Tuesday, August 29, 2017

मेरो पत्रकारिता सुरुवात स्मरण


२०३४ सालमा मैले पञ्चायत तालीम सहायकको तालीम पूरा गरेपछि म बझाङ्ग जाँदै थिएँ । एक दिन नेपालगन्जका बरिष्ठ पत्रकार पूर्ण चुकेज्यू धम्वोजी चोकमा भेटिनुभयो । मलाई भन्भनुयो निष्पक्ष ध्वनि साप्ताहिकको सम्बाददाता पनि भएर जानुहोस । मैले खोजेको काम पाएँ । बझाङ्गको लागि सम्बाददाता नियुक्ति दिनुभयो । भाद्रमहिना तिर म परिवार सहित ग्जहाजबाट बझाङ्ग विमानस्थल पुग्दा यस्तो लाग्यो कि त्यहाँका ग्रामिण जनता मलाई स्वागत गर्न भिड लागेका थिए । अचम्म मानेँ कसैलाई चिन्दिन थिएँ । गुण्टा गान्टी वोकाएर कान्छा छोरा बोकेर चैनपुर बजार पुगीयो । डेरा जिल्ला कार्यालय नजिकै व्यवस्था भयो मासिक रु ९०।
जिल्ला कार्यालयमा हाजीर भएँ । जिल्ला कार्यालयको साथै जिल्ला पञ्चायत कार्यालय पनि थियो । त्यो दिन त्यत्तिकै आराम गरेँ । राती भुईचालो आयो ।
भोली पल्ट मलाई प्रगति चार्ट बनाउने काम दिईयो यद्यपि मेरो काम त्यो थिएन । मेरो तत्कालिन हाकिम सानो विकास परियोजनाका प्रमुख बलराम अधिकारी हुनुहुन्थ्यो । वहाँ पनि पञ्चायत तालीम अधिकृतबाट बढुवा हुनुभएको रहेछ । त्यसवेला प्रमुख जिल्ला अधिकारी रुपबहादुर स्वाँर हुनुहुन्थ्यो । मेरो चौतर्फि कामको सीपले म सबै सित झयाम्मिएँ ।
पहिलो शनिबारको दिनमा बजारको वस्तुस्थिति बुझ्न बजार घुमे बजार सँगै सेती नदी रैछ । नदीमा मान्छेका लाश देखेँ । त्यहाँ को चलन दाउराको अभावमा पुरै नजलाएर नदीमा हुत्याईदिने चलन थियो । मलाई यो चलन मन परेन समाचारको लागि राम्रो मसला बन्यो ।
बझाङ्गमा पसेको केहि दिनमा नै निष्पक्ष ध्वनि साप्ताहिक १० प्रति भैरहवाबाट आईपुग्यो । प्रति पत्रिका २ रुपैया मात्रै थियो सबैले सित्ति मै लिएर पढे मैले बानी बसाल्न सित्तिमै पढन दिएँ । पत्रिकामा मेरो रचनाहरु र समाचारहरु पनि आउन थाल्यो । पत्रिका बझाङ्ग आईपुग्दा मासिक भैसकेको हुन्थ्यो हुलाकबाट आउँदा । त्यसताक स्नातकोत्तर गर्न १ बर्ष राष्ट्रिय विकास सेवाको स्वयम् सेवक भएर जिल्लामा खटिनुपर्ने हिसाबले रबिमोहन कोपिला र राजाराम सुवेदीज्यूहरु सित मेरो राम्रै हिमचीम भयो ।
मलाई एकदिन सिडियो साहेबले कड्केर भन्नुभयो ए शाक्यजी सरकारी कर्मचारी प्रेस सित सम्बन्ध गर्न पाईन्न भन्ने थाहा छैन ? मैले सोझो उत्तरदिएँ थाहा छैन हजूर । ल ठिक ठिक समाचार लेख्नु । रुपबहादुर स्वाँरज्युको सरुवा भएर अगाडीकव नाम बिर्सेँ रायमाझी सिडीयो भएर आउनु भयो । उहाँ त झन रमाईलो मान्छे शनिवारकव दिन रमाईलो गर्ने पत्रकारजी भनेर तास खेल्न वोलाउनुहुन्थ्यो । अरु सुब्बा खरिदार सीडीयोको अगाडी आउन पनि डराउँथे ।
म बझाङ्गको चर्चित १ मात्रै पत्रकार पो भएछु । रासस प्रतिनीधि त थिए तर जाशुश जस्तै मात्रै मैले चिन्दिन थिएँ ।
म पञ्चायत सम्बन्धि तालीम चलाउन गाउँ गाउँ १२ गाउँ पुगेर तालीम दिने मौका पाएँ । प्रधानपञ्च उप प्रधान पञ्च सदस्यहरुलाई पञ्चायत व्यवस्था अपरिहार्य आधार ,सर्बोपरि साध्य राज व्यवस्था, परिवfर नियोजन ,योजना तर्जुमा लगाएतका विषयहरु ३ दिनको तालीम दिनुपर्थ्यो । तालीमको साथै मैले समाचार सङ्कलन गर्ने पनि मौका पाएँ ।
म एक पत्रकार पनि भएकोले खरिदार सरहको कर्मचारी भएपनि जिल्लाका अधिकृतहरु मेरो साथी सरह भए ।
कान्छा छोराको भातख्वाई गर्न खीर बनाउन दुधको आवश्यक पर्यो तर दुध किन्न कतै पाईएन दुध बेच्ने चलन नै थिएन वल्लतल्ल एकमाना दुध निशुल्क पाईयो । साथीहरुलाई सामान्य जलपान गराईयो । तोरीको तेल जिरा किन्न नपाईने फलको नामा केरा पाईन्थ्यो ५ रुपैया कोशा त्यति बेला । गाउँ ठाउँ जताततै बाबुसाहेबहरुको रवाफ मात्रै । त्यहाँ बस्दा पृथ्वी जङ्गबहादुर सिँहका परिवार तथा राजा देवीजङ्ग सिँहका परिवार सित हेलमेल भएर ईतिहाँसको जानकारी लिने मौका पाईयो । २२से २४से राज्य मध्य बझाङ्ग पनि एक ठूलै शक्तशाली राज्य थियो । एकिकरण भएपछि एकिकरण हुन नमानेर गोर्खाली सेना सित लडाई भएर तत्कालिन राजाको मृत्यु भएको रैछ । बझाङ्गि राजाको छोरा सित स्व.राजाको वीरेन्द्रको बहिनी शान्तिको विहे भएकोले त्यहाँको सिँह परिवारको राजपरिवार सितको ठाट बाँट थियो । छोरा बिरामी भएर श्रीमतीको साथमा नेपालगन्ज पठाएँ ।
बझाङ्गको समाचारहरु रमेशनाथ पाण्डेको सम्पादनमा नयाँ सन्देश साप्ताहिकमा मा पनि सम्प्रेषण गर्न थालेँ । मेरो समाचार लेख्ने तरिकाको सुधार हुँदैगयो ।
बझाङ्गमा १० महिना बसाई पछि तालीमको लागि नेपालगन्ज जानु पर्यो आधा सामानहरु छोडेर बााकि सामान आफै बोकेर हवाई टिकटको अभावमा पैदलै ४ दिन हिँडेर बैतडी पुगेर त्यहाँबाट झुलाघाट पिथौडागढ हुँदै रेलबाट रुपैडिहा पुगीयो अनि पञ्चायत विकास प्रशिक्षण केन्द महेन्द्रनगर नेपालगन्ज ।
पत्रकारिता निरन्तर चल्यो २०४० सालमा हाकिम सित जहिल्यै झगडा भैरहने हुँदा मलाई व्यवस्था विरोधी राजद्रोही शङ्कास्पद व्यक्ति सजग हुनुपर्ने कर्मचारी भन्ने आरोप लगाएर सुर्खेत सरुवा भयो । सुर्खेत आएपछि रासस प्रतिनीधी, देशान्तर साप्ताहिक, मातृभुमि साप्ताहिक, समीक्षा साप्ताहिक, जाआस्था साप्ताहिक, घटना र विचार साप्ताहिक, लगाएत जनमत अर्द्ध साप्ताहिक, कान्तिपुर दैनिक, त्यसपछि त सुर्खेतका साथीहरुलाई थाहै छ मैले के के गरेँ ।
भवतु सब्ब मङ्गलम्


Thursday, August 10, 2017

अष्टावक्र विव्दान परिचय

अष्टावक्र अद्वैत वेदान्त को महत्वपूर्ण ग्रन्थ अष्टावक्र गीता को ऋषि हुन । अष्टावक्र गीता अद्वैत वेदान्त को महत्वपूर्ण ग्रन्थ हो । 'अष्टावक्र'को अर्थ 'आठ ठाउँ बाङ्गो हुन्छ । भनिन्छ कि अष्तावक्रको शरीर आठ ठाउँमा बाङ्गो थियो ।
परिचय
उद्दालक ऋषिको छोराको नाम श्‍वेतकेतु थियो । उद्दालक ऋषिको एक शिष्यको नाम कहोड़ थियो। कहोड़लाई सम्पूर्ण वेदहरुको ज्ञान दिए पश्‍चात् उद्दालक ऋषिले उसित आफ्नो रूपवती एवं गुणवती कन्या सुजाताको विवाह गरिदियो । केहि दिन पछि सुजाता गर्भवती भइन । एक दिन कहोड़ वेदपाठ गरिरहेका थिए तब भीत्रबाट बालकले भन्यो कि बुवा ! तपाईले वेद गलत पाठ गर्दै हुनुहुन्छ । यो सुन्ने बित्तिकै कहोड़ क्रोधित भएर बोले कि तँ गर्भबाटै मेरो अपमान गरिरहेकोछस त्यसैले तँ आठ ठाउँमा वक्र (बाङ्गो) होलास ।
हतारिँदै एकदिन कहोड़ राजा जनक को दरबारमा पुगे । त्यहाँ बंदीसित शास्त्रार्थमा उस्को हार भयो । हार भएपछि फलस्वरूप उस्लाई पानीमा डुबाईयो । यस घटना पछि अष्टावक्रको जन्म भयो । बुवा नहुनाले उ आफ्नो बाजे उद्दालकलाई आफ्नो बुवा र आफ्नो मामा श्‍वेतकेतुलाई आफ्नो भाई सम्झन्थ्यो । एक दिन जब उ उद्दालकको काखमा बसेकोथियो तब श्‍वेतकेतुले उस्लाई आफ्नो बुवाको काखमाबाट तान्दै भन्यो कि तँ काखबाट निस्कि यो तेरो बाउको काख होईन । अष्टावक्रलाई यो कुरा ठिक लागेन र उसले तत्काल आफ्नो आमानिर गएर बाउको बारेमा सोधपुछ गर्यो । आमाले अष्टावक्रलाई सबै कुराम साँचो साँचो भनि दियो ।
आफ्नो आमाको कुरा सुनेपछि अष्टावक्रले आफ्नो मामा श्‍वेतकेतुको साथ बन्दी सित शास्त्रार्थ गर्नको लागि राजा जनकको यज्ञशालामा पुगे । त्यहाँ द्वारपालहरुले उस्लाई रोक्दै  भने कि यज्ञशालामा बच्चाहरुलाई जाने अनुमती छैन । यसमा अष्टावक्र बोले कि अरे द्वारपाल! केवल कपाल सेतो हुनाले अवस्था धेरै हुनाले कुनै मान्छे ठुलो हुँदैन । जसलाई वेदहरुको ज्ञान छ र जो बुद्धिमा तेज छ त्यहि वास्तवमा ठूलो हुन्छ । यति भनेर उ राजा जनकको सभामा पुग्छ र बंन्दीलाई शास्त्रार्थको लागि चुनौती दिन्छ ।
राजा जनकले अष्टावक्रको परीक्षा लिन सोध्यो कि उ पुरुष को हो जो तीस अवयव, बारह अंश, चौबीस पर्व र तीन सय साठी अक्षर भएको वस्तुको ज्ञानी छ? राजा जनकको प्रश्‍न सुन्ने बित्तिकै अष्टावक्रले भने कि राजन्! चौबीस पक्ष वाला, छः ऋतुहरु वाला, बारह महीना वाला तथा तीन सय साठी दिन वाला सम्वत्सर तपाईको रक्षा गरोस । अष्टावक्रको सही उत्तर सुनेर राजा जनकले फेरि प्रश्‍न गरे कि उ को हो जो सुप्तावस्थामा पनि आफ्नो आँखा बन्द राख्दैन ? जन्म लिएपछि उपरान्त पनि हिँडन असमर्थ रहन्छ ? को हृदय विहीन छ ? र शीघ्रताले बढ़ने  कव हो ? अष्टावक्रले उत्तर दियो कि हे जनक! सुप्तावस्थामा माछा ले आफ्नो आँखा बन्द गर्दैन । जन्म लिएपछि उपरान्त पनि अण्डा चल्न सक्तैन । ढुङ्गा हृदयहीन हुन्छ र वेगले  बढ़ने नदी हुन्छ ।
अष्टावक्रको उत्तरहरु सुनेर राजा जनक प्रसन्न भए र उन्लाई बन्दी सित शास्त्रार्थ गर्न अनुमति दियो । बन्दीले अष्टावक्र सित भन्यो कि एक सूर्य सारा सन्सारलाई प्रकाशित गर्छ , देवराज इन्द्र एकै वीर छ तथा यमराज पनि एकै छ । अष्टावक्र बोले कि इन्द्र र अग्निदेव दुई देवता हुन । नारद तथा पर्वत दुई देवर्षि हुन अश्‍वनीकुमार पनि दुई नै छन् । रथको दुई चक्का हुन्छ र श्रीमान-श्रीमती दुई सहचर हुन्छन । बन्दिले भने कि सन्सार तीन प्रकारबाट जन्म धारण गर्छ । कर्महरुको प्रतिपादन तीन वेदले गर्छ । तीनै काल मा  यज्ञ हुन्छ तथा तीन लोक र तीन ज्योतिहरु छन । अष्टावक्र बोले कि आश्रम चार छनवर्ण चार छ, दिशाहरु चार छन् र ओंकार, आकार, उकार तथा मकार यि वाणीका प्रकार पनि चार छन् । बन्दीले भने कि यज्ञ पाँच प्रकारको हुन्छ , यज्ञको आगो पाँच छन्, ज्ञानेन्द्रियहरु पाँच छन्, पंच दिशाहरुको अप्सराहरु पाँच छन, पवित्र नदिहरु पाँच छन तथा पंक्‍ति छन्दमा पाँच पद हुन्छन । अष्टावक्रले भन्छ कि दक्षिणा मा छः गाई दिनु उत्तम हो, ऋतुहरु छः हुन्छ, मन सहित इन्द्रयहरु छः छन , कृतिकाहरु छः हुन्छ र साधस्क पनि छः नै हुन्छ । बन्दीले भने कि पालतू पशु सात उत्तम हुन्छन र वन्य पशु पनि सात नै, सात उत्तम छंन्दछनसप्तर्षि सात छन् र वीणामा तार पनि सात नै हुन्छन् हैं। अष्टावक्रले भने कि आठ वसु छन् तथा यज्ञको स्तम्भक कोण पनि आठ हुन्छन । बन्दीले भने कि पितृ यज्ञ मा समिधा नौ छोड़िन्छ, प्रकृति नौ प्रकारको हुन्छ तथा वृहती छन्दमा अक्षर पनि नौ नै हुन्छ । अष्टावक्र बोले कि दिशाहरु दस छन्, तत्वज्ञ दस हुन्छ, बच्चा दस महिनामा हुन्छ र दहाईमा पनि दस नै हुन्छ । बन्दीले भने कि ग्यारह रुद्र छन्, यज्ञमा ग्यारह स्तम्भ हुन्छन् र पशुहरुको ग्यारह इन्द्रियहरु हुन्छन् । अष्टावक्रले भने बारह आदित्य हुन्छन्  बारह दिनको प्रकृति यज्ञ हुन्छ, जगती छन्दमा बारह अक्षर हुन्छ र वर्ष पनि बारह महिना पनि नै हुन्छ । बन्दीले भन्यो कि त्रयोदशी उत्तम हुन्छ, पृथ्वीमा तेरह द्वीप छन् ।...... यति भन्दा भन्दै बन्दी श्‍लोकको अघिल्लो पंक्ति भूलेर चुपलाग्यो । यसमार अष्टावक्रले श्‍लोकलाई पूरा गर्दै भने कि वेदहरुमा तेरह अक्षर भएको छन्द अति छन्द भनिन्छ र अग्नि, वायु तथा सूर्य तीनै तेरह दिन वाला यज्ञमा व्याप्त हुन्छ ।
भवतु सब्ब मङ्गलम् ।
इस प्रकार शास्त्रार्थ में बंदी की हार हो जाने पर अष्टावक्र ने कहा कि राजन्! यह हार गया है, अतएव इसे भी जल में डुबो दिया जाये। तब बंदी बोला कि हे महाराज! मैं वरुण का पुत्र हूँ और मैंने सारे हारे हुये ब्राह्मणों को अपने पिता के पास भेज दिया है। मैं अभी उन सबको आपके समक्ष उपस्थित करता हूँ। बंदी के इतना कहते ही बंदी से शास्त्रार्थ में हार जाने के बाद जल में डुबोये गये सार ब्राह्मण जनक की सभा में आ गये जिनमें अष्टावक्र के पिता कहोड़ भी थे।
अष्टावक्र ने अपने पिता के चरणस्पर्श किये। तब कहोड़ ने प्रसन्न होकर कहा कि पुत्र! तुम जाकर समंगा नदी में स्नान करो, उसके प्रभाव से तुम मेरे शाप से मुक्त हो जाओगे। तब अष्टावक्र ने इस स्थान में आकर समंगा नदी में स्नान किया और उसके सारे वक्र अंग सीधे हो गये।