमा एक थियो जहां १०,००० छात्र र २,००० शिक्षक बस्थे ।
भारतमा दुनियाको सबै भन्दा पहिला विश्वविद्यालय तक्षशिला विश्वविद्यालयको स्थापना सातौं शताब्दी ईसापूर्व अर्थात नालंदा विश्वविद्यालयको स्थापना भन्दा करीब १२०० बर्ष पहिला भएको थियो। यो नालंदा भारतको दोश्रो प्राचीन विश्वविद्यालय हो,जस्को पुननिर्मान गरिंदैछ । विश्वविद्यालयको स्थापना बाट धेरै पहिला करीब १००० बर्ष पहिले भगवान बुद्धको  समय (५०० ईसापूर्व )बाट नै नालंदा प्रमुख गतिविधिहरु केंद्र थियो ।
 धेरै बौद्ध ग्रन्थहरुमा उल्लेखछ कि भगवान बुद्ध नालन्दा आउनुभएकोथियो । केवत्तसुत्तमा वर्णित छ कि भगवान बुद्धको समयमा नालंदा धेरै प्रभावशाली र संपन्न शहर थियो । बौद्ध ग्रंथ संयुक्त निकायमा यहां अकाल परेको पनि उल्लेखछ ।  बुद्धको शिष्य सारिपुत्त नालंदा मैं जन्मेका हुन र  निर्वाण पनि यहिं भएकोथियो ।
बौद्ध अनुयायी सम्राट अशोक (२५०ईसापूर्व)ले सारिपुत्तको सम्झनामा यहां बौद्ध स्तूप बनाएकाथिए । सातौ सताव्दिमा जब ह्वेनसांग आएकाथिए त्यस समय १०००० विद्यार्थी र १५१० आचार्य नालंदा विश्वविद्यालयमा थिए ।
यहाँको तीन ठूलाठूला पुस्तकालयको नाम थियो-:
. रत्न सागर २. विढ्ध्यासागर ३. ग्रंथागार
मौर्या साम्राज्यको पतन पछि बौद्ध धर्मको कोहि संरक्षक बचेन र तब ब्राह्मणहरुले राजपूत मुगलहरुकोसहयोगले सबै बौद्ध विहार, बौद्ध मूर्ती, विश्विद्यालय, साहित्य एव ईतिहासलाई नष्ट गरे। नालंदा विश्वविद्यालयलाई  महास्वार्थीहरुले तहस नहस गरे र पुस्तकालयमा आगो लगाएकाथिए । आगोह ६ महिना सम्म लागेकोथियो  भनिन्छकि की बौद्ध भिक्षुहरु व्दारा गरेको शोध यि पुस्तकालयहरुमा सुरक्षित थियो । बुद्ध धर्म दर्शनको बिरोधको एक नमुनाहो बुद्धको विचारले बिशेष गरि ब्राम्हणहरको कुकृत्यको भणडाफोर गरेको र कर्मकाण्डको बिरोधले तिनिहरुको धर्मको व्यापारमा आघात परेकोले यस्तो दुष्ट्याइ गरेकाहुन ।
 भवतु सब्ब मङ्गलम् ।

बर्तमानमा बुद्ध धम्मको प्रासंगिकता




आज संसारमा हिंसा, धर्मिक उन्माद र नस्लीय टकराव जस्तो गंभीर समस्याहरु को बोलबाला छ. चारैतिर मानव अस्तित्वलाई गंभीर खतरा देखिएकोछ । एकातिर मानवले विज्ञान, तकनीकि र यांत्रिकीमा  विकास एवं त्यस्को प्रयोग गरेर अपार समृद्धि प्राप्त गरेकोछ भनेमा अत्युक्ति नहोला, त्यहि मानवले स्वार्थ, लोभ, हिंसा आदि भावनाहरुको वशीभूत भएर आपसी कलह, लूटपाट, अतिक्रमण आदिको अकल्याणकारी र विनाशकारी मार्ग पनि अपनाएकोछ । अतः आजको दुनिया
मान्छेको विनाशकारी विचारहरु परिवर्तन र त्यसमा नियंत्रण गर्नु अत्यावश्यक छ । आज भन्दा लगभग २६०० वर्ष पहिला भगवान बुद्धले मानवीय प्रवृतिहरको विश्लेषण गर्दै भन्नुभएकोथियो कि मनुष्यको मन नै सबै कर्महरको नियंता हो। अतः मानवको गलत प्रवृतिहरुलाई नियंत्रित गर्नको लागि उसको मनमा सदविचारको प्रवाह गरेर उसलाई सदमार्गमा लैजान आवश्यक छ । वहाँले  यो सदमार्ग बौद्ध धम्मको  रूपमा दिनुभएकोथियो । अतः आज मानव-मात्रको कुप्रवृतिहरु जस्तै हिंसा, शत्रुता, व्देष, लोभ आदि बाट मुक्ति पाउनको लागि बौद्ध धम्म र बौद्ध दर्शनलाई अपनाउन आवश्यकछ ।
आपसी शत्रुताको बारेमा भगवान बुद्धले भन्नुभएको थियो कि ,” वैर ले वैर शान्त हुँदैन अवैर ले नै वैर शान्त हुन्छ ।यो सुनौलो सूत्र जहिलेपनि सार्थक रह्यो। वैरलाई जन्म दिने कारकलाई भगवान बुद्धले चिनेर त्यसलाई टाढागर्ने मार्ग धेरै पहिला नै प्रशस्त गर्नुभएको थियो । वहाँले मानवमात्रको दुखहरु कम गर्नको लागि पंचशील र अष्टांगिक मार्गको नैतिक एवं कल्याणकारी जीवन दर्शनको प्रतिपादन गर्नुभएकोथियो । जो धेरैले लाभ पाए यो ऐतिहासिक प्रमाणितछ कि बौद्ध कालमा जब बहुजन हिताय, बहुजन सुखायको बौद्ध मार्गको शासकहरु र आम जन व्दारा अनुसरण गरे तब काल सुख एवं समृधिको कारण स्वर्ण युगपनि भनियो । त्यस बखत शान्ति र समृधि फैलीयो । बौद्ध धम्मको पंचशील र अष्टांगिक मार्ग आज पनि विश्वमा शांति  र कल्याण हेतु साह्रै सार्थकछ ।
 केवल बौद्ध धम्म मात्रै यस्तो छ कि शस्त्र अस्त्रको बलमा नभएर करुणा-मैत्री जस्तो सद्गुणहरुको कण संसारको ठूलो भूभागमा फैलीयो र आज पनि तिब्र गतिले फैलिरहेकोछ । बौद्ध धम्म आफ्नो नैतिकता एवं सर्व कल्याणकारी शिक्षाहरुको कारण स्वतः प्रसारित भैरहेकोछ । शान्ति र सुख कस्लाई चाहिन्न दुखि नभएको मानिस बिरलैछ हरेक मान्छे कुनै न कुनै कारणले दुखिछ शान्ति चाहन्छ ।
भगवान बुद्धले जाती भेदको समाप्त गर्नुभएको थियो जस्को लागि भिक्षु संघमा सुरुवात गर्नुभयो वहाँले सुनीत भंङ्गी, उपाली नाउ देखि अन्य कैयौं तथाकथित स्यानो जातिहरको लागि संघमा राजा र राजकुमारहरुलाई समान स्थान दिनुभयो जस्मा कैयौं अर्हत भए । भगवान बुद्धले नै महिलाहरुलाई भिक्षुणी संघमा स्थान दिएर नारी पुरुष समानताको सिद्धान्त लाई बलीयो गर्नुभयो ।  यद्यपि दास  प्रथा तथा  जाति भेद पूर्ण  रूपबाट समाप्त भएन तैपनि भगवान बुद्धले वर्ण व्यवस्था तथा त्यस्को धार्मिक आधारमा गरिएको  प्रहार राम्रो सिद्ध भयो ।
आज सांस्कृतिक फासीवाद र हिंदुत्ववाद जस्तो विघटनकारी विचारधारालाई रोक्नको लागि बौद्ध धम्मको मानवतावादी र समतावादी दर्शनलाई जन जन सम्म पुगाउनु आवश्यकछ ।
आज संसारमा  विभिन्न ईश्वरवादी धर्महरुको अनुयायिहरुको संख्या कम हुँदैछ किनकि विज्ञानंको तर्क र परीक्षण कसौटीमा शुद्ध देखिएकोछ । शुद्ध सुन हो भने आगोमा जति पोलेपनि पहेंलै हुन्छ झन चम्किन्छ । ति केहि यस्ताछन आफूलाई बचाई राख्नको लागि बिभिन्न प्रलोभनहरु व्दारा, चमत्कारहरुको प्रचार गरेर आफ्ना अनुयायिहरुलाई बन्धनमा राख्न चाहन्छन् बौद्ध धम्म विज्ञानवादी, परिवर्तनशील तथा  प्रकृतवादी हुनाले विज्ञानंको साथै हुनुपर्छ । यिनै गुणहरुको कारण यदि भविष्यको संसारलाई धर्मको आवश्यक भएमा यसलाई केवल बौद्ध धम्मले मात्रै पूरा गर्न सक्ने निर्विवादछ । अतः हामी निस्संकोच भन्न सक्छौं कि वर्तमान परिस्थितिहरुमा बौद्ध धम्म एवं बौद्ध दर्शन पूर्णतया प्रासंगिक छ । भनेको भरमा विश्वास गर्ने होईन कि यसलाई व्यवहारमा परिक्षण गर्नुपर्छ । फाईदा भए प्रयोग गर्ने र अरुलाई पनि प्रयोजन गर्न लाउने आफूलाई भएन भने अरुलाई किन प्रयोजन गर्न लाउने । यहि हो बहुजन हिताय बहुजन सुखाय ।
भवतु सब्ब मङ्गलम ।
darapuri pic

Saturday, November 16, 2013

प्रातःकालिन वन्दना




पाली
समन्ता चक्कवालेसु अत्रागच्छन्तु देवता
अत्रागच्छन्तु देवता अत्रागच्छन्तु देवता
सद्धम्म मुनिराजस्स सुणन्तु सग्गमोक्खदं ।।
धम्म सवणकालो अयं भदन्ता ।३
नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स ३
बुद्धं शरणं गच्छामी ।३
धम्मं शरणं गच्छामी।३
संघम शरणम गच्छामी ।३
इमाय धम्मनुधम्मपटिपत्तिया बुद्धं पूजेमि धम्मं पूजेमि संघं पूजेमि ।
ये च बुद्धा अतीता च
ये च बुद्धा अनागता ।
पचुपन्ना च ये बुद्धा
अहं वन्दामी सब्बदा ।।
ये च धम्मा अतीता च
चे च धम्मा अनागता ।
पचुपन्ना च ये धम्मा
अहं वन्दामि सब्बदा ।।
ये च सङ्गा अतीता च
ये च सङ्गा अनागता ।
पचुपन्ना च ये संङ्गा
अहं वन्दामि सब्बदा ।।

नत्थिमे सरणं अञ्ञं
बुद्धो मे सरणं वरं
एतेन सच्चवज्जेन
जयस्सु जयमङ्गलमं ।।
नत्थिमे सरणं अञ्ञं
धम्मो मे सरणं वरं ।
एतेन सच्चवज्जेन
भवतुते जयमङ्गलम् ।।
नत्थिमे सरणं अञ्ञं
सङ्गो मे सरणं वरं
एतेन सच्चवज्जेन
भवतु सब्ब मङ्गलम् ।।
नेपाली अर्थः
समस्त चक्रवालमा निवास गर्ने देवगण यहाँ आउनुस३मुनिराज भगवानबुद्धको स्वर्ग तथा मोक्ष प्राप्त गराउने सद्धर्म सुन्नुहोस ।
धर्म श्रवण गर्ने यहि उपयुक्त समयहो  पूज्यवर । धर्म श्रवण गर्ने यहि उपयुक्त समयहो पूज्यवर । धर्म श्रवण गर्ने यहि उपयुक्त समयहो पूज्यवर ।
नमस्कार उहाँ भगवान अरहन्त सम्यक सम्बुद्धलाई।३
म बुद्धको शरणमा जान्छु । म धर्मकव शरणमा जान्छु । म संघको शरणमा जान्छु ।
सद्धर्मकव यस मार्गमा आरुढ भएर म बुद्धको पुजा गर्दछु धर्मकव पुजा गर्दछु म संघको पुजा गर्दछु

अतीत समयमा जतिपनि बुद्ध भए भविष्य कालमा जतिपनि बुद्ध हुनेछन बर्तमान कालमा जति पनि बुद्धछन् उहाँहरु सबैलाई म सदैव वन्दना गर्दृछु ।
अतीत समयमा जतिपनि धर्म थिए । भविष्य कालमा जतिपनि जतिपनि धर्म हुनेछन् बर्तमान कालमा जति पनि धर्मछन् ति सबैलाई म सदैव वन्दना गर्दृछु ।
अतीतकाल समयमा जतिपनि आर्य सङ्ग थिए । भविष्य कालमा जतिपनि आर्य सङ्ग हुनेछन् । बर्तमान कालमा जतिपनि आर्य सङ्ग छन् ति सबैलाई म सदैव वन्दना गर्दृछु ।
मेरो कुनै सरण छैन केवल बुद्ध नै मेरो उत्तम शरण हो यस सत्य वचन (को प्रतापले) जय होस मंगल होस ।
मेरो कुनै सरण छैन केवल धर्म नै मेरो उत्तम शरण हो यस सत्य वचन (को प्रतापले) तिम्रो जयहोस मंगल होस ।
मेरो कुनै सरण छैन केवल आर्य सङ्ग नै मेरो उत्तम शरण हो यस सत्य वचन (को प्रतापले) सबैको मङ्गलहोस ।

पालीमा भगवानको बारेमा
इतिपि सो भगवा अरहं सम्मासम्बुद्धो विज्जाचरण सम्पन्नो सुगतो लोकविदू अनुत्तरो पुरिस दम्म सारथी सत्था देवमनुस्सानं बुद्धो भगवाति ।

साक्खातो भगवता धम्मो सन्दिट्ठीको अकालिको एहिपस्सिको ओपनेय्यिको पच्चतं वेदितब्बो विञ्ञुही ति ।

 पुण्यानुमोदना पालीः
सब्ब किलेसा विनिमुत्तो सब्ब सन्तापवज्जितो ।

सब्ब वेरमतिक्कन्तो निब्बुतो च तुय्हं भव ।

सब्बितियो विवज्जन्तु सवकव रोगो विनस्सतु ।

 मा ते भवन्तु अन्तरायो सुखी दीघायु भव ।।

भवतु सब्ब मङ्गलम् रक्खन्तु सब्ब देवता।

सब्ब बुद्धानु भावेन सदा सोत्थि भवन्तु ते ।।

सब्ब धम्मानु भावेन सदा सोत्थी भवन्तु ते ।

सब्ब स‌घानु भावेन सदा सोत्थि भवन्तु ते ।।
नेपालीः
होस विमुक्त सबै क्लेश सबै सन्ताप वर्जित होओस ।
ह्योस अतिक्रमण सबै शत्रु निर्वाण तपाईलाई प्राप्तहोस ।
होस शान्त सबै उपद्रव शोक रोग विनाशियोस ।
नहोस तपाईलाई अन्तराय सुखी तथा दीर्घायु होस ।
होससबै मंगलहरु गरुन रक्षा सबै देवताले
 सबै बुद्धको प्रभावले होस कल्याण सदा तपाईंको ।
सबै धम्मको प्रभावले होस कल्याण सदा तपाईंको ।
सबै संघको प्रभावले होस कल्याण सदा तपाईको ।