Sunday, July 29, 2012

मुक्तक

आज भोली तिमी हुनुमा र नहुनुमा कुनै सार्थकता छैन । हिजो पो तिम्रो प्रेम बिना छटपटीन्थें आज मलाई प्रेम गर्नेहरु जति पनि छन् । तिमी त मेरो भूतपूर्व प्रेमी न हौ । म सित के छैन र जवानी छ, पैसा छ, रुप छ । केवल तिम्रो हिजोको मायां छैन । जीवनकुमार शाक्य

बुद्ध धर्ममा पञ्चशीलको महत्व र आवश्यकता

पञ्चशील • प्राणी हिंसाबाट बिरत रहने । •झूठो बोल्न बाट बिरत रहने । • चोरी नगर्ने । •व्यभिचार नगर्ने । • मध्यपान नगर्ने । • बल शक्तियुक्त हुनेछ । • अर्काको हातबाट मर्नुपर्नेछैन । • परिवारमा सदस्य बढ्नेछ । • रोग ब्याधि कम हुनेछ । • मनपर्नेहरुबाट वियोग हुनुपर्नेछैन । • दीर्घायु हुनेछ । प्राणी हिंसा नगरिँदाका दशवटा फल • अङ्ग प्रत्यंग परिपूर्ण भएको शरीर हुनेछ । • स्वच्छ र सुन्दर शरीर हुनेछ । • हेर्दाखेरि नै मनलाग्दो सुन्दर रुप भएको हुनेछ । • शूर वीर हुनेछ । • बल शक्तियुक्त हुनेछ । • अर्काको हातबाट मर्नुपर्नेछैन । • परिवारमा सदस्य बढ्नेछ । • रोग ब्याधि कम हुनेछ । • मनपर्नेहरुबाट वियोग हुनुपर्नेछैन । • दीर्घायु हुनेछ । चोरी नगरिँदाका चारवटा फल • धन सम्पत्ति पूर्ण हुनेछ । • भएको धन सम्पत्ति स्थिर हुनेछ । • इच्छा गरेको वस्तु सजिलैसित प्राप्त गर्न सकिनेछ । • राजा, पानी, आगो, चोर र शत्रुहरुबाट केही गर्न नसकिने रुपबाट धन प्राप्त भइरहनेछ । व्याभिचार नगरिँदाका सातवटा फल • शत्रु भनेकै नभई सबैसंग हेलमेल हुनेछ । • सुखपूर्वक सुत्न सक्नेछ । • सुखपूर्वक उठ्न सक्नेछ । • स्त्रीभाव र नपुंसकभाव हुनबाट बच्नेछ । • चारवटा दुर्गतिबाट बच्नेछ । • इज्जत हुने गरी स्त्री-पुरुषका परस्परमा प्रेम भइरहनेछ । • धन्दा सुर्ता नभई सुखपूर्वक बस्न सक्नेछ । झुठ कुरा नबोलिँदाका पाँच फल • विशेषरुपले आँखा आदि इन्द्रिय सुन्दर हुनेछन् । • तल माथि नपरी क्रमबद्ध मिलेका दाँत हुनेछन् । • दुब्लो मोटो नभई ठिक्कको शरीर हुनेछ । • कमलको फूल झैँ सुगन्धित वास्ना आउने मुख हुनेछ । • नोकर चाकर र परिवारहरुले उसको कुरा सुन्नेछन् । सुरापान नगरिँदाका नौवटा फल • गर्नुपर्ने काम सबै विस्मृत नभई सजिलै नै याद हुनेछ । • अलसी हुँदैन । • लाटो र गोंजेंग्रो हुनेछैन । • ज्ञान बुद्धि भएको हुनेछ । • ईर्ष्या गर्नेबाट रहित हुनेछ । • बेहोश हुँदैन । • शान्त स्वभावको हुनेछ । • नराम्रो काममा लाग्न लज्जा भय हुनेछ । • इज्जत हुने कुरामात्र गर्ने बानी भएको हुनेछ । प्राणी हिंसा गर्दाका उन्नाइसवटा विपाक • मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी अति नै दु:ख कष्ट भोग गर्नुपर्नेछ । • नरकबाट मुक्त भएर मनुष्य जन्म लिन पाए पनि अङ्ग-प्रत्यङ्गहीन भई जन्म लिनुपर्नेछ । • सुन्दर रुप नभई विरुप भई जन्म लिनुपर्नेछ । • हात, खुट्टा टेढो भई दुर्बल भई जन्म लिनुपर्छ । • खुट्टाको औंलाको टुप्पामा कुष्ठरोग सहित जन्म लिनुपर्नेछ । • जसजसले देख्छ-त्यसत्यसले प्रत्येक देखाइमा रीसले देख्नेछ । • नरम शान्त स्वभाव भन्ने हुँदैन । • रुप लक्षणको नभएर अलक्षणको हुनेछ । • सभाको बीचमा शूरु नभएर काथर हुनेछ । • बोल्ने बेला स्पष्ट कुरा गर्ना नसक्नाले थुप्रै मान्छेले गिज्याउनेछन् । • बल शक्तिहीन हुनेछ । • लाटाले जस्तो कुरा गर्नेछ । • दाजु-भाई, इष्ट-मित्र परिवारहरु नाश भई एक्लो दु:खी जीवन बिताउनुपर्नेछ । • आफूलाई फाइदा हुने काम खोज्न जाँडा अलसी लाग्नेछ । • दु:खपूर्वक धनधान्य अन्न अलिकति संचय गरिराखेको पनि परजनहरुले ठगी वा खोसी खाइदिनेछन् । • अरुको छ: प्रकारको प्रयोगद्धारा मरण हुनेछ । • आफ्ना अति नै प्रिय भइराखेका स्वास्नी र छोरा-छोरीहरुसंग अलग भइ बस्नुपर्नेछ । • आमाको गर्भमै बसी मरण हुनुपर्नेछ । • जन्म भएको नौ दश वर्षभित्रमा मरण हुनुपर्नेछ । परधन चोरिँदाका सातवटा विपाक • मरेपछि नरक, प्रेत, तिर्यक र असुर अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी ठूलो दु:ख कष्ट भोग्नुपर्नेछ । • मनुष्य भएर जन्मँदा पनि दरिद्र दु:खी भई बस्नुपर्नेछ । • अति नै दु:ख कष्ट भोगी दुई चार पैसा कमाइराखेको धन पनि स्थिर हुँदैन । • दुई चार पैसा पनि अति नै दु:ख कष्ट भोगेर मात्र प्राप्त गर्न सकिनेछ । • राजा, पानी, आगो, चोर र शत्रुबाट भय उत्पन्न हुनेछ । • संसारमा जातमध्ये नीच जात भएका कुलमा जन्म लिई दु:ख कष्ट भोग्नुपर्नेछ । • खाने, पिउने केही नभई भिखारी बनी भिक्षा मागी खानुपर्नेछ । व्यभिचार गर्दाका सातवटा विपाक • मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी धेरै समयसम्म ठूलो दु:ख भोग्नुपर्नेछ । • धेरै प्राणीहरुका शत्रु भई बस्नुपर्नेछ । • धेरै मानिसहरुबाट मन नपराई अप्रिय भई बस्नुपर्नेछ । • परजनहरुबाट खाने, पिउने, लाउने नपाई त्यसै बस्नुपर्नेछ । • सुखपूर्वक सुत्न पाइनेछैन । • सुखपूर्वक उठ्न पाइनेछैन । • नपुंसक भई जन्म लिनुपर्नेछ । असत्य कुरा गर्दाका सातवटा विपाक • मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी अति नै दु:ख कष्ट भोग्नुपर्नेछ । • नरकबाट मुक्त भई मनुष्य भई जन्मेता पनि नीच कुलमा जन्म भई विरुप हुनुपर्नेछ । • लाटो बक नफुट्ने भई जन्म लिनुपर्नेछ । • दाँतको पंक्ति बाङ्गो टिङ्गो परी प्रष्टरुपमा कुरा गर्न नसकिने हुनेछ । • शरीर अति मोटो तथा अति पातलो अथवा अति भद्दा र पुड्को भई जन्म लिनुपर्नेछ । • अति नै दुर्गन्धित शरीर हुनेछ । • आफूले गरेको पराजनहरुद्धारा सुन्नमा मन लगाइने छैन । सुरापन गर्दाका बीसवटा विपाक • मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी ठूलो दु:ख कष्ट भोग्नुपर्नेछ । • नरकबाट मुक्त भई मनुष्यलोकमा जन्म हुन आएतापनि हेतुफललाई केही नबुझी ज्ञानबुद्धिहीन भई जन्मनुपर्नेछ । • ज्ञान बुद्धि नभएका मूर्खहरुसँग सत्संगत गर्नुपर्नेछ । • सधैं स्मृति विहीन भई बस्नुपर्नेछ । • सधैं अलसी भई बस्नुपर्नेछ । • सधैं मूर्ख बदमास भई बस्नुपर्नेछ । • जहाँ जहाँ जन्म हुन्छ त्यहाँ त्यहाँ बहुलाउनुपर्नेछ । • समाधि नभएको (चित्तस्थिर नभएको) भई मनुष्यगति नाश भई बस्नुपर्नेछ । • अति द्धेषी र अति क्रोधी भई जन्मनुपर्नेछ । • हात खुट्टा शरीर सुन्निएर अति नै गह्रौं शरीर भई बस्नुपर्नेछ । • राजा, पानी, आगो, चोर र शत्रुबाट भयभीत भई बस्नुपर्नेछ । • बांगो मन, ईर्ष्यालु चित्त भई जन्मनुपर्नेछ । • असत्य कुरा गर्ने हुनेछ । • अरुलाई चुग्ली गर्ने हुनेछ । • परउपकारलाई नचिन्ने हुनेछ । • दान गर्न नजान्ने, शील पालन गर्न नजान्ने भई जन्मनुपर्नेछ । • पाप गर्नमा लज्जा नभएको र पापदेखि नडराउने हुनेछ । • सम्यक् मार्ग नदेखी मिथ्यादृष्टिक हुनेछ । • उपकार हुने काममा बुद्धि भ्रष्ट भई बस्नुपर्नेछ । • दुष्ट र नीच कर्म गर्ने हुनेछ ।

Saturday, July 28, 2012

केहि लाभदायक घरेलु उपायहरु

पारीजात (हरसिंगार) को गुण पनि सुंदर सायटिकामा लाभदायक पारिजात पारिजात जसलाई हरसिंगार पनि भनिन्छ , यो एक सुन्दर रुख हुन्छ, जस्मा सुन्दर र सुगन्धित फूल फूल्छन्। यस्को फूल, पात र बोक्राको उपयोग औषधि को रुपमा गरिन्छ । यो नेपाल भारत पहाडी क्षेत्रमा पाईन्छ । परिचय : यो 10 देखि 15 फीट अग्लो र कहीं 25-30 फीट अग्लो रुख हुन्छ यो खासगरेर-बगैचामा सुन्दर देखिन्छ। विशेषकर तराई तिर पनि पाईन्छ। यस्को फूल अति सुगन्धित र सुन्दर हुन्छ जो राती फुल्छ र बिहान ओईलाउंछ। नेपालमा यस फुललाई रातरानी फूल पनि भन्ने चलन छ । यसको मगमग वासनाले मनै प्रशन्न हुन्छ । यसलाई भाषा यसरी भनिन्छ : संस्कृत- पारिजात, शेफालिका। हिन्दी- हरसिंगार, परजा, पारिजात। मराठी- पारिजातक। गुजराती- हरशणगार। बंगाली- शेफालिका, शिउली। उर्दू- गुलजाफरी। इंग्लिश- night jasmine । लैटिन- निक्टेन्थिस आर्बोर्ट्रिस्टिस। गुण : यJ हलका,सुखा, तीतो, टर्रो, गरम, वात-कफनाशक, ज्वार नाशक, मृदु विरेचक, शामक, उष्णीय र रक्तशोधक हुन्छ। सायटिका रोगलाई निर्मूल गर्ने यसमा विशेष गुण छ । रासायनिक संघटन : यस्को फूलमा सुगंधित तेल हुन्छ । रंगीन पुष्प नलिका मां Niktenthine नामक रंग द्रव्य ग्लूकोसाइड को रूप मां 0.1% हुन्छ जो केसरमा स्थित ए-क्रोसेटिन को सदृश्य हुन्छ । बीज मज्जा बाट 12-16% पँहेलो खैरो रंगको स्थिर तेल निस्कन्छ । पातमा टैनिक एसिड, मेथिलसेलिसिलेट, एक ग्लाइकोसाइड (1%), मैनिटाल (1.3%), एक राल (1.2%), केहि उड़नशील तेल, विटामिन सी र ए पाईन्छ। बोक्रामा एक ग्लाइकोसाइड र दुई क्षाराभ हुन्छ । उपयोग : यस रुखको पात र बोक्रा विशेष रूपले उपयोगी हुन्छ। यसको पातको सबैभन्दा राम्रो उपयोग गृध्रसी (सायटिका) रोगलाई भगाउन प्रयोग गरिन्छ। गृध्रसी (सायटिका) : पारीजातको पात २५० ग्राम पात सफाः गरेर एक लीटर पानीमा उमाल्ने । जब पानी लगभग 700 मिली बच्छ तब उतारेर चीस्याउने र छान्ने, पात फालिदिने र 1-2 रत्ती केसर घोंटेर यस पानीमा घोल्ने। यस पानीलाई दुईटा बोतलमा भरेर दैनिक बिहान बेलुका एक कप मात्रामा पिउनाले लाभ हुन्छ । यस्तो चार बोतल पीउंदा सम्म सायटिका रोग जड़ैबाट निर्मूल हुन्छ । कसै कसैलाई चाँडै नै फाईदा हुन्छ तैपनि पूरै चार बोतल पीउनु राम्रो हो । यस प्रयोगमा एककुरा ध्यान राखौं कि वसन्त ऋतुमा यो पात गुणहीन हुन्छ त्यसैले यो प्रयोग वसन्त ऋतु मा लाभ छैन । मधुमेह दमन चूर्ण दौड़-धूप भरी दिनचर्या, मानिसक तनावको दबाव, अनुचित र अनियमित ढंगले आहार-विहार गर्नु, शारीरिक व्यायाम, खेलकूद या योगासन आदि न गर्नु आदि कारणहरुको अतिरिक्त केहि अज्ञात कारण पनि छ जो मधुमेह यानी डायबिटीज रोग जन्मिन्छ । वंशानुगत कारणले पनि यो रोग जन्मिन्छ । रगतमा चीनीको मात्रा धेरै हुनु र मूत्रमा चीनी हुनु 'मधुमेह' रोग हुनु हुन्छ । यहाँ मधुमेह रोगलाई नियन्त्रित गर्ने परीक्षित र प्रभावकारी घरेलू चिकित्सामा सेवन गर्ने योग्य आयुर्वेदिक योग 'मधुमेह दमन चूर्ण' को परिचय प्रस्तुत गर्ने जमर्को गरेकोछ । घटक द्रव्य - नीमको सुकेको पात 20 ग्राम, ग़ुडमार 80 ग्राम, बिनोलेको मींगी 40 ग्राम, जामुनको गेडाको गुदी को मींगी 40 ग्राम, बेलको सुकेको पात 60 ग्राम। बबनाउने विधि - सबै द्रव्यहरुलाई कुटेर पिसेर मिसाउने र यस मिश्रणलाई ३ पटक छानेर एकै बनाउने। शीशीमा भरेर राख्ने । मात्रा र सेवन विधि - आधा-आधा चम्मच चूर्ण, चीसो पानीको साथमा बिहान बेलुका खाने । लाभ - यो योग मूत्र र रगतमा चीनीलाई नियन्त्रित गर्छ । यसको प्रभाव अग्न्याशय र यकृतको विकारहरु नष्ट गरिदिन्छ । यसको सेवन गरेर मधुमेह रोगलाई नियन्त्रित गर्न सकिन्छ । यसको साथमा वसन्त कुसुमाकर रसको 1 गोली प्रतिदिन लिनाले यो रोग निश्चित रूपले नियन्त्रित हुन्छ । यो योग यसै नामलेले उपलव्ध हुन्छ । म पनि मधुमेहको रोगीहुं मैले कुनै औषधी सेवन नगरेर पनि नियन्त्रण गर्न सफल भएकोछु भनेमा कुनै अत्युक्ती नहोला । बिहान एक छाक भात दाल तरकारी चीनीको चिया पटक्कै नखाने र साझको खाना गहुंको रोटी वा गहुंको दलीया खाने गर्दछु । प्राणायाम र व्यायाम गरेको भए अझै राम्रो हुनेथियो । व्यायामको रुपमा मैले दैनिक ५ किमी जति साईकल चलाउंछु । साभार वेभदुनीयाँ बाट अनुवाद जीवनकुमार शाक्य

Tuesday, July 24, 2012

वैज्ञानिकहरुले हाम्रो आकाश गंगालाई 88 तारामण्डल (राशिहरु)मा बाँडेको छ

वैज्ञानिकहरुले हाम्रो आकाश गंगालाई 88 तारामण्डल (राशिहरु)मा बाँडेको छ र वेदहरुले 27 नक्षत्रहरुमा। सम्पूर्ण 88 राशिहरुको धर्तीमार प्रकाश पर्छ, जस्ले धर्रतीमा अलिकति भएपनि तर सहीमार परिवर्तन अवश्य हुन्छ । यि ८८ मध्यमा पनि २२ यस्तो राशिहरुछन जस्लाई १२ महिनामा स्थान पाएकोछ, अर्थात् उक्त राशिहरु निम्न समय मा धर्तीमाथिबाट हिंडछ त निश्चित नै त्यस समयमा जन्म लिने व्यक्तिको राशि त्यहि नै हुनुपर्छ ? यहां प्रस्तुत छ जापान र पश्चिमी जगतमा प्रचलित २२ राशिहरुको परिचय। आफ्नो परिस्थिति लाई मिलाएर हेरौं कत्तिको बैज्ञानिक पद्ती छ । १. इगल (Eagle): 14 जनवरी देखि२८ जनवरी सम्म। २. डॉल्फिन (Dolphin) : २९ जनवरी देखि ८फरवरी सम्म। ३. हाँस : ९ फरवरी देखि २९ फरवरी सम्म। ४. नदी (River) : १ मार्च देखि १२ मार्च र १० अप्रैल देखि १८ अप्रैल, ९ मई देखि १५मईको बीच । ५. काव्य उमंग (Pegasus) : १३ मार्च देखि १ अप्रैल। 6. एंड्रोमेडा (Andromeda) एक जापानी वृक्षको नाम : २ अप्रैल देखि ९ अप्रैल, १९ अप्रैल देखि८ मई। ७. पेर्सेउस (Perseus) एक ग्रीक देवताको नाम : 16 मई देखि 31 मई सम्म। ८. मृग नक्षत्र (Orion): 1 जून देखि 7 जून र 17 जून देखि 27 जूनको बीच। 9. सारथी (Charioteer) : 8 जून देखि 16 जून। १० कुकूर(Dogs) : 28 जून देखि7 जुलाई र 18 जुलाई 25 जुलाई सम्म। ११. आर्गनॉट (घोंघा) को पोत (Ship of the Argonauts) : 8 जुलाई देखि 17 जुलाई सम्म र 22 सेप्टेम्बर देखि 28 सेप्टेम्बर सम्म । १२. सपक्ष सर्प (The Dragon): 26 जुलाई देखि 7 अगस्त सम्म र 17 दिसंबर देखि23 दिसंबर सम्म। १३. सप्तऋषि (The Great Bear) : 8 अगस्त देखि 15 अगस्त 25 अगस्त देखि 10 सेप्टेम्बर सम्म । १४. समुद्र नाग (The Sea Serpent or Hydra) : 16 अगस्त देखि 23 अगस्त सम्म । १५. प्याला (The Cup) : 11 सेप्टेम्बर देखि 21 सम्म। १६. कालो कौवा(The Raven, Corvus) : 29 सेप्टेम्बर देखि 11 अक्टूबर सम्म । १७. रक्षक भालू (The Bear Keeper, Bootes, Herdsman) : 12 अक्टूबर देखि 26 अक्टूबर सम्म। १८. मुकुट (The Crown of the North Wind, Borealis) : 27 अक्टूबर देखि 10 नवेम्बर सम्म । १९. सांप (Serpent) : 11 नवेम्बर देखि 19 नवेम्बर र 24 दिसेंम्बर देखि 28 दिसेंम्बर सम्म। २०. बुद्धिमान किन्नर (The Wise Centaur) : 20 नवेम्बर देखि 5 दिसेंम्बर सम्म । २१. सर्पधर (Ophiuchus) : 6 दिसेंम्बर देखि 16 दिसंबर सम्म। २२. वीणा (The Lyre of Orpheus or Lyra): 29 दिसेम्बर देखि 13 जनवरी।

2012 विशेष अर्थात ड्रागन वर्गको लागि बिशेष

चीनीया राशिफल को हिसाबले ड्रैगन राशिको लागि वर्ष 2012 विशेष होला भनिएकोछ । ड्रैगन एकमात्र यस्तो राशि हो जस्को पशु चित्र काल्पनिक हो। यो बर्ष वाटर ड्रैगनको बर्ष हो वाटर (जल) प्रकृतिको शक्तिशाली ऊर्जा स्रोतहरुमध्य एक हो। ड्रैगन सांस लिन आगोको ज्वाला फाल्छ यसै प्रकार यस राशिका स्वामीहरु तेजस्वी हुन्छन भनिन्छ तिनका वाणी अरुलाई दुखउन सक्छ । जसरी ड्रागनको सांस लिंदा आगोले हानी गर्छ । चीनीयाँ ज्योतिषी ड्रैगन राशिको व्यक्ति वाणी तेज हुन्छ । यस वर्षको शुरुआतमा आफैलाई क्रोधमा नियन्त्रण गर्नुपर्नेहुन्छ । यदि तपाईंले अरु सित सम्बन्ध राम्रो बनाए पनि तपाईबाट गरिएको कामले सह्राना पाईंदैन ।तपाईंले के भन्नुहुन्छ र कसरी बोल्नुहुन्छ यस्को प्रभाव व्यापक स्तरमा हुन्छ । पूर्वी दर्शनमा ड्रैगनलाई दैवीय शक्तिको संकेत मानिन्छ जबकि पश्चिमी दर्शनमा यसलाई दानव मान्छन। पूर्वमा ड्रैगनलाई सौभाग्यको सूचक मानिन्छ । बौद्धहरु यसलाई अवलोकितेश्वरको रुपमा पनि मानिन्छ अत्यंत सुंदर प्राणी हो जो नियममा चल्दैन । यस राशिका स्वामी अर्थात व्यक्ती हरेक स्थानमा आदरका पात्र हुन्छन। यस राशिकाहरु प्रमुख लक्षण हुंन यिनको बहादुरी, आत्मविश्वास, रचनात्मकता र नेतृत्व क्षमता। यस राशिकाहरु इन्जीनियर, आर्किटेक्ट, वकील, ब्रोकर, कंप्यूटर एनालिस्ट, एडवर्टाइजिंग एजेंट र आविष्कारकको रूपमा सफल हुन्छन् । हरीयो र नीलो रङ्ग यस राशिका मान्छे का लागि शुभ हुन्। यदि तपाई तथा साथीको जन्म निम्नलिखित तिथिहरुमा भएकोभए ड्रैगन राशिको हुन्छ अर्थात ड्रागन वर्ग : 16 फरवरी, 1904 - 3 फरवरी, 1905 : वुड ड्रैगन 3 फरवरी, 1916 - 22 जनवरी, 1917 : फायर ड्रैगन 23 जनवरी, 1928 - 9 फरवरी, 1929 : अर्थ ड्रैगन 8 फरवरी, 1940 - 26 जनवरी, 1941 : मेटल ड्रैगन 27 जनवरी, 1952 - 13 फरवरी, 1953 : वाटर ड्रैगन 13 फरवरी, 1964 - 1 फरवरी, 1965 : वुड ड्रैगन 31 जनवरी, 1976 - 17 फरवरी, 1977 : फायर ड्रैगन 17 फरवरी, 1988 - 5 फरवरी, 1989 : अर्थ ड्रैगन 1 जनवरी, 2000 - 23 जनवरी, 2001 : मेटल ड्रैगन 23 जनवरी, 2012 - 9 फरवरी, 2013 : मेटल ड्रैगन 23 जनवरी, 2012 - 9 फरवरी, 2013 : वाटर ड्रैगन 10 फरवरी, 2024 - 28 जनवरी, 2025 : वुड ड्रैगन ।

Saturday, July 21, 2012

डा. भिमराव अम्बेडकरको महान प्रतिज्ञा

विशाल भारतको सम्बिधानका निर्माता डा.भिमराव अम्बेडकरले हिन्दु धर्ममा रहेको कुरिति अन्धविश्वास जातपातिको पक्षपाती उंचनिचको भावनाले ग्रस्त भएको अवस्थामा एकठूलो समूहलाई लिएर बुद्ध धर्म प्रति समर्पित हुंदा हलचल मच्चीएकोथियो । डा. भिमराव अम्बेडकरले दीक्षा भूमि, नागपुर, भारतमा ऐतिहासिक बौद्ध धर्मंमा परिवर्तनको अवसर मा,१५ अक्टूबर १९५६ मा आफ्नो अनुयायिहरु साथमा २२ प्रतिज्ञाहरु निर्धारित गरे।८लाख मान्छेहरु बौद्ध धर्ममा रूपान्तरण ऐतिहासिक थियो किनकि यो विश्वको सबै भन्दा ठूलो धार्मिक रूपांतरण थियो। उन्ले यि शपथहरुलाई निर्धारित गरे ताकि हिन्दू धर्मको बन्धनहरुलाई पूरै पृथक गर्न सकियोस। यि २२ प्रतिज्ञाहरु हिन्दू मान्यताहरु र पद्धतिहरुको जड़मा गहीरो आघात गर्दछ । यो एक सेतुको रूपमा बौद्ध धर्मंको हिन्दू धर्ममा व्याप्त भ्रम र विरोधाभासहरुबाट रक्षा गर्नमा सहायक हुनसक्छ ।यि प्रतिज्ञाहरु हिन्दू धर्म,जसमा केवल हिंदुहरुको तथाकथित माथिल्लो जातिको सम्वर्धनको लागि मार्ग प्रशस्त गरीएको मा व्याप्त अंधविश्वासहरु, व्यर्थ र अर्थहीन संस्कारबाट धर्मान्तरित हुंदै गरेको समय स्वतंत्र हुन सकिन्छ। प्रसिद्ध २२ प्रतिज्ञाहरु निम्न छन्: १ मैले ब्रह्मा, विष्णु र महेशमा कुनै विश्वास गर्दीन र न त मैले तिनिहरुको पूजा नै गर्छु । २ मैले राम र कृष्ण, जो भगवानको अवतार मानिन्छ, मैले कुनै आस्था राख्दीन र न त मैले तिनिहरुको पूजानै गर्छु । ३ म गौरी, गणपति र हिन्दुहरुको अन्य देवी-देवताहरुमा आस्था राख्दीन र न त तिनिहरुको मैले पूजा गर्छु । ४ मैले भगवानको अवतारमा विश्वास गर्दीन । ५ मैले यो मान्दीन र न कहिल्यै मान्न्छु कि भगवान बुद्ध विष्णुको अवतार थिए भनेर । मैले यसलाई पागलपन र झूठो प्रचार-प्रसार मात्र मान्छु । ६ मैले श्रद्धा (श्राद्ध) मा सहभागि हुंदिन र न त नै दान दिन्छु । ७ मैले बुद्धको सिद्धान्तहरु र उपदेशहरुको उल्लंघन गर्नेहरुको जस्तो कार्य गर्दीन । ८ मैले ब्राह्मणहरु द्वारा निष्पादित हुने कुनैपनि समारोहलाई स्विकार गर्दीन । ९ मैले मनुष्यको समानतामा विश्वास गर्छु । १० मैले समानता स्थापित गर्ने प्रयत्न गर्छु । ११ मैले बुद्धको आष्टांङ्गिक मार्गको अनुशरण गर्छु । १२ मैले बुद्धद्वारा निर्धारित पारमिताहरुको पालन गर्छु । १३ मैले सबै जीवित प्राणिहरु प्रति प्रति दया र प्रेम दयालुता राख्छु तथा तिनिहरुको रक्षा गर्छु । १४ मैले चोरी गर्दीन । १५ मैले झूठो बोल्दीन । १६ मैले कामुक पापहरु गर्दीन । १७ मैले रक्सी, मदिराजन्य मादक पदार्थहरु सेवन गर्दीन । १८ मैले महान आष्टांगिक मार्गको पालनको प्रयास गर्छु एवं सहानुभूति र प्रेमपूर्ण दयालुताको दैनिक जीवनमा अभ्यास गर्छु । १९ मैले हिंदू धर्म त्याग गर्छु जो मानवताको लागि हानिकारक छ र उन्नति र मानवताको विकास मा बाधक हो कनकि यो असमानतामा आधारित छ, र स्व-धर्मंको रूपमा बौद्ध धर्मलाई अपनाउंछु। २० मैले दृढ़ताको साथ यो विश्वास गर्छु कि बुद्धको धम्म नै सांचो धर्म हो । २१ मलाई विश्वास छ कि मैले फेरिबाट जन्म लिईरहेकोछु (यस धर्म परिवर्तनबाट). २२ मैले गंभीरता एवम् दृढ़ताको साथ घोषिणा गर्दछु कि मैले यस्को (धर्म परिवर्तन के) पछि आफ्नो जीवनको बुद्धको सिद्धान्तहरु र शिक्षाहरु एवम् उन्को धम्मको अनुसार मार्गदर्शन गर्छु । सन्दर् सामग्रि ईन्टरनेट वेभदुनियाँ हिन्दीबाट अनुवाद

Wednesday, July 18, 2012

कुन बर्षमा जन्म भएको हो वर्ग थाहापाउने

महायान बौद्ध संस्कार पद्दती अनुसार कुन बर्षमा जन्म भएको हो त्यहि अनुसार जनावर अनुसार वर्ग छुट्टीएको हुन्छ बर्षको १२ महिना भए झैं १२ वर्ग पछि पुनः त्यहि वर्गबाट सुरु हुन्छ । वर्गमा जनावरको चरित्र अनुसार त्यो बर्षमा जन्मीएको व्यक्ति त्यस जनावरको चरित्र सित अधिकान्श मेल खान्छ । जस्तै वर्गको नाम यस प्रकार रहेकोछ । १चरा, २कुकुर, ३बनेल, ४मुसा, ५गोरु, ६बाघ, ७खरायो, ८ड्रागन, ९सर्प, १०घोडा, ११भेडा र १२बाँदर । वर्गको नाम जन्म साल चरा २ फाल्गुण २००१ देखि २० फाल्गुण २००२ सम्म कुकुर २१ फाल्गुण २००२ देखि ९ फाल्गुण २००३ सम्म बनेल १० फाल्गुण २००३ देखि २७ माघ २००४ सम्म मुसा २८ माघ, २००४ देखि १६ फाल्गुण २००५ सम्म गोरु १७ फाल्गुण, २००५ देखि ५ फाल्गुण २००६ सम्म बाघ ६ फाल्गुण २००६ देखि २४ माघ २००७ सम्म खरायो २५ माघ २००७ देखि १३ फाल्गुण २००८ सम्म ड्रागन १४ फाल्गुण २००८ देखि २ फाल्गुण २००९ सम्म सर्प ३ फाल्गुण, २००९ देखि २१ माघ २०१० सम्म घोडा २२ माघ २०१० देखि ११ फाल्गुण २०११ सम्म भेडा १२ फाल्गुण २०११ देखि २८ माघ २०१२ सम्म बाँदर २९ माघ २०१२ देखि १८ फाल्गुण २०१३ सम्म यसै अनुसार प्रत्येक बर्षको अन्तीम दिनको गणना अनुसार वर्ग परिवर्तन हुन्छ । जस्तैः१३औं बर्षमा चरा १९ फाल्गुण २०१३ देखि ७ फाल्गुण २०१४ सम्म गरि सालको कुकुर बनेल, मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा २४ औं बर्षमा बाँदर हुंदै जान्छ । यस प्रकार कसैको पनि जन्म साल अनुसार वर्ग पत्ता लगाउन सकिन्छ । यहि अनुसार मानिसको विचार सित मेल खाने र नखाने हुन जान्छ । चराको वर्ग अनुसार चराको चरित्र संगाल्ने खालको हुन्छ । जनावर अनुसारको चरित्र सित धेरै मेल खाएको स्पष्ट देखिन्छ । प्रत्येक मानिसको जनावर सित अनुन्यास्रित सम्बन्ध भएको स्पष्ट देखिन्छ । त्यसैले पनि बुढा पाकाहरु गाली गर्दा अधिकान्श जनावर कै संज्ञा दिएको पाईन्छ । बर्गहरूको बर्ष तालिका (ईश्वी संबत) खाम खरायो February 7, 1951 to February 25 , 1952 ड्रागन February 26, 1952 to February 13, 1953 सर्प February 14, 1953 to February 3, 1954 घोडा February 4, 1954 to February 22, 1955 भेडा February 23, 1955 to February 11, 1956 बाँदर February 12, 1956 to March 1, 1957 चरा March 2, 1957 to February 18, 1958 अग्नि कुकुर February 19, 1958 to February 7, 1959 माटो बनेल February 8, 1959 to February 26, 1960 माटो मुसा February 27, 1960 to February 15, 1961 फलाम गोरु February 16, 1961 to February 4, 1962 फलाम बाघ February 5, 1962 to February 23, 1963 जल यसै अनुसार १२ बर्षमा पुन त्यहि वर्गमा फर्किने भएको हुंदा त्यसै अनुसारवर्ग पत्ता लगाउन सकिन्छ । यस अनुसार २४औं बर्षमा खरायो २५औं बर्षमा ड्रागन कति औं बर्षमा फेरि खरायो February 28, 1987 to February 17, 1988 आयो । यसै अनुसार वर्ग निकाल्न सकिन्छ । एकपटक प्रयास गरेर हेरौं त ।

Friday, July 13, 2012

तपस्वी बम्जनको सुरक्षा माग Friday, 13 July 2012 14:34 नागरिकबाट साभार काठमाडौं, असार २९ (नागरिक)- विभिन्न जातीय तथा धार्मिक संघ संस्थाहरुले बाराको हलखोरिया जंगलमा लामो समय तपस्या गरेका तपस्वी रामबहादुर बम्जनको सुरक्षाको माग गरेका छन्। उनीहरुले बम्जनको तपस्या भंग नहुने गरी उनलाई सुरक्षा दिन पनि सरकारसँग माग गरेका छन्। बोधि श्रवण धर्म संघ, नेपाल तामाङ घेदुङ, उर्गेनछ्योइलिङ गुम्बा, कर्मसम्तेलिङ गुम्बा, विश्व शान्ति महाबौद्ध गुम्बा र नेपाल आदीबासी जनजाती महासंघले आज राजधानीमा पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन्। उनीहरुले बमजनले तपस्या गरेको हलखोरिया जंगलमा निर्माण भएका गुम्बा लगायतका धार्मिक संरचना भत्काएको घटना अन्तरिम संविधानको धर्मनिरपेक्षताको भावना विपरित, अन्तर्राष्ट्रिय श्रम संगठन महासंन्धी १६९ र संयूक्त राष्ट्र संघको घोषणा विपरित रहेको भन्दै त्यसको घोर भर्त्सना समेत गरेका छन्। उनीहरुले बम्रजनको सुरक्षासहित, भत्काइएका पुर्नसंरचना पुर्ननिर्माण गर्नु पर्ने, धार्मिक संरचना भत्काउनेमाथि कारवाही गर्नु पर्ने, तपस्वीको आय ब्ययको हिसाबकिताब समिति बनाई छानविन गर्नु पर्ने, हलखोरिया वनलाई धार्मिक बन घोषणा गरी विश्वसम्पदा सूचिमा सूचिकरण गर्नु पर्ने, बमजनका अनुयायी र भक्तजनहरुमाथि लगाएको बन फडानीको झुठा मुद्दा खारेज गर्नु पर्ने लगायतका माग पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ। तपस्वी बमजन हलखोरिया जंगल छाडेर सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थीत जनकल्याण सामूदायिक बनमा सरेको विषयलाई अतिरञ्जित रुपमा प्रचार गरिएकोमा आपत्ति प्रकट गर्दै ती संगठनहरुले शान्त स्थानको खोजीमा बम्जन सरेको समेत स्पष्ट पारेका छन्।

दृष्टिबिहिन हेरबिचार केन्द्र को बिधान(२०६७

Blind Care Center प्रस्तावना मानिस जन्मेपछी उस्ले सुन्दर संसार देख्न चाहन्छ र स्वतन्त्र भई समान महत्व र अधिकार सम्पन्न हुने अभिलाषा राख्दछ । अपाङ्ग मध्य बिशेष गरि दृष्टिबिहिनहरु अझै सम्बेदनशील हुन्छन् यिनिहरुको पनि स्वतन्त्र र अधिकारका स्वामी हुन्छन् र यस्ता व्यक्ती हरु समाजमा आत्मनिर्भर भई बांच्न चाहन्छन् । हाम्रो समाज दृष्टिबिहिनहरुलाई हेयको दृष्टिले हेर्ने मानसकिता रहेकोछ । दृष्टिबिहिनहरुलाई दयाको भन्दा स्यानो सहयोगको आवश्यकता पर्दछ तिनिहरुको स्वाभिमान र् इच्छालाई देशको सबांङ्गीण् विकासको लागि शैक्षिक सिप अभिबृद्धी गर्दै सामुहिक रुपमा बसोवास गरि सामुदायिक विकासको भावनालाई बलीयो गरी -क) दृष्टि बिहिनताहरुको सहयोगको ब्रेल लिपीबाट निःशुल्क तथा सशुल्क शिक्षा,स्वास्थ्य,सिप तथा सामुहिक आवासको प्रबर्द्धन गर्ने । -ख) दृष्टिविहिनताहरुको तथ्यांक संकलन गरि प्रबन्धन गरि सरकारलाई विकास निर्माणमा सहयोग गर्ने । -ग) र् इच्छुक ब्रेल लिपी सिक्न चाहने सबैलाई तालीमको व्यवस्था मिलाउने वा संचालन गर्ने । -घ) उच्च शिक्षा हांसिल गर्ने तथा कलाकार दृष्टिबिहिनलाई आवश्यक सहयोग उपलव्ध गराउने र सम्मान गर्ने । परिच्छेद १ प्रारम्भ १. संस्थाको नामः यस संस्थाको नाम दृष्टिबिहिन हेरविचार केन्द्र हुनेछ । क) यस संस्थाको कार्यालय रहने ठेगानाः यस संस्थाको कार्यालय सुर्खेत जिल्ला वीरेन्द्रनगर नगर पालिका वडा न ६मा रहनेछ । आवश्यकता अनुसार स्थानीय अधिकारीको स्विकृतिमा अन्य जिल्लाहरुमा पनि शाखा कार्यालय तथा सम्पर्क कार्यालय खोल्न पनि सकिनेछ । ख) संस्थाको कार्यक्षेत्रः यस संस्थाको कार्यक्षेत्र हाल सुर्खेत जिल्ला भरी हुनेछ वीरेन्द्रनगर नगर पालिका हुनेछ । आवश्यकता अनुसार स्थानीय अधिकारीको स्विकृतिमा अन्य जिल्लाहरुमा पनि विस्तार गर्न सकिनेछ । २. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा -क) "विधान" भन्नाले दृष्टिविहीन हेरविचार केन्द्रको बिधान २०६७ लाईे जनाउनेछ । -ख) "संस्था" भन्नाले दृष्टिविहीन हेरविचार केन्द्र जनाउनेछ । -ग) "दृष्टिविहिन "भन्नाले चच्छुइन्द्रिय निस्कृय,अल्प दृष्टि ,मानसकि सुष्तताका साथमा दृष्टिविहिनतालाई जनाउनेछ । -घ) "असहाय दृष्टिविहिन"भन्नाले दृष्टिविहिन भएका कारणले परिवार तथा समाजबाट अपहेलित तथा सबै अवसरबाट बन्चित हुनु परेको शैक्षिक,आवास तथा स्वास्थ्य सेवाबाट बन्चित मगन्ते जीवन बिताउनुपर्ने अवस्था भएको दृष्टिविहिन भएपनि संगीत तथा गायन कला भएका तर अवसरबाट बन्चित भई विचलित भएका व्यक्ति ,अल्पदृष्टि भई शैक्षिक सुबिधाबाट बन्चित अवस्था लाई जनाउनेछ । ङ)"कार्य समिति "भन्नाले यस बिधान बमोजिम गठन भएको दृष्टिविहिन हेरविचार केन्द जिल्ला स्तरीय र स्थानीय स्तरको कार्य समितिलाई समेत जनाउनेछ । च)"नियमावली" भन्नाले यस संस्थाले आफ्नो कार्य सम्पादन व्यवस्थित गर्नको निमित्त विधानको अधिनमा रहि कार्यान्वयन र् गर्नको लागि बनाईएको नियमावली तथा निर्देशिकालाई जनाउंदछ । छ)"ऐन" भन्नाले संस्था दर्त्ता ऐन २०३४ लाई जनाउनेछ । ज) "स्थानीयअधिकारी" भन्नाले प्रमुख जिल्ला अधिकारीलाई जनाउनेछ । झ) "पदाधिकारी" भन्नाले कार्य समितिका अध्यक्ष,उपाध्यक्ष,सचिव,सह सचिव,कोषाध्यक्ष,सदस्यहरु तथा सल्लाहकार समेतलाई सम्झनुपर्दछ । परिच्छेद २ उद्देश्य ४. संस्थाको उद्देश्यः यस संस्थाको उद्देश्य देहाय बमोजिमको हुनेछ र यो संस्था गैरराजनितिक मुनाफा रहित जनहितकारी संस्था हुनेछ । -क) दृष्टिबिहिनहरुलाई ब्रेल लिपीबाट निःशुल्क तथा सशुल्क शिक्षा,स्वास्थ्य,सिप तथा सामुहिक आवासको पर््रबर्द्धन गर्ने । -ख) दृष्टिबिहिनहरुको तथ्यांक संकलन गरि प्रबर्न्द्धन गरि सरकारलाई विकास निर्माणमा सहयोग गर्ने । -ग) र् इच्छुक ब्रेल लिपी सिक्न चाहने सबैलाई तालीमको व्यवस्था मिलाउने वा संचालन गर्नेछ । -घ) उच्च शिक्षा हांसिल गर्ने तथा कलाकार दृष्टिबिहिनलाई आवश्यक सहयोग उपलव्ध गराउने र सम्मान गर्ने । ५ संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कामहरु ः यस संस्थाको उपरोक्त उद्देश्य प्राप्त गर्न देहायका कामहरु गर्नेछ । क) संस्थाले प्रचलित नेपाल कानून बमोजिम सम्बन्धीत निकायबाट अनुमति वा इजाजत प्राप्त गरी मात्र उपरोक्त उद्देश्य कार्यान्वयन गर्नेछ । ख) संस्थालाई आवश्यक पर्ने घर जग्गा खरिद गर्ने भवन निर्माण गर्ने वा भाडामा वा लिजमा लिने छ र कम्प्युटर टेलिफोन,फ्याक्स जस्ता कार्यालय सामान तथा सवारी साधन खरिद गर्ने छ वा भाडामा लिई प्रयोग गर्नेछ । ग) संस्थालाई आवश्यक पर्ने कर्मचारी नियूक्त गर्ने तथा तिनको सेवाका र्सतहरु निर्धारण गर्नेछ । घ) संस्थामा प्राप्त रकम बैंकमा जम्मा गरी बैंक खाता संचालन गर्नेछ । उपर्युक्त मुख्य उद्देश्य पूरा गर्नका लागि आवधिक योजना तर्जुमा गरि दातृ संस्थाहरु देश भित्रका बिभिन्न संस्थाहरु सित नेर्टवर्क कायम गर्ने र आत्मनिर्भर हुने खालका कार्यक्रमहरु संचालन गर्ने । परिच्छेद ३ सदस्यता ६. सदस्यताको बर्गिकरण सदस्यताको बर्गिकरण निम्न बमोजिम हुनेछ । क) साधारण सदस्य ख) आजिवन सदस्य ग) मानार्थ सदस्य घ) सल्लाहकार सदस्य ७ . सदस्यता प्राप्तिको लागि आवश्यक योग्यताः सदस्यता प्राप्तिको लागि आवश्यक योग्यता निम्न बमोजिम हुनेछ । क) यस संस्थाको सदस्यता प्राप्त गर्न कुनैपनि नेपाली नागरिक दृष्टिबिहनि वा अल्प दृष्टिविहिनता व्यक्ति १६ बर्षपूरा गरेको नेपाली नागरिक । ख) ब्रेल लिपी तालीम प्राप्तर् इच्छुक स्वयम् सेवक भै सेवा गर्न सक्ने व्यक्ति । ग) दृष्टिबिहिनताको हितमा योगदान गर्ने व्यक्ति । ८ . संस्थाको सदस्य नियुक्ति हुन वा बहाल रहन नसक्ने अवस्थाः - १) देहायका कुनै व्यक्ति संस्थाको सदस्य पदमा नियुक्ति हुन सक्ने छैन । क) गैह्र नेपाली नागरिक । ख) १६ बर्षउमेर पूरा नगरेको । ग) मगज बिग्रेको वा बहुलाएको । घ) दामासाहीमा परेको । ङ) कुनै प्रकारको चोरी,ठगी,किर्ते वा जालसाझी गरेको वा आफ्नो जिम्माको धनमाल अनधिकृत तवरले मासेको वा दुरुपयोग गरेको वा भ्रष्टाचार गरेको अभियोगमा अदालतबाट कसुरदार ठहरी सजाय पाएको । च) सम्बन्धीत संस्थाको व्यवसायमा निजी स्वार्थ भएको । छ) सदस्यता शुल्क बुझाउन बांकी भएको । ज) दृष्टि भएको तर ब्रेललिपी तालीम नगरेको । ९ . देहाय अवस्थामा कुनै व्यक्ति संस्थाको सदस्यमा बहाल रहने छैन । क) दफा ८ को उप दफा -१) बमोजिम सदस्य पदमा नियुक्ती हुन नसक्ने भएमा । ख) साधारण सभाबाट ७५% को बहुमतले संस्थाको सदस्य पदबाट हटाउने प्रस्ताव पास गरेमा । ग) सदस्यले आफ्नो पदबाट दिएको राजिनामा स्वीकृत भएमा । घ) संस्थाको काम कबारवाहीमा बेइमानी वा बदनियत गरेको कुरा अदालतबाट प्रमाणित भएमा । ङ) यस बिधान बमोजिम संस्थाले गर्न नहुने भनी तोकिएको कुनै कार्य गरेमा । कुनै व्यक्तिलाई संस्थाको सदस्यमा नियुक्ती हुन वा बहाल रहन अयोग्य ठहराउनु भन्दा अघि संस्थाले निजलाई सो कुराको सूचना दिई सफाईको सवुद पेश गर्ने मौका दिनुपर्नेछ । १०. सदस्यता शुल्क र सदस्यता प्रदान गर्ने विधिः क) साधारण सदस्यताः यस संस्थाको सुबिधा प्राप्त गर्न वा काम गर्नर् इच्छुक दृष्टिहिनता व्यक्ति,ब्रेल लिपी तालीम प्राप्त अन्य व्यक्तिले प्रवेष शुल्क रु.१०। -दश)र बाषिर्क शुल्क रु.१२०। -एकसय बिस)समेत १३०।-एकसय तीस) बुझाएमा सदस्यता प्रदान गर्न सकिनेछ । सदस्यता नबिकरण बाषिर्क शुल्क ५०।- पचास मात्र लाग्नेछ । यस्ता सदस्यले अषाढ मसान्त सम्ममा नविकरण गरी सक्नु पर्नेछ । अन्यथा प्रतिमहिनाको रु.१०का दरले थप शुल्क लाग्नेछ । ख)आजिवन सदस्यताःयस संस्थाको आजिवन सदस्यता लिनर् इच्छुक कुनै पनि दृष्टिविहिनता व्यक्तिले रु.५२५। ब्रेललिपी तालीम प्राप्त वा यस संस्थालाई सहयोग गर्न चाहने कुनैपनि नेपाली नागरिकले रु.१०००। बुझाएर सदस्यता राप्त गर्न सक्नेछ । यस्ता सदस्यले नविकरण गर्नुपर्ने छैन । ग)मानार्थ सदस्यताः यस संस्थालाई वा दृष्टिबिहिनताको हितमा विशेष योगदान गर्ने स्वदेशी वा बिदेशी जुनसुकै यक्तिलाई कार्यसमितिको निर्णयानुसार मानार्थ सदस्यता प्रदान गरिनेछ । यस्ता सदस्यको कार्य समितिमा कुनै मताधिकार हुनेछैन । स्वेच्छाले जतिपनि आर्थिक भौतिक सहयोग गर्न सक्नेछन् । घ) सल्लाहकार सदस्यताःयस संस्थालाई आवश्यक सल्लाह सुझाव दिन सक्ने बढीमा ३ जना व्यक्तिलाई अध्यक्षले मनोनयन गर्न सक्नेछ । यस्ता सदस्यलाई कुनै शुल्क पनि लाग्नेछैन र कुनै मताधिकार पनि रहनेछैन । परिच्छेद ४ साधारण सभा तथा बैठक सम्बन्धी व्यवस्था ११. संस्थाको सभा बोलाउने तरिका र सभाका लागि दिनुपर्ने सूचना सम्बन्धी कुराहरु ः( १) यस संस्थाको साधारण सभा देहाय बमोजिम हुनेछ । -क) बाषिर्क साधारण सभा -ख) विशेष साधारण सभा २) यस संस्थाको प्रथम वाषिर्क साधारण सभा संस्था स्थापना भएको आ.व. समाप्त भएको मितिले दर्ुइ महिना भित्रमा गरिने छ र त्यस पछिका बाषिर्क सभाहरु पनि आर्थिक बर्षसमाप्त भएको मितिले दर्ुइ महिनाभित्र गरिनेछ । ३) यस संस्थाको बाषिर्क साधारण सभा गर्नका लागि कम्तीमा १५ दिन अगावै र विशेष साधारण सभा गर्नका लागि कम्तीमा ७ दिन अगावै सभा हुने ठाउं मिति र छलफल गर्न बिषय खोली सबै साधारण सदस्यलाई सूचना दिईनेछ ।

दृष्टिबिहिन हेरबिचार केन्द्र को बिधान (२०६७)

Blind Care Center प्रस्तावना मानिस जन्मेपछी उस्ले सुन्दर संसार देख्न चाहन्छ र स्वतन्त्र भई समान महत्व र अधिकार सम्पन्न हुने अभिलाषा राख्दछ । अपाङ्ग मध्य बिशेष गरि दृष्टिबिहिनहरु अझै सम्बेदनशील हुन्छन् यिनिहरुको पनि स्वतन्त्र र अधिकारका स्वामी हुन्छन् र यस्ता व्यक्ती हरु समाजमा आत्मनिर्भर भई बांच्न चाहन्छन् । हाम्रो समाज दृष्टिबिहिनहरुलाई हेयको दृष्टिले हर्ेर्ने मानसकिता रहेकोछ । दृष्टिबिहिनहरुलाई दयाको भन्दा स्यानो सहयोगको आवश्यकता पर्दछ तिनिहरुको स्वाभिमान र् इच्छालाई देशको सबांङ्गीण् विकासको लागि शैक्षिक सिप अभिबृद्धी गर्दै सामुहिक रुपमा बसोवास गरि सामुदायिक विकासको भावनालाई बलीयो गरी -क) दृष्टि बिहिनताहरुको सहयोगको ब्रेल लिपीबाट निःशुल्क तथा सशुल्क शिक्षा,स्वास्थ्य,सिप तथा सामुहिक आवासको प्रबर्द्धन गर्ने । -ख) दृष्टिविहिनताहरुको तथ्यांक संकलन गरि प्रबन्धन गरि सरकारलाई विकास निर्माणमा सहयोग गर्ने । -ग) र् इच्छुक ब्रेल लिपी सिक्न चाहने सबैलाई तालीमको व्यवस्था मिलाउने वा संचालन गर्ने । -घ) उच्च शिक्षा हांसिल गर्ने तथा कलाकार दृष्टिबिहिनलाई आवश्यक सहयोग उपलव्ध गराउने र सम्मान गर्ने । परिच्छेद १ प्रारम्भ १. संस्थाको नामः यस संस्थाको नाम दृष्टिबिहिन हेरविचार केन्द्र हुनेछ । क) यस संस्थाको कार्यालय रहने ठेगानाः यस संस्थाको कार्यालय सुर्खेत जिल्ला वीरेन्द्रनगर नगर पालिका वडा न ६मा रहनेछ । आवश्यकता अनुसार स्थानीय अधिकारीको स्विकृतिमा अन्य जिल्लाहरुमा पनि शाखा कार्यालय तथा सम्पर्क कार्यालय खोल्न पनि सकिनेछ । ख) संस्थाको कार्यक्षेत्रः यस संस्थाको कार्यक्षेत्र हाल सुर्खेत जिल्ला भरी हुनेछ वीरेन्द्रनगर नगर पालिका हुनेछ । आवश्यकता अनुसार स्थानीय अधिकारीको स्विकृतिमा अन्य जिल्लाहरुमा पनि विस्तार गर्न सकिनेछ । २. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा -क) "विधान" भन्नाले दृष्टिविहीन हेरविचार केन्द्रको बिधान २०६७ लाईे जनाउनेछ । -ख) "संस्था" भन्नाले दृष्टिविहीन हेरविचार केन्द्र जनाउनेछ । -ग) "दृष्टिविहिन "भन्नाले चच्छुइन्द्रिय निस्कृय,अल्प दृष्टि ,मानसकि सुष्तताका साथमा दृष्टिविहिनतालाई जनाउनेछ । -घ) "असहाय दृष्टिविहिन"भन्नाले दृष्टिविहिन भएका कारणले परिवार तथा समाजबाट अपहेलित तथा सबै अवसरबाट बन्चित हुनु परेको शैक्षिक,आवास तथा स्वास्थ्य सेवाबाट बन्चित मगन्ते जीवन बिताउनुपर्ने अवस्था भएको दृष्टिविहिन भएपनि संगीत तथा गायन कला भएका तर अवसरबाट बन्चित भई विचलित भएका व्यक्ति ,अल्पदृष्टि भई शैक्षिक सुबिधाबाट बन्चित अवस्था लाई जनाउनेछ । झ) "पदाधिकारी" भन्नाले कार्य समितिका अध्यक्ष,उपाध्यक्ष,सचिव,सह सचिव,कोषाध्यक्ष,सदस्यहरु तथा सल्लाहकार समेतलाई सम्झनुपर्दछ । परिच्छेद २ उद्देश्य ४. संस्थाको उद्देश्यः यस संस्थाको उद्देश्य देहाय बमोजिमको हुनेछ र यो संस्था गैरराजनितिक मुनाफा रहित जनहितकारी संस्था हुनेछ । -क) दृष्टिबिहिनहरुलाई ब्रेल लिपीबाट निःशुल्क तथा सशुल्क शिक्षा,स्वास्थ्य,सिप तथा सामुहिक आवासको पर््रबर्द्धन गर्ने । -ख) दृष्टिबिहिनहरुको तथ्यांक संकलन गरि प्रबर्न्द्धन गरि सरकारलाई विकास निर्माणमा सहयोग गर्ने । -ग) र् इच्छुक ब्रेल लिपी सिक्न चाहने सबैलाई तालीमको व्यवस्था मिलाउने वा संचालन गर्नेछ । -घ) उच्च शिक्षा हांसिल गर्ने तथा कलाकार दृष्टिबिहिनलाई आवश्यक सहयोग उपलव्ध गराउने र सम्मान गर्ने । ५ संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कामहरु ः यस संस्थाको उपरोक्त उद्देश्य प्राप्त गर्न देहायका कामहरु गर्नेछ । क) संस्थाले प्रचलित नेपाल कानून बमोजिम सम्बन्धीत निकायबाट अनुमति वा इजाजत प्राप्त गरी मात्र उपरोक्त उद्देश्य कार्यान्वयन गर्नेछ । ख) संस्थालाई आवश्यक पर्ने घर जग्गा खरिद गर्ने भवन निर्माण गर्ने वा भाडामा वा लिजमा लिने छ र कम्प्युटर टेलिफोन,फ्याक्स जस्ता कार्यालय सामान तथा सवारी साधन खरिद गर्ने छ वा भाडामा लिई प्रयोग गर्नेछ । ग) संस्थालाई आवश्यक पर्ने कर्मचारी नियूक्त गर्ने तथा तिनको सेवाका र्सतहरु निर्धारण गर्नेछ । घ) संस्थामा प्राप्त रकम बैंकमा जम्मा गरी बैंक खाता संचालन गर्नेछ । उपर्युक्त मुख्य उद्देश्य पूरा गर्नका लागि आवधिक योजना तर्जुमा गरि दातृ संस्थाहरु देश भित्रका बिभिन्न संस्थाहरु सित नेर्टवर्क कायम गर्ने र आत्मनिर्भर हुने खालका कार्यक्रमहरु संचालन गर्ने । परिच्छेद ३ सदस्यता ६. सदस्यताको बर्गिकरण सदस्यताको बर्गिकरण निम्न बमोजिम हुनेछ । क) साधारण सदस्य ख) आजिवन सदस्य ग) मानार्थ सदस्य घ) सल्लाहकार सदस्य ७ . सदस्यता प्राप्तिको लागि आवश्यक योग्यताः सदस्यता प्राप्तिको लागि आवश्यक योग्यता निम्न बमोजिम हुनेछ । क) यस संस्थाको सदस्यता प्राप्त गर्न कुनैपनि नेपाली नागरिक दृष्टिबिहनि वा अल्प दृष्टिविहिनता व्यक्ति १६ बर्षपूरा गरेको नेपाली नागरिक । ख) ब्रेल लिपी तालीम प्राप्तर् इच्छुक स्वयम् सेवक भै सेवा गर्न सक्ने व्यक्ति । ग) दृष्टिबिहिनताको हितमा योगदान गर्ने व्यक्ति । ८ . संस्थाको सदस्य नियुक्ति हुन वा बहाल रहन नसक्ने अवस्थाः - १) देहायका कुनै व्यक्ति संस्थाको सदस्य पदमा नियुक्ति हुन सक्ने छैन । क) गैह्र नेपाली नागरिक । ख) १६ बर्षउमेर पूरा नगरेको । ग) मगज बिग्रेको वा बहुलाएको । घ) दामासाहीमा परेको । ङ) कुनै प्रकारको चोरी,ठगी,किर्ते वा जालसाझी गरेको वा आफ्नो जिम्माको धनमाल अनधिकृत तवरले मासेको वा दुरुपयोग गरेको वा भ्रष्टाचार गरेको अभियोगमा अदालतबाट कसुरदार ठहरी सजाय पाएको । च) सम्बन्धीत संस्थाको व्यवसायमा निजी स्वार्थ भएको । छ) सदस्यता शुल्क बुझाउन बांकी भएको । ज) दृष्टि भएको तर ब्रेललिपी तालीम नगरेको । १०. सदस्यता शुल्क र सदस्यता प्रदान गर्ने विधिः क) साधारण सदस्यताः यस संस्थाको सुबिधा प्राप्त गर्न वा काम गर्नर् इच्छुक दृष्टिहिनता व्यक्ति,ब्रेल लिपी तालीम प्राप्त अन्य व्यक्तिले प्रवेष शुल्क रु.१०। -दश)र बाषिर्क शुल्क रु.१२०। -एकसय बिस)समेत १३०।-एकसय तीस) बुझाएमा सदस्यता प्रदान गर्न सकिनेछ । सदस्यता नबिकरण बाषिर्क शुल्क ५०।- पचास मात्र लाग्नेछ । यस्ता सदस्यले अषाढ मसान्त सम्ममा नविकरण गरी सक्नु पर्नेछ । अन्यथा प्रतिमहिनाको रु.१०का दरले थप शुल्क लाग्नेछ । ख)आजिवन सदस्यताःयस संस्थाको आजिवन सदस्यता लिनर् इच्छुक कुनै पनि दृष्टिविहिनता व्यक्तिले रु.५२५। ब्रेललिपी तालीम प्राप्त वा यस संस्थालाई सहयोग गर्न चाहने कुनैपनि नेपाली नागरिकले रु.१०००। बुझाएर सदस्यता प्राप्त गर्न सक्नेछ । यस्ता सदस्यले नविकरण गर्नुपर्ने छैन । ग)मानार्थ सदस्यताः यस संस्थालाई वा दृष्टिबिहिनताको हितमा विशेष योगदान गर्ने स्वदेशी वा बिदेशी जुनसुकै व्यक्तिलाई कार्यसमितिको निर्णयानुसार मानार्थ सदस्यता प्रदान गरिनेछ । यस्ता सदस्यको कार्य समितिमा कुनै मताधिकार हुनेछैन । स्वेच्छाले जतिपनि आर्थिक भौतिक सहयोग गर्न सक्नेछन् । घ) सल्लाहकार सदस्यताःयस संस्थालाई आवश्यक सल्लाह सुझाव दिन सक्ने बढीमा ३ जना व्यक्तिलाई अध्यक्षले मनोनयन गर्न सक्नेछ । यस्ता सदस्यलाई कुनै शुल्क पनि लाग्नेछैन र कुनै मताधिकार पनि रहनेछैन । परिच्छेद ४ साधारण सभा तथा बैठक सम्बन्धी व्यवस्था सो संस्था

Wednesday, July 11, 2012

Region Country or Territory Population(2007E)  % Buddhist Buddhist total South Asia Bhutan 2,327,849 66% - 75%[33] 1,536,380 - 1,745,888 Southeast Asia Burma 47,373,958 90% [37] 42,636,562 Southeast Asia Cambodia 13,995,904 95% [38] 13,296,109 Japan 127,433,494 45%[83] 57,061,994-91,000,000-122,265,600 East Asia North Korea 23,301,725 64.5% (approx)[85][86][87] 10,000[88] - 15,029,613 East Asia South Korea 49,044,790 22.8%[89][90][91][92][93]-32% 11,427,436-15,640,000 Southeast Asia Laos 6,521,998 67%[96] 4,369,739 East Asia Macau 456,989 17%[103] - 50%[104] - 85%[105][106] 77,688 - 228,495 - 388,441 Southeast Asia Malaysia 24,821,286 22% [108] 5,460,683 Central Asia Mongolia 2,951,786 50%[112] - 94%[113] 1,475,893 - 2,774,679 South Asia Nepal 28,901,790 11% [115] 3,179,197 Middle East Qatar 907,229 5% (approx)[130] 45,361 Southeast Asia Singapore 4,553,009 42.5%[135] 51% [136] - 61.1% [137] 1,935,029 - 2,322,035 - 2,781,888 East Asia Taiwan 22,858,872 35%[145] - 75%[146] - 93% [147] 8,000,605 - 17,144,154 - 21,530,358 Southeast Asia Thailand 65,068,149 95% [150] 61,814,742 Southeast Asia Vietnam 85,262,356 16%[162] - >50%[163] - 85% (approx)[164] 13,641,977 - >42,631,178 - 72,473,003 Total 6,671,226,000 7.335% – 10.348% - 23.208% (depending on extent of syncretism) 489,325,203 - 690,364,656 - 1,548,258,682

Buddhism In World Table

Buddhism in Africa Region Total Population Buddhists  % of Buddhists  % of Buddhist total Central Africa 88,166,923 0 0% 0% East Africa 202,711,873 40,454 0.02% North Africa 211,584,604 0 0% 0% Southern Africa 143,871,660 77,127 0.04% West Africa 280,965,354 40,000 0% 0% Total 927,300,414 157,581 0.01% Buddhism in Asia Region Total Population Buddhists  % of Buddhists  % of Buddhist total Central Asia 95,398,532 2,879,280 3.02% East Asia 1,585,083,298 467,848,179 - 1,247,740,793 29.515% - 78.717% Middle East 285,194,911 585,025 0.21% South Asia 1,491,019,011 38,601,550 2.59% Southeast Asia 592,738,430 214,723,860 36.23% Total 4,049,434,182 726,336,585 - 1,506,229,199 17.936% - 37.196% Buddhism in Europe Region Total Population Buddhists  % of Buddhists  % of Buddhist total Balkans 67,379,383 101,070 0.15% Central Europe 77,052,660 2,912,591 3.78% Eastern Europe 212,144,987 387,165 1.83% Western Europe 389,933,160 20,666,457 5.30% Total 746,510,190 24,067,283 3.22% Buddhism in The Americas Region Total Population Buddhists  % of Buddhists  % of Buddhist total Caribbean 24,683,536 43,498 0.18% Central America 44,030,092 152,228 0.35% North America 462,382,674 7,241,845 1.57% South America 384,863,028 499,020 0.13% Total 915,959,330 7,936,420 0.87% Buddhism in Oceania Region Total Population Buddhists  % of Buddhists  % of Buddhist total Oceania 32,021,885 542,920 1.70%

मेरो मृत्युको अनुभुति

- जीवन शाक्य मैले मृत्युको अनुभुति २।३ पटक गरेकोछु । बडो रोमान्चक हुंदो रैछ । म मृत्यु हुने समयमा घरमा कोहि थिएन म मर्न लागें भनेर आएर बिछौनामा पल्टीन्छु । ध्यान गर्छु सांस आउंदा जांदा सांस कतै अड्कीयो म मरें । घरमा सबै भन्दा पहिला नातीको प्रवेष भयो स्कूलबाट आईपुगेर । उ सरासर आफ्नो कोठामा गएर लुगा फेर्छ अनि मेरो कोठामा बाबा भन्दै आउंछ । बाबा भन्दै मलाई हल्लाउंछ । नातीले भन्छ कस्तो निदाएको बाबा । केहिबेरमा नातीनीहरु पनि आईपुग्छ म मस्तमा सुतिरहेको जस्तो ठान्छ संधै घुर्ने मान्छे आज अनौठो तरिकाले सुत्नुभएछ बाबा । बाबा ! बाबा ! तर म अनन्त परधाम पुगि सकेकोछु मलाई केहि थाहा छैन घरमा नातीनीहरु रुन कराउन थाल्छन श्रीमती छोरी आईपुग्छन रुन थाल्छन् भक्कानो फुटाएर रुन्छीन छोरी श्रीमतीङ्गले मेरो शरीरमा अङ्गालो हालेर राजा !मेरो राजा भनेर रुन थाल्छ । छोराहरु पनि आईपुग्छन् र रुन थाल्छन सबै जना टोल छिम्कीहरु एक एक गर्दै आउन थाल्छन । म गोहोजा भित्र एक कुनामा बसेर सबै तमासा हेर्दैछु । घरमा रुवावासी मच्चीएकोछ । श्रीमतीले राजा! म अघि जान्छु भनेकि थिएँ झुक्क्याएर तिमी अघि गयौ राजा भन्दै मेरो होम्यो लेखेर सुत्रपाठ गर्न थालीन । खबर पाएको ३ घण्टामा बहिनी र ज्वाई आईपुगे बहिनी पनि भक्कानो फुटाएर रुन थालीन । घर बाहिर मेरा पत्रकार साथीहरु रेयूकाई साथीहरु भेला भएकाछन् । एक आपसमा कुरा गर्दैछन । के भएर बित्यो ? विचरा कम उमेरमै गएछन् हगी बडो राम्रो समाज सेवा गर्दैथिए पत्रकार भनेर पो चिनिन्छन् । रेयूकाईको स्थापना पनि गरेको होईन र । ऐ बरै मान्छेको मृत्युको के ठेगान है हीजो सम्म कस्तरी हंसाएका थिए । ल ल ल बाँस ल्याउनु पर्यो कात्रो ल्याउनु पर्यो ।कोही बाँस लिन गए मृत्यु अन्तिम संस्कारको सामग्रीहरु आईपुग्यो । बड्डा त बुद्धिष्ट हुन बुद्धिष्ट तरिकाले अन्त्यष्टी हुने होला खोई कसरी गर्छन थाहा छैन । माहिलो भाई र भाईका छोराहरु बुहारी सबै नेपालगंजबाट आईपुगे । स्यानो छोरोले भन्यो हो मेरो बुवा बुद्धीष्ट हुनुहुन्छ वहाँको अन्त्ष्टी पनि त्यसै गर्नु भनेर हामीलाई भनिरहनुहुन्थ्यो । चीनी घीउको व्यवस्था भयो । मलाई विस्तराबाट उचालेर बाहीर लगीयो बाँसको बीछौनामा सुताईयो बाँधीयो । घरको चारै तिर मान्छेहरु जम्मा भएका थिए लगभग एकहजार जति । शवयात्राको तयारी भयो बस त ५ वटा आईपुग्यो अझै नअटाउनेभयो । मेरो शान्त यात्रा आरम्भ भयो बुद्धम शरम गच्छामी ! धम्मम् शरम गच्छामी ! संघम् शरम गच्छामी ! कस्तो अचम्म खाले मलामी शंख पनि बजाएन के भनेको हो यो । केर् यि बड्डा हिन्दू होईनन् र ? कस्तो अचम्म है । मेरी पाथृव शरीर भएको गाडी अघि लाएर मानो ठूलै मान्छेको जस्तै शव यात्रा भैरहेकोछ । बाटोमा मलाई चिन्नेहरु सोद्धै छन् को हो हाँ मलामी त धेरै छ नि । उही के जीवन शाक्य ! हे ! के भएर फुत्कीएछन हर्ट अटेक त भएन ? ब्लडप्रेशर सुगरका बिरामी थिए भनेको सुनेथें । तैपनि साह्रै मेहनती हगि ।बडो राम्रो मान्छ समाजको लागि ।कहिलेकाहिं घमण्डी कुरा गर्थे । पैसा त कमाएनन क्यारे । बुड्डा कहिले आएका हुन हं नेपालगंजबाट । खोई भयो ३०।३५ बर्ष भयो क्यारे । हैन मलाई त ५ कक्षामा पढाएकाहुन । भेरी आईपुग्यो गाडीबाट मेरो शवलाई गाडीबाट झारीयो । चीता तयारी भयो । छोराहरुले परीक्रमा गरे केहि श्रद्धालुले पनि जल समर्पण गरे दागबत्ती दिईयो । मेरो शरीर दन दन बली रहेकोछ त गरिरहेकोछु अनन्तको मलाई केहि भएकोछैन हेर्दा हेर्दै मेरो शरीरको एक चोक्टा बांकि भयो अस्तु बालुवामा गाडी दिए दुबैछोरा मिलेर ठूलो छोरा एक पटक फेरि रोयो । रोएको मलाई कुनै असर परेकोछैन मानो मेरो खिल्ली उडाईरहेकोछ । मलामी यात्राफर्कने हतार भएकाहरु फर्के । मलामी फर्कीयो मलामीलाई दही च्युरा ख्वाए । घर शान्त छ छोरी अझै रुंदै छिन बहिनी रोईरहेकैछीन । म गोहोजा भित्र एक कुनामा सुक्ष्म आत्मा भएर बसेकोछु । भोक लागि सक्यो कसैले खान दिएको छैन । के खाने गोहोजाको पानी अलिकति पिएं । अब कहां जाने मेरो संसार कहाँ हो सातौं दिनमा थाहा होला त्यति बेला सम्म त यहि घरको गोहोजामा बस्नु पर्ला हाहा । यहाँ त आमा बुवा भाई सास पनि हुनुहुन्छ तर मलाई नचिने जस्तो गरेर सबैजना ध्यानमा हुनुहुन्छ । को को हुन केहि त चिन्दीन । पाँचौ दिनमा मलाई छोरी बहीनीले मन पर्ने परिकार बनाएर खान दिए । अहा कति मीठी कति दिनको भोको थिएँ । सुत्रपाठ सुनेर अघाएकव थिए । कहिले काहिं त अरु बेलामा सुत्रपाठ गर्न भनेपछि रीसाउने ठूलो छोरा सुत्रपाठ गर्न बसेकोछ । म आनन्दीत भएकोछु । सुनसानछ ।घर पाहुनाहरु आएकाछन । के भएर जानुभो के भएकोथियो वहाँ लाई ? केहि भएको थिएन भनु भने ब्लडप्रेशर र सुगर हो क्यारे । अस्ति म मर्छु क्यारे भनेर हंसाउनु भएको थियो एक्कासी छोडेर जानुभयो । रुन थालिन श्रीमती राजा! झुक्याएर गयौ । गोहोजामा मेरो लागि खानेकुराहरु टन्नै राखिदिएकाछन । सुंघेरै सबै स्वाद लिरहेकोछु । सातौ दिनमा छोराहरु भाई दाई कपाल खौरीन थालेकाछन । म एक कुनामा बसेर तमासा हेर्दैछु । छोराहरुले श्रीमतीले सेतो लुगा लगाए आहा कति पबित्र । अनि सबै जना घर लागे । म यथावत गोहोजामा भित्र आईपुगें । कुनै कष्ट भएन मलाई हिंड्नै नपर्ने जहाँ पुग्ने भनेर सोंचें त्यहाँ पुगें । म कहिले काहीं उडिरहेकोछु त कहिले कल्पनामा भुलिरहेकोछु । म मरेको होईन र अब के को चिन्ता । ओहो यो कस्को गन्हाउने लाश हो फोहोरी । मत मरेको मान्छे मलाई गन्हाउनु नपर्ने त । ओहो कस्तो उकुस मुकुस साँस थुनीएको जस्तो । पानी प्यास लाग्यो । पिसाब लाग्यो । म छटपटाउंछु चल्छु । भुईंमा लड्छु । झस्रलङ्ग बिउंझन्छु । श्रीमतीले रीसले सपनैमा धकेलीकि रहेछीन् । एक छीन म रनभुल्लमा परें रोएं । कस्तो मीठो नमीठो सपना पो देखेछु । सपना हो र । म त मरेको होईन र मेरो अन्त्यस्ती भैसकेको । हाहाहा म त मरेको रैनछु

Tuesday, July 10, 2012

चण्डालिका ( नाटक )

बौद्ध ग्रन्थमा आधारित जीवनकुमार शाक्य पात्रहरु ःतथागत -(भगवान बुद्ध) भिक्षु आनन्द प्रकृति ःचण्डालिका -(अछुत नारी) मातंगी ःप्रकृतिको आमा स्थान ः जेतवन ग्राम कुवां नजिक पृष्ठभूमिःभगवान बुद्ध अनाथपिण्डकको जेतवन बिहारमा बिराजमान हुनुहुन्थ्यो । तथागतको शिष्य आनन्द भिक्षाटन गर्न नगरमा गएका थिए । पर्दा खोलिन्छ दृष्य नं. १ अछुत नारी प्रकृति नामकि एक तरुणी केटी कुंवाबाट पानी भर्दै हुन्छिन् । पानीले प्यास लागेको भिक्षु आनन्द आईपुग्छ । आनन्द ःनानी † मलाई पानी प्यास लागेकोछ पानी दिनुस न । चण्डालिका ः म चण्डालिका अछुत पुत्री हुं । मैले कसरी पानी दिने ? आनन्द ः मैले त पानी मागेको हुं तिम्रो जात सोधेको होईन नि । चण्डालिका ः म एउटी अछुत ले तपाई श्रमण भिक्षुलाई पानी दिएर पाप लाग्दैन ? आनन्द ः नानी † जातले कोहि छुत अछुत हुंदैन । प्यास लागेकालाई पानी पिउन दिए धर्म नै हुन्छ पाप कसरी होला । चण्डालिका ः हामीलाई गाउंमा सबैले अछुत भनेर हेलां गर्छन् त । आनन्द ः त्यो पछि कुरा गर्दै गरुला मलाई साह्रै पानी प्यास लागेकोछ चण्डालिकाले आनन्दलाई भिक्षा पात्रमा पानी राखिदिन्छ। आनन्द पानी पिएर कल्याण होस भनेर जान्छ । चण्डालिकाले आनन्दको अनुहार एकहोरो हेरि रहन्छ । आनन्द गै सकेपछि उनि पछि पछि लागेर आनन्दको निवास थाहा पाएर फर्किन्छीन् र घरमा गएर टोलाएर बसि रहेको हुन्छ । दृष्य नं.२ स्थान ःजेतवन गाउं चण्डालिकाको घर पात्र ः प्रकृति -(चण्डालिका ) , चण्डालिकाको आमा चण्डालिकाले आनन्दलाई एक तफिर् प्रेम गरेर उ सित बिहे गर्ने चाहना राखेर भुईमा घोप्टो परेर रुन थाल्छिन् । छोरी रोएको देखेर आमाले सोध्छीन् - नानी प्रकृति † के भयो तिमिलाई सन्चो भएन ? - प्रकृति ः होईन । आमा ःके भयो त भोक लाग्यो - प्रकृति होईन । आमा ःके भयो सन्चो भएन पेट दुख्यो - प्रकृति ः आमा मैले बिहै गर्छु । आमा ः धत् लाटी त्यत्तिको लागि रोएको । गरि दि हाल्छु नि तिमीलाई केटाले माग्न आएकै छ । प्रकृति ः आमा † सांच्चै तिमिले मेरो बिहे गरि दिनेभए आनन्द बाहेक अरु कसै सित बिहे गर्दिन । आमा ः को आनन्द - कस्तो छ केटो कहांको हो ? प्रकृति ः कहांको हो थाहा छैन जेतवनमा तथागत बस्ने ठाउंमा गएकोछ । आमा ः ए , त्यो त ब्रम्हचारी भिक्षु हो त्यस्तो सित पनि बिहे गर्छन - प्रकृति ः आंखा मिच्दै - जे सुकै होस म उसै सित बिहे गर्न पाए गर्छु नत्र कसै सित गर्दिन । तिम्रो तन्त्र मन्त्र के काम लाग्यो त - आमा ः त्यस्तो नचाहिने जिद्दि नगर राम्रा राम्रा सुन्दर केटाहरुले माग्न आएका छन् तिम्ले मन पराउने सित बिहे गरि दिन्छु । प्रकृति ः मैले आनन्दलाई बाहेक अरु कसैलाई मन पराउंदिन । आमा ः कस्तो नचाहिने जिद्दि गर्र्छौ छोरी । त्यो बाल ब्रम्हचारी हो के त्यस्तोले बिहे गर्दैनन् । प्रकृति ः अ हं मलाई केहि थाहा छैन त्यसो भए जब सम्म मैले आनन्द सित मैले बिहे गर्न पाउंदिन तब सम्म केहि खान्न त्यत्तिकै भोकै बसेर मरि दिन्छु । छोरीको अवस्था देखेर प्रकृतिकि आमा मातङ्गी दुखि हुन्छन् । कोशिश गर्छु भगवानलाई अनुरोध गर्छु । पर्दा बन्द । दृष्य नं ३ स्थान ःजेतवन बिहार पात्र ः बुद्ध ः भिक्षु आनन्द । मातंगी -प्रकृतिको आमा ) मातंगी ः भगवन् -घुंडा टेकेर डण्डवट गर्देः मेरी छोरी केहि नखाएर मर्न लागि लौ न बचाई दिनुहोस । बुद्ध ःके भयो तिम्रो छोरीलाई मातंगी ? मातंगी ः भगवन् जब देखि आनन्दलाई देखिन् तब देखि आनन्द प्रति प्रेम गर्न थाली अनि आनन्द सितै बिहे गर्न नपाए आत्म हत्या गर्छु भन्छे । बुद्ध ः त्यसो भए तिम्रो छोरीलाई पर्ठाई देउ त । हवस् भनेर मातंगी जान्छिन् र आफ्नो छोरी प्रकृतिलाई पर्ठाई दिन्छिन् । प्रकृतिको प्रवेष हुन्छ । प्रकृतिले बुद्धलाई डण्डवट गरेर एक किनारमा बस्छिन् । बुद्ध ः प्रकृति ! तिमी किन आनन्दको पछि लागेकि छौ -के तिमिले आनन्द सित बिहे गर्ने भनेको ? प्रकृति ः मैले सुनेकि छु आनन्द अबिवाहित छ म पनि अबिवाहित हुं । बुद्ध ः आनन्दको टाउकोमा रौं छैन चिण्डोछ , तिमिलाई के मन प-यो रुप ? प्रकृति ः सबै मन पर्छ भगवन् । बोलि, व्यवहार ,रुप। बुद्ध ः आनन्द त भिक्षु हो अनि भिक्षा मागेर खान्छ । प्रकृति ः मलाई आनन्द जस्तो भए पनि मन पर्छ । बुद्ध ः आनन्दले कपाल मुण्डन गरे जस्तै गर्नु पर्छ नि । प्रकृति ः हुन्छ म मुण्डन गर्न तयार छु । जे गर्न पनि तयार छु । बुद्ध ःपहिला तिम्रो आमाको स्विकृति लिनु पर्छ नि । प्रकृति ः हुन्छ मैले आमाको स्विकृति लिन्छु । बुद्ध ः जाउ त्यसो भए आमाको स्विकृति लिएर कपाल मुण्डन गरेर आउ चण्डालिका खुसि भएर उफ्रंदै घर जान्छिन् । पर्दा बन्द प्रकृति खुसि हुंदै घर गएर आफ्नी आमासित वादविवाद गरेर जिद्दि गर्छिन् । प्रकृतिः आमा तिमीले गर्न नसकेको काम मैले गरें । मैले कपाल मुण्डन गरेमा भगवानले आनन्द सित बिहे गरिदिने वचन गर्नुभएकोछ । मातङ्गी ःकस्तो जिद्दी रहिछे - रिसाएर) छोरी मान्छेको कपाल हुन्छ । आनन्द जस्तो भिक्षु सित कसरी बिहे गर्र्छौ राम्रो केटा सित बिहे गरि दिन्छु । प्रकृति ः आमा ! मैले आनन्द सित बिहे गर्न पाईन भने बरु मरिदिन्छु अनि मायां गर्नुहोला छोरीलाई । मातङ्गी ः हेर छोरी ! तैले मेरो अपमान गर्दैछिस् प्रकृति ः हेर्नुस आमा यदि मेरो मायां लाग्छ भने मैले जे चाहान्छु त्यो पूरा गर्न दिनुस् । त्यसपछि मातङ्गी आफ्नो छोरी सित हार मानेर मुण्डन गर्न अनुमती दिन्छिन् । प्रकृतिले मुण्डन गरेर जेतवन पुग्छिन् । भगवन् हजूरले भने जस्तै कपाल मुण्डन गरेर आएं । बुद्ध ः प्रकृति ! तिमिलाई आनन्दको शरीरको कून अंग राम्रो लाग्यो ? आंखा मन प-यो ? - अनुहार मन प-यो?उस्को नाक - उस्को आंखा ? प्रकृति ः हो भगवन् मलाई आनन्दको आंखा, नाक, बोलि सबै राम्रो लाग्यो । उस्को हरेक अंगसित प्रेम भएकोछ । बुद्ध ः तिमिलाई थाहा छ - आंखा आंसुको भण्डार हो । नाक सिंगानको भण्डार हो । मुख खकार थुकले भरिएको हुन्छ र शरीर मलमूत्रको भण्डार हो । अनि यो सुन्दर देखिने छालाको पछाडि पंहेलो बोसोहरु हुन्छन् । पेटमा मलमूत्रहरुले भरिएकोछ । बिहे गरेपछि बच्चा जन्मिन्छ अनि स्याहार सुसार भएनभने मर्न पनि सक्छ । अनि दुःख लाग्छ । खाना पकाउने बिभिन्न किसिमको दुःख बाहेक अरु के देख्यौ र आनन्दमा तिमिले बिहे गर्छु भन्छौ प्रकृति र ? प्रकृति गम्भिर भएर सोंच्न थाल्छिन् । अनि मनमनै भन्छिन् वास्तवमा उ सित बिह गर्नु व्यर्थ हो । बिहे गरेर दुःखको संसारमा जानु भन्दा यहि राम्रो । अनि भगवानलाई निधारले भुइंमा टेकाएर डण्डवट गरेर भन्छिन् - भगवन् म अज्ञानी भएर भिक्षु आनन्द सित एक तर्फी प्रेममा पछि लागें । एउटा दृष्टिबिहिनलाई आंखा पाए जस्तै भयो । अन्धकारमा बसेकोलाई प्रकाश पाए जस्तै भयो । । तथागतको ज्ञानामृतले मेरो ज्ञानको चक्षु खुल्यो । मैले आनन्द प्राप्त गरें । मैले उज्यालो प्राप्त गरें मलाई शरणमा लिनुहोस । बुद्ध ः प्रकृति † चण्डालिका अछुत नारी भए पनि तिमि सित ब्राम्हणहरुले पनि शिक्षा प्राप्त गर्नेछन् ।न्याय र धर्ममा विचलित नहुनु ।तिम्रो किर्ती राज सिंहांसनमा बसेको रानीको कीर्ती भन्दा पनि माथि हुनेछ । सबै श्रेष्ठहरुको लागि आदर्शको काम गर्ने छौ । तिमिलाई सबैले सम्मान गर्नेछन् । भवतु सव्व मङ्गलम् । कल्याण होस ! पर्दा बन्द

Monday, July 9, 2012

केहि मुक्तक केहि हाईकु




जीवन शाक्य





केहि मुक्त्तकहरु

कुकूरका छाउराहरुलाई म्वाई खांदै
मान्छेले मान्छेलाई घृणा गरेको देख्दा
मलाई लाग्छ उ पनि मान्छेको रुपमा
ककूरको माउ हुनुपर्छ ।

मलाई मेरो जिन्दगिले रखेल बनाएकोछ ।
न त गोप्य भएकोछु न त खुलस्त नै छु ।


के हुन्छ कुन्नी
न तरल भयो न सरल भयो कहानी,
केवल कठोर भयो
जिन्दगीको कहानी ।

मुक्तक लेख्दा
गद्य कबिता बन्छ,
गजल लेख्दा ,
छन्द नभएको काव्य बन्छ ।

के हुन्छ कुन्नी
बांध फुटेको बाढी जस्तै हुन्छ ।
सम्म्हार गर्न नसकेको
दाह्री जस्तै पो हुन्छ ।

मेरा आफन्तहरु
नत हिजो घनिष्ट थिए
 न आज छन
किन कि हिजो पनि निर्धन आज पनि निर्धन छु ।

 नेपाल भाषा
जिं मिखां मखंसां
छ बांलाम्ह मयजू खः धका स्यू
छ वय्वले पाईजू ञा थें पला ञा ।
छ सत्तिक् वय्वले मङ्ग मङ्ग वास वः

थो संसार साफहे बाँलाहं
छ मय्जू दया खै
मखुसा गज्यागु खः बाँला धैगु ।


सोमनाका गजल


दुख्दा कस्तो होला
Somana Khadka ( Blind)
                                                                                                                                          
 भित्र भित्रै रेटीएर दुख्दा कस्तो होला ।
विश्व सामु नेपाली शीर झुक्दा कस्तो होला ।
सुस्तातिर आँखा लाउंदै सोंच्दै मिच्दै सोंच्दै भारतीले
हिमालको छाहारीमा लुक्दा कस्तो होला ।
भित्र भित्रै रेटीएर दुख्दा कस्तो होला ।

चाहेपछि रोकिन्छ रे बग्ने नदी पनि
फुटेको यो मनको बाँध रुक्दा कस्तोहोला ।
भित्र भित्रै रेटीएर दुख्दा कस्तो होला ।

नारी रोए देवता रुन्छन थाहा भएपछि
कहिलेकाहिंत नारी आँसु सुक्दा कस्तो होला ।
भित्र भित्रै रेटीएर दुख्दा कस्तो होला ।

राम्रो बन्न नसक्नि नराम्रो बन्न हुन्न
बदनामीको संज्ञा दिंदा थुक्दा कस्तोहोला ।
भित्र भित्रै रेटीएर दुख्दा कस्तो होला ।

जस्लाई भन्छौ फुटेको आँखालेनि हेर्नेछैन
बाध्यताले उस्कै शरण पुग्दा कस्तोहोला ।
भित्र भित्रै रेटीएर दुख्दा कस्तो होला ।