Monday, January 30, 2012

राष्ट्रीय शहीद दिवस

आज सुर्खेतमा शहीद दिवसको उपलक्षमा जि. बि. स. सुर्खेतको सहयोगमा नेत्रहीन सेवा संघ तथा दृष्टिबिहिन हेरविचार केन्द्रका कलाकारहरुले शहीदको सपना अधुरो भन्ने सडक नाटक मङ्गलगढी चोकमा प्रदर्शन गर्यो ।
 त्यस पछि प्रहरीको एक टुकडी र सरकारी कार्यालयका केहि कर्मचारीहरुको एक र्याली निस्केर जि. बि. स.को सभाकक्षमा सभामा परिणत भएको थियो । स्थानीय विकास अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा एवम् निमित्त क्षेत्रीय प्रशासकको मूख्य आतीथ्यमा सम्पन्न भयो । तर यो शहीद दिवसलाई राजनैतिक कार्यकर्ताहरुले नै कुनै चासो नदेखाएको स्पष्ट देखिन्थ्यो । प्रगतिशील लेखक संघको आयोजनामा कबिता प्रतियोगितामा विजयी हुनेहरुलाई पुरस्कार मुख्य अतीथिले वितरण गरेका थिए ।
 
 उक्त अवसरमा रा.प्र.पा., नेपाल रा.प्र.पा., मधेशी जनअधिकार लोकतान्त्रीक पार्टी, नेपाली काँग्रेस, नेमकिपा, राजमो तथा ए नेकपा माओवादीका कार्यकर्ताहरुले श्रद्धान्जली अर्पर्ण गरेर औपचारिकता पूरा गरेका थिए ।

Sunday, January 15, 2012

Our Organization Blind Care centre is non profitable social organization for Blinds . It established on 5 October 2010 Registered at District administration Office Surkhet Regd. No.564 and Social welefare council Regd no is 31037 . We started  started Braille scrip training for specially Blinds .

दृष्टिबिहिन हेरविचार केन्द्र मिति २०६७।६।२२ मा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ५६४।२०६७ मा दर्ता भएको हो । बिधिवत २०६७ कार्तिक १८ गते उद्घाटन भएको थियो र समाज कल्याण परिषदमा २०६७।७।२९ मा  ३१०३७।२०६७मा दर्ता भएको हो । यो संस्था बिशुद्ध नाफा रहित बिशेष दृष्टिबिहिनहरुको शिक्षाको लागि स्थापना भएको हो ।

Saturday, January 14, 2012

विपश्यनाबाट क्रोधको उपचार




हामीलाई रीस उठ्छ किन ? जब रीस उठ्छ तब साँस प्रश्वास बढछ अनि उस्ले जे पनि गर्न सक्छ सचेत अचेत भएर तर किन ? किनकि हामी भित्र व्देष रुपी ज्वलनशील छ राग रुपी ज्वलनशीलछ जब द्वेषरुपी आगो बाहिरबाट आक्रमण हुन्छ स्वभावतः बिष्फोट हुन्छ । त्यहि अवस्था परिवर्तन हुन्छ वचनले प्रतिकृया व्यक्त हुन्छशरीरबाट व्यक्त हुन्छ । बाहिरबाट आउने अप्रीय वचनले गर्दा वा दृष्यले गर्दा त्यसो हुन्छ । त्यसो भए के गर्ने त कोहि क्रोधलाई मन्थर गर्न चीसो पानी पिउंछन कोहि चिच्याउंछ कराउंछ रुन्छ शरीरलाई हानी नोक्सानी पुगाउंछ । कुनै हानी नोक्सानी नगर्दै क्रोधको उपचार गर्न सकिन्छ । साँस प्रश्वासलाई हेर्न थाल्नुस सुक्षम तरिकाले सांसको गति मन्थर हुंदै जान्छ । यहि पद्दतीलाई सिक्न विपश्यना साधना गरिन्छ । आफैलाई बोध हुन्छ ।
क्रोध एक तरंग हो-क्रोध मनुष्यको स्वभावको एक भाग हो । अर्को अर्थमा भन्ने होभने आगोको संज्ञा दिनु पर्छ ।आगोलाई जस्ले छोयो उ जल्यो र आगो स्वयम् जलेर खरानी हुन्छ । क्रोधको स्वभाव र आगोको स्वभाव मेल खान्छ । प्राय: सबै प्राणिहरुलाई कामावेशमा क्रोध आउंछ है। प्रत्येक व्यक्ति यो बानीबाट मुक्त हुन चाहान्छ । क्रोधबाट छुटकारा पाउन मान्छेले बिभिन्न तरिका खोजे । जस्तै  क्रोधको बेला पानी पिउनु, हत्पत नुहाउनु गिन्ती गिन्नु, जुन देव देवतालाई मान्दछ, त्यो देवताको सम्झना गर्नु, मन्त्र जप  गर्छन इत्यादि-इत्यादि । यि प्रचलित तरीकाले केहि मात्रामा  क्रोध  कम त हुन्छ, तर समाप्त हुंदैन ।

Friday, January 13, 2012

धम्मपद (एक परिचय)


धम्मपद बौद्ध साहित्यको सर्वोत्कृष्ट लोकप्रिय ग्रंथ मानिन्छ। यसमा बुद्ध भगवान् को नैतिक उपदेशहरुको संग्रह यमक, अप्पमाद, चित्त आदि २६ वर्गमा वर्गीकृत ४२३ पालि गाथाहरु रहेकोछ । त्रिपिटक मा यसको स्थान सुतपिटक को पाँचौ विभाग खुद्दकनिकाय को खुद्दकपाठामा १५ उपविभागमा  दोश्रो हो। ग्रंथको आधा भन्दा बढी गाथाहरु त्रिपिटक को बिभिन्न हरुमा प्रसंगबद्ध पाईसकेकोछ । केहि गाथाहरु यस्तो पनि बुझिन्छ कि मुख्य परम्पराको थिएन, तैपनि त्यसबेला नेपाल भारत ज्ञानको त्यस अपार भंडारबाट लिएकोछ ति उपनिषद्, गीता, मनुस्मृति, महाभारत, जैनागम एवं पंचतंत्र आदि कथा कहानिहरुमा पनि बिभन्न पकारले प्रवर्श भएकोछ । धम्मपदको रचना उपलब्ध प्रमाणहरुले ई.पू. ३०० र व १००को बीचमा भैसकेको थियो भनिन्छ ।

दीघनिकाय संक्षिप्त परिचय


  •  
  • दीघनिकाय बौद्ध ग्रंथ त्रिपिटक को सुत्तपिटक को प्रहिलो निकाय हो। दीघनिकायमा जम्मा ३४  सूत्रहरु छन। यो लामो सुत्रहरुको संग्रह हो । यो सुत्रको आकार दीर्घ (लामो) छ त्यसैले यस निकायलाई दीघनिकाय (पालि दीघ=दीर्घ) भनिएको हो ।
परिचय
दीघनिकाय तीन वर्गमा विभाजन छ- १. सीलक्धवग्ग,. महावग्ग, र ३. पाथिकवग्ग। पहिलो वग्ग मा १३ सुत्रहरु छन,अर्कोमा १०छन, र तेश्रोमा ११ छन। यस प्रकार यस निकायमा जम्मा ३४ सुत्र छन। पहिलो वग्गको मुख्य विषय शील हो। त्यसैले नाम सीलक्खंधवग्ग नाम राखिएको छ। दोश्रो वग्गमा महापरिनिब्बान, महासतिपठ्ठान जस्तो ठूला ठूला सुत्त संग्रहीत छ। त्यसैले महावग्ग नाम राखिएको हो। तेश्रो वग्गको नामकरण त्यसको प्रथम सुत्त अनुसार भएको हो।
भगवान् बुद्धले निर्वाण प्राप्तिको लागि मध्यम मार्गको उपदेश दिनुभएको थियो। यो अष्टांगिक मार्ग हो। यसमा शील, समाधि र प्रज्ञा  समावेश छ त्यसैले बिभिन्न स्थानमा भगवानले  आर्यमार्गको उपदेश शील, समाधि र प्रज्ञा को रूपमा नै दिनुभयो। दीघनिकायको बिभिन्न सुत्रहरुमा पनि यो कुरा स्पष्ट भएकोछ।
ब्रह्मजाल सुत्रमा त्यस समयमा प्रचलित ६२ दृष्टिहरु अर्थात् दार्शनिक मतवादहरुको विस्तृत वर्णन गरिएकोछ। अन्य कैयौ सुत्रहरुमा पनि त्यसको बर्णन संक्षिप्त बर्णन गरेको पाईन्छ । बुद्धका समकालीन छ: तीर्थंकरहरुको सिद्धांहरु को उल्लेख सामंञ्ञफल सुत्रमा देखिन्छ। ति तीर्थंकहरुमा भगवान् महावीर पनि हुनुहुन्थयो। उनको निर्वाण र शिष्यहरुमा धर्मको बारेमा मतभेदको चर्चा पासादिक र संगीतिपरियाय सुत्रमा पनि देखिन्छ। त्यस बेला भारतमा प्रचलित बिभिन्न धार्मिक संप्रदायहरुमा कठिन तपस्याको अभ्यास साधनाको एक मुख्य अंग थियो। भगवान् बुद्ध त्यस पद्धतिको समर्थक हुनुहुन्थिएन। कस्सपसीहनाद र उदुबरिकसीहनाद आदि सुत्रह उक्त्त तपस्याहरु र त्यसबारे शाक्यमुनी बुद्ध भगवान्के विचारहरुमा प्रकाश परेकोछ।

सुत्तपिटक एक परिचय


सुत्तपिटक बौद्ध धर्म को एक ग्रंथ हो। यो ग्रंथ त्रिपिटक को तीन भागबाट  एक हो । त्रिपिटकमा  सुत्त्त पिटक विनय पिटक र अभिधम्म पिटक हुन्छ जसमध्य सुत्त पिटकमा तर्क र संवादहरुको रूप मां भगवान बुद्धको सिद्धांतहरुको संग्रह हो। यसमा गद्य संवाद छ, मुक्तक छन्द छ तथा स्यानो स्यानो प्राचीन पूरानो कथाहरु छन् । यो पाँच निकायहरुमा  बिभाजित छ  
परिचय
यस पिटकको पाँच भाग छ जसलाई निकाय भनिन्छ । निकायको अर्थ  समूह हुन्छ । यि पाँच भागहरुमा स्याना ठूला सुत्र संगृहीत छन। त्यसैले ति निकाय भनिएका हुन् । निकायको लागि "संगीति" शब्दको पनि प्रयोग भएकोछ । आरंभमा, जब कि त्रिपिटक लिपिबद्ध थिएन, भिक्षु एक साथ सुत्रहरुको बयान गर्दथे । तदनुसार त्यसको पाँच संग्रह संगीति भनिन थालीयो । पछि निकाय शब्दको धेरै प्रचलन भयो र संगीति शब्दको धेरै कम ।

Thursday, January 12, 2012

बौद्ध जातक कथाहरु


चराहरुको सल्लाह बाँदरहरुलाई
यो एउटा रोचक कथाहो हितोपदेशबाट संग्रहितः एक समयमा एउटा नदीको किनारमा रुख थियो । त्यो रुख चराचुरुङ्गीहरुको लागि मानो घर जस्तै थियो । ति सबै आनन्दले बस्दै आएकाथिए । एकदिन आकाशमा काली बादल छायो र दह्रो बर्षा भयो । केहि बाँदरहरु ट्ट्यही अर्को रुखमा खेलिरहेकाथिए तिनिहरुलाई आपतपर्यो जाडोले थुरथुर काँप्नथाले । चराहरुले बाँदरलाई भन्यो ए बाँदरहरु तिमिहरुको यस्तो बस्ते ठाउं छैन तिमीहरुले पनि यस्तै बनाएकोभए हुन्थ्यो नि । जब हामी आफ्नो यो स्यानो चुच्चोले गुँड बनाउन सक्छौभने तिमीहरुले किन सक्तैनौ । जबकि भगवानले तिमीहरुलाई दुई हात पनि दिएकाछन । यो कुरा सुनेर बाँदरहरुलाई रीस लाग्यो र भने कि यि चराहरुलाई अब पाठ सिकाउनुपर्यो पर्ख बर्षा त रोकिनदेउ बडो हामीलाई अर्ति दिने भएकाछौ । अनि हामीले खाईदिन्छौ कसरी घर बनाउने भनेर । बर्षा पनि रोकीयो । बाँदरहरु रुखमा चढेर गुँडहरु भत्काईदिए अण्डाहरु भुईमा फालिदिए विचरा चराहरु डरले यताउती उडन थाले र सोंचे बेक्कारमा तिनिहरुलाई सल्लाह दिएछौ निदनुपर्ने आफैलाई आपतपर्यो । सल्लाह त्यस्तालाई दिनु जो बुद्धीमानछ जस्ले सोध्छ ।

Wednesday, January 11, 2012

अभय ( बुद्धकालिन कथा बाट )



जीवनकुमार शाक्य

बुद्धकालिन समयमा तत्कालिन जम्बुव्दिपका शक्तिशाली मगध नरेश सुन्दरीहरु साह्रै मन पराउंथे जहां सुन्दरी भयो त्यहां पुगि हाल्ने र प्राप्तीको लागि हर प्रयत्ने गर्थे । यसप्रकार थुप्रै भित्रिनी श्रीमतीहरु थिए जसमध्य सुन्दरी नगरबधुहरु जनपद कल्याणी (बेश्या)सित बिहे गरेका थिए जस मध्य आम्रपाली र पद्मावती बाट जन्मेका पुत्रहरु थिए । त्यतिबेला पनि  सुन्दरी प्रतियोगिता हुन्थ्यो जस्लाई र्सबश्रेष्ठ सुन्दरीलाई सौर्न्दर्य साम्राज्ञी पद तथा जनपद कल्याणी पदले बिभुषित गरिन्थ्यो । यि थुप्रै रानीहरुबाट थुप्रै सन्तान थियो । राजा बिंबिसारलाई कुन रानीबाट कुन छोरा हो थाहा थिएन । यि सबै मध्य अजातशत्रु,कोण्डण्य,अभय,सिलवा पनि एउटै बुवा का बिभिन्न चरित्रका छोराहरु थिए । अभय नगरबधु जनपद कल्याणी पद्मावती पुत्र भएपनि  राजकुमारको रुपमा चर्चित भएको थियो । बिंबिसारले जो जस्को तर्फबाट छोरा भएपनि सबैलाई समान लालन पालन गरेर समान शिक्षा प्रदान गरेका थिए ।अभयले शिक्षा पाएर राजकुमार शूरवीर छन् सैन्य संचालनमा कुशलता प्राप्त गरेकाथिए । कुनै राज्य सित सम्बन्ध ब्रि्रने बित्तिकै राजा बिंबिसारले अभयलाई पठाई दिन्थ्यो । अभय प्रति बिंबिसारलाई पूरा विश्वास थियो र त्यहि अनुसार अभयले शत्रुहरु प्रति दमन गरेर बिजय हांसिल गरेर र्फकन्थ्यो राजालाई खुसिलाग्थ्यो । अभयको शाहस रकाम देखेर राजाले पुरस्कार दिन चाहान्थ्यो के दिने 

अनाथपिडण्क एक परिचय



बुद्धकालिन समयमा कोशलको श्रावस्तीका अनाथपिडण्क एक जना धनाढ्य साहुजी थिए । उनले सुनेका थिएकि संसारमा बुद्धको उत्पन्न हुनु साह्रै दुर्लभ कुरा हो । आफनो नातेदार राजगृहका धनपती नगर श्रेष्ठी धनपालले भने कि संसारमा बुद्धको उत्पन्न भएकोछ । विश्वास नगर्ने कसरी आफ्ना घनिष्ठ सम्बन्ध भएका परम मित्रले भनेको कुरा । कपिलवस्तु शाक्यवंशी राजकुमार सिद्धार्थ चक्रवर्ती सम्राट हुन सक्ने प्रलोभन त्यागेर कठीन तप ध्यानबाट बुद्धत्व प्राप्त गर्नु भयो । राजा बिम्बिसार सित वचनवद्ध भएकोले शाक्यमुनी बुद्ध राजगृह आउनु भएको थियो । नगर श्रेष्ठी को राजा बिम्बिसार सित राम्रो सम्बन्ध थियो । नगर श्रेष्ठीले भगवानको स्वागतमा आफु सहित सम्पूर्ण नोकर चाकर काममा व्यस्त थिए । संधै आफनो मित्र अनाथपिण्डक आउंदा भव्य स्वागत हुन्थ्यो तर यस पटक सामान्य स्वागत गरेर काममा व्यस्त भएको देख्दा अचम्म माने किन रैछ यस्तो वयवहार भनेर । अनाथपिण्डकले सोधे कि यहो के समारोह हुंदैछ आवाह विवाह वा कुनै यज्ञ  वा अन्य केहि । श्रेष्ठीले भने कि कुनै आवाह विवाहर यज्ञ होईन बरु भोली शाक्यमुनी बुद्ध आफ्ना भिक्षुगण सहित भोजनको लागि आउंदै हुनुहुन्छ त्यसैको तयारी हो ।

वेद एक जानकारी


भनिन्छ कि वेद दुनियाँको सबै भन्दा  प्राचीन ग्रंथ हों। यि चार वेदहरुमा जीवन को महत्वपूर्ण रहस्य लुकेको छ । यि मूलत: विचारहरको ग्रंथ हों, यस कारण यसलाई सबै संस्कृति विशेष रूपबाट आर्य संस्कृतिको प्रारंभिक ग्रंथ मानिन्छ । भनिन्छ वेद ज्ञानको भंडार हों , विज्ञान हो या खगोल शास्त्र, यज्ञ विधि या देवताहरुको स्तुति सबै चार वेदहरु (ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद) मा छन् ।

Tuesday, January 10, 2012

बिम्बिसार एक परिचय


बिम्बिसार

बुद्धको शासनकालमा तत्कालिन मगध  राज्यमा राजवंशीय शासनको शासक महाराज भाती थिए । उन्को महारानी बिंम्बिबा६ छोरा जन्म भयो । बिंम्बि पुत्र भएकोले छोराको नाम पनि बिम्बिसार राखियो ।

Monday, January 9, 2012

पटाचारा


पटाचारा
(बुद्धकालिन घटीत घटनाको कथा)
-जीवनकुमार शाक्य
आज भन्दा २६सय बर्षअघि बुद्ध शासनको समयमा हाल भारत तत्कालिन १६ प्रमुख जनपद थियो जस्मा -) अंग -) मगध-) काशी -) कोशल -)ब्रिजी -)मल्ल -)चेतीय -)वंस -)कुरु -१०)पंचाल -११) मत्स्य -१२) शूरसेन -१३) अश्वक -१४) अवंती -१५) गन्धार र -१६) कम्बोज । यि मध्य केहिमा गणतन्त्र शासन थियो भने बांकिमा राजतन्त्र थियो । सबै भन्दा शक्तिशाली मगध जनपद थियो ।तैपनि कपिलवस्तु शाक्य गणराज्य कसैको अधिनमा थिएन । अहिलेसम्म हाम्रो लागि गौरवको बिषय एकोछ भन्दा अत्युक्ति नहोला ।

Sunday, January 8, 2012

सद्धर्मपुण्डरिक सुत्र एक अध्ययन



  • महायान वैपुल्यसूत्रमा यो अत्यन्तै एक आदृत सूत्र हो। 'पुण्डरीक' को अर्थ 'कमल' हुन्छ । 'कमल' पवित्रता र पूर्णताको प्रतीक हुन्छ ।

Friday, January 6, 2012

History of Shakya's


History of Shakya's
The Shakyas were settled in the territory bounded by the Himalayas in the north Nepal, The Rohini (the present-day Kobana, a tributory of the Rapti) in the east and the Rapti in the south. Some Buddhist texts, Mahāvastu, Mahavamsa and Sumangalavilasini give accounts of the Śhākyas.[2]
Indologist Michael Witzel has suggested that the similarity of the name Śhākya and Śaka (the Indian and Persian name for the Scythians) is no coincidence. He thinks the Śhākyas were "an early incursion of the Scythians" into India Nepal. [5] The Shākyas appear to have retained features that have other Indic or Vedic precedent such as burial mounds (stūpas), which are referred to in the Śatapatha Brāhmaṇa as "demonic" (ŚB 12.8.1.5), and are similar to the Kurgan mounds in Central Asia. Witzel has also suggested, informally, that the idea of being judged on the basis of your actions in life comes into India from Zoroastrianism. Certainly karma has no Vedic precedent, and Johannes Bronkhorst has argued that Brahmins were assimilating the idea of karma from Another possible connection with Iran is the division of the person into Body speech and mind by Buddhists, which has no Vedic precedent but is prominent in Zoroastrianism. [6] However by the time we know of them the Śhākyas have been thoroughly Indianised.
The Shākyas were one of a number of small tribes—Kāmāla, Malla, Vṛiji, Lichchavi, etc—who do not appear in the Ṛgveda. Pāṇini (ca 5th century BCE) knows the Mallas and Vṛiji as desert tribes in Rajasthan, and Alexander's ambassadors met a tribe called Malloi in the same region. They appear to have enter India from the west Nepal some time after the Vedas were completed (ca. 1000 BCE) and then migrated east well before the time of the Buddha (ca. 480-400 BCE). An abrupt climate change ca. 850 BCE caused Western India to have an arid period which may have been what set off the migration. This also coincides with a moist period on the Central Asia Steppes and a massive expansion of the Sycthian culture from the region of Tuva westwards to the Black Sea. [7]
By the time of the Buddha the Śhākya nation had been subsumed into the Kingdom of Kapilvastu at that time call republic of Shakya
 The accounts of Buddhist texts
In several places in the Pāli Canon, including the Ambaṭṭha Sutta (D.i.92), the progenitors of the Śhākyas are related to King Okkāka. Pāli Okkāka is identified with the Sanskrit Ikṣvāku, who is known from Purāṇic stories, and in Jainism he is an ancestor to all of the Tirthaṅkaras. The king banishes his elder brothers from his kingdom and they make their home on the slopes of the Himalayas. But they can find no one suitable to marry, so they take their own sisters as wives, and these incestuous relationships give birth to the Śhākyas. Given the prejudice against incest in India society generally it is remarkable that this detail was preserved, and this suggests that it might have a grain of truth. If so it points to Iran "there is good evidence for this practice called xᵛaētuuadaθa, so-called next-of-kin or close-kin marriage."[8]
The Śhākyas are mentioned in later Buddhist texts as well including the Mahāvastu (ca. late 2nd century BCE), Mahāvaṃsa and Sumaṅgalavilāsinī (ca. 5th century CE), mostly in the accounts of the birth of the Buddha, as a part of the Adichchabandhus (kinsmen of the sun)[2] or the Ādichchas (solar race) and as descendants of the legendary king Ikṣvāku (Pāli: Okkāka)
There lived once upon a time a king of the Śhākya, a scion of the solar race, whose name was Śhuddhodana. He was pure in conduct, and beloved of the Śhākya like the autumn moon. He had a wife, splendid, beautiful, and steadfast, who was called the Great Māyā, from her resemblance to Māyā the Goddess.
Buddhacarita of Aśwhoghoṣh, I.1-2
The Buddhist text Mahavamsa (II, 1-24), traces the origin of the Shakyas (Śākyas) to king Okkaka (Ikshvaku) and gives their genealogy from Mahasammata, an ancestor of Okkaka. This list comprises the names of a number of prominent kings of the Ikshvaku dynasty, which include Mandhata and Sagara.[2] According to this text, Okkamukha was the eldest son of Okkaka. Sivisamjaya and Sihassara were the son and grandson of Okkamukha. King Sihassara had eighty-two thousand sons and grandsons, who were together known as the Shakyas. The youngest son of Sihassara was Jayasen. Jayasen had a son, Sihahanu, and a daughter, Yashodhara (not to be confused with prince Siddhartha's wife), who was married to Devadahasakka. Devadahasakka had two daughters, Anjana and Kaccana. Sihahanu married Kaccana, and they had five sons and two daughters, Suddhodana was one of them. Suddhodana had two queens, MahaMaya and Prajapati, both daughters of Anjana. Siddhartha (Gautama Buddha) was the son of King Shuddhodana and MahaMaya. Rahul was the son of Shiddhartha and Yashodara (also known  as Bhaddakachchana), daughter of Suppabuddha and granddaughter of Anjana.[4][9]
 Shakya administration
According to the Mahavastu and the Lalitavistara, the seat of the Shakya administration was the saṃsthāgāra (Pali:santhāgāra) (assembly hall) at Kapilavastu. A new building for the Shakya samsthagara was constructed at the time of Gautama Buddha, which was inaugurated by him. The highest administrative authority was the Shakya Parishad, comprising 500 members, which met in the samsthagara to transact any important business. The Shakya Parishad was headed by an elected King, who presided over the meetings.[2]
 Annexation by Kosala
Viḍdūḍabh, the son of Pasenadi and Vāsavakhattiyā, the daughter of a Śhākya named Mahānāma by a slave girl ascended the throne of Kosala after overthrowing his father. As an act of vengeance for cheating Kosala by sending his mother, the daughter of a slave woman for marriage to his father, he invaded the Śhākya territory, massacred them and annexed it.[


प्रतिक्षा मोन्टेश्वरी चिल्ड्रेन होमको पाचौं बार्षिक उत्सव


सुर्खेतः२२ पुष
प्रतिक्षा मोन्टेश्वरी चिल्ड्रेन होमको पाचौं बार्षिक उत्सव समारोह प्रबन्धनिर्देशक प्रभा मल्लाहको सभापतीत्वमा तथा जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्याय मुख्य आतीथ्यमा जि.बि..सभाकक्षमा सम्पन्न भएको छ ।उक्त अवसरमा मुख्य अतीथि उपाध्यायले पांचवटा पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो । सो अवसरमा वहांले यस मोन्टेशरी स्कूलले बच्चाहरुलाई शैद्धान्तिक मात्रै नभएर व्यवहारिक ज्ञान प्रदान गरेर अध्यापन गराउने रहेछ भन्ने प्रत्यक्ष जानकारी पाए भन्नुभयो । उक्त अवसरमा उद्योग बाणीज्य संघका मोतीप्रसाद कंडेल, आराधना संगीत प्रतिष्ठान एवं सुर्खेतमा प्रथम बोर्डीङ्ग स्कूल संस्थापक नरेन्द्र कोईराला, एन प्याबसनका केन्द्रीय सदस्य, पब्लीक साईन्स क्याम्पस संचालक समितिका सदस्य पत्रकार शुशिल शर्मा, मोन्टेशरी चिल्ड्रेनन होमका सल्लाहकार शुभा बिक तथा संरक्षक सल्लाहकार जीवनकुमार शाक्यले बोल्नुभएको थियो । उक्त अवसरमा विद्यार्थीहरु तथा शिक्षकहरुलाई पुरस्कार प्रदान गरिएको र स्याना स्याना बालबालिकाहरुले देशको बिभिन्न जातजातीको भेषभुषा प्रर्शन गर्नुका साथै नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा मोन्टेश्वरीकि प्रिन्सीपल प्रतिमा मल्लाह ले पनि बोलेकि थिईन र शिक्षिका तृप्ती डिसीले संचालन गरेकि थिईन ।