Thursday, May 14, 2015

भगवान बुद्ध को परिनिर्वाण को अनन्तर बुद्धवचनहरुमा प्रक्षेप



  • भगवान बुद्ध को परिनिर्वाण को अनन्तर बुद्धवचनहरुमा प्रक्षेप (अन्य वचनहरुलाई राख्नु) र अपनयन (केहि बुद्धवचनहरु निकाल्नु) नहुन दिनको लागि क्रमश: तीन संगीतिहरुको अर्थात सम्मेलन आयोजन गरीयो । प्रथम संगीति बुद्धको परिनिर्वाणको तत्काल पछि प्रथम वर्षावासको कालमा नै राजगृहमा महाकाश्यपकोमा संरक्षकत्वमा सम्पन्न भयो। यसमा आनन्दले सूत्र (यसमा अभिधर्म पनि सम्मिलित छ) र उपालिले विनयको संगायन गरे । यस प्रकार यस संगीतिमा सम्मिलित पाँचसय अर्हत भिक्षुहरुले प्रथम पटक बुद्धवचनहरुलाई त्रिपिटक विभाजन गरे । भगवान बुद्धको परिनिर्वाणको एकसय वर्ष बीत्दा-बीत्दै आयुष्मान यशले वैशालीको वज्जिपुत्तक भिक्षुहरुलाई विनय विपरीत दस वस्तुहरुको आचरण गरेको देखे, जस्मा सुन-चाँदीको ग्रहण पनि एक थियो। अनेक भिक्षुहरुको दृष्टिमा  उस्को यो आचरण अनुचित थियो । यस्को निर्णय गर्नको लागि द्वितीय संगीति बोलाईयो । महास्थविर रेवतको अध्यक्षता  सम्पन्न यस संगीतिमा सम्मिलित सातसय अर्हत भिक्षुहरुले ति (वज्जिपुत्तक भिक्षुहरु)को आचरण विनयविपरीत निश्चित गरे।
  • वैशालीको वज्जिपुत्तक भिक्षुहरले महास्थविरहरको यस निर्णयलाई अमान्य गरिदिए र कौशाम्बी मा एक पृथक् संगीति आयोजित गरे जस्मा दस हज़ार भिक्षु सम्मिलित भएकाथिए। यो सभा 'महासंघ' या 'महासंगीति' भनियो तथा यस सभालाई मान्नेहरुले 'महासांघिक' भने।
  • यस प्रकार बौद्ध संघ दुई भाग या निकायमा बाँडियो, स्थविरवादी र महासांघिक। पछि गएर भगवानको परिनिर्वाणको २३६ वर्ष पछि सम्राट अशोक को कालमा आयोजित तृतीय संगीतिको समय सम्म बौद्ध संघ अठारह निकायहरमा विकसित भयो।
  • महासांघिक भी कालान्तर में दो भागों में विभक्त हो गए-
१         एकव्यावहारिक र
२        गोकुलिक।
  • गोकुलिकबाट पनि दुई शाखाहरु विकसित भयो-
१         प्रज्ञप्तिवादी  
२        बाहुलिक या बाहुश्रुतिक।
  • बाहुलिक सबाट चैत्यवादी नामक एक अर्को शाखा प्रकट भयो । यस प्रकार महासांघिकबाट पाँच शाखाहरु निस्कियो जुन महासांघिकको साथ जम्मा ६ निकाय हुन्छ ।
  • अर्कोतिर स्थविरवादी पनि पहिला दुई भागमा विभक्त भए, यथा- वज्जिपुत्तक र महीशासक। वज्जिपुत्तक ४ भागमा विभक्त भए, यथा-
१         धर्मोत्तरीय,
२        भद्रयाणिक,
३        छन्रागरिक (षाण्णागरिक) र
४       सम्मितीय।
  • महीशासकबाट पनि दुई शाखाहरु विकसित भयो, यथा-
१         धर्मगुप्तिक र
२        सर्वास्तिवादी।
  • सर्वास्तिवादिहरुबाट क्रमश: काश्यपीय, काश्यपीय बाट सांक्रान्तिक र सांक्रान्तिक बाट सूत्रवादी सौत्रान्तिक निकाय विकसित भयो । यस प्रकार स्थविरवादी निकाय बाट ११ निकाय विकसित भयो, जुन स्थविरवादी निकायको साथ जम्मा १२ हुन्छन् । दुबै प्रकारको निकाय भेद मिलेर जम्मा अठारह निकाय हुन्छन।
निकायहरुको परिभाषा


निकाय-परम्परा
आचार्य विनीतदेव आदि प्रमुख आचार्यको मान्यता छ कि चार नै मूल निकायहो, जसबाट पछिगएर सबै अठारह निकायमा विकसित भए। ति यि हुन-
१         आर्य सर्वास्तिवादी,
२        आर्य महासांघिक,
३        आर्यस्थविर एवं
४       आर्य सम्मितीय।
मूलसंघबाट जुन यो विभाजन भयो या अठारह या त्यस भन्दा बढी निकायहरुको जुन जन्म भयो, त्यो कुनै गतिशील श्रेष्ठ धर्मको लक्षण हो, न कि ह्रासको । भगवान बुद्धले स्वयम् नै कुनै पनि शास्ताको वचन या कुनै पवित्र ग्रन्थको वचनलाई अन्तिम प्रमाण मान्नलाई आफ्ना अनुयायी भिक्षुहरुलाई मनाहि गरेकाथिए । वहाँले स्वतन्त्र चिन्तन, आफ्नो अनुभवको प्रामाणिकता, वस्तुसङ्गत दृष्टि र उदार विचारहरको जुन बीउ भिक्षुसंघमा स्थापित गर्नुभएकोथियो, त्यहि बिउबाट कालान्तरमा विभिन्न शाखाहरुको सद्धर्म रूपी महावृक्ष विकसित भयो, जस्ले विश्वको कोटि-कोटि विनयजनहरुको आकांक्षाहरु आफ्नो पुष्प, फल, पत्र र छाया द्वारा पूर्ण गरे र आज पनि गर्दैछन ।
अठारह निकायहरुको सामान्य सिद्धान्त
आचार्य वसुमित्र, भावविवेक आदि महापण्डितहरुको ग्रन्थहरुको दार्शनिक सिद्धान्तों बाट सबै अठारह निकाय प्राय: सहमत छन्-
ज्ञानमा ग्राह्य (विषय)को आकारको अभाव
बौद्ध दार्शनिकहरुमा यस विषयमा पर्याप्त चर्चा उपलब्ध छ कि ज्ञान जब आफ्नो विषयमा प्रवृत्त हुन्छ, तब विषयको आकारलाई ग्रहण गरेर अर्थात विषयको आकारबाट आकारित (साकार) भएर विषय ग्रहण गर्छ या निराकार रहँदै । सौत्रान्तिकहरको मान्नु छ कि चक्षुर्विज्ञान नीलाकार भएर नील विषयमा प्रवृत्त हुन्छ । तिनको भनाई छकि जुन समय चक्षुर्विज्ञान उत्पन्न हुन्छ, त्यस समय उस्को ग्राह्य (नील आलम्बन) निरुद्ध रहन्छ । किनकि नील आलम्बन कारण हो र चक्षुर्विज्ञान उस्को कार्य। कारणलाई कार्यबाट नियत पूर्ववर्त हुनुपर्छ यसैंले नील आलम्बन चक्षुर्विज्ञानबाट एक क्षण पूर्व निरुद्ध हुन्छ। तर ज्ञानमा विषयको आकार विद्यमान हुनाले त्यो ज्ञान 'नीलज्ञ' भनिनन्छ ।
ज्ञानमा स्वसंवेदनत्वको अभाव
वैभाषिक प्रमुख सबै अठारह निकायहरमा ज्ञानमा जस्तै ज्ञेय (विषय) को आकार मानिदैन अर्थात जस्तै त्यसलाई निराकार मानिन्छ, त्यसै प्रकार ज्ञानमा ग्राहक-आकार अर्थात आफ्नो स्वरूप (स्वयं) लाई ग्रहण गर्ने आकार पनि मानिदैन । स्वयं (आफ्नो स्वरूप)लाई ग्रहण गर्ने ज्ञान 'स्वसंवेदन' भनिनन्छ। आशय यो कि ति (वैभाषिक आदि) स्वसंवेदन मान्दैन । ज्ञात छ कि बौद्ध नैयायिक सौत्रान्तिक आदि चार प्रत्यक्ष मान्दछन-
१         इन्द्रिय प्रत्यक्ष,
२        मानस प्रत्यक्ष,
३        स्वसंवेदन प्रत्यक्ष र
४       योगी-प्रत्यक्ष।
यसमध्य वैभाषिक आदि किनकि स्वसंवेदन मान्दैनन्, यसकारण यिनका मतमा शेष तीन प्रत्यक्ष नै मानिन्छ ।
बाह्यार्थको अस्तित्व
वैभाषिक आदिको मतमा ज्ञानका अतिरिक्त बाह्य वस्तुहरको सत्ता मानीन्छ । ति रूप, शब्द आदि बाह्य वस्तुहरु परमाणुहरुबाट आरब्ध (निर्मित) हुन्छन, न कि विज्ञानको परिणामको रूपमा मानिन्छ- जस्तो कि योगाचार विज्ञानवादी मान्छन् । योगाचार मतानुसार समस्त बाह्यार्थ आलयविज्ञान या मनोविज्ञानमा स्थित वासनाको परिणाम हुन्छ । वैभाषिक यस्तो मान्दैन। वैभाषिक मतानुसार घट आदि पदार्थहरमा स्थित परमाणु चक्षुईन्द्रियको विषय हुन्छ तथा चक्षुईन्द्रियमा स्थित परमाणु चक्षुर्विज्ञानको आश्रय हुन्छ। यसैले यिनका मतमा परमाणु बाट निर्मित  आदि स्थूल वस्तुहरको वस्तुसत्ता मानिदैन। सौत्रान्तिकहरको मतानुसार घट आदिमा स्थित प्रत्येक परमाणु चक्षुर्विज्ञानको विषय हुँदैन, अत: चक्षुर्विज्ञानमा भासित हुने घट आदि स्थूल वस्तुहरुको वस्तुसत्ता मानिन्छ । जस्तै वैशेषिक दार्शनिक अवयहरुबाट अतिरिक्त एक अवयवी द्रव्य को सत्ता स्विकार गर्छन, त्यस्तै वैभाषिक मान्दैनन्ते, यसैले घट आदिको अन्तर्गत विद्यमान परमाणु नै इन्द्रियको विषय हुन्छ ।
तीनै कालहरको सत्ता
जुन सबै अतीत, अनागत र प्रत्युत्पन्न कालहरको अस्तित्व मान्छन, ति सर्वास्तिवादी चार प्रकार का छन्-
१         भावान्यथिक। यस मतका प्रमुख आचार्य भदन्त धर्मत्रात हून। यिनको अनुसार अध्वों (कालहरु) मा प्रवर्तमान (गतिशील) धर्महरुको द्रव्यतामा अन्यथात्व हुँदैन । केवल भावमा अन्यथात्व हुन्छ ।
२        लक्षणान्यथिक। यिनको प्रमुख आचार्य भदन्त घोषक हुन । यिनको अनुसार अध्वोंमा प्रवर्तमान अतीत धर्म यद्यपि अतीत-लक्षणबाट युक्त हुन्छतैपनि त्यो प्रत्युत्पन्न र अनागत लक्षणबाट पनि अवियुक्त हुन्छ ।
३        अवस्थान्यथिक। यिनको प्रमुख आचार्य भदन्त वसुमित्र हुन । यिनको अनुसार अध्वोंमा प्रवर्तमान धर्म भिन्न-भिन्न अवस्थाहरुलाई प्राप्तगरेर अवस्थाको दृष्टिबाट भिन्न-भिन्न निर्दिष्ट गरिन्छ, न कि भिन्न-भिन्न द्रव्यको दृष्टिबाट भिन्न-भिन्न निर्दिष्ट हुन्छ ।
४       अन्यथान्यथिक। यिनको प्रमुख आचार्य भदन्त बुद्धदेव हुन। यिनको अनुसार अध्वोंमा प्रवर्तमान धर्म पूर्व, अपरको अपेक्षाबाट भिन्न-भिन्न भनिन्छ ।
निरुपधिशेष निर्वाण
वैभाषिक आदि निकायहरको मतमा निरुपधिशेष निर्वाणको अवस्थामा व्यक्तित्वको सर्वथा निवृत्ति (परिसमाप्ति) मानिन्छ । यइस अवस्थामा अनादि कालबाट चल्दै आईरहेको व्यक्तिको नाम-रूप सन्तति सर्वथा शान्त हुन्छ, जस्तै दीयो निभेपछि त्यस्को कुनै पनि प्रकारको सन्तति अवशिष्ट हुँदैन ।
बोधि भन्दा पूर्व गौतम बुद्धको पृथग्जन हुनु
यि निकायहरको मतानुसार जन्म ग्रहण गर्ने बेला राजकुमार सिद्धार्थ पृथग्जन नै थिए । उनि बोधिसत्त्व अवश्य थिए र मार्गको दृष्टिले सम्भारमार्गको अवस्थामा विद्यमान थिए । घरबाट बाहिर गएर प्रव्रज्या ग्रहण गरेर अनन्तर जुन समय बोधिवृक्षको मूलमा समाधिमा स्थित थिए, तब उन्ले क्रमश: प्रयोगमार्ग, दर्शनमार्ग र भावनामार्गलाई प्राप्त गरे। अन्तमा उन्ले त्यसै प्रकार त्यहि आसन मा सम्यक् संबुद्धत्व प्राप्त गरे ।
स्थविरवाद
परमार्थ धर्म विचार
अठारह निकायहरुमा स्थविरवाद पनि एक हो । आज भोली विश्वमा दुई मात्रै निकाय जिवित छन्-
१         स्थविरवाद र
२        सर्वास्तिवादको विनय-परम्परा।
  • स्थविरवादको परम्परा श्रीलंका, म्यामांर, थाईलैण्ड, कम्बोडिया आदि दक्षिण पूर्वी एशियाई देशहरुमा प्रमावी ढंगले प्रचलितछ। त्यस्को विस्तृत पालिसाहित्य विद्यमान छ र आज पनि रचनाहरु भैरहेकोछ । अत: संक्षेपमा यहाँ त्यस्को परमार्थसत्य तथा शीलसमाधि र प्रज्ञाको परिचय दिईएकोछ । शील, समाधि र प्रज्ञा नै मार्गसत्य हो, जस्ले निर्वाण (मोक्ष) जस्तो परमार्थसत्य एवं परम पुरुषार्थको प्राप्ति सम्भव छ ।
परमार्थ
जुन आफ्नो स्वभावलाई कहिल्यै पनि छोड़दैनतथा जस्को स्वभावबाट कहिल्यै परिवर्तन हुँदैन यस्तो तत्त्व 'परमार्थ' भनिन्छ । जस्तै लोभको स्वभाव (लक्षण) आसक्ति या लोभ हो । यो चाहे मनुष्यमा होस अथवा पशुमा होस आफ्नो आसक्ति या लोभी स्वभावलाई कहिल्यै छोड्दैन । भौतिक (रूप) वस्तुहरुमा पनि पृथ्वीको स्वभाव 'कठोर' हुनुहो। यो पृथ्वी कतैपनि कुनैपनि अवस्था मा आफ्नो कठोर स्वभावलाई छोड़दैन। यसैले चित्त, स्पर्शवेदना आदि चैतसिक, पृथ्वी अप् आदि महाभूत र भौतिक वस्तु (रूप) तथा निर्वाण परमार्थ भनिनन्छ ।
चित्त-चैतसिक
  • यद्यपि चित्त-चैतसिक फरक फरक स्वभावको हुन्छ तथापि यि दुबै एक विषय (आलम्बन) मा एक साथ उत्पन्न भएर एकै साथ निरुद्ध हुन्छ । यसमध्य वर्ण, शब्द आदि विषयहरु (आलम्बन)लाई सामान्य रूपेण जान्नु मात्र 'चित्त' हो। यहाँ चित्त द्वारा आलम्बनको ग्रहण गर्नु या प्राप्त गर्नुनै 'जान्नु' भनिन्छ। जान्नु, ग्रहण गर्नु, प्राप्त गर्नु, परिच्छेद (उद्ग्रहण) गर्नु, यि पर्यायवाची हुन।
  • चित्त, मन र विज्ञान एकै अर्थ को वाचक हो जुन संचय गर्छ। (चिनोति), त्यो चित्त हो। यही मनस् हो, किनकि यो मनन गर्छ (मनुते)।यही विज्ञान हो, किनकि उ आफ्नो आलम्बनलाई जान्दछ (आलम्बनं विजानाति)।
चैतसिक
जब कुनै चित्त उत्पन्न हुन्छ, तब स्पर्श वेदना आदि चैतसिक पनि उत्पन्न हुन्छ । चित्तबाट सम्बद्ध भएर उत्पन्न हुनाले, चित्तमा हुने ति स्पर्श वेदना आदि धर्महरुलाई, 'चैतसिक' भनिनन्छ। यहाँ 'चित्त' आधार हो तथा चैतसिक त्यस्मा हुने आधेय हों- यस्तो बुझ्नुहुँदैन। हो, योठीक हो कि पूर्वगामी चित्तको अभावमा चैतसिकहुनसक्तैन, यस स्थितिमा चित्त नहुनाले चैतसिकहरको कृत्य हुँदैन, चित्तबाट सम्बद्ध हुँदा नै त्यो सम्भव छ, अत: चित्तमा हुने स्पर्श वेदना आदि धर्म चैतसिक हो- यस्तो पनि भनिन्छ। यो ठिक पनि हो किनकि स्पर्श वेदना आदि सदा सर्वथा चित्तमा सम्प्रयुक्त हुन्छ। चित्तको बिना चैतसिक आफ्नो आलम्बनहरुलाई ग्रहण गर्न असमर्थ रहन्छ। त्यसकारण चित्त-चैतसिकहरुको साथ-साथै उत्पाद निरोध मानिन्छ तथा साथै समान आलम्बनको ग्रहण एवं समान वस्तु (इन्द्रिय)को आश्रय गर्ने मानिन्छ।
रूप
चित्त चैतसिक मनुष्यको चेतन (अभौतिक) पदार्थ (धर्म) हों, यसलाई बौद्ध परिभाषामा 'अरूप धर्म' या 'नाम धर्म' भनिनन्छ । यि नाम धर्म यद्यपि भौतिक (रूप) धर्महरुको आश्रय गरेर नै उत्पन्न हुन्छ । तथापि ति भौतिक (रूप) धर्महरको संचालन पनि गर्छन । त्यसको अभिप्राय यो हो कि यदि रूप धर्म नभए अरूप (नाम)¬ धर्म पनि हुँदैन । यदि अरूप (नाम) धर्म नभए त रूप धर्म निष्प्रयोजन हुन जान्छ । यद्यपि भगवान बुद्धको प्रधान प्रतिपाद्य निर्वाण थियो र निर्वाण प्राप्तिको लागि कुशल, अकुशल अरूपधर्महरुको विवेचन गर्नु पनि आवश्यक थियो, तथापि रूप धर्महरुको विवेचन को बिना अरूपधर्महरुको विवेचन सम्भव थिएन, फलत: उन्ले २८ प्रकारको भौतिक धर्महरको विवेचन गरे। यस प्रकार मनुष्य जीवनमा यद्यपि अरूपधर्म प्रधान हो, तथापि रूपधर्महरुको पनि अनिवार्यता छ। अत: सबै अभिधर्मशास्त्र रूपहरुको पनि विश्लेषण गरिन्छ ।
पृथ्वी अप् आदि २८ रूपहरु मध्य पृथ्वी अप्, तेजस, वायु वर्ण, गन्ध, रस र ओजस् यि आठ रूप सदा एक साथ रहन्छ। परमाणु, जुन सूक्ष्म पदार्थ मानिनन्छ, उत्यस्मा पनि यि आठ रूप रहन्छ। यिनमध्य पृथ्वी, अप् तेजस् र वायुलाई 'महाभूत' भनिन्छ। किनकि यिन चार रूपहरुको स्वभाव र द्रव्य अन्य रूपहरु भन्दा महान हुन्छ तथा यि नै मूलभूत हुन्छ यि चार महाभूतहरुको आश्रय लिएर नै वर्ण आदि अन्य रूपहरुको अभिव्यक्ति हुन्छ । वर्ण, गन्ध आदि रूपहरुको हामीलाई तब प्रत्यक्ष हुन सक्छ, जबकि यिनको मूलमा संघातरूप महाभूत हुन्छ। जब महाभूतहरुको संघात रहन्छ तब वर्ण गन्ध आदि को पनि प्रत्यक्ष हुन सक्छ ।
मनुष्यको शरीरमा विद्यमान चार महाभूतहरको स्वभावलाईबुझ्नको लागि माटोबाट बनेको मुर्तिलाई उपमाबाट विचार गरिन्छ। एक-एक रूप-समुदाय (कलापमा विद्यमान यि चार महाभूतहरुको प्राकृत चक्षु द्वारा देख्न सकिँदैन, ति परमाणु नामक अत्यन्त सूक्ष्म रूप-समुदाय (कलाप) हुन्छ अनेक रूपहरु (कलापहरु-रूप-समुदायहरु)को संघात हुँदा नै त्यसलाई प्राकृत चक्षु द्वारा हेर्न सकिन्छ । यस प्रकार अनेक रूप-समुदायहरु (कलापहरु)को संघात हुँदा मनुष्यको भौतिक शरीर बन्छ। भौतिक शरीर हुन मनुष्यको पूर्वकृत कर्म (चेतना) मुख्य कारण हुन्छ ।
निर्वाण
चित्त, चैतसिक र रूप धर्महरुको यथार्थ ज्ञान भएपछि निर्वाणको साक्षात्कार गर्न सकिन्छ । यथार्थ ज्ञानको प्राप्ति गर्नको लागि साधना (विपश्यना) गर्नुपर्छ। साधना (विपश्यना) द्वारा जुन ज्ञानलाई प्राप्त गर्छ, त्यो आर्यपुद्गल हो, आर्यपुद्गल नै निर्वाणको साक्षात्कार गर्न सक्छ । जस्को दु:ख र दु:ख को कारण (तृष्णा-समुदय) निवृत्त हुन जान्छ, त्यहि निर्वाणको साक्षात्कार गर्नसक्छ, अत: दु:ख तथा तृष्णाबाट आत्यन्तिकी निवृत्ति नै 'निर्वाण भनिन्छ। यद्यपि निर्वाण दु:खहरुबाट आत्यन्तिकी निवृत्ति मात्र निरोध मात्रलाई भनिन्छ, तथापि त्योभन्न सकिँदैन, किनकि त्यो आर्यजनहरु द्वारा साक्षात गर्ने योग्य छ अर्थात निर्वाण ज्ञानप्राप्त आर्यजनहरको विषय (आलम्बन) हुनाले अभाव भन्न सकिँदैन । वस्तुत: त्यो अत्यन्त सूक्ष्म धर्म हुनाले साधारण जनहरुद्वारा जान्ने एवं भन्ने योग्य नहुनाले पनि त्यो आर्यजनहरुको विषय हुन्छ। यसैले निर्वाणलाई एक परमार्थ धर्म भनिन्छ ।
निर्वाण शान्ति सुख लक्षण वालाहो। यहाँ सुख २ प्रकारको हुन्छ-
१         शान्ति सुख एवं
२        वेदयितसुख।
शान्तिसुख वेदयितसुखको जस्तै अनुभूतियोग्य सुख होईन। कुनै एक विशेष वस्तुको अनुभव न भएर त्यो उपशमसुख मात्र होअर्थात दु:खहरुबाट उपशम हुनै छ । निर्वाणको स्वरूपको विषयमा आजभोली नाना प्रकारको विप्रतिपत्तिहरु छ । केहि मान्छेलाई निर्वाणलाई रूप विशेष एवं नाम विशेष भन्छ। कि नाम-रूपात्मक स्कन्धको भित्र अमृत जस्तै एक नित्यधर्म विद्यमान छ, जुन नामरूपहरकोफ निरुद्ध हुँदा पनि अवशिष्ट रहन्छ, त्यस नित्य, अजर, अमर, अविनाशीको रूपमा विद्यमान रहनु नै निर्वाण हो, जस्तै- अन्य भारतीय दार्शनिकहरको मतमा आत्मा। केहि मान्छेहरुको मत छ कि निर्वाणको अवस्थामा यदि नामरूप धर्म नभए त्यस अवस्थामा सुखको अनुभव पनि कसरी हुन्छ ईत्यादि ।




शील-विमर्श
शील विमर्श को अंतर्गत सामान्यतःआचरण मात्र आउँछ।
प्राणी हिन्साबट बिरत रहनु । चोरी बाट बिरत रहनु । व्यभिचारबाट बिरत रहनु । दुर्वचन वचन कटुवचन झूठो वचन ईत्यादिबाट बिरत रहनु सुरापान धुम्रपानबाट बिरत रहनु । यि नियम सामान्य मानिसले पालन गर्नुपर्ने शील हुन ।
समाधि—विमर्श
समाधि
  • शोभन विषयहरुमा प्रवृत्त राग, द्वेष मोहबाट रहित पवित्र चित्त (कुशल चित्त)को एकाग्रता (निश्चलता)लाई समाधि भनिनन्छ। समाधिको अर्थ समाधान हो । अर्थात् एक आलम्बन (विषय)मा चित्त चैतसिकको बराबर (सम्) तथा राम्रोसित (सम्यक्) प्रतिष्ठित हुनु या राख्नु (आघान) 'समाधन' हो। यसैले जुन तत्त्वको प्रभावबाट एक आलम्बनमा चित्त-चैतसिक बराबर र राम्ररी विक्षिप्त र विप्रकीर्ण नहुँदै स्थित हुन्छ, त्यस तत्वलाई 'समाधि' भनिनन्छ।
  • ऋषि पंतजलिले पनि चित्तको वृत्तियहरको निरोधलाई 'योग'भनेकाछन।
  • व्यासले योगलाई समाधि भनेकाछन ।
  • वृत्तिकारले योगको अर्थ 'समाधान' भनेकाछन्।
  • यस प्रकार बौद्ध र बौद्धेत्तर आचार्यहरुले 'समाधि' शब्दको व्युत्पत्ति समानरूपले गरेकाछन् ।
  • अंगुत्तरनिकायमा शाक्यमुनीबुद्धले समाधिको राम्ररी वर्तमान जीवनमा सुखपूर्वक विहार (दृष्टिधर्म-सुखविहार), दिव्यचक्षु-ज्ञान, स्मृति-सम्प्रज्ञानबाट सम्पन्नता र क्लेश (आस्त्रव) क्षय आदि अनेक गुण भन्नुभएकोछ। यस प्रकार समाधिको अर्थ एकाग्रताबाट धेरै मननीय र गम्भीर सिद्ध हुन्छ।
कर्मस्थान
कर्मस्थान दुई प्रकारको हुन्छ , यथा- शमथ कर्मस्थान र विपश्यना कर्मस्थान। योगी जुन आलम्बनहरुलाई आफ्नो भावनाकृत्यको सम्पन्नताको लागि साधन बनाउँछ, त्यसलाई 'कर्मस्थान' भनिन्छ। पृथ्वी, अप् आदि चालीस प्रकारको साधन 'समाधि' को आलम्बन' (शमथ कर्मस्थान) हो। तथा पंचस्कन्धात्मक नाम-रूप आदि साधन प्रज्ञाको विषय (विपश्यना कर्मस्थान) हो। आनापानस्मृति – बौद्ध साधना श्वास और प्रश्वासलाई अर्थात आएको र गएको साँस हेर्ने पद्दतिलाई 'आनापान' । भनिन्छ । यसलाई नै पातंजल योग-दर्शनमा 'प्राणायाम' भनेकोछ तर केहि फरक छ प्राणायाममा साँको कसरत गरिन्छ । साँसलाई जोडले फाल्ने वा सुस्तरी तान्ने । जस्ती कपाल भाति वा भष्त्रिका । कपाल भातिमा नाकबाट साट्ठ लिएर नाक बाटै जोड लगाएर अलि छीटो  फालिन्छ ।  यो श्वास-प्रश्वास (आनापान) समाधिलाभ को लागि एक उत्कृष्ट साधन हो। यो  ठीक पनि हो, किनकि प्राण नै जीवन हो। प्राण नै समस्त संसारको मूल कारण हो । प्राण बिना प्राणीको जिवित रहनु त असम्भव नै छ ।  जब जीवले जन्म लिन्छ, तब देखि नै श्वास-प्रश्वास प्रक्रिया प्रारम्भ हुन्छ । त्यसकारण बौद्ध र बौद्धेतर हाम्रो योगशास्त्रमा प्राणायाम या आनापानको अत्यधिक महत्त्व प्रतिपादित गरिएकोछ । आनापनबाट त्रास मुक्त पनि हुन सकिन्छ तथा तनावबाट मात्रै नभएर मन सित सम्बन्धित धेरै रोगहरु पनि आफै हराएर जान्छ ।
विशुद्धि र ज्ञान
यहाँ योगी नाम-रूप संस्कार धर्महरको प्रति केवल अनित्य या दु:ख या अनात्मको भावनामात्रले मार्ग एवं फल ज्ञान प्राप्त गर्न सक्दैन, यद्यपि त्यसलाई संस्कार धर्महरको अनित्य, दु:ख एवं अनात्म-यि तीन स्वभावहरु (लक्षणहरु) बाट विपश्यना-भावना गर्नुपर्छ । मार्ग प्राप्तिको पूर्व-क्षणमा यदि संस्कार धर्महरुको अनित्य स्वभावलाई हेरेमा उ मार्ग एवं फल अनिमित्तविमोक्ष भनिन्छ । यदि मार्ग प्राप्तिको पूर्व-क्षणमा संस्कार धर्महरुलाई दु:ख स्वभाव अथवा अनात्म स्वभाव देखेमा उ मार्ग एवं फल अप्रणिहित अथवा शून्यताविमोक्ष भनिन्छ।
भवतु सब्ब मङ्गलम् ।
सन्दर्भ सामग्रि समयबुद्धाबाट



No comments:

Post a Comment