Saturday, June 29, 2013

दशभूमिश्वर




  • बौद्ध दर्शनमा गण्डव्यूह जस्तै यो सूत्र पनि अवतंसकको एक भाग मानिन्छ । यसमा बोधिसत्त्वको दश आर्यभूमिहरुको विस्तृत वर्णन गरीएको पाईन्छ, जुन भूमिहरुमा क्रमश: अधिरोहण गर्दै बुद्धत्व अवस्था सम्म साधक पुग्छ । 'महावस्तु'मा यस सिद्धान्तको पूर्वरूप उपलब्ध हुन्छ । यस ग्रन्थमा उक्त सिद्धान्तको परिपाक भएकोछ ।
  • महायानमा यस सूत्रको अतिउच्च स्थान रहेकोछ । यसलाई दशभूमिक, दशभूमीश्वर एवं दशभूमिक नामले पनि जानिन्छ ।
  • आर्य असंगले 'दशभूमक' शब्दको नै प्रयोग गरेकोछ । यसको लोकप्रियता एवं प्रामाणिकता मा योह प्रमाण छ कि अत्यन्त प्राचीनकालमा नै यस्को तिब्बती, चीनी, जापानी एव मंगोलियन अनुवाद भएकोथियो ।
  • श्री धर्मरक्षले यसको चीनीया अनुवाद ई. सन् २९७मा गरेको थियो । यसको प्रतिपादनको शैलीमा लामोलामो समस्त पद एवं रूपकहरुको भरमारैछ ।
  • ज्ञात छ कि महायानमा दस आर्यभूमिहरु मानीन्छ, यथा- प्रमुदिता, विमला, प्रभाकरी, अर्चिष्मती, सुदर्जया, अभिमुखी, दूरङ्गमा, अचला, साधुमती एवं धर्ममेधा।
  • आर्यावस्था देखि पूर्व जो पृथग्जन भूमि हुन्छ, त्यसलाई 'अधिमुक्तिचर्याभूमि' भनिन्छ । महायानमा पाँच मार्ग हुन्छन- सम्भारमार्ग, प्रयोगमार्ग, दर्शनमार्ग, भावनामार्ग एवं अशैक्षमार्ग। दर्शनमार्ग प्राप्त भएपछि बोधिसत्त्व 'आर्य' भनिन थाल्छ । उपर्युक्त दस भूमिहरु आर्यको भूमिहरु हुन । दर्शन मार्गको प्राप्ति देखि पूर्व बोधिसत्व पृथग्जन हुन्छ । सम्भारमार्ग एवं प्रयोगमार्ग पृथग्जनमार्ग हुंन र तिनको भूमि अधिमुक्तिचर्याभूमि भनिन्छ ।
  • महायान गोत्रीय व्यक्ति बोधिचित्तको उत्पाद गरेर महायानमा प्रवेश गर्छ । पृथग्जन अवस्थामा सम्भार मार्ग एवं प्रयोगमार्गको अभ्यास गरेर दर्शन मार्ग प्राप्त गर्नेबित्तिकै आर्य भएर प्रथम प्रमुदिता भूमि प्राप्त गर्छ ।
  • पारमिताहरु पनि दश हुन्छ, यथा-दान, शील, क्षान्ति, वीर्य, ध्यान, प्रज्ञा, उपायकौशल, प्रणिधान, बल एवं ज्ञान ( प्रज्ञा  ) पारमिता। बोधिसत्त्व प्रत्येक भूमिमा सामान्यतया: यि सबै पारमिताहरुको अभ्यास गर्छ, तर प्रत्येक भूमिमा कुनै एक पारमिताको प्राधान्य हुनेगर्छ । ग्रन्थमा यि भूमिहरुको वैशिष्ट्यको विस्तृत प्रतिपादन गरीएकोछ -

Thursday, June 27, 2013

बुद्ध दर्शनको विकास र विनाशको षड़यंत्रहरुको साक्षी





विगत् केहि वर्षहरुमा यूरोप तथा अमेरीकाको हजारौं रोमन कैथोलिकहरुले बौद्ध धर्म धारण गरेकाछन, जस्मा इटलीका विश्व प्रसिद्ध फुटबाल खेलाड़ी राबर्टो बज्जियो तथा हालीबुडको सुपर स्टार रिचार्ड गेरे पनि सम्मिलित छन् हैं। पछिल्लो दिन रोमको एक समाचारपत्रले साक्षात्कारमा सोभियत संघो पूर्व राष्ट्रपति गोर्वाचोवले ठीकै भनेकाहुन कि 'एक्काईसौ सताव्दी बुद्धको सताव्दी हुन्छ ।`
"मैंले तिमीलाई नाउ दिएको थिएँ नदी पार गर्नको लागि यो होईन कि पार भएपछि टाउकोमा राखेर हिंडन।" भगवान बुद्धको यस उक्तिबाट उहाँको तर्क-संगत दर्शनको सपष्ट झलक पाईन्छ। उहाँको सर्वाधिक महत्वपूर्ण शिक्षा यो थियो कि सत्यलाई पहिले तर्कको परिक्षणमा जाँच, अनि त्यसमा विश्वास गर। यसलाई उहाँले आफ्नो शिक्षाहरुमा पनि लागु गर्नुभो । वहाँले सपष्ट भन्नुभएकोछकि मेरो कुरा यसकारण मान्ने होईन कि म (बुद्ध) स्वयम्ले भन्दैछु , बरु 'सत्य होस` तब मान। अहिले सम्म यस धर्तीमा कुनै दार्शनिक या ईश्वरले आफ्नो बारेमा यस्तो भनेकोछैन ।
छब्बीससय वर्ष पूर्व जब बुद्धको विचार विकसित भयो त्यस समय नेपाल र भारत मा जम्मा ६२ विचारधाराहरु मत केन्द्र प्रचलित थियो, जस्मा ऊंच-नीचमा आधारित वैदिक विचारधारा सर्वोपरि थियो जो अहिले सम्म छ । तथ्यको यदि ठीक तरिकाले हेर्नेहोभने यहि स्यानो ठूलोमा आधारित वर्ण व्यवस्थाको विरोधमा तथागत् बुद्धको दर्शन विकसित भयो । यही कारण थियो कि आर्य संस्कृतिको रक्षा गर्ने नारा दिने तत्वोंले हरेक सताव्दीमा बौद्ध धर्मलाई सिध्याउने षड्यंत्र जारी गर्यो र अहिले सम्म गरिरहेकैछन् । त्यहि षड्यंत्रबाट आजको 'संघ परिवार` विद्यालय पाठ्यक्रमा पनि आर्य संस्कृति को गुणगानगर्दै एकातिर तरफ वर्ण व्यवस्थालाई न्यायोचित मानिरहेकाछन,तथाकथित पूर्व राजालाई बिष्णुको अवतार मान्दैछन र अको तिर बौद्ध धर्मलाई  रोक्ने हरेक प्रयत्न जारीछ । यति सम्मकि देशको राज्यसत्ता हाँक्नेहरु कर्मचारीहरुको राजनैतिक कार्यकतृहरुको बलमिच्याई चलेकोछ ।
बुद्धको बुवा शक्यवंशीय शुद्दोधनको राजधानी कपिलवस्तु जहिले पनि नजिकैको राज्य कोसलको निशानामा थियो । अंततोगत्वा कोसलको राजा विड्डुभले शाक्यहरुलाई संहार गरेर खत्तमै गर्यो तथा बुद्धको प्रिय स्थान श्रावस्ती को राजा प्रसेनजितलाई आफ्नै छोराले पदच्युत गर्यो । प्रसेनजित बुद्धको प्रशंसक मगध सम्राट अजातशत्रु बाट भाग्यो, बाटैमा मर्यो अजात शत्रु वास्तवमै दुष्ट थियो यिनि बिम्बिसार पुत्र थिए मान मानव बिचमा ठूलो स्यानोको बिभेद तथागत् बुद्धको दर्शनले यहि मान्यताहरुको विरूद्ध चाँडै नै एक विश्वव्यापी आन्दोलनको रूप लियो । अचम्म त  यो कुरा भयो कि बुद्धको यो महान दर्शन चीन, जापान, श्रीलंका, वर्मा, थाईलैंड, वियतनाम, कम्बोडिया, लाओस, मध्य एशिया, साइबेरिया समेत लगभग सम्पूर्ण एशिया, तथा संसारको अन्य लाखौंको बीच आज पनि विकासमान छ, तर सतावदीयौ पहिले आफ्नो जन्मभूमि नेपाल र भारतबाटै किन विलुप्त भयो ? वास्तविकता त यो हो वैदीक संस्कृतिका हिमायतिहरुले नेपाल भारतमा बौद्ध धर्मको तहसनहस गरिदियो । आज बौद्ध धर्मको बढ़िरहेको प्रभावले छटपटाएर त्यसलाई हिन्दू धर्मको अभिन्न अंग सिद्ध गर्न विश्वव्यापी अभियान चलाईरहेकोछ । यहाँ बुद्ध धर्म र हिन्दू धर्म कुनै फरक होईन बिष्णुका अवतार हुन हिन्दू धर्मकै एक शाखा हो भनेर षडयन्त्र गर्छन तर प्रश्न यो  उठ्छ कि यदि हिन्दू धर्म तथा बौद्ध धर्म एकै होर हिन्दू धर्म कै शाखा हो भने किन विश्व भरीका मान्छेहरु बौद्ध धर्मको सट्टामा हिन्दू धर्मलाई किन अपनाएन किन बुद्धको प्रतिमा स्थापना गर्दा टाउको दुखाईको बिषय बनेर प्रतिबन्ध लगाउँछन ? स्पष्टछ, वर्ण व्यवस्था तथा स्यानो ठूलोको कारण हिन्दू धर्म कहीं अन्त फैलिएन । एक समय यस्तो पनि थियो जब दुनियाको एक-तिहाई जनसंख्याको बौद्धहरु थिए ।

निर्वाण शव्दको बिश्लेषण




निर्वाण को शाब्दिक अर्थ हो - 'निभेको' (दीयो आगो, आदि)। तर बौद्ध, जैन धर्म र वैदिक धर्ममा यसको विशेष अर्थ छ। श्रमण विचारधारामा (संस्कृत: निर्वाण;पालि : निब्बान;) पीड़ा या दु:खबाट मुक्ति पाउने स्थिति हो। पालीमा "निब्बाण" को अर्थ हो "मुक्ति पाउनु- अर्थात, लोभ, घृणा र भ्रम को आगोबाट मुक्ति। यो बौद्ध धर्म को ध्रुवसत्य हो जैन धर्मको मुख्य सिद्धांत ।
यद्यपि 'मुक्ति' को अर्थमा निर्वाण शब्दको प्रयोग बिभिन्न हिन्दू ग्रन्थहरुमा पाईन्छ, तथापि यो शब्द बौद्धहरुको पारिभाषिक हो। सांख्य, न्याय, वैशेषिक, योग, मीमांसा (पूर्व) र वेदान्तमा क्रमशः मोक्ष, अपवर्ग, निःश्रेयस, मुक्ति या स्वर्गप्राप्ति तथा कैवल्य शब्दहरुको व्यवहार भएकोछ तर बौद्ध दर्शनमा बराबर निर्वाण शब्द नै आएकोछ र त्यसको विशेष रूपले व्याख्या गरीएकोछ ।
बौद्ध धर्मको दुई मूख्य शाखाहरुछन्हीनयान र महायान  । यसमध्य हीनयान शाखाको सबै ग्रन्हरुथ पाली भाषामा छ र बौद्ध धर्मको मूल रूपको प्रतिपादन गर्छ । महायान शाखा कहे पछिको हो भनिन्छ र यसको सबै ग्रंथ सस्कृतमा लेखिएकोछ । महायान शाखामा नै अनेक आचार्यहरु द्वारा बौद्ध सिद्धांतहरुको निरूपण गहीरो तर्कप्रणाली द्वारा दार्शनिक दृष्टिबाट भएको हो । प्राचीन कालमा वैदिक आचार्यहरुको जुन बौद्ध आचार्यहरुबाट शास्त्रार्थ हुन्थ्यो  ति प्रायः महायान शाखाका थिए । अतः निर्वाण शब्दको के अभिप्राय हो यसको निर्णय तिनकै वचनहरु द्वारा हुनसक्छ । बोधिसत्व नागार्जुनले माध्यमिक सूत्रमा लेखेको छ कि 'भवसंततिको उच्छेद नै निर्वाण हो', अर्थात् आफ्नो संस्कारहरु द्वारा हामी पटक पटक जन्मको बन्धनमा बाँधिन्छौं यसले त्यसको उच्छेद द्वारा भवबन्धनको नाश हुनसक्छ । रत्नकूटसूत्रमा बुद्धको यो वचन छ राग, द्वेष र मोहको क्षयबाट निर्वाण हुन्छ। बज्रच्छेदिकामा बुद्धले भन्नुभएकोछ कि निर्वाण अनुपधि हो, त्यसमा कुनै संस्कार रहँदैन । माध्यमिक सूत्रकार चंद्रकीर्ति ले निर्वाणको सम्बंन्धमा भनिएकोछ कि सर्वप्रपंचनिवर्तक शून्यतालाई नै निर्वाण भनिन्छ । यो शून्यता या निर्वाण के हो ! न यसलाई भाव भन्न सकिन्छ, न अभाव । किनकि भाव र अभाव दुबैको ज्ञानको क्षपको नै नाम त निर्वाण हो, जो अस्ति र नास्ति दुबै भावहरुको पर र अनिर्वचनीय हो ।
माधवाचार्य ले पनि आफ्नो सर्वदर्शनसंग्रह मा शून्यताको यही अभिप्राय भनिएकोछ—'अस्ति, नास्ति, उभय र अनुभय यस चतुष्कोटिबाट विनिमुँक्ति नै शून्यत्व हो' । माध्यमिक सूत्रमा नागार्जुन ले भनेको छ कि अस्तित्व (हो) र नास्तित्व (होईन)को अनुभव अल्पबुद्धि नै गर्छन । बुद्धिमानहरु यि दुबैको अपशमरूप कल्याण प्राप्त गर्छन । उपयुक्त वाक्यहरुबाट स्पष्ट छ कि निर्वाण शब्द जुन शून्यताको बोधक हो त्यसबाट चित्तको ग्राह्यग्राहकसम्बंन्ध नै छैन । म पनि मिथ्या, संसार पनि मिथ्या । एक कुरा ध्यान दिनुपर्ने छ कि बौद्ध दार्शनिक जीव या आत्माको पनि प्रकृत सत्ता मान्दैनन् । ति एक महाशून्यको अतिरिक्त अरु केहि मान्दैन ।
भवतु सब्ब मङ्गलम् ।