Thursday, February 20, 2014

निचिरेन शोशु परिचयात्मक नेपालमा पहिलो पटक

19 Feb. 2014
सुर्खेत नेपाल

निचिरेन शोशु शुद्ध बुद्ध धर्मको एक परिचयात्मक कार्यक्रम भव्य रुपमा नेपालमा पहीलो पटक सुर्खेतमा सम्पन्न हुने मौका प्राप्त भयो । उक्त अवसरमा Kohji Ohkura को नेतृत्वमा सम्पन्न भएको एक झलक ।


Wednesday, February 12, 2014

दर्शन शास्त्र Philosophy



                 जीवनकुमार शाक्य
फ़ेसबुक पर शेयर करें
दर्शन शास्त्र हुन त म दर्शन शास्त्रमा बिज्ञ त होईन तैपनि आफूले अध्ययन गरेर प्राप्त गरेको अनुभूति ज्ञानलाई बाँड्नु उचित ठानेर प्रस्तुत गरेकोछु ।
दर्शन शास्त्र एक परिचय /
दर्शनको अर्थ त सामान्य अर्थमा हेर्नु भन्ने हुन्छ । बिशेष गगरि आफ्नो अनुभुति व्दारा प्राप्तको ज्ञानलाई बिस्तृत रुपमा व्याख्या गरिनुलाई शास्त्र भनियो कि भन्ने मेरो बुझाई हो । अध्यात्मको मूलाधार दर्शन हो। यस क्षेत्रमा धर्म र दर्शन परस्पर यसरी रचि-बसेकाछन कि त्यसलाई छुट्याउन सकिन्न । दुबैको परम्परा समान गतिबाट निरन्तर प्रवाहमान द्रष्टव्य छ । भारत चिरकालबाट एक दर्शन प्रधान देश रहेको पाईन्छ। भौतिक जगतको मिथ्यात्व तथा निराकार ब्रह्मको सत्य एवं सर्वव्यापकता यहाँ सदैव विचारको विषय बनेकोछ । भारतीय दार्शनिक विचारधारालाई समयको दृष्टिबाट चार कालमा विभाजित गर्न सकिन्छ:
१ वैदिक कालमा वेदबाट उपनिषद सम्म रचेको साहित्य समाहितछन्।
२ महाभारत काल- चार्वाक र गीताको युग।
३ बौद्ध काल- जैन तथा बौद्ध धर्म को युग।
४ उत्तर बौद्ध काल- न्याय, वैशेषिक, सांख्य, योग, पूर्व तथा उत्तर मीमांसाको युग।
वैदिक कालमा आर्यहरुको चिंताधारा उल्लास तथा ऐश्वर्य भोग्ने कामनाबाट युक्त थियो। ब्राह्मण ग्रंथहरुमा वैदिक ऋचाहरु र मन्त्रहरुको अर्थको साथ-साथ तत्कालीन पुराण र इतिहासको संदर्भ पनि पाईन्छ । तिनको माध्यमबाट कर्मको महत्ता बढ़न थाल्यो । त्यस्को सबैभन्दा ठूलो विशेषता वेद र वेदोत्तर साहित्यको मध्यवर्ती कड़ी हुनाले हो । बिस्तारै बिस्तारै आर्यहरुको विचारधारा अंतर्मुखी हुनथाल्यो। अत: उपनिषदहरुको रचना भयो। औपनिषदिक साहित्यमा अनेक कथाहरु दार्शनिक तथ्यांकन गर्छ ।
• पिप्पलाद को कथा ब्रह्म जीव, जगतमा प्रकाश गर्छ।
• नचिकेता भौतिक सुखोहरुको नि:सारतामा ।
• सुकेशा को माध्यमबाट सोह्र कलाहरुबाट युक्त पुरुषको अंकन छ भने
• वरुण र भृगु को वार्तालाप ब्रह्मको स्वरूपलाई स्पष्ट गर्छ ।
• छांदोग्योपनिषद मा अंकित बृहस्पति को कथा इन्द्रिहरुको नश्वरतालाई उदंग्याउँछ। यस्तो अनेक कथाहरु उपलब्ध छन् ।
वैदिक काल
वैदिक ऋषिहरुले एकांत अरण्यों (वन)मा बसेर जुन ग्रंथहरुको रचना गर्यो, ति आरण्यक भनियो । यि ग्रंथहरुमा तपलाई ज्ञान मार्गको आधार मानेर तपमा नै बल दिइएको थियो। सूत्र ग्रंथहरुको रचना को साथ कर्मकांडको महत्व बढ़न थाल्यो । भारतीय यज्ञ पद्धतिको सम्यक विवेचन श्रौत सूत्रहरुमा पाईन्छ, मानव जीवनको सोह्र संस्कारहरुको विवेचन स्मृति सूत्रहरुमा उपलब्ध छ। स्मृतिहरुको परिगणन पनि वैदिक साहित्यमा नै हुन्छ । यि ग्रंथहरुमा वैदिक संस्कृतिको स्वरूप अंकित गरिएकोछ । यद्यपि मनुस्मृति तथा याज्ञवल्क्य स्मृति नै सर्वाधिक चर्चाको विषय बन्यो तर स्मृतिहरुको संख्या पुराणहरुको जस्तै धेरै छ । स्मृति ग्रंथ लोक जीवनको आचार-विचार, धर्मशास्त्र, आश्रम, वर्ण, राज्य र समाज आदि परक अनुशासनको अंकन प्रस्तुत गर्छ । कुल मिलाएर यस समस्त वैदिक साहित्यमा निर्गुण परम सत्ताको विद्यमानता मान्य थियो। त्यहि परम सत्ताको दैवीय शक्ति प्रकृतिको विभिन्न तत्वहरुमा समाहित मानिन्छ । वरुण, सूर्य, अग्नि भौतिक तत्त्व प्रदान गर्ने देवताहरुको रूपमा पूज्य थिए। इन्द्र ति देवताहरुको नियंता थिए । तब मान्छेहरु मंन्दिरहरुको स्थापना गर्दैनथिए किनकि प्रकृतिको अंश-अंशमा उस्कोको अनुभव गर्थे। उनको आचार-विचारमा कर्म, ज्ञान, उपासनाको स्वीकृति थियो। तत्कालीन संस्कृतिमा यज्ञको प्रधानता थियो ।
महाभारत काल
महाभारत युग तक वैचारिक विरोध बढ़िसकेकोथियो । त्यस संघर्षमय समाजमा एकातिर ज्ञानमा बल दिएको थियो अर्कोतिर कर्ममा। यस्तो विषम कड़िहरुमा एकातिरर चार्वाकले ज्ञान र कर्मको निरर्थकतामा प्रकाश पारेर जीवनको भौतिक सुखलाई उजागर गर्ने काम गरे, त अर्कोतिर सांख्य दर्शनको अंकुर पनि तत्कालीन संस्कृतिमा देखिनथाल्यो । भगवद्गीता ले सामाजिक विषमताहरुलाई टाढा गरेर समानता ल्याउने काम गरेको देखिन्छ । यस्को माध्यमबाट प्रबुद्ध मानव समाजबाट र जनसाधारणमा चार्वाकजन्य प्रवृत्ति तथा उपनिषदजन्य निवृत्ति तथा उपनिषदजन्य निवृत्तिको समन्वित रूप अंकित भयो । यस्मा ज्ञान तथा उपासनाको अपेक्षा कर्मकांड धेरै महत्त्वपूर्ण भयो। यज्ञहरुमा अनेक प्रकारका प्राणीहरुको आहुति दिन थालीयो ।
• यस प्रकारको रक्तपात जनसाधारणको उत्पीड़नको कारण बन्यो । त्यस बिषयमा नास्तिक दर्शनहरुले जन्म लियो। नास्तिकको अभिप्राय वेदमा विश्वास नहुनुथियो । चार्वाक, जैन तथा बौद्ध दर्शनवादी कर्मकांडको अतिशयतालाई वैदिक परम्परा मानेर त्यसबाट टाढा भैरहे। तिनिले मानव-समाजलाई लिएर जीवनको व्यावहारिक पक्षतिर लैजाने प्रयास गरेको देखिन्छ। चार्वाक दर्शन मा सुखपूर्वक जीवनयापन गर्ने जोड दियो ।:
यावज्जीवेत् सुखं जीवेत् ऋणं कृत्वा घृतंपिवेत्।
भस्मी भूतस्य देहस्य पुनरागमनं कुत:।।
• जनता जनार्दनको लागि यस प्रकारको कथन यति सुंदर थियो कि यो दर्शन चार्वाक (चारु+वाक् =चार्वाक) भनियो। यो भौतिकवादी, प्रत्यक्षवादी, निरीश्वरवादी, यदृच्छावादी, स्वभाववादी तथा सुखवादी दर्शन हो। यो पांच तत्त्व मध्यबाट आकाशलाई स्विकार गर्दैन, केवल प्रत्यक्ष मै विश्वास गर्छ । जीवनको लक्ष्य अधिकाधिक भौतिक सुख प्राप्त गर्नुहो ।
बौद्ध काल
महाभारत युद्धको उपरान्त समाज केहि यस्तो विचारधारामा फसेको थियो कि मानवमात्र स्वयमेतर कुनैमा विश्वास गर्न चाहँदैन थियो । जैन तथा बौद्ध मतले मानव समाजको आत्मविश्वासलाई पुष्ट गरेर त्यसलाई व्यावहारिक जीवन सुचारु रूपले जिउन प्रेरित गर्यो ।
जैन दर्शन
जैन दर्शनमा सत्य-अहिंसामार विशेष जोडदिइयो । यो निरीश्वरवादी दर्शन हो। यस्मा सृष्टिलाई अनादि तथा छ तत्त्वबाट से – जीव, पुद्गल (शरीर), धर्मद्रव्य, अधर्मद्रव्य, आकाश (अनत) तथा काल (मृत्यु)बाट बनेको मानेको छ । साधनाको सात सोपान छ:
१ जीव (आत्मा),
२ अजीव (शरीर),
३ प्रास्राव,
४ बंध,
५ संवर,
६ र्जरा तथा
७ सप्तम् सोपान कैवल्य (मोक्ष) हो ।
बौद्ध दर्शन
बौद्ध दर्शनको प्रतिष्ठापक शाक्यमुनी बुद्ध थिए। बुद्धले राजसी वैभवको निस्सारताको अनुभव गरेकाथिए बोधिसत्त्व प्राप्त गरेर उनले अनिश्वरवादको स्थापना गरे । बौद्ध दर्शन अनुसार चार आर्यसत्य छ:
१ दुःख आर्य सत्य,
२ दु:ख समुदाय आर्यसत्य,
३ दु:ख निरोध आर्यसत्य,
४ दु:ख निरोधगामिनी प्रतिपदा आर्य सत्य ।
। न सांसारिक भोगमा लिप्त रहनु उचित हो न शरीरलाई व्यर्थ कष्ट दिनु । आर्य आष्टांगिक मार्गबाट इच्छाहरु र तृष्णाहरुमा विजय प्राप्त गर्न सकिन्छ । यो दर्शन क्षणिकवादी हो रे। यस दर्शनमा आत्माको स्थायित्वको पनि अस्वीकृति छ, त्यो परिवर्तनशील मानीन्छ ।जुन कुरा विपश्यनामा अभ्यास गरेर स्वनुभुति प्राप्त गर्न सकिन्छद् । बौद्ध दर्शनमा मुख्य रूपले सत्कर्ममा बल दिएकोछ, त्यहि निर्वाण सम्म पुगाउन सक्छ ।
________________________________________
क्रमशः.............

अग्नि परिचर्चाःएक कर्मकाण्ड




तीन प्रकारका अग्निहरु
अहिंसक यज्ञ पनि केवल अग्नि परिचर्चारुपी कर्मकाण्ड हो भने त त्यो के काम भयो र ? यस बिषयमा भगवानले उद्गत शरीर ब्राह्मणलाई स्पष्टतया सम्झाउनुभयो । उहाँले तीन प्रकारका अग्निलाई निभाउने र तीन प्रकारका अग्निहरुलाई सतत प्रज्वलित राख्ने उपदेश दिनु भयो ।
तयोमे,ब्राह्मण,अग्गी पहातब्ब न सेवितब्बा .
- ब्राह्मण, यी तीन प्रकारका अग्निहरुलाई त्यग गरिदिनुपर्छ तिनिहरुलाई दूर गरी दिनुपर्दछ तिनको सेवन गर्न हुन्न ।
कतमे तयो- कुन कुन तीन ?
रागग्गि,दोसग्गि,मोहग्गि-राग अग्नि,व्देष अग्नि ,मोह अग्नि ।
फेरि भगवानले भन्नुभयो-
तयो खो ब्राह्मण,अग्गि सक्कत्वा गरुं कत्वा मानेत्वा पुजेत्वा सम्मा सुखं परिहातब्बा ।
- ब्राह्मण,तीन अग्निहरु यस्ताछन् जस्को सत्कार गर्नुपर्दछ,जस्को गौरब गर्नुपर्दछ,जस्लाई मान दिनुपर्दछ,जस्लाई पुज्नुपर्दछ तथा जसलाई राम्ररी सुखपुर्वक वहन गर्नुपर्दछ ।
कतमे तयो-कुन कुन तीन?
आहुनेय्यग्गि,गहपतग्गि,दक्खिणेय्यगि ।
-आह्वानयोग्य अग्नि गृहपति अग्नि दक्षिणार्ह अग्नि । फेरि भगवानले यो तीन वटैको यसरी व्यख्या गर्नुभयो -
१ आह्वानयोग्य अग्नि कुन हो ?
जो माता पिता छन् ति सत्कार भाजन हुन आह्वान योग्य अग्नि हुन् ।मातापिता रुपी अग्नि बाट नै सबैको जन्म भयो सबै आइयो । त्यसकारण यो आहुनेय्य अग्निलाई प्रदिप्तमान राख्नु पर्छ,अर्थात माता पिताको सतत सत्कार गर्दै रहनुपर्छ। यिनिहरुको गौरव सम्मान पूजन गर्दै रहनुपर्छ । तथा यिनिहरलाई राम्ररी सुखपुर्वक राख्दै,यिनको वहन गरिरहनु पर्दछ यिनको भरणपोषण गरिरहनु पर्दछ ।
२ गृहपति अग्नि कुन हो ?
जो पुत्र-कलत्र,दास नोकरछन् ती गृहपति अग्नि हुन । यस अग्निलाई सतत देदीप्यमान राख्नुपर्दछ । यिनकव सदा गौरव,सत्कार,सम्मान पूजन गरिरहनु पर्दछ । यिनलाई राम्रो तरिकाले सूखपुर्वक राख्दै यिनिहरुको वहन गरिरहनुपर्दछ यिनिहरुको भरणपोषण गरिरहनुपर्दछ ।
३ दक्षिणार्ह अग्नि कुन हो ?
जो श्रमण,ब्राह्मण विग्रह विवाद देखि विरत रहन्छन् क्षमा अनि विनम्रतामा निरत रहन्छन् आफूले आफूलाई दमन अनि शमन गर्नेवाला हुन्छन्,आफ्नो राग व्देष अनि मोहको अग्निलाई निभाएर परिनिर्वाणलाई प्राप्तगर्नेवाला हुन्छन्,यि दक्षिणार्ह अग्नि हुन,यिनलाई सदा देदीप्यमान राख्नुपर्दछ । यिनको सदा सत्कार गौरव,पूजन, सम्मान गरिरहनुपर्दछ । यिनलाई राम्ररी सुखपुर्वक राखिकन यिनको वहन गर्नुपर्दछ । यिनकव दैनिक जीवनको आवश्यकताहरुलाई पूर्ति गरिरहनुपर्दछ ।
गृहस्थहरुकालागि यि नै तीनै अग्निलाई सतत् प्दिप्त राख्नु कति कल्याणप्रद छ । भगवानका  उपदेशहरुबाट प्रभावित भएर अनेक मानिसहरुले यो नै गरे ।
त्रिपिटकमा सम्यक सम्बुद्धबाट

बुद्धको शिक्षा The teaching of Buddha



फ़ेसबुक पर शेयर करें
बुद्ध गुण
बुद्धमा अनन्तानन्त गुण हुन्छन। त्यसलाई चार भागमा वर्गीकृत गरिन्छ, यथा-
१ काय गुण,
२ वाग-गुण,
३ चित्त गुण एवं
४ कर्म गुण।
  • काय-गुण३२  महापुरुषलक्षण एवं ८० अनुव्यजंन बुद्धको कायगुण हुन । त्यसबाट प्रत्येक यहाँ सम्मकि प्रत्येक रौ पनि सबै ज्ञेयहरुको साक्षात दर्शन गर्न सक्छ। बुद्ध विश्वको अनेक ब्रह्याण्डहरुमा एक-साथ कायिक लीलाहरुको प्रदर्शन गर्न सक्छन्। यि लीलाहरु व्दारा ति विनयजनहरुलाई सन्मार्गमा प्रतिष्ठित गर्छन्।
  • वाग-गुणबुद्धको वाणी स्निग्ध वाक्, मृदुवाक, मनोज्ञवाक्, मनोरम वाक्, आदि भनिन्छ। यस प्रकार बुद्धको वाणी को ६४ अंग हुन्छन, जस्लाई 'ब्रह्मस्वर' पनि भनिन्छ । यि सबै बुद्ध का वाग्-गुण हुन्।
  • चित्त-गुणबुद्धको चित्त-गुण ज्ञानगत पनि हुन्छ र करुणागत पनि । केहि गुण साधारण पनि हुन्छ, जो श्रावक र प्रत्येकबुद्धमा पनि हुन्छ हैं। केहि गुण असाधारण हुन्छ, जो केवल बुद्धमा नै हुन्छ। दश बल, चतुवैशारद्य, तीन असम्भिन्न स्मृत्युपस्थान, तीन अगुप्त नास्ति मुषितस्मृतिता, सम्यक् प्रतिहतवासनत्व, महाकरुणा, अष्टादश आवेणिक गुण आदि बुद्धको ज्ञानगत गुण हुन् हैं। दु:खी सत्वहरुलाई देखेर बुद्धको महाकरुणा अनायास स्वत: प्रवृत्त हुनथाल्छ । महाकरुणाको यस अजस्र प्रवाहबाट जगतको अविच्छिन्न रूपबाट कल्याण भैरहन्छ । यो वहाँको करुणागत गुण हो।
  • कर्म-गुणयि दुई प्रकारका हुन्छन्, यथा-
१ निराभोग कर्म र
२ अविच्छिन्न कर्म।


  • निराभोग कर्मको तात्पर्य त्यो कर्म सित छ, जो बिना प्रयत्न या संकल्पको सूर्यबाट प्रकाश को जस्तै स्वत: आफै प्रवृत्त हुन्छ ।
  • बुद्धको कर्म बिना कालिक अन्तरालको लगातार सर्वदा प्रवृत्त भैरहन्छ, अत: यि अविच्छिन्न कर्म भनिन्छ ।

भगवान बुद्धको शिक्षा
मनुष्य जुन दु:खहरुबाट पीड़ित छ, त्यस्मा ठूलो भाग यस्तो दु:खहरुका छन, जस्लाई मनुष्यले आफ्नो अज्ञान, ग़लत ज्ञान या मिथ्या दृष्टिहरुले जन्माएकोछ त्यस दु:खहरुको प्रहाण आफ्नो सही ज्ञान द्वारा बाटै सम्भव छ, कसैको आशीर्वाद या वरदानबाट त्यसलाई हटाउन सकिंदैन । सत्य या यथार्थताको ज्ञान नै सम्यक ज्ञान हो। अत: सत्यको खोज दु:खमोक्षको लागि परमावश्यक छ। खोज अज्ञात सत्यको नै गर्न सकिन्छ । यदि सत्य कुनै शास्त्र, आगम या उपदेशक द्वारा ज्ञात भएको भए त त्यसको खोज होईन । त्यसैले भगवान: बुद्ध ले आफ्नो पूर्ववर्तीहरु द्वारा या परम्परा द्वारा बताएको सत्यलाई नकारे र आफ्नो लागि सुरुबाट त्यसको खोज गरे । बुद्ध स्वयं कतै प्रतिबद्ध भएनन् र न त आफ्नो शिष्यहरुलाई उनले कतै बाँधे । उन्ले भने कि मेरो कुरालाई पनि  यसकारण चुपचाप नमान कि त्यसलाई बुद्धले भनेको हो । त्यसमा पनि सन्देह गर र विविध परीक्षाहरु द्वारा त्यस्को परीक्षा गर । जीवनको कसीमा त्यसलाई परिक्षण गर, आफ्नो अनुभवहरुबाट मिलाएर हेर, यदि तिमीलाई ठीकलाग्छ भने त स्विकार गर, नत्र छोडी देउ । यही कारण थियो कि उनको धर्म रहस्याडम्बरहरुबाट मुक्त, मानवीय संवेदनाहरुबाट ओतप्रोत एवं हृदय लाई सोझै स्पर्श गर्थ्यो ।
त्रिविध धर्मचक्र प्रवर्तन
भगवान बुद्ध प्रज्ञा र करुणाको सागर नै थिए । यि दुबै गुण उन्मां उत्कर्षको पराकाष्ठा प्राप्त गरेर समरस भएर स्थित थियो । यति मात्रै होईन, भगवान बुद्ध अत्यन्त उपायकौशल्य पनि थिए । उपायकौशल बुद्धको एक विशिष्ट गुण हो अर्थात उनि विविध प्रकारको विनयजनहरुलाई विविध उपायहरुले सत्मार्गमा लगाउन अत्यन्त प्रवीण थिए । उनि यो राम्री जान्दथिए किकस्लाई कसरी कुन उपायबाट सत्मार्गमा लगाउन सकिन्छ । फलत: उनि विनयजनहरुको विचार, रूचि, अध्याशय, स्वभाव, क्षमता र परिस्थितिको अनुरूप उपदेश दिन्थे । भगवान बुद्धको अर्को विशेषता यो हो कि उनि सत्मार्गको उपदेश द्वारा नै आफ्नो जगत्कल्याणको कार्यको सम्पादन गर्थे, न कि वरदान या ऋद्धिको बलले, जस्तै कि शिव या विष्णु आदि को बारेमा अनेकौं कथाहरु पुराणहरुमा प्रचलित छ । उन्का भनाई छ कि तथागत त मात्र उपदेष्टा हो, कृत्यसम्पादन त स्वयं साधक व्यक्तिलाई नै गर्नुपर्छ । उनि जस्को कल्याण गर्न चाहन्थे, त्यसलाई धर्महरु (पदार्थहरु)को यथार्थताको उपदेश दिन्थे । भगवान बुद्धले भिन्न-भिन्न समय र भिन्न-भिन्न स्थानहरुमा विनयजनहरुलाई अनन्त उपदेश दिएका थिए । सबैको विषय, प्रयोजन र पात्र भिन्न-भिन्न थियो । यस्तो हुँदा पनि समस्त उपदेशहरुको अन्तिम लक्ष्य एकै थियो र त्यो थियो विनयजनहरुलाई दु:खहरुबाट मुक्ति तर्फ लैजानु । मोक्ष या निर्वाण नै उन्को सबै उपदेशहरुको एकमात्र रस हो ।
धर्मचक्रहरुको नेयनीतार्थता
विज्ञानवाद र स्वातन्त्रिक माध्यमिकहरुको अनुसार नीतार्थसूत्र ति हुन, जस्को अभिप्राय यथारुत (शब्द को अनुसार) ग्रहण गर्न सकिन्छ तथा नेयार्थ सूत्र ति हुन, जस्को अभिप्राय शब्दश: ग्रहण गर्न सकिंदैन, यद्यपि त्यसको अभिप्राय खोज्नुपर्छ, जस्तै- आमा बुवाको हत्या गर्नाले व्यक्ति निष्पाप भएर निर्वाण प्राप्त गर्छ । मातर पितरं हत्वा....अनीघो याति ब्राह्मणो* स वचनको अर्थ शब्दश: ग्रहण गर्न सकिंदैन, यद्यपि यहाँ बुवाको अभिप्राय कर्मभव र माताको अभिप्राय तृष्णा हो । यस प्रकारको देशना आभिप्रायिकी या नेयार्था भनिन्छ। प्रासंगिक माध्यमिकहरुको मतमा नेयार्थ र नीतार्थको व्याख्या उपर्युक्त व्याख्याबाट किञ्चित भिन्न छ। उन्को अनुसार जुन सूत्रहरुको प्रतिपाद्य विषय परमार्थ सत्य अर्थात शून्यता, अनिमित्तता, अनुत्पाद, अनिरोध आदि हों, ति नीतार्थ सूत्र हों तथा जुन सूत्रहरुको प्रतिपाद्य विषय संवृति सत्य हो, ति नेयार्थ सूत्र हो। नेयार्थता र नीतार्थताको व्यवस्था ति आर्य अक्षयमतिनिर्देशसूत्रको अनुसार गर्छन ।
प्रथम धर्मचक्रप्रवर्तन
कालको दृष्टिबाट यो प्रथम हो। वाराणसी को ऋषिपतन मृगदाव यस्को स्थान हो। जहाँ ऋषीहरु आएर बस्थे त्यो ठाउँलाई भनिन्थ्यो । यस्को विनेयजन (पात्र) श्रावकवर्गीय ति हुन, जो स्वलक्षण र बाह्यार्थको सत्तामा आधृत चतुर्विध आर्य सत्यहरुको देशनाको पात्र (भव्य)हो स्वलक्षण सत्ता एवं बाह्य सत्ताको आधारमा चार आर्यसत्यहरुको स्थापना यस प्रथम धर्मचक्रको विषयवस्तु हो। श्रावकवर्गीयहरुको दृष्टिबाट यो नीतार्थ देशना हो । योगाचार र माध्यमिक यसलाई नेयार्थ देशना मान्छन्।
द्वितीय धर्मचक्र प्रवर्तन
कालको दृष्टिबाट यो मध्यम हो । यस्को स्थान प्रमुखत: गृध्रकूट पर्वत हो । यस्को विनेयजन महायानी पुद्गल हों । शून्यता, अनिमित्तता, अनुत्पाद, अनिरोध आदि उस्को प्रमुख प्रतिपाद्य विषय हों। यस देशनाको द्वारा समस्त धर्म नि:स्वभाव प्रतिपादित गरिएकोछ । विज्ञानवादी यसलाई नेयार्थ देशना मान्छन । आचार्य भावविवेक, ज्ञानगर्भ, शान्तरक्षित, कमलशील आदि स्वातन्त्रिक माध्यमिकहरुको यस देशनाको नेयार्थता र नीतार्थताको बारेमा प्रासङ्गिक माध्यमिकहरु सित मतभेद । उनको अनुसार आर्य शतसाहस्त्रिका प्रज्ञापारमिता आदि केहि सूत्र नीतार्थ सूत्र हों, किनकि यस्मा समस्त धर्महरुको परमार्थत: नि:स्वभावता निर्दिष्ट छ। भगवती प्रज्ञापारमिता हृदयसूत्र आदि केहि सूत्र यद्यपि द्वितीय धर्मचक्रको अन्तर्गत संगृहीत छ, तथापि ति नीतार्थ मानिदैन, किनकि यिनिबाट जुन प्रकारको सर्वधर्मनि:स्वभावना प्रतिपादित गरिएको छ, त्यस प्रकारको नि:स्वभावता स्वातन्त्रिक माध्यमिकहरुलाई मान्य छैन । यद्यपि यि सूत्रहरुको अभिप्राय पनि परमार्थत: नि:स्वभावता छ, तथापि त्यसमा 'परमार्थत:' यो विशेषण स्पष्टतया उल्लिखित छैन, जो कि उन्को मतानुसार नीतार्थ सूत्र हुनको लागि परमावश्यक छ ।
तृतीय धर्मचक्रप्रवर्तनक़
कालको दृष्टिले यो अन्तिम हो। यस्को स्थान भारतको वैशाली आदि प्रमुख हों। श्रावक एवं महायानी दुबै प्रकारको पुद्गल यस्को विनेयजन हुंन। शून्यता, अनुत्पाद, अनिरोध आदि यस्को विषयवस्तु हों। विज्ञानवादिहरुको  अनुसार यो नीतार्थ देशना हो । यद्यपि द्वितीय र तृतीय दुबै धर्मचक्हरुमा शून्यता प्रतिपादित गरिएकोछ, तथापि द्वितीय धर्मचक्रमा समस्त धर्महरुलाई समान रूपले नि:स्वभाव भनिएकोछ, जबकि यस तृतीय धर्मचक्रमा यो भेद गरिएकोछ कि अमुक धर्म अमुक दृष्टिबाट नि:स्वभाव छ र अमुक धर्म नि:स्वभाव छैन, अपितु सस्वभाव हो। यसैको आधार मा विज्ञानवादी दर्शन प्रतिष्ठित छ । यस कारण विज्ञानवादी समस्त धर्महरुलाई समानरूपबाट नि:स्वभाव मान्दैन । उन्को अनुसार धर्महरुमध्यबाट केहि नि:स्वभाव छ र केहि सस्वभाव हों । अत: ति समान रूपबाट सर्वधर्मनि:स्वभावता प्रतिपादक द्वितीय धर्मचक्रलाई नीतार्थ मान्दैन । उन्को मतानुसार जो सूत्र धर्महरुको नि:स्वभावता र सस्वभावताको सम्यक विभाजन गर्छन, ति नै  नीतार्थ मानिन्छ । यसमा आर्यसन्धिनिर्मोचनसूत्र प्रमुख हो।
  • भगवान बुद्ध द्वारा प्रवर्तित भएकोले पनि बौद्ध दर्शन कुनै एक दर्शन होईन, अपितु दर्शनहरुको समूह हो। विभिन्न दार्शनिक मुद्दाहरुमा त्यसमा परस्पर मतभेद पनि छ । कुनै परमाणुवादी छ त कुनै परमाणुको सत्ता मान्दैन । कुनै साकार ज्ञानवादी छ त कुनै निराकार ज्ञानवादी। केहि कुरामा विचारसाम्य हुँदा पनि मतभेद धेरै छ। शब्दसाम्य हुँदा पनि अर्थभेद धेरै छ। अनेक शाखा उपशाखाहरु हुँदा पनि दार्शनिक मान्यताहरुको साम्य को दृष्टिबाट बौद्ध विचारहरुको चार विभागमा वर्गीकरण गरिएकोछ, यथा-
१ वैभाषिक,
२ त्रान्तिक,
३ योगाचार (विज्ञानवाद) र
४ माध्यमिक (शून्यवाद)।
दार्शनिक मन्तव्यहरुलाई बुझ्नलाई पहिला भगवान बुद्धको त्यस सामान्य शिक्षाहरुको चर्चा गर्न चाहन्छ, जो सबै चारै दार्शनिक प्रस्थानहरुमा समानरूपले मान्य छ, यद्यपि त्यसको व्याख्यामा मतभेद छ ।






बुद्धको शिक्षाको सार्वभौमिकता
भाषा
भगवान बुद्धले कुन भाषामा उपदेश दिए, यसलाई जान्नको लागि हामी सित प्रयाप्त प्रामाणिक सामग्री को अभाव छ, तैपनि यति त निश्चित छ कि उनको उपदेशहरुको भाषा कुनै लोकभाषा नै थियो । यस्का अनेकौं कारणहरु देखिन्छन्।
१ पहिला यो कि उनि आफ्नो सन्देश जन-जन सम्म पुगाउन चाहन्थे, न कि विशिष्ट जनहरु सम्म मात्रै । यस्को लागि आवश्यक थियो कि उनि जनभाषामा नै उपदेश दिन्थे।
२ दोश्रो यो कि भाषा विशेषको पवित्रतामा उनको विश्वास थिएन । यनि यो मान्दैन थिए कि शुद्ध भाषाको उच्चारणबाट पुण्य हुन्छ । बुद्धले भनेका छन कि म आफ्नो-आफ्नो भाषा मा त्यसलाई संगृहीत गर्न अनुमति प्रदान गर्दछु- 'अनुजानामि भिक्खवे, सकाय निरुत्तिया बुद्धवचनं परियापुणितुं ति*' फलत: उन्को उपदेश पैशाची, संस्कृत, अपभ्रंश, मागधी आदि अनेकौं भाषाहरुमा संकलित भए।
मानव-समता
भगवान बुद्ध अनुसार धार्मिक र आध्यात्मिक क्षेत्रमा सबै महिला एवं पुरुषहरुमा समान योग्यता एवं अधिकार छ। यति मात्रै होईन, शिक्षा, चिकित्सा र आजीविकाको क्षेत्रमा पनि उनि समानताको पक्षधर थिए। उन्को अनुसार एक मानवको अर्को मानवको साथ व्यवहार मानवताको आधारमा हुनुपर्छ, न कि जाति, वर्ण, लिङ्ग आदिको आधारमा । किनकि सबै प्राणी समानरूपले दु:खी छन्हैं, अत: सबै समान छन्। दु:ख प्रहाण नै उन्को धर्मको प्रयोजन हो। अत: सम्वेदना र सहानुभूति नै यस समताको आधारभूत तत्त्व हों । उन्ले भनेकाछन कि जस्तै सबै नदिहरु गएर समुद्रमा मिसिएर आफ्नो नाम, रूप र विशेषताहरु हराउँछ, त्यसै प्रकार मानवमात्र उन्को संघमा प्रविष्ट भएर जाति, वर्ण आदि विशेषताहरु हराउछ र समान हुन्छ । निर्वाण नै उन्को धर्मको एकमात्र रस हो ।
मानवश्रेष्ठता
भगवान बुद्ध अनुसार मानव जन्म अत्यन्त दुर्लभ छ। मनुष्यमा त्यो बीज निहित छ, जस्को कारणबाट यदि उस्ले चाहे अभ्युदय एवं नि:श्रेयस अर्थात् निर्वाण र बुद्धत्व जस्तो परम पुरुषार्थ पनि सिद्ध गर्न सक्छ । देवता श्रेष्ठ होईन, किनकि ति व्यापक तृष्णाको क्षेत्रको बाहिर छैन । अत: मनुष्य तिनका दास होईन, यद्यपि उन्को उद्धारको भार पनि मनुष्यको माथि नै छ । यसैले उन्ले भनेकाछन कि भिक्षुहरु, बहुजनको हित र सुखको लागि तथा देव र मनुष्यहरुको कल्याणको लागि लोकमा विचरण गर। ऋषिपतन मृगदाव (सारनाथ)मा आफ्नो प्रथम वर्षावासको अनन्तर भिक्षुहरुलाई वहाँको यो उपदेश मानवीय स्वतन्त्रता र मानवश्रेष्ठताको अप्रतिम उद्षोष हो ।
 

क्रमशः..........