Sunday, March 31, 2013

सिद्धार्थको सम्यक साधना



    जीवनकुमार शाक्य
कपिलवस्तुको शाक्य देशको महारानी महामायालाई एकरात सुन्दर अनौठो सपना देखियो । उन्ले आफु सुतिरहेको पलङ्ग शैयाको चारैतिर सेतो हात्तीले सुँडमा सेतो कमलको फूल लिएर कराएर शैयाको तीनपटक परिक्रमा गरेर कोखमा प्रवेश गर्छ । बिउँझेपछि अचम्म लाग्छ यो कुरा राजा शुद्धोधनलाई सुनाउंछन । राजाले पनि अचम्म मानेर सपनाको बारेमा अर्थ जान्न त्यसताकका ६४ लक्षण शास्त्रीय वेदज्ञ ब्राम्हणहरु आमन्त्रित गरीयो तिमध्य आठले महारानीको गर्भमा महापुरुषले गर्भ धारण गरेको घोषणा गरे । आठ मध्य एक कान्छा ब्राम्हण कोडण्य थिए तर मेधावी थिए उनि स्वप्नलक्षण र शरीर लक्षण विद्यामा पारंगत थिए ।
दश महिना पछि जब महारानीले लुम्बिनी वनको सुन्दर बगैचामा बोधिसत्व बालकलाई जन्म दिए तब १०८ वेदज्ञ ब्राम्हणलाई आमन्त्रण गरेकाथिए । बालकको भबिष्य बारेमा जानकारी पाउन उत्सुक थिए । त्यहि पुराना आठ ब्राम्हणहरुले आफ्नो विद्याको बलमा भवियष्यवाणी गरे तिनमा सातजनाले यदि यो बालक गृहस्थ भएमा चक्रवर्ती राजा हुनेछ गृहत्याग गरेर गएमा सम्यक सम्बुद्ध हुनेछ । तर कान्छो युवा कौडण्यले औंला उठाएर दृढ निश्चयका साथमा एक कुरा मात्रै घोषणा गरे यो बालक गृहस्थ हुंदैन गृहत्याग गरेरै निस्कन्छ र सम्यक सम्बुद्ध नै हुन्छ अरु कुनै विकल्प नै छैन ।
कौडण्य अब प्रौढ भयो । आफ्नो भविष्वाणी सिद्ध हुन २९ बर्ष प्रतिक्षा गरेका थिए । जब उस्ले सुने कि राजकुमार सिद्धार्थले राजमहलको सुखवैभव त्यागेर सन्यासी भयो तब उस्को मनमा तिब्ररुपमा धर्म सम्बेग जाग्यो । राजकुमार सिद्धार्थ बत्तिस शरीर लक्षणहरुका धनीछन् समय पाएर अवश्य मुक्त्तिको मार्ग पत्ता लगाएर सम्यक सम्बुद्ध बन्नेछन । किन मैले पनि आफ्नो जीवन सार्थक नबनाउं । यस महापुरुषको साथमा तप गर्छु जुन विद्याबाट उ मुक्त हुन्छ त्यसैलाई अपनाएर आफ्नीवन पनि सफल गर्छु भनेर गृह त्याग गर्ने निश्चय गरे । त्यस समयमा अन्य ब्राम्हणहरुको सम्झना भयो जस्ले बालक राजकुमार सिद्धार्थ गर्भमा छंदा भविष्यवाणी गरेकाथिए । तिनिहरु त्यस समयमा पनि आफु भन्दा बृद्ध नै थिए जो अहिले सम्म दिवंगत भैसकेका थिए तर तिनहरुका छोराहरु थिए जो कि ति सातका एक एक छोरा थिए । प्रत्येकलाई तिनका बुवाले गरेको भविष्यवाणी सम्झना गराए किन हामीले पनि त्यसको लाभ नलिउं भनेर उत्साहित बनाए । ति सात मध्य चार जनादे मै कौडण्यको साथ दिन तयार भएर गृहत्याग गरि राजकुमार को खोजमा निस्के । केहि दिनपछि उरुवेला क्षेत्रमा सिद्धार्थ सित भेट भयो । कौडण्य र उस्को साथी वप्प भद्दीय महानाम र अश्वजित पाँचैमा बुद्ध अंकुरका साथ दिन थाले ठुलै मनयोगले सिद्धार्थको सेवा गरे ।
यस भन्दा पूर्व त्यसताकाका प्रशिद्ध ध्यान योगी आलारकालाम तथा उद्दकरामपुत्त सित आठै ध्यान पद्दति सिकिसकेकाथिए । गहीरो समाधिहरु त्यस समयमा साधनाको उच्चतम उपलव्धीहरु थिए । यस बाट सिद्धार्थले उपलव्धी पाउन सकेन ।अन्तरमनको गहीरोमा अहिले सम्म अनेक जन्मको संचित जडा संग्रहित छन् । भवंग चित्तमा  विकारहरको यि सुषुप्त जडाहरु यि अनुशय क्लेश अनुकूल समय र पर्यावरण पाएर फेरि अंकुरित  हुन सक्छ । यस आलय चित्तको निरालय नबनि भव मुक्त छैन । चित्तकव तलश्पर्शी गहीराईसम्म विकार मुक्त नभई भवन्त्री कटदैन । यि आठै ध्यानको साधना बाट मरदा भवाग्र अरुप ब्म्हलोकमा जन्म हुन्छ जहां असंख्य कल्पको सुदीर्घ आयुष्य प्राप्तहुन्छ तर अन्ततः त्यसिको पनि पूरा हुंदा कुनै न कुनै सुषुप्त विकारको उदीर्ण हुंदा कुनै न कुनै लोकमा फेरि जन्म लिनुपर्ने हुन्छ र यो भवचक्र नै चलिरहन्छ । सुषुप्त चित्तमा विकारहरु रहंदै जन्म मरणको चक्रबाट छुटकारा हुनसक्तैन अतल यस्तो कुनै अरु बाटोलाई हेर्नुपर्छ यस्तो कुनै अरु उपाय खोज्नु पर्छ जस्ले जन्म मरणको चक्रबाट मुक्त हुन सकीयोस । त्यसताका शरीरलाई कष्ट दिएर ब्रत बसेर विकारको विमुक्ति हुन्छ भन्ने सोंचको व्यापक चलन थियो । त्यो अहिले पनि यदा कदा देखिन्छ शरीरलाई कष्ट दिएर निराहार बसेर देवतालाई खुशि बनाएर मनोकामना पूरा गर्ने । बोधिसत्व सिद्धार्थले अभ्यास गरेर हेरे । उनि शरीरलाई कष्ट दिएर दुष्कर चर्या गरे शरीरलाई हाडा र छाला हुने गरि गलाईदिए । साथीहरुले ६ बर्ष सम्म हरेक अवस्थामा साथ दिए बोधिसत्वले शरीर लाई यति सम्म कष्ट दिए कि पराकाष्टा नै नाघ्यो । शरीर जिर्ण भयो केवल हाड र छाला कंकाल मात्रै बांकि रह्यो तर आध्यात्म लाभ केहि भएन । अनुशय चित्त विकार कायमै रह्यो ।त्यस्को निर्जरा भएन त्यस्को क्षय भएन सबै मेहनत खेर गयो निरर्थक भयो ।
अब के गर्ने । कुनै अर्को बाटो खोज्नु पर्छ । बोधिसत्वलाई वचपनको कुरा अवस्था समझ्ना आयो त्यो दिन खेतमा जोत्ने र बिउ छर्ने महोत्सव थियो । जुन दिन राजाले जनताको साथमा खेत जोत्थे । राजा शुद्धोधनले हलो जोतेर उद्घाटन गरे हर्षोल्लासमय भयो खेतको वातावरण । सबैजना हर्षोल्लास उमङ्गमा समावेश भएकाथिए उतै बालक सिद्धार्थको सेवा भएका सेविकाहरु पनि बालकलाई एक रुखको फेंदमा सुताएर रमाईलो तिर लागे । बालक बिउंझेपछि वरिपर कोहि नदेखेर उठेर पलैंटी कसेर ध्यानमा लिनभएका थिए । बोधिस्त्वलाई सम्झनाभयो त्यतिबेला सरल स्वभावले साँस आएको गएको जसरी आएको छ गएकोछ हेर्न लागे त्यसैको जानकारी मनमा भैरह्यो । साँसको कुनै व्यायाम छैन कुनै नियन्त्रण छैन । आउंदै जाँदै गरेको साँसलाई तठस्थ भावले हेर्दा हेर्दै कुन प्रकारले स्वतः कुम्भक लाग्यो अलिकतिपनि अप्ठेरो छैन धेरै बेर सम्म यसैप्रकार ध्यानमा बसेकाथिए ।
उता खेतको उत्सव रमाईलो गरिरहेकै थिए । बालक राजकुमार सिद्धार्थ एक्लै । मध्यान्नको सूर्य ढल्केर पश्चिमतिर गए पछि सम्झे कि राजकुमार एक्लै सुतिरहेकोछ । यो अवस्थामा घामले बालकलाई पोल्नुपर्ने अवस्था थियो तर अचम्म रुखका हाँगाहरुले झुकेर छायाँ दिरहेकैथियो । राजा शुद्धोधन आश्चर्य चकितभयो र दोश्रो पटक आफ्नो छोरालाई अभिवादन गरे । यद्यपि बालकलाई यो बेला कुनै महत्व थिएन । अनि सम्झेर यो साधना बिधिलाई अभ्यास गरेर हेर्नुपर्छ भनेर आनापान अथवा साँसको यथा स्थितिलाई हेर्न थाले । यहि अवसरमा सम्झे कि अहँ आहार बिना ज्ञान लाभ हुंदैन अन्य सबै अति साधनालाई छोड्नुपर्छ भनेर भिक्षाटन गरेर प्राप्त भएको आहार ग्रहण गरे । यो देखेर पाँचै साथीहरु विचलित भए राजकुमार त तप भ्रष्टभयो अब यिनको साथ गर्नु व्यर्थ छ भनेर उनलाई छोडेर गए । साथीहरुले छोडेर गएपनि बोधिसत्व निष्ठापूर्वक साधनामा लागिरहे । सम्यक आहारले शरीर सबल भयो सम्यक साधानाको अनुकुल भएपछि बैशाख पूर्णिमाको रातमा बोधिबृक्षको तल पलैटी कसेर बसे र दृढतापुर्वक आनापान साँस आएको गएकोलाई यथाभुत दर्शन गर्न थाले । शुद्ध साँस प्रत जागरुक हुंदा हुंदै चित्त एकाग्र हुनथाल्यो । रातीको प्रथम प्रहरमा नै असंख्य पूर्व जन्महरुको समृतिहरु जाग्यो र देखे कि अनगिन्ति पटक विपश्यना साधना गरेकाथिए । सम्यक सम्बुद्ध हुने संकल्पको कारण सबै पारमिताहरुको परिपूर्णता नहुनाले ईन्द्रीयातित अवस्थाको साक्षात्कार हुन सकेन । अब त समय त पाक्यो सबै पारमिताहरु पूर्णता भएर पाक्यो । सम्यक सम्बोधि जाग्यो आलय चित्त निरालय भयो विकार मुक्त भयो आस्रव बिहिन वीतराग सम्यक सम्बुद्ध बन्यो ।
भवतु सब्ब मङ्गलम् ।
सन्दर्भ सामग्रिः १ जागे अन्तरबोधः आचार्य सत्यनारायण गोयन्का
             २ लिलतबिस्तर ।
             ३ दीघनिकाय ।

Sunday, March 24, 2013

बिम्बिसार एक परिचय




बुद्धको शासनकालमा तत्कालिन मगध  राज्यमा राजवंशीय शासनको शासक महाराज भाती थिए । उन्को महारानी बिंम्बिबाट छोरा जन्म भयो । बिंम्बि पुत्र भएकोले छोराको नाम पनि बिम्बिसार राखियो । राजकुमार बिंम्बिसार चतुर र तेज बुद्धिभएको  किशोर भएर महत्वाकांक्षी निस्के । राजा भातीलाई आफ्नो छोरा प्रति साह्रै मायां गर्थे । बिंबिंसारलाई १५ बर्षै उमेरमा राजा हुने अभिलाषा जाग्यो महाराज भातीले तिन्लाई राज्याभिषेक गरि दिएर राजपाठ सुम्पे । शास्त्र बिद्या लगाएत सैन्य संचालनमा पनि पारंगत भए । आफ्ना सेनाहरुलाई बिधि शस्त्रहरुले सुसज्जित गरिदिए । आफ्नो सैन्य शक्तिले अंग जनपदलाई आफ्नो अधिनमा पारे । अंग र मगध मिसिए पछि झन शक्तिशाली भए बिंबिसार । बिशाल सेनाको नायक भएकाले सेनानी बिंबिसार भनेर चर्चित हुन थाले ।
मगधको पश्चिमोत्तर कोशल पनि बिशाल जनपद थियो जस्को शासक महाराज महाकोशल थियो र उन्को छोरा प्रसेनजित थियो र  छोरी कोशल देवी थिईन् । र प्रसेनजितको बहिनी कोशल देवीको बिहे मगधका राजा बिंबिसार सित गरिदिए दाईजोमा काशी राज्य पनि दिए । अब बिंम्बिसारको साम्राज्य शक्ति पनि बढ्यो ।  त्यसपछि अंग मगध र काशी समेत मिसाएर तिन महा जनपदको सम्राट भए । सम्राट बिंम्बिसार सुन्दरी युवतीहरु साह्रै मन पथ्यों जति देखे पनि सुन्दरीहरु नपुग्ने सौन्दर्य लिप्सा बढदै पाकिस्तानको स्यालकोटकी राजकुमारी सम्म दृष्टी पुग्यो र तिनि सित पनि बिहे गरे । कुनै जनपदमा सुन्दरी छन भन्ने थाहा पाएपछि त्यो सून्दरी प्राप्त गर्न भर मग्दुर प्रयत्न गरि हाल्थे ।

Saturday, March 23, 2013

भगवान बुद्ध र भगवान शंकर एकै त होईनन् ?



                                                      जीवनकुमार शाक्य
यस्तो प्रश्नलाई कति साथीहरुलाई टाउको दुखाई हुन सक्छ महादेवलाई सर्बोपरि मान्नेहरु बुद्ध पनि शंकर नै हुन कि भन्दा झोंक चल्न सक्छ लौ न त केहि मन्थन गरौः
भगवान शंकरलाई  हिन्दु प्रथम, मध्‍य र अन्तिम, सबै मानिन्छ। शिव नै हिन् समप्रदायको मूल र त्यहिनै सम्प्रदायको अन्तिम सत्य हो। शिव बाटै हिन्दु र जैनको नाथ र विदेहिहरुको परम्पराको शुरुआत मानिन्छ । शिव बाट नै ध्यान परम्पराको आरम्भ हुन्छ ।
२७ बुद्ध पुरुषहरुमा पहिला बुद्ध त भगवान शिव थिए र अन्तिम सिद्धार्थ? या पहिला पनि शिव नै थिए र अन्तिम पनि उनै ?

Tuesday, March 19, 2013

बुद्धिमानी महिला


बौद्ध जातक कथा
एक समयमा  एउटा गाउंमा रबर बस्थ्यो । एकदिन मन्दीरमा घण्टी बजाएर दौडेर जङ्गलमा गयो । बाघले घण्टी बजेको सुन्यो र कताबाट यो आवाज आएको रहेछ भनेर चारैतिर हेर्यो । त्यहिबेला उस्ले रबरलाई देख्यो र एकै पटक झम्टेर मारिदियो। घण्टी भुईंमा खस्यो । केहि दिन पछि एक बाँदरको समूह त्यो बाटोबाट गयो । त्यो ठाउंबाट तिनिहरुले घण्टी उठाएर घर लग्यो  र। तिनहरुले घण्टीलाई देखेर खुबै मज्जा मान्यो घण्टी बजाउंदै खेल्न थाल्यो । राती बाँदरहरु पहाडको माथि टुप्पामा बस्यो र पटक पटक घण्टी बजाउंदै खेल्न थाल्यो । गाउंका मानिसहरु घण्टीको हल्लाले डरायो ।  गाउंका मान्छेहरुले रबरको लास भेटाए र सोंचे कि पक्कै यो भूतको आत्मा  हुनुपर्छ यहाँ मान्छेहरुलाई मार्यो अनि घण्टी बजाएर रमायो । गाउंलेहरुले यो कुरा सुनेर सोंच्यो कि पक्कै जङ्गलमा कुनै शिकारीले बदमासी गरिरहेकोछ । फेरि अर्कोले सोंच्यो कि अब हरेक तिर बस्न पो थाल्यो डरले । एक जना बलीयो र बुद्धीभएको महिला थिईन् गाउंमा । उस्ले विचार गर्यो मैले यस्तो अन्धविश्वासको पत्याउंदीन कुनै भुतले गाउंमा सताईरहेकोछ भन्नेकुरा मैले पत्ता लगाएरै छाड्छु यो घण्टी बज्ने कुरा । मध्यरातमा उनी जङ्गलमा गईन् र बाँदरको एक समूह घण्टी सित खेलिरहेको  भेट्टाईन । त्यो महिलाले राती जङ्गलमा घण्टी बज्नुको रहस्य फेला पारिन् । उनी राजा समक्ष पुगिन् र भनिन् सरकार! म यो कुरामा विश्वस्त भएँ कि यो भूत प्रेतको आत्मा देवताको पूजा गरेपछि समाधान हुनसक्छ तर यस्मा अलि खर्च लाग्छ । यदि हजूरबाट यो स्विकृति हुन्छ भने मैले त्यस डराउन दिनेलाई मारेर गाउंलाई खुसि गर्न सक्छु । राजा यो घटनाबाट आफै पनि डराएको थियो र महिलाको अनुरोधलाई स्विकार गरियो । महिलाले रकम पाएपछि केहि केहि केराउ मम्फली र केरा फलफूल लिईन् देवताको पूजा गर्ने सामग्रिको चाँजोपाँजो मिलाईन् । उनीले एक गोलो घेरा बनाईन र सबै खानेकुरा त्यहाँ राखिन र त्यसपछि ति सामान लिएर जङ्गलमा गईन् र पहाडको नजिक । ति खानेकुराहरु रुख निर राखिदियो र केहि परबाट बाँदरले के गर्ने रहेछ भनेर चेवा लियो । जब बांदरहरुले खानेकुराहरु देख्यो घण्टी त्यहिं छोडेर दौडेर खानेकुरा समात्यो । त्यहिबेला महिलाले घण्टी लिएर दौडेर गाउंतिर लाग्यो र घण्टी लगेर दरबारमा राजालाई दियो । राजा धेरै खुसि भयो बहादुर महिलाको काम देखेर बहादुरी कामको पुरस्कार दियो । त्यहिबेला देखि त्यहां कुनै घण्टीको  हल्ला सुनिएन र खुसिपुर्वक गाउंलेहरु बस्न थाले ।
समीक्षाःकुनै घटनामा त्यत्तिकै डराउने होईन बुद्धि पुगायो भने हरेक काम सफल हुन्छ ।


Sunday, March 17, 2013

केहि भ्रम र निवारण



भगवान विष्णुको मैल विकार स्वरुपि माया मोहको बुद्धावतारको यस कथा अन्य पुराणहरुमा पनि दोहोर्याउंदै रहे ताकि जनतामा बुद्ध र वहाँको शिक्षा धर्म प्रति हीनभाव पुष्ट होओस् ।

अग्निमहापुराणम्
वक्षे बुद्धावतारं च,पठतः शृण्वतोर्थदम् ।
पुरा देवासुरा युद्धेऽ दैत्यैर्देवाः पराजिता।।
अब म बुद्धावतारको वणन गर्दछु,जो पढने र सुन्नेहरुको मनोरथ सिद्ध गर्ने हुन् । पूर्वकालमा सुर र असुरहरुमा युद्ध भए,जसमा दैत्यहरुले देवताहरुलाई पराजित गरे ।
मायामोहस्वरुपोसौ,शुद्धोदनसुतोभवत् ।
भगवान मायामोहको रुपमा आएर शुद्धौदनको पुत्र भए ।

 हिन्दू धर्मग्रन्थ भनी मानिने पुराणहरुमा बुद्धलाई असुर ( राक्षस) भनी बताईएको छ । भविष्यपुराणमा भनिएको छ
बलिना प्रेषितो भूमै,मयः प्राप्तो महासुरः ।
शाक्यसिंह गुरुर्गेयो,बहुमाया प्रवर्तक।।३०।।
स नाम्ना गोतमाचार्या, दैत्य पक्ष विवर्धकः ।
सर्व तीर्थेषु तेनेव,यंत्राणि स्थापितानि वै ।।३१।।
त्षामधोगता येतु बौद्धाश्चासंसमन्ततः ।
शिखा सूत्र विहिनाश्च,बभूवूर्वर्णसंकरा ।।३२।।
दशक कोट्या स्मृता आर्या,बुभबुबौद्ध मार्गिणः ।।३३।।
(भविष्यपुराण,प्रतिसर्ग पर्व -,अं.२०)
बाल्मीकी रामायणमा भनिएको छः
यथा हि चोरः तथा हिबुद्धस्तथागतं नास्तिकमत्र विद्धि ।
तस्माद्धि यः शक्यतमः प्रजानां स नास्तिके नाभिमुखा बुधः स्यात ।।
( बाल्मीकी रामायण, गिता प्रेस गोरखपुर,अयोध्याकाण्ड, सर्ग -१०९,श्लोक-३४)
अर्थ
जसरी चोर (डाँकु) दण्डनीय हुन्छन्। त्यसै प्रकार (वेदविरोधी) बुद्ध ( बौद्धमतावलंबी) पनि दण्डनीय छन् । तथागत(नास्तिक विशेष   ) र नास्तिक ( चार्वाक  ) लाई पनि यहाँ त्यसै दर्जामा सम्झिनुपर्छ । त्यसैले प्रजाउपर अनुग्रह गर्नलाई त चोर समान् दण्ड दिलाओस्,परन्तु जो वशको बाहिर छन् ,उस नास्तिकउपर विव्दान ब्राम्हण कहिल्यै उनुमुख नहोउन,उसंग वार्तालाप नगरोस ।

यहि आधारमा पनि राणाशासन कालमा बौद्धमत मान्नेहरु बौद्ध भिक्षुहरुलाई देश निकाला गरीयो । पंचायतकालमा पनि बौद्ध गुम्बा तथा बौद्ध बिहार बनाउनेहरुलाई कारवाही गरीयो डोजर लगाएर भत्काईयो । आज भोली पनि बौद्ध बिहारहरु निर्माण गर्न रोक लगाईन्छ । बौद्ध बिहारहरु भताभुङ्ग अवस्थामा राखिन्छ उदाहरणको रुपमा सुर्खेतमा रहेको नेपालकै सबै भन्दा ठूलो बौद्ध भग्नावशेष बिहार ।
भन्न त बुद्ध बिष्णुको नवौं अवतार हुन भनेर बुद्ध धर्मलाई हिन्दू धर्मकै अन्तरगत हो भनेर भ्रममा नपारेको त होईन ।
यद्यपि वैदीक परम्परा हाम्रो यस जम्बुव्दीप क्षेत्रको प्राचीन मान्य परम्परामध्य हो । दुवैको आआफ्नै गौरवपूर्ण स्वतन्त्र अस्तित्व ई । कुनै एक परम्पराव्दारा आफैले आफूलाई उच्च र दोश्रोलाई निचा देखाउने कार्य परस्पर व्देष,वैमन्स्य बढाउनेको कारण बन्दछ ।
भवतु सब्ब मङ्गलम् ।