Wednesday, November 20, 2013

बुद्ध कहाँ उत्पत्ति हन्छन्


भगवानका शिष्य आनन्द ले भने, भगवान तपाईले भन्नुभएनकि उत्‍तम पुरूष को हुन् ? कसरी उत्‍पन्‍न हुन्छन्? तब भगवान यि सुत्रलाई भन्नुभएकोथियो। आनन्द उत्‍तम पुरूष सर्वत्र उत्‍पन्‍न हुन्नन् । ति शुद्ध मध्‍य देशमा उत्‍पन्‍न हुन्छन् । र जन्‍मबाटै धनवान् हुन्छन्। ति क्षत्रिय या ब्राह्मण कुलमा उत्‍पन्‍न हुन्छन्
दुल्‍लभो पुरिसाजज्जो न सो सब्‍बत्‍थ जायति।
यत्‍थ सो जायति धीरो तं कुलं सुखमधिति।।
पुरूष श्रेष्‍ठ दुर्लभ छ, सर्वत्र उत्‍पन्‍न हुँदैन,उ धीर जहां उत्‍पन्‍न हुन्छन, त्यस कुलमा सुख बढ़छ ।
यस गाथाको अर्थ बौद्धहरुले अहिले सम्म जसो गरे त्यस्तो होईन । सरल अर्थछ कि बुद्ध महा धनवान घर मां जन्मिन्छन् अनि कबीरको के हुन्छ ।  क्राइस्‍टको के हुन्छ ।  मोहम्‍मदको के हुन्छ । नानकको के हुन्छ । यि मध्यै सबै धनवान घर परिवारमा जन्म भएका होईनन । त यिनिहरु बुद्ध पुरूष होईनन् त । यो त बड़ो संक्रीर्णता हुन्छ । जैनहरुका चौबीस तीर्थंकर राजपुत्र थिए ।  हिंदुहरुको सबै अवतार राजाहरुको छोरा र बुद्ध पनि राजपुत्र ठीक  हो । यसकारण यि वचनलाई बौद्धहरुले यहीं अर्थ लिए होलान कि बुद्ध पुरूष राज घरहरुमा जन्मिन्छन् महा धनवान।
मैले महा धनवानको अर्थ भन्छु—जन्‍मै देखि नै महा धनवान् हुन्छन् यस्को अर्थ भयो कि बुद्ध पुरूष आकस्‍मिक जन्मिन्छन, जन्‍म-जन्‍मको सम्पदा लिएर । सम्पदा भित्र छ सम्पदा आंतरिक हो। महा धनवान नै जन्मिन्छ । तर बौद्धहरुले यस्को के अर्थ लिए थाहा छ ? हिंदुहरुले यस्को के अर्थ लिए ? तिनले भने कि बुद्ध पुरूष भारत मा जन्मिन्छन—सबै ठाउँमा जन्मिन्न तर तिनिहरुलाई के थाहा कि नेपालमा तीन तीन बुद्ध पुरुषको जन्म भयो । भारतका बदद्धहरुले भने भारतमा बुद्धपुरुषहरु जन्मिन्छन् हो तर अहंकार जन्मीन्छन । यही हो धर्म भूमि। सदियौं देखि भारतको अहंकार आफै पूजा गरिरहेकाछन् । भारत को अहंकार भन्दै गर्यो कि देवता पनि यहां उत्पन्न हुन चाहन्छन किनकि यहां बुद्ध पुरूष जन्मिन्छ । को हुन बुद्ध पुरुष सम्राट अशोक, मोहनदास करम चन्द गान्धी, स्वामी विवेकानन्द, भिमराव एम्बेडकर,ओशो आचार्य रजनीश जस्ले आफैलाई बुद्ध पुरुष घोषणा गरेर विवादमा परे ।  त्यस्ता थुप्रै बुद्ध पुरुष भारतमा जन्मे नेपालमा जन्मे । भन्छन् चीन बर्मा जापानमा पनि थुप्रै बुद्ध पुरुषहरु जन्मे  । बुद्ध पुरूष सर्वत्र जन्मिन्नन् कुरा त सत्य हो । वास्तवमा हरेक कुराबाट शुद्ध स्थानमा बुद्ध पुरुष जन्मिन्छन् । भारतीय बौद्धहरुले भने कि बुद्ध पुरुषहरु केवल मध्य प्रदेशमा जन्मिन्छन् यो त केवल संयोग मात्रै हो । नेपालमा बुद्ध जन्मे तर नेपालीहरुले नै यस्को महत्व जानेनन् केवल अहंकार मात्रै पाले बुद्धको अवहेलना गरे बुद्धले बनाएका नियमहरुको कुनै वास्ता गरेनन। बुद्धले भारतमा ज्ञान प्राप्त गरे तर भारतीयहरुले ज्ञान पाएनन केवल अहंकार पाले । बुद्धको उपदेश नियम शुद्ध र बैज्ञानिकछ हरेक प्राणीको रक्षा गर्ने तर धवति लगाईदिए । धम्म पद पथ प्रदर्शन गर्छ तर त्यस्को कुनै ख्याल गरेनन वास्ता गरेनन । मान्छेले जनावरलाई मार्छन तर जनावरले तब मात्रै मार्छ जब भोको हुन्छ। मान्छेले त रमाइलोको लागि मार्छन । हिंसा एक खेल हो अरुको जीवन जान्छ तर तिम्रो लागि रमाइलो खेल हो। अनि  कुनै जनावरले त आफ्नो जातीको जनावरलाई मार्दैन । कुनै पशुले आफ्नो आफन्तलाई मार्दैन तर मान्छे पशु भन्दा पनि गए गुज्रेको छ आफन्तलाई पनि मार्छ । हजारौं हजारलाई बिना गल्ति मार्छ यस्को बहुल्ठीपनको कुनै सिमाना छैन। आफ्नलाई बम पड्काएर बिना सित्ती मार्छन । जनावरले त त्यस्तो गर्दैन नि । मान्छेले घृणित राजनीति गर्छ तर पशुले गर्दैन । मान्छे जब निच हुन्छ पशु भन्दा पनि खत्तमै हुन्छ  र यदि मान्छे उठे  परमात्‍मा भन्दा पनि माथि हुन्छ । पशु उठ्न सक्दैन परमात्मा हुनै सक्तैन बुद्धत्‍वको अर्थ हो: उठनु पशुत्‍वको अर्थ हो खस्नु ।  मनुष्‍य मध्‍यमा छ । जति मेहनत गर्नाले मान्छे परमात्‍मा हुन्छ । त्यति मेहनत गर्नाले पशु पनि हुन्छ । श्रेष्ठ पुरुष दुर्लभ छ उ सर्वत्र उत्‍पन्‍न हुँदैन ।

सन्दर्भ सामग्रि
एस धम्‍मो सनंतनो ओशो प्रवचन—67


बिहार र नालन्दा संक्षिप्तजानकारी




भारत बिहारको ऐतिहासिक नाम मगध हो, बिहारको नाम ‘बौद्ध विहारहरु’को शब्दको अपभ्रंश रूप मानिन्छ,यसको राजधानी पटना हो जस्को पुरानो नाम पाटलीपुत्र थियो.!विहार मतलब घूम्नु हो,जुन धर्तिमा बुद्ध घूम्नुभयो वा वहाँ विहार गर्नुभयो त्यो नै बौद्ध विहार हो यहि विहार बाट बिहार  भएको हो । बिहारको अर्थ नै भगवानहरुको रमण गर्ने वा बौद्ध भिक्षुहरु वास वस्ने स्थानलाई बिहार भनिन्छ ।
nalandaruins2nalandainfo
बिहारमा एक जिला छ नालंदा…संस्कृतमा नालंदाको अर्थ हुन्छ “ज्ञान दिने वाला” (नालम = कमल, जो ज्ञान को प्रतीक हो; दा = दिनु) भनिनन्छ कि यसको स्थापना ४७० ई./४५० ई. [?]मा गुप्त साम्राज्यको राजा कुमारगुप्त ले गरेकाथिए । यो विश्वको प्रथम पूर्णतः आवासीय विश्वविद्यालयहरुमा एक थियो जहां १०,००० छात्र र २,००० शिक्षक बस्थे ।
भारतमा दुनियाको सबै भन्दा पहिला विश्वविद्यालय तक्षशिला विश्वविद्यालयको स्थापना सातौं शताब्दी ईसापूर्व अर्थात नालंदा विश्वविद्यालयको स्थापना भन्दा करीब १२०० बर्ष पहिला भएको थियो। यो नालंदा भारतको दोश्रो प्राचीन विश्वविद्यालय हो,जस्को पुननिर्मान गरिंदैछ । विश्वविद्यालयको स्थापना बाट धेरै पहिला करीब १००० बर्ष पहिले भगवान बुद्धको  समय (५०० ईसापूर्व )बाट नै नालंदा प्रमुख गतिविधिहरु केंद्र थियो ।
 धेरै बौद्ध ग्रन्थहरुमा उल्लेखछ कि भगवान बुद्ध नालन्दा आउनुभएकोथियो । केवत्तसुत्तमा वर्णित छ कि भगवान बुद्धको समयमा नालंदा धेरै प्रभावशाली र संपन्न शहर थियो । बौद्ध ग्रंथ संयुक्त निकायमा यहां अकाल परेको पनि उल्लेखछ ।  बुद्धको शिष्य सारिपुत्त नालंदा मैं जन्मेका हुन र  निर्वाण पनि यहिं भएकोथियो ।
बौद्ध अनुयायी सम्राट अशोक (२५०ईसापूर्व)ले सारिपुत्तको सम्झनामा यहां बौद्ध स्तूप बनाएकाथिए । सातौ सताव्दिमा जब ह्वेनसांग आएकाथिए त्यस समय १०००० विद्यार्थी र १५१० आचार्य नालंदा विश्वविद्यालयमा थिए ।
यहाँको तीन ठूलाठूला पुस्तकालयको नाम थियो-:
१. रत्न सागर २. विढ्ध्यासागर ३. ग्रंथागार
मौर्या साम्राज्यको पतन पछि बौद्ध धर्मको कोहि संरक्षक बचेन र तब ब्राह्मणहरुले राजपूत मुगलहरुकोसहयोगले सबै बौद्ध विहार, बौद्ध मूर्ती, विश्विद्यालय, साहित्य एव ईतिहासलाई नष्ट गरे। नालंदा विश्वविद्यालयलाई  महास्वार्थीहरुले तहस नहस गरे र पुस्तकालयमा आगो लगाएकाथिए । आगोह ६ महिना सम्म लागेकोथियो  भनिन्छकि की बौद्ध भिक्षुहरु व्दारा गरेको शोध यि पुस्तकालयहरुमा सुरक्षित थियो । बुद्ध धर्म दर्शनको बिरोधको एक नमुनाहो बुद्धको विचारले बिशेष गरि ब्राम्हणहरको कुकृत्यको भणडाफोर गरेको र कर्मकाण्डको बिरोधले तिनिहरुको धर्मको व्यापारमा आघात परेकोले यस्तो दुष्ट्याइ गरेकाहुन ।
 भवतु सब्ब मङ्गलम् ।

बर्तमानमा बुद्ध धम्मको प्रासंगिकता




आज संसारमा हिंसा, धर्मिक उन्माद र नस्लीय टकराव जस्तो गंभीर समस्याहरु को बोलबाला छ. चारैतिर मानव अस्तित्वलाई गंभीर खतरा देखिएकोछ । एकातिर मानवले विज्ञान, तकनीकि र यांत्रिकीमा  विकास एवं त्यस्को प्रयोग गरेर अपार समृद्धि प्राप्त गरेकोछ भनेमा अत्युक्ति नहोला, त्यहि मानवले स्वार्थ, लोभ, हिंसा आदि भावनाहरुको वशीभूत भएर आपसी कलह, लूटपाट, अतिक्रमण आदिको अकल्याणकारी र विनाशकारी मार्ग पनि अपनाएकोछ । अतः आजको दुनिया
मान्छेको विनाशकारी विचारहरु परिवर्तन र त्यसमा नियंत्रण गर्नु अत्यावश्यक छ । आज भन्दा लगभग २६०० वर्ष पहिला भगवान बुद्धले मानवीय प्रवृतिहरको विश्लेषण गर्दै भन्नुभएकोथियो कि मनुष्यको मन नै सबै कर्महरको नियंता हो। अतः मानवको गलत प्रवृतिहरुलाई नियंत्रित गर्नको लागि उसको मनमा सदविचारको प्रवाह गरेर उसलाई सदमार्गमा लैजान आवश्यक छ । वहाँले  यो सदमार्ग बौद्ध धम्मको  रूपमा दिनुभएकोथियो । अतः आज मानव-मात्रको कुप्रवृतिहरु जस्तै हिंसा, शत्रुता, व्देष, लोभ आदि बाट मुक्ति पाउनको लागि बौद्ध धम्म र बौद्ध दर्शनलाई अपनाउन आवश्यकछ ।
आपसी शत्रुताको बारेमा भगवान बुद्धले भन्नुभएको थियो कि ,” वैर ले वैर शान्त हुँदैन अवैर ले नै वैर शान्त हुन्छ ।” यो सुनौलो सूत्र जहिलेपनि सार्थक रह्यो। वैरलाई जन्म दिने कारकलाई भगवान बुद्धले चिनेर त्यसलाई टाढागर्ने मार्ग धेरै पहिला नै प्रशस्त गर्नुभएको थियो । वहाँले मानवमात्रको दुखहरु कम गर्नको लागि पंचशील र अष्टांगिक मार्गको नैतिक एवं कल्याणकारी जीवन दर्शनको प्रतिपादन गर्नुभएकोथियो । जो धेरैले लाभ पाए यो ऐतिहासिक प्रमाणितछ कि बौद्ध कालमा जब “बहुजन हिताय, बहुजन सुखाय” को बौद्ध मार्गको शासकहरु र आम जन व्दारा अनुसरण गरे तब काल सुख एवं समृधिको कारण “स्वर्ण युग” पनि भनियो । त्यस बखत शान्ति र समृधि फैलीयो । बौद्ध धम्मको पंचशील र अष्टांगिक मार्ग आज पनि विश्वमा शांति  र कल्याण हेतु साह्रै सार्थकछ ।
 केवल बौद्ध धम्म मात्रै यस्तो छ कि शस्त्र अस्त्रको बलमा नभएर करुणा-मैत्री जस्तो सद्गुणहरुको कण संसारको ठूलो भूभागमा फैलीयो र आज पनि तिब्र गतिले फैलिरहेकोछ । बौद्ध धम्म आफ्नो नैतिकता एवं सर्व कल्याणकारी शिक्षाहरुको कारण स्वतः प्रसारित भैरहेकोछ । शान्ति र सुख कस्लाई चाहिन्न दुखि नभएको मानिस बिरलैछ हरेक मान्छे कुनै न कुनै कारणले दुखिछ शान्ति चाहन्छ ।
भगवान बुद्धले जाती भेदको समाप्त गर्नुभएको थियो जस्को लागि भिक्षु संघमा सुरुवात गर्नुभयो वहाँले सुनीत भंङ्गी, उपाली नाउ देखि अन्य कैयौं तथाकथित स्यानो जातिहरको लागि संघमा राजा र राजकुमारहरुलाई समान स्थान दिनुभयो जस्मा कैयौं अर्हत भए । भगवान बुद्धले नै महिलाहरुलाई भिक्षुणी संघमा स्थान दिएर नारी पुरुष समानताको सिद्धान्त लाई बलीयो गर्नुभयो ।  यद्यपि दास  प्रथा तथा  जाति भेद पूर्ण  रूपबाट समाप्त भएन तैपनि भगवान बुद्धले वर्ण व्यवस्था तथा त्यस्को धार्मिक आधारमा गरिएको  प्रहार राम्रो सिद्ध भयो ।
आज सांस्कृतिक फासीवाद र हिंदुत्ववाद जस्तो विघटनकारी विचारधारालाई रोक्नको लागि बौद्ध धम्मको मानवतावादी र समतावादी दर्शनलाई जन जन सम्म पुगाउनु आवश्यकछ ।
आज संसारमा  विभिन्न ईश्वरवादी धर्महरुको अनुयायिहरुको संख्या कम हुँदैछ किनकि विज्ञानंको तर्क र परीक्षण कसौटीमा शुद्ध देखिएकोछ । शुद्ध सुन हो भने आगोमा जति पोलेपनि पहेंलै हुन्छ झन चम्किन्छ । ति केहि यस्ताछन आफूलाई बचाई राख्नको लागि बिभिन्न प्रलोभनहरु व्दारा, चमत्कारहरुको प्रचार गरेर आफ्ना अनुयायिहरुलाई बन्धनमा राख्न चाहन्छन् बौद्ध धम्म विज्ञानवादी, परिवर्तनशील तथा  प्रकृतवादी हुनाले विज्ञानंको साथै हुनुपर्छ । यिनै गुणहरुको कारण यदि भविष्यको संसारलाई धर्मको आवश्यक भएमा यसलाई केवल बौद्ध धम्मले मात्रै पूरा गर्न सक्ने निर्विवादछ । अतः हामी निस्संकोच भन्न सक्छौं कि वर्तमान परिस्थितिहरुमा बौद्ध धम्म एवं बौद्ध दर्शन पूर्णतया प्रासंगिक छ । भनेको भरमा विश्वास गर्ने होईन कि यसलाई व्यवहारमा परिक्षण गर्नुपर्छ । फाईदा भए प्रयोग गर्ने र अरुलाई पनि प्रयोजन गर्न लाउने आफूलाई भएन भने अरुलाई किन प्रयोजन गर्न लाउने । यहि हो बहुजन हिताय बहुजन सुखाय ।
भवतु सब्ब मङ्गलम ।
darapuri pic