Monday, November 2, 2015

भगवान बुद्धको अवशेष अरु देशहरुमा कसरी पुग्यो




जव तथागतको शरीर आगो द्वारा खरानीमा परिणित गरियो कुशीनाराको मल्लहरुले सबै खरानी र अस्थिहरु जम्मा गरेर आफ्नो संथागारमा राखेर त्यसलाई री घेरेर राखियो र त्यस्मा धनुर्थारिहरु पालो पहरा दिईयो यस कारण कि कसैले चोरेर नलगोस । सात दिन सम्म मल्लहरले नृत्य, गीत. वाद्य. माला तथा अत्तरहरुले त्यसप्रति आदर, सत्कार तथा गौरव प्रदर्शन गरे र त्यस्को पूजा गरे १ जब मगध- नरेश अजातशत्रुले समाचार सुन्यो कि कुशीनारामा तथागत परिनिर्वाण हुनुभयो । त्यसैले उन्ले मल्लकहाँ आफ्नो दूत पठाए र तिनिहरुले अवशेषहरमा एक हिस्सा देउ । त्यसै गरेर वैशालीका लिच्छविहरुले पनि दूत पठाए,कपिलवस्तुका शाक्यहरले पठाए , अहकप्यका वल्लिहरुले पठाए , रामग्रामका कोलियहरुले पठाए तथा पावाका मल्लहरुले पनि पठाए अस्थिहरुको एक भाग मांगनेहरुमा वेठ द्वीपको एक ब्राह्मण थियो।
जब  कुशीनाराका मल्लहरुले यति मांगहरुको कुरा सुने र बोले:- हाम्रो सीमानामा तथागतको परिनिर्वाण भएकोछ । मैले कसैलाई कुनै भाग दिँदिन । यस्मा केवल मेरो मात्रै अधिकारछ ।
परिस्तिथिहरु जटील हुन लागेको देखेर ब्राह्मण द्रोणले मध्यस्ता गरेर भन्यो मेरो ,दुई शव्द कुरा सुन ,”द्रोणले भन्यो तथागतले शांति र सहन शीलताको शिक्षा दिनुभएकोछ । ,यो उचित होईन कि त्यस्तो तथागतको अस्थिहरको लागि ,जो प्राणिहरुमा सर्वश्रेष्ठहुनुहुन्थ्यो –झगड़ा होस, लड़ाई होस, झगडा होस हामी सबै सहमत भएर अस्थिहरु आठ बराबर भागमा बाँडौ र हरेक जनपदमा त्यस्मा स्तूप बनाउ ताकि हरेक जनपदमा उहाँको पूजा हुनसकोस कुशीनाराको मल्ल सहमत भए ,र भने ठिकछ तिमी नै यि अस्थिहरुलाई आठ बराबर भागमा बाड ,धेरै राम्रो ब्राह्मण द्रोणले भन्यो र भन्यो बाँडेपछि भाँडोमा जुन बच्दछ त्यो मलाई दिईयोस मैले त्यसमा स्तूप बनाऊछु ,सबैले स्विकार गरे र तथागतको अस्थिहरुलाई आठ भागमा बाँडियो र भाँडो ब्राह्मण द्रोणलाई दिईयो यस प्रकार तथागतको अस्थिहरुको लागि जुन युद्धको सम्भावना थियो त्यो शान्ति भयो ।
बुद्धको अवशेषहरुमा यि स्थानहरुमा स्तूप बनाईएकोथियो ।
,अजातशत्रु (मगधको राजा)
मगध-दक्षिण बिहारमा अवस्थित। शतपथ ब्राह्मणमा यसलाई कीकटभनिएकोछ। आधुनिक पटना तथा गया जिल्लाको र नजिकको क्षेत्र।
. वैशालीको लिच्छविहरु लाई
वज्जि या वृजि’ – यो आठ गणतांत्रिक कुलहरको संघ थियो जुन उत्तर बिहारमा गंगाको उत्तरमा अवस्थित थियो तथा जस्को राजधानी वैशाली थियो। यस्मामें आजको बिहार राज्यको दरभंगा, मधुबनी र मुजफ्फरपुर जिल्ला सम्मिलित थियो ।
. कपिलवस्तुको शाक्यहरु ,बुद्धको बुवाको राज्य
कपिलवस्तु, शाक्य गणराज्यको राजधानी थियो, र नेपालको लुम्बीनी अन्चल तराई क्षेत्रमा मौजूद छ ।
. अहकप्यको वल्लिहरु
अहकप्य वास्तवमा भनेको थियो यस थाहा हुन सकेन तर केहिले भन्छन यो मगधको सँगै थियो र केहिले भन्छन यो चम्पारण बिहारमा थियो तर यस्तो लाग्छ कि कतै विदेह (आजको मिथला ) को नजिक र कोलियहरुको नगर जुन रोहिणी नदी जुन नेपालमा छ त्यस्को नजिकै सागै कतै थियो , कोलियहरु र कपिलवत्थुको युद्धको उल्लेख बौद्ध ग्रंन्थहरुमा पनि भेटिन्छ । ,
शायद यो नेपाल कै तराईमा कतै थियो ।
. रामग्रामको कोलियहरु
रामग्राम कोलिय क्षत्रियहरको प्रमुख नगर थियो । यो कपिलवस्तुबाट पूर्व तिर स्थित थियो । जुन कपिलवत्थुको सँगै थियो कुणाल जातकको भूमिका-भागबाट सूचित हुन्छ कि रोहिणीया राप्ती नदी कपिलवस्तु र रामग्राम जनपदहरको बीचको सीमा रेखा बनाउँथ्यो । यस नदीमा नै एक मात्रै बाँध द्वारा दुबै जनपदहरको सिंचाईको लागि पानी पाईन्थ्यो ।रामग्रामको ठीक-ठीक स्थिति को सूचना कुनै स्थान शायद यस समय छैन, तर यो निश्चित छ कि कपिलवस्तुको पूर्वतिर यो स्थान थियो होला भनिएकोछ जुन अहिले पनि छ।
. यो भाग कुनै वेठद्वीपको ब्राह्मणलाई दिईयो ।
वेठद्वीप नामको एक प्राचीन नगरको उल्लेख बौद्ध साहित्यमा छ । केहि विद्धानहरुले यस्को अभिज्ञान बेतिया (ज़िल्ला चम्पारण)बाट गरियो।
 धम्मपद टीकामा वेठदीपक नामक एक राजाको उल्लेख छ, जस्को सम्बन्ध अल्लकप्पको राजाको साथै भनिन्छ।
. पावाको मल्लहरु
राजगीर र बोधगयाको नजिक पावा नगर छ ,यो बिहारमा छ ,र यो जैन धर्म को महत्वपूर्ण तीर्थ हो किनकि यो मानिन्छ कि भगवान महावीरलाई यहीं परिनिर्वाण प्राप्ति भएकोथियो ।
. कुशीनाराको मल्लहरुलाई
कोशल उत्तर प्रदेशको फैजाबाद जिल्ला, गोंडा र बहराइचको क्षेत्र समावेस थियो । यस्को राजधानी श्रावस्ती थियो ।
. केहि स्थान यस्तो मोरियाको पिप्पलिवनहरुलाई पनि एक भाग पाईएको यस्तो भनियो ( यो स्थान नेपालको रूम्मिनदेही (लुम्बिनी ) र कुशीनगरको बीच कतैछ ।
१०. एक भाग ब्राह्मण द्रोणलाई पायो जसमा अज्ञात स्थानमा स्तूप बन्यो ।
बुद्धको परिनिर्वाणको २३६ वर्ष पछि सम्राट अशोक मौर्य महानको संरक्षणमा तृतीय बौद्ध संगति जुन २४९ ई.पू. मा पाटलीपुत्रमा भउको थियो । यस्को अध्यक्षता प्रसिद्ध बौद्ध ग्रन्थ कथावत्थुको रचयिता तिस्स मोग्गलीपुत्र ले गरेकाथिए । यस बौद्ध संगतीमा निर्णय लिईयो की भगवान बुद्ध को अस्थिहरुलाई वहाको परिनिर्वाणको समय राखिएको स्तुपहरुबाट निस्केर यसमा सम्राट अशोक को साम्राज्यमा स्तुपहरुको निर्माण गरियोस र त्यसबेला सम्म पनि सबै अवशेष माथि भनिएको स्तुपहरुमा मौजूद थियो र करीब ८४ हज़ार स्तुपहरुको निर्माण गरियो ,जस्मा केहि स्तूप बौद्ध भिक्षु को अवशेषहरुमा पनि बन्यो ,र कालान्तरमा केहि स्तूप भत्काईयो र लुटीयो पनि ,तर गुप्त साम्राज्य को समय सम्म धेरैजसो स्तूप सुरक्षित रह्यो तर अब गुप्त साम्राज्यको पतन पछि देशमा ठूलो अस्थिरता हुनगयो र हूणोले भारतमा आक्रमण भयो ,यो लुटेरी जाति थियो ,र यस्लाई बाटोमा जो भेटीयो त्यसलाई लुटेर तहसनहस गरिदिए ,बौद्ध विहार ,स्तूप ,चैत्य ,संघाराम सबै ,स समय सम्राट अशोक मौर्य महानको शासन काल ७०० वर्ष समय बीतेकोथियो, अब जब चीनी यात्री ह्वेन त्सांग हर्षवर्द्धनको शासन कालमा भारत आए र भारतमा सत्र वर्षहरु (६२९ -६४५ ) रह्यो र यस समय मा उस्ले अनेक बौद्ध स्तुपहरु ,बौद्ध विहार ,स्तूप ,चैत्य ,संघारामलाई देखे र लेखे कि केहि स्तूप पूरै ध्वस्त भएकोछ र यिनमा बुद्धको मुर्तिहरु ,बुद्धको अवशेष आदिलाई जम्मा गरेर श्रीलंका , अन्य दक्षिण एशिया देशहरुबाट हुँदै चीन गयो र त्यस्को साथ केहि ठाउँहरुमा यो बुद्ध को अवशेष पुग्यो ,केहि अरु कारणहरुबाट पनि यो अर्को देशमा पुग्यो । यसबाट पनि यो थाहा हुन्छ कि भगवान बुद्धको अवशेष अर्थात अस्तुहरु ८ भागमा ४ भाग नेपाल क्षे१ मै पुगेको देखिन्छ । अस्तुको लागि नै युद्ध गर्न खोज्नेहरुले अरु चिजको लागि के नगर्ला । अस्तु मात्रै पुजेर केहि हुने होईन त्यहि अनुसार भगवानले दिनुभएको शिक्षालाई कार्यान्वयन गरेको भए हाम्रो देश स्वर्ग भन्दा कम हुने थिएन ।
भवतु सब्ब मङ्गलम् ।