Friday, November 23, 2012

धम्मपद (एक परिचय) Dhamm pada




धम्मपद 
 बौद्ध साहित्यको सर्वोत्कृष्ट लोकप्रिय ग्रन्थ हो। यसमा बुद्ध भगवान् को नैतिक उपदेशहरु को संग्रह यमक, अप्पमाद, चित्त आदि २६ वग्गहरुमा वर्गीकृत ४२३ पालि गाथाहरुमा गरिएकोछ । त्रिपिटकमा यस्को स्थान सुत्तपिटक को पाँचौ विभाग खुद्दकनिकायको खुद्दकपाठादि १५ उपविभागहरु मा दोश्रो हो। ग्रन्थको आधा भन्दा धेरै गाथाहरु त्रिपिटकको नाना सुत्तहरुमा प्रसंगबद्ध पाईसकेको छ। केहि गाथाहरु यस्तो पनि लाग्छ जो मूलत: परम्पराको थिएन । धम्मपदको रचना उपलब्ध प्रमाणहरु ई.पू. ३०० र १००को बीच भैसकेको थियो, यस्तो मानिएकोछ
बौद्ध संघमा यस ग्रन्थको यति गहीरो प्रभाव छ कि त्यसमा पारंगत नभइ लंकामा कुनै भिक्षुलाई उपसंपदा प्रदान गरिंदैन। धम्मपदको व्युत्पत्तिगत अर्थ हो धर्मविषयक कुनै शब्द, पंक्ति या पद्यात्मक वचन। ग्रंथमा स्वयं भनेकोछ- अनर्थ पदहरुले युक्त सहस्रों गाथाहरुको भाषणले यस्तो  एकमात्र अर्थपद, गाथापद र धम्मपद धेरै श्रेयकर छ जसलाई सुनेर उपशांति हुन्छ (गा.१००- १०२)। बौद्ध भिक्षुहरु प्राय: यसै ग्रन्को कुनै गाथा या त्यसको अंशमात्रको आधार लिएर आफ्नो प्रवचन आरम्भ गर्दछन्हैं, जस्तै ईसाई पादरी बाईबिलको कुनै वचनबाट गर्छन् । यस कार्यमा उनलाई ठूलो सहायता पाउंछ धम्मपद को अट्ठकथा नामक टीकाबाट, जस्मा प्रत्येक गाथाको विशद् अर्थको अतिरिक्त त्यसको दृष्टांत स्वरूप एक र अनेक कथाहरु दिईएकोछ। यो अट्टकथा बुद्धघोष या उन्को कालवर्ती कुनै अन्य आचार्य द्वारा त्रिपिटकमा बाटै संगृहीत गरिएको हो। यसमा वासवदत्ता उदयन को कथा पनि आएकोछ ।
धम्मपदको वर्ण्य विषय

मह (स्वास्थ्यको लागि अमृत )


कैयौं पटक हामी साधारण बीमारीमा पनि आत्तिन्छौं तर यदि हामीलाई अलिकति घरेलू उपचारको बारेमा थाहा भए सरल तरिकाले तत्कालै लाभ हाँसिल गर्न सकिन्छ । हाम्रा बुढापाकाहरुले सिकाउनुभएको सुन्नुभएकै होला बुढापाकाको कुरामा विशवास नगर्नु त आफैमा विश्वास नगर्नु हो सजिलो उपचाका तरिकाहरु मैले संकलन गरेकोछु प्रस्तुतछ :
* अदुवाको रसमा या  काढ़ामा मह मिसाएर खानाले खोंकि सन्चोहुन्छ । यो मेरो अनुभव पनि हो ।
* पाकेको आँपको रसमा मह मिसाएर जोण्डीसको रोगिलाई खुवाउनाले लाभ हुन्छ ।
 जुन बच्चालाई  चीनी खानु हुंदैन, उस्लाई चीनीको ठाउंमा मह दिन सकिन्छ ।
*बान्ता (वमन) को समय पुदीनाको रसको साथमा महको प्रयोग लाभकारी हुन्छ ।
* शुष्क त्वचामा मह, दूधको तर क्रीम र बेसन मिसाएर लगाउने। यस्ले त्वचाको शुष्कता हटाउंछ र लावण्यता प्राप्त हुन्छ ।
* एक गिलास दूधमा मह मिसाएर राती पीउनाले दुबलोपन हटेर शरीर सुडौल, पुष्ट र बलशाली बन्छ ।
* मह नित्य सेवन निर्बल आमाशय र आँतलाई बल प्रदान गर्छ ।
* प्याजको रस र मह बराबर मिसाएर चाट्नाले कफ निस्कन्छ र आंतमा जमेको विजातीय द्रव्यहरु हटाएररा नष्ट गर्छ । यसलाई पानीमा घोलेर एनीमा लिनाले लाभ हुन्छ ।
* हृदयको धमनीको लागि मह बड़ो शक्तिवर्द्धक हुन्छ। सुत्ने बेला महर कागतीको रस मिसाएर एक ग्लास पानी पीउनालेकमजोर हृदयमा शक्तिको संचार हुन्छ ।
* पेट को स्यानो स्यानो  घाउ र शुरुवातको स्थितिको अल्सर महलाई दूध वा चियाको साथमा पिउनाले ठीक हुन सक्छ ।
* सुख्खा खोकिमा मह र कागतीको रस बराबर सेवन गर्नाले लाभ हुन्छ ।
* महले मांसपेशिहरु बलवती हुन्छ ।
* बढ़ेको रक्तचापमा महको सेवन लहसुनको साथ गर्नु लाभप्रद हुन्छ ।
* अदुवाको रस र मह बराबर मात्रामा मिसाएर  चाटेर खानाले श्वास कष्ट टाढा हुन्छ र बाडुली पनि बन्द हुन्छ ।
* सुन्तलाको बोक्रालाई सुकाएर धुलो चूर्ण बनाएर दुई मह चम्मच ट्ट्यस्मा फीटेर तयार गरेर छालामा दल्ने। यस्ले छाला चम्कीन्छ र कान् छाउंछ ।
* कब्जियतमा टमाटर वा सुन्तलाको रसमा एक चम्मच मह हालेर खानाले लाभ हुन्छ ।
भवतु सब्ब मङ्गलम्

अमला अमृतले भरीएको गुण



आंमला विटामिन 'सी' को सर्वोत्तम र प्राकृतिक स्रोत हो। यसमां विद्यमान विटामिन 'सी' नष्ट हुंदैन । अमला दाह, पाण्डु, रक्तपित्त, अरुचि, त्रिदोष, दम, खोंकी, श्वास रोग, कब्ज, क्षय, छाती को रोग, हृदय रोग, मूत्र विकार आदि अनेक रोगहरुलाई नष्ट गर्ने शक्ति हुन्छ । वीर्यलाई पुष्ट गरेर पौरुषता बढ़ाउंछ, बवसो घटाएर मोटोपन घटाउंछ । टाउकोको केशलाई कालो, लामो र घना राख्छ ।
यस्को विभिन्न भाषाहरुमा नाम : संस्कृत- आमलकी धात्री। हिन्दी- आंवला। नेपालीः अमला मराठी- काम्वट्ठा, आंवला। गुजराती- आँवला।
रासायनिक संघटन : अमलाको 100 ग्राम रसमा 921 मि.ग्रा. र गूदामा 720 मि.ग्रा. विटामिन सी पाईन्छ । आर्द्रता 81.2, प्रोटीन 0.5, वोसो 0.1, खनिज द्रव्य 0.7, कार्बोहाइड्रेट्स 14.1, क्यालसियम 0.05, फॉस्फोरस 0.02, प्रतिशत, लौह 1.2 मि.ग्रा., निकोटिनिक एसिड 0.2 मि.ग्रा. पाईन्छ । यसको अतिरिक्त यसमा गैलिक एसिड, टैनिक एसिड, शर्करा (ग्लूकोज), अलब्यूमिन, काष्ठौज आदि तत्व पनि पाईन्छ ।
उपयोग : त्रिफलाको ३ औषधिहरुमा आमला एक हो । यसलाई सूखा चूर्णको रूपमा अन्य औषधिहरुको साथ नुस्खे को रूपमा र अचार, चटनी, मुरब्बा को रूपमा सेवन गरिन्छ । च्यवनप्राश, ब्राह्म रसायन, धात्री लौह र धात्री रसायन आदि आयुर्वेदिक योग तयार गर्नमा अमला काम आउंछ । यो अनेक रोगहरुलाई नष्ट गर्नेवाला पोषक, धातुवर्द्धक र रसायन हो । आयुर्वेदले यसलाई 'अमृतफल' भनेकोछ
विटामिन सी यस्तो नम्र तत्व हुन्छ जो गर्मीको प्रभावबाट नष्ट हुन्छ, तर मजाको योछकि अमलामा विद्यमान विटामिन सी कुनैपनि अवस्थामा नष्ट हुंदैन । यो सदाबहार फल सबै ऋतुहरुमा चटनी, मुरब्बा, अचार, चूर्ण, अवलेह आदि को रूपमां गुणकारी बनि रहन सक्छ ।
अमलाको प्रयोगः
ताजा अमला जो राम्रो सित पाकेको र ठूलो दाना होस, दाग नलागेको जम्मा गर्नुस ।जति हुन सक्यो बढीनै गर्नुस, किनकि यो बिग्रिन्न । यसलाई सुखाएर राख्दा पनि हुन्छ ।
अमलालाई काटेर भित्रको दाना निकालेर गुदी गुदी मात्रै निकालेर नुन हालेर मुछेर घाममा सुकाई दिने सुकेको अमला खांदा खुबै स्वादिलो हुन्छ । अर्को तरिका अमलालाई उसिनेर मिचेर दाना निकाल्ने गुदीलाई स्यानो स्यानो डल्लो बनाएर सुकाउने । सुकेपछि चुस्दै खाने स्वास्थ्यको लागि लाभदायक हुन्छ ।
* एक सद्य अमलाको दाना उमालेर चीसो भएपछि चीनी या मिश्री मिसाएर मुरब्बा पनि बनाउन सकिन्छ । हरेक दिन खाना सित अमलाको अचार खानाले स्वास्थ्यको लागि धेरै नै राम्रो हुन्छ ।
आमलाको अन्य लाभ : नेत्र ज्योति बढ़नु, कपाल बलीयो हुनु, टाउको दुखेको ठीक हुनु, चक्कर,नाकबाट रगत बग्नु, दांत-गीजाको खराबी हटाउनु, कब्ज, रक्त विकार, चर्म रोग, पाचन शक्तिमा खराबी, रक्ताल्पता, बल-वीर्यमा कमी, समय भन्दा अगावै बुढौति प्रकट हुनु फोक्सोको खराबी, श्वास रोग, क्षय, दौर्बल्य, पेट कृमि, यकृतको कमजोरी र खराबी, स्वप्नदोष, धातु विकार, हृदय विकार, उदर विकार, मूत्र विकार आदि अनेक बाधाहरु हटाउन अमलाको महत्व कम छैन ।
 प्रत्येक दिन लगातार नियमपूर्वक १ या२ अमला दैनिक खानाले ३।४ महिनामै कायापलट हुन थाल्छ ।