Saturday, December 21, 2013

महानतम वैज्ञानिक अल्बर्ट आइंस्टाइन ले भनेकाथिए




“बुद्ध धम्ममा ति लक्षण छनजो भविष्यको सार्वभौमिक धर्ममा अपेक्षितछ : यो वैयक्तिक ईश्वर भन्दा पर छ , हठधर्मिता र ईश्वरवादी धर्म धाराणाहरुबाट मुक्त छ ; यो प्राकृतिक र आध्यात्मिक दुबै तत्वहरुलाई समावेसित गर्छ , यो सबै चीजहरुको अनुभवको धार्मिक भावनाको अभिलाषामा आधारित छ , प्राकृतिक र आधात्मिक दुबै , एक अर्थपूर्ण एकत्व । यदि यस्तो कुनै धर्म छ जो आधुनिक वैज्ञानिक आवशयकताहरुको साथ सुसंगत हुनसक्छ , त्यो बुद्ध धम्म नै हुन्छ, ।”...अल्बर्ट आईनस्टीन
नेपाल र भारतको इतिहासलाई अध्ययन गर्ने हो भने बौद्ध र विरोधिहरको संघर्षको कठ्ठा बाहेक अरु केहि देखिंदैन, बस समयको साथ धर्म  नाम र रूप  बदलिरहन्छ तर विचारधारा होईन |यि संघर्ष हो मानवताको र ईश्वरवादिताको यसै भनौं आफु बाँच र बाँच्न देउको नीतिको र उंच नीचको षड्यंत्र को |यस्मा विदेशी आक्रमणकारी एक पात्रको काम गर्छ, यो कुरा बुझ्नको लागि इतिहासको अध्ययन गर्न आवश्यक हुन्छ |
यहि संघर्षमा बौद्ध राजाहरुको हारको कारण भारतमा बौद्ध धम्म सात सय सैलून सम्म सुप्तावस्थामा रह्यो | अनि अंग्रेजहरुले  खुदाईको धर्मोत्थानलाई नया  पञ्च रंगिये झण्डा बनाए र बौद्ध धम्मलाई पुनरस्तापित गर्नको लागि कोशिश गरे | बाबा साहब डॉ भिमराव आंबेडकरले बहुजन जनतालाई फिर्ता आफ्नो बौद्ध धम्ममा फर्काए र यस प्रकार भारतमा बौद्ध धम्मको पुनरुत्थानको शुरुआत भयो | शाक्यमुनी बुद्धले भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेकोले बुद्ध भारतमा जन्मेको भनेर फुर्ति लाएपनि त्यो अनुसार विकास हुन सकेको देखिंदैन ।

कसरी बच्ने कामवासना सित:विपश्यना एक वैज्ञानिक मार्ग हो ।


 एक वैज्ञानिक मार्ग हो ।
कामवासना मानव मनको सबै भन्दा ठूलो दुर्बलता हो । जुन तीन तृष्णाहरको कारण त्यो भवनेत्री मां बाँधिरहन्छ । त्यस्मा कामतृष्णा प्रथम हो , प्रमुख हो । माता पिताको काम संभोगबाट मानव को उत्पत्ति हुन्छ । अतः अंतर्मनको गहराइहरु सम्म कामभोगको प्रभाव छाइरहन्छ । यस्को अतिरिक्त अनेक जन्महरुको संचित स्वयं आफ्नो काम संस्कार पनि साथ चल्छ नै । अतः मुक्ति को पथमा हिंडने व्यक्तिको लागि काम भोगको संस्कारहरुबाट छुटकारा पाउनु साह्रै कठिन हुन्छ । विपश्यना गर्न नआए त असंभव नै हुन्छ ।
काम वासनाहरुबाट छुटकारा पाएर कोहि व्यक्ति ब्रह्मचर्यको जीवन जिउन चाहन्छ तर पटक पटक मनमा वासनाको आँधी  उठ्छ र उस्लाई व्याकुल बनाउँछ । कहीं ब्रह्मचर्य भंङ्ग नहोस यसैले उ कठोरतापूर्वक वासनाहरुलाई दमन गर्छ र परिणामतः आफ्नो भित्र तनावको गाँठो बाँध्छ दमन द्वारा वासनाहरुबाट मुक्ति पाईंदैन ।भित्र भित्रै वासना उम्लिन्छ कुत्कुत्याईरहन्छ र मनलाई मायाँ गरिरहन्छ । या दमन द्वारा ब्रह्मचर्य पाल्ने वाला कोहि विश्वामित्र जस्तो साधक मेनका जस्ति अप्सराको रूप माधुरीमा चिप्लिन्छ त आत्मग्लानि, आत्मक्षोभ र आत्मगर्हाबाट भरिन्छ । यसो हुनाले अपराधको ग्रथिहरु बांधि बांधि आफ्नो व्याकुलतालाई अरु बढ़ाउँछ  

Sunday, December 15, 2013

आयुर्वेद एक परिचय



आयुर्वेद हिन्दूहरूको ग्रन्थ हो। यो वेदको एक हाँगा हो।
 हाम्रा ऋषिमहषिर्हरूले विविध भौगोलिक परिस्थिति, जलवायु, रहनसहन, खानपान आदिको सूक्ष्म अध्ययन चिन्तन मनन गरी विभिन्न वातावरण -उष्ण, शमशीतोष्ण, शीतप्रदेश)मा हुने वनस्पतिहरूको अध्ययन एवं वैज्ञानिक विश्लेषण गरी प्राणी मात्रको कल्याणका लागि आयुर्वेद शास्त्रको रचना गर्नुभएको हो।
यो विश्वको प्राचीनतम चिकित्सापद्धति हो। वैदिक कालमा यो चिकित्सा पूर्ण विकसित भइसकेको कुरा वेदहरूको अध्ययनबाट बुझ्न सकिन्छ। 'खेल' नामक राजाकी रानी विस्पलाको खुट्टा युद्धमा काटियो। आश्विनीकुमारले रातभरिमा नै फलामको खुट्टा लगाई उनलाई हिँड्न डुल्न सक्ने बनाइदिनुभयो भन्ने कथा ऋग्वेदमा उल्लेख छ। त्यस्तै रामायण, महाभारत, बौद्ध साहित्य, अग्निपुराण, पद्मपुराण आदिमा पनि यस्ता अनेकौं कथाहरूको उल्लेख भएको पाइन्छ।
आयु र वेद शब्दको योगले आयुर्वेद शब्द बन्छ। शरीर, इन्दि्रय, सत्व -मन) र आत्माको संयोगलाई आयु भनिन्छ। वेद शब्द सत्तार्थक, ज्ञानार्थक, विचारार्थक र प्राप्त्यर्थक विद धातुबाट प्रत्ययको योगले बन्दछ। यसप्रकार आयुर्वेद शब्दको अर्थ हुन्छ आयुको वेद। जुन शास्त्रको अध्ययन गर्नाले आयुको सत्ता, आयुसम्बन्धी ज्ञान र पूर्ण आयुका साथ शारीरिक र मानसिक स्वस्थता प्राप्तिको विषयमा ज्ञान हुन्छ, त्यसलाई आयुर्वेद शास्त्र भनिन्छ।
यस शास्त्रमा हितकर, अहितकर, सुखकर, दुःखकर आयुको लक्षण, आयुको प्रमाण, हितकर अहितकर आहारविहारको वर्णन भएको छ। अतः धर्म, अर्थ र सुखको साधन प्राप्त गर्ने चाहाना राख्ने मानिसहरूले आयुर्वेद उपदेशको पालना गर्नुपर्छ-