Monday, May 17, 2021

बौद्धहरु बारे महत्वपूर्ण लेख

 


एक सूत्र छ जुन मान्छेहरु शस्त्र (हतियार) उठाउँदैन त्यो आफ्नो देश गुमाउँछन र जुन शास्त्र (इतिहास को किताब )  उठाउँदैन त्यो आफ्नो संस्कृति गुमाउछन |” बौद्धोहरुले इतिहासमा जहाँपनि अहिंसाले कामगर्यो त्यहाँ तिनको दलितीकरण भयो। पढ़ौं लेख :- बौद्ध सूफ़ी भए’ -राजेश चन्द्रा

 

तेह्रौं शिलालेख पाँच यवन (यूनानी) राजाहरुको उल्लेख  गर्छ, जस्को राज्यहरुमा सम्राट अशोकले धर्मदूत पठाएकाथिए:

1. अंतियोक (सीरिया नरेश)

2. तुरमय (मिस्री नरेश)

3. अंतिकिनी (मेसीडोनिया नरेश)

4. मक (एपीरस नरेश)

5. अलिकसुंदर (सिरीन नरेश)

दोस्रो शिलालेख साक्ष्य दिन्छ कि सम्राट अशोकले यवन साम्राज्य बैक्ट्रिया लाई पनि धर्म-प्रचारक पठाएकाथिए। तत्कालीन गांन्धार अर्थात् वर्तमान अफगानिस्तान तब यवनहरुको अधिकारमा थियो । अफगानिस्तान तब बैक्ट्रियाको नै एक भाग थियो।

सिंहली इतिहास ग्रंथ 'दीववंश' तथा 'महावंश' त्यस भिक्षु को नाम सम्म उल्लेख गर्छन जो धर्म-प्रचारको लागि गान्धार गएकाथिए। उस्को नाम  मञ्झन्तिक थियो।

 

तिब्बती इतिहासकार तारानाथ उल्लेख गर्छन कि मौर्यवंश, जस्को एक शासक सम्राट अशोक महान पनि भएकाछन, को एक राजकुमार वीरसेनले गान्धारमा आफ्नो स्वतंत्र राज्य स्थापित गरेका थिए। मौर्यवंशको सोझो अर्थ हो- बुद्ध श्रद्धालु शासक।

यि सबै संदर्भ साक्षी दिन्छ कि गान्धारबाट यूनान, मध्य-पूर्व एशिया र खाड़ी देश, वर्तमान अरब-ईरान-इराक-फारस,सम्म बुद्धको दूतहरुले पाउ राखेकाथिए।

 

भारतको पश्चिमी सीमाको बाहिर बुद्धको धर्म-पताका लैजाने प्रथम श्रेय आचार्य मझन्तिकलाई छ । यद्यपि उन्को कार्यकलापहरुको इतिहासमा कुनै विस्तृत विवरण पाईदैन, तर यि पूरै भू-भागमा बौद्ध धर्मको जुन प्रमाणहरु पाईन्छन त्यसले प्रमाणित गर्छ कि यस भिक्षुले बोधिवृक्षको बिउलाई बड़ो निष्ठाले रोपेकाथिए, श्रमदिएर रक्षा गरेकाथिए, त्यसलाई हुर्कायो सिचन गरेर, हुर्काएकाथिए ।

 

जातक कथाहरुमा बुद्धको पूर्वजन्महरुको उल्लेख भएको पाईन्छ। यि कथाहरु महायान शाखाको ग्रंथ-संपदाको भाग हो। थेरवादी यस्को प्रामाणिकतामा संदेह गर्छन तर साहित्यिक दृष्टिले यि अमूल्य रचनाहरुहुन। यिकथाहरु नीति र सदाचारको प्रेरक र रोचक कथाहरु हो, यस्मा कुनै संदेह छैन। जातक कथाहरु नै कालांतरमा 'पंचतंत्र'को कथाहरुको आधार बन्यो।

 

ईसा को छैठौ शताब्दीमा जरथुस्त नरेश खुसरुको आदेशमा जातक कथाहरुको फारसी भाषामा अनुवाद भयो। आठौ शताब्दीमा यि सीरियाई र अरबी भाषामा अनुवादित भयो- कलिनाग र दामनाग नामले। जातक कथाहरुको फारसी अनुवाद नै भविष्यमा ग्रीक, लैटिन र हिब्रु भाषाहरुमा अनुवादको आधार बन्यो, जस्लाई चौधौं शताब्दीमा संत बाइज़ेन्टाईनले 'एसपको कथाहरुको नामले संकलित गरियो । फेरि यही कथाहरु पछि गएर 'सिंदबादको कथाहरु' तथा 'अरबको रातेहरु' (दि अरेबियन नाइट्स) को रूपमा परिवर्तन भयो। 'सिंदबादकोथाहरु सम्मआउँदा-आउँदा, आठौ शताब्दी सम्म, जातक कथाहरुको पात्र र पृष्ठभूमिहरीयो, तिनिहरुले स्थानीय अरबी तथा फारसी रूप लियो ।

फारसी र अरबी संस्कृतिमा जातक कथाहरुलाई अप्रतिम लोकप्रियता पाईयो। मध्य-पूर्व एशियामा कुनैपनि ग्रंथको सायद यति भाषाहरुमा अनुवाद भएन, जति कि एक्लै यस एक ग्रंथको- जातक कथाहरुको- जुन कि अब 'सिंदबादको कथाहरु' नामलेधेरै लोकप्रिय छ। यि कथाहरुमा अनेक चित्रकथाहरु छापीएकाछन, फिल्म समेत बनिसक्यो।

 

आठौं शताब्दीमा दमिश्कको संत जॉनले बुद्धको जीवनीको ग्रीक भाषामा गरे - 'बलाम र जोसाफटको कथाको' नामले। जोसाफट, जुन वस्तुतः बोधिसत्त्व शब्दको ग्रीक उच्चारण हो, यति लोकप्रिय भयो कि चौधौं शताब्दीसम्म कैथोलिक गिरजाघरोहरुमा त्यो संत जोसफको रूपमा पूजिनथाले। अब ईसाई संतहरुमा उन्को संत जोसफको रूपमा गिन्ती हुन्छ। त्यो एक मिथकीय संत हो, जस्को ऐतिहासिकताको बारेमा ईसाइयत मौन छ ।

 

पाँचौं शताब्दीमा इस्लामको उदय हुँदा देखि मध्य-पूर्व एशिया तथा खाड़ी देशहरुमा बौद्ध धर्ममा त्यस्तो विधिवत् अध्ययन र क्रमिक साहित्य-सृजन हुन सकेन जस्तो कि अन्य बौद्ध देशहरुमा भएकोथियो। त्यसैले यसलाई पूरै परिक्षेत्रमा बौद्ध धर्मको गतिविधिहरुको अध्ययन गर्नलाई स्थानीय साहित्य, बोलचालको शब्द, लोकाचार, रीति-रिवाजहरुमा बौद्ध धर्मको चिह्न खोज्नु पर्छ ।

जस्तै अरबी भाषाको शब्द छ- बुत, जस्को अर्थ हुन्छ- मूर्ति। यो 'बुत' शब्द वस्तुतः 'बुद्ध' शब्दको अरबी रूपांतर हो। अरबी लेखकहरले भारतीय द्वारा पूजित देव अथवा मूर्तिको लागि 'अल बुद्द' शब्दको प्रयोग गरेकोछ । यो शब्द पनि 'बुद्ध' शब्द तिर संकेत गरिरहेकोछ। यसैप्रकार 'अल बुदासफ' शब्द 'बोधिसत्त्व' शब्दको अरबी उच्चारण हो, बौद्ध साधुहरुको लागि 'सुमनिय्यास' शब्द मिल्छ जुन पालिको 'समन' या संस्कृतको 'श्रमण' शब्द सित व्युत्पन्न छ ।

 

तेरहौं शताब्दीको प्रसिद्ध अरबी-फारसी इतिहासकार रशीद-अल-दीनले अरबीमा अनुवादित लगभग ग्यारह ग्रंथ, जुनकि अरबी-फारसी साहित्यमा घुल-मिल भएकाथिए, बौद्ध सूत्रहरुको रूपमा चिनौं,जेमा 'सुखावती व्यूह सूत्र', 'करंड व्यूह सूत्र', 'मैत्रेय व्याकरण' (आंशिक), 'अंगुत्तर निकाय' तथा 'संयुक्त निकाय' को ग्रंथ प्रमुख छन् ।

 

दसौं शताब्दीको फारसी इतिहासकार इब्न-अल-फकीह र तेरहौं शताब्दीको सीरियाई इतिहासकार वाकूतले बल्ख़मा एक बौद्ध स्तूप भएको कुरा स्विकार गरेकाछन, जस्मा बौद्ध भिक्षु कुछ कर्म-कांड गर्थे । इस्लामको रहस्यवादी सूफ़ीमत को उदय पनि बल्ख़बाटै भयो। सूफियहरुको प्रारंभिक नायक इब्राहीम इब्न अदम आठौं शताब्दीमा बल्ख़बाटै भारत आयो। राहुल सांकृत्यायन पनि शोधात्मक निष्कर्ष दिन्छन कि सूफ़िहरुको उदय श्रमणहरु र भिक्षुहरुबाट भयो ।

 

वस्तुतः सूफी कुनै समय श्रमण र भिक्षु नै थिए । इस्लामको उदय पछि तिनका आफ्नो भूमिबाट अर्थात भारतबाट धार्मिक संपर्क काटीयो तब तिनिहरुले स्थानीय मान्यताहरु मध्यबाटै नैं सूफी मतको जन्म दियो।

सूफिहरुको सबै रीति-रिवाज बौद्ध भिक्षुहरु र श्रमणहरुको नीति-नियमहरुको परिवर्तित रूप हो। यथा, श्रमणहरु जस्तै परिव्राजक जीवन जीउनु, घूम्दैरहनु । सूफ़ीमतमा परिव्राजकहरुलाई 'कलंदर' भनिन्छ। भिक्षुहरु जस्तै कासा अर्थात् कटौरा अर्थात भिक्षा-पात्र धारण गर्नु, भिक्षा माँग्नु। चीवर जस्तै विशेष लुगा लगाउनु। कुनै सूफी सिलसिलेमा त्यस लिबास लुगालाई 'कमली', कहीं 'गुदड़ी'र कहीं 'कफनी' भनिन्छ। सूफिहरु पनि बौद्ध पंथहरु जस्तै गुरु-शिष्य परंपरा छ। त्यो पंथ या परंपरालाई 'सिलसिला' भनिन्छ। सूफिहरुमा पनि दीक्षाको विधान छ। मर्ने रसमय बुजुर्ग फ़कीर जुन पनि योग्य मुरीद अर्थात् शिष्यलाई आफ्नो लुगा लिबास र कासा दिन्छ, त्यहि सिलसिलाको अघिल्लो उत्तराधिकारी हुन्छ। यो परंपरा पनि बौद्धहरुबाट आयो। बौद्धहरुको जैन मतमा यो प्रथा अहिले पनि प्रचलित छ।

 

यह पनि कम आश्चर्यको कुरा होईन कि सूफी मतको चरम विकास पनि अंततः भारतीय उपमहाद्वीपमा नै भयो। बाबा फरीदुद्दीन (पाक), ख्वाजा मुइनुद्दीन (अजमेर), ख्याज़ा कुतुबुद्दीन (दिल्ली), हज़रत निजामुद्दीन (दिल्ली), साबिर कलियरी (कलियर, बिहार), वारिस शाह (देवाशरीफ), बंदा नवाज़ गेसूदराज़ (गुलबर्गा, कर्नाटक), शाहमीना शाह वाली (लखनऊ), मीरा साहेब (मिरज-सांगली, महाराष्ट्र), शेख सलीम चिश्ती (फतेहपुर) आदि पूरै भारतमा सूफी सिलसिला को विख्यात संत भएकाछन्।

 

अबूबक्र हरीरी सूफ़ीको परिभाषा गर्छन- 'संपूर्ण शुभाचरणहरुबाट, संपूर्ण दुराचरणहरुले मुक्त।' र शहाबुद्दीन सुहरवर्दी परिभाषित गर्छन- 'पवित्र जीवन, त्याग र शुभ गुण जहाँ एकत्रित हुन्छ।'

 

यि परिभाषाहरुको प्रकाशमा, बौद्धोंको शील र विनय सूफिहरुको पनि आदर्श रहेकाछन ।

भगवान् बुद्धको महापरिनिर्वाण पछि उहाँको अस्थि-अवशेषहरुमा आठ स्तूप बनाईए। दुई स्तूप र अरुपनि बनाए जस्मा क्रमशः भगवंतको अंतिम संस्कारमा प्रयुक्त भएको भाँडा तथा फूल (खरानी) स्थापित गरियो।

 

भगवान् बुद्धको समकालीन प्रधान भिक्षुहरु-सारिपुत्र, मौदगल्यायन, महाकाश्यप, आनंद आदिको निर्वाण पछि पनि उन्का अस्थि-अवशेषहरुमा स्तूप बनाईयो। साँची स्तूपमा सारिपुत्र, मौदगल्यायनको अस्थि-अवशेष अहिले पनि देखिन्छ ।

 

तब देखि बौद्धहरुमा यो परंपरा रह्यो कि मठ अथवा विहारको प्रमुखको मृत्यु पछि उनका अस्थि-अवशेषहरुमा स्तूप बनाईन्छ ।

स्तूप-निर्माणको पछाडी धेरै ठूलो आध्यात्मिक विज्ञान रहेकोछ । आध्यात्मिक रूपले उन्नत योगी, साधु, भिक्षु, संत, फ़कीरको शरीरान्त पछि उन्को अवशेष ऊर्जामय रहन्छ। त्यो उर्जा ग्रहणशील श्रद्धालुहरुको आध्यात्मिक विकासमा मदद गर्छ।

 

यहि स्तूप परंपराले सूफिहरुमा मज़ार या दरगाहको रूप लियो। फरक यो भयो भारतीय बौद्धहरुमा शरीरको अग्नि संस्कार गरिन्थ्यो र सूफ़िहरुमा दफनाईन्छ अरथात जमीनमा गाडिन्छ।

 

मध्यकालको संत परंपरामा संतहरुको देहावसान पछि उन्को समाधि बनाउने प्रचलन शुरू भयो । स्तूप, समाधि र मज़ारहरु आध्यात्मिक ऊर्जाको एक जाग्रत केंद्र हुन्छ ।

 

सूफी फकीरहरुले त फ़कीर मानेको नै उस्लाई छ जिसको समाधि पनि जाग्रत छ। सत्रहौं शताब्दीको पंजाबको सूफ़ी फ़कीर सुल्तान बाहूको कलामको एक पंक्ति छ:

नाम फ़कीर तिना दा बाहू

कब्र जिना दी जीवे हू

-बाहू, फ़कीर उन्हें कहते हैं जिनकी कब्र, मज़ार भी जीवित होती है।

 

और, सूफ़ी फ़कीरहरुले आफ्नो गुरुको लागि 'बुत' शब्दको प्रयोग पनि गरेकाछन। बुत, जुनकि 'बुद्ध' शब्दबाट व्युत्पन्न हो। सुल्तान बाहूको पंक्तिहरु छ:

की होया बुत दूर गया जे

दिल हरगिज दूर न थीवे हू

सौ कोहाँ ते वसदा मुरशिद

विच्च हुजूर दिसीवे हू

-क्या भयो जुन मेरो बुत, अर्थात् गुरु,टाढा गयो,हृदय टाढा हुनुहुँदैन । मेरा मुरशिद, गुरु, सैकड़ौं हात टाढा रहन्छ, तर म त्यसलाई, आफ्नो हुजूरलाई हृदयमा राख्छु।

यसैप्रकार सूफ़िहरुको 'फकीर' शब्द पनि बौद्धहरको 'भिक्षु' शब्दको समानार्थी हो।

यि सबै सन्दर्भ सूफ़िहरुको बौद्धहरु सित घनिष्ठ अन्तर्संबंधहरुलाई दर्शाउछ।

 

फारस, अरब, ईरान र अन्य खाड़ी देशहरुमा यूनानमा बौद्ध धर्मको गतिविधिहरुलाई तीन चरणमा देख्न सकिन्छ ।

प्रथम चरणमा, ईसा पूर्व तेस्रो शताब्दीमा जब सम्राट अशोकले बौद्ध धर्मको प्रचारक यूनान देशहरु तथा गान्धार एवं कम्बोज (वर्तमान ईरान)मापठाए, स कालमा बौद्ध धर्मको सघन केंद्र बल्ख, बैक्ट्रियाको वरिपरि केंद्रित रह्यो। यि दुबै भू-भाग वर्तमान अफगानिस्तानमा छ। ईरानको उत्तर-पूर्वी नगर खुरासानसम्म पुग्दा-पुग्दै त्यो त्यति प्रभावी रहेन ।

 

ईरान प्राचीनकालमा 'कम्बोज' भनिन्थ्यो । बौद्ध गतिविधिहरको कारण शताब्दियौं पछि त्यो भू-भाग ईरान भयो। 'ईरान' शब्द पालिको 'अरिय' अथवा संस्कृत को 'आर्य' शब्द को अपभ्रंश उच्चारणबाट बनेकोछ । बौद्ध शब्दावलीमा 'अरिय' या 'आर्य' शब्द श्रेष्ठ, शाश्वत, स्वामी, त्रिकाल सत्य आदिको अर्थहरुमा प्रयुक्त भएकोछ- चार आर्य सत्य, आर्य अष्टांगिक मार्ग, आर्यभूमि, आर्यसंघ आदि बुद्धको देशनाहरुमा पटक-पटक प्रयुक्त भएकाछन। 'आर्य' शब्द बाट व्युत्पन्न भएर कम्बोज भू-भाग 'आर्यान' र पछि 'ईरान' भयो। ईरानमा अहिले पनि आर्य मेहर यूनिवर्सिटी छ र 'आर्य मेहर' त्यस देशको सर्वोच्च राजकीय सम्मान पनि हो, जुन 1978मा सम्राट् रज़ा पहलवीलाई पाएको थियो । कालान्तरमा 'आर्य ' शब्द नस्लवाद सित पनि जोड़ेर हेर्न थालीयो, जुन कारण वर्तमान भारतीय इतिहासमा आर्य-अनार्यको विवाद अहिले सम्म चलिरहेकोछ ।

बौद्धहरु र यूनानिहरुको सम्मिलनको चरम विकास हामीलाई ईसा पूर्व 150 मा यूनानी राजा मिनांडरको कालमा देखिन्छ जब भिक्षु नागसेनले राजाको पाँचसय एक दार्शनिक र आध्यात्मिक प्रश्नहरुको अकाट्य उत्तर दिएर यस सम्राट् लाई बौद्ध बनाईयो। यूनानी राजा मिनांडर, जो अब बुद्ध भक्त मिलिन्द भएकोथियो, र भिक्षु नागसेनको प्रसिद्ध संवाद 'मिलिंद पन्हो' अर्थात् 'मिलिंद-प्रश्न' पुस्तकमा संगृहीत छ। यो पुस्तक एक धर्मग्रंथ झैं 'त्रिपिटक' मा समावेस छ।

 

राजा मिलिंद को राज्यको मुख्य राजधानी सागल (वर्तमान पाकिस्तानको स्यालकोट) नगरी थियो र उपराजधानी वालीक नगर (अब को अफगानिस्तानको बल्ख) थियो। त्यसै कालमा यूनानको मूर्तिकलाको गान्धार कला सित मिलन भयो र मूर्तिकलाको गान्धार शैली विकसित भयो। गान्धार शैलीका बुद्ध-मूर्तिहरुमा यूनानी कलाको मांसलता र भारतीय कलाको आध्यात्मिकताको समन्वित रूप देखिन्छ ।

 

दोस्रो चरणमा बौद्ध धर्मको विकास बौद्ध व्यापारिहरुको उपासक वर्गहरु व्दारा भयो। ईसाको दोस्रो शताब्दी सम्म भारतबाट अरब सम्म एक सजीव व्यापारिक मार्ग तैयार भएकोथियो, जुन सिन्ध, अफगानिस्तान, खाड़ीबाट हुँदै भूमध्य सागर सम्म जान्थ्यो। दक्षिण भारतको रेशमको अरब देशहरुमा धेरै नै माँग थियो। बैक्ट्रिया र गान्धार को बाटो यति धेरै रेशमको निर्यात हुन्थ्यो कि इतिहासमा त्यसलाई 'रेशम-मार्ग' नै चनिन थालिएको थियो । यस व्यापारी मार्गमा यात्रिहरु-व्यापारिहरुको सुविधाको लागि, व्यापारिहरुको नै योगदानबाट, अनेक सराय, विहार, मठ आदिको शृंखला-जस्तै निर्मित हुदैगयो। पहाड़ी बाटोमा गुफाहरु निर्मितभयो जस्को भित्तामा बुद्धको जीवन-गाथाहरु शिल्पित गरियो। पहाड़ कलाई छिनेर बुद्धको मूर्तिहरु प्रकट गरिदियो। बामियानको विशाल बुद्ध-मूर्ति त्यसै सजीव शृंखलाको एक नमूना थियो, जस्लाई मार्च, 2002 मा अफगानिस्तानको तालिबान सरकारले ध्वस्त गरिदियो। बौद्ध मूर्तिकलामा मथुरा-शैली पछि गांधार-शैलीले नै मूर्तिकलाकोचरम उत्कर्ष प्राप्त गरेकोछ । अफगानिस्तानको केंद्रीय संग्रहालय आज पनि बुद्ध-मूर्तिहरले भरिएकोछ ।

 

व्यापारिहरुको साथ केवल वस्तुहरुको नै विनिमय हुँदैन बरु उस्को साथ शब्द र परंपराहरु पनि यात्रा गर्छ। शब्दहरुको यात्रामा कदाचित् साहित्यकारहरुबाट पनि धेरै व्यापारिहरुको योगदान छ ।

 

यूनानका मान्छेहरुलाई भारतको इलायची धेरै रुचाउँथ्यो त्यसैले संस्कृतमा इलायचीको नाम नै भयो- यवनप्रिय। नाटकहरुमा पर्दाको प्रचलन सर्वप्रथम यूनानमा भयो । त्यसैले संस्कृत नाटकहरुमा पर्दाको लागि 'यवनिका' शब्द रचीयो। गणित भारतको देन मानिन्छ त्यसैले अरबीमा गणितमा इल्मे हिंदसाँ- भनिनथालीयो।

यहि व्यापारिक कालमा बुत, अल-बुद्द, बुदासफ, बहार, नवबहार, बरमक आदि शब्द पनि अरबी भाषामा समावेस भयो। 'बहार' शब्द 'विहार'बाट बनेकोछ 'नवबहार' शब्द 'विहार' अर्थात् नवनिर्मित विहारको अर्थमा प्रयुक्त भएको हो । 'बरमक' शब्द संस्कृतको 'प्रमुख' शब्दको अपभ्रंशित रूप हो। 'प्रमुख' वस्तुतः 'विहार प्रमुख' को अर्थमा प्रयोग हुन्थ्यो । आठौं-नवीं शताब्दी सम्म बल्ख़को वरिपरि 'बरमक' नामको राम्रै एक वंश बनेकोथियो । अरबी लेखकहरुले 'बरमक' शब्दलाई बल्ख़ शहरको नवबहार पूजा-स्थलको 'मुख्य पुजारी' को अर्थबाट व्युत्पन्न पाएकोछ । निश्चित नै त्यो 'नवबहार' बल्ख़को कुनै नवनिर्मित विहारथियो होला जस्को प्रमुख कालान्तरमा बरमक भयो । फारसीमा 'नवबहार' शब्द 'नवीन मठ' अथवा 'मदरसा' को अर्थहरुमा पनि प्रयुक्त हुन्छ । मदरसा लेनै वर्तमान इस्लामी अध्ययन केंद्रको रूप लियो। फारसको 'नवबहार' मठ कुनै समय बौद्ध विश्वविद्यालयको शैलीमा इस्लामी अध्ययनको विशाल केंद्र रहेकोछ । भारत को वर्तमान प्रांत बिहारको नामकरण पनि बारहौं शताब्दीको मुस्लिम शासकहरु व्दारा नै गरेको हो। गुलाम वंशको संस्थापक कुतुबुद्दीन ऐबक को सेनापति मुहम्मद बख्तियार खिलजीले जब सन् 1157 मा नालंदाको नौ तले  ग्रंथालय एवं विहारलाई केहि सैन्य किला ठानेर ध्वस्त गरिदियो, बौद्ध ग्रंथहरुको विशाल संग्रहमा आगो लगाईदियो, तब प्रारंभमा त्यस परिक्षेत्रलाई मुस्लिम शासकहरुले 'बहार' नाम दिया, जुन पछि 'बिहार' बन्यो ।

सुप्रसिद्ध इतिहासकार अल-बैरूनी, 11औं शताब्दीमा, लेख्छ- 'खुरासान, पेरसिस, इराक, मोसुल र सीरिया सम्मको भू-भाग बौद्ध थियो।'

अहिले आठौं शताब्दीको शुरू सम्म, ई ० 712 मा, मुहम्मद बिन कासिमको भारतीय सीमामा आक्रमणको समयसम्म, सिन्धमा बौद्ध शासक दाहिरको शासन हुन्थ्यो उस्का ब्राह्मण मंत्री चचले मुहम्मद बिन कासिम सित षड्यंत्र गरेर       दाहिरको हत्या गरिदियो। तब देखि सिंन्धको द्वार भारतमा आक्रमणको लागि जहिलेको लागि खुल्यो। चच स्वयं राजा भयो। उस्ले बौद्धहरु माथि भयंकर अत्याचार गरे ।

इतिहासकार प्रोफेसर सुरेन्द्रनाथ सेनको मत छकि मुस्लिम आक्रमणहरु व्दारा बौद्ध जबरजस्ति नै मुसलमान बनेन बरु ब्राह्मण शासकहरुको अत्याचारहरुबाट पीड़ित भएर स्वेच्छाले भन्दा ठूलो संख्यामा बौद्ध मुसलमान भए।

 

तेस्रो चरण फारसमा मंगोल शासकहरुको आधिपत्यको साथ शुरू हुन्छ। तेरहौं शताब्दीमा, ई. 1256 मा, मंगोलहरुको इल्खानीद वंशले फारसमा कब्जा गर्यो । मंगोलियाकिले खान पहले नै बौद्ध भैसकेकाथिए। तिनलाई तिब्बतिहरुले बौद्ध बनाएका थिए । लगभग चालीस वर्षसम्म, जब सम्म फारसको मंगोल शासक गाज़ान खाँ ले ई. 1295 मा इस्लाम स्विकार गरेन, फारस मा बुद्ध विहारहरु र मठहरुको धेरै निर्माण भयो, बौद्ध धर्मको गतिविधिहरुलाई संरक्षण दिईयो। तर नव मुस्लिम बनेका मंगोल शासक गाज़ान खाँ ले आफ्ना पूर्वजहरुले गरेक राखेकोमा पानी पैरिदियो । उस्ले विहारहरु र मठहरुलाई ध्वस्तगरिदिने अथवा त्यसलाई मस्जिदहरुमा परिवर्तन गर्ने शासकीय आदेश निकाल्यो। त्यस्तै भयो हुआ भी।

परिणामस्वरूप फारसको प्राचीन मंगोल राजधानी मारागेहको नजिक रसतखानेह  वरजुवीको गुफाहरु, जुन अब इस्लामी रूप लिसक्यो, म आजको अजंता-एलोराको रूप देख्न सकिन्छ र काकेशशको दागिस्तानमा गुंबदनुमा विशाल भवन लाई कुनै पनि स्तूपको रूपमा चिन्न सक्छ, जस्को शिखरमा ध्वजा पनि फहरिरहेकोछ- अब बौद्धहरुको पंचशील ध्वज होईन बरु इस्लामी ध्वज।

 

बौद्धहरको साहस, उत्साह र प्रयासहरुको परीक्षा जहिल्यै भैरह्यो। बुद्धिको बलमा त ति पूरै संसारमा फलाम मनाउदैरह्यो, बुद्धको धम्म-सत्ता कायम गरिंदैरह्यो,तर यद्यपि ति भगवंतको अहिंसा व्रतबाट स्वभावतःबाँधिएकाछन, त्यसैले हिंसात्मक अवरोध देखेर साधु-साधु-साधु' भन्दै शांत भएकिनकि घृणा र हतियार मैत्री र करुणाको भाषा बुझ्दैन ।

 

बौद्धहरले फारस नरेश उल्दजैतू (ULDJAITU) खाँ (ई. 1305-16) लाई बुद्ध अनुयायी बनाउने एक प्रयास अरु गरे,अनि अंततः ति बौद्ध स्वयं नै सूफी बनेर उग्र इस्लामको नरम शाखा बनेपछि गएर इस्लामको प्रगतिमा तलवार भन्दा धेरै सूफ़ियहरुको प्रेमले योगदान दियो ।

हिन्दबाट अनुवाद गरिएको ।

("बुद्धका चक्रवर्ती साम्राज्य", पुस्तक से। इस आलेख को बिना सन्दर्भ के उपयोग करना काॅपीराइट के विधिक दायरे में आता है।)

Facebook

 

Friday, May 14, 2021

 

कर्म विपाक

भगवानको जीवनकालमा अन्य सम्प्रादायहरुको ब्राह्मण उनको अगाडी आउने गर्थे । ति उन्का शिष्यहरु सित पनि भेट गर्थे धर्मको बारेमा तिनिहरु भगवान सित या उन्का शिष्यहरु सित चर्चा गर्थे । यस्तै एकपटक निगन्थ नाटनाटको श्रावक शाक्य वप्प आयुष्मान महा मोग्गलान सित भेट्यो दुबैमा  धर्म चर्चा हुंदै गर्यो । अन्तमा महा मोग्गलानले कर्मफलको बारेमा उसित एक प्रश्न गरे जस्को उत्तर वप्पले ठिक तरिकाले दिन सकेन । ध्यानबाट उठेर शास्ता पनि त्यसैबखत त्यहाँ आउनुभयो । वहाँले जान्ने चाहना गर्नुभयो कि दुबैमा के के वार्ता भैरहेको थियो। भगवानले सोध्नु भएपछि आयुष्मान मोग्गलानले सबै वार्तालाप भगवानलाई सुनाए । भगवानको यो ठूलो बिशेषता थियो कि जहिलेपनि आफ्नो कुरा या सिद्धान्त कसै प्रति थोपर्नु हुन्थेन। त्यसलाई तर्क विचार विमर्श र अनुभवको आधारमा स्वयम् निर्णय लिने पूरा अवसर प्रदान गर्नुहुन्थ्यो  यहि उहाँले वप्व सित गर्नुभयो । भन्नुभयो " वप्प " जुन कुरा तिमीलाई स्विकार्य छैन तिमीले त्यसलाई मान्नु र जुन स्विकार्य छैन त्यसलाई छोडिदिनु । यदि कुनै कुरा बुझेनभने मसित आसय सोध्नु । " निगन्ठ श्रावक वप्पले भगवानको निर्देशन स्विकार गर्यो । धर्म चर्चा सुरुभयो शुद्ध धर्मको आधारमा भगवानले सोध्नु भयो " वप्प"के तिमीले यस्तो मान्छौ कि व्यक्तिको कायिक कर्मको परिणाम स्वरुप जुन दुखद आस्रव उत्पन्न हुन्छन ति कारयिक कर्मको परणामस्वरुप जुन दुख आस्रव उत्पन्न हुन्छन ति कायिक कर्मले विरत रहनाले उत्पन्न हुँदैन  के उ नयाँ कर्म गर्दैन र पूरानो कर्महरुलाई तथस्त भावले देखि देखि क्षीण गरिदिन्छ ?  के यो क्षीण गर्ने कृया प्रत्यक्ष छ तत्काल फलदायी छ, यो हेर र स्वयम् हेर  भन्ने योग्य छ र विज्ञजनहरु व्दारा साक्षात्कार गर्ने योग्यछ ? के तिमीलाई यस्तो लाग्छ कि त्यस व्यक्तिको पूर्वजन्म दुखद आस्रवहरुको उस्लाई प्रप्ति हुन्छ ?"

                 होईन भन्ते , मलाई यस्तो लाग्दैन  अनि अगाडी शास्ताले भन्नुभयो के तिमी ययस्तो मान्छौ कि व्यक्ति वाचिक कर्मको परिणामस्वरुप जुन दुखद आस्रव उत्पन्न हुन्छन ति प्राणीको क्रियाहरु बाट विरत  रहनाले उत्पन्न हुँदैनन् ? के तिनले नयाँ कर्म गर्दैन र पूरानो कर्महरुको तजन्य वेदनाहरुलाई तथस्ट भावले हेरि हेरि क्षीण गरिदिन्छ? के यो क्षीण गर्ने क्रिया प्रत्यक्ष हो तत्काल फलदायी छ , बए र आफै हेर भन्न योग्य छ र विज्ञजनहरु व्दारा साक्षात्कार गर्न योग्य छ ? तब वप्प के तिमीलाई यस्तो लाग्छ कि त्यस व्यक्तिको पूर्वजन्महरुको दुखद आस्रवहरुको उस्लाई प्राप्ती हुन्छ ?

होईन भन्ते प्राप्ति हुँदैन । यसै प्रकार शास्ताले  मनको कृयाहरुको परिणाम स्वरुप उत्पन्न हुने दुखद आस्रवहरुको बारेमा प्रश्न गर्नुभयो  यस्को पनि पहिला जस्तै वप्पले नकारात्मक उत्तर दियो ।

श्रावक शाक्य वप्प सित निषेधात्मक उत्तर पाएपछि तथागतले भन्नुभयो । "वप्प" ! जुन भिक्षुको चित्त सम्यक रितिले विकार मुक्त भएकोछ यस्लाई ६ प्रकारले शान्ति प्राप्त हुन्छ । मन सहित ६ ईन्द्रियहरुको तिनका बिषयहरु सित स्पर्श हुँदा नत उसलाई प्रशन्नता उत्पन्न हुन्छ । मन सहित ६ ईन्द्रियहरुको तिनको बिषयहरु सित स्पर्श हुँदा उस्लाई प्रशन्नता हुन्छ न अप्रसन्नता  आँखाले रुप नत उ प्रसन् हुन्छ न अप्सन्न उ उपेक्षायुक्त स्मृतिमान र संप्रज्ञानी भैरहन्छ । ऐस्तै कानले शव्दा सुनेर न प्सन्न न अप्रसन्न हुन्छ । उ उपेक्षायुक्त स्मृतिमान र सम्प्रज्ञानी भैरहन्छ ।यसै प्रकारले जिभ्रोले रस चाख्नाले, नाकले गन्ध सुँघ्नाले, छालाले स्प्रतव्य स्पर्श, मनले धर्मको बिषयमा जान्नाले  न प्रसन्न न अप्सन्न हुन्छ । उ उपेक्षायुक्त समृतिमान र संप्रज्ञानी भैरहन्छ जब सम्म उ पञ्च ईन्द्रियहरुले अनुभव गरिने सुखद र दुखद वेदनाहरुको अनुभव गरिरहेकोछु उ यो पनि जान्दछ कि शरिर नरहनाले जीवनको समाप्ती हुँदा पनि सबै वेदनाहरु सबै राम्रो नराम्रो लाग्ने अनुभुतिहरु चीसो भैजान्छ ऐस्तै नै मनेन्द्रियबाट अनुभव गरिने वेदनाहरुको बिषयमा पनिजान्दछ ।

 यस्तो उपदेश सुनेर निगण्ठ श्रावक वप्प सन्तुष्टि अनुभव गर्दै वोले भन्ते !  अहिलेसम्म धर्मको अभिवृद्धि को कामनाले म केवल क्लेश र तनावपूर्ण जीवन बाँचिरहेको थिएँ । निगण्ठ प्रति मेरो जुन श्रद्धा थियो। आजबाट मैले तिब्रगामी नदीको स्रोतमा बगाईदिन्छु । भगवन, जीवन प्रयन्त मलाई आफ्नो उपासक स्विकार गर्नुहोस ।" 

भगवान बुद्धके अग्रश्रावक महा मोग्गलान बाट अनुवाद