प्राक्कथन
भगवानबुद्धको अमरबाणी धम्मपदको भाषानुवाद तपाई
समक्ष प्रस्तुत गर्न पाउँदा मलाई साहै हर्ष लागेकोछ । यो भाषानुवाद
विश्वविपश्यनाचार्य पुज्य सत्यनारायण गोयन्काज्यूको पाली हिन्दी बाट नेपालीमा
अनुवाद गर्ने कोशिश गरेकोछु। हुन त म भाषा बिज्ञ होईन तथापी नेपालीमा बौद्ध ग्रन्थको
अभाव खट्केकोले यो धम्मपदलाई प्रस्तुत गर्न आवश्यक ठानी प्रस्तुत गरेकोछु । यो
ग्रन्थ विश्वभरीको ग्रन्थहरुमा अन्य धर्म ग्रन्थहरुको जस्तै उच्च स्थान रहेकोछ ।
विपश्यनाको प्रचार प्रसारको साथ साथै यसको लोकप्रियता पनि बढदै जानेछ । यस्मा अलि
कति पनि शंका छैन । विश्वविपश्यनाचार्य पुज्य सत्यनारायण गोयन्काज्यूले दश दिनको
विपश्यना शिविरहरुमा साधनालाई राम्रो संग बुझाउनकोलागि वहाँले धेरै उदाहरण
दिनुहुन्छ । यसैले पनि थाहा हुन्छ कि यसको महत्व कति धेरै छ । ध्यानले विचार गरेर
हेर्नेहोभने साधनालाई बलीयो बनाउने अगाध प्रेरणा जगाउने खालकोछ ।
धम्मपदमा बुद्धवाणीको साँचो नै उपलव्धछ
भन्दापनि हुन्छ ।
यथापि रुचिरं पुफ्फं वण्णवन्तं अगन्धकं
एवं सुभासिता जाचा अफला होति अकुब्बतो
(गाथा ५१)
यथापि रुचिरं पुफ्फं वण्णवन्तं सुगन्धकं
एवं सुभासिता जाचा सुफला होति कुब्बतो ।।
(गाथा ५२)
जसरी कुनै फूल सुन्दर बर्णयुक्त सगन्ध रहितहोस त्यसरी नै
राम्ररी भनिएको
बुद्ध वाणी हुन्छ । फल रहित यदि कोहि तदनुसार आचरण नगरोस ।
जसरी कुनै फूल सुन्दर बर्णयुक्तहोस सुगन्धवालाहोस त्यसरी नै
राम्ररी भनिएको
बुद्ध वाणी हुन्छ फल सहित यदि कोहि तदनुसार आचरण गर्नेवाला
होस ।
यसप्रकार बुद्धवाणी फलप्रद तब मात्रै हुन्छ जब कोहि यसको
अनुसार आचरण गरोस । यसलाई अनुभुतिमा उतारोस । यहि बुद्धवाणीको साँचोहो ।
उदाहरणः
“सब्बे संखारा अनिच्चाति यदा पञ्ञाति पस्सति ।
अथ निब्बिदन्ति
दुक्खे एस मग्गो विसुद्धिया ।।‘’
(गाथा २७७)
“सबै संस्कार अनित्य छ (अर्थात जे उत्पन्न हुन्छ त्यो नष्ट हुन्छ) यस (सत्य)लाई जब कोहि (विपश्यना) प्रज्ञा व्दारा देख्छ जान्दछ तब यस्को दुःखको निर्वेद
प्राप्त हुन्छ । (अर्थात दुःख क्षेत्रको प्रति भोक्ताभाव टुट्छ) । यस्तै नै
यो विशुद्धी (विमुक्ति)को मार्ग!’’
यदि कसैले यस गाथालाई कसैले १०।२० पचास वा एकसय पटक नै पाठ
गरिराखोस तापनि यसलाई कुनै लाभ पाउने होईन केवल बुद्धीको कायित्कि चित्त परिष्कार
हुन्छ । जब यसैलाई अनुभुतिमा उतारोस तब अपरिमित कल्याण हुन थाल्छ । सबै दुःखबाट
मुक्त हुने बाटो पाउँछ ।
धम्मपद यस्तै गाथाहरुको भण्डार हो ।यसैले विपश्यना विशोधन
विन्यासले बुद्धवाणीबाट सर्बप्रथम यसै ग्रन्थको भाषानुवाद गर्ने जमर्को गरेको हो ।
ध्यान रहोसकि सबै बुद्धवाणीलाई त्रिपिटक नामले जानिन्छ ।
त्रिपिटकलाई तीन भागमा बाँडेकोछ । एक विनय पिटक दुई सुत्त पिटक र अभिधम्मपिटक ।
यसम्धय सुत्तपिटक अन्तरगत पाँच निकायछन् ज्ञ दीघनिकाय २ मज्झिम निकाय ३ संयुक्त
निकाय ४ अङ्गुत्तर निकाय र ५औं खुद्दक निकाय । खुद्दक निकाय अन्तरगत १९ गर्न्थछन्
यि १९ ग्रन्थ मध्य एक धम्मपद हो ।
धम्मपद नेपाली अनुवाद
१ यमक वग्ग
१ मनोपुब्बङ्गमा
धम्मा, मनो सेठ्ठा मनोमया ।
मनसा चे पटुठ्ठेन, भासति वा करोति वा ।
ततो नं दुक्खमन्चेति, चक्कं व वहतो पदं ।।
मन सबै धर्म प्रबृत्तिहरुको अगुवा हो मन नै
प्रधान सबै धर्म मनोनय छ ।
जब कुनै
व्यक्ति आफ्नो मनलाई मैलो गरेर कुनै वचन बोल्छ अथवा शरीरले कुकर्म गर्छ तब दुःख
उस्को पछि पछि लाग्छ । जसरी गोरु पाईलाको पछि पछि चक्का आउँछ ।