Wednesday, January 30, 2013

अंगुलीमालको आत्म समर्पण


       
                                                             जीवनकुमार शाक्य
बुद्ध शासनकालमा  कोशल राज्य (हाल भारतको उत्तर प्रदेश) श्रावस्तीमा अंगुलीमाल भन्ने खुंखार डांकु थियो । उस्को नामले मात्र पनि गाउंवासीहरु शहरवासीहरु थर थर कांप्थे । उस्ले थुप्रै व्यक्तिहरुको निशस्त्र व्यक्तिहरुलाई हत्या गरेर आतंक मच्चाएको थियो । कुनै पनि व्यक्ति जतिसुकै खराब भए पनि असल शिक्षा पाएमा सुधार हुन सक्छ र जस्तोसुकै असल भए पनि गलत शिक्षाले कुमार्गमा जान सक्छ भन्ने कुरा यस पाठमा शिक्षा प्राप्त गर्न सकिन्छ । यस पाठमा ज्योतिष वाणी पनि सत्य हुन्छ र कार्मिक सम्बन्ध अनुसार प्रतिफल प्राप्त हुन्छ भन्ने शिक्षा लिन सकिन्छ ।
कोशल नरेश प्रशेनजितको राजगुरु अन्तकको पुत्रको जन्म हुंदा शस्त्रको भण्डारमा एउटा अचम्मको बिजुली चम्केको जस्ता उज्यालो छरिएको थियो । राजगुरुको पुत्र जन्म भए पछि ज्योतिषलाई बालकको भविष्य बारेमा जानकारी लिंदा उ भयंकर डांकु हुने योग देखिन्छ । केहि भएपनि सुधार होलाकि भन्ने आसाले बालकको नाम अहिंसक राखिन्छ । राजालाई चाकरी गर्न राजगुरुले बच्चालाई मार्नु पर्ने विचारको प्रस्ताव राख्छ ।
तर राजा प्रशेनजितले बुद्ध शिक्षा पाएको हुंदा अबोध बालकलाई बिना कुनै अपराध मार्नु हुंदैन भनेर उच्च असल शिक्षा पाएमा सुधार हुनसक्छ भनेर अध्ययनको लागि असल विव्दान गुरुहरुको व्यवस्था गरिन्छ  ।बालकको बुद्धि तिक्ष्ण,शुशिल कर्मठ,आज्ञाकारी,स्मरण शक्ति भएकोले कम समयमानै उ प्राथमिक चरणको शिक्षा हांसिल गर्दछ । उच्च शिक्षाको लागि अहिंसकले तक्षशिलामा उच्च शिक्षाको लागि जाने आकांक्षा राख्छ । यस बखत मातृ स्नेह प्रकट भएकोछ । अंहिंसकको आमा मन्ताणी ब्राम्हणीले आफुबाट टाढा पठाउन चाहंदैन । राजगुरु अन्तकले उच्च शिक्षा हांसिल गरे पछि विचारमा शुद्धि भएर वास्तविक अहिंसकनै हुन्छ कि भन्ने आसाले छोरालाई उच्च शिक्षाको निम्ति तक्षशिलामा पठाउने चाहना राजा समक्ष प्रस्तुत गर्दछ । राजा प्रसेनजितले स्विकृति दिन्छ राजकोषबाटै सबै खर्च व्यहोर्ने गरि तक्षशिला पठाईन्छ ।
तक्षशिलामा पुगेपछि गुरुकुलका पूराना विद्यार्थी शिष्यहरुसित चांडै घुलमिल हुन्छ । उ आज्ञाकारी तृक्ष्ण बुद्धि भएको स्मरण शक्ति भएको हरेक शिक्षामा पारंगत हुंदै जान्छ  । जुनसुकै प्रश्नको सरल उत्तर दिएर पूराना विद्यार्थीहरुलाई उछिन्छ ।
 यसैले आचार्य र आचार्य श्रीमतीको अंहिंसक प्रिय शिष्य हुन्छ । अन्य शिष्यहरुलाई इर्ष्याको बिषय बन्छ । कसैले पनि उस्लालाई हरेक पक्षमा हराउन सक्तैन । त्यसैले बिभिन्न षडयन्त्र गरेर अंहिसकलाई तक्षशिला गुरुकुल बाट बाहिर पठाउनको लागि आचार्यलाई गुरुमासित अनुचित सम्बन्ध छ भनेर सबैले झुठ्ठा कुरा लगाउंछ । असत्य कुरा पनि बहुमतले भने पछि सत्य जस्तै हुन जाने हुंदो रहेछ भनेर यस पाठमा देखिन्छ ।

Monday, January 28, 2013

एक दिन सकारात्मक सोचको लागि


                                                 जीवनकुमार शाक्य

 तपाई जिन्दगीमा सफल तब मात्रै हुन सक्नुहुन्छ जब तपाई सफलता हाँसिल गर्नको लागि आफ्नो सोंचलाई सकारात्मक गर्नुहुन्छ । यदि आफ्नो षमताहरु  खोजी खोजी कस्सिएर आंक्नुहुन्छ तब कहिल्यै सफलता तर्फ पाईला बढाउन सकिन्न।
जीवन जिउनेकलामा राख्नेले भन्छन कि, 'तपाई जीवनको कुनै पनि क्षेत्रमा सफल तब मात्रै हुन सक्नुहुन्छ जब तपाई आफ्नो क्षमताको सय प्रतिशत प्रयोग गर्नुस 
यदि तपाई अलिकति समस्याहरुले घेरिंदा आफ्नै क्षमतामा नै संदेह गर्न थाल्नुहुन्छ भने सफल हुन गाह्रै पर्छ । हुन सक्छ एक पटक प्रयास गर्दा सफलता न होस तर यदि तपाईं नकारात्मकताबाट टाढा भएर पनि पूरै मनबाट प्रयास गर्नुभएमा सफलता पाईने निश्चितछ ।'
सकारात्मक सोचको सम्बन्ध केवल तपाईंको  करियर सित मात्रै होईन, यो तपाईंको परिवारिक र सामाजिक जीवन सित पनि गाँसिएकोछ । नकारात्मक सोंच भएका व्यक्ति आफ्नो वरिपरि एक यस्तो नकारात्मक वातावरण बनाउंछन । जो उस्को  साथ-साथै उन्का वरिपरिका मान्छेहरुको मानसिक स्वास्थ्यमा पनि नराम्रो प्रभाव पार्छ।
कहिले यसो बिचार गरौं कि जब तपाईं जीवन प्रति सकारात्मक कुराहरु गर्नुहुन्छ तब धेरै मान्छेहरु तपाईं तिर आकर्षि‍त हुन्छन त्यहिं यदि तपाई हरेक समय जीवनको नकारात्मक परिस्थितिलाई नै कोट्याउनुहुन्छ भने हरेक मान्छेले तपाईंको साथ सित बच्न नै चाहन्छन्।
जीवन सित जोडिएको अपेक्षाहरु पूरा हुनाले निराशा स्वाभाविक छ तर यदि तपाईं त्यस निराशाको अंध्यारो मै डूबिरहनुहुन्छ भने आशाको अर्को किरणहरुलाई चिन्न सकिंदैन । सम्झनुस भारतीय फिल्म थ्री इडियट्समा नायक आमिर खानको त्यो-ऑल इज वैल
आमिर खानले यस फिल्ममा भन्छन् कि यो जुमला भन्नुको अर्थको यो होईन कि सबै समस्याहरु समाप्त भयो। बरु यसलाई बोल्नेको कारण हाम्रो अगाडि आईपर्ने समस्याहरु सित जुझ्ने शक्ति प्राप्त गर्नुछ । जिन्दगिमा मैले धेरै पटक नकारात्मक सोंच नगरेको पनि होईन यो नकारात्मक सोंचले हानी मात्रै पुगायो । अब ध्यानको माध्यमबाट सकारात्मक सोंचले धेरै लाभ पुगाएकोछ । सकारात्मक सोंचले क्रोधलाई समेत नियन्त्रण मात्रै होईन व्देष मानसिकताबाट समेत सचेत भएर रक्तचापलाई नियन्त्रण गरेकोछ ।
 भवतु सब्ब मङ्गलम् ।

राष्ट्रीयता (जीवनकुमार शाक्य )


 
राष्ट्रीयताको लागि पोषाकको सवालमा दौरा सुरुवाललाई देशको पहाडी क्षेत्रमा मानेको पाईन्छ भने स्व.बि.पि.कोईराला राष्ट्रपती डा.रामबरण यादव पूर्व प्रधान मन्त्री झलनाथ खनाल र माधव नेपाल प्रशंसाका पात्र देखिन्छ भने पुष्पकमल दाहाल र डा.बाबुराम भट्टराई आलोचनाका पात्र बनेकाछन् ।
के हो राष्ट्रीयता ? देशको तराई क्षेत्रमा ५४ स्थानमा सिमाना मिचिंदा ६०हजार हेक्टर भूमि भारतीय मिचेको देखि अधिकान्श नेपाली हुं भन्नेको चित्त दुख्छ । भारतीय मूलका ६० जनाले सम्बिधान सभामा प्रतिनिधत्व गर्दा नेपालको हितमा बोलेको र काम गरेको देखिंदैन । तर तराईमै जन्मे पनि भारतीय मूल भनेर किटान गरेता पनि नेपाल मेरो देश भनेर गौरव गर्नेहरु नभएको होईन  । ईण्डियन आईडल बिजेता दार्जिलिङ्गका नेपाली मूलका प्रशान्त तामाङ्गले घाँटीको नसा तन्किने गरि मत नेपाली हुँ भन्नमा गर्व लाग्छ भन्छ । फिल्म क्षेत्रमा जिन्दगि समर्पण गर्ने जिन्दगिको अधिकान्श उमेर नेपालमै बिताउने तर मृत्यु हुने बेला सम्म नेपाली नागरिकता छातीमा राखेर मर्ने धोको राखेर नेपाली नागरिक नै हुन नपाई मृत्यु हुने स्व गोपाल भुटानीको राष्ट्र प्रेमलाई सम्मान गर्नै पर्छ । राष्ट्रीयताको बहस एक गम्भीर बहस हो के कस्तो बोल्दा के गुण हुंदा राष्ट्रीयता हो आआफ्ने परिभाषा होलान छन् । तर देशमा संकट आईपर्दा नेपालको वस्तु अर्को मुलुकले लिंदा बिरोधको भावना निस्कनु पनि राष्ट्रीयताहो । देशको सिमाना मिचिंदा देशका नदी नाला भारतलाई सुम्पिंदा चर्को आवाज उठाएर बिरोध गर्नु पनि राष्ट्रीयता नै हुनुपर्छ । नेपालको भूमिमा जन्मेर भारतको भूमिमा बुद्धत्व प्राप्त गर्नेलाई भारतले भारतको हो भन्दा राष्ट्रीयताको भावना बोकेका नेपालीको मन दुख्नु  अवश्य राष्ट्रीयता हुनुपर्छ भन्दा अत्युक्ति हुंदैनहोला । केहि विव्दानहरु जातीयता र राष्ट्रीयता उस्तै उस्तै हुन भनेर तर्क प्रस्तुत गर्छन् । जातीयताको नाममा संघीयतालाई देश बिखण्डन हुन्छ भन्नेहरु एक थरिछन भने अर्को थरि जातीयतालाई आदर्श मान्नेहरु संघीयता बलीयो हुन्छ भन्नेहरु नभएको होईन । देश जातीय आधारमा संघीय राज्य हुनु जाती वा भौगोलिक आधारमा संघीय बिभाजन हुन जाती छ भन्नेमा व्यापक मतभेद भैरहेको अवस्थाछ । राष्ट्रीयताको सवालमा राष्ट्रीय जनावर गाई वा अन्य भन्नेमा पनि मतभेद नै भएकोछ सामप्रदायिक हिसाबले हिन्दू भन्नेहरुले गाईलाई मान्नु अस्वभाविक होईन केहिको भनाईछ एक सिङ्गे गैडा हुनुपर्छ यो पनि अस्वभाविक होईन । राष्ट्रीय बिभूतिलाई निर्धारण गर्दा सबैको स्तरलाई मिलाएर दाँजेर हेर्नु आवश्यक हुन्छ जस्तो लाग्छ जो विश्वकै बिभूति हुन गौतम बुद्ध राष्ट्री बिभूति नभनेमा केहि फरक पर्दैन तर बुद्धको साथमा सामान्य व्यक्तिहरुलाई पनि राष्ट्रको निमित्त महत्वपूर्ण योगदान गरेकै भरमा राष्ट्रीय बिभूति मान्नु त्यति सान्दर्भिक देखिंदैन नेपालका राष्ट्रीय बिभूतिहरुलाई हेर्दा त्यस्तो लाग्छ मोतीराम भट्ट भानुभक्त शंखधर साख्वा बि पि कोईराला पासाङ्ग लामु शेर्पा कस्ले देशकव निमित्त के कस्तो योगदान गरे । साहित्यको क्षेत्रमा हेर्ने हो भने कवि शीरोमणी लेखनाथ पौडेल महाकवी लक्ष्मी प्रसाद देवकोटा माधव घिमिरे किन हुन नहुने । जातीयताको आधारमा छुट्याएकैले शैखधर पछि मात्रै हालै राष्ट्रीय बिभूति घोषणा भएको हो । जे जस्तो भएपनि विश्व शान्तीका महानायक भगवान बुद्धलाई यिनिहरुको लाईनमा समावेश गर्नु सम्न होईन अपमान हो भन्ने मान्छु । सम्मान नै गर्ने हो भने नेपालमा जन्मेका शाक्यकूलका गौतम बुद्धकोले प्रतिपादन गरेको बुद्ध धर्मलाई धर्म सापेक्ष भएमा विश्वमा नेपाल चर्चित मात्रै नभएर प्रशंसित हुन्थ्यो भनेमा अत्युक्ति नहोला । बुद्धको जन्म भूमिमा आएर देशका मन्त्रीकै अगाडी अन्य मुलुककाले बुद्ध भारतमा जन्मुका हुन भन्दा चुं पनि नबोल्ने यो राष्ट्रीयता होईन प्रतिपाद गर्नुपर्थ्यो । तराई मधेश लोकतान्त्रिकका नेता यस बारेमा कुरा एठाउनु नै दुस्साहस मान्छन् । मधेशी मोर्चाका नेताहरु भारतीय ईसारामा समग्र मेची देख महाकाली लाई एक मधेश एक प्रदेश मान्नुमा नै राष्ट्रीयता मान्छन् । राष्टर्यताको सवालमा नेपाल भाषी अर्थात नेवारहरु नेपालाई नेपाल भनिएको भनेर गर्व गर्छन् । नेपालको समग्र राष्ट्रीयतालाई कसरी बिष्लेषण गर्ने भनेने सन्दर्भमा समाज शास्त्री तथा मानव शास्त्रीहरुको आआफ्नै तर्कहरु देखिन्छ । खस भाषालाई कालान्तरमा नेपाली भाषा भनिएको भनेर पनि विवाद भएकैछ । नेपालको लिपि संयुक्त राष्ट्रसंघमा प्रस्ताव गर्दा रञ्जना लिपी लाई प्रस्तुत गर्नु शंखधर साख्वाले प्रतिपादन गरेको नेपाल सम्बतलाई प्रस्तुत गर्नु पनि नेपाली राष्ट्रीयताको गौरव मान्ने र नमान्ने दुईमत अवश्यछ तर आफ्नो लिपि र सम्बत प्रस्तुत गर्न नसक्नु पनि अर्को कुरा छ बिक्रम सम्बतलाई नेपालीको सम्बत मान्नु किमार्थ राष्ट्रीयता हुन सक्दैन जो भारतका बिक्रमादित्यले चलाएकोलाई सरकारी कामकाजको भाषा बनाउनु राष्ट्रीयता हुन सक्दैन भन्ने मेरो विचारछ । म शाक्य कूलको नेवार बौद्ध धर्मावलम्बी नेपाली भन्नुमा गौरव गर्छु मेरो भाषा नेपाल भाषा त्यसपछि मात्र नेपाली भन्नुमा गौरव गर्छु बिदेशमा जाँदा आफुलाई नेपाली भनेर चिनाउंछु ।
हाम्रो देशमा बिभिन्न भाषा भाषीहरु बिभिन्न धर्म संस्कार बोकेकाहरु बिबिधता रहेको अरुदेशका नागरिकहरुको भाषा भाषोहरुलाई अध्ययन गर्दा पनि त्यो देशको राष्ट्रीयता झल्किन्छ । भारतको बिभिन्न राज्यहरु महाराष्ट्र गुजराती पंजाबी भएता पनी भारतीय भन्नुमा गौरव गर्छन् यद्यपी हिन्दूस्तानी भन्ने हिच्किचाउंछन् । बिहारका हिन्दूस्तानी भन्नु भन्दा बिहारी भन्न रुचाएका देखिन्छन् । त्यस्तै श्रीलंकन बर्मीज जापानी जुन देशको नाम जसरी छ त्यसरी नै आफूलाई चिनाउनु राष्ट्रीयता ठहर्छ नकि आफ्नो राज्यको चिनारी दिएर राष्ट्रीयता ठहर्छ भन्ने मेरो विचार हो । भारतका प्रधान मन्त्री जोसुकै होउन जुनसुकै भाषीवा राज्यका होउन भारतीय प्रधानमन्त्री भन्नुमा गर्व गर्छन् भने हाम्रो देशमा मात्रै विवाद किन । आआफ्नो जातीय राज्यमा जे भएतापनि अन्तराष्ट्रीय क्षेत्रमा एकै भाषा भेषभूषा भएको जाती हुन्छ होला । हामीले यति बेला बोल्ने गरेको भनिएको नेपाली भाषा पनि सुरुमा खस भाषा त्यस पछि सिंजाली पर्बते गोर्खाली हुंदै नेपाली भएको पाईन्छ । दार्जिलिङ्ग सिक्किम तिर अझै गोर्खा भाषा गोर्खाली भन्ने चलन जिवितछ । जुनसुकै देशमा जहिले देखि बसोवास गरिरहेको भएपनि आफूलाई अहिले सम्म नेपाली भनेरै पहिचान बनाईरहेको पाईन्छ । देहरादूनमा नेपाली भाषी होस वा सिलिगुडी वा भुटानका नेपाली भाषीले आफूलाई अहिलेपनि नेपाली नेपाली टोपी नेपाली साहित्यको पहिचानलाई बलीयो बनाएको पाईन्छ ।
सम्पादक रमेश पराजुलीको नेपाली राष्ट्रीयता चिन्तन र अभिव्यक्तीमा अध्ययन गर्दा बहस मूल्यांकनमा राष्ट्रीय बिभुति छनौटमा गौतम बुद्ध पहिलो स्थानमा दोश्रो स्थानमा बि पि कोईराला तेश्रो स्थानमा पृथ्वी नारायण शाहलाई देखियो । महिलाहरु,जनजातीहरुको दृष्टिमा पनि पहिलोमा गौतम बुद्ध छ भने दलित र मधेशीको दृष्टिमा भने तेश्रो स्थानमा राखेको देखियो जबकि भगवान बुद्धले बुद्धत्व प्राप्त गर्दा र निर्वाण प्राप्त गर्दा दलितकै हातबाट पहिलो र अन्तीम भोजन ग्रहण गरेको र अनगिन्ति दलितहरुको उद्दार गरेको बौद्ध ग्रन्थमा उल्लेख भएको पाईन्छ । दलित वस्तिमा बस्ने दलितहरुलाई उच्च स्थानमा राख्नाले भगवान बुद्धलाई पनि दलित भनेर अवहेलना गरेको पाईन्छ । वेदको बर्णाश्रम व्यवस्था अनुसार दलितलाई चौथोमा पाईतला मुनीबाट उत्पत्ती भएको भनेर हेलाँ गरेकैले पनि धर्मको छनौटमा हिन्दू धर्मलाई १ नंमा अंगिकार गरेको र राष्ट्रीय बिभूतिमा अरुलाई छनौट गरेको देखिन्छ ।
के हो राष्ट्रीयता ? भवतु सब्ब मङ्गलम् ।

Sunday, January 20, 2013

शुद्धोदन एकपरिचय


शुद्धोदन शाक्य कपिलवस्तु शाक्य गणराज्यका शाक्यवंका राजा थिए र उनकी रानी महामाया र प्रजापती गौतमी िईन्। शाक्य गणराज्यको राजधानी कपिलवस्तु ो नजिक लुम्बिनी वन थियो
  • शुद्धोदनले आफ्नो छोरालाई महाभिनिष्क्रमण को उपरान्त छ: वर्ष सम्म देखेका थिएनछोराको प्रसिद्धिको विषयमा सुनेर उनले छोरालाई बोलाउने विचार गरे पटक पटक अनेक अमात्यहरु पठाए तर प्रत्येक अमात्यले भगवानकोमा गएर प्रव्रज्या ग्रहण गरे तथा शुद्धोदन को सन्देश दिन पाएनन
  • न्मा राजा शुद्धोधनले मन्त्री कालउदायीलाई पठाए। कालउदायीको जन्म पनि बोधिसत्व सिद्धार्थ भएकै दिनमा भएकोथियो दुबै बाल्यकालमा साथ-साथ खेलेकाथिए । कालउदायीले त्यहाँ गएर प्रव्रज्या लिए तथा भगवान बुद्धलाई शुद्धोदनलाई दर्शन दिनको लाग प्रेरित गरे
  • भगवान शाक्यमुनी बुद्ध अनेक भिक्षुहरुको साथमा कपिलवस्तु राज्यमा पुग्नुभयो। शुद्धोदन को साथ-साथ परिवारका के सबैजना वहाँको दर्शनको लागि पुगे तर राहुल-माता यशोधरा आईनन् यी। उनले भने कि-'यदि ममा गुण छभने वहाँ यहीं आएर मलाई दर्शन दिनुहुन्छ ।भगवान बुद्धले उनलाई त्यहिं गएर दर्शन दिनुभयो
  • भगवान बुद्धले जब काशाय वस्त्र लगाउन थाल्नुभएकोथियो, राहुल-माताले पनि त्यस्तै वस्त्र लगाउन थालेकि थिईन् । भगवानको जस्तै उनि दिनमा एक पटक भोजन गर्थिईन, त्यस्तै नै खटियामा सुत्थिन जुन दिन राजकुमार नन्को विवाह तथा राज्याभिषेक हुने थियो, त्यसैदिन भगवानले उनलाई प्रव्रजित गर्नुभयो राहुलले पनि प्रव्रज्या ग्रहण गरे । शुद्धोदन परिवारको प्रत्येक व्यक्तिको प्रव्रज्यामा शुद्धोधन शोकाकुल हुन्थेउनले भगवानलाई गएर भने कि वहाँले माता-पिताको स्वीकृतिको बिना कसैको छोरालाई प्रव्रजित नगरीयोसभगवान बुद्धले यसलाई आफ्नो संघको नियम बनाउनुभयो । अहिले पनि प्रवज्या हुन आमा बुवाको अनुमतीको आवश्यकपर्छ भन्ने नियमछ ।
  • भवतु सब्ब मङ्गलम् ।