Saturday, August 25, 2018

आजको परिस्थितिमा आत्म सुरक्षा जरूरी छ कि करुणा र मैत्री ?



भगवान बुद्धले  ‘ करुणा ’ लाई नै धर्मको ‘इति’ भन्नुभएकोछ । ‘करुणा’ को अर्थ दुखी मनुष्यहरु प्रति दया गर्नेहो । भगवान बुद्धले अरु अघि बढेर ‘ मैत्री’ को शिक्षा दिनुभएकोछ । ‘मैत्री’ को अर्थ है प्राणी मात्र को प्रति दया । जुन समय भगवान बुद्ध श्रावस्तीमा विराजमान हुनुहुन्थ्यो , त्यस समयमा आफ्नो एक प्रवचनमा यो कुरा राम्रो सित स्पष्ट गर्नुभएकोथियो ।
मैत्रीको बारेमा उपदेश दिनुहुँदै भिक्षुहरुलाई भन्नुभयो -
“मान एकजना मान्छे पृथ्वी खन्न आउँछ , त के पृथ्वी उस्को विरोध गर्छ ?”
भिक्षुहरुले उत्तर दियो – “ भगवान ! गर्दैन !”
“मान  एक एकजना मान्छे लाख र अर्को रंङ्ग लिएर आकासमा चित्र बनाउन चाहन्छ के बनाउन सक्ला ?”
“सक्तैन”भगवान ।
“किन सक्तैन ? “ भिक्षुले भने – “किनकि आकाशको रंङ्ग कालो छैन ।”
“त्यसै प्रकारले तिम्रो मनमा केहि पनि कालो हुनुहुँदैन , जो कि तिम्रो राग द्धेषको परिणाम हो ।”
“मान  एकजना मान्छे  जल्दै गरेको मशाल लिएर नदीमा आगो लगाउन आउँछ के यस्ले आगो लगाउन सक्छ ?”
“ भगवान ! सक्तैन | ”
“किन? “ भिक्षु ले भने – “किनकि नदीमा आगो लाग्ने गुण  छैन ।”
आफ्नो प्रवचन सामाप्त गर्दै तथागतले भन्नुभयो – “भिक्षुहरु ! जसरी पृथ्वी आघात अनुभव गर्दैन र विरोध गर्दैन ,जसरी हावामा कुनै प्रकारको प्रतिक्रिया हुँदैन , जसरी नदीको पानी आगोबाट अप्रभवित भएर बगिरहन्छ ; त्यसैप्रकार भिक्षुहरु ! यदि तिम्रो कसैले अपमान गरिहालेमा , यदि तिमीलाई कुनै अन्याय पनि गर्योभने आफ्नो विरोधिहरु प्रति मैत्री भाव कायम राख ।”
“ भिक्षुहरु ! मैत्रीको धारालाई जहिलेपनि प्रवाहित गरिरहनुपर्छ । तिम्रो मन पृथवीको जस्तै दृढ , वायुको जस्तो स्वच्छ होस र नदीको जस्तै गम्भीर होस । यदि तिमी मैत्रीको अभ्यास राख्छौ भने कसैलेपनि तिमीसित जस्तोसुकै अप्रतिकर व्यवहार गरोस , तिम्रो चित्त विचिलित हुँदैन र तिम्रो विरोधीहरु थाक्छन् ।”
“तिम्रो मैत्री विशवको जस्तै व्यापक हुनुपर्छ र तिम्रो भावनाहरु असीम हुनुपर्छ जस्मा द्धेषको लेशमात्र पनि ठाउँ नहोस ।”
“ मेरो धर्मको अनुसार करुणा नै पर्याप्त होईन , मान्छेमा मैत्री हुनुपर्छ ।”
“भिक्षुहरु ! कुनैपनि पुण्य कर्म मैत्री भावनाको सोह्रौं भागको पनि बराबर छैन । मैत्री जो कि चित्तको विमुक्ति हो , ति सबैलाई आफ्नो अन्तर्गत लिन्छ –त्यो प्रकाशमान हुन्छ , त्यो प्रदीप्त हुन्छ त्यो प्रज्जवलित हुन्छ ।”
“यसै प्रकार हे भिक्षुहरु ! जसरी सबै ताराहरुको प्रकाश मिलेर पनि एक्लो चद्रमाको सोह्रौं भाग बराबर छैन , चन्द्रमाको प्रकाश प्रकाशमान हुन्छ , प्रदीप्त हुन्छ , प्रज्जव्लित हुन्छ । यसै प्रकार भिक्षुहरु ! कुनैपनि पुण्य कर्म मैत्री भावनाको सोह्रौं भागको बराबर छैन । मैत्री जो कि चित्तको विमुक्ति हो , ति सबैलाई आफ्नो अन्तर्गत लिन्छ – त्यो प्रकाशमान हुन्छ , त्यो प्रदीप्त हुन्छ त्यो प्रज्जवलित हुन्छ ।”
“ भिक्षुहरु ! जसरी वर्षा ऋतुको समाप्तिमा स्वच्छ , अन्ध्र आकाशमा उदाउने सूर्य , तमाम अन्धकारलाई विकीर्ण गरिदिन्छ , त्यो प्रकाशमान हुन्छ , प्रदीप्त हुन्छ , प्रज्जव्लित हुन्छ ; र जसरी रात्रीको समाप्तिमा उज्यालोको तारा प्रज्जवलित हुन्छ ; ठीक त्यस्तै प्रकार कुनैपनि पुण्य कर्म मैत्री भावनाको सोह्रौं भाग बराबर हुन सक्तैन । मैत्री जो कि चित्तको विमुक्ति हो , ति सबैलाई आफ्नो अन्तर्गत लिन्छ – त्यो प्रकाशमान हुन्छ , त्यो प्रदीप्त हुन्छ त्यो प्रज्जवलित हुन्छ ।”

साभार स्रोत : भगवान बुद्ध र उहाँ धर्म – लेखक : बोधिसत्व डां भीमराव रामजी अम्बेडकर
यस बौद्ध सन्देशबाट हामीलाई के शिक्षा पाईन्छ - सबैमा करुणा र दया गर्ने त्यसमापनि जसले मलाई मार्न आउला | यसमा मेरो सबै बहुजनहरु सित प्रश्न छ कि के यो ठिक हो  ? के यसो गर्नुको कुनै कारण छैन जस्को कारण धम्मको पतन भयो? धम्म विरोधी प्रायः भन्ने गर्छन धम्मले देशलाई कमजोर गरिदियो जसलाई ठिक गर्नको लागि बौद्ध धम्मको विरोधमा प्रतिक्रांति भयो, जस्मा शुंग वंश प्रति क्रांति प्रमुख हो |
धम्म का वास्तविक मकसद क्या होता है? ये वो निति होती है जो अपने मानने वालों की सुरक्षा तय करती एक प्रश्न छ यदि हामी सुरक्षित छैनौ भने र मारीदिए बौद्ध धम्मको ज्ञान के गर्ने ?
यस सन्देशमा पनि एक कुरालाई बुझ्नुपर्ने हुन्छ कि बुद्धले करुणा र मैत्रीलाई इति भनेकाछन मतलब अन्तिम भनेकाछन | जब सबै बौद्ध भए यि तबको स्तिथिमा लागू छ अहिले होईन, अहिले त बौद्धहरुको सुरक्षा नै सर्वोपरि हो|
समयबुद्धाको यस विषयमा भनाई छ कि
“बौद्ध संस्कृतिमा हामी ‘हात्तीलाई धेरै प्रकारको राजनैतिक एवम् धार्मिक चिन्हको रूपमा प्रयोग यसकारण गर्छन् कि हाम्रो हिंसा जंगलमा हात्तीको हिंसाको सामान हो । जसरी हात्ती मासाहारी जनावर जस्तै गरेर हिंसा गर्दैन तर जब उस्लाई जिस्क्यायोभने त्यो यति हिंसात्मक हुन्छ कि सबै तहस नहस गर्छ । त्यसै प्रकार यस क्षेत्रको  बहुजन या बौद्ध पनि त्यस्तैहो धेरै सहन्छ  बिना कारण अरुलाई कुनै हिँसा गर्दैन । जब अति हुन्छ तब बौद्धहरु एक भएर क्रान्तीमा उत्रन्छ हात्ती हिँसामा जस्तै बुझ्नुपर्ने कुरा यहि छ कि उस्ले हिंसा गर्ने आवश्यक यसकारण पर्दैन किनकि यस्को शक्तिको बारेमा सबैलाई थाहाछ । त्यस्तै हो अहिलेको बौद्धहरु प्रति गरिने व्यवहारहरु,यो कुरा हरिणमा लागु हुँदैन । त्यसैले कसैले ठीक भनेकोछ कि यदि शान्ति चाहिए  युद्धको लागि तयार रहुनु|”

भवतु सब्ब मङ्गलम् ।

No comments:

Post a Comment