Tuesday, January 6, 2015

धम्मपद





प्राक्कथन
भगवानबुद्धको अमरबाणी धम्मपदको भाषानुवाद तपाई समक्ष प्रस्तुत गर्न पाउँदा मलाई साहै हर्ष लागेकोछ । यो भाषानुवाद विश्वविपश्यनाचार्य पुज्य सत्यनारायण गोयन्काज्यूको पाली हिन्दी बाट नेपालीमा अनुवाद गर्ने कोशिश गरेकोछु। हुन त म भाषा बिज्ञ होईन तथापी नेपालीमा बौद्ध ग्रन्थको अभाव खट्केकोले यो धम्मपदलाई प्रस्तुत गर्न आवश्यक ठानी प्रस्तुत गरेकोछु । यो ग्रन्थ विश्वभरीको ग्रन्थहरुमा अन्य धर्म ग्रन्थहरुको जस्तै उच्च स्थान रहेकोछ । विपश्यनाको प्रचार प्रसारको साथ साथै यसको लोकप्रियता पनि बढदै जानेछ । यस्मा अलि कति पनि शंका छैन । विश्वविपश्यनाचार्य पुज्य सत्यनारायण गोयन्काज्यूले दश दिनको विपश्यना शिविरहरुमा साधनालाई राम्रो संग बुझाउनकोलागि वहाँले धेरै उदाहरण दिनुहुन्छ । यसैले पनि थाहा हुन्छ कि यसको महत्व कति धेरै छ । ध्यानले विचार गरेर हेर्नेहोभने साधनालाई बलीयो बनाउने अगाध प्रेरणा जगाउने खालकोछ ।
धम्मपदमा बुद्धवाणीको साँचो नै उपलव्धछ भन्दापनि हुन्छ ।

यथापि रुचिरं पुफ्फं वण्णवन्तं अगन्धकं
एवं सुभासिता जाचा अफला होति अकुब्बतो
                             (गाथा ५१)
यथापि रुचिरं पुफ्फं वण्णवन्तं सुगन्धकं
एवं सुभासिता जाचा सुफला होति कुब्बतो ।।
                             (गाथा ५२)
जसरी कुनै फूल सुन्दर बर्णयुक्त सगन्ध रहितहोस त्यसरी नै राम्ररी भनिएको
बुद्ध वाणी हुन्छ । फल रहित यदि कोहि तदनुसार आचरण नगरोस ।
जसरी कुनै फूल सुन्दर बर्णयुक्तहोस सुगन्धवालाहोस त्यसरी नै राम्ररी भनिएको
बुद्ध वाणी हुन्छ फल सहित यदि कोहि तदनुसार आचरण गर्नेवाला होस ।
यसप्रकार बुद्धवाणी फलप्रद तब मात्रै हुन्छ जब कोहि यसको अनुसार आचरण गरोस । यसलाई अनुभुतिमा उतारोस । यहि बुद्धवाणीको साँचोहो ।
उदाहरणः
   सब्बे संखारा अनिच्चाति यदा पञ्ञाति पस्सति ।
   अथ निब्बिदन्ति दुक्खे एस मग्गो विसुद्धिया ।।‘’
                                 (गाथा २७७)
सबै संस्कार अनित्य छ (अर्थात जे उत्पन्न हुन्छ त्यो नष्ट हुन्छ) यस (सत्य)लाई जब कोहि (विपश्यना) प्रज्ञा व्दारा देख्छ जान्दछ तब यस्को दुःखको निर्वेद प्राप्त हुन्छ । (अर्थात दुःख क्षेत्रको प्रति भोक्ताभाव टुट्छ) । यस्तै नै यो विशुद्धी (विमुक्ति)को मार्ग!’’

यदि कसैले यस गाथालाई कसैले १०।२० पचास वा एकसय पटक नै पाठ गरिराखोस तापनि यसलाई कुनै लाभ पाउने होईन केवल बुद्धीको कायित्कि चित्त परिष्कार हुन्छ । जब यसैलाई अनुभुतिमा उतारोस तब अपरिमित कल्याण हुन थाल्छ । सबै दुःखबाट मुक्त हुने बाटो पाउँछ ।
धम्मपद यस्तै गाथाहरुको भण्डार हो ।यसैले विपश्यना विशोधन विन्यासले बुद्धवाणीबाट सर्बप्रथम यसै ग्रन्थको भाषानुवाद गर्ने जमर्को गरेको हो ।
ध्यान रहोसकि सबै बुद्धवाणीलाई त्रिपिटक नामले जानिन्छ । त्रिपिटकलाई तीन भागमा बाँडेकोछ । एक विनय पिटक दुई सुत्त पिटक र अभिधम्मपिटक । यसम्धय सुत्तपिटक अन्तरगत पाँच निकायछन् ज्ञ दीघनिकाय २ मज्झिम निकाय ३ संयुक्त निकाय ४ अङ्गुत्तर निकाय र ५औं खुद्दक निकाय । खुद्दक निकाय अन्तरगत १९ गर्न्थछन् यि १९ ग्रन्थ मध्य एक धम्मपद हो ।

धम्मपद नेपाली अनुवाद
१ यमक वग्ग
     मनोपुब्बङ्गमा धम्मा, मनो सेठ्ठा मनोमया ।
मनसा चे पटुठ्ठेन, भासति वा करोति वा ।
ततो नं दुक्खमन्चेति, चक्कं व वहतो पदं ।।

मन सबै धर्म प्रबृत्तिहरुको अगुवा हो मन नै प्रधान सबै धर्म मनोनय छ ।
जब कुनै व्यक्ति आफ्नो मनलाई मैलो गरेर कुनै वचन बोल्छ अथवा शरीरले कुकर्म गर्छ तब दुःख उस्को पछि पछि लाग्छ । जसरी गोरु पाईलाको पछि पछि चक्का आउँछ ।

बुद्ध र बुद्ध दर्शन ( भाग १)






बुद्धको जन्म र युग

प्रचलित सिंहली परम्परा अनुसार भगवान् बुद्धको परिनिर्वाण ई.पू. ५४४ मानिनएकोछ । यसै मान्यता  अनुसार मई१९५६मा निर्वाणबाट २५०० बर्षको पूर्ति स्विकार गरिएछ । अर्कोतिर, बुद्ध बिंबिसार र अजातशत्रुको समकालीन थिए एवं उनको परिनिर्वाणबाट २१८ बर्ष पछि अशोकको राज्याभिषेक भयो । यो तथ्य परिनिर्वाणलाई ई.पू. पाँचौ शताब्दीको प्रथम पादमा राखिन्छ इतिहासकार प्राय: यहि मतलाई स्विकार गरेको पाईन्छ ।
बुद्धको युग गहन विचारमंथनको युग थियो जब कि नाना ब्राह्मण र श्रमण आफ्नो विभिन्न मतहरु को प्रतिपादन गर्थे र बुद्धको खोज एवं उपदेशको सम्बन्ध यिन प्रचलित विचारधाराहरुबाट स्थापित गर्ने प्रयत्न इतिहासकारकोलागि स्वाभाविक हो । एक मत अनुसार जुन विचारधारा उपनिषदहरुमा उपलब्ध हुन्छ त्यसैको एक विकास बौद्ध दर्शनमा हेर्नुपर्छ । तर यो स्मरणीय छकि त्यस युगमा "ब्राह्मण" र "श्रमण" को पार्थक्स्य र्निविवाद देखिन्छ, यहाँ सम्म कि पतंजलिले "येषां च विरोध: शाश्वतिक: यस पाणिनीय सूत्रको व्याख्याको प्रसंगमा "अहिनकुलम्" को समान "ब्राह्मण श्रमणम्" को उदाहरण दिएको पाईन्छ । अत: पूर्वोक्त मत अनुसार बौद्ध दर्शनको मूललाई ब्राह्मण विचारधारा को अतंर्गत तर श्रमणबाह्य मान्न पर्छ भन्छन, जो प्रामाणविरुद्ध छ, अथवा श्रमण विचारधारालाई नै वैदिक ब्राह्मण विचारधाराको साथ मूल संलग्न मान्नुपर्छ, जो कि कम से कम जैन धर्मको अवैदिकताको अब निर्विवाद हुने कारण अस्वीकार्य छ । एक स्वतंत्र क्षत्रिय परंपराको उद्भावना असिद्ध छ। यो सत्य हो कि उपनिषदहरुमा, गीतामा, र बौद्ध एवं जैन आगमहरुमा अनेक क्षत्रिय शासक दार्शनिक चर्चामा भाग ग्रहण गर्छन तर उनको मत नाना छ एवं त्यसलाई वैदिक धर्मको अंतर्भूत अथवा श्रमण धर्मको अंतर्भूत गर्न सकिन्छ । अत:यस्तो लाग्छ कि यद्यपि महाश्रमण भगवान् बुद्धलाई मूलत: श्रमण समुदाय एवं परंपराको अंतर्गत मान्नपर्छ तथापि यो स्विकार गर्नमा कुनै दोष छैन कि केहि दिशाहरुमा उनको प्रतिपादन र उपनिषदहरुमा प्रवृत्तिसाम्यबाट तिनमा वैदिक प्रभाव सूचित हुन्छ ।

वैदिक धर्म मूलत: प्रवृत्तिमार्गी ियो, श्रमण संप्रदाय निवृत्तिमार्गी। निवृत्तिको प्राधान्य संसारवादको अभ्युपगममा आश्रित थियो। पक्षांतरमा प्राचीन वैदक धर्ममा संसारवाद अविदित थियो। उपनिषदहरुमा ज्ञानचर्चाको साथ केहि स्थलहरुमा संसारवाद आभासितस कारण य प्राय: प्रतिपादित गरिएकोछ कि उपनिषदहरुको यि स्थलहरुबाट नै निवृत्तिपरक धाराहरको उद्गम मान्नुपर्छ । अर्थात् सांख्य र योग, जैन और बौद्ध दर्शन सबैको मूल उत्स उपनिषदहरमा नै  कहीं न कहीं खोज्नुपर्छ स धारणाको पछि यो विश्वास छ कि बुद्ध भन्दा पूर्वतर युगको अथवा प्रतिनिधि चिंतन उपनिषदहरुमा संगृहीत। वस्तुत: यस प्रकारको ऐतिहासिक परिस्थितिहरुमा अनुपलब्धिबाट अभाव सिद्ध हुँदैन अत: यस्तो "आर्ग्युमेण्टम् एक्स सिलेन्शियो"लाई हेत्वाभास नै मान्नुपर्छ अर्कोतिर, जैन र बौद्ध सबै आफ्नो वैदिक श्रृण मान्नु स्थानमा आफ्नो आफ्नो आगम स्वातंत्रय नै घोषित गर्छ । पुरातात्विकहरुले सिद्ध गरिदिएकोछ कि  आर्य वैदिक परम्पराको पूर्व र अतिरिक्त एक सभ्यताको परम्परा ई.पू. तृतीय र द्वितीय सहस्त्राब्दिहरुमा भारतमा विदित थियो अतएव विभिन्न श्रमण परंपराहरुको अवैदिक अथवा आर्येतरीय मूल अब असंभव लाग्दैनस संभाव्यताको कारण यि परंपराहरको मूलको अवैदिकता आपातत: तत्तद आगमसिद्धयसको प्रमाणत: निराकरणको भार प्रतिवादीमा स्थिर हुन्छ

Sunday, November 23, 2014

मथुरा कलाकृतिहरुमा प्रस्तुत कथा दृश्य






शाक्यमुनी बुद्ध जीवनको दृश्य
 जातकहरुकै जस्तो भारतको मथुराको कलाकृतिहरुमा शाक्यमुनी बुद्धको जीवन सित सम्बन्धित अनेकौं घटनाहरु अंकित गरिएकोछ। त्यस मध्य अधोलिखित विशेष रुपबाट उल्लेखनीय रहेकोछ।
(
१) जन्म (सं. सं. ००. एच १; ००, एन २ इत्यादि, चित्र ४९)
यि दृश्यहरुमा एक छायादार बाक्लो रुखको तल एक महिला उभिएको देखिन्छ जुन आफ्नो उठेको दाहिने हातले रुखको हाँगा समातेको छ र बायाँ हाततिर उभिएकि अर्कि महिलाको सहारा लिएकि छिन। उनको दाहिनेतिर एक मुकुटधारी देवता नवजात शिशु  लिनकोलागि दुबै हात थापेको देखिन्छ । यस दृश्यको मूलकथा निम्नानुसार छ ।
गौतमबुद्ध जस्लाई पहिला  कुमार सिद्धार्थ भनिन्थ्यो, कपिलवस्तुको राजा शुद्धोदनको छोरा थिए । यिनको जन्मदै मान्छेहरुको सबै इच्छाहरु सिद्ध भएकोथियो । यसैले यिनलाई सिद्धार्थ भनिन्थ्यो।
१ यिनको आमाको नाउँ महामाया थियो जो कुमारको जन्मको समय लुम्बिनी (रुम्मनदेई-नेपाल)को उद्यानमा एक शालवृक्षको तल उभिएको थियो । उन्ले आफ्नो दाहिने हातले रुखको हाँगा समातेकी थिईन। दैवी प्रभावको कारण बोधिसत्त्वले साधारण मनुष्यहरु जस्तै जन्म लिएको थिएन तसर्थ महामायाको  दाहिने कोखबाट प्रकट भयो । सर्वप्रथम उन्लाई शक्र र ब्रह्माले आफ्नो हातमा लियो दुबै देवता महामायाको निजकै उभीएको थियो । महामाया सितै देखिने अर्कि महिला सम्भवत: उन्को बहिनी महाप्रजापति गौतमी हुन।
नोटः यहाँ निर अबैज्ञानिक कुरा दर्शाएको देखिन्छ जुन सामान्य मान्छेलाई पत्याउने गाह्रो हुन्छ कि महिलाको काखिमा कुनै प्वाल नभएपनि त्यहाँबाट बोधिसत्व बालकको जन्म भएको चित्रांकन गरिएकोछ । भन्न त औलोकिक व्यक्तित्वहरुहरुको सामान्य मान्छेको भन्दा चम्तकारिक रुपले औलोकिक नै हुन्छ ।
(
२) प्रथम स्नान (सं. सं. ००. एच २)
यस विशालखण्डमा जुन दृश्य बनेकोछ त्यस माथिको आसनमा एक नाङ्गो मान्छे उभिएकोछ र उस्को दायाँ बाँया दुईजना मनुष्याकृति हात जोडेर बसेको देखिन्छ बिल्कुल माथितिर शंख, बांसुरी, मृदंग, र ढोल येि पांच वाद्य बनेकोछ जो पंचतूर्यको नामले जानिन्छ। स्पष्टत: येि वाद्य स्वर्गीय संगीत को प्रतिनिधित्व गर्कछ। कथाको रुप यस प्रकार छ :
बोधिसत्त्वको जन्महुने बित्तिकै त्यहाँ एक कमल उत्पन्न भयो जस्मा उभीयो । तत्पश्चात् नंद र उपनन्द नामको दुई नाग राजाहरुले आकाशमा चीसो र तातो पानीको दुई धाराहरु उत्पन्न गरे जस्ले बोधिसत्त्वलाई प्रथम स्नान गराईयो।२ यहाँनिर ओलोकिक अवस्था देखिन्छ ।
(३) जम्बूरुख मुनी कुमार सिद्धार्थ
यस दृश्यलाई अंकित गर्ने शिलाखण्ड यस सम्य दिल्लीको संग्रहालयमा छ।३ कथा निम्नांकित छ :
कुमार सिद्धार्थ आफ्नो साथीहरुको साथमा कृषिग्राम गए। त्यहाँ उन्ले एक सुन्दर जम्बूरुख देखे जस्को शीतल छायाँ बडो मनमोहक थियो त्यहि समय उन्ले एक मुट्ठी- घाँस लेिएर रुखमुनी आसन बनाएर बसे र ध्यानमा लीन भए।
  (४) गृह परित्याग
मथुरा कलामा यस दृश्यको अंकन कमै स्थानहरुमा भएकोछ एक त मथुराको संग्रहालयमा छ (सं. सं. ००. एच ३) जुन अब धेरै घिसि सकेकोछ । अर्को लखनऊ संग्रहालयमाछ(लखनऊ सं. सं. बी ८४)। परन्तु यस्को सबै भन्दा राम्रो उदाहरण त्योछ जुन डॉ. फोगलले आफ्नो सुप्रसिद्ध ग्रंथमा प्रकाशित गरेकाछन।
संसारको दु:खहरुको कारण पता लगाउने तीव्र इच्छा ले कुमार सिद्धार्थले एक राती आफ्नो प्रासाद, सुंदरी पत्नी, नवजात शिशु र सबै प्रकारको  भोगविलासहरुको परित्याग गरिदिए। आफ्नो कंथक नामको  घोड़ामा सवार भएर सेवक छंदकको साथमा उनि चुपचाप शहरबाट बाहिर गए । लगभग छ योजन (  चार कोशको एक योजन )गए पछि उ घोडाबाट ओर्लिन्छ । आफ्नो राजकीय पोषाक र सबै आभूषण उन्ले छंदकलाई दिएर घोड़ा लिएर फर्कने आज्ञा दिए। कुमारलाई यस प्रकार प्रव्रजित भएको देखेर केवल छंदकको मात्रै होईन बरु त्यस घोड़ाको मनपनि रोयो तैपनि आज्ञा पालन गर्नको लागि उस्ले फर्कनै पर्यो ।