Wednesday, March 14, 2018

एस धम्‍मो सनन्तनो—(कथा यात्रा)


बच्‍चाहरुले बुद्धमा चुम्‍बकीय आकर्षण देखे—(कथा—73)

गौतम बुद्धको नाम  नै संकीर्ण सम्प्रदायिक चित्तका मान्छेहरु  (ब्राह्मणवादिहरु ) लाई भयाक्रांत गरिदिन्थ्यो । त्यस नाम मा नै विद्रोह थियो । त्यो नाम आमूल क्रांति को नै पर्यायवाची थियो यस्तो भयभीत मान्छेहरु स्वयं त बुद्ध सित टाढिन्थे र आफ्ना बच्चाहरुलाई पनि टाढा राख्थे। बच्चाहरको लागि युवकहरुको लागि उ तिनिहरुको भय स्वभावत: र अरु धेरै थियो । यस्ताहरु आफ्ना बच्चाहरुलाई भन्थ्यो कि तिमीहरु बुद्धको हावामा पनि न जाउ । तिनिहरुले त प्रतिज्ञा नै गरेका थिए कि तिनहरु कहिल्यै बुद्ध या बुद्धकाहरुलाई अभिवादन नगर्ने ।
एक दिन केहि बच्चाहरु जेतवनको बाहिर खेलिरहेकाथिए। खेल्दाखेल्दै तिनिहरुलाई प्यास लाग्यो । तिनिहरुले भुले कि आमा बुवाले र धर्मगुरुहरुले वचनबद्ध गराएकाथिए र जेतवनमा पानी पिउन प्रवेश गरे । संयोगले भगवान बुद्ध सितै भेट भयो ।
भगवानले तिनिहरुलाई  पानी पिलाउनुभयो अरु धेरै प्रेम पनि । माथिको प्यास त मेटीयो र भीत्रको प्यास जाग्यो । ति बच्चाहरु खेल इत्यादि भूलेर दिनभरी भगवान सितै यस्तो प्रेम त तिनिहरुले कहिल्यै जानेकाथिएन । न  यस्तो चुंम्कीय आकर्षण न देखेकाथिए न यस्तो सौन्दर्य न यस्तो प्रसाद ऐन यस्तो शांति न यस्तो आनन्द न त यस्तो अपूर्व उत्सव; ति बच्चाहरु भगवान मै डूबे त्यो अपूर्व रस त्यो अलौकिक रंग ति सरल बच्चाहरुको हृदयमा लाग्यो । ति बच्चाहरु दिनकै भगवानको छेउ आउन थाले र भगवान सित बिस्तारैबिस्तारै ध्यानमा पनि बस्न थाले उनको सरल श्रद्धा देख्दै ।
अनि तिनका आमा बुवालाई थाहा भयो र बेस्सरी रिसाए तर के गरोस अवेर भैसकेको थियो। आमा बुवाले धेरै सम्झाए बुझाए पण्डितपुरोहितहरुले  बच्चाहरुलाई समझाए बुझाए हप्काए तर्साएलोभ देखाए सामदामदंडभेद सबै ति स्याना स्याना बच्चाहरुमा प्रयोग गरे तर जुन छाप बुद्ध को लाग्यो त्यो अमीट भयो । अनि त आमा बुवा पछुताए रोए पनि । जस्ती कि बुद्धले ति बच्चाहरुलाई बिगारिदिए । यति रीस लाग्यो कि यो  भ्रष्ट गौतमले हाम्रो सोझो साझो बच्चहरुलाई मवहनी लगाएर भ्रष्ट बनाई दियो ।
अंतत: तिनिहरुको पागलपन यस्तो बढ्यो कि उनिहरुले ति बच्चाहरुलाईनै त्यागि दिने सोँचे। र एक दिन ति बच्चाहरुलाई सुम्पिदिनको लागि बुद्धकहाँ पुगे तर यो जाने कि उनका जीवनमा पनि ज्योति जल्यो किनकि ति पनि  भएर फर्के । बुद्ध को नजिक जानु अनि बुद्धको नभइ फर्कनु असम्भव पनि थियो । यिनिहरु सित नै यि गाथाहरु बुद्धले भन्नुभयो ।
केहि हिन्दु ग्रंथ , श्रुति सुनिन्छ केहि, स्मृति। सम्झ्यो जस्ले। सबै ग्रंथ दुई भागमा बाँडन सकिन्छश्रुति र स्मृति। कि त सुनियो, कि सम्झियो तर धर्म त हुन्छ अनुभुति, न श्रुति, न स्मृति।
बुद्ध त्यहि धर्मको प्रगाढ़ प्रतीक थिए । वहाँ भन्नु हुन्थ्योजान, स्वानुभव ले जान, अत्त दीपो भव। स्वभावत:, परम्परावादी आत्तिन्थ्यो होला, सांप्रदायिक आत्तिन्थ्यो होला । किनकि सम्प्रदायको असली दुश्मन धर्म हो।
प्रायः मान्छेहरु सोँच्छन हिन्दुको दुश्मन मुसलमान, मुसलमान को दुश्मन हिन्दू तँ गलत सोँचहो दुबै सांप्रदायिक हों। जति लडे पनि मारे पनि वास्तविक दुश्मनी तिनका मात्रै होईन । एक एक किसिमको स्मृतिलाई मान्छ, अर्को अर्को किसिमको स्मृतिलाई मान्छ, विवाद तिनमा जति नै विवाद होस तर मौलिक मतभेद छैन । दुबै स्मृतिलाई मान्छन । दुबै अतीतलाई मान्छन ।
असल विरोध हुन्छ धर्मको र अचम्मको कुरा कि धर्मको विरोध सबै सम्प्रदाय मिलेर गर्छन ।
गौतम बुद्धको नाम संकीर्ण, साम्प्रदायिक चित्तका मान्छेहरुलाई भयाक्रांत गरिदिन्छ ।
त्यस नाममा आगो थियो भय उत्पन्न हुन्थ्यो । जब सत्यलाई स्विकारिन्छ तब निर्भय हुन्छ। सत्य निर्भय बनाउँछ ।
सत्य अभय बनाउँछ र असत्य भयभीत बनाउँछ ।
एक दिन कुछ बच्चे जेतवन के बाहर खेल रहे थे।
बुद्धले प्यास लागेको लाई पानी मात्रै होईन प्रेम पनि पिलाउनुहुन्छ । बुद्धको व्यक्तित्वनै प्रेम हो । बुद्धले भन्नुभयो, ध्यानको परिसमाप्ति करुणामाछ। ध्यान जब परिपूर्ण हुन्छ तबको करुणाको ज्योति फैलन्छ । ध्यानको दियोर करुणाको प्रकाश। ध्यानको कसौटी भनिएकोछ कि जब करुणा फैलिन्छ, प्रेम फैलिन्छ। यि स्याना स्याना बच्चा प्यास लागेर आए यिनिहरुलाई पानी पिलाए अनि बुद्धत्व पनि ।
यिनिहरुलाई नै भगवान बुद्धले  यि गाथाहरु भन्नुभएकोथियो
अवज्जे वज्जमतिनो वज्‍जे च वज्जदस्सिनो।
मिच्छादिद्विसमादाना सत्ता गच्छति दुग्‍गतिं ।।
वज्‍जन्‍च वज्‍जतो णत्‍वा अवज्‍जण्‍ज अवज्‍जतो।
समादिट्ठिसमादाना सत्‍ता गच्‍छंति सुग्‍गति ।।
जो अदोषमा दोषबुद्धि राख्ने र दोष मा अदोषदृष्टि राख्ने हुनतिनिहरु मिथ्यादृष्टिलाई ग्रहण गर्नाले दुर्गति प्राप्त गर्दछन्।
दोषलाई दोष, अदोषलाई अदोष जानेर मान्छेहरु सम्यकदृष्टिलाई धारण गरेर सुगति प्राप्त गर्दछन् ।
 जुन अदोषमा दोषबूद्धि राख्छन ।
भगवान बुद्धले भन्नुभयो कि म यहां बसेकोछु मलाई हेर, पक्षपात लिएर नजाउ अरुले के भन्छन यस्लाई बाहिर राखेर आउ र मेरो नजिक आउ र मलाई हेर निष्पक्ष भावले कन कि तिमीले निर्णय गर्न सक ।
तिमीले प्रायः पाएका होलाउ, यदि तिम्रो कुनै दृष्टि छ भने तिमीले केहि देख्छौ । सूफीको एक कथाछ
एक फकीरको आफ्नो बगैचामा काम गर्दा गर्दै त्यहिँ हरायो । उ पानी पीउन घर भित्र गयो फर्के आउँदा खुर्पा छैन !नजिकै एक छिमेकको केटो जाँदै थियो । उस्ले सोँच्यो यस्ले बाहेक अरु कस्ले लियो होला र हेर्दै चोर जस्तोछ । त्यसै कुरै नबुझि समात्नु पनि भएन । उस्ले बुझ्न थाल्यो ।
तीन दिन सम्म उस्को चाला माला हेर्दै गर्यो । जब त्यो केटो निस्कन्थ्यो यता तिर हेर्थ्यो अब त पक्का भयो कि चोर यही केटो हो । उस्ले चारैतिरबाट प्रमाण देख्यो चोर यहि केटो हो। केटोले मेरो आँखामा किन हेर्दैन अर्कै तिर हेर्छ  मेरो खुर्पा यसैले चोरेको हो।
 चौथो दिन यसो खन्न लाग्दा खुर्पा भेट्टियो । त्यो केटो निस्कन्थ्यो सँधै झैँ । उस्ले देख्यो के६लाई । कति सोझो केटो रैछ अलिकति पनि चोर जस्तो लाग्दैन । अहिले पनि त्यसै गरि हिँडिरहेकोछ । कुनैन्छेमा तिमीले जसरी धारणा बनाउ त्यस्तै देखिन थाल्छ । अनि तिम्रो धारणा बदल त्यस्तै देखिन थाल्छ । भगवान बुद्ध भन्नुहुन्छ, सम्यकदृष्टि त्यसलाई भनिनन्छ जुन निर्धारणा हो जस्को कुनै निर्धारणा छैन । राम्रो छैन खराब छैन । समदृष्टि। न यता सोँच्छ न उता बराबर । यस्तो समतुलनको स्थिति नै नाम समदृष्टि। जस्ले मान्यो नखोजी न सोँची। बिना विचारेर, बिना अनुभव गरेर, त्यो असम्यकदृष्टि या मिथ्यादृष्टि। भगवान बुद्धले भन्नुभयो कि तिमीले हेर्न सिक आफ्नो आँखालाई अलिकत सफा गर नत्र तिमी हराउँछौ दुख पाउँछौ ।
सन्दर्भ सामग्रिःओशो एस धम्‍मो सनन्तनोबाट