Monday, October 14, 2013

लहसुन एक लाभ अनेक( घरेलु उपचार )




हाम्रो आहारको कारण ग्यास्टीकको रोगी नभएको बिरलैहोलान । खाने समयको नियमितता छैन । तेल मसला पीरो बढी प्रयोगले ग्यास्टीक सिर्जना हुन्छ ।तथा बिभिन्न रोगबाट ग्रस्त हुन्छ हाम्रो घरको भान्छामा भएको मसला मध्य लहसुन पनि अमृतै सरीछ हेरौ न त के के लाभ हुन्छ ।
१ ग्यास्टीक र कब्जियतबाट राहत पाउन: यदि पेटमा वायु बन्दैछ ढ्याउ ढ्याउ डकार हुन्छ या  कब्जियतको समस्या बाट हैरान हुनुहुन्छ भने लहसुन स्वास्थ्यबर्द्धक हुन्छ । यसलाई खान केहि समयसम्म नियमित रूपले प्रयोग गरौं, चाँडै लाभ हुन्छ
जोड्नी जोड्नी दुख्छ: लहसुनलाईमसीनो बनाएर दूधमा उमाल्ने र पीउन लायक भएपछि पिउने । जोड्नी दुख्ने लाभ हुन्छ ।
सुन्ने क्षमता बढ़ाउँ: सुन्ने क्षमता  राम्रो बनाउन लहसुनको बोक्रा खोल्स्याउने । त्यसलाई टुक्रा टुक्रा गरेर तोरीको   तेलमा पकाउने पाएसम्म सर्स्यूको। जब तेल चीसो हुन्छ त्यस्को केहि थोपा कानमा हाल्ने ।
४ कान दुखेकोभए पनि लाभ हुन्छ नियमित रूपले कानमा प्रयोग गर्नाले सुन्ने क्षमता बढ्दैजान्छ ।

हृदयको लागि लाभकारी: हृदय रोगिहरुको लागि पनि लहसुन अति नै लाभकारी मानिन्छ। यो कोलेस्ट्रलको मात्रा कम गर्न सहयोगिछ । यसको सेवनले रक्त संचारमा व्यवधान हुँदैन र रक्तको धमनिहरुमा लचीलोपन बनिरहन्छ । भोजन पछि लहसुन खानु वा दूधमा उमालेर पिउनु यस रोग मा अति नै लाभकारी हछ। हृदयको रोगिको लागि लहसुन नियमित सेवन अवश्य गर्नुपर्छ ।

६ स्मरण शक्तिको लागि लाभकारी : लहसुन नियमित सेवन गर्नाले स्मरण शक्ति बढ्छ तथा दृष्टिमा पनि सुधार हुन्छ ।

७ रुघामा लाभकारी : रुघा लागे लहसुनको रसलाई कपासमा राखेर सुँघनाले आराम हुन्छ ।

८ दांतको समस्यामा लाभकारी: पायरिया, गीजाको सूजन, दांतमा सड़न तथा अन्य दंतविकारमा लहसुनको रस मह सित  मल्नाले लाभ हुन्छ ।

No comments:

Post a Comment