Tuesday, December 27, 2011

The Follower's of Buddhas important 10 Place

भगवान बुद्ध महापरिनिर्वाण हुने समयमा आ of Buddhaफ्ना शिष्य आनन्दलाई महत्वपूर्ण चार स्थान र अन्य स्थानहरु भबिष्यमा जहां श्रद्धालुहरु आएर पुजा गर्नेछन् । एकः जहां तथागतको जन्म भएको थियो स्थान त्यो नेपालको पश्चिमान्चल लुम्बिनी अंचल रुपन्देही जिल्ला हो । यहां भारतका अशोक सम्राटले स्तम्भ गाडेकोछ । Where born Buddha that place was Lumbini Nepal . Where is Emperor Ashok Piller. दुईः जहां तथागतले बोधिज्ञान प्राप्त गर्यो बोधगया भारतको बिहार राज्य पर्दछ यहां १६० फिट अग्लो ध्यान मुद्रामा भूमि स्पर्षमुद्रामा रहेको बुद्धको सुन्दर मुर्ति छ । Where Buddha got enlighten Bodhgaya India. तिनः जहां तथागतले प्रथम धर्मचक्र प्रवर्तन गर्नुभो सारनाथ यहां पनि १५० फिट अग्लो बुद्धको सुन्दर मुर्ति रहेकोछ । Where Buddha first teach to 5 Vaddiya that was Buddha Religion.Where is 150 ft hight Buddha's Sculpture. चारः जहां तथागतले महापरिनिर्वाण प्राप्त गर्नुभो कुशिनगर । अन्य महत्वपूर्ण स्थानहरु यस प्रकार रहेकोछ । Where Buddha got Mahaprinirwan ५ कपिलवस्तु: नेपालको लुम्बिनी अंचल कपिलवस्तु जिल्ला हो जिल्लाको सदरमुकाम तौलिहवा जहां शाक्यमुनी बुद्धको मूल घर थियो त्यस स्थानको नाम तिलौराकोट हो । यो स्थान तत्कालिन शाक्य गणराज्यको राजधानी थियो जस्को राजा शुद्धोधन थियो । स्थान भारतको कोशल राज्य देखि नजिक रहेको थियो ।Kapilvasu was kingdom of Shakya's King was Buddhas father Shusddhodhan.This place is also birth place Krakuchhand Buddh and Vipassi Buddha. ६ देवदहः यो सिद्धार्थ मावली स्थान हो ।र ससुराली पनि तत्कालिन शाक्य गणराज्य अन्तरगत पर्ने एउटा स्यानो राज्य थियो लुम्बिनी अंचलको नवलपरासी जिल्ला पर्दछ । Devdaha where is Father's place of Mahamaya and also Yashodhara . ८ श्रावस्तिः भारतको यू.पि.मा भएको स्थान चार पवित्र स्थलको दांजोमा महत्वपूर्ण रहेकोछ । जहां भगवान बुद्धले सर्बाधिक बर्षावास २५ वटा बर्षावास बस्नु भएको थियो । यहां कोशल राज्यको प्रसेनजित राजा थिए । महादानी अनाथपिण्डक जस्ले राजकुमारको जेतवन किनेर दान दिएका थए । तत्कालिन खतरनाक डांकु अंगुलीमालको गुफा पनि यहिं रहेकोछ । त्यतिबेलाको बुद्धले देशना दिनुभएको पिपलको विरुवा पनि हाल सम्म बृद्ध जिवित अवस्थामा रहेकोछ । बुद्धले पानी पिउनु भएको कुंवा पनि रहेकोछ ।Where Buddha take 25 Barshawas . ९ राजगृहः यो तत्कालिन शक्तिशाली सम्राट बिम्बिसारको राज्य मगधको राजधानी हो । यो ठाउं मा भगवानको महापरिनिर्वाण पछि प्रथम धम्म परिषद बसेको थियो । यहां भगवानले देशना दिनुभएको स्थान गृधकुट पनि रहेकोछ ।The kingdom of magadh where was king Bimbisara . १० वैशालीः यो स्थान भारतको बिहार राज्यको मुजप्फरपुरमा रहेकोछ । यहां भगवानले दैनिक देशना दिनुहुन्थ्यो । यहां भगवानले आफ्नो परिनिर्वाण हुने कुरा भविष्यवाणी गर्नुभएको थियो । भगवानको परिनिर्वाणको १०० बर्षपछि दोश्रो परिषद बसेको थियो ।

Wednesday, December 14, 2011

प्रेम (लघु उपन्यास)

 साउन भदौको महिना मौसम झरी पर्ला जस्तो थियो । कति बेला पानी पर्नेहो ठेगानै थिएन । काम विशेषले काठमाण्डौको काम सिध्याएर म रात्री बसबाट घर जान प्रस्थान गरें । ए र्साईडको ११ नं.को सिट परेको रहेछ तर मलाई थाहा थिएन बसमा चढेपछि बल्ल टिकट हेरेर पत्तो लाग्यो ४ बजेपछि गोंगबु बसपार्कबाट गाडी प्रस्थान ग-यो । निदाउने बेहोसी औषधी खाएको मान्छे जस्तोपो भएकि रहेछु । रात धेरै बेर भएको रहेछ बस भित्रका मान्छेहरु कराएको हल्ला मेर।े कानमा सपनामै ....पैरो ले बाटो बन्द छ । अब रात बस भित्रै हुनेभो कस्तो उम्सो भन्दै कराएको सुने पछि बिउंझें फेरि म उस्तै त्यो अपरिचित मान्छेको कांधमा आराम सित टाउको बिसाएकि रहेछु । यता उति हेरे अनि केभो कहां पुग्यौं हामी - भनेर सोधें कहां पो हो कुन्नी कस्तो सुत्न सकेको हो यस्तो हल्लाखोर हुंदा पनि पहिरोे गएको छरे ,हिंडेर जानु पर्छ रे ,गाडी जान सक्तैन भनेर एउटा मान्छे अलि कड्केर बोल्यो । के गर्ने मौसमको कुरा हो कतिबेला कहां के हुन्छ कस्लाई के थाहा जेपर्छ सामना गर्नै पर्छ अब रात काट्नै पर्छ भोली बिहान भएपछि थाहा होला कहां के भएको छ भनेर संगैको सिटको मान्छेले सान्त्वना दिएर भन्यो । म आत्तिएकि थिए पानी बिदो भए पछि बिहान ५ बजे पछि सबैजनाले आ-आफ्नो सामान निकालेर बाहिर निस्के ।

धर्म अधर्म (Jeewan Kumar Shakya)





जुन कर्तव्य हो त्यो धर्म हो जुन अकर्तव्य हो त्यो अधर्महो । अर्थात जुन गर्नु पर्ने हो त्यही धर्म हो । जस्तै नाकले पानी पिईन्न । जुन करणीय हो त्यही धर्म हो र जुन अकरणीय हो त्यो अधर्म हो । २६०० बर्षपूर्व यस क्षेत्रमा अकरणीयलाई विनय भनिन्थ्यो । समयको अन्तराल संग संगै भाषामा पनि परिवर्तन हुंदो रहेछ शव्द परिवर्तन हुन्छ शव्दको अर्थ परिवर्तन हुन्छ । जस्तै आज भोली विनयलाई विनम्र भनिन्छ । त्यस ताका विनयको अर्थ टाढा रहनु अर्थात हिंसाबाट टाढा रहनु,व्यभिचारबाट टाढा रहनु । विनयलाई गर्नु पर्ने नियम पनि भनिन्छ । जुन विनयको पालन गर्नाले सुखको जीवनयापन गर्न सक्छ । त्यसैले त भगवान बुद्धले भिक्षु,गृहस्थी तथा राजाहरुको लागि बनाउनु भएको नियमलाई विनय पिटक भनिन्छ । भगवान बुद्धको शिक्षा धर्म र विनय भनिन्थ्यो । के धारण अथवा ग्रहण गर्न योग्य छ के टाढा राख्नु योग्यछ । के करणीयछ के अकरणीयछ । करणीय भनेको त्यो हो जस्ले हामीलाई सुखी बनाउंछ वा राख्छ र अरुलाई पनि सुखी राख्छ । आफ्नो पन किल्याण अरुको पनि कल्याण गर्छ । अकरणीय यस्तोछ आफ्नो सुख पनि भत्काउंछ अरुको पनि सुख समाप्त गर्छ । उदाहरणको लागि लागु पदार्थले आफुलाई त हानी गर्छ नै अरुलाई पनि हानी नोक्सानी गर्छ । झुठो बोल्नाले आफ्नो मनमा अशान्ति त हुन्छ र अरुको लागि पनि हानी पुगाउंछ । आगो स्वयम जल्छ खरानी हुन्छ जस्ले आगो छोयो त्यस्लाई पनि समाप्त गर्छ । खर्ुसानी पीरो हुन्छ जस्ले खान्छ त्यसको भित्री शरीरमा जलन हुन्छ ।

Tuesday, December 13, 2011

मनको परावर्तन

जीवनकुमार शाक्य,स'र्खेत मानिस संसारको प्राणीहरुमा उत्कृष्ट प्राणी भनेर समाज शास्त्रमा उल्लेख गरेकोछ सायद मानव शास्त्रमा पनि उल्लेख गरेको होला । आखिर मानसले आफैले आफैलाई किन उत्कृष्ट प्राणी घोषणा गरेको होला अवश्य पनि उत्कृष्ट विचार विवेक भएरै त होला नि । मानिसले आफुलाई भन्दा अरु प्राणीलाई स्नेह माया गर्न सक्छ अरु प्राणीको भावना बुझ्न सक्छ ।अरु प्राणीको उन्नतिको लागि हक अधिकारको लागि प्राण रक्षाको लागि कार्य गर्न सक्छ त्यसैले मानिसलाई उत्कृष्ट प्राणी भनिएको होला । तर कहिले काहिं लाग्छ मानिस सबै भन्दा खतरनाक प्राणी हो अरु प्राणी भन्दा विवेकहीन हो र अरु प्राणी भन्दा क्रूर पनिहो । त्यो सबै मानिसको मनको स्थिति तथा स्तरको कारणले हो भन्नु पर्छ । मानिसको मन अरु प्राणीको भन्दा फरक छ स्तरीय छ । मानिसको मन करुणाले भरीएको पनि छ । मानिसको मन मात्रै बोधिचित्त हुन सक्छ मानिस मात्रै बुद्ध हुन सक्छ । मानिसको मन पशु चित्त पनि हुन्छ असूर चित्त पनि हन्छ । मानिसको बोधि मनले आफ्ना सारा कुशल अकुशल कर्महरुलाई बुझ्दछ अनि बुद्धत्व प्राप्त गर्न सक्छ । कतिपय पशुहहरुको मन पनि बोधि चित्त भएको हुन्छन् बिभिन्न घटनाक्रमले देखाएकोछ । कुकूरले बिरालोको छाउरालाई दुध ख्वाएको,बाख्राले बाघको बच्चालाई दुध ख्वाएको घटना कहिले काहीं खबर सुन्न पाईएकोछ । मानिसको मन स्थिर हुंदैन, गतिमान हुन्छ, पल पल परिवर्तन भैरहन्छ मानिसको यो गतिमान मनमा बिभिन्न प्राणीहरुको मनले स्थान ओगटेको पनि पाईन्छ । मानिसको मन उस्को प्रतिकृया द्वारा प्रतिबिम्बित भएको हुन्छ । यो संसार अनित्यछ, त्यसैले हरेक संस्कार अनित्यछ,त्यसैले बेदना पनि अनित्यछ । केवल अनित्य मात्रै नित्य छ । हरेक बस्तु परिवर्तनशील छ चाहे जिवित होस या निर्जिव । हेर्दा निर्जिव देखिएतापनि वातावरणको कृयाले त्यस्को स्थिति परिवर्तन भएको हुन्छ । हरेक बस्तुको उत्पत्ति पछि नष्ट हुन्छ केवल समयको तल माथि मात्रै हो । हिजो जे थियो त्यो अहिले केहि छैन सबै नया भैसक्यो हेर्दा त्यहि जस्तै लागे तापनि त्यो अर्कै भैसकेकोछ । यो संसार कस्तो थियो अहिले कस्तो भैसकेको छ बिगतमा हामीले देखेको परिस्थितिको राम्ररी अनुभवछ । दृष्यहरु आफै परिवर्तन भैरहेको हुन्छ किन कि यो संसार अनित्यछ । सबैले अनित्यलाई महसुस गर्न सक्छ तर मानिसले मात्रै बुद्धत्व प्राप्त गर्न सक्छ । बुद्धत्व प्राप्त गर्न बोधिचित्त अर्थात बोधि मन कृयाशील हुनु नित्तान्त आश्यक छ । हाम्रो मनलाई परम परोपकारी तवरले तालीम दिनु पनि नित्तान्त आवश्यक छ । मानिसको मन बलियो हुनुपर्छ कमजोर हुने बित्तिकै अरु प्राणीको मनले बास गरिहाल्छ । मानिसको मनलाई शील,समाधी र प्रज्ञाले बांध्नुपर्छ । मानिसको मनलाई जसरी पशु पंक्षीलाई तालीम दिईन्छ त्यसै गरेर मनलाई साध्नुपर्छ । मनको स्वभाव अस्थीर हुनुहो चन्चल हुनुहो मनको धर्म कृयाशील हुनुहो । मानिसको मन कति बेला परिवर्तन भैहाल्छ बुझ्न गाह्रो हुन्छ । मनको मूख्य धर्म अगुवाई गर्नु हो । मन ईन्द्रियहरुको शासक हो । मनले सबै ईन्द्रियहरुलाई आफ्नो अधिनमा सन्चालन गरि रहेको हुन्छ । मनको निर्देश बिना कुनै पनि ईन्द्रियले केहि गर्न सक्दैन । मन शक्तिशाली हुन्छ । मनले चाहनु मात्रै पर्छ जे पनि गर्न सक्छ र जे पनि हुन सक्छ । मनको दश तह हुन्छ । मनले नै मानिसलाई अंधोगति वा उंधोगतिमा पुगाएकोहुन्छ । आज संसारका बिभिन्न व्यक्तिहरुको मनलाई मूल्यांकन गरेर हेर्न सकिन्छ चाहे त्यो बिगतका होस चाहे बर्तमानका होस । एडल्फ हिटलर क्रूर शासक हुनु ,भारतका महात्मा गान्धी,स्वामी विवेकानन्द,झांसीको रानी भारतमा त्यस्ता अनगिन्ती महान मनहरु छन र पशुभन्दा पनि गए गुज्रेको मन पनि देखिन्छ । महान सिकन्दरले संसार जित्ने मन गर्यो । नेपालका पृथ्वी नारायण शाहको मनले नेपालीलाई २४० बर्ष रैती बनायो । शाक्यमुनी भगवान बुद्धको मनले चतुरर्याय सत्यको मार्ग प्र्यदर्शन गर्यो । प्रथम शहीद लखन थापा र राणाकालिन चार शहीदहरुको मनले राणा शासनको बिरुद्धमा बिद्रोह गर्यो । नेपाली जनताको मनले दोश्रो जन आन्दोलनको सृजना गर्यो माओवादीको मन क्रूर भन्दा क्रूर भयो र सरकारी सेनाको मन पनि क्रूरतामा प्रतिष्पर्धा नै गर्यो ।हजारौ अनगिन्ती शहीदहरुको मनले बलिदानी गर्यो । महाभारतमा धृतराष्ट्र,दुर्योधन,पांचपाण्डव द्रोपदी तथा कृष्णको पनि मनले नै महाभारतको सृजना भयो । रामायणमा पनि दशरथ देखि राम र रावणको मनकै कारणले रामायण सिर्जना भयो । भारतका प्रख्यात कवि रन्द्रिनाथको मन कति सुन्दर,दुई राष्ट्रका लागि उस्को रचना राष्ट्रीयय गान बन्यो नेपालका कविशिरोमणी,लक्ष्मी प्रसाद देवकोटाको मन कति सुन्दर भानुभक्तले घांसीको सामाजिक सेवाको काम देखेर मन् परिवर्तन भयो । जे सुकै सम्बेदना प्रकट भएपनि जुनसुकै ईन्द्रियहरु द्वारा कृया गरे पनि मनैमा प्रतिकूल असर पर्ने रहेछ । मनमा असर पर्ने बित्तिकै प्रतिकृया उत्पन्न भैहाल्छ । हेतुफलको उपदेशहरु द्वारा मतिशोधन अर्थात मनलाई तालीम दिईन्छ । आत्मपरावर्तन द्वारा पनि मतिशोधन अर्थात मललाई उच्च स्तरीय तालीम दिईन्छ । त्यो मनलाई एकाग्रताको तालीम विपश्यना द्वारा मात्रै सम्भवछ भनेमा अत्युक्ति नहोला । मानिसको दृष्टि एक ठाउंमा टिके पनि मनको आंखाले अन्यत्र भ्रमण गरेको हुन्छ त्यसैले देखेको दृष्य पनि उस्ले बिर्सन्छ । कानले ध्वनी सुनेतापनि मन अन्यत्र भएकोले स्मृति बलियो गर्न सक्तैन अहिलेको अहिल्यै पनि बिर्सन्छ । मनको अस्थिरताको बारेमा एउटा बुद्धकालिन पूरानो बोध कथा छः मनको बारेमा भगवान बुद्धले यसरी भन्नुहुन्छ " जसरी राम्ररी छाएको छानाबाट पानी चुहिंदैन त्यसरी नै राम्ररी भावना गरेको मनबाट राग चुहिंदैन, जसरी राम्ररी छाना नछाएको छानाबाट स्यानो बर्षमा पनि पानी चुहिन्छ त्यसरीनै राम्ररी भावना नगरेको मनबाट राग चुहिन्छ" मानिसको मनमा रागको परावर्तन हुन्छ मनको परावर्तन हुन्छ अनि यहि राग र द्वेषको परावर्तनको युद्धमा मानिस अल्भझिरहन्छ । यहि राग र द्वेषको मनमा परावर्तनको द्वन्दले प्रज्ञा उत्पत्ति भएको हुंदैन । बर्तमान समयमा मानिसको मनमा मैत्री साह्रै न्युन छ अर्थात मैत्री भावना साह्रै पातलोछ । मानिसको मन साम्प्रदायिकताले जकडिएकोछ । अरुको दुःख पिडा जति ममा आओस मेरो सुख जति अरुलाई जाओस के यसरी कसैले कल्पना गर्न सकेकोछैन - सबैको मङ्गल होस † सबैको जय होस † सबै दुख पिडाबाट मुक्त होउन † सबै भयबाट मुक्त होउन † सबै रोगबाट मुक्त होउन † भनेर मनमा कामना गर्न सकेको स्थिति छैन - मानिसको मन ले आफ्नो शत्रुलाई सुख होस पिडाबाट मुक्त होस भनेर कामना गर्नै सक्तैन जब उ यस्तो कामना गर्न सक्ने हुन्छ उस्को मनमा एउटा सुखानुभतिको परावर्तन हुन्छ एउटा धर्मको फूल फुल्छ । मानिसको मन कस्तो छ संधै आफुले वा आफुलाई राम्रो बस्तु प्राप्त होस भन्ने मनले स्वतः सिर्जना गरिरहेको हुन्छ गाडीमा यात्रा गर्दा तपाईं सुबिधायुक्त सिट रोज्नुहुन्छ आफुलाई सरल र सुबिधाको लागि अरुलाई जेसुकै अप्ठेरो होस कुनै सरोकार छैन ,तपाईंको अगाडि फलफूल कसैले ल्यायो भने सध्य सध्य छानेर लिनुहुन्छ कमसल वा खराब अरुको लागि छोडिदिनुहुन्छ । बिष आफुले पिएर अरुलाई अमृत दिने क्षमता छ र- ... अहँ“ बिष आफुले पिएर पनि अरुलाई अमृत कस्ले दिन्छ र अनि किन नाम शिवप्रसाद छ त-आफूलाई अरुको लागि प्रयोग गर्न सक्नुपर्छ । अरुलाई आफ्नो लागि प्रयोग गर्नु गलत हो । मान्छेको मन कस्तो छ क्रूरताले भरिएकोछ भन्दा के होला तपाईंको मनमा परावर्तन - र्सबप्रथम भन्नुहोला कसरी - एउटा उदाहरण लिउं मानिसहरु जो मांसाहारी छन् खसि बाख्रा पालेका हुन्छन् प्रेमले घांस पात खुवाउंछन सुसार गर्छन् खसि मोटाउंछ जति जति मोटाउंछ उस्को मनमा कस्तो परावर्तन हुंदै जान्छ .... अहा † खसिमा बोसोले भरिएकोछ ... मूल्यको भयो वा यसपाली काटेर खानुपर्छ । त्यस्तो माया प्रेम गरेर हुर्काकाएको खसि बोका च्वाट्ट काटेर खाने मन कसरी हुन सक्यो...- भन्छन यो काटेर खाने बस्तुनै हो । मानिसको मनले आफूलाई र अरुलाई समान दृष्टिले हेर्न बिरलै सक्छन् । हेर्न सकिन्छ वा सकिंदैन प्रयास गरेर हेरेमा अवश्य सकिन्छ त्यस्को तरिका यस प्रकार छ अरुको तर्फबाट हेर्नु ,आफ्नो तर्फबाट हेर्नु र परमार्थ दृष्टिले हेर्नु । यदि एक पटक आफै खसि भएर हेरौं त कस्तो भयंकर...† त्रास र व्याकुलता हुन्छ । मैले धेरै व्यक्तिलाई प्रश्न गरें "यदि तपाई मरेर फेरि कुनै प्राणीको जुनि लिने मौका पर्यो भने के को जुनि लिनुहुन्छ" - अधिकांशले उत्तर मान्छेको त्यस्मा पनि पुरुषको भनेर उत्तर आयो । अनि मान्छे बाहेक अरु प्राणीको जुनि लिनु पर्यो भने भनेर सोध्दा अधिकांशले जस्लाई काटेर खाईंदैन त्यो जनावरको नाम लिए जस्तै गाई ,डांफे इत्यादि गधाको जुनि लिन्छु,सुंगुरको वा र्सपको जुनि लिन्छु भनेर कसैले भनेनन् । मनमा असल कल्पना गरेमा असल परावर्तन हुन्छ । सुखानुभुति हुन्छ । खराब कल्पना गरेमा व्याकुलता द्वेषको परावर्तन हुन्छ । हाम्रो मनलाई समता बनाई राख्न सक्नु पर्छ । कुनै पनि दुःखलाई दुःखको रुपमा न लिने सुखलाई सुखको रुपमा न लिने । तर गाह्रो छ प्रयास गरेमा अवश्य सकिन्छ । एउटा प्रयास यसरी गरेर हेरौं सबै भन्दा पहिला आंखा चिम्लेर बर्तमान अवस्थालाई सोंचौं † तपाई कहां के गर्दै हुनुहुन्छ ,मानौं कुनै किताब पढदै हुनुहुन्छ वा पत्रिका ध्यान दिएर पढ्दै हुनुहुन्छ किनकि कुरा वा घटना रोचक छ, त्यसैबेला एउटा झिंगा तपाईंको नाकमा बस्यो वा लामखुट्टे बस्यो वा शरीरमा कतै सुलसुल भयो वा चिलायो तपाईं तठष्ट भएर बस्नुस केहि नगर्नुस केवल एक क्षणको लागि हो यो सबै अनित्य छ भनेर सोंच्नुस यस बखत तपाईंको मनको आंखा अन्यत्रै पुगेको हुन सक्छ प्रयास गर्नुस अवश्य सकिन्छ । जब तपाईंलाई कसैले ए सुंगुर गधा के गर्दैछस् भनेर भन्यो भने निश्चितछ तपाईंको मनमा व्याकुलतामा परावर्तन हुन्छ तर त्यहि समयमा म त सुंगुर , गधा होईन मलाई भनेको होईन भनेर चुप लागेर बसेमा उस्को मनमा के परावर्तन होला जतिपटक भनेपनि तपाई चुप हुनुहुन्छ भने के होला उस्को मनको परावर्तन - उ थाक्छ ,तपाईं प्रतिको उस्ले के सोंच्ला... कस्तो मान्छे रहेछ - ढुङ्गा हो कि मान्छे । बुद्धको एकजना निकटतम शिष्य सारिपुत्र भिक्षाटनको लागि जांदै थिए उस्को आलोचकहरुले गालि गरे ए † बेवकूफ लोभी † दुई तिन पटक भन्यो सारीपुत्र अगाडी बढदै गर्यो । त्यसपछि एक लात पिठ्युंमा हान्यो तैपनि सारिपुत्र अघि बढदै गयो । अनि तिनिहरु अचम्म मानेर अगाडी आएर सोध्यो के हो तिमीलाई त्यत्रो गाली गरें लात्तीले हिर्काएं केहि चाल गर्दैनौ कस्तो हो - सारीपुत्रले भन्यो "तिमीहरुले पछाडीबाट के के भन्यौ के के गर्यौ मलाई केहि थाहा छैन" । मानिसको मन् पशुहरुको जस्तै हुनु हुंदैन,मानिसको मन मानिसकै हुनुपर्छ अनि परामर्थ सत्यलाई बुझ्नुपर्छ दया करुणाले भरिएको हुनुपर्छ ।बर्तमान अवस्थामा मानिसको मन साह्रै संकिर्ण हुंदै गएकोछ । केवल मै खाउं मैलाउं मै मोज गरुं मरुन सबै दुर्बलहरु भने झै भएकोछ । जताततै अराजकता छाएको जस्ले जे गरेपनि अपराधी मनले वयाप्त भएकोछ । दिनानुदिन हिंसा बढीरहेकोछ । राज्य संचालन गर्ने शासकहरुमा धर्मको चेतनानै छैन ।भारतका अशोक सम्राटको मन शान्तिमा परावर्तन भयो जस्ले हजारौ दाजुभाईहरुको हत्या गरेका थिए बुद्धको अनन्य भक्त्त भए र बुद्ध धर्मको प्रचारमा अग्रसर भए । राजा अजात शत्रु राजा बिम्बिसार जो विलासितामा मग्न थिए डा भिमराव अम्बेडकर ६लाखहरुको साथमा बुद्ध धर्ममा दिक्षित भए । यि सबै मनको परावर्तनकै कारण त हो नि । नेपालमा माओवादीको नाम सुन्दा त्राही त्राही हुन्थे अब शान्तीमा परावर्तन भए । कृतज्ञताको भावनाले भरिएको हुनुपर्छ । अनि देश शान्ति सुखमय र बिकसित हुन्छ । भवतु सब्ब मङ्गलम् †

कांक्रेबिहार बौद्ध भग्नावशेष बिहार( जीवनकुमार शाक्य)





कांक्रेबिहार भग्नावशेषको बारेमा बयान गर्नु पर्दा यो कहां छ भन्ने बारेमा उल्लेख गर्नु आवश्यक पर्छ ।कांक्रेबिहार भग्नावशेषको बारेमा प्रवेष गर्नु भन्दा अगाडी लाटीकोईली बारेमा चिनारी गर्नुर् पनि आवश्यक पर्छ । यो कुनै चराको नाम नभएर एउटा बिशेष ठाउंको नाम हो । यद्यपि अहिले सम्म कोईली चरी लाटी हुन्छ भन्ने सुनिएको छैन र देखिएको पनि छैन । तर किम्बदन्ति भनाई अनुसार कोईली नाम गरेको केटी लाटी भएकोले लाटीकोईली भनिएको भनिन्छ तिनै लाटी केटीको नाम बाट यो ठाउंको नाम रहेको भन्ने सुनिन्छ । नामको बारेमा किन चर्चा गर्न लागें आंखिर के महत्व छ र चर्चा गर्नुपर्ने यसो हेरौं न त । यो एउटा सुर्खेत जिल्ला भित्रको १८ खण्डाल मध्य एक सबैभन्दा ठूलो खण्डालभित्रको गाउं बिकास समितिको नाम हो । नेपाल मध्य-पश्चिमान्चलको केन्द्र बिन्दु भेरी अन्चल सुर्खेत जिल्लाको सदरमुकाम तत्कालिन बाईसे चौबिसे राज्यको अवस्थामा दुल्लु राज्य अन्तरगत थियो । अहिले भेरी अंचल सुर्खेत जिल्लाको निर्वाचन क्षेत्र नं.२ अन्तरगत पर्ने गाउं विकास समितिको नाम हो । यो गाउं विकास समिति नेपालकै ऐतिहांसिक महत्वपूर्ण गा.बि.स.हरु मध्य पर्दछ भन्दा अत्युक्ति नहोला । उपत्यका भित्र रहेको यो गा.बि.स.को २०५८ सालको जनगणना अनुसार जनसंख्या पुरुष ६४१७ महिला ६६०६ गरि जम्मा १३०२३ रहेकोथियो ।२०४९ सालको निर्वाचनमा जनसंख्या ९७०६ रहेको थियो । तत्कालिन गा.बि.स.अध्यक्ष नेपाली कांग्रेसबाट डम्मरबहादुर जि.सी.हुनुहुन्थ्यो यो गा.बि.स.मा प्रति बर्ष.८ प्रतिशतका दरले जनसंख्या बृद्धि भएको देखिन्छ अरु गा.बि.स.को अनुपातमा सबै भन्दा धेरै जनसंख्या भएको गा.बि.स. हो । उक्त जन संख्या मध्य आदिवासी जनजातीहरुको कूल संख्या ३०३० रहेको पाईन्छ । जस्मा सबै भन्दा बढी थारुहरुको २१४४ देखिन्छ । यस्को सिमाना पूर्व र दक्षिणमा भेरी नदीले घेरेकोछ । सबै भन्दा बढी बुद्धिजिविहरुले प्रतिनिधित्व रहेकोछ । सुर्खेत उपत्यको प्रवेशव्दार पनि यहि गा.बि.स. हो । उपत्यकाको प्रवेश द्वार सुव्बाकुना हो प्रवेष गर्ने बित्तिकै लाटीकोईलीको सुन्दर फांटहरु देखिन्छन् । यो गा.बि.स.लाई उपत्यकाको अन्न भण्डार पनि भनिन्छ । सुन्दर मनोरम दृष्यहरुले भरिपूर्ण यहां सुर्खेत उपत्यकालाई आवाद गर्ने थारुहरुको बाक्लो बस्ति रहेकोछ । यहां उपत्यका भित्रको खोर्के खोला र इत्राम खोला मिसिएर निकास हुंदै भेरीमा निकास थुन्नीयो भने सुर्खेत थुनिने निर्विवाद सत्य पनि देखिन्छ । यहां हिन्दुहरुको आराध्य मन्दिर शक्तीपीठ देउती मन्दिर,ऐतिहांसिक शिवालय,बौद्ध गुम्बा ,मुस्लिमहरुको मश्जिद र क्रिश्चियनको चर्च समेत रहेकोछ भने नेपालमै चर्चित निरन्तर दश धारा बगिरहने चर्चित बुलबुले ताल पनि रहेकोछ । स्यानो पोखरी जस्तो संधै एउटै तापक्रममा पानीको बुलबुल चोबिसै घण्टा निरन्तर निस्किरहने भएकोले बुलबुले नाम रहन गएको हो । लाटीकोईली गा.बि.स.को वडा नं.९ मा अवस्थित गङ्गामाला देउती बज्यैको प्रसङ्ग राजी जाती संग जोडिएको पाईन्छ ।

क्यालोरी

क्यालोरी मानिसको जीवन यापनकोलागि उर्जाको नित्तान्त आवश्यक हुन्छ भनेर सबैलाई थाहा भएकै हो तर एउटा स्वस्थ मान्छेको लागि कति उर्जा अर्थात क्यालोरी आवश्यक पर्छ भनेर विरलैलाई थाहाहुन्छ । स्वास्थ्य बिशेषज्ञको सल्लाह अनुसार कम्तीमा पनि २५०० क्यालोरी सरदर आवश्यक पर्छ तर गर्भवती महिला दुध ख्वाउने महिला र कडा शारिरीक परिश्रम गर्ने लाई कम्तिमा ३००० क्यालोरी चाहिन्छ भन्छन् । सामान्यतया अधिकान्श हामी नेपाली के उपभोग गर्छौं र दाल भात तरकारी अचार वा चटनी त हो । कसै कसैले दुई थोक तरकारी होला ।मानिसको शरीरको शक्तीको लागि क्यालोरी अनुभुत आवश्यकता हो र यो प्रत्येक पल आवश्यक पर्छ र प्रत्येक पल खर्च भैरहेको हुन्छ । मानिसको शरीरमा क्यालोरीको भण्डार खाली भयोभने काम गर्न जाँगर कम हुंदै जान्छ । मानिसको शरीर बृद्धीको लागि पनि प्रोटीन भन्ने खाध्य पदार्थ आवश्यक पर्छ र रोग सित लड्न सक्ने खनिज पदार्थ पनि नभै हुन्न । हाम्रो शरीरमा यहि खनिज पदार्थको कमि हुनाले बिभिन्न रोगहरुले समाति हाल्दो रहेछ । बढी भएपनि हुंदैन कम भए पनि हुंदैन सन्तुलित नै हुनुपर्छ त्यसैले सन्तुलित आहार भनेकोछ ।हामीले खाने गरेको फलफूलमा के कति क्यालोरी हुंदो रैछ यसो विचार गरौं न है त । हरेक वस्तु १०० ग्राममा पाईने निम्नानुसार १ अङ्गुर ३४ क्यालोरी र भिटामिन ए र सी २ चेरी ६३ High in vitamin C and dietary fibre ३ टर्बुजा ३० High in vitamin A and C ४ स्ट्रवेरी २५ क्यालोरी High in potassium and very high ५ केरा ९५ क्यालोरी High in potassium and vitamin C, very high in vitamin B6 ६ स्याउ ४७ क्यालोरी High in dietary fibre and vitamin C ७ सुन्तला ३७ क्यालोरी High in potassium, thiamine, very ८ अनार ४० क्यालोरी High in vitamin C and very high in dietary fibre ९ भुईंकटहर ५०.३ क्यालोरी High in thiamine, vitamin B6 and very high in Vitamin C and manganese १० कागती २८.७ क्यालोरी High in iron, potassium, vitamin B6 and very high in vitamin C ११ आँप ६४.८ क्यालोरी High in dietary fibre, vitamin B6, very high in vitamin A and C

Sunday, December 11, 2011

२५ मंसीर २०६८, सुर्खेत
जिल्ला विकास समिति सुर्खेत अर्न्तगत आदिवासी जनजाती, महिला, दलित समन्वय समितिमा तीन जनालाई आईतबार मनोनयन गरिएको छ ।
नेपाल सरकार स्थानिय विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार सबै जिल्ला विकास समितिमा जिल्लास्तरिय महिला, दलित र आदिवासी जनजाती समन्वय समिति गठन गरी सोही समुदायका एक/एक जना उपाध्यक्ष मनोनयन गर्न निर्देशन दिएको थियो । सोही अनुसार आदिवासी जनजाती जिल्ला समन्वय समितिको उपाध्यक्षमा आदिवासी जनजाती महासंघका सचिव एकिकृत नेकपा माओवादीबाट टोपबहादुर दर्लामी उहाँ पूर्व उपाध्यक्ष पनि हुनुहुन्थ्यो महिला जिल्ला समन्वय समितिको उपाध्यक्षमा हरिमाया शर्मा, दलित वर्ग उत्थान जिल्ला समन्वय समितिको उपाध्यक्षमा ललित परियार र लाई मनोनयन गरिएको जिल्ला विकास समिति सुर्खेतले जनाएको छ । उनीहरुले आजै आईतबार एक कार्यक्रमकाविच पदभार ग्रहण गरेका छन् । उक्त अवसरमा जिल्ला विकास समिति सुर्खेतका निमित्त स्थानिय विकास अधिकारी ओमदत्त रेग्मीले बोल्दै महिला, उत्पीडित, आदिवासी जनजाती र दलित समुदायको विकासका लागि मनोनित उपाध्यक्षहरुले महत्वपूर्ण भुमिका खेल्ने बताए ।
यसप्रकार सरकार परिवर्तन संगसंगै बिभिन्न निकायमा पनि परिवर्तन हुने प्रकृयाले सम्बन्धित संस्थाको योजना अनुसार काम हुन नसकेको अवस्था रहेको देखिन्छ । समन्वय समिति नाम भएपनि आसा गरे अनुसार समन्वय हुन नसकेको अवस्था रहेकोछ ।

Thursday, December 8, 2011

बौद्ध सम्प्रदाय एक झलक ( जीवनकुमार शाक्य)


                                                       
          भगवान बुद्धको समयमा कुनै पनि प्रकारको पंथ या सम्प्रदाय थिएन तर बुद्धको निर्वाण पछि द्वितीय बौद्ध संगतिमा भिक्षुहरुमा मतभेद भएका कारण दुई भाग भयो। पहिलो हिनयान र दोश्रोलाई महायान भनिन्छ। महायान अर्थात ठूलो यातायातको साधन वा ठूलो जहाज र हिनयान अर्थात स्यानो सवारी साधन या नाउ । हिनयानलाई थेरवाद पनि भनिन्छ । महायान अन्तर्गत बौद्ध धर्मको एक तेश्रो शाखा थियो वज्रयान। झेन, ताओ, शिंतो आदि अनेकौं बौद्ध सम्प्रदाय पनि उक्त दुई सम्प्रदायको अन्तर्गत नै मानिन्छ।

Wednesday, December 7, 2011

सम्राट बिम्बिसार एक परिचय


lalDa;f/

a'4sf] zf;gsfndf tTsflng duw  /fHodf /fhj+zLo zf;gsf] zf;s dxf/fh eftL lyP . pGsf] dxf/fgL la+lDaaf6 5f]/f hGd eof] . la+lDa k'q ePsf]n] 5f]/fsf] gfd klg lalDa;f/ /flvof] . /fhs'df/ la+lDa;f/ rt'/ / t]h a'l4 ePsf]  lszf]/ eP / dxTjfsf+IfL lg:s] . /fhf eftLnfO{ cfkm\gf] 5f]/f k|lt ;fx|} dfof+ uy]{ . la+la+;f/nfO{ !% aif{s} pd]/df /fhf x'g] clenfiff hfUof] dxf/fh eftLn] ltGnfO{ /fHofleif]s ul/ lbP/ /fhkf7 ;'Dk] . zf:q labf nufPt ;}Go ;+rfngdf klg kf/+ut eP . cfkm\gf ;]gfx?nfO{ lalw z:qx?n] ;';lHht ul/lbP . cfkm\gf] ;}Go zlQmn] c+u hgkbnfO{ cfkm\gf] clwgdf kf/] . c+u / duw ld;P kl5 emg zlQmzfnL eP la+la;f/ . lazfn ;]gfsf] gfos ePsfn] ;]gfgL la+la;f/ eg]/ rlr{t x'g yfn] .

धर्म अधर्म

धर्म अधर्म
धर्म भनेको के हो - धर्मको बारेमा जे प्रचलतिछ त्यो सम्प्रदायहो भनेर मैले जानेकोछु । जुन कर्तव्य हो त्यो धर्म हो जुन अकर्तव्यहो त्यो अधर्महो । अर्थात जुन गर्नु पर्ने हो त्यही धर्म हो । जस्तै नाकले पानी पिईन्न । जुन करणीय हो त्यही धर्म हो र जुन अकरणीय हो त्यो अधर्म हो ।

डा भिमराव अम्बेडकर बुद्ध धर्ममा दिक्षित


डा. भिमराव अम्बेडकरको महान प्रतिज्ञा

विशाल भारतको सम्बिधानका निर्माता डा.भिमराव अम्बेडकरले हिन्दु धर्ममा रहेको कुरिति अन्धविश्वास जातपातिको पक्षपाती उंचनिचको भावनाले ग्रस्त भएको अवस्थामा एकठूलो समूहलाई लिएर बुद्ध धर्म प्रति समर्पित हुंदा हलचल मच्चीएकोथियो ।
डा. भिमराव अम्बेडकरले दीक्षा भूमि, नागपुर, भारतमा ऐतिहासिक बौद्ध धर्मंमा परिवर्तनको अवसर मा,१५ अक्टूबर १९५६ मा आफ्नो अनुयायिहरु साथमा २२ प्रतिज्ञाहरु निर्धारित गरे।८लाख मान्छेहरु बौद्ध धर्ममा रूपान्तरण ऐतिहासिक थियो किनकि यो विश्वको सबै भन्दा ठूलो धार्मिक रूपांतरण थियो। उन्ले  यि शपथहरुलाई निर्धारित गरे ताकि हिन्दू धर्मको बन्धनहरुलाई पूरै पृथक गर्न सकियोस। यि २२ प्रतिज्ञाहरु हिन्दू मान्यताहरु र पद्धतिहरुको जड़मा गहीरो आघात गर्दछ । यो एक सेतुको रूपमा बौद्ध धर्मंको हिन्दू धर्ममा व्याप्त भ्रम र विरोधाभासहरुबाट रक्षा गर्नमा सहायक हुनसक्छ ।यि प्रतिज्ञाहरु हिन्दू धर्म,जसमा केवल हिंदुहरुको तथाकथित माथिल्लो जातिको सम्वर्धनको लागि मार्ग प्रशस्त गरीएको मा व्याप्त अंधविश्वासहरु, व्यर्थ र अर्थहीन संस्कारबाट धर्मान्तरित हुंदै गरेको समय स्वतंत्र हुन सकिन्छ। प्रसिद्ध २२ प्रतिज्ञाहरु निम्न छन्:
१ मैले ब्रह्मा, विष्णु र महेशमा कुनै विश्वास गर्दीन र न त मैले तिनिहरुको पूजा नै गर्छु ।
२ मैले राम र कृष्ण, जो भगवानको अवतार मानिन्छ, मैले कुनै आस्था राख्दीन र न त मैले     तिनिहरुको पूजानै गर्छु ।
३ म गौरी, गणपति र हिन्दुहरुको अन्य देवी-देवताहरुमा आस्था राख्दीन र न त तिनिहरुको मैले   पूजा गर्छु ।
४ मैले भगवानको अवतारमा विश्वास गर्दीन ।
५ मैले यो मान्दीन र न कहिल्यै मान्न्छु कि भगवान बुद्ध विष्णुको अवतार थिए भनेर । मैले यसलाई पागलपन र झूठो प्रचार-प्रसार मात्र मान्छु ।
६ मैले श्रद्धा (श्राद्ध) मा सहभागि हुंदिन र न त नै दान दिन्छु ।
७ मैले बुद्धको सिद्धान्तहरु र उपदेशहरुको उल्लंघन गर्नेहरुको जस्तो  कार्य गर्दीन ।
८ मैले  ब्राह्मणहरु द्वारा निष्पादित हुने कुनैपनि समारोहलाई  स्विकार गर्दीन ।
९ मैले मनुष्यको समानतामा विश्वास गर्छु ।
१० मैले समानता स्थापित गर्ने प्रयत्न गर्छु ।
११ मैले बुद्धको आष्टांङ्गिक मार्गको अनुशरण गर्छु ।
१२ मैले बुद्धद्वारा निर्धारित पारमिताहरुको पालन गर्छु ।
१३ मैले सबै जीवित प्राणिहरु प्रति प्रति दया र प्रेम दयालुता राख्छु तथा तिनिहरुको रक्षा गर्छु ।
१४ मैले चोरी गर्दीन ।
१५ मैले झूठो बोल्दीन ।
१६ मैले कामुक पापहरु गर्दीन ।
१७ मैले रक्सी, मदिराजन्य मादक पदार्थहरु  सेवन गर्दीन ।
१८ मैले महान आष्टांगिक मार्गको पालनको प्रयास गर्छु एवं सहानुभूति र प्रेमपूर्ण दयालुताको दैनिक जीवनमा अभ्यास गर्छु ।
१९ मैले हिंदू धर्म त्याग गर्छु जो मानवताको लागि हानिकारक छ र उन्नति र मानवताको विकास मा बाधक हो कनकि यो असमानतामा आधारित छ, र स्व-धर्मंको रूपमा बौद्ध धर्मलाई अपनाउंछु।
२० मैले दृढ़ताको साथ यो विश्वास गर्छु कि  बुद्धको धम्म नै सांचो धर्म हो ।
२१ मलाई विश्वास छ कि मैले फेरिबाट जन्म लिईरहेकोछु (यस धर्म परिवर्तनबाट).
२२ मैले गंभीरता एवम् दृढ़ताको साथ घोषिणा गर्दछु कि मैले यस्को (धर्म परिवर्तन के) पछि आफ्नो जीवनको बुद्धको सिद्धान्तहरु र शिक्षाहरु एवम् उन्को धम्मको अनुसार मार्गदर्शन गर्छु ।
सन्दर् सामग्रि ईन्टरनेट वेभदुनियाँ हिन्दीबाट अनुवाद

बुद्ध वचन


बुद्धको अमृत वचन
आफ्नो उद्धार आफ्नै हातमा

कुमार कश्यपले युवा भएपछि बौद्ध धर्मको दीक्षा लीएकाथिए। उन्लाई अर्हत्व प्राप्तभयो। उन्को आमाले उन्लाई १२ बर्ष देखि देखेकाथिएन। एक दिन भिक्षाको लागि उ उन्को अगाडि पुग्यो। आमाले पनि दीक्षा लिसकेकि थिईन, तैपनि उन्के स्तनबाट दूधको धारा बगिहाल्यो। उन्ले कश्यपलाई मायाँले समातिहालिन्।

'
छिःछिः यो के गरेको आमा ? दीक्षा लिएको तिमीलाई यति दिन भयो, तिमीले अहिले सम्म स्नेहको बन्धन पनि तोड़न सकिनौ!'

आमालाई बोध भयो। मोह टुट्यो। तिनिले अर्हत्व पाईन ।

एक दिन प्रसंग उठेपछि उन्को उदाहरण दिंदै भगवान बुद्धले भन्नुभयो -

अत्ता हि अत्तनो नाथो को हि नाथो परोसिया
अत्तना हि सुदन्तेन नाथं लभति दुल्लभं॥

मनुष्य स्वयं नै आफ्नो मालिक हो। अरु कोहि उस्को मालिक कसरी हुन सक्छ र?
मनुष्य आफै राम्रोसंग आफूलाई दमन गरेर दुर्लभ स्वामित्वलाई, निर्वाण प्राप्त गर्न सक्छ।

अत्ता हि अत्तनो नाथो अत्ता हि अत्तनो गति।
तस्मा संज्जम'त्तानं अस्सं भद्र व वाणिजो॥

बुद्ध भन्नुहन्छ मनुष्य स्वयं नै आफ्नो स्वामी हो ।
स्वयं नै उ आफ्नो गति हो। त्यसैले तिमी आफूलाई संयममा राख,
जसरी व्यापारीले आफ्नो तालीम पाएको घोड़ालाई आफ्नो वशमा राख्छ।

आम्रपाली


बौद्ध भिक्षुणी आम्रपाली  http://hindi.webdunia.com/img/cm/searchGlass_small.png


विश्व लाई अहिंसाको पाठ सिकाउने भगवान शाक्यमुनी बुद्धलाई आफ्नो मानवीय तत्वबाट आकर्षित र प्रभावित गर्ने वैशाली गणतंत्र की राजनर्तकी अर्थात नगर बधु 'आम्रपाली' को कला चेतना अध्ययन तथा शोधको अभावमा आज पनि उपेक्षित भएको पाईन्छ । तत्कालिन अवस्थामा सुन्दरीहरुलाई देखेपछि शारिररीक भोकले आँखा गाड्ने यौन तृप्त गरेरै छाड्थे जस्लाई नगर बधुको उपाधी दिईन्थ्यो ।

इतिहासकारहरुको अनुसार आफ्नो सौंदर्यको शक्त्तीले कैयौं साम्राज्यलाई खत्तम गर्ने सुन्दरी आम्रपालीको जन्म आज भन्दा लगभग २५०० वर्ष पूर्व वैशालीको आम्रकुंजमा भएकोथियो। उनि वैशाली गणतंत्रको महनामन नामक एक सामंन्तलाई पाएको थियो र पछि त्यो सामंन्त राजसेवाबाट राजिनामा दिएर आम्रपालीलाई पुरातात्विक वैशालीको नजिक आजको अंबारा गाँउ गयो। जब आम्रपालीको उमेर लगभग ११ बर्षको भयो तब सामंत उस्लाई लिएरर फेरि वैशाली फर्क्यो ।

विद्वानहरुको भनाई अनुसार ११ बर्षको स्यानो उमेरमा नै आम्रपालीलाई सर्वश्रेष्ठ सुन्दरी घोषित गरेर नगरवधु या वैशाली जनपद 'कल्याणी' बनाई दिएको थियो । यसपछि गणतंत्र वैशालीको कानूनको अन्तरगत आम्रपालीलाई राजनर्तकी बन्नुपर्यो ।

प्रसिद्ध चीनी यात्री फाह्यान र ह्वेनसांग को यात्रा वृत्तान्तमा पनि वैशाली गणतंत्र र आम्रपाली माथि  विस्तृत उल्लेख गरेकोछ। दुबैले लगभग एकमतले आम्रपालीलाई सौंदर्यको मूर्ति भनेकाछन् । वैशाली गणतंत्रको कानून  अनुसार हजारौं सुन्दरिहरुमा आम्रपालीलाई चुनेर सर्वश्रेष्ठ सुन्दरी घोषित गरेर जनपद कल्याणीको पद्वी दिएकोथियो ।
आम्रपाली को रूपको चर्चा जगत प्रसिद्ध थियो र त्यस समयमा उस्को एक झलक मात्रै भएपनि पाउन सुदूर देशहरुबाट अनेकौ राजकुमारहरु उसको महलको चारैं तिर  आफ्नो छावनी बनाउंथ्यो । वैशालीमा शाक्यमुनी बुद्ध को प्रथम पदार्पणमा उन्को कीर्ति सुनेर उन्को स्वागतको लागि सोह्र श्रृंगार गरेर आफ्नो परिचारिकाहरु सहित गंडक नदीको तीरमा पुगिन् ।

आम्रपालीलाई देखेर बुद्धले आफ्नो शिष्यहरुलाई भन्नुपर्यो कि तिमीहरु आफ्नो आँखा बन्द गर..., किनकि भगवान बुद्ध जान्नुहुन्थ्यो कि आम्रपालीको सौन्दर्यलाई देखेर  उन्को शिष्यहरुको लागि सन्तुलन राख्नु हुन्छ।

मानिन्छ कि आम्रपालीको मानवीय तत्वबाट नै प्रभावित भएर भगवान बुद्धले भिक्षुणी संघको स्थापना गर्नुभएको थियो। यस संघको माध्यमबाट  भिक्षुणी आम्रपालीले महिलाहरुको महत्व जुन प्रतिष्ठा दिए त्यो त्यस समयमा एक ठूलो उपलब्धि मानिन्थ्यो ।
मगध सम्राट बिम्बसार पनि सुन्दरी भनेपछि भुतुक्कै हुने जसरी भएपनि प्राप्त गर्थे । आम्रपालीलाई प्राप्त गर्नको लाग वैशाली माथि जब आक्रमण गरे तब संयोगवश उस्को पहिलो भेट आम्रपाली सित भयो । आम्रपालीको रूप-सौंदर्यमाथिर मुग्ध भएर सम्राट बिम्बिसार पहिलो नजर मै प्रेममा भुतुक्कै भए। मानिन्छ कि आम्रपाली सित प्रेरित भएर बिम्बिसारले आफ्नो राजदरबारमा राजनर्तकीको प्रथाको शुरुआत गरेकाथिए। बिंबसारलाई आम्रपालीबाट एक छोरा पनि भयो जो पछि बौद्ध भिक्षु भए ।

बौद्ध धर्मको इतिहासमा आम्रपाली द्वारा आफ्नो आम्रकाननमा भगवान बुद्ध र उहाँको शिष्यहरुलाई निमन्त्रित गरेर भोजन गराएपछि दक्षिणाको रूपमा त्यो आम्रकानन उपहार दिएको ठूलो चर्चाछ । यस घटना पछि नै बुद्धले महिलाहरुलाई बौद्ध संघमा प्रवेशको अनुमति दिनुभएकोथियो । आम्रपाली यसपछि सामान्य बौद्ध भिक्षुणी बनिन् र वैशालीको हितको लागि उस्ले अनेक कार्य गरे। उस्ले केश काटेर भिक्षा पात्र लिएर सामान्य भिक्षुणीको जीवन व्यतीत गरिन्
                                                        भवतु सब्ब मङ्गलम् ।