Wednesday, October 24, 2012

आर्य आष्टाङ्गकि मार्ग




केहो यो आर्यआष्टाङ्गिक मार्ग भनेको ? शाक्यमुनी बुद्धले पञ्चभद्दीयलाई प्रथम उपदेश दिएर धर्मचक्र प्रवर्तन गर्दा चतुरर्याय सत्यको मार्ग सत्यको बारेमा दिनुभएको विस्तृत हो ।यो मार्गको अवलम्बन गर्दा मानिसले सुख उपभोग गर्नपाउंछ । जसरी डाक्टरले लेखिदिएको औषधी लिएर खाएमा रोग निको हुन्छ ।

यस मार्गलाई तिन भागमा बिभाजन गरिएकोछ शील,समाधि र प्रज्ञा ।
शीलमा तीन अङ्ग ,समाधिमा तीन अङ्ग र प्रज्ञामा दुई गरेर आठ अङ्ग भनिएकोछ । शीलबाट समाधि र समाधि बाट प्रज्ञा विकसित हुन्छ ।
शील अन्तरगत तीन अङ्गहरुः वास्तवमा साधारण देखि असाधारण मानिसले शील सदाचारको पालन गर्न पंचशीलको पालन गरेमा निम्न तिन कर्म पूरा हुन्छ ।
) प्राणी हिंसा नगर्ने शिक्षा पद ,,झुठो नबोल्ने शिक्षा ३, चोरी नगर्ने वा अरुले नदिई न लिने शिक्षा पद,, मदिरापान नगर्ने शिक्षा पद र ५, व्यभिचार नगर्ने शिक्षा पद ।
-) सम्मा वाचा -सम्यक वचनः
-) सम्यक कर्म
-) सम्मा आजिव-सम्यक आजिविका
-) सम्यक वचनःविशेष गरि अरुको हित हुने गरि मैत्रिपूर्वक गरिने कुरा मात्र गर्नु र आफ्नो र अरुको पनि अहित नहुने गरि नबोल्नु । सम्यक वचनमा झूठो कुरा बोल्नुलाई वर्जित गरिएको छ ।
आफुले बोलेको शव्द  यस्तो निस्कोस कि अरुलाईलाई शितलता मिलोस र सत्य बोध होस अनि परिवारमा सुख शान्ति छाओस । यसैलाई सम्यक वचन भनिन्छ । यस्मा पनि नगर्ने चार वाचिक कर्म छन् । झुठ बोल्नु ,चुक्ली गर्नु ,कठोर वचन बोल्नु,अनावश्यक कुरा गर्नु । यि असम्यक वचन हुन् .

Wednesday, October 17, 2012

सोयाबिनको अमलेट / एक कबिता




सामग्री :
१०० ग्राम मूङ्गको दाल, ५० ग्राम सोयाबीन, टमाटर मसीनो काटेको, २५ ग्राम काटेको पालक, २स्यानो प्याज मसीनो काटेको, १स्यानो चोक्टा अदुवा , २ काटेको हरीयो सुर्सानी, अलिकति धुलो सुकेको खुर्सानी,एक चुटकी गरम मसला, हरीयो धनिया, नून स्वादानुसार, घीउ अथवा तेल आवश्यकतानुसार।
बनाउने तरिका :
रात भरी मूङ्गको दाल  सोयाबीनलाई छुट्टा छुट्टै भिजाउने । बिहान बोक्रा खोल्स्याएर फेरि धुने र मिक्सचरमा पीस्ने। अब मिश्रणमा प्याज, टमाटर, हरीयो खुर्सानी, पालक, हरीयो धनिया, अदुवा एवं सबै मसला राखेर राम्ररी फिट्ने ।
यस मिश्रणलाई तातेको तावा  राखेर फैलाई दिउं दुबैतिरबाट सुनौलो हुनेगरि सेक्ने। तयार भयो खानलाई सोयाबीन को अमलेट ।


दृष्टिबिहिनता
मेरो दृष्टि
गुलाबको फूल रातो हुन्छ रे
गुरांसको फूल बनभरी फुल्छ रे ।
हिमालमा सेतै हिउं देखिनेन्छ रे ।
फेवावातालमा माछापुछ्रे पउडी खेल्छ रे।
गुलाबको फूल रातो हुन्छ रे
कस्तो हुंदो हो त्यो मनोरम दृष्य
बगैचाको फूलहरुमा भंवराहरु झुम्छ रे
नव रंङ्गी डांफेचरी छम छम नाच्छन् रे
कस्तो हुन्छ रंग बरंगी सुन्दर संसार
यो आंखाले देख्न पाए हुन्थ्यो रे ।



Saturday, October 13, 2012

चुम्बकीय उपचार प्राकृतिक चमत्कार ( जीवनकुमार शाक्य) D.Mag.



चुम्बकीय चिकित्सा पद्दतिलाई हेर्नेहो भने हाम्रो देशमा झारफुकेहरुले प्रयोग गरेको पाईन्छ । चुम्बकमा फलामलाई आफुतिर तान्ने शक्ती हुन्छ भनेर सबैलाई थाहानै छ र चुम्बकले उत्तरी ध्रुब र दक्षिणी ध्रुब छुट्याउंछ भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो । हाम्रो शरीरको रगतमा लौहतत्व हुने कुरा पनि सर्बिबिदितैछ । शरीरका लौहतत्व निस्कृय हुनाले बिभिन्न रोगहरु उत्पन्न हुन्छ भन्ने सिद्धान्छ त्यसैले चुम्बकलाई शरीरमा स्पर्ष गरेर रगतमा भएको लौहतत्वलाई सकृय गराएर उपचार गरीने पद्दती नै  एक चिकित्सा पद्धति हो। यस्को दुई पद्धतिहरु प्रचलित छन्- साधारण बिधी तथा स्थानीय बिधी ।
दायाँ बायाँ हात्केला र खुट्टाको पैतलामा लगाउने साधारण बिधी हो ।
को अनुसार उत्तरी ध्रुव तथा दक्षिणी ध्रुको चुम्बकहरु निर्धारित चुम्बकीय गौज शक्तिको उत्तरी ध्रुब र दक्षिणी ध्रुबको एक जोड़ा िएर शरीरको विद्युतीय सहसम्न्धको आधारमा सामान्यतया उत्तरी ध्रुवको चुम्बकको प्रयोग शरीरको दायाँ भागमा, गाडिगमा र उत्तरी भागमा गरीन्छ, जबकि दक्षिणी ध्रुवको चुम्बकको प्रयोग शरीरको बायाँ भागमा, पीठ्यूमा तथा तल्लो भाग भागमा स्पर्ष गरीन्छ साधारण तरीकामा पेटको माथिल्लो भागकव लागि हत्केलामा र पेट नाईटो भन्दा तल्लो भागको लागि पैतलामा स्पर्ष गरीन्छ ।

रत्नहरुको बारेमा (एक जानकारी)



रत्नहरुको उत्पत्तिको विषयमा एक अन्य कथा पनि ग्रंथहरुमा आउंछ । देवताहरुमा विश्वास गर्नेहरु देवताहरु र दैत्यहरुले समुद्र मन्थन गरेकाथिए रे तब १४ रत्न पदार्थ निस्क्यो रे । त्यस्मा लक्ष्मी, उच्चैश्रवा, ऐरावत आदि को कौस्तुभ मणिलाई आफ्नो घाँटीमा धारण गरे रे ।
 माणिक : रत्नहरुको राजा, कति शुभ, कति अशुभ ।
  माणिक सबै रत्नहरुको राजा मानिन्छ  । यसको बारेमा एक धारणा यो छकि माणिकको दलालीमा हीरा पाईन्छ । भन्नुको अर्थ यो रत्न अनमोल छ। यो रत्न सूर्य ग्रहको प्रतिनिधित्व गर्छ र यसलाई सूर्यको कमजोर र पत्रिकानुसार स्थिति जानेर धारण गरिने विधान छ ।
 जानौं, के तपाईं धारण गर्न सक्नुहुन्छ मूंगा?
               मूंगा मंगलको रत्न हो। मंगल साहस, बल, ऊर्जाको कारक, विस्फोटक सामग्रीको व्यवसाय, पेट्रोल पंप, गैस एजन्सी, पहलवानी, सुरक्षासित संबंधित कार्य गर्ने, सेना, पुलिस, राजनीति, ईंटा-भट्टीको कार्य, जमीन-प्रापर्टीसित सम्बंधित कार्य,ईत्यादि ।
 रत्न के हो, त्यसलाई कसरी गर्ने जागृत ?
               जतिपनि रत्न या उपरत्न छन् ति सबै कुनै न कुनै प्रकारको पत्थर हो। चाहे त्यो पारदर्शी होस, या अपारदर्शी, सघन घनत्वको होस या विरल घनत्वको, रंगीन होस या सादा...। र यि जति पनि पत्थर छन ति सबै कुनै न कुनै रासायनिक पदार्थहरुको कुनै आनुपातिक संयोगबाट बनेको हो ।
 रत्न खरीद गर्दा समय लाई समझदारी गरौ ।
                मनुष्यको सरल प्रकृति छ कि उ  हरेकपल सुखमा जीउन चाहन्छ तर बिधीको विधान अनुसार धरतीमा ईश्वरले पनि जन्म लिएर आउंछ तब ग्रहहरुको चालको अनुसार उसलाई पनि सुख-दुःख सहनुपर्छ भनिन्छ । हामी आफ्नो जीवनमा आउने दुःखहरु कम गर्ने अथवा त्यो बाट बच्नको लागि उपाय चाहन्छौं । उपायको लागि आफ्नो जन्म कुण्डलीको अथवा हस्तरेखालाई परिक्षण गराउंछन र ज्योतिषशास्त्रीको सल्लाहले पूजा गराउंछन अथवा भनौं कर्मकाण्ड गराउंछन, ग्रह शांति गराउंछन अथवा रत्न धारण गर्छन ।
 रत्न स्वयं सिद्ध नै हुन्छ ।
               कहिले लगाउने नीलम रत्न
               नीलम रत्नलाई मूल्यवान रत्नहरुको श्रेणीमा राखिन्छ । शनिको उपरत्न कटहला, काकानीलो हुन्छ । यसलाई नीलमको स्थानमा लगाउन सकिन्छ । जन्मांकमा निम्न ग्रह स्थितिहरुमा नीलम धारण गर्नुउचित हुन्छ भनिन्छ । यो कुरुन्दम वर्गको रत्न मानिन्छ । एल्युमिनियम आक्साइड र कुरुन्दमको संयोगबाट यस्को सृष्टि हुन्छ भनिन्छ । यो कश्मीरमा  पाईन्छ । कश्मीरी नीलम अतिश्रेष्ठ मानिन्छ । चीन, अमेरिका, थाइलैंड, जावा, ऑस्ट्रेलिया, श्रीलंका र काबुलको निजक पनि पाईन्छ । अंग्रेजीमा यसलाई 'सेफायर' भनिसन्छ ।धेरै कम समयमा यो शुभ अशुभ-प्रभाव देखा देखाउंछ । मैले पनि रत्नचिकित्सकको सल्लाह अनुसार यस निलमलाई धारण गरेकोछु ।
 शनि रत्न नीलम
               भनिन्छ सारा ब्रह्मांण्डमा ऊर्जा शक्तिको मुख्य रूप छ। मानव शरीरको आत्मा पनि ऊर्जा रूप हो । सूर्यबाट  सात रंङ्गको किरणहरु निस्कन्छ,जस्मा नीलो रङ्गको किरणहरु शनि ग्रहको हुन्छ । मानव शरीरमा रक्तको रङ्ग रातो हुन्छ, रक्त संचालनबाट नै मानवको क्रियाशीलता दृष्टिगोचर हुन्छ । यद्यपि शाक्यमुनी बुद्धले कुनै पनि रत्न आभुषण बिना बुद्धत्व प्राप्त गर्नुभयो ।वहाँ राजकुमार छँदा महाभिनिष्क्रमण गर्ने समयमा सबै आभुषण निकाल्नु भएकोथियो ।
 चार औंला र नौ रत्न
               रत्नहरुमा मुख्यतः नौ नै रत्न धेरै लगाईन्छ । सूर्यको प्रभावको लागि माणिक, चन्द्रको लागि मोती, मंगलको लागि मूँगा, बुधको लागि पन्ना, गुरुको लागि पोषराज, शुक्रको लागि हीरा, शनिको लागि नीलम, राहुको लागि गोमेद, केतुको लागिए लहसुनि। पुषराज चोर औंला (तर्जनी)मा नै लगाउन किन सल्लाह दिन्छन ज्योतिषीहरु ? - किनकि कुनैपनि व्यक्ती पनि धम्की, निर्देश आदि दिन्छ तब यहि औंला ठड्याएर दिन्छ । यहि औंलाको कारण लडाई झगडा पनि हुन्छ, तब होशियार वा ‌ल्याउने देखाउने काममा पनि लगाईन्छ । त्यसकारण गुरुको रत्न पुषराज लगाउन सल्लाह दिईन्छ । पुषराज लगाउनाले त्यस जातकमा गंभीरता आउंछ भनिन्छ । साथै नै त्यो अन्यायको प्रति सजग हुन्छ । यो धर्म-कर्म (कर्म काण्ड)मा पनि आस्था जगाउछ । गुरुको प्रभाव बढ़ाउने र उस्को अशुभ प्रभावलाई खत्तम गर्नको लागि पुषराज लगाईन्छ रे।
 रत्नहरुको बिशेषता र पहिचान-३
                मूँगालाई उर्दूमा मरजान भनिन्छ। कुरान शरीफ ग्रन्थमा यसको गुणहरुको चर्चा सूरे रहमान मां छ । सबै रत्न पहाड़हरु उत्खननबाट निस्कन्छ तर मूँगा समुद्रको पींधको पत्थरहरु सित टाँसिएको एक प्रकारको वनस्पति हो जो पत्थरको वरिपरि महको छत्ताको जस्तै उतपन्न हुन्छ भनिन्छ कि यसलाई लगाउनाले पक्षघात हुंदैन । हुन त मुंगा जस्तै देखिने पत्थरहरु पनि थुप्रै देखिन्छ सक्कली मुँगा काठ झैं जल्छ घोटीन्छ ।
 रत्नहरुको बिशेषता र पहिचान-२
                 रहस्यमयी नगीना नीलमलाई उर्दूमा पनि नीलम नै भनिन्छ । मुसलमानहरुमा यो शनिको रत्न नभएर शरीर र आँखाको शक्ती, पेट को सिस्टमलाई ठीक गरेर स्वभावलाई नरम गर्ने एक पत्थर मानिन्छ । यसलाई लगाउनाले राम्रो व्यवहार उत्पन्न हुन्छ भनिन्छ । कमजोर मान्छे पनि भित्रबाट शक्ट्टी आएकव महशुश गर्छ । यसलाई लगाउनेलाई जादू को असर हुंदैन भनिन्छ । प्लेटोले पनि नीलमको प्शंसा गरेकोछ । हीरालाई उर्दूमा पनि हीरा नै भनिन्छ । मुसलमानहरुमा हीरा पनि उतिकै लोकप्रिय छ तनि हिंदु तथा ईसाइहरुमा छ ।
 रत्नहरुको बिशेषता र पहिचान-१
                 मुजफ्फर अली शिया मुसलमान हुन र कतै न कतै यो जरूर देखाउन चाहन्थे कि शियाहरुको एक पहिचान फिरोजा रत्न पनि हो किनकि चौथो खलीफा हजरत अली र आठौं इमाम रजा फिरोजाको औंठी लगाउंथे । ईरान स्थित नौशापुरको फिरोजा सबैभन्दा असल मानिन्छ । इराकको नजफमा हजरत अलीको रौजा र ईरान को मशदमा इमाम रजाको कब्रबाट मस (छुवाउनु)  फिरोजा लगाउनु शिया मुशलमानमा  पुण्य मानिन्छ ।
 भनिन्छ कि मान्छेकव शरीर जन्मो समय अनुसार सौर्य मण्डलको बिभिन्न ग्हहरु सित अनुन्यास्त सम्बनध हुन्छ वा चलायमान हुन्छ । रत्न धारण गरेर खराब परिस्थिलाईलाई सुधार गर्ने कुनै अन्धविश्वास वा जादू होईन । यदि सक्कली रत्न पहिचान गरेर जन्मांकको आधारमा ठीक रत्न धारण गरिएमा त्यसको निश्चित प्रभाव हुन्छ । त्यसैले यिरत्नहरु बहुमूल्यका हुन्छन् । धनि धनाढ्यहरु राजा महाराजाहरुले यसलाई ग्रहण गरेर आफ्नो शक्तीलाई परिचालन गरेका हुन्छन् । भनिन्छ कि केहि रत्नहरुलाई पबित्र राख्नु पर्छ यसलाई धारण गरेर शौच गर्ने सम्भोग गर्ने गरेमा शक्ती क्षीण भएर जान्छ र प्रभावहीन हुंदै जान्छ अतः आफुलाई मिल्ने रत्न आभुषणा ग्रहण गर्दा यो कुरामा अवश्य सचेत भएर ध्यान दिनु पर्छ । ध्यान भावना गर्दा पनि यस्ता रत्नहरु गहनाहरु बाधक हुन्छन् मानिसको ध्यानै गहना रत्नमा अड्किएको हुन्छ । हुन त म रत्न बिशेषज्ञ होईन अध्ययन र अनुभवको आधारमा यो लेख तयार गरिएको हो ।
सन्दर्भ सामग्री रत्न बिज्ञानबाट