Monday, April 13, 2015

प्रेमले दुःख हुन्छ




भगवान बुद्धको पालामा विशाखा आफ्ना सबै सन्तान प्रति उतिकै प्रेम थियो । तर एउटी नातिनी प्रति भने विशेष प्रेम थियो । त्यसैले उनलाई भिक्षुसंघको सेवा टहल गर्ने काम सुम्पेकि थिईन । एक दिन त्यहि नातिनी अचानक र्मत्य भयो । श्रोतापन्न अवस्थामा पुगिसकेकि भ्एपनि आफ्नी प्यारी नातिनीको बिछोडले विशाखाको निकै शोक मग्न तथा दुखि भईन । आफ्नो दुखको सन्ताप सहन नसकि एक दिन उनी भिजेको केश सहित मध्यान्न समयमै भगवान कहाँ गईन । भगवान समक्ष आफ्नी नातिनीको र्मत्युको कारण निकै सन्ताप भएको कुरा बिन्ती गरिन ।
अनि भगवानले विशाखालाई सोध्नुभयो विशाखा, के तिमी यस श्रावस्तमिा जति मानिसहरु छन उति पुत्रहरु नाती नातिनीहरु चाहान्छौ ?
विशाखाले जवाफ दिईन चाहन्छु भगवान ।
यस श्रावस्तीमा दिनका दिन कति मान्छे मर्छन ?
भगवान नमर्ने त कुनै दिन हुँदैन ।
विशाखा, त्यसो भए तिमी हरेक दिन यस्तै भिजेको कपाल र भिजेको लुगा लगाउँछौ छ ?
विशाखाले कुरा बुझीन । जति बढी प्ररेम हुन्छ उति नै बढी शोक र दुःख हुन्छ किन भने मृत्यु ध्रुव सत्य हो ।
अनि भगवानले विशाखालाई फेरि सम्झाउनु भयो जस्लाई जति प्रेम हुन्छ उस्लाई उति नै दुःख हुन्छ । जस्लाई प्रेम५ैन उस्लाई दुःख पनि छैन शोक पनि छैन र उनि शोक सन्तापबाट टाढा हुन्छ ।
प्रेमले गर्दा शोक उत्पन्न हुन्छ । प्रेमले गर्दा भय उत्पन्न हुन्छ । प्रेमबा६ मुक्त हुनेलाई शोक हुँदैन भने भय कहााबाट हुन्छ ?
प्ररेमले गर्दा नै यव् लोकमा मानिसहरुलाई शोक, विलाप आदि अनेक रुपमा दूःख हुन्छन् । प्रेम नभए ति केहि हुँदैन ।
जस्को यो लोकमा कसै सित प्रेम हुँदैन, उनिहरु सोह िकारणले शोक रहित भई सुखि रहन्छन । त्यसैले राग रुपी रजबाट मुक्त भई वीत शोकी हुन चाहनेले यो लोकमा कसैसित प्रेम नगर्नु ।
भगवानको उपदेश विशाखालाई ठूलो सान्त्वना प्राप्तभयो ।
तसर्थ धम्मपदमा यसरी गाथा भनिएकोछ ।
तस्मा पिय‌म् न कयिराथ पिया पायो हि पापको ।
गन्था तेसम् न विज्जन्ति, येसम् नत्थि पियाप्पियम् ।।
धम्मपद २११
अर्थः यस कारण कसैलाई प्रिय नबनाउ किनकि प्रियको वियोगले दुःख हुन्छ।
जस्को कोहि प्रिय अप्रिय हुँदैन यस्को केहि बन्धन हुँदैन ।
पियतो जायति सोको,पियतो जायति भयम् ।
पियतो विप्पमुत्तस्स, नत्थि सोको कुतो भयम् ।।
धम्मपद २११
अर्थः प्रिय वस्तुले शोक उत्पन्न हुन्छ, प्रियबाट भय उत्पन्न हुन्छ । प्रियको बन्धनबाट मुक्त व्यक्तिलाई शोक हुँदैन अनि भय कहाँबाट हुन्छ ।
वास्तव मै यस सन्सारमा मान्छेले जे प्रति प्रेममा आशक्त भयो त्यस्को बिछोडमा उ उति नै शोक सन्तप्त र दुखि हुन्छ । धनमा लिप्त मान्छे अलिकति पनि धनबाट मुक्त हुन सक्दैन । जुन वस्तुमा मान्छे बढी लिप्तहुन्छ उ बिना दुखि भैरहन्छ । तसर्थ भगवान बुद्धले देखाउनु भएको धर्म मानिसलाई पूर्ण रुपमा दुःख मुक्त हुने शिक्षा हो ।
सन्दर्भ सामग्रिः भगवान बुद्ध र देव ब्रम्हाहरु तथा धम्मपद ।

कुशल कर्म र अकुशल कर्मको फल





भगवान बुद्धको समयमा कोशल राज्यको ठूलो महत्व थियो । यस राज्यका राजा प्रसेनजित अत्यन्त शक्तिशाली राजा थिए । अग्रमहिषी रानी मल्लिका थिईन् । यिनि श्रावस्तिका एक साधारण मालाकारकि छोरी थिईन । तिनि हरेकदिन दिउँसोको खाजाको लागि तीनवटा रोटी फूलको टोकरीमा राखी उद्यानमा फूल टिप्न जान्थिन । १६ बर्षकि भएको बेला एक दिन उद्यान तर्फ गईरहँदा भगवान बुद्धलाई भिक्षुसँघ सहित भिक्षाटनको लागि जाँदै गरेको देखिन । बुद्धलाई देखेर अपार श्रद्धा जाग्यो र आफूले ल्याएको रोटी र फूल बुद्धलाई दान गिन । बुद्धले ति रोटी एक ठाउँमा बसेर खानुभयो । यसरी श्रद्धा र प्रितिले गदगद् भएकि मल्लिकालाई त्यहाँबाट घोडाबाट उद्यान तर्फ जान लागेको राजा प्रसेनजितले देखे । मल्लिका सुन्दरी थिईन प्रफुल्ल अनुहार देखेर राजा प्रभावित भयो र उनलाई घोडामा राखेर लगेर दरबारमा विधिवत अग्रमहिषि बनाएकाथिए । मल्लिकाले प्रसन्न चित्तले बुद्धलाई दान गरेको फल तुरुन्तै फल प्राप्त गरिन । राजा प्रसेनजितले मल्लिकालाई साह्रै मायाँ गर्थ्यो । म्ल्लिकाले पनि मनको कुरा निर्भिक भएर राजालाई भन्ने गर्थिन । एक दिन राजाले मल्ल्लिकालाई आफूलाई कतिको प्रेम गर्दि रहिछ भनेर प्रश्न गर्यो मल्लिका, तिमीलाई आफू भन्दा प्यारो अरु कवहि छ? मल्लिकाले तुरुन्त जवाफ फर्काईन महाराज यो सद्दसारमा आफू भन्दा प्यारो कोहि छैन । उनले पनि राजालाई त्यस्तै प्रश्न गरिन राजाले पनि त्यस्तै जवाफ दियो ।
यो शाश्वत सत्यहो हो कि वास्तवमा हरेकले आफूलाई भन्दा बढी कसैलाई प्रेम गर्दैन । अरुलाई प्रेम गर्छु भन्नु पनि आफ्नै सुखको लागि हो । आफूले प्रेम गरेको व्यक्तिले आफ्नो ईच्छा अनुसार काम गरेन भने त्यो सारा प्रेम क्षणभरमै विलाएर जान्छ । आमा बुवाले बच्चालाई प्रेम गर्नु पनि त्यहि हो आफ्नो मनको सुखको लागि प्रेम गर्छ । राजा प्रसेनजित मल्लिकाकव जवाफ सुनेर बुद्धकहाँ गयो र उनिहरको आपसि कुरा सबै बुद्धलाई सुनाए । भगवानले पनि त्यस कुराको समर्थन गर्नुभयो । वास्तवमा सबै दिशातिर चित्त फैलाई हेरेतापनि आफूभन्दा प्रियतर कवहि पाईनेछन । जसरी एकलाई आफू प्यारो लाग्छ उस्तै अरुलाई आफू नै प्यारो लाग्छ भन्ने बुझि आफ्नो हित चाहनेले अर्कालाई पनि आफू समान सम्झि हिँसा र पिडा नगर्नू । भगवानको वाणी सुनेर राजा सन्तसष्ट भयो ।
मल्लिकाले एक पटक राजा प्रसेनजितलाई जीवनको एक ठूलो दुर्घटनाबाट बचाएर उपकार गरेकि थिईन । उनिले राजालाई मात्रै होईन अनेक निरीह प्राणहरुको ज्यान बचाएर सबैको आशिर्वाद प्राप्त गरेकिथिईन । राजा प्रसेनजित भगवान बुद्ध प्रति श्रद्धा राख्ने भएतापनि धर्मको अभ्यास पाको भैसकेको थिएन । राजाले क्षणिक सुकको लागि निरीह जनतालाई दुख दिन पछि पर्दैन थ्यो । उनि साह्रै कामातु व्यक्त थिए । दरबारमा आफ्नै रानीहरु भएतापनि अन्यु सुन्दर महिलाहरु देख्ना साथ कामवासनाले उत्तेजित भैहाल्थे । एक पटक एकजनाको सुन्दरी श्रीमती देखेर कामातुर भयो र लोग्ने चाहिँलाई मार्ने षडयन्त्र गर्यो तर त्यस्को ज्यान त बच्यो राजाको कामवासना देखेर छटपटीयो । राजाले पनि भयानक सपना देखेर आत्तिन्छ र ठूलो आवाज सुन्छ । त्यो सपना विचार गर्न ब्राम्हणहरलाई बवलाएर सोध्छ तिनिहरुले आफ्नो स्वार्थ पूर्ति गर्न राजालाई ज्यानको खतराछ त्यो खतराबाट मुक्त हुन एक ठूलो यज्ञ गर्नुपर्छ भन्ने सल्लाह दिए । राजाले सल्लाह मानेर थुप्रै पशहरुलाई वली दिन जम्मा गरे । भयभित पशुहर चिच्याउन कराउन थालेको थियो । मल्लिकाले यस्तो आवाज सुनेर राजा मृत्युको भयले अक्रान्त भएको बुझि ति सबै प्राणीहरु प्रति करुणाभाव राखि यस्तो सल्लाह दिइन् । महाराज! कुनै प्राणीलाई मारेर कुनै प्राणीको जीवन बचेको कुरा तपाईले कहिल्यै देख्नु भएकोछ ? ति मूर्ख ब्राह्मणहरको कुरा सुनेर किन यतिका प्राणीहरुलाई दुःख दिनुहुन्छ? मनुष्यका शास्ता सर्वज्ञ बुद्ध बिहारमा बस्नुभएकोछ । वहाँ सित सोधेर त्यस अनुसार गर्दा राम्रो हुन्छ । राजाले रानीको कुरा स्विकार गरेर भगवान बुद्ध समक्ष गएर बिन्ति गरे । भगवानले राजाको सपनाको कुरा सुनेर ज्यानमा कुनै खतरा नभएको भन्नुभयो । भगवानको कुरा सुनेर राजाको मनमा भय बिस्तारै हटेर गयो । अनि वलि दिन बाँधेर राखेका प्राणीहरुलाई मुक्त गरिदिए । मल्लिकादेवीको कारणले ठुलो दुश्कर्मबाट बच्यो र अन्य प्राणीहरुको पनि प्राण बच्यो ।
अकशुल कर्मले मानिसलाई असर पार्छ । जबसम्म सद्धर्मको मार्ग फल प्राप्त हुँदैन  तब सम्म कुनैपनि व्यक्ति अपायतर्फ लाग्ने अकुशलकर्मबाट सुरक्षा प्राप्त हुँदैन । उस्ले जतिसुकै पुण्यकर्म गरेतापनि परिस्थितिअनुकुल हुनासाथ अकुशल चित्तले आफ्नो शक्ति देखाईहाल्छ । एक दिन राजाको दरवारमा महारानी मल्लिकादेवीकव जीवनमा यस्तै एक घटना भयो जस्ले गर्दा उन्को मृत्युपछि नर्क तर्फ गईन ।
उक दिन महरानी मल्लिकादेवी स्नानागारमा नुहाईरहेकि थिईन नग्न भएर । खुट्टा धुन अगाडी निहुरिँदा दरबारमा पाली राखेको ठूलो एक कुकूरले देखेर अचानक पछाडीबाट कामभोऊ गर्न थाल्यो तर मल्लिका देवी प्रतिकृया नगरेर यौन स्पर्शको रस स्वादन गरेरिरहिन । सँयोगवस राजा प्रसेनजितले झ्यालबाट त्यो दृष्य देखे र अचम्म माने । कस्ति कुलाँगार्नी रहिछे ककुकूर सित पो सम्भोग गराई भनेर क्रोधित भयो । रानी नुहाईसकेर कवठामा आईन । राजाले रिसाएर रानीलाई गाली गर्यो चण्डाल्नी तैले कुकूरसित सँसर्ग गरिस् ?
रानीले पनि तूरुन्त आफूलाई बचाउन झूठो बोलिन अहँ होईन महाराज ! मैले त्यस्तो केहि गरेकोछैन ।राजाले भन्यो अझै होईन भन्छेस मेरो आँखा झुठो भयो देखेको ?  आफ्नो गर्तिलाई लुकाउन झूठो बोल्दै भनिन यो कोठा यस्तै छ हजूर यहाँ बाट हेर्दा त्यहाँ फरक दृष्य देखिन्छ । नपत्याए हजूर यता जानुहोस मैले यहाँ बाट हेर्छु । राजाले त्यसै गरे नुहाउने कोठामा गएर फर्क्यो । रानीले भनिन महाराज तपाईले त्यहाँ बाख्रि सित कामभोग गर्नुभयो होईन ? राजाले भन्यो अहँ होईन मैले त्यस्तो केहि गरेकोछैन । मल्लिकाले भनिन् तपाईले भनेर म पत्याउँछु मैले आफैले देखेकि हुँ । राजा भ्रममा पर्यो र सोँच्यो होला त्यस्तै दृष्य देखिन्छ । रानीको कुरा विश्वास गरेर चुप लाग्यो । तर मल्लिकालाई आफूले गरेको दुष्कर्मले पश्चातापमा परिन । उनको मनमा बारम्बार चिन्ता हुन थाल्यो राजा मूर्ख भएकोले मैले सजिलै छक्याएँ राजालाई झूठ बोलेर दोषारोपण गरेँ । अहो मैले ठूलो अपराध गरेँ । यस्तै चिन्तै चिन्ताले मरिन र नरकमा उत्पन्न भईन र सातदिनसम्म महाताप दुःख भोगिन ।
यस प्रकार कुशल कर्म र अकुशल कर्मको फल भोग गर्नुपर्ने कुरा बुद्ध दर्शनमा अध्ययन गर्न पाईन्छ ।
भवतु सब्ब मङ्गङ्लम् !
 सन्दर्भ सामग्रिः भगवान बुद्ध र देव ब्रम्हाहरुः बोधिबज्र बज्राचार्य

सम्बेदना



हामीले वा मैले बुझ्दै आएको शव्द सम्बेदनाको अर्थ कसैको घरमा कोहि मृत्यु भयो भने दुःख व्यक्त गरिने शव्द हो सम्बेदना । वास्तवमा २५सय बर्ष अगाडी वेदना सम्बेदना शव्द फरक अर्थ लाग्थ्यो । बुद्धकालिन अवस्थामा वेदना अनुभूतिलाई भनिन्थ्यो । वेदना सुखद पनि हुन्छ र दुखद पनि । त्यसबेलाको भाषामा सुखद अनुभूतिलाई सुखवेदना र दुःख अनुभूतिलाई दुखवेदना र असुखद अदुखदलाई, असुख अदुख वेदना भनिन्थ्यो । तर आजभोली वेदना शव्द केवल दुखद अनुभूतिको अर्थमा वेदनामा सिमित भएको पाईन्छ । त्यसैले वेदना शव्दको ठाउँमा सम्बेदना शव्दको प्रयोग सुरु भएको पाईन्छ ।
विपश्यना साधनाको सन्दर्भमा सुखद वेदना ,दुखद वेदना, हाम्रो शरीरमा विविध गतिविधीहरु भैरहन्छ जुन सुखद र दुखद हुन्छ । अर्को सुक्ष्म र स्थुल हुन्छ । स्थुल वेदनालाई हामी अनुभूति गर्न सक्छौ तर सुक्ष्मलाई हामी अनुभूति गर्न सक्दैनौ । वातावरणमा समय समयमा बिभिन्न प्रकारको हावा चलिरहन्छ कहिले पूर्व दिशाबाट कहिले दक्षिण दिशाबाट । कहिले तातो कहिले शितल त कहिले धूलोयुक्त कहिले धुलो बिहिन कहिले सुगन्धित कहिले सुगन्ध बिहिन कहिले शान्त त कहिले भयम्कर हावाले उत्पात मच्चाउँछ तर स्थीर रहँदैन केहि समय पछि मन्थर हुन्छ यो त सबैले थाहा पाउँदै आएको कुरा हो । उदाहरणको लागि कोहि प्रिय व्यक्तिको मृत्युमा परिवारजन दुखि भएर रुन थाल्छ रुँदा रुँदा बेहोसै हुन्छ वा उस्को पनि मृत्यु हुन्छ । जस्तै मुमताजको मृत्युमा शाहजहाँ भन्ने राजा शोक विव्हल भएर रुँदा रुदा मृत्यु भएको थियो रे । एक दिन रुन्छ दुई दिन रुन्छ रुँदा रुँदा वा निदाउँछ वा बेहोसै हुन्छ फेरि जाग्छ फेरि सम्झेर रुन थाल्छ । यो सबै अनाहक हुन्छ जब प्रज्ञाले मूल्याङ्कन गर्छ । सज्ञाले मूल्याङ्कन गरे आफ्नो प्रियको दुखद निधन भयो त मन पोल्यो मनमा अशान्त भयो अनि रुने सहारा लियो । अनि देख्नेहरु भन्छ कति प्रेम गर्दो रहेछ । जब कोहि रोएन तब खास खुस हुन्छ कस्तो निर्दयि रहेछ आफ्नो घनिष्ठको मृत्युमा पनि रोएन मायाँ नै गर्दैन रैछ । रुने कति दिन रुने के रोएर कोहि फर्केकोछ ?
कुनै बस स्टेशनमा वा हवाई स्टेशनमा वा होटलमा यात्रुहरु आउँछन जान्छन् सबैजना स्थायी रुपले रहन्नन केहि दिन रहन्छन त्यसपछि फर्कन्छन । त्यस आउने जानेक्रममा बिभिन्न प्रकारका मान्छेहर हुन्छन अग्लो होँचो मो टो दुब्लो त कोहि शान्त स्वभावको कोहि झगरालु स्वभावको तथा कवहि सुन्दर सुन्दरी त कोहि कुरुप पनि हुन्छन त्यस्ल् स्थल कुनै प्रभावित हुँदैन । मान्छे आउँछन जान्छन थरि थरिका । त्यस्तै हाम्रो शरीरमा बिभिन्न प्रकारको सम्बेदनाहरु आईरहन्छ र गैरहन्छ । कुनै सम्वेदना केहि वेर सम्म रहन्छ केहि तुरुन्त आउँछ तुरुन्त जान्छ स्थायी सम्म कोहि कुनै वेदना रहँदैन तर हामी त्यसबाट हामी प्रभावित भैरहन्छौ प्रतिकृया गरिरहन्छौ । मन पर्ने खालको भएमा रागको प्रतिकृया गर्छौ मन नपर्ने खालको भएमा व्देषको प्रतिकृया गर्छौ जुन स्वफूर्त भैरहेको हुन्छ । यस्तो किन हुन्छ त किनकि हाम्रो भित्रको सज्ञाले त्यस्को मूल्यान्कन गर्छ र गलत मूल्यान्कन गर्छ केहिलाई सुखद केहिलाई दुखद । सुखद भयो अथवा कुनै घटना शरीरको प्रतिकर भए फेरि फेरि होस भन्ने चाहना हुन्छ । अप्रितिकर भए फेरि फेरि नहोस भन्ने हुन्छ तत्काल भएको अप्रतिकर घटनालाई व्देष सिर्जना हुन्छ । उदाहरणको लागि लामखुट्टेको डसाई बेहोसी अवस्थामा पनि अप्रितिकर हुन्छ र हातले पंतिकृया गरिहाल्छ । यहि सज्ञाकोन्कन स्थानलाई प्रज्ञाले लियो भने गलत मूल्यान हुँदैन अनि सबै सम्बेदनाको मूल्यान्कनको सहि मूल्यान्कन हुन थाल्छ जुन अनुभूतिहरुको स्तरमा तिनकै गुण धर्म स्वभावलाई जानेर ज्ञानपूर्वक हुन्छ । तब राग व्देषको प्रतिकृया हुन बन्द हुन्छ ।अर्थात प्रज्ञा व्दारा राग र व्देषलाई मध्यम स्थानमा राख्यो भने दुखद र सुखदलाई केहि मान्दैन कनकि सबै स्थायी छैन हुँदैन भनेर बुझ्दछ । त जुन अनित्य छ जुन अनात्म छ प्रकृति अनुसार छ त्यस प्रति गरिएको राग या व्देषको प्रतिकृया  दुःखद नै हो । प्रज्ञाको यहि मूल्यान्कन सत्य मूल्यान्कन हो । यहि त विपश्यना हो यहि त चित्त विशवधनी धर्म गङ्गा हो ।
 हाम्रो मन पनि त्यस्तै हो । तरिका तरिकाको बिभिन्न प्रकारको भावनाहरु बगिरहन्छ । एकान्त छ आफ्नो अगि पछि वरिपरि देखिने वस्तु केहि कोहि छैन तर मनको स्टेशन वा धर्मशालामा आउने र जानेक्रम त जारी नै छ नि । क्षण क्षणमा हाम्रो शरीरले प्रतिकृया गरिरहन्छ तर सज्ञाले मूल्याङ्कन गरे प्रतिकर र अप्रितिकरको गलत मूल्यान गरेर राग र व्देष सिर्जना गरिदिन्छ । तर त्यहि विचार घटनालाई प्रज्ञाले काम गर्न थाले सही मूल्याङ्कन गरेर अनित्य सम्झेर वास्ता गर्दैन र कल्याण हुन्छ । यसैमा सकारात्मक र नकारात्मक सोँच हुन जान्छ । नकारात्मक भयो अप्रतिकर भयो व्देष उत्पन्न हुन्छ जस्ले क्रोध सिर्जना हुनसक्छ । रागले प्रभावित गर्यो भनेपनि मन लोभ वा वासनाले ग्रस्त हुनसक्छ । उदाहरणको लागि कुनै सुन्दर फुल देख्दा वा कुनै सुन्दर पुरुष महिलाले दख्दा वा कुनै सुन्दरी महिला पुरुषले देख्दाको अवस्थालाई दुई किसिमले सज्ञा व्दारा वा प्रज्ञा व्दारा मूल्यान्कन हुन्छ । सज्ञाले मूल्याङ्कन गरे राग वा व्देषले ग्रस्त हुन्छ । प्रज्ञाबाट प्रभावित भए कल्याण हुन्छ ।
मान्छेको शरीरका अङ्गहरु यसै मूल्याङ्कन व्दारा नै चलायमान हुन्छ । यहि हो सम्बेदना केहि नकेहि भैरहने केहि न केहि भैरहने प्रतिकृया।
भवतु सब्ब मङ्गलम् ।