Sunday, May 13, 2012

आचार्य सत्यनारायण गोयन्का ( प्रवचनबाट)


 
बुद्धिविलास धर्म होईन

चिन्तन मनन् द्वारा धर्मकव सैद्धान्तिक जानकारी लिएर मात्रै हाम्रो वास्तविक लाभ हुन सक्तैन । यव जानेर मात्रै कि लड्डु पेंडा मिठो हुन्छ भनेर हाम्रो मुख मीठो हुंदैन त्यसकव लागि त खानै पर्छ । केवलयो जानेर मात्रै हुंदैन कि दुध शरीरलाई पौष्टीक हुन्छ हाम्रो शरीर पुष्ट हुंदैन त्यसकोलागि त दुध पिउनै पर्छ । जान्नु र बुझ्नु हाम्रो कल्याणको पहिलो खु८्किलो हो । तर केवल जानेर बुझेर मात्रै रोकियौं र कार्यान्वयन गरिएन भने यस्तो जान्नु र बुझ्नु व्यर्थैछ । कोरा बुद्धिविलासकोरा दिमागि व्यायाम भयो र यहि त हामी गर्छौं । धार्मिक र दार्शनिक सिद्धान्तहरुको छलफल वादविवाद चर्चा परिचर्चा खण्डन मण्डन तर्क बितर्क सम्जने सम्जाउने पढने पढाउने लेख्ने लेखाउने बोल्ने बताउन मै हामी जीवन व्यतित गर्छौं । र दुर्भाग्य त यो हो कि यसैमा हामीले जीवन सफल मान्छैं ।  अचम्मकव सन्तोष छ हामिलाई आफ्नो धर्म जिज्ञासा पूरा गर्नमा तथा बौद्धिक स्तरमा जानेको त्यस धर्म ज्ञान रसीलो भाषामा व्यक्त गर्ने क्षमता प्राप्त गर्दैमा । यस आत्म सन्तुष्टी लाईनै हामिले जीवनकव अन्तिम लक्ष्य मानेकाछौं । साँच्चै कस्तो आकर्षणछ यो मृगजाल जस्मा हामी यति सजिलै सित फस्छौं जसरी माकुरवको जालवमा झिंगा फस्छ र अनि यो बन्धनलाई नै आभुष० मानेर गर्व अनुभव गर्छौं । 
धर्म आदर्श जीवनका आधारबाट हिन्दिबाट अनुवाद साभार


ने सं ११३२ बछलागा अष्टमी
२०६९ बैशाख ३१ःसुर्खेत


सुर्खेत विपश्यना केन्द्र प्रस्तावितको आयोजनामा  र१० दिवशीय विपश्यना शिविर आज बिहान सम्पन्न भएकोछ । उक्त शिविरमा १८ जना पुरुष र महिला ९ जना समेत २७ जना साधक साधिकाहरु रहेको थियो । यस शिविरलाई आचार्य भिमवरसिंह थापाले संचालन गर्नुभएको थियो ।शिविरको सहभागिहरुमा शसस्त्र प्रहरी बाहिनीपती ( DIG)  तथा क्षेत्रीय शिक्षा निर्देशककव सहभागिताले महत्वपूर्ण रहेकव थियो भने सेना र प्रहरीका सहभागिता रहेको थियो । अनित्यताको बोध तथा शुद्ध धर्मलाई महसुस गर्ने यो विपश्यना जीवन जिउनेकला तथा मर्ने कलाको अभ्यास साम्प्रदायिकता भन्दा माथि उठेर गरिने अभ्यासमा बिशिष्ट व्यक्त्तीहरुको बिशेष धर्मसेवाबाट सम्पन्न भएकोछ । सुर्खेत कटकुवा रमणीय शान्त स्थलमा  यो दोश्रो पटक सम्पन्न भएकोछ ।

विपश्यना केन्द्रबाट देखिने सुन्दर दृष्य
साधकहरुको आवास
साधकहरु खाजा खाँदै