परम पूज्य गुरुदेव श्री गोयन्काज्यूको महाप्रयाण 90 वर्षको अवस्थामा आईतबार, दि. 29 सितंबर 2013 को राती 10:40 बजे घरमा (मुंबईमा) शांतिपूर्वक भयो । अन्तिम समयसम्म उहाँ पूर्णतया सक्रिय, सजग, सचेत एवं शांत रहनुभयो । जीवनको अंतिम दिन पनि उहाँ दिनचर्या बिना कुनै कठिनाईको पूर्ववत रह्यो।
यस महीनामा पनि अनेकहरु पूज्य
गुरुदेव सित भेट्न आए र उहाँसित धर्मचर्चा गरे। केहि प्रमुख साधकहरुको अतिरिक्त बर्माका
धार्मिक एवं सांस्कृतिक मंत्रालयका उपमंत्री श्री ऊ सो विन (U Soe Win) तथा उन्का साथै चार बरमी भिक्षु आएकाथिए। पूज्य गुरुदेवको
सान्निध्यमा 'ग्लोबल विपस्सना फाउंडेशन ट्रस्टको
बैठक भयो। महाराष्ट्रको होमगार्ड डी.जी. श्री सुरिंदर कुमार सिंह (आई.पी.एस.) आएर
भेटे र अमेरिकाका डॉ. सुखदेव सोनी पनि।
उनिहरुले आफ्नो लेखन सम्बन्धि कैयौं
महत्त्वपूर्ण कार्य पनि गरे। आफ्नो डायरिहरुमा लेखिएका हिंदी र राजस्थानी का 500-500भन्दा धेरै अप्रकाशित दोहा को ५नौट गराएर त्यसमा संशोधन गराए र यसलाई दोहाको
पुस्तकको आगामी संस्करणमा जोड़ने निर्देशन दिनुभयो ।
पू. गुरुदेवको निवास स्थानमा 29 सितंबरको विहान सम्म पछिल्लो दस दिन देखि पुत्रवधू नयनाको तर्फबाट
नित्य संघदानको आयोजन चलिरहेकोथियो, जस्मा माताजी आफ्नो हातैले संघदान गर्नुहुन्थ्यो। यस बीच कैयौंपटक
पू. गुरुदेव पनि भिक्षुहरु सित भेट्नुभयो र साधक भिक्षुहरुलाई मंगल मैत्री प्रदान
गर्नुभयो । 29 सितंबरमा विहान नाश्ता को समय पू.
गुरुदेवले श्रीप्रकाश सित पगोडाको काम-काजको बारेमा सोध्नुभयो तब उन्ले भने कि आज आईतबार
हो, म त्यहाँ गैरहेकोछु सबैकुरा फर्केर
भन्छु ।
दिउँसोको भोजन गर्नुहुँदै पू.
गुरुदेवले आफू सित बस्नुभएको पू. माताजी, पुत्र श्यामबिहारी एवं श्रीप्रकाशलाई सम्बोधन गर्दै भन्नुभयो 'आज मैंले डॉक्टरहरुलाई छुट्टी दिएँ' त्यसवेला उहाँको यो भनाईलाई कसैलाई गंभीर लागेन । तैपनि आज विहानै देखि
यस्तो लाग्यो जस्तै कि उहाँले निश्चय गर्नुभयो कि आज शरीर छोड़नुछ । त्यसैले धेरै
अंतर्मुखी रहनुभयो । राती जब उहाँको शरीर सदाको लागि उपचार-मुक्त भयो, तब पू. गुरुदेवको त्यसभनाई, पूर्व संकेतको रूप मा सबैले बुझ्यो ।
साँझ चियापान पछि समाचार-पत्रहरुको
आवश्यक शीर्षक पढ़े। तत्पश्चात कोठामा कुर्सीमा बसेर ध्यान गरियो। राती 9 बजे पछि भोजनको लागि आउनुभयो । भोजन पछि धेरै समय उहाँ श्रीप्रकाश
सित नित्य दिनभरिको समाचार सोध्नुहुन्थ्यो र विपश्यना या केंद्रहरु सम्बन्धि
कुराहरुमा पनि चर्चागर्नुहन्थ्यो । तर आज कुनै कुरा गर्नुभएन र सोझै कोठामा
जानुभयो । कोठामा केहि समय बस्नुभयो अनि
बिछौनामा पल्टिने भन्नुभयोपल्टिएको केहि समय पछि शरीर छोड़ने क्रिया आरंभ भयो। केहि
समय सांसको गति तिब्रभयो । तब पूज्यनीय माताजीले पुत्र श्रीप्रकाश र पुत्रवधू नयनालाई
वोलाउनुभयो । उनिहरु आउने बित्तिकै डॉक्टरहरुलाई वोलाए यसै बिल्डिगका डॉक्टरले
आउने बित्तिकै एंबुलेन्स बोलाउने आदेश दिए र अस्पतालमा आवश्यक तयारी गर्न पनि भने ।
तर पारिवारिक डॉक्टर आउँदा सम्म स्थिति कमजोर भैसकेको थियो । उन्ले संकेत दिए कि
अब एंबुलेन्सको कुनै काम छैन । जबसम्म एंबुलेन्स यहां आईपुग्ला, हामी यहाँलाई त्यसमा राख्न पाउनेछैनौ। र साँच्चै नै थोरै समयमानै
उनिहरुले जांचेर भने कि यहाँको हृदयगति बन्द भैसक्यो । तर पू. गुरुदेवको अनुहारमा पीड़ाको
कुनै भाव या चिह्न थिएन ।
जुन प्रकार जीवनभरि उहाँले विपश्यना
विद्या द्वारा मान्छेहरुलाई जीवन जीउने र मर्ने कला सीक्ने उपदेश दिनुभयो बिल्कुल त्यसै प्रकार एक आदर्श गृही संत झैं सदाको लागि शरीर त्याग्नुभयो
। त्यस वातावरणमा गहन शांति छाएको थियो । कसैलाई विश्वास नै भैरहेको थिएन कि अब उहाँ
अब सदाको लागि संसार छोड़ेर जानुभएकोछ। कसैको अनुहारबाट रोदन या दुःखको एक शब्द पनि
फुटेन । यसभन्दा पहिला जब कहिले उहाँलाई धेरै कठिनाई हुन्थ्यो तब पूज्यनीय माताजी प्रायः
अश्रुमुख हुनुहन्थ्यो । तर आज माताजीको मनःस्थिति अत्यंत शांत, समतामय र प्रेरणादायक थियो।
उहाँलाई देखेर साँच्चै लाग्यो कि
धर्म कति महान छ र यस्तो अवस्थामा कसरी काम गर्छ । फेरि त एक-दुई जनालाई भन्ने
बित्तिकै पूरै मुंबई शहर त के विश्वभरिमा यो समाचार दावानल जस्तै सर्वत्र फैलियो। राती मै
मान्छेहरुको फोन तथा आउने जानेहरुको तांति लाग्यो । परिवारका केहि सदस्य विदेशमा
थियो । तिनिहरुलाई आईपुग्न 24 घंण्टा भन्दा
धेरै समय लाग्नु स्वाभाविकै थियो ।
अतः निर्णय गरियो कि 30 सितंबरमा उहाँको शरीर कांचको स्वयं-शीतल पेटीमा घरैमा राखिनेछ 1 अक्टूबरका दिन दिउँस सम्म अंत्येष्टि क्रिया संपन्न हुनेछ । हजारौंको
भीड़ दिन भरि आउँदै गर्यो र श्रद्धांजलि दिंदै अघि बढदै गरे। राती 10 बजे पनि चार-पांच सयजना घरको छत बाहिर सड़कमा लाईनमा उभिरहे। जो भित्र
आएका थिए तिनमा टाढाबाट आएकाहरु र केहि जना तल भएको पंडालमा रातभरि रहे। शेषलाई
बिहान आउने निवेदन गर्नुपर्यो ।
1 अक्टूबर बिहान 6 बजे देखिनै फेरि श्रद्धालुहरु आउनथाले । 10:15 बजे सम्म दर्शनार्थिहरुको लामो लाईन लागिरह्यो। सवा दस बजे उहँको
पार्थिव शरीर तल बनाईएको पंडालमा लगियो त्यहाँ पनि 11:30 बजे सम्म मान्छेहरु लाम लागेर श्रद्धाञ्जली दिंदै गए।
महाराष्ट्र सरकारले राजकीय सम्मानको
साथ पू. गुरुदेवलाई विदाई दिने निर्णय घोषणा गरेका थिए । तदनुसार सरकारले विशेष पहिरहनका
साथ शस्त्र-सज्जित एक पुलिस-दस्ता पठाए जस्ले पू. गुरुदेवको पार्थिव शरीरलाई
राष्ट्रीय ध्वजले ढाकेर बैण्ड-बाजा, बिगुल र तलवार तथा बंदूकबाट सलामी दिएर सम्मान प्रदर्शित गरे।
यह पुलिस-दस्ता अंत्येष्टि-गृह तक
पू. गुरुदेवको शोभायात्राको साथ गए, र अंत्येष्टि-क्रियाको अंतमा पुनः बंदूकहरुको सलामी दिए ।
सरकारले ठूलो संख्यामा पुलिसको
व्यवस्था गरिएको थियो । केहि स्वयं-सेवी संस्थाहरु मिलेर 5-6 किलोमीटर टाढा अंत्येष्टि-गृह सम्म जाने बाटो सरल बनायो। केहि
भिक्षु वाहनको अघि गैरहेका थिए, जबकि हजारौंको
भीड़ लामबद्ध, शांतभावले ओशिवारा, जोगेश्वरी (पश्चिम)को विद्युत-अंत्येष्टि-गृह सम्म अंतिम विदाई दिनको
लागि उहाँको पछि पछि लाग्दै गरे। पुलिस-दस्ताले राष्ट्रीय सम्मान दिनको लागि ल्यँईएको
राष्ट्रीय झण्डा पूज्य गुरुदेवको सम्झनालाई चिरकाल सम्म जीवित राख्नको लागि परिवारलाई
सुम्पिदिए ।
1 अक्टूबरको साँझ उहाँको अस्थि-कलश जब
'ग्लोबल विपश्यना पगोडा'' पुग्यो । त्यस समय पगोडाको मुख्य द्वारको नजिक गाड़ी रोकिने
बित्तिकै वर्षा सुरु भयो, मानो पर्जन्यदेव तथा अन्य सम्यक देव
उहाँको स्वागतगर्नको लागि पहिले देखि नै तयार थियो ।
2 अक्टूबरको साँझ 4 देखि 7 बजे सम्म नातेदार आफन्ट्टहरु र
परिचितहरुको बैठक जलाराम हॉल, जुहू स्कीममा बोलाईएकोथियो।
त्यहाँ पनि सैकड़ोंहरुले पू. गुरुदेवलाई अंतिम श्रद्धांजलि अर्पित गरे । 2 अक्टूबरमा समाचार पत्रहरुमा यो सूचना प्रकाशित गराईएको थियो कि 6 अक्टूबरमा गोराईको पगोडाको मुख्य साधना-कक्षमा सामूहिक साधना राखियो
। यसमा सहभागि हुनको लागि साधकहरु टाढा टाढाबाट पनि आएकाथिए।
साधना-कक्षको मध्य भागमा सदा झैं
पूज्य माताजी बस्नुभयो र नजिकै पूज्य गुरुदेवको फोटोको अगाडी अस्थि-कलश राखीयो।
लगभग पांच हजार साधकहरुको अतिरिक्त अन्य हजारौं श्रद्धालुहरुले पनि आफ्नो श्रद्धांजलि
अर्पित गरे। तत्पश्चात अस्थि-कलश बर्मा लगियो ।
पू. गुरुदेवको इच्छा थियो कि उहाँको
अवशेषलाई उहाँको जन्मभूमि बर्मा लगेर इरावदी नदीमा विसर्जित गरियोस त्यसैले 6 अक्टूबर राती पू. गुरुदेवको पांच पुत्रहरु श्री बनवारीलाल, श्री मुरारीलाल, श्री श्यामबिहारी, श्री श्रीप्रकाश, श्री जयप्रकाश
एवं उनका तीन नातीहरु तथा केहि अन्य सदस्यहरुले अस्थि-कलश लिएर बर्माको लागि
प्रस्थान गरे। सबैभन्दा जेठा छोरा श्री गिरधारीलालजी अस्वस्थ हुनाले बर्मा जान
सकेनन तर यहाँ मुंबईको सबै कार्यक्रमहरुमा नियमित रूपले उपस्थित थिए।
7 अक्टूबरमा लगभग 1:30 बजे विमान मुंबईबाट बैंकाकको लागि प्रस्थान भयो। बैंकाक बिमानस्थलमा
अढाई घंण्टा पछि यांगों {(रंगून) (बर्मा या आधुनिक नाम
म्यंमा)} को लागि विमान बदल्नु थियो ।
थाईलैंडमा विपश्यनाका ९ केंद्र हुनाले
श्रद्धालुहरुको संख्या धेरै थियो। तिनिहरु सबैले मिलेर बिमानस्थलमाको अधिकारिहरु र
सरकारको सहयोगले लाउंज मै दुई कोठा बुक गराएर, श्रद्धांजलि अर्पण गर्ने कार्यक्रम बनाईयो । अधिकारिहरुको सहयोगले
लगभग 20जनालाई विमानको द्वार सम्मगएर अस्थि-कलश लिएर ओर्लनेहरुको भव्य स्वागत
गरियो ।
यिनिहरु भिसा लिन चाहन्थे तर
अधिकारिहरुले पासपोर्ट आफू सित राखेर यिनिहरुलाई बाहिर लाउंजमा जाने स्वीकृति दियो। त्यहाँ पहिले देखिनै पू. गुरुदेवको
फोटो र सेतो कमलको फूलहरुले सजाईएको मंचमा अस्थि-कलश राखीयो। रातभरि वर्षा भएर पनि, सैकड़ों संख्यामा साधकहरु भेला भएका थिएनिहरुले एक घंण्टा सम्म
स्यानो स्यानो समूहमा पालै पालो श्री गोयन्काजीलाई अंतिम श्रद्धांजलि अर्पित गरेर
स्वयंलाई धन्य माने।
एक विशेष कुरा को संयोग यो भयो कि
रात भरि भैरहेको वर्षा, यस विमान धरतीमा टेक्ने बित्तिकै
पानी पर्न बन्द भयो राहत को साँस लियो एक किसिमको चमत्कारै भयो ।
7 अक्टूबर बिहान बिमान स्थलमा पनि
अस्थि-कलशको भव्य स्वागत गरियो। अस्थि-कलशलाई एक सुसज्जित वाहन मा राखेर विपश्यनाको
प्रथम केंद्र धम्म-जोति लगियो । बर्मामा विपश्यनाको बीस केंद्र ठुलो संख्यामा
श्रद्धालु छन्। सबैजना बड़ो आतुरताले अस्थि-कलशको प्रतीक्षा गरिरहेका थिए । त्यहाँ
हलमा पहिले देखिनै सुसज्जित एक मंचमा अस्थि-कलश राखीयो र लामबद्धभएर साधक
श्रद्धांजलि अर्पित गरिरहे।
7 अक्टूबर मा 2:27 बजे म्यंमामा भूकंप (रेक्टर 3.1) को कम्पन महसूस गरियो । बुद्ध पुरुषहरु धर्तिमा अवतरण हुँदा र
धर्तिबाट बिदा हुँदा भुकमप जाने गरेको त्रिपितकमा पनिउल्लेख गरिएको पाईन्छ ।यसलाई
पू. गुरुदेव श्री गोयन्काजीको जन्मभूमि म्यंमा (बरमामा प्रकृति द्वारा उहाँको
आखिरी स्वागतको संकेत मानियो। पूज्य गुरुदेव जब जून 1969मा बर्माबाट भारत आउनुभएको थियो तब भारतमा पनि हलका भूकम्प महसूस गरिएको
थियो ।
8 अक्टूबरमा बिहान 9 बजे बर्माको गोयन्का-निवासमा 90 भिक्षुहरुलाई संघदान दिईयो। तत्पश्चात दिउँस 11 बजे अस्थि-कलशलाई धम्म-जोतिबाट लिएर सबैजना बोटठाऊं जेट्टीमा गए
त्यहाँ विशेष नौका (मोटर-बोट) द्वारा यांगो नदी (इरावदी)को मध्यमा गएर पूज्य
गुरुदेवको छोराहरु र नातीहरुले अस्थिको केहि भाग भाग विसर्जन गरे ।
संयोगवश त्यहि समयमा बरमी सरकारले 56 कैदिहरुलाई पनि जेलबाट मुक्त गरिदिएका थिए । अस्थि-कलश फर्काएर धम्म-जोतिमा
राखियो । त्यसै दिन साँझ 3 देखि 5 बजे सम्म होटल रॉयल पार्कको बॉलरूममा एक बैठक रखी गयी, जिसमें बरमा में रहने वाले सगे-संबंधी, परिचित-मित्र तथा अन्य श्रद्धालुजन आकर अपनी श्रद्धांजलि अर्पित भयो
।
9 अक्टूबरको बिहान धम्म जोतिबाट
अस्थि-कलश लिएर विमान द्वारा यांगो बाट मचीनाको लागि प्रस्थान भयो। तयहाँ ओर्लेर
मचीनाको इरावदी (जहां बाट नदी आरंभ हुन्छ) मा अस्थिहरुको केहि भाग विसर्जित गरियो
। यि सबैलाई अस्थि-कलश लिएर त्यहि दिन मांडले फर्किनुथियो । त्यसैलेट्ट्यस
बिमानफर्कने वेला सम्म लगभग अढाई घण्टा पर्खनुपर्यो, जबकि तालिका अनुसार त्यसलाई आधे घण्टामा फर्कनुपर्नेथियो ।
यस विमानबाट यिनिहरु मांडले फर्के र
कलशलाई विपश्यना केंद्र - धम्म मण्डलमा राखीयो ताकि श्रद्धालुहरु आफ्नो
श्रद्धांजलि अर्पित गर्न पावस। साँझ बर्माको प्रसिद्ध भिक्षु भदंत ञाणीसारजी
(सितगू सयाडो)ले अर्को दिनको पूरा कार्यक्रम निश्चित गरेर सबैलाई बुझाए
मांडले राज्यको मुख्यमंत्री र बर्मी
सरकारको धार्मिक एवं सांस्कृतिक मंत्रालयको मंत्री तथा मांडलेको पुलिस कमिश्नर साँझै
त्यहाँ पुगेर सबै कारय्क्रमलाई अवलोकन गरेर समर्थन गरेनले आफ्नो अधिकारिहरुलाई
आदरणीय भंतेजीको इच्छानुसार काम गर्ने निर्देशन दिए ।
10 अक्टूबर बिहान 9 बजे आदरणीय भिक्षुहरुको लागि संघदानको आयोजन थियो। भोजन पस्कनु
भन्दा अघि सुत्त-पाठ पछि भदंत ञाणीसारजीले पूज्य गुरुदेवको बारेमा बर्मी भाषामा
विस्तृत प्रवचन दिए । (यसका अनुवाद भएपछि भविष्यमा प्रकाशित गरिनेछ।) त्यसपछि ठूलो
संख्यामा एकत्र भएका सबै आगंतुकहरुलाई भोजन दिईयो ।
तत्पश्चात यात्रा आरंभ हुनुभन्दा पहिला
भदंत ञाणीसारजीले सबै भिक्षुहरुलाई निर्देश दिए कि ति निम्न पालिपदको पाठ यात्राको
आरंभ देखि अंत सम्म लगातार गर्दैरहनु, जस्को अर्थ तल दिए अनुसार हो —
"अनिच्चावत सङ्खारा, उप्पादवयधम्मिनो।
उप्पज्जित्वा निरुज्झन्ति, तेसंवूपसमोसुखो॥"
(दीघनिकाय 2.221, महापरिनिब्बानसुत्तं)
[ साँच्चै! सबै संस्कार अनित्य नै हो।
उत्पन्न हुने सबै स्थितिहरु, वस्तु, व्यक्ति अनित्य नै हो । उत्पन्न हुनु र नष्ट हुनु, यो त यस्को धर्म नै हो, स्वभाव नै हो। विपश्यना साधनाको अभ्यास द्वारा उत्पन्न भएर निरुद्ध
हुने यस प्रपंच को जब पूर्णतया उपशमन हुन्छ - पुनः उत्पन्न हुने क्रम समाप्त हुन्छ, त्यसैको नाम परम सुख हो, त्यहि निर्वाण-सुख हो। ]
यस प्रकार दिउँस पछि शाही साजसामान र
सम्मानको साथ शोभा यात्रा प्रारंभ भयो । सुनौलो रंगको हाँसको आकृति मा बनेको विशेष
वाहनमा अस्थि-कलश राखीयो । त्यस्को पछि गोयन्का परिवारको गाड़िहरु हिंड्यो । त्यस्को
पछि पछि भिक्षु-भिक्षुणिहरु र विपश्यनाको आचार्यगण । त्यस पछि मीडिया र अंतमा
जनसामान्यको गाड़िहरु थियो ।
कार्यक्रम निश्चित गर्दा समय केवल 69 गाड़िहरु उपस्थित थियो तर यात्रा आरंभ हुँदा सम्म लगभग 300 गाड़िहरु भयो । लगभग डेढ़-दरई घण्टाको यो यात्रा इरावदीको पमादी
जेट्टी तटमा पुग्यो। तटमा पांच विशेष सजीएको ठूलो नौकाहरु (मोटर-बोट)को व्यवस्था
गरिएको थियो। एकमा अस्थि-कलशको साथ परिवारका र विपश्यनाका आचार्यगण सवार अर्कोमार केवल भिक्षुहरु, तेर्स्रोमा केवल भिक्षुणिहरु, चौथोमा मीडियामा पत्रकारहरु र पांचौमा अन्य साधक-साधिकाहरु सवार भएर
नदीको मध्य भागमा अस्थि-विसर्जनको लागि गए ।
विसर्जनको वेला सम्म अँधेरो हुन
लागेको थियो । त्यस दिन दिउँस 12 बजे देखि साँझ 7 बजे सम्म सरकारले अन्य सबै नौकाहरु-जहाजहरु त्यस क्षेत्रमा आउनरोकिदिएको
थियो । सबै नौकाहरुले चारैतिरबाट घूमेर गोलाकार आकृति बनायो र सबैले एक साथ एक
हजार तैरिने मोमबत्ती दीयो जलाएर नदीमा प्रवाहित गरे। यो भव्य दृष्य साँझको अँधेरोमा
र भव्य भयो जबकि रंगीन कवर लागेको दीप नदीको धारामा हल्लिंदै फैलियो, मानो देवलोकको देवगण
प्रसन्न भएर झूम्न थालेका हुन। अनेक प्रकारको पताका गरियो कि जल-तलबाट आकास सम्म
अद्भुत दृश्य उपस्थित भैरहेको भान हुन्थ्यो ।
यसको अंतमा भदंत ञाणीसारजीले भने कि
ऐसा भव्य स्वागत आजसम्म कसैको भएको छैन र न कसैको यस्तो विदाई नै भयो न त हुने
सम्भावना नै छ। भदंत ञाणीसारजीले यो पनि भने कि 1969 मा ऊ गोयन्काको माध्यमले इरावदी को तटबाट जुन धर्मगंगा भारत गएको
थियो त्यहि अस्थि-कलशको रुपमा2013 मा फर्केर आएर
यसैमा विलिलन भयो। फेरि पनि धर्मप्रसारणको कार्य विश्व भरिमा चलिरहन्छ । राती यि
सबैजना मांडले मै रहे ।
11 अक्टूबर बिहान गोयन्का परिवारका विमान द्वारा मांडलेबाट
रंगून फर्के र त्यहि दिन साँझ विमानबाट बैंकक हुँदै हुए राती लगभग 2 बजे मुंबई आफ्नो घर पुगे । 12 अक्टूबर बिहान भिक्षुहरुलाई आमंत्रित गरेर संघदान दिईयोय इस अवसरमा
परिवारका सबै सदस्य एवं आफन्त नाताहरु उपस्थित थिए । सबै संघदानमा सम्मिलित भएर
धेरै प्रशन्न भए ।
संघदानको आयोजन 13 मा पनि राखीयो । यस प्रकार विपश्यना द्वारा विश्वलाई शुद्ध धर्मको
अनुभूति गराउने गृही संतलाई भावभीनी श्रद्धांजलिको साथ अंतिम विदाई दिईयो ।
हार्दिक
श्रद्धाञ्जली गुरुदेव !
पूज्य गुरुदेव अपनी भौतिक काया से
भले ही हमसे दूर हो गये हों, परंतु उनकी
धर्मभूत काया, उनकी वाणी, उनकी दिव्य धरोहर सदैव हमारे साथ रहेगी। अब यह हमारा कर्तव्य है कि
इस अनमोल विद्या को अपने जीवन का अंग बनायें और अधिक से अधिक लोगों को धर्मलाभ ले
सकने में सहायक बनें ।
धर्म धारण करेंगे तो आपसी सौहार्द
बना रहेगा और अपने साथ-साथ अन्य अनेकों के मंगल-कल्याण में भी सहायक बनेंगे। सब
लोग मिल कर पूरे विश्व में पूज्य गुरुदेव के धर्म-प्रसारण के लक्ष्य को पूरा करें, तभी सही माने में उनके प्रति हमारी सच्ची श्रद्धांजलि होगी। तभी हम
सब का सच्चा मंगल सधेगा और सही माने में धर्म हमारा कल्याण करेगा।
भवतु सब्ब मंगलं!
कृतज्ञता ज्ञापन
विपश्यनाचार्य श्री सत्यनारायणजी
गोयन्का के देहावसान पर आपका संवेदना संदेश प्राप्त हुआ। सब को अलग-अलग पत्र लिख
पाना संभव नहीं होने के कारण इस पत्रिका के माध्यम से आप सब का आभार व्यक्त करते
हैं। अपने अंतर्मन को निर्मल करके शुद्ध धर्म को धारण करने की उन्होंने जो अनमोल 'विपश्यना' विद्या सिखायी है उसके नियमित, निरंतर अभ्यास में ही सब का मंगल कल्याण समाया हुआ है और यही करणीय
है।
एक बार पुनः धन्यवाद देते हुए, मंगल कामनाओं सहित,
इलायचीदेवी गोयन्का
एवं समस्त गोयन्का परिवार