Saturday, December 22, 2012

सेक्स र सम्प्रदाय (धर्म), संभोग बाट समाधि सम्भव छ ?



हाम्रो देश नेपालका बिभिन्न मन्दिरहरु टुंडालहरुमा, बिभिन्न गुफाहरुमा पुरातत्व संग्रहालयहरुमा र कामशास्त्र तथा कामसूत्रको अतिरिक्त चित्र मूर्तीहरु हिन्दू देवी-देवताहरुको कथाहरुमा यस कुराको प्रमाण हो कि हिन्दू सम्पर्दाय धर्म सेक्सको विरोधी होईन । तंत्रशास्त्रमा पनि सेक्समा बिशेष जोड दिएको पाईन्छ ।
वात्स्यायनको कामसूत्रको आधार पनि प्राचीन कामशास्त्र र तंत्रसूत्र हो। शास्त्रहरुको अनुसार सम्भोग पनि मोक्ष प्राप्त गर्ने एक साधन हुन सक्छ,तर यो कुरा केवल ति मान्छेमा लागू हुन्छ जो साच्चैमा मुमुक्षु हो भनेमा अत्युक्ति नहोला ।
चार पुरुषार्थ: हाम्रो परम्परामा जीवनको उद्देश्य पुरुषार्थ हो। पुरुषार्थ चार प्रकारको मानिन्छ- धर्म, अर्थ, काम र मोक्ष। यि चारलाई दुई भागमा बाँडेकोछ , पहिलो- धर्म र अर्थ। दोश्रो- काम र मोक्ष।
कामको अर्थ हो सांसारिक सुख र मोक्षको अर्थ हो सांसारिक सुख-दुःख र बन्धनबाट मुक्ति। यि दुई पुरुषार्थ काम र मोक्षको साधन हों अर्थ र धर्म। अर्थबाट काम र धर्मबाट मोक्ष साधिन्छ ।
हिन्दू ग्रन्थका अनुसार शिव र पार्वतीको मिलन:  भनिन्छ कि भगवान शिवको प्रिय शिष्य नन्दीले सर्वप्रथम कामशास्त्रको रचना गरे जस्मा एक हजार अध्यायहरु समावेश थियो। अब सोंचौं खाली सेक्समा एक हजार अध्याय! महर्षि वात्स्यायनले आफ्नो विश्व विख्यात रचना कामसूत्रमा यहि शास्त्रको संक्षिप्त रूप प्रस्तुत गरेकोछ । यस भन्दा अघि श्वेतकेतु र महर्षि ब्राभव्यले यस शास्त्रलाई सम्झेर यसलाई आफ्नै तरीकाले लेखेका थिए, तर उन्के शास्त्र कहाँ हरायो।

स्वर्ग र नर्क कल्पना या वास्तविक? ( जीवनकुमार शाक्य )



मान्छेहरु भन्छन् कि धर्ममा लेखेकोछ कि मरेपछि मान्छे आफ्नो कर्मको आधारमा स्वर्ग या नर्कमा पुग्छ रे । के यो सत्य हो ?
संसारका सबै सम्प्रदायका धर्ममा स्वर्ग र नर्कको कुरा गर्दछ । स्वर्ग अर्थात त्यो स्थान जहां असल आत्माहरु रहन्छन् र नर्क त्यो स्थान हो जहाँ खराब आत्माहरु रहन्छन् रे । भनिन्छ कि पापी मान्छेलाई नर्कमा यातनाहरु दिनको लागि पठाईन्छ र पुण्यात्माहरुलाई स्वर्गमा सुख भोग्नको लागि पठाईन्छ । कस्तो हो स्वर्ग नर्क ।
स्वर्गलाई इस्लाममा जन्नत भनिन्छ र नर्कलाई दोजख या जेहन्नूम भनिन्छ । यसै प्रकारले हरेक सम्प्रदायमा यो धारणा छ कि ईश्वरले स्वर्ग र नर्कको रचना गरेको हो जहां व्यक्तिलाई उनको कर्महरुको आधारमा राखिन्छ ।तर बौद्ध मतमा स्वर्ग नर्क र ईश्वरको चर्चा पाईदैन । हिन्दूहरुको पुराणहरुमा मृत्युको देवता यमराज आत्माहरुलाई दण्ड या पुरस्कार दिन्छ । यमराजको मंत्री चित्रगुप्त सबै आत्माहरुलाई कर्महरुको लेखाजोखा राख्छ अनि यमको यमदूत तिन्लाई स्वर्ग या नर्कमा पठाईन्छ रे । साह्रै भयानक छ गरुड पुराण । तैपनि मान्छेले बदमासी र पाप गर्न छोडदैनन । सायद अमुक व्यक्तिले यस्तो पाप कर्म गरेकोले यस्तो सजाय पायो भनेर जानकारी हुने भए गर्ने थिएन कि ।
सम्प्रदायका तीन आधार : धर्म सम्प्रदायलाई जिवित बनाई राख्न र मान्छेको नैतिकतालाई कायम राख्न तीन आधार देखाएकोछ- १.ईश्वर २.स्वर्ग-नर्क र फाईदा । यि तिनै नै वेद विरुद्ध मान्न सकिन्छ । जब मानव असभ्य र जंगली थियो भने मान्छेलाई सभ्य र नैतिक बनाउनको लागि केहिले यि भय र लोभको रचना गरे र मान्छेलाई एक परिवार र समाजमा राखे। डरायो ईश्वर र नर्क सित र लोभ देखायो स्वर्गको, अप्सराहरुको । जस्ले समाजलाई ईश्वर, स्वर्ग, नर्कबाट तर्साएर नयाँ नियम बताए तिनलाई फाईदा मान्न थाले ।
वेद यस प्रकारको कपो कल्पीत को बिरुद्धमा देखिन्छ । वेद आध्या‍त्मको सच्चा मार्ग नै भन्छ । वेद अनुसार निश्चित नै व्यक्तिलाई आफ्नो कर्म, भाव र विचार अनुसार सद्गति र दुर्गतिको सामना गर्नुपर्छ । जस्तै रक्सी पिउनेको चेतना खस्न थाल्छ तब त्यसलाई अधोगति भनिन्छ र ध्यान गर्नेको चेतना उठ्छ र त्यसलाई उर्ध्व‍गति भनिन्छ । वेद गतिलाई मान्छ । यदि तपाई असल गति र स्थितिमा हुनुहुन्छ भने तपाईं स्वर्गमा दुर्गतिमा छ भने नर्कमा । यसैलाई बौद्ध धर्ममा शीलमा रहेकाहरु असल स्थितिमा हुन्छ भनिन्छ अर्थात दश सुकर्म गर्नेहरु असल अवस्थामा दश कुकर्म गर्नेहरु नरकीय अवस्थामा भनिएकोछ ।
के तपाईंलाई मृत्यु पछि के हुन्छ ? । कानून बिपरित काम गर्यो भने राज्यले सजाय दिन्छ त्यस्तै प्रकृतिको विपरित काम गर्यो भने प्रकृतिले सजाय दिन्छ र प्रकृति अनुरुप काम गरेमा पुरस्कृत हुन्छ । सबै संस्कार अनित्यछ भनेर वेद र बौद्ध ग्रन्थमा फरक मत देखिन्छ । शाक्यमुनी बुद्धले आफ्ना शिष्यहरुलाई उपदेश दिने क्रममा कहिं कतै पनि ईश्वरको बारेमा चर्चा गर्नु भएको छैन । नत डण्ड सजाएको त्रासनै देखाउनु भएकोछ । बरु प्रकृतिको नियमानुसार र चल्नुपर्ने बताउनु भएकोछ । सुकर्म गरे स्वर्ग यहिंछ कुकर्म गरेपनि नर्क पनि यहिंछ भन्ने मलाई लाग्छ । तर मानिसको जन्म भने परिवर्तन भैरहन्छ बिभिन्न योनिमा जन्मनु पर्छ भन्ने विश्वास लाग्छ । मानिसको पुनरजन्म हुन्छ भनेर बौद्ध ग्रन्थको आधारमा भन्न सकिन्छ भने केहि घटित घटनाहरुबाट पनि पुनरजन्म हुन्छ भन्ने देखिन्छ।
भवतु सब्ब मङ्गलम् ।

Friday, December 21, 2012

शाकाहार नै उत्तम आहार


एक महत्वपूर्ण जानकारी अनुसार अमरीकामा डेढ़ करोड़ व्यक्ति शाकाहारी छन  दस वर्ष पूर्व नदरलैंड क ''१.५% जनसंख्या'' शाकाहारी थि जबकि वर्तमानमा वहाँ ''५%'' व्यक्ति शाकाहारी छन् । सुप्रसिद्ध गैलप मतगणनाको अनुसार इंग्लैंडमा प्रति सप्ताह ''३००० व्यक्ति'' शाकाहारी हुंदैछन् । वहाँ अब ''२५ लाख'' भन्दा धेरै व्यक्ति शाकाहारी छन् । सुप्रसिद्ध गायक माइकेल ज्याक्सन एवं मैडोना पहिले देखिनै शाकाहारी भएकाथिए । अब विश्वको सुप्रसिद्ध टेनिस खिलाड़ी मार्टिना नवरातिलोवाले पनि 'शाकाहार' व्रत धारण गरेकाछन् । बुद्धिजीवी व्यक्ति शाकाहारी जीवन प्रणालीलाई धेरै आधुनिक, प्रगतिशील र वैज्ञानिक भन्छन एवं आफूलाई  शाकाहारी भन्नमा विश्वको प्रगतिशील व्यक्ति गौरव महसूस गर्छन

संसारका महान बुद्धिजीवी, उदाहरणार्थ अरस्तू, प्लेटो, लियोनार्दो दविंची, शेक्सपीयर, डारविन, पी.एच.हक्सले, इमर्सन, आइन्सटीन, जार्ज बर्नार्ड शा, एच.जी.वेल्स, सर जूलियन हक्सले, लियो टॉलस्टॉय, शैली, रूसो आदि सबै  शाकाहारी नै थिए
विश्वभरीका डॉक्टरहरुले प्रमाणित गरेकाछन कि शाकाहारी भोजन उत्तम स्वास्थ्यको लागि सर्वश्रेष्ठ छन् । फल-फूल, सब्ज़ी, विभिन्न प्रकारको दालहरु, बी एवं दूधबाट बनेको पदार्थहरु आदिबाट  मिलेर बनेको संतुलित आहार भोजनमा पनि जहरीलो तत्व उत्पन्न गर्दैन यसको प्रमुख कारण यो छ कि जब कुनै जानवर मर्छब त्यो मृत-पदार्थ बन्छ तर सब्ज़ी हुंदैन  । यदि कुनै सब्ज़ीलाई आधा काटौं र आधा काटर ज़मीनमा गाड़िदियो भने त्यो पुन: सब्ज़ीक रूपमा उत्पन्न हुन्छ किनकि त्यो एक जीवित पदार्थ होतर यो कुरा एक भेड़ा,खसी कुखुराको लागि भन्न सकिंदैन । अन्य विशिष्ट खोजहरुबाट जानकारी प्राप्त भएकोछकि जब कुनै जनावरलाई मारीन्छ तब त्यो यति भयभीत हुन्छ कि भयबाट उत्पन्न ज़हरीलो तत्व उसको सारा शरीरमा फैलिन्छ त्यो ज़हरील तत्व मांसुको रूपमा ति व्यक्तिहरुको शरीरमा पुग्छ, जस्लाई मान्छे खान्छन ।ाम्रो शरीर ति ज़हरीलो तत्वहरुलाई पूर्णतया निकाल् सक्दैनौ परिणाम स्वरुप उच्च रक्तचाप, हृदय र मिर्गौला कलेजो ईत्यादिको बीमारी मांसाहारिहरुलाई चाँडैनै आक्रांत गर्छ यसैले यो नित्तान्त आवश्यक छ कि स्वास्थ्यको दृष्टिले हामी पूर्णतया शाकाहारी होऔं
पोषण :
अब आउनुहोस, केहि ति तथाकथित तथ्यांकलाई पनि हेरौं जो मांसाहारीको पक्षमा दिएको हुन्छजस्तै, प्रोटीनको नै कुरा लिउं प्रायःो उदाहरण दिईन्छ अण्डा एवं मासुमा प्रोटीन पाईन्छ रे, जो शरीरको लागि एक आवश्यक तत्व हो भनिन्छ, यो कुरा धेरै नै पाईन्छ किनकि मांसाहरिको संख्या बढीछतर यो कुरा कति सम्म ग़लीछ योबाट प्रमाणित हुन्छ भारत सरकारको स्वास्थ्य बुलेटिन संख्या ''२३'' को अनुसार नै ''१०० ग्रा''. ण्डामा जहाँ ''१३ ग्रा.'' प्रोटीन होला,त्यहीं पनीरमा ''२४ ग्रा.'', म्फलीमा ''३१ ग्रा.'', दूधबाट बनेको कैयौं पदार्थमा त यो भन्दा पनि धेरै एवं सोयाबीन भटमासमा ''४३ ग्रा.'' प्रोटीन हुन्छ । अब आउनुस क्यालोरी कै चर्चा गरौं । जहाँ ''१०० ग्रा.'' ण्ामा ''१७३ क्यालोरी'' ाछामा ''९१ क्यालोरी '' र कुखुराको मासुमा ''१९४ क्यालोरी '' प्राप्त हुन्छ त्यहिं गहुं र दालहरको त्यहि मात्रामा लगभग ''३३० क्यालोरी ''सोयाबीन भटमासमा ''४३२ क्यालोरी '' र मम्फलीमा ''५५० ्यालोरी'' र मक्खनबाट निस्केको दूध एवं पनीरबाट लगभग ''३५० ्यालोरी'' प्राप्त हुन्छ अनिण्डाको सट्टामा दाल आदि शाकाहार सस्तो पनिछ अब हामी निर्णय गर्न सक्छौ कि स्वास्थ्यको लागि के वस्तु ज़रूरी अनि कोलस्ट्रोललाई नै लिउं जो कि शरीरको लागि लाभदायक छैन ''१०० ग्राम'' अंण्डामा कोलस्ट्रोल क मात्रा ''५०० मि.ग्रा.''हुन्छ कुखुराको मासुमा ''६०'' हुन्छ भने त्यहिं कोलस्ट्रोल सबै प्रकार क अन्न, फलहरु, सब्ज़िहरु,मम्फली आदिहरुमा 'शून्य' हुन्छ। अमरीका क विश्व विख्यात पोषण विशेषज्ञ डॉ.माइकेल क्लेपरको भनाईछ कि अंण्डाकोहेंलोभाग विश्वमा कोलस्ट्रोल एवं जमेको चिल्लोको सबैभन्दा ठूलो स्रोत हो जो स्वास्थ्यको  लागि घातक हुन्छ यस्को अतिरिक्त जनवरहरको पनि केहि उदाहरण लिएर हामी यस कुरालाई प्रमाणित गर्न सक्छौं कि शाकाहारी भोजन स्वास्थ्यको लागि लाभदायकछ जस्तैैंडा, हात्ती घोड़ा, ऊँट। के यिनि बलीया जनावर छैनन् ? यदि छ भने, तब यस्को मुख्य कारण हो कि ति शुद्ध शाकाहारी हुन् यस प्रकार शाकाहारी भोजन स्वास्थ्यप्रद एवं पोषण प्रदान गर्ने हो भनेर निर्विवाद भएन त
स्वाभाविक भोजन:
मनुष्यको संरचनाको दृष्टिले हेर्ने हो भने पनि हामी देख्छौं कि शाकाहारी भोजन नै हाम्रो स्वाभाविक भोजन हो। गा, बाँदर, घोड़ा र मान्छे यि सबैको दाँत सपाट बनेका हुन्छन,जस्ले शाकाहारी भोजन चपाउन सरल हुन्छ, जबकि मांसाहारी जानावरहरुको लामो जीभ्रो र तीखो दाँत हुन्छन्, जस्ले मासु च्यातेर खान सक्छन् तिनिहरुको आँत पनि तिनका शरीरकोम्बाई भन्दा दुगुन या तिगुना हुन्छ जबकि शाकाहारी जनरहरुको एवं मनुष्यको आँत तिनका शरीर कोम्बाई भन्दा सात गुना हुन्छ । अर्थात, मनुष्य शरीरको रचना शाकाहारी भोजनको लागि नै बनेकोछ,मांसाहारीको लागि होईनरहेछ
भवतु सब्ब मङ्गलम् ।
 सन्दर्भ सामग्रिःवेभदुनियाँ