Tuesday, November 26, 2013

विपश्यना साधना बुद्धको शुद्ध मार्ग

buddhist flag




वैश्विक दृष्टि राख्ने कुनै पनि मानिसलाई देखिन्छ कि मानवको अस्तित्व खतरामा छ । वैज्ञानिक मान्छन कि मानव जैविक विकासको प्रक्रियाबाट उत्पन्न भएको हो । वैज्ञानिक दृष्टि बाट हेरीयोभने मानवको अस्तित्व न अनादि छ, न अनन्त नै । हाम्रो सूर्यको ऊष्मा कम हुँदैछ र केहि वर्षहरुपछि यो यति चीसिन्छ कि कुनै पनि प्राणी बाँच्न योग्य ऊष्मा त्यसबाट पाईंदैन । 

तब मानव मात्रै होईन, कुनै पनि प्राणी जिंउँदो रहँदैन, यद्यपि संकटको समय अझै धेरै टाढाछ । यस बिचमा मानवको मूर्खता को कारण दुई तरिकाबाट मानवको अस्तित्व संकटमाछ । यस संकटको समयमा बुद्ध या बुद्धको धम्म हाम्रो कसरी सहयोग गर्न सक्छ ? यद्यपि त्यो सहयोग कोहि होईन, बरु केवल धम्म नै कसरी गर्न सक्छ ?  भन्ने प्रश्नछ
'धम्म' यो बुद्ध व्दारा प्रस्तावित बुद्धिवादी नैतिकता हो। त्यो नयाँ धर्म होईन । धम्म यो शब्द धर्म शब्दको अपभ्रंश होईन । बुद्धले हामीलाई नयाँ प्रकारको धम्म नामको एक नयाँ नैतिकता दिएकोछ, नयाँ धर्म दिएकोछैन। दुर्भाग्यले बुद्धको परिनिर्वाण  पश्चात बुद्धका शिष्यहरुले बुद्धलाई पनि भगवान बनाईदिए र धम्मलाई पनि धर्म बनाईदिए । अन्य धर्महरुको जस्तो नै बुद्धको मूर्तिहरु पूजीन्छ, संकट निवारण हेतु कामना गरिन्छ आदि, परंतु यि सबै बुद्धको मूल शिक्षाको विपरीत नै देखिन्छ ।
बुद्ध व्दारा प्रणीत धम्मको स्वरूप नै यस्तो छ कि हाम्रो हरेक संकटमा सहयोग गर्छ यो कुनै औलोकिक होईन । धम्म यस नैतिकताको विषयमा बुद्ध स्वयं भन्नुहुन्छ कि वहाँले भन्नुभएको नैतिकता अन्तिम शब्द होईन। समाज तथा परिस्थिति बदल्नुको साथै मान्छेहरु आफ्नो बुद्धिको आधारमा त्यसमा आवश्यक परिवर्तन गर्न सकिन्छ । वहाँले यो पनि भन्नुहुन्थ्यो- मान्छेहरुले वहाँले भन्नुभएको नैतिकताको हरेक तरिकाले परीक्षा गरेपछि उ समाज को लागि हितकारक छ, यो देखेपछि नै त्यसकव कार्यान्वयन गर्नुपर्छ । यि कारणहरुले बुद्धको धम्म कहिल्यैपनि कालबाह्य हुँदैन, न उस्को नामा, धर्मको नाममा न झगडा हुन्छ यस्तो झगड़ा पनि हुनुपर्छ । एक अरु महत्वको कुरा जो धम्मलाई कालजयी बनाउँछ, त्यो यो होकि तथ्यहरुमा आधारित छ ।
बुद्धको अनुसार सबै अस्तित्व क्षणिक मात्र हुन्छ । अतः प्राणिहरुमा तथामान्छेहरुमा अजन्म, अचल, अपरिवर्तनशील, अमर आत्मा हुँदैन । हरैक अस्तित्वमा कुनै स्वाभाविक शक्ति हुन्छ, जो आफ्नो जस्तै एक अस्तित्वलाई जन्म दिन्छ । यस प्रकार कुनै पनि अस्तित्व क्षणिक हुँदा पनि आफ्नो परिणामको रूपमा बनिरहन्छ । पूरै स्थायी र पूरी तरै उच्छेद को बीचको यो मध्यम मार्ग हो। हरेक अस्तित्व, कारणको रूपमा क्षणभर टिकेपछि परिणामको रूपमा बनिरहन्छ । कारण-परिणामको यो श्रृंखला अनादि छ र अनंत पनि छ। त्यसैले अनिच्चावत संखारा उपदवयो धम्मिनो भन्नुहुन्छ ।

हरेक अस्तित्वको कुनै न कुनै कारण अवश्य हुन्छ बरु कहिले काहिं त्यो अज्ञात होस, तर कारण-परिणामको श्रृंखलाको अनादि हुनु विश्वनिर्माता ईश्वरलाई निरस्त गर्छ । यस प्रकारको वैज्ञानिक सोंचको कारण बुद्ध ईश्वर, आत्मा आदिलाई अमान्य गरिदिन्छ तथा शुद्ध रूपले लौकिकवादी बन्छ । आत्माको अभावमा पुनर्जन्म पनि निरस्त हुन्छ । हामीलाई जिउनको लागि बुद्धको अनुसार केवल वर्तमान एक मात्रै जन्म उपलब्ध छ ।
के हामी यस एक जन्मलाई खाने-पीउन र मौज मस्ति गर्नमा बिताउने ! बुद्ध स्तो गरन प्रत्साहित गर्नुहुँदैन।वहाँ भन्नुहुन्छ कि यस्तो गर्नाले अस्तित्व कै अन्य पक्ष तर्फ दुर्लक्ष तथा अन्याय हुन्छ। विश्वमा केवल कुनै एक मात्र अस्तित्व त छैन । यसो यता उति वरिपरिमा अनेक अस्तित्व पनि हुन्छ। हरेक अस्तित्व को संबंध जसरी आफ्नो आफ्नो कारण-परिणामबाट आउँछ, त्यसै प्रकार छिमेकको जतिनै अस्तित्वबाट पनि आउँछ, कहिले त्यो मित्रताको, कहिले शत्रुताको त कहिले तटस्थताको पनि हुन सक्छ । कुनैपनि अस्तित्व एक एक्लै हुँदैन ।
मनुष्य कै उदाहरण हामी लिउँ । उ आफ्नो अस्तित्वको तथा विकासको लागि कति अन्य अस्तित्वहरुमा निर्भर हुन्छ । जति मान्छेलाई तपाई दुखि बनाउनुहुन्छ, उति नै तपाईलाई दुःखी बनाउन अवसर खोज्छ र जति मान्छेको दुख तपाईले नष्ट गर्नुहुन्छ, त्यति नै धेरै मान्छेले तपाईंको सहयोग गर्छ । स्वार्थी र दुष्ट व्यक्ति हरेक समय आशंकित हुन्छ। स्वार्थ र लोभ दुःखको जड़ हो । प्रबुद्ध व्यक्तिलाई प्रज्ञा, उपेक्षा, करुणा तथा मुदिता को संवर्द्धन गर्नुपर्छ । बुद्ध भन्नुहुन्थ्यो कि जन्म-विकास-क्षण र मृत्यु यि जैविक प्रक्रियाको वैश्विक तथा अनिवार्य अंग हों। बुढ़्यौली र मृत्यु को लागि तैयार हुनुपर्छ तथा लोभलाई रोक्यो भने दुःख पनि निरस्त हुन्छ । यही बुद्धप्रणीत धम्म हो।
यो बुद्धप्रणीत धम्म हामीलाई अस्तित्व संकटबाट कसरी बचाउँछ? स्पष्ट छ कि प्रबुद्धता आउँदा 'हामी रति' वाला दृष्टिकोण जान्छ र 'हामी-सबै' वाला दृष्टिकोण आउँछ । अणुयुद्धको संभावना निरस्त हुन्छ । मस्तीभरीएको जीवनको ठाउँमा यदिर हामीले प्रबुद्ध र आत्मसंयमभरीएको जीवन जीउन शुरू गर्यो भने प्रदूषण, जनसंख्या विस्फोट र तत्संबद्ध खराबीहरु कम हुन्छ । बुद्धको समय छिमेकि निकटस्थ व्यक्ति हुन्थे तथा सद्गुण-दुर्गुण पनि व्यक्ति निष्ठ थिए, परंतु अब दुर्गुण-सद्गुणहरुले सामाजिक पक्ष पनि जोडीएकोछ । यही वास्तविकता हो। भारत चीन, जापान, इंग्लैंड, अमेरिका पनि हाम्रा छिमेकि हुन। या त सबै हुन्छौं या सबै नष्ट हुंन्छौं । धम्म, त्यसलाई चाहे जे नाम हामी दिउँ, प्रबुद्धतामा आधारित जिन्दगी जीउन एक बाटो छ । जिंउँदो रहनु छ भने हामीले अपनाउनु नै पर्छ । मान्छेलाई सरल सुख शान्ट्टिको जीवन कस्लाई मन पर्दैन । रोगबाट मुक्त हुन को चाहँदैन तर औषधी सदुपयोग नगरि औषधी हेरेर मात्रै रोग बाट मुक्त हुन सकिंदैन । दुःखबाट मुक्त हुन दुःख निवारण बाटोमा लाग्नु पनि पर्छ । दुःख भन्दै दुखि भएर दुःखको निवारण कसरी हुन्छ । त्यसैले यि समस्याको पहिचान गर्न जीवन जिउने कला सिक्न विपश्यना साधना अति महत्वपूर्णछ ।
भवतु सब्ब मङ्गलम्

Wednesday, November 20, 2013

ईतिहास जहिले पनि तीतो नै हुन्छ किन




ईतिहास जहिले पनि तीतो नै किन हुन्छ । किन एक धर्मसम्प्रदायकाहरु अर्को धर्म सम्प्रदाय सित यति धेरै नकारात्मक हुन्छन् । धम्मपदको गाथामा शाक्यमुनी  बुद्ध भन्नुहुन्छ
 न हि वेरेन वेरानि, सम्मन्तीध कुदाचनं।
अवेरेन च सम्मन्ति, एस धम्मो सनन्तनो॥
यसलोकमा कहिलै पनि वैरले वैर शांत हुंदैन , बरु अवैरले मात्र वैर शान्त हुन्छ । यहि नै सनातन देखि चलिआएको धर्म हो । 
 धम्मपद : यमकवग्गो- गाथा ५
परे च न विजानन्ति, मयमेत्थ यमामसे।
ये च तत्थ विजानन्ति, ततो सम्मन्ति मेधगा॥
अनाडीहरु जान्दैनन् कि हामी यस संसारबाट जान्छौं ।
जस्ले जान्दछ उनिहरुको झगडा शान्त हुन्छ ।
 धम्मपद: यमकवग्गो- गाथा ६
भलोहोस यस तथ्यलाई सबै धर्मालम्बी सम्झोंस र परस्पर प्रेमपुर्वक रहोस । तर के यो सम्भव छ इतिहासयति धेरै क्रूर र भयावह छ कि यस्को परिकल्पना पनि गर्न सकिंदैन ।
 । नेपाल भारतमा अनेक मन्दिर र बौद्ध शिक्षा केन्द्र इसलामी विचारहरुको वली चढे
 हिन्दूहरुले यति सम्म गरे बुद्धको बुद्धत्व प्राप्त गरेको पिपललाई समेत आगो लगाईदिए । बुद्ध बिहार डोजर लगाएर भत्काई दिए ।   वर्तमानमा पाकिस्तानमा स्वातमा तालिबानको बौद्ध धर्मस्थलहरु नष्ट गर्ने धम्की दियो । के गरेको थियो बौद्ध बिहारहरुले । केहि बर्ष वर्ष पूर्व अफ़गानिस्तानमा बामियानमा बुद्ध प्रतिमालाई नष्ट गरेर रीस फेरे यहि सोंचको परिणाम हो ।
नालन्दा विश्वविधालयको वर्तमान स्थिति पनि यहि कट्टरवादी सोचको परिणाम हो  संस्कृतमा नालंदाको अर्थ हुन्छ ज्ञान दिने वाला (नालम = कमल, जो ज्ञानको प्रतीक हो; दा = दिनु)। बुद्ध आफ्नो जीवनकालमा धेरै पटक नालंदा आएका थिए धेरै समय सम बसेका थिए । जैन धर्मका तीर्थंकर भगवान महावीरको निर्वाण पनि नालंदामा नै पावापुरी नामक स्थानमा भएको थियो । भनिन्छ खिलजी जब नालंदा पुगे, तब उस्ले सोधे कि यहां पवित्र कुरान छ कि ? उत्तर छैन यत्तर पाएपछि आगो लगाए, सबै तहस-नहस गरिदिए क्रुद्ध भएर । इरानी विद्वान मिन्हाज को अनुसार कैयौं विद्वान शिक्षकहरुलाई ज़िउंदै जलाइदिए र कैयोको टाउको काटीयो । यस घटनालाई कैयौं विव्दानहरु व्दारा बौद्ध धर्मको पतनको एक कारणको रूपमा देखिन्छ । नालन्दा विश्वविद्यालयको अवशेषहरुको खोज अलेक्जेंडर कनिंघमले गरेकाथिए । मानिन्छ कि यस विश्वविद्यालयको स्थापना ४५०-४७० ई.मा गुप्त शासक कुमारगुप्त प्रथम ले गरेकाथिए ।  महान सम्राट हर्षवर्द्धन र पाल शासकहरुले संरक्षण गरेकाथिए । सन्दर्भ सामग्रिविकीपीडिया

बुद्ध कहाँ उत्पत्ति हन्छन्


भगवानका शिष्य आनन्द ले भने, भगवान तपाईले भन्नुभएनकि उत्‍तम पुरूष को हुन् ? कसरी उत्‍पन्‍न हुन्छन्? तब भगवान यि सुत्रलाई भन्नुभएकोथियो। आनन्द उत्‍तम पुरूष सर्वत्र उत्‍पन्‍न हुन्नन् । ति शुद्ध मध्‍य देशमा उत्‍पन्‍न हुन्छन् । र जन्‍मबाटै धनवान् हुन्छन्। ति क्षत्रिय या ब्राह्मण कुलमा उत्‍पन्‍न हुन्छन्
दुल्‍लभो पुरिसाजज्जो न सो सब्‍बत्‍थ जायति।
यत्‍थ सो जायति धीरो तं कुलं सुखमधिति।।
पुरूष श्रेष्‍ठ दुर्लभ छ, सर्वत्र उत्‍पन्‍न हुँदैन, धीर जहां उत्‍पन्‍न हुन्छन, त्यस कुलमा सुख बढ़छ ।
यस गाथाको अर्थ बौद्धहरुले अहिले सम्म जसो गरे त्यस्तो होईन । सरल अर्थछ कि बुद्ध महा धनवान घर मां जन्मिन्छन् अनि कबीरको के हुन्छ ।  क्राइस्‍टको के हुन्छ ।  मोहम्‍मदको के हुन्छ । नानकको के हुन्छ । यि मध्यै सबै धनवान घर परिवारमा जन्म भएका होईनन । त यिनिहरु बुद्ध पुरूष होईनन् त । यो त बड़ो संक्रीर्णता हुन्छ । जैनहरुका चौबीस तीर्थंकर राजपुत्र थिए ।  हिंदुहरुको सबै अवतार राजाहरुको छोरा र बुद्ध पनि राजपुत्र ठीक  हो । यसकारण यि वचनलाई बौद्धहरुले यहीं अर्थ लिए होलान कि बुद्ध पुरूष राज घरहरुमा जन्मिन्छन् महा धनवान।
मैले महा धनवानको अर्थ भन्छुजन्‍मै देखि नै महा धनवान् हुन्छन् यस्को अर्थ भयो कि बुद्ध पुरूष आकस्‍मिक जन्मिन्छन, जन्‍म-जन्‍मको सम्पदा लिएर । सम्पदा भित्र छ सम्पदा आंतरिक हो। महा धनवान नै जन्मिन्छ । तर बौद्धहरुले यस्को के अर्थ लिए थाहा छ ? हिंदुहरुले यस्को के अर्थ लिए ? तिनले भने कि बुद्ध पुरूष भारत मा जन्मिन्छनसबै ठाउँमा जन्मिन्न तर तिनिहरुलाई के थाहा कि नेपालमा तीन तीन बुद्ध पुरुषको जन्म भयो । भारतका बदद्धहरुले भने भारतमा बुद्धपुरुषहरु जन्मिन्छन् हो तर अहंकार जन्मीन्छन । यही हो धर्म भूमि। सदियौं देखि भारतको अहंकार आफै पूजा गरिरहेकाछन् । भारत को अहंकार भन्दै गर्यो कि देवता पनि यहां उत्पन्न हुन चाहन्छन किनकि यहां बुद्ध पुरूष जन्मिन्छ । को हुन बुद्ध पुरुष सम्राट अशोक, मोहनदास करम चन्द गान्धी, स्वामी विवेकानन्द, भिमराव एम्बेडकर,ओशो आचार्य रजनीश जस्ले आफैलाई बुद्ध पुरुष घोषणा गरेर विवादमा परे  त्यस्ता थुप्रै बुद्ध पुरुष भारतमा जन्मे नेपालमा जन्मे । भन्छन् चीन बर्मा जापानमा पनि थुप्रै बुद्ध पुरुषहरु जन्मे  बुद्ध पुरूष सर्वत्र जन्मिन्नन् कुरा त सत्य हो । वास्तवमा हरेक कुराबाट शुद्ध स्थानमा बुद्ध पुरुष जन्मिन्छन् । भारतीय बौद्धहरुले भने कि बुद्ध पुरुषहरु केवल मध्य प्रदेशमा जन्मिन्छन् यो त केवल संयोग मात्रै हो । नेपालमा बुद्ध जन्मे तर नेपालीहरुले नै यस्को महत्व जानेनन् केवल अहंकार मात्रै पाले बुद्धको अवहेलना गरे बुद्धले बनाएका नियमहरुको कुनै वास्ता गरेनन। बुद्धले भारतमा ज्ञान प्राप्त गरे तर भारतीयहरुले ज्ञान पाएनन केवल अहंकार पाले । बुद्धको उपदेश नियम शुद्ध र बैज्ञानिकछ हरेक प्राणीको रक्षा गर्ने तर धवति लगाईदिए । धम्म पद पथ प्रदर्शन गर्छ तर त्यस्को कुनै ख्याल गरेनन वास्ता गरेनन । मान्छेले जनावरलाई मार्छन तर जनावरले तब मात्रै मार्छ जब भोको हुन्छ। मान्छेले त रमाइलोको लागि मार्छन । हिंसा एक खेल हो अरुको जीवन जान्छ तर तिम्रो लागि रमाइलो खेल हो। अनि  कुनै जनावरले त आफ्नो जातीको जनावरलाई मार्दैन । कुनै पशुले आफ्नो आफन्तलाई मार्दैन तर मान्छे पशु भन्दा पनि गए गुज्रेको छ आफन्तलाई पनि मार्छ । हजारौं हजारलाई बिना गल्ति मार्छ यस्को बहुल्ठीपनको कुनै सिमाना छैन। आफ्नलाई बम पड्काएर बिना सित्ती मार्छन । जनावरले त त्यस्तो गर्दैन नि । मान्छेले घृणित राजनीति गर्छ तर पशुले गर्दैन । मान्छे जब निच हुन्छ पशु भन्दा पनि खत्तमै हुन्छ  र यदि मान्छे उठे  परमात्‍मा भन्दा पनि माथि हुन्छ । पशु उठ्न सक्दैन परमात्मा हुनै सक्तैन बुद्धत्‍वको अर्थ हो: उठनु पशुत्‍वको अर्थ हो खस्नु ।  मनुष्‍य मध्‍यमा छ । जति मेहनत गर्नाले मान्छे परमात्‍मा हुन्छ । त्यति मेहनत गर्नाले पशु पनि हुन्छ । श्रेष्ठ पुरुष दुर्लभ छ उ सर्वत्र उत्‍पन्‍न हुँदैन ।

सन्दर्भ सामग्रि
एस धम्‍मो सनंतनो ओशो प्रवचन—67