Tuesday, May 23, 2017

मिलिन्द प्रश्न एक संक्षिप्त जानकारी



नागसेन
बौद्ध ग्रन्थहरुको त्रिपिटक अध्ययनमा मिलिन्द प्रश्नको महत्वपूर्ण स्थान रहेकोछ तैपनि मिलिन्द प्रश्न मात्रै पनि अध्ययन गर्नाले लगभग त्रिपिटक नै अध्ययन गरे बराबर हुन जान्छ । यस ग्रन्थलाई अध्ययन गर्दा मिलिन्द नागसेन प्रश्नोत्तर भनेमा पनि अत्युक्ति हुनेथिएन भन्ने लाग्छ तर राजा मिलिन्दलाई प्राथमिकता दिएको अवस्थाले ग्रन्थका रचनाकारले यसरी मिलिन्द प्रश्न नामाकरण गरेको हुन सक्छ भन्ने अनुमान गरिएकोछ ।
नागसेनको जीवनी बारेमा "मिलिन्द प्रश्न मां जे पाईन्छ, उस्लाई यति नै थाहा हुन्छ कि हिमालय-पर्वत को नजिक (पंजाब)मा कजंगल गाँउमा सोनुत्तर ब्राह्मणको घरमा यिनको जन्म भएकोथियो । पिताको घरमा नै हुँदा उनले ब्राह्मण विद्या वेद, व्याकरण आदि सबै अध्ययनगरि पारङ्गत भएकाथिए । उस्को परिचय त्यसबेला वत्तनीय (वर्त्तनीय) स्थानमा बस्ने एक विव्दान भिक्षु रोहण सित भेटभयो,जसले नागसेन बौद्ध-विचारहरु प्रति प्रभावित भए । रोहणको शिष्य भएर यस्को साथमा विजम्भवस्तु भएर हिमालयमा रक्षिततल नामक स्थानमा गए। त्यहिं गुरुले उनलाई त्यस समय चलन अनुसार कंण्ठस्थ गरिएको सबै बौद्ध वाड्मय पढाए सिकाए ।
मिलिन्द (मिनाण्डर)
उत्तर-पश्चिम भारतको 'हिन्दी-यूनानी' राजा 'मनेन्दर' १६५-१३० ई.पू. लगभग ( भारतीय उल्लेखहरुको अनुसार 'मिलिन्द') थियो। उनि प्रथम पश्चिमी राजा थिए जस्ले बौद्ध धर्म माने र बैक्ट्रिया, पंजाब, हिमाचल, जम्मू देखि मथुरा सम्म शासन गरे । मिनान्डर नामक यवन राजाको पनि अनेक सिक्का उत्तर - पश्चिमी भारतमा भेटीएकाछन् ।
मिनान्डरको राजधानी शाकल (सियालकोट) थियो भने कतै कतै सागल नगर भन्ने पनि उल्लेखछ । भारतमा राज्य गर्दै उनि बौद्ध श्रमणहरुको समिप आएर आचार्य नागसेन सित उसले बौद्ध धर्मका दीक्षा लीए। बौद्ध ग्रन्थहरुमा उनको नाम 'मिलिन्द' पाईएकोछ । 'मिलिन्द पञ्ह' नामको पालि ग्रंथमा उस्ले बौद्ध धर्म लाई स्वीकृत गर्ने विवरण दिएकोछ । मिनान्दरलाई शास्त्र चर्चा र छलफल गर्ने बानी थियो, र साधारण पण्डित उ सित सम्बाद गर्न सक्ने त कुरै भएन । यिनै मिनान्दर अपभ्रंश भएर मलिलन्द भएको अवस्था देखिन्छ ।

मिलिन्दको दार्शनिक विचार

भिक्षुहरुले भने- 'नागसेन ! राजा मिलिन्दले वाद विवादमा प्रश्न सोधेर भिक्षु-संघलाई हैरान पारेर र स्यानो देखाउने गर्थ्यो; जाउ तिमीले त्यस घमण्डी राजालाई शासास्त्र गरेर ठीक पार ।"
नागसेन, संघको आदेशलाई स्विकार गरेर सागल नगरको असंख्य नामक परिवेण (मठ)मा पुगे । केहि समय पहिले त्यहाँ ठूला पण्डित आयुपाललाई राजा मिलिन्दले बोल्नै नसक्ने गराई दिएका थिए। नागसेन आईपुगेको समाचार शहरमा फैलीयो । राजा मिलिन्दले आफ्नो एक अमात्य देवमंत्री (जो शायद यूनानी दिमित्री हुन ) सित नागसेन सित भेट्ने इच्छा प्रकट गरे । स्वीकृति पाएर एक दिन "पाँच सय यवनहरुको साथ राम्रो सुन्दर रथमा सवार भएर असंख्य परिवेणमा गए । राजाले नमस्कार र अभिनन्दन गरेपछि प्रश्न शुरू गरे।" यहि प्रश्नहरुको कारण यस ग्रन्थको नाम "मिलिन्द-प्रश्न" भयो ।
यद्यपि उपलव्ध पाली "मिलिन्द पंञ्ह"मा छ: परिच्छेद छन, तर त्यसबाट पहिला तीन मात्रै पुरानो जस्तो लाग्छ; चीनीया भाषामा पनि यि तीन परिच्छेदहरुको अनुवाद पाईन्छ । मिनान्दरले पहिलो दिन मठमा गएर नागसेन सित प्रश्न गरे; दोश्रो दिन उस्ले महलमा निमन्त्रणा गरेर प्रश्न गरे ।
आफ्नो उत्तर मा नागसेनले बुद्धको दर्शनको अनात्मवाद, कर्म या पुनर्जन्म, नाम-रूप (मन र भौतिक तत्व), निर्वाण आदिलाई धेरै विवाद गर्ने प्रयत्न  गरे ।
अनात्मवाद
राजा मिलिन्द सित पहिला बौद्धहरुको अनात्मवाद कै परीक्षा गर्न चाहे। उस्ले सोध्न सूरु गरे ।
प्रथम संवाद
"भन्ते ! तपाईलाई के नामले चिनिनुहुन्छ होला ?"
"
नागसेन... नामले (मलाई) बोलाउँछन ? ...तर यो केवल व्यवहारको लागि संज्ञा मात्रै हो, किनकि यथार्थमा यस्तो कोहि एक पुरुष (आत्मा) छैन ।
"
भंन्ते ! यदि एक पुरुष छैनभने कस्ले तपाईलाई चिवर... भोजन दिन्छ ? कस्ले त्यसलाई उपभोग गर्छ ? कस्ले शील (सदाचार)को रक्षा गर्छ ? कस्ले ध्यान... को अभ्यास गर्छ ? को आर्यमार्ग को फल निर्वाणको साक्षात्कार गर्छ ? ...यदि यस्तो कुरा हो भने त न पाप छ र न पुण्य, न पाप र पुण्य लाई गर्ने छन ।... न पाप र पुण्य... को ...फल हुन्छ? यदि तपाईलाई कसैले मारीदियो भने कसैलाई मार्नु भएन नि।... (अनि) नागसेन के हो ? ...के यो कपाल नागसेन हों ?"
भिक्षु नागसेनः "होईन महाराज!"
राजा मिलिलन्द"यो कपाल नागसेन हों?"
"
होईन महाराज!"
राजा मिलिलन्द "यो टाउको कान चिउँडो, नाक, हात खुट्टा, पेट, ‌ हों ?"
भिक्षु नागसेनः "होईन महाराज"
राजा मिलिलन्द "तब के तपाईको रूप (भौतिक तत्त्व) ...वेदना ...संज्ञा... संस्कार या विज्ञान नागसेन हो ?"
नागसेनः"होईन महाराज!"
राजा मिलिलन्द "...त के... रूप... विज्ञान (पाँचै स्कन्ध) सबै एकै साथ नागसेन हों?"
नागसेनः "होईन महाराज!"
राजा मिलिलन्द "...त के... रूप आदि भन्दा भिन्नै कोहि नागसेन छ ?"
नागसेनः "नहीं महाराज!"
राजा मिलिलन्द "भन्ते! मैले तपाई सित सोध्दा सोध्दा थाकि सकें तर नागसेन के हो । यस्को जानकारी पाउन सकिन। तब के नागसेन केवल शब्दमात्र हो ? आखिर नागसेन हके हो ?"
नागसेनः "महाराज! तपाई सुकोल हुनुहुन्छ सुकुमार हुनुहुन्छ यस्तो घाममा ...के तपाई पैदलै हिंडेर यहाँ आउनुभयो कि कुनै सवारीमा ?"
राजा मिलिलन्द "भन्ते! ... मै रथमा आएँ ।"
नागसेनः "महाराज!... तब मलाई भन्नुहोस कि तपाईको रथ कहाँ छ? के यो गजूर रथ हो?"
राजा मिलिलन्द "होईन!"
"
के यो लगाम रथ हो ?"
राजा मिलिलन्द "होईन भन्ते !"
"
के यो चक्का रथ हों?"
राजा मिलिलन्द "होईन भन्ते!
"के यो रथको पंजर... रस्सि... लगाम... कोर्रा... रथ हो?
"
होईन भन्ते!
"महाराज! के त यि सबै एकै साथ मिसाएर रथ हों ?
"
होईन भन्ते!
"महाराज! के यि सबैको अगाडी कतै रथ छ ?"
"
होईन भन्ते !"
"
महाराज! मैले तपाईंलाई सोध्दै गएँ सोधेरै थाकें, तर मलाई जानकारी भएन कि रथ कहाँ छ? के रथ केवल एक मात्र हो। आखिर यो रथ हो के ? तपाई झूठो बोल्नुहुन्छ कि रथ होईन! महाराज! सबै जम्बूद्वीप (भारत) को तपाई सबैभन्दा ठूला राजा हुनुहुन्छ; भने कोसित डराएर तपाई  झूठ बोल्दै हुनुहुन्छ ?
"
भन्ते नागसेन! मैंले झूठो बोल्दीन। यि सबै सामग्रि रथ को अवयवहरुको आधारमा केवल व्यवहार को लागि 'रथ' यस्तो एक नाम भनिन्छ ।"
"
महाराज! एकदम ठीक भन्नुभयो, तपाईंले थाहापाउनुभयो कि रथ के हो यसै प्रकारले मेरो यो कपाल टाउको नाक हात खुट्टा आदिको आधारमा केवल व्यवहारको लागि 'नागसेन' यस्तो एक नाम बोलाईन्छ । तर, परमार्थमा नागसेन कोहि एक पुरुष विद्यमान छैन।
 भिक्षुणी वज्राले भगवान् समक्ष यसकारण भनेकाथिए-
'
जसरी अवयवहरको आधारमा 'रथ' संज्ञा हुन्छ, त्यस्तै प्रकारले (रूप आदि) स्कंधहरु भएर एक सत्त्व (जीव) मानिन्छ ।
व्दितीय संवाद
"महाराज! 'जान्नु' विज्ञानको चिनारी हो, 'ठीक तरिकाले बुझ्नु' प्रज्ञाको पहिचान हो; र 'जीव' यस्तो कुनै बस्तु होईन।"
भन्ते! यदि जीव कुनै बस्तु होईन भने, त हामीमा त्यो केहो जो आँखाले रूपले देखिन्छ, कानले शब्दहरु सुन्छ, नाकले गंधहरु सूँघछ, जीभ्रोले स्वादलाई चाख्छ, शरीरले स्पर्श गर्छ र मनले धर्मलाई जान्दछ ।"
'महाराज! यदि शरीर भन्दा भिन्नै कुनै जीव छ जो हाम्रो भित्र रहेर आँखाले रूपलाई देख्छ, त आँखा निकाल्नाले ठूलो प्वालबाट त्यसलाई अरु राम्रो संग देखिनुपर्ने थियो । कान काट्नाले त्यो ठूलो प्वालबाट अरु धेरै राम्ररी सुन्नुपर्ने । नाक काटी दिनाले त्यसबाट अरु राम्रो सित सूँघ्नुपर्ने हो । जीभ्रो काटीदिनाले त्यसबाट पनि अरु राम्रो स्वाद लिनुपर्ने थियो र शरीरलाई काटीदिनाले त्यसबाट राम्ररी स्पर्श गर्नु पर्थ्यो नि ।"
"होईन भन्ते! यस्तो कुरा होईन ।"
"महाराज! त हाम्रो भित्र कुनै जीव पनि छैन ।



कर्म या पुनर्जन्म
आत्मालाई नमान्नाले गरिएको असल खराब कर्महरुको जिम्मेवारी तथा त्यस अनुसार परलोकमा दु:ख-सुख भोग्नु कस्तो होला, राजा मिनान्दरले यस्को चर्चा चलाउँदै भने ।
"भन्ते! कस्ले जन्म ग्रहण गर्छ ?"
"
महाराज! नाम (विज्ञान) र रूप..|
"
के यही नाम-रूप जन्म ग्रहण गर्छ ?"
"
महाराज! यही नाम र रूप जन्म ग्रहण गर्दैन । मनुष्य यस नाम र रूपले पाप या पुण्य़ गर्छ, त्यस कर्मलाई गर्नाले अर्को नाम रूप जन्म ग्रहण गर्छ ।"
भन्ते! तब त पहिलो नाम र रूप आफ्नो कर्मबाट मुक्त हुन्छ?"
"
महाराज! यदि फेरि पनि जन्म नगरे, त मुक्त भयो; तर उ फेरि पनि जन्म ग्रहण गर्छ, यसकारण (मुक्त) भएन"
"...
उपमा दिएर बुझाईदिनुस।"
आँपको चोरी
कुनै मान्छेले कुनै आँप चोर्छ । त्यसलाई आँपको मालिकले समातेर राजाको अऊडि लैजान्छ- राजन्! यस्ले मेरो आँप चोर्यो'।
यस प्रकार उ (चोर) यस्तो भन्ला- 'होईन', मैंले यस्को आँप चोरीन । उस्ले जुन आँप रोप्यो)त्यो अर्कै थियो, र मैंले जुन आँप लिएँ त्यो अर्कै हो ।... महाराज! अब भन्नुस कि त्यसले सजाए पाउनुपर्छ कि पर्दैन",
"... सज़ाए पाउनुपर्छ।"
"त्यो किन?"
"भन्ते! त्यो चाहेर यस्तो भनोस, तर पहिला आँप छोडेर अर्कै चोरेकवमा उस्ले ज़रूर सज़ाए पाउनुपर्छ ।"
"महाराज! यसै प्रकार यस नाम र रूपबाट पाप या पुण्य... गर्छ ।
ति कर्मबाट अर्को नाम र रूप जन्मिन्छ । यसैले त्यो आफ्नो कर्मबाट मुक्त भएन।...


आगोको प्रवास
महाराज!... कोहि मान्छे जाड़ोमा आगो जलाएर ताप्छ र त्यसलाई ननिभाई छोड़ेर गए । त्यो आगो अरु मान्छेको खेतलाई आगोले जलाए तब... (समातेर राजा कहाँ लगे त्यो मान्छे बोले-) मैंले यो खेतलाई आगो लगाएको होईन ।... त्यो त अर्कै नै आगो थियो जस्लाई मैले आगो जलाएको थिएँ र त्यो आगो अर्कै हो जसले त्यो खेत जल्यो । मलाई सजाय हुनु अन्याय हो सजाय हुनुहुँदैन।'
...महाराज! उस्लाई सज़ाय हुनुपर्छ कि पर्दैन ?
"... सजाय हुनुपर्छ । किनकि उसैले जलाएको आगो बढेर खेतलाई जलाईदिएकव हो ।...
दीयो ले आगो लाग्नु
महाराज! कोहि मान्छेले दीयो लिएर आफ्नो घरको माथि छतमा गएर भोजन गर्छ । त्यो दीयो बल्दै केहि छेस्कामा लाग्छ त्यो छेस्काले घरमा आगो लागेर त्यो घरको साथै गाउँ भरि आगो लागेर खत्तम पार्छ। गाँउँलेले त्यो मान्छेलाई समातेर भन्छ कप- 'तिमीले गाउँमा किन आगो लगायौ?' अनि उस्ले उत्तर दिन्छ कि- मैले गाउँमा आगो लगाएको होईन ।  त्यो दीयोको आगो अर्कै हो जस्को उज्यालोमा मैले खाना खाएँ  र त्यो आगो त अर्कै हो जुन आगोले गाउँमा आगो लाग्यो ।' यस प्रकार झगडा हुन्छ यदि न्यायको लागि तपाई सित आए के भन्नुहुन्छ ?"
"भंते! गाँउले तिर...।"
"महाराज! यसै प्रकार यद्यपि मृत्युको साथ एक नाम र रूपको लय हुन्छ र जन्मको साथ अर्को नाम र रूप उठ्छ, तैपनि यो पनि उसैबाट हुन्छ । यसैले उ आफ्नो कर्महरुबाट मुक्त हुँदैन ।"


विवाहित केटी
महाराज! कोहि मान्छेले स्यानी एक केटी सित विवाह गरेर कतै टाढा जान्छ । केहि बर्ष पछि उनि जवान हुन्छिन् । तब कोहि अरुले उस्लाई केहि धनको लोभमा वा मायाँ जालमा फँसाएर विवाह गरेर लैजान्छ । पहिलो मान्छे आएर भन्छ कि-
'
तिमीले मेरो श्रीमतीलाई ललाई फकाई किन लग्यौ ? यस्तो प्रश्नमा त्यो पुरुषले यस्तो जवाफ दिन्छ- मैले तिम्री श्रीमतीलाई लगेको छैन किन लग्ने ? त्यो स्यानी केटी अर्कै थिई जो सित तिमीले विहे गर्यौ । यो त तरुनी छे अर्कै हो जसलाई मैले विहे गरेँ । अब यदि दुबै यस प्रकार झगडा गरिरहेर तपाई समक्ष न्याय माग्न आए...
तब तपाईले कता तिर न्याय दिनुहुन्छ ?
"...
पहिलो मान्छे तिर ।...(किनकि ) त्यहि केटी बढेर तरुनी भई ।"
अन्य विचार
"भंते! जे उत्पन्न छ त्यो त्यहि व्यक्ति हो कि अर्कै ?"
"न त्यहि र न अर्को नै।...
प्रथम
जब तपाई बच्चा हुनुहुन्थ्यो र खाटमा उत्तानो मात्रै हुन सक्नु हुन्थ्यो , के अब अब तपाई यति ठूलो भैसक्दा पनि त्यहि बच्चा हो ?"
"होईन भन्ते! अब म अर्कै भैसकेकोछु।"
"
महाराज! यदि तपाई त्यहि बच्चा होईन भने,  अब तपाईको कोहि आमा पनि छैन वुवा पवि छैन र गुरु पनि छैन... किनकि तब त गर्भको भिन्न-भिन्न अवस्थाहरुको पनि भिन्न-भिन्न आमाहरु भयो । ठूलो हुँदा आमा पनि भिन्नै हुन्छ । शिल्प सीक्ने विद्यार्थी अरु पनि सीकेर तयार भएपछि अर्को हुन्छ । अपराध गर्ने अर्को हुन्छ र (उस्कोलागि) हात खुट्टा कसैको काटीए ।"
"
भंते!... तपाई यस्ले के देखाउन चाहनुहुन्छ ?"
"
महाराज! म बचपनमा अर्कै थिएँ र यसवेला ठूलो भएर अर्कै भएकोछु तैपनि त्यो सबै भिन्न-भिन्न अवस्थाहरु यसशरीरमा ने घटीट हुनाले एकैमा लिईन्छ ।...
व्दितीय
यदि कोहि मान्छेले दियो जलाएर राखे त्यो रातभरी जलि रहन्छ नि ?"
"...
हो रात भरी जलिरहन्छ ।"
"
महाराज! रातको पहिलो प्रहरमा जुन दीयोको उज्यालो थियो । के त्यो त्यहि दीयो हो कि अर्कै या तेश्रो प्रहरमा दीयो जलिरहन्छ ?"
"
होईन, भन्ते!"
"
महाराज! तब के त्यो दीयो पहिलो प्रहरमा अर्को, दोश्रो मा अर्कै तश्रो प्रहरमा अर्कै दीयो हुन्छ ?"
"
होईन भन्ते! त्यहि दीयो रातभरी जलिरहन्छ ।"
"
महाराज! ठीक यसै प्रकारले कुनै वस्तु को अस्तित्वको सिलसिलामा एक अवस्था उत्पन्न हुन्छ, एक लय हुन्छ- र यस प्रकार प्रवाह जारी रहन्छ । एक प्रवाहको दुई अवस्था या धेरै अवस्थामा एक क्षणको पनि अन्तर हुँदैन; किनकि एकको लयहुन्छ अर्को उत्पन्न हुन्छ ।यसै प्रकारले अर्कोको न (त्यहि)  जीव हो न अर्को नै हुन्छ । एक जन्मको अन्तिम विज्ञान (चेतना)को लय हुँदै नै अर्को जन्मको प्रथम विज्ञान उठ्छ ।]


"भन्ते! जब एक नाम-रूपबाट असल या खराब कर्म गरिन्छ, तब ति कर्म कहाँ रहन्छ ?"
"
महाराज! कहिल्यै पनि  पीछा नछोड्ने छायाँ जस्तै ति कर्म त्यस्को पीछा गरिरहन्छ ।"
"
भन्ते! के ति कर्म देखाउन सकिन्छ (कि) त्यो यहाँ रहोस ?"
"
महाराज! ति यस प्रकार देखाउन सकिँदैन ।... के कुनै रुखको ति फलहरुलाई देखाउन सकिन्छ जुन अहिले लगाईएको छैन...?
नाम र रूप
बुद्ध ले विश्वको मूल तत्वलाई विज्ञान (नाम) र भौतिक तत्व (रूप)मा बिभाजन गर्नुभएकोछ, यस्को बारेमा मिनान्दरले प्रश्न गरे -
"भन् ते! ....नाम के चीज हो र रूप के चीज हो ?"
"महाराज ! जति स्थूल चीज़हरु छन्, सबै रूप हुन, र जति सूक्ष्म मानसिक धर्म छन्, सबै नाम हुन ।..... दुबै एक अर्काको आश्रित छन्, एक अर्को बिना रहन सक्तैन । दुबै सँधै साथ नै रहन्छन्। ...यदि कुकखुराको पेटमा (बीज रूपमा) बच्चा नभए त अण्डा पनि हुन सक्तैन; किनकि बच्चा र अण्डा दुबै एक अर्को प्रति आश्रित छन्। दुबै एकैसाथ रहन्छ । यो (सदा देखि)... हादै आएकोछ ।..."
निर्वाण
मिनान्दरले निर्वाणको बारेमा प्रश्न गर्छन्
"भन्ते! के निरोध हुनु नै निर्वाण हो ?"
"
हो, महाराज! निरोध (बन्द) हुनु नै निर्वाण हो ।.... सबै...अज्ञानी.... विषयहरुको उपभोगमा लागिरहन्छन्, त्यहि समयमा आनन्द लिन्छन्, त्यसैमा डूबिरहन्छन। ति त्यसैको धारामा रहिरहन्छन, पटक पटक जन्म लिँदै, बूढ़ो हुँदै, मर्दै, शोक गर्दै, रुँदै कराउँदै, दुःख, बेचैनी र समस्याग्रस्त बाट नहटेर। (त्यो) दुःख नै दुःखमा रहिरहन्छ ।
महाराज! तैपनि ज्ञानी....विषयहरुको भोग (उपादान)मा लागिरहँदैन । यस्ले तिनको तृष्णाको निरोध हुन जान्छ । उपादानको निरोधबाट भव (आवागमन) को निरोध हुन्छ । भवको निरोधबाट जन्मनु बन्द हुनजान्छ।... (अनि) बूढ़ो हुनु, मर्नु...सबै दुःख बन्द (निरुद्ध) हुनजान्छ ।
महाराज! यस प्रकारह निरोध हुनु नै निर्वाण हो ।... [12]
...(
बुद्ध) कहाँ छ?"
"
महाराज! भगवान् परम निर्वाण  प्राप्त हुनुभयो, जसपछि उहाँको व्यक्तित्वलाई बनाईराख्नको लागि केहिपनि रहन्न...।"
"
भंते! उपमा दिएर सम्झाईदिनुहोस ।"
"
महाराज! केभएर निभ्यो आगोको लप्का देखाउन सकिन्छ...?
"
सकिन्न भन्ते ! त्यो लप्का त निभ्यो ।"
भन्ते नागसेनले आफ्नो प्रश्नोत्तरहरुले बुद्धको दर्शनमा कुनै कुरा जोडेका छैनन, तैपनि उनले त्यसलाई कति सफा गरे यो माथिको उद्धरणबाट स्पष्ट हुन्छ । यहाँ हामीले योपनि स्मरण राख्नुपर्छ कि नागसेनको आफ्नो जन्म हिन्दी यूनानी साम्राज्य र सभ्यताको केन्द्र स्यालकोट (सागल) को नजिक भएकोथियो र भारतीय ज्ञानको साथै यूनानी ज्ञानको पनि परिचय राख्नाले नै उ मिनान्दर जस्तो तार्किकको समाधान गर्न सकेका हुन । मिनान्दर र नागसेनको यो सम्वाद इतिहासको त्यस विस्तृत घटनाको एक नमूना हो, जसमा हिन्दी र यूनानी प्रतिभाहरु मिलेर भारत लगाएत यस क्षेत्रमा नयाँ विचार-धाराहरुको आरम्भ गरिरहेको थियो ।
भवतु सब्ब मङ्गलम् 


No comments:

Post a Comment