Tuesday, July 23, 2013

शाक्य राजवंश र शाक्य सम्बत




कल्पको आरम्भमा जब मनुष्य जाती एक समूहमा बस्न थाले तब पारस्परिक सम्बनधमा उत्पन्न हुने जटीलताहरु र समस्याहरुलाई समाधान गर्न तथा सामाजिक सम्बनधलाई व्यवस्थित गर्नको लागि एक शासककव आवश्यकता महशुशस गरीयो । त्यसैले सबै मिलेर एक योग्य यक्तिलाई चुनीयो जो उनीहरुमा शासन गर्न सकोस । काकि उनि सर्व सम्मतिले चुनीएको थियो त्यसैले महासम्मत भनीयो । पृथ्वीमा पहिलो शासक भयो । यहि महासमम्तको वंशमा एक महाप्रतापी राजा भए ओक्काक (इक्ष्याकु)सूर्यको समान त्जस्वी हुनाले उस्कव वंशलाई सूर्यवंशी पनि भनियो । महाराज ओक्काकबाट पाँच छोरी र चार छोराको जन्म भयो ।महारानी भक्ताको मृत्यु भएपछि एक नवोढा युवती सित बिहे गरेर उनलाई अग्रराज महिषीका पद दिईयो जसले आफ्नो छोराको लागि राज्यको उत्तराधिकारको मांग गरिन । काम मोहमा डुबेका राजाले उन्को मांग स्विकारे तर पछि पश्चाताप भयो । जेठी महारानीबाट जन्मेका सन्तानहरुलाई टाढा सुरक्षित ठाउमा  निवास गर्ने आदेश दिए र आफ्नो मृत्यु पछि राज्यकव अधिकार आफ्नो हातमा लिन सिकाए । जेठी रानीका छोरा छोरीहरुले देशबाट निकाला हुन स्विकार गरेर निस्के । तर बुवाको मृत्यु पछि सौतेनी भाईहरुबाट राज्य छिन्ने कुरा ठीक लागेन । उनिहरुले आफ्ने पराक्रमबा६ छुट्टे एक राज्य बसाल्ने संकल्प गरे । त्यसपछि ति हिमवत प्रदेश ( तत्कालिन नेपाल नाम थिएन) कपीलमुनीको आश्रममा बसे  र त्यहिं कपिलवस्तुराजधानीको स्थापना गरे जो आज भोली नेपालको लुम्बीनी अंचलको एक जिल्ला हो । तिनिहरुले नया राज्यको स्थापना गर्न सफल भए । यस सह्रानीय शक्यताको कारण नै यिनिहरु शाक्य कहलीए । रक्त शुद्धता त्यतिबेलाको चलन थियो त्यसैले आपसमा विवाह गरेर सन्तान उत्पादन भयो । प्रिया नामकि जेठी दिदीले बनारसका तत्कालिन राजा राम सित बिहे गरे ।उन्ले कपिलवस्तु कै नजिकै दवदहमा राजधानी बनाएर कोलीय राज्यको स्थापना गरे । दुबै राजकुललाई आफ्नो रक्त शुद्धताको बडो अभिमान थियो त्यसैले अन्य कुलमा बिवाह गरेर रक्त मिश्रणको दोषबाट बच्नको लागि पुस्तौं पुस्ता सम्म कोलीय र शाक्यमा परस्पर आवाह विवाह को प्रचन भयो । त्यसताका आवाहको अर्थ छोराले बिहे गरेमा आवाह छोरी बिहे गरिदिएमा विवाह भनिन्थ्यो । यो क्रम सदीयौ सम्म चल्यो आज भोली गुरुङ्, मगर, शाक्य, बज्राचार्य तथा थारु समुदायमा चलन कायमनै । तर फुफु चेला मामा चेली मगरहरुमा फुफु चेली मामा चेला गुरुङ्गहरुमा शाक्य बज्राचार्यहरुमा फुफु र मामाका नाती नातीनीहरुमा आवाह विवाह चलन अहिले पनि देखिन्छ । त्यसै पनि त्यसताक मामा र फुफुको दाजु बहिनीमा विवाह प्रचलित थियो भन्ने कुरा ईतिहाँसबाट पनि स्पष्ट देखिन्छ । अहिले पनि मगर समुदायमा मामाको छोरी सित बिहे गर्न हकनै लाग्छ त्यसैले सम्बोधन गर्दा पनि सोल्टी भन्ने चलनछ ।त्यसै गरि गुरुङ्ग समुदायमा पनि फूफुको छोरी सित बिहे गर्ने अधिकारै छ ।
त्यस बखत जयसेन शाक्यवंशका प्रतापी राजा थिए यस्स्को छोरा सिंहनु र छोरी एक यशोधरा थिईन् ।त्यसै बेला कोलीयहरुका राजा देवदह शाक्य थियो जस्को छोरा अन्जन र छोरी कात्यायिनी थिईन ।देवदहको छोरा अन्जनको विहे जयसेनको छोरी यशोधरा सित भयो । जयसेनको को छोरा सिंहनुको विहे देवदहको छोरी कात्यायिनी सित भयो । अन्जन र सिंहनु दुबै नै जयसेन जस्तै बडो प्रतापी थिए ति दुबैका राजपुरोहित ब्राम्हण असित काल देवल थियो जो ज्योतिष र शरीर लक्षण शास्त्रका विव्दान नै थिए र साथै आठै ध्यान समाधीहरमा पनि पारंगत थिए र अनेकौ  ऋद्धीहरुका धनी थिए । त्यसताक पुरानो शाक्यसम्बत चलिरहको थियो जस्को ८६४७ बर्ष पूरा भएपछि कोलीय महाराज अन्जनले राजपुरोहित ऋषी असित कालदेवलको परामर्शमा रोकिदिएर एक नयाँ महाशाक्य सम्बत चलाए जो कतै कतै अन्जन सम्बत भनेर पनि भन्ने चलनछ । यस सम्बतको दशौं बर्ष अषाढ पुर्णीमा शनिवारका दिन महाराज सिंहनुको रानी कात्यायिनीले पहिलो छोरा जन्माए जस्को नाम शुद्धोधन राखीयो त्यसैगरि अरु चार छोराहरु  धौतोदन,शक्कोदन,शुक्कोदन र अमितोदन नाम राखिए र दुई छोरी अमिता र पमिता पनि जन्मे 
नयाँ महाशाक्य सम्बतको बाह्रौं बर्षमा कोलीय राजा अन्जनको रानी यशोधराले छोरी जन्माए जस्को नाम महामाया नाम राखीयो र अर्को छोरी पनि जन्मीयो जस्को नाम प्रजापती तथा दुई छोरा जन्मे जस्को नाम दण्डपाणी र सुप्पबुद्ध नाम राखीयो । शुद्धोधनको विहे कोलीयधीता महामाया र बहिनी प्रजापती सित भयो र सुप्पबुद्धको विहे शाक्यधीता अमिता सित भयो । महारानी महामायाले शाक्य सम्बत ६७ अषाढ पुर्णीमा  गर्भधारण गरेर ६८ बैशाख पूर्णीमाको शुक्रवारमा छोरा जन्माए जस्को नाम सर्वार्थ सिद्ध भएकोले सिद्धार्थ नाम राखीयो । यस हिसाबले शाक्य अहिले शाक्य सम्बत ११३५० भएको ईतिहाँसले बताएकोछ ।
महामाहा सिद्धार्थ जन्मेको सातौं दिनमा दिवंगत भईन र प्रजापती गर्भवती भएर एक छोरा जन्माए जस्को नाम नन्द राखीयो तिनलाई धाईहरुलाई सुम्पेर सिद्धार्थलाई आफ्नो दुध ख्वाएर पालनपोषण गर्ने जिम्मेवारी लिईन र दुई बर्ष पछि छोरी पनि जन्माईन जस्को नाम नन्दा राखीयो । कोलीय सुप्पबुद्धको अमिताबाट यशोधरा छोरी जन्मी र देवदत्त छोरा जन्म्यो । शाक्य सम्बत ८४मा सिद्धार्थ र यशोधरा विवाह भयो ९७मा अषाढ पुर्णीमाको राती गृहत्याग गरे १०३ बैशाख पुर्णीमामा सम्यक सम्बोधी प्राप्त गरेर बुद्ध भए १४८ बैशाख पूर्णीमा मै महापरिनिर्वाण प्राप्त गरे । यहि १४८ बर्ष पछि शाक्य सम्बत लोप भएको ग्रन्थहरुबाट प्रमाणित हुन्छ ।

अहिंसामाथि तथागत बुद्धको उपदेश




तथागत बुद्ध हिंसाको बिरोधी थिए , तर न्यायको पक्षमा थिए | जब क़हिल्यै न्यायको लागि, हिंसा आवश्यक हुन्छ वहाँ तथागत बुद्धले अनुमति दिनुभएकोथियो ।
तथागत बुद्ध र सिंह सेनापति (वैशाली कमाण्डर)को कुराकानी सम्बाद
सिंह सेनापतिले तथागत बुद्ध सित सोधे
"भगवन, अहिंसाको विचारको प्रचार र प्रसार गर्छन,यस्को मतलब भगवन यो चाहन्छ कि अपराधिहरुलाई दण्डित नगर्ने  ?
हाम्रो बच्चाहरुको रक्षा, पत्नीको सम्मान , प्रतिष्ठाको रक्षा र संपत्तिको रक्षाको लागि हामी युद्धमा नजाने ?
अहिंसाको नाममा हामी अपराधीबाट हानि र नोक्सान सहने ? यदि युद्ध सत्य र न्यायको लागि होभने पनि भगवन सबै प्रकारको युद्धलाई मनाही गर्छन् ?
तथागत बुद्धले सिंह सेनापतिलाई उत्तर दिनुभयो "
तिमिले मेरो सल्लाहको गलत अर्थ लगाएकाछौ ,अपराधीलाई दण्डित गर्नुपर्छ तर निर्दोषलाई मुक्त गर्नुपर्छ ।न्यायाधीश एक आपराधिक सज़ाए दिनु हिंसा गर्नु होईन,सज़ाए कारणको लागि अपराधीको अपराध जिम्मेदार हो । न्यायाधीश हिंसाको लागि जिम्मेदार होईन ,केवल न्यायाधीश कानून कार्यन्वयन गर्छ ।
जो मनुष्य न्याय , नैतिकता , सुरक्षा र स्वतन्त्रताको लागि संघर्ष गर्छ त्यो हिंसाको लागि जिम्मेवार होईन,शान्तिको सबै तरीका जब असफल हुन्छ तब
जो युद्ध शुरू गरिन्छ, त्यो हिंसाको लागि जिम्मेवार हो ,कुनैपनि स्थितिमा दुष्ट विचारहरुको अरको अगाडि आत्मसमर्पण गर्ने होईन.कुनैपनि स्थितिमा दुष्ट विचारहरुको अरको अगाडी घुँडा टेक्ने होईन ।

समयबुद्धाको यस विषयमा भनाई छ की
"बौद्ध संस्कृति मा हामी 'हात्तीलाई कैयौं प्रकारको राजनैतिक एव धार्मिक चिन्हको रूपमा यसकारण प्रयोग यसकारण गरिन्छ किनकि हाम्रो हिंसा जङ्गलमा  हात्तीको हिंसाको सामान हो|जसरी हात्ती मासाहारी जनावर जस्तै पहल गरेर हिंसा गर्दैन तर जब उसलाई जिस्क्यायो भने उ यति हिंसात्मक हुन्छ की सबै तहस नहस गर्छ| त्यस्तै यस क्षेत्रको  बहुजन या बौद्ध पनि पहल नगरि बिना कारण हिंसा गर्दैन |हात्तीको हिंसामा ध्यान दिनुपर्ने कुरा यो छ कि उस्लाई हिंसाको आवश्यक यसकारण पर्दैन किनकि उस्को ताकतको सबैलाई थाहाछ,यि कुरा हरीणमा लागू हुनसक्तैन । यसकारण कसैले भनेकोछ ठीक भनेकोछ कि यदि शान्ति चाहिए युद्धको लागि तयार होउ |"
के यस्तै भएकोछैन त यो देश र यस क्षेत्रमा ?बौद्धहरु शान्त प्रबृत्तिका हुन्छन् भनेर बौद्ध बिरोधीहरु बौद्धहरु माथि अन्याय गरिरहेकाछन् । बुद्ध जयन्ति मनाईरहेका सुर्खेतका बौद्ध महिला बच्चा युवाहरुमाथि लट्ठी बर्षाउँछन अश्रुग्यास प्रहार गर्छन् आस्थाको केन्द्र बुद्धको मुर्तीलाई प्रहरीले लगेर प्रहरी परिसरमा अपमानित तरिकाले राख्छन् ।
सन्दर्भ सामग्री समयबुद्धाबाट

Sunday, July 21, 2013

जान्नुपर्ने बौद्ध सामान्यज्ञान




, बोधि बृक्ष  केलाई भनिन्छ ?
जुन रुखमुनि बसेर सिद्धार्थ बवधिस्त्वले बोधिज्ञान प्राप्त गर्नुभइ बुद्ध हुनुभयो त्यस रुखलाई बोधिबृक्ष भनिन्छ । बोधिबृक्ष भनेको पीपलको रुख हो तर सबै सबै पीपलको रुखलाई बोधिबृक्ष भनिंदैन । केवल बुद्धले ज्ञान प्राप्त गर्नुभएको पीपलको रुखलाई मात्रै बोधिबृक्ष भनिन्छ । पीपलको आयु सामान्यतःनिकै धेरै हुने गर्दछ । २२, २३ सय बर्ष अघिसम्मको बोधिबृक्ष अद्यावधिसम्म जीवितै रहेको बौद्ध देश श्रीलंकाको अनुराधपुरमा जीवन्तछ । सम्भवतः श्रावस्तीमा बुद्धकालिन पीपलको रुख जहां बसेर बुद्धले उपदेश दिनु भएको थियो अहिले सम्म जीवन्त रहेकोछ ।

, पञ्चभद्वर्गीय कसलाई भनिन्छ ?
भगवान बुद्धलाई नामाकरण गर्ने समयमा अवश्य यिनि भविष्यमा बुद्ध हुनेछ भनेर ठोकुवा गर्ने कान्छो ब्राम्हण कोण्डन्यको न्तृत्वमा प्रवज्जित भएका ५ जना ब्राम्हणहरुलाई नै पञ्चभद्रवर्गीय भनिन्छ । सिद्धार्थ बोधिसत्वले बुद्ध हुनु अघि ६ बर्षसम्म दुष्करचर्या गरी तपश्या गरिरहनुहुंदा तिनिहरुले नै उहाँलाई आवश्यक सेवा गरिरहेका थिए । पछि सिद्धार्थले दुष्कर चर्या त्यागेर मध्यममार्ग लाग्दा "सिद्धार्थको तप भ्रष्त भयो"भनी ती पञ्चभद्रवर्गीयहरुले सिद्धार्थलाई छोडेर सारनाथमा अलग्गै बस्न गएका थिए । उनिहरुका ना हुन् _ कोण्डन्य, वप्प, महानाम, भद्दीय र अस्सजित।
३ गौतम बुद्धलाई किन भगवान भनिएको ?
गौतम बुद्धलाई भगवान भनिन्छ । उनलाई कुनै देवता  भएर भगवान भनिएको होईन । भाग्यगुणले सम्पन्न भएको कारणले गर्दा नै उहाँलाई भगवान भनिएको हो । ति भाग्यगुण यस प्रकारछन् - , इस्सरीय आफ्नो मन आफूले भनेसरी हुने भाग्य २, धम्म राम्रो धर्मले परिपूर्ण हुने भाग्य ३, यस परिवार तथा यशकीर्ति सम्पन्न हुने भाग्य ४, सिरि श्रीशोभाले सम्पन्न हुने भाग्य ५, काम आफूले चिताएसरि पूरा गर्नसक्ने भाग्य र ६, पयत्त ठूलो उत्साह र पराक्रम हुने भाग्य ।
,दशबल तथागत भनेको के हो ?
भगवान बुद्धलाई यी गुण बिशेषताहरु भएकोले कारणले उहाँलाई दशबल तथागत भनिन्छ १, स्थान अस्थानको ठीक ज्ञान हुने २, कर्म र कर्मफलाई राम्ररी जान्ने ३, सम्यकज्ञान हुने ४, ब्रम्हाण्डलाई जान्ने ५, बिभिन्न प्राणीहरुको ज्ञान हुने ६, अरुहरुको इन्द्रीय शक्त्तीलाई जान्ने ७, क्लेश निर्मूल पार्न सक्ने ८, पूर्वजन्म थाहा हुने ९, सबैको सुगति दुर्गति जान्ने र १०, निर्वाणलाई साक्षात्कार गर्ने ।
५ स्रोतापत्तिफल भनेको के हो ?
दुःखमुक्त्त निर्वाणको स्रोतमा पुगेको फेरि कुनैपनि हालतमा दुर्गति पतन नहुने र बढीमा ७ जन्म भित्रमा निर्वाणमा पुग्ने आर्य मार्गफलमा प्रतिष्ठित हुनुलाई स्रोतापत्तिफल भनिन्छ । यो फल प्राप्त गरेका व्यक्त्तीमा बुद्ध धर्म र संघ प्रति अटल श्रद्धा हुन्छ भने शील कहिल्यै बिगार्दैन । साथै मनभित्रका ३ क्लेशहरु पनि नाश गरिसकेको हुन्छ -
, सत्कायदृष्टि (, मेरो भन्ने अहंभाव)
, विचिकिच्छा ( अनावश्यक शंका उपशंका)
, शीलब्रत परामर्श ( अन्धविश्वास)
६ बुद्ध कति प्रकारका हुन्छन् ?
 तीन प्रकारका हुन्छन् ।
१ श्रावक बुद्धःअरुको उपदेश सुनेर बोधिज्ञान प्राप्त गर्ने श्रावक बुद्ध हुनको लागि बुद्धको उपस्थिति जरुरीछ जस्तो सारीपुत्र महास्थवीर मोद्गल्यान महास्थवीर कोण्डन्य महास्थवीर आदि भिक्षुहरु श्रावक बुद्ध हुन् ।
२ प्रत्येक बुद्धःस्वयम्ले बोधिज्ञान अवबोध गरी बुद्ध हुने तर अरुलाई नबुझाउने ।
३ सम्यक सम्बुद्धःस्वयमले बोधिज्ञान प्राप्त गर्ने र अरुलाई पनि बहुजन हिताय बहुजन सुखायको निमित्त प्रचार गर्दै बुझाउने सर्बज्ञ बुद्ध जस्तो शाक्यमुनी भगवान बुद्ध सम्यक सम्बुद्ध हुनुहुन्छ