Sunday, November 27, 2011

स्वामी विवेकानन्द


स्वामी विवेकानन्दको बारेमा
स्वामी विवेकानन्द (१२ जनवरी,१८६३- ४ जुलाई,१९०२) वेदान्त को विख्यात र प्रभावशाली आध्यात्मिक गुरु थिए। उनको वास्तविक नाम नरेन्द्र नाथ दत्त थियो। उन्ले अमेरिका स्थित शिकागो मा सन् १८९३ मा आयोजित विश्व धर्म महासम्मेलन मा सनातन धर्म को प्रतिनिधित्व गर्नुभएको थियो। भारत को वेदान्त अमेरिका यूरोप को हरेक देशमा स्वामी विवेकानन्दको वक्तृता को कारणले पुग्यो। उहाँले रामकृष्ण मिशनको स्थापना गर्नुभएकोथियो जो आजपनि आफ्नो काम गर्दैछ। वहाँ रामकृष्ण परमहंसको सुयोग्य शिष्य हुनुहुन्थ्यो। रामकृष्ण जी बचपनदेखि नै एक  विलक्षणा प्तिभाका सिद्ध पुरुष हुनुहुन्थयो। स्वामीजीले भन्नुभएको थियो कि जुन व्यक्ति पवित्र ढँग बाट जीवन निर्वाह गर्दछ उसैको लागि राम्रो एकाग्रता प्राप्त गर्न सम्भवछ!

विवेकानन्दजीको जन्म १२ जनवरी सन्‌ १८६३मा भएको थियो। उहाँको घरको का नाम नरेन्द्र थियो। उहाँको पिताश्री विश्वनाथ दत्त पाश्चात्य सभ्यता मा विश्वास राख्थे । उनी आफ्नो छोरा नरेन्द्रलाई पनि अँग्रेजी पढ़ाएर पाश्चात्य सभ्यताको ढँगमा  हिंडाउन चाहन्थे। तर नरेन्द्रको बुद्धि बचपन बाटै बड़ी तीव्र थियो र परमात्मालाई प्रापव्त गर्ने चाहना पनि प्रबल थियो। यस कारण वहाँ पहिला 'ब्रह्म समाज' मा जानुभयो तर त्यहाँको चित्त सन्तोष भएन। वहाँ वेदान्त र योगलाई पश्चिम सन्स्क्रुति मा प्रचलित गर्नको लागि महत्वपुर्ण योगदान दिनुभएकोथियो।

गुरु भेंट

स्वामी विवेकानन्द आफ्नो जीवन गुरुदेव स्वामी रामकृष्ण परमहंसमा समर्पित गरिसक्नुभएकोथियो। गुरुदेवको शरीर-त्यागको दिनमा आफ्नो र कुटुम्बको अवस्था दयनीयको वास्ता नगरेर, स्वयंको भोजनको पनि वास्ता नगरेरै पनि गुरु-सेवामा सतत संलग्न हुन्थे। गुरुदेव को शरीर अत्यन्त रुग्ण सकेकोथियो।
एक पटक कसैले गुरुदेवको सेवामा घृणा र लापरवाही देखाए तथा घृणाले नाक-पनि खुम्चयाए। यो देखेर विवेकानन्दलाई रीस लाग्यो। त्यस गुरु भाईलाई पाठ पढ़ाउंदा र गुरुदेवको प्रत्येक वस्तु  प्रति प्रेम देखाउंदै उनको बिछौना नजिक रगत, कफ आदिले भरीएको खकार घीन नमानेरै फ्याँक्थे। गुरुको प्रति यस्तो अनन्य भक्ति र निष्ठाको प्रतापले नै वहाँ आफ्नो गुरुको शरीर र उनको दिव्यतम आदर्शहरुको उत्तम सेवा गर्न सक्नुभयो। गुरुदेवलाई वहाँले बुझ्न सक्नुभयो, स्वयंको अस्तित्वलाई गुरुदेवको स्वरूपमा विलीन गर्नसक्नुभयो। समग्र विश्वमा भारतको अमूल्य आध्यात्मिक भण्डारको सुगन्ध फिजाउन सक्नुभयो। उहाँको यसस महान व्यक्तित्वको जगमा यस्तो गुरुभक्ति, गुरुसेवा र गुरु प्रति अनन्य निष्ठा! आजभोली कहाँ देख्न पाईन्छ ।
२५ वर्षको उमेरमा नरेन्द्रले गेरुआ वस्त्र धारण गर्नुभयो। तत्पश्चात् उहाँ पैदलै पूरे भारतवर्षको यात्रा गर्नुभयो। सन्‌ १८९३ मां शिकागो (अमेरिका) मा विश्व धर्म परिषद् भैरहेकोथियो। स्वामी विवेकानन्दजी त्यसमा भारतको प्रतिनिधिको रूपमा पुग्नुभयो। यूरोप-अमेरिकाका मान्छेहरु  त्यसबेला पराधीन भारतवासिहरुलाई साह्रै हीन दृष्टिले हेर्थे तयहाँ मान्छेहरुले धेरै प्रयत्न गरे कि स्वामी विवेकानन्दलाई सर्वधर्म परिषद्मा बोल्ने समय नै नपावस। एक अमेरिकन प्रोफेसरको प्रयासले वहाँलाई थोरै समय प्राप्त भयो तैपनि वहाँको विचार सुनेर  सबै विद्वान चकित भए। अनि त अमेरिकामा वहाँको अत्यधिक स्वागत भयो। त्यहाँ वहाँको भक्तहरुको एक ठूलै समुदाय नै भयो। तीन वर्षसङ्गम वहाँ अमेरिकामा बस्नुभयो  र त्यहाँका मान्छेहरुलाई भारतीय तत्वज्ञानको अद्भुत ज्योति प्रदान गर्दै गर्नुभयो। उहाँको वक्तृत्व-शैली तथा ज्ञानलाई देखेर त्यहाँको संचार माध्यमले उहाँलाई साइक्लॉनिक हिन्दू को नाम दिए।  "आध्यात्म-विद्या र भारतीय दर्शनको बिना विश्व अनाथ हुन्छ" यो स्वामी विवेकानन्दजी को दृढ़ विश्वास थियो। अमेरिकामा उहाँले रामकृष्ण मिशन को थुप्रै शाखाहरु स्थापना गर्नुभयो। कैयौं अमेरिकन विद्वानहरुले उहाँकोका शिष्यत्व ग्रहण गरे । ४ जुलाई सन्‌ १९०२मा वहाँ देह-त्याग गर्नुभयो। उहाँ सदा आफूलाई गरीबहरुको सेवक भन्नुहुन्थयो। भारतको गौरवलाई देश-देशान्तरहरुमा उज्ज्वल गर्न उहाँले धेरै सदा प्रयत्न गर्नुभयो। जहिले पनि वहाँ कहि जानुहुन्थ्यो त्यहाँका मान्छे साह्रै खुसि हुन्थे।

Wednesday, November 23, 2011

बेसार एक आयुर्वेदीक औषधी


एक सर्वज्ञात मसला  केवल खानमा स्वाद दिने हो बरु यो त एक आयुर्वेदिक औषधि पनि हो । हाम्रा बाजे बजैको प्राथमिक उपचारमा  यस्को महत्वपूर्ण स्थान रहेकोछ ।
यो निम्न तरीकfहरुबाट उपयोग गर्न सकिन्छ-
-
एक गिलास तातो मीठो दूधमा एक चम्चा बेसार मिसाएर पिउनाले शरीरको भित्री चोटमा आराम हुन्छ ।
-
बेसार मिसाईएको तातो मीठो दुध बिहान बेलुका लगातार पाँच दिन पिउनाले मुख भित्रको निनाउ आराम हुन्छ।
-
एक चिम्टी बेसार प्रतिदिन खानाले भोक बढाउंछ। यस्को सेवन गर्नाले आँतमा लाभ हुन्छ ।
-
बेसार छालाको परजीवी जीवाणुहरुलाई नष्ट गर्छ ।
-
बेसारको गाँठो पानीको साथमा पीसेर लेप तैयार गरौं र यस्को  लेप नुहाउनु भन्दा अघि लगाउं । एक हप्तामा तपाईंको  त्वचामा सुन्दरता देखिन्छ ।
-
अलिकति बेसारमा पिसेको कपूर, अलिकति सर्स्यूंको तेल मिसाएर लेप तैयार गर्नाले त्वचामा हुने रोगहरु समाप्त हुन्छ ।
-
दानेदार पिसेको बेसारलाई ताजा दुधको तर् मा भिजाएर अनुहारमा र हातमा लगाउं । सुकेपछि  रगड़ेर निकालि दिउं । मनतातो पानीले अनुहार पखाल्ने हेर्नुस चमक कस्तो हुन्छ ।
-
चनाको बेसन मा  सर्स्युंको तेल, बेसार र पानी मिसाएर गाढ़ा लेप तैयार गर्ने । यस घोललाई अनुहार र पूरै शरीर मा राम्रोसित लगाएर सुकेपछिर निकाल् दिने। त्वचा चमचम् हुन्छ ।
-
मासिक धर्मको समयमा पेट दुख्दा तातो पानीको साथमा बेसार  रक्त प्रवाह ठीक हुन्छ र दुखाईबाट राहत प्राप्त हुन्छ ।

-
स्याना बच्चाहरुलाई रुघा खोकी भएमा आधा कप पानीमा आधा  चम्चा बेसार, अलिकति गुँड़, अजवाइन, एक ल्वाङ्ग मिसाएर उमाल्ने राम्ररी उम्लेपछि छानेर मनतातो भएपछि ख्वाईदिनाले बच्चाको रुघा खोकीबाट राहत पाउंछ, बरु पेटमा यदि कब्ज छ भनेपनि ठीक हुन्छ ।

-
मैथी दाना र बेसारको काँढ़ा पनि मासिक सफा हुनलाई लिन सकिन्छ ।
-
सूजन मा बेसार र चूनाको लेप गर्नाले सूजन ठीक हुन्छ ।
-
बुढापाकाहरुको भनाई छ कि बेसार बिनाको खाना अलच्छीन् हुन्छ । वास्तवमा यस्तो यस्को औषधीय गुणहरुको कारण भनिन्छ ।  शाक्य समुदायमा मृत्यु भएको घरमा सन्तानले ७ दिन बेसार बार्ने चलन छ । बेसार नभएको खाना खानाले दुःख परेको जनाउंछ ।

-
बेसार प्रिजरवेटिवको पनि काम गर्छ, त्यसैले पनि अचारमा यो मसलाको अभिन्न अंग हो।
-
नवजात शिशुलाई दिईने 'घसारा' अर्थात 'घुट्टी' मा आंबा बेसार पनि उस्को आयुर्वेदिक गुणहरुको कारणले दिईन्छ ।
-
बेस्सरी रुघा हुंदा बेसारको धूनी अर्थात तातो जलिरहेको गोबर गुईंठामा बेसार जलाएर त्यसबाट उठने धुवाँलाई सूँघ्ने गर्दा रुघा सर्दी-बाट आराम हुन्छ ।


- भनिन्छ कि एक चम्मच बेसार प्रतिदिन सेवन गर्नाले भोक बढाउंछ। अमाशय एवं आँतको सफाई हुन्छ।
-
काटीने या रक्तस्राव रोक्नको लागि पनि शुद्ध बेसार धुलो चोटमा लगाईन्छ, जस्ले गर्दा रक्तस्राव तुरंत रोकिन्छ ।
-
बेसार एक राम्रो एन्टीसेप्टिक एवम् एन्टीबायोटिक हो, जस्को उल्लेख आयुर्वेदमा पनि गरिएकोछ ।

यस प्रकार हाम्रो घरको भान्छामा बुसेको चिकित्सक बेसार कैयौं स्वास्थ्य समस्याहरुको प्राथमिक चिकित्सामा हामीलाई सघाउंछ । बेसार जहिलेपनि शुद्ध हुनुपर्छ, आजभोली नक्कली बेसार पनि पाईन्छ पटक्कै पंहेलो नहुने घरमै तयार गर्न पाए अझ बेस हुन्छ।, जबकि बेसार स्वयं एक प्राकृतिक रंग हो, जो हाम्रो भोजनलाई रङ्ग दिन्छ, स्वाद सुगन्ध प्रदान गर्छ, जस्को प्रभावले भोजनको परिकार देख्दै लोभलाग्दो हुन्छ त्यसैले आयुर्वेदमा बेसार एक महत्वपूर्ण तत्व मानिन्छ ।
घर परिवारमा भात धेरै भएर बच्यो भने भोली पल्ट बिहान प्याज काटेर फ्राई गरेर भातलाई फ्राई गर्दा बेसार हालेमा खाना स्वादिष्ट मात्रै हुने होईन फ्राईडरासको रङ्ग पनि खाउं खाउं जस्तो गरि राम्रो देखिन्छ ।

तराई तिर बेसारको लेप लगाएर नयाँ दुलहीलाई श्रंगार गर्ने चलनछ । जस्लाई बुकुवा पनि भन्ने चलनछ ।
बेसार एक औलोकिक आयुर्वेदीक औषधी हो । हाम्रो पहाड घरमा होस वा तराईमा झारफुकेले पनि बेसारको प्रयोग नगरि बस्दैन ।

सन्दर्भ सामग्रीः वेभदुनियांबाट

Monday, November 21, 2011

आम्रपाली



आम्रपाली
काल्पनिक लघु कथा
 जीवनकुमार शाक्य
मेरो कोठाको उत्तरपट्टीको झ्यालको पर्दा खोल्दा स्वयम्भूको दर्शन गर्न पाईन्छ ।यहि मेरो जिन्दगिको सबै भन्दा महत्वपूर्ण दृष्य हो । काठमाण्डौ आएर यो फ्ल्याट किनेर कोठामा पसे देखि तल झरेकोपनि छैन र झर्नु पनि परेको छैन । मेरो स्यानो संसारमा मेरा सहयोगिहरु एकजना बहिनी छन् एउटा दाई छन् तर यि मेरो आमाले जन्माएका होईनन् । मैले कहिले देखि आफ्नो उपनाम आम्रपाली राखेछु भन्ने हेक्का सम्म पनि छैन । मेरो एउटा नियम छ म सित कोहि मोलतोल गर्न आउनु पर्दैन सबै दाईले मिलाउंछन् । त्यो दाईको घर कहां हो के जातको हो मैले अहिले सम्म सोधेकि पनि छैन केवल नाम थाहाछ संयोग रे । अनि बहिनीको नाम नम्रता रे उन्को पनि घर र थर केहि सोधेको छैन । नम्रताको काम केवल खाना बनाउनु र घरको सरसफाई गर्नु हो । कहिलेकाहीं मैले पनि सघाउंछु । संयोगदाईलाई एउटा मोबाईलको व्यवस्था गरिदिएकोछु । म कहां आउने बिहानै ६ बजे आए पछि सांझ सातबजे प्रस्थान गर्नुपर्छ र सांझ आएपछि बिहान ६ बजे प्रस्थान गरि सक्नुपर्छ । यस्को लागि दुर्इ किसिमको दर राखेकिछु । बिहान आउनेले एक हजार तिर्रपर्छ र सांझ आउनेले पन्ध्रसय तिर्नुपर्छ । एक हप्ता बस्न चाहनेले पांच हजार दिएपुग्छ । ग्राहकलाई सबै सुबिधा उपलव्ध गराएकिछु । को आउंदैछन् कस्तो व्यक्ति आउंदैछन् क्यामेराको व्यवस्थाले सबै थाहापाउंछु । म कहां सामान्य देखि बिशिष्ट व्यक्तिहरु सबै आउंछन् । मलाई छिल्लिएको पटक्कै मन पर्दैन । जो आउंछन् सबै भन्दा पहिला नुहाएर फ्रेस हुने अनि तातो चिसो के मन पर्छ कफि,चिया,चीसो पेय् पदार्थमा केवल कागतीको सर्बत मात्रै । त्यसपछि खानेकुरा के मन पर्छ म कहां केवल शाकाहारी सामग्रीको मात्रै व्यवस्था छ । अनि मदिरा मा व्हिस्की र जिन लगाएत अन्य व्यवस्था गरेकि छु चार पेग भन्दा बढी पटक्कै व्यवस्था छैन । शारिरीक सर्म्पर्क गर्न चाहेमा बढिमा दुर्इपटक सम्म मात्रै तर साधन प्रयोग अनिवार्यछ ।
        मासिक आम्दानीको लेखाजोखा मैले गर्दिन संयोग दाईलेनै गर्छन् । हप्तामा एक पटक मलाई रकम ल्याएर दिन्छन् । दुबै जनालाई आवश्यकताअनुसार खर्च गर्न अनुमति दिएकिछु घर जानु परेमा एक हप्ता अगाडी खबर गर्न भनेकि थिएं तर अहिले सम्म गएका छैनन् । सायद मलाई मायां गर्छन क्यारे । मैले टि.भि. हेर्दिन पत्रिका पढ्छु । कम्प्युटरमा समय सदुपयोग गर्छु । ग्राहक आउनु भन्दा  अगाडि रेस्ट रुममा व्यवस्थित भएर बस्छु । कोठामा अश्लिल तस्विरुहरु केहि राखेको छैन सगीत पनि त्यति साह्रो सुन्दिन कहिलेकाहीं पुराना आधुनिक गीतहरु सुन्छु र कोठामा सितारको मधुरो संगीत गुन्जीरहेको मन पर्छ । जो ग्राहक आउंछन् अचम्म मान्छन् । वास्तवमा म एक लखपती वेश्या त हुं नि,तर टोल छिमेकका मान्छेहरुले मलाई देखेका पनि छैनन् सर्म्पर्क पनि छैन । के गर्ने मैले जिन्दगिलाई यसरी व्यवस्थित गरेकिछु । मलाई कुनै पछुतो पनि छैन उदासीनता पनि छैन जे छु ठिकैछु कसैको सहानुभूतिको आवश्यकता पनि चाहएकोछैन । आमा बुवा कहांछन् मरे कि बांचे थाहा छैन त्यति सम्झना पनि आउंदैन केवल मलाई जन्म दिएकोमा कृतज्ञता चढाउंछु । समय समयमा पत्रिकामा लेख पठाउंछु । लेखबाट पनि महिनामा खाजा खर्च उठेको छ यद्यपि यो मेरो शौक मात्रै हो जिविकोपार्जनको लागि होईन ।
   एक रात एक जना युवक झोला बोकेर रातीको ११ बजे मेरो कोठामा संयोग दाईले ल्यायो । युवकलाई निस्लोट जोरो आएको रहेछ । हेर्दा सम्पन्न परिवारको जस्तै थियो मैले अतीथि कक्षमा राखें । युवकले हात जोडेर अनुरोध गर्यो प्लिज म अहिले आराम सित सुत्न चाहान्छु हुनसक्छ भने  एक ट्याब्लेट सिटामोल दिनुहोस । मैले सिटामोलको व्यवस्था गरि दिएं । अनि उ लुगा फेरेर खाटमा पल्ट्यो मैले कुनै डिर्स्र्टब गरिन "राती केहि चाहिएमा निस्फिक्री मेरो कोठामा आउनु" भनें युवकले हुन्छ भन्यो । मपनि आफ्नो कोठामा गएं । नम्रता आएर केहि चाहियो कि मेम- भनेर सोध्यो मैले नो थ्यांक्स भने ।
राती १बजे म भरखर बाथरुमबाट फर्केर खाटमा पल्टेकि मात्रै थिए युवक मेरो कोठामा आयो अनि भन्यो( मेम म तपाईंसित सुत्न चाहान्छु । मैले वक्के भनें उ आएर शिष्टतापुर्वक मेरो छात्तिमा अनुहार राखेर निदायो अरु केहि गरेन मपनि निदाईछु ।एउटा आनन्दको निद्रा लाग्यो यस्तो आनन्दको अनुभुति कहिल्यै भएन । युवकको जोरो कम भएको थियो यद्यपि निर्मूल भएको थिएन । उस्को टाउको उठाएर म उठ्न पनि चाहिन । मेरो छात्तिको लुगा सबै लुछुप्पै भिजेको थियो सायद उ रात भरि रोएछ क्यारे मैले उस्को कपाल मुसारेकि थिएं । बिहान ७ बजे उ उठेपछि लाज माने जस्तो गर्यो । म पनि उठेर बाथरुममा गएर फ्रेश भएं । नम्रताले चिया ल्याएर दिईन् युवक बाथरुम गएको थियो ।
बाथरुमबाट फर्केपछि अभिवादनको आदान प्रदान भयो । संगै चिया पियौं मैले कुनै परिचय मागिन को हो कहां बाट आउनुभयो कसरी आउनुभयो कुनै औपचारिकता पूरा गरिन । अनि युवकले भन्यो ( बस अबेला ल्याई पुगायो बसबाट ओर्लेपछि कसरी तपाईंकहां आईपुगें मलाई त्यति सम्झना छैन संयोगदाईले मलाई सहयोग गर्नुभयो ।
वास्तवमा म विदेश जानको लागि आएको थिएं । मैले कुनै प्रतिप्रश्न गरिन युवकले पटक पटक मेरो अनुहारमा हेरेर मुसुक्क हांस्थ्यो । मलाई उस्को हांसोमा कता कता प्रेम झल्केको पाएं । युवक र मेरो लागि परेठा भिण्डी फ्राई नास्ता नम्रताले ल्याईन् हामीले चुपचाप खायौं । सायद उ पनि अचम्म मान्यो होला कस्ती घमण्डी .... रहेछ भनेर । अनि युवकले नास्ता खाएपछि भन्यो मेम् सहयोगको लागि धन्यवाद अब म बिदा हुन्छु । मैले भनें मेरो नियम संयोगदाईले भन्नु भएनछ क्यारे । युवकले भन्यो सरी के नियम रहेछ - म कहां सांझ आउनेले बिहानै ५ बजे प्रस्थान गर्नुपर्छ त्यसपछि समय नाघ्यो भने त्यो दिनभरि आराम गर्नुपर्छ । युवकले खुसि भएर भन्यो ओहो  यव त मेरो सौभाग्य हो । के मैले एक महिना पनि पेर्इङ गेष्ट भएर बस्ने सौभाग्य पाउनसक्छु -मैले भने (व्हाईनट योर सेटिशफेक्शन  इज माई मोट्टो । त्यस पछि युवकले अनायास मलाई म्वाई खायो मैले पनि उत्तरमा म्वाई खाएं मलाइं अंगालो हालेर उ रोयो बेस्सरी रोयो।मैले किन रोएको भनेर प्रश्न पनि गरिन ।उ संधै हरेकपल मेरो छात्तिमा सुत्न चाहृयो । मैले त्यसै गरेर उस्लाई आफ्नो छात्तिमा सुताएर कपाल मुसारी रहें । उस्ले मलाई अरु लोग्ने मान्छे यौनपिपासुले जस्तै केहि गरेन केवल म्वाई मात्रै खान्छ हरेक पटक उस्को म्वाई लगभग प्रेम हुन थाल्यो तर मैले व्यक्त गरिन । अन्य ग्राहकहरुलाई संयोगदाईले फर्काई दिएछन् राम्रै भयो ।
युवकले चिया पिईसकेपछि म्वाई खाएर भन्यो मैले नाम सोधिन तपाईंले पनि सोध्नु भएन । मैले छोटो शव्दमा भनें ठिकै हो । के हो त तपाईको शुभ नाम -उस्ले भन्यो( तपाईले मेरो नाम राखि दिनुस हिजो सम्म जे थियो थियो । मैले उस्को नाम बिंम्बि भनें उस्ले अहा  कस्तो नया नाम आई लाईक इट । मैले मेरो नाम आम्रपाली हो पहिला के नाम थियो मलाई थाहा छैन अनायास आफ्नै मुखबाट निस्केको हो । अनि मेरो बिंबिसार जिन्दगिको के योजना छ त -उस्ले भावुक भएर भन्यो( पर्खि रहेकोछु । मैले सोधें ( कस्लाई - उस्ले आंखाभरि आंसु गरेर भन्यो मृत्युलाई । मैले भनें( किन र मेरो समक्ष आएर नै मृत्युलाई पर्खनु परेको मेरो सेवामा कुनै कमि भयो कि - उस्ले भन्यो ( आम्रपाली तिम्रो मायां पाएर त मलाई मर्न मन लागेको छैन तर मेरो मुटुको क्यान्सरले केवल एक महिनाको समय पर्खने   रे । उस्को कुरा सुनेर उसप्रति झन मायां बढेछ तैपनि मैले कुनै कुरा व्यक्त गरिन । उस्लाइ सान्त्वना दिएर भनें ( बिंबि मृत्यु एउटा ध्रुव सत्य हो कसैले रोकेर रोकिन्न यस्लाई सहर्ष स्विकार गर्नुपर्छ । बरु बांचुन्जेल सम्म आफुले अरुकोलागि के गर्न सकिन्छ त्यो विचार गरे जाति होला बरु तिमिसित भएको रकम क्यान्सर पिडित असहायहरुको लागि दान गरि देउ । उस्ले भन्यो ( एज यु लाईक यस्तो लाग्छ तिम्रो मायां पाएर मेरो जीवनबिमा भएछ । आम्रपाली तिमि साह्रै सुन्दरी छौ । मैले भने( त्यसैले त मेरो भाउ पनि बढीछ । मेरो रुपको लागि बढी रकम तिरेपनि कुनै गुनासो गर्दैनन् ।
हाम्रो यस प्रकार सहमती हुंदै गयो । हामी एक अर्का प्रति समर्पित हुंदै गयौं हाम्रो सहमती स्वतः हुंदै गयो । आजभोली पत्रिकाहरु पढछु साह्रै चिन्ता लाग्छ । सहमतीको नाउंमा आफ्नो अडान अरु माथि थोपरेर सहमती खोज्छन् ।मैले सहमतीको नाउंमा उ प्ति कुनै अधिकार जमाईन । मान्छेहरु भनुं कि नेताहरु अरुको दुःख कष्टको विचारै गर्दैनन् देशको र्सार्वभौमसत्ता प्रति पटक्कै मायां छैन ।
हाम्रो सहमती अन्ततः यस प्रकार भयो जे भयो बिगतलाई बिर्र्सौ जति दिन बांच्छौं सुख चयन संग बांचौं हाम्रो अन्त्यको शेषपछि संयोग दाईलाई २५ प्रतिशत २५ प्रतिशत नम्रतालाई बांकि बचेको अस्पतालहरुमा असहायहरुको लागि बिंबि(आम्रपाली ट्र्स्ट खोल्ने ।
 बसि रहेको फ्ल्याट संयोगदाई र नम्रताको लागि । झ्यालको पर्दा खोलेर हेरें आज किन हो स्वयम्भू देखिंदैन बादलले ढाकेको रहेछ कस्तो उराठ उराठ । मस्त निदाएको बिंबि कहिल्यै नउठ्ने गरि सुतेछ । मुसुक्क हांसेर संधैलाई हांसिरह्यो ।
बिंबिको अन्त्येष्ठि टोलछिमेकको सहयोगमा सम्पन्न भयो । बिंबिको अन्त्यष्ठि भएको पनि एक महिना भएछ । मलाई उस्को नाममा सेतो साडी लगाउन मन लागेर लगाएं र बिधवा साबित भएं ।यद्यपि हाम्रो साथ बसुन्जेल यौन सम्बन्ध भएन । पवित्र भएर बस्यौं तर अरुले त के मान्लान लोग्ने स्वास्नी रहेछ भनेछन् ठिकै छ जे भने पनि सम्बेदना प्रकट गर्नेहरु छिमेकि लोकोचार पार्न आएका थिए । सबैलाई कुनै चिन्ता न मानेर भने( सबैले जन्मेपछि एक दिन सबै छोडेर जानुपर्छ । उहां पनि जानुभयो मलाई कुनै दुःख छैन दुःखि भएर फर्कने भए दुखि हुन्थें । तपाईंहरुले पनि दुःख नमान्नुहोला भनि पठाएं । सबैजना जो आउंछन् मलाई सान्त्वना दिने प्रयास गर्छन उल्टै मैले सान्तवना दिएर पठाउंछु । अचम्ह मान्छन् । रोएर के गर्ने - मलाई जन्म दिने आमा बुवा कहां छन् थाहा छैन मलाई साथमा नपाएर रोएका होलान् । जे जस्तो छु ठिकैछु कुनै हिनता बोध छैन कुनै दुःख छैन । केहि दिन बिंबिको मायां पाएको थिए । अब छैन त्यत्ति हो । संयोगदाई र नम्रताको मायां पाएकैछु यहि हाम्रो परिवार भएकोछ ।
        यहि को मेरो दैनिन्दनी .................................................
                                      भवतु सव्व मङ्गलम
                                लोकमन्च -२०६५ असाढ २८